/ किरण दहाल /
यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।
यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।
लेखकः भरत गौतम
प्रकाशकः पाँचपोखरी प्रकाशन गृह
मूल्यः रु. २५०
बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली लभर’ । भरत गौतमले भर्खरै बजारमा ल्याएका यस उपन्यासको मुल बिषयबस्तु एउटा बेरोजगार प्रेमीको सुन्दर सपनामा केन्द्रित छ । आफ्नै सपना प्राप्तीमा एउटा मध्यमबर्गीय युवाले गरेको संघर्षमय कथा उपन्यासमा छ । त्यसकारणले पनि यो उपन्यास भर्खरै बिश्वबिद्यालय भर्ना भएका वा छाडेका युवाको निम्ति प्रेरणादायी हुन सक्छ ।सरकारी जागिरमा धेरैको रुचि छ । त्यसकारण प्रतिस्पर्धा पनि तिब्र छ । बिकल्पमा एनजिओ पनि प्रशस्तै छन् यो देशमा । भ्याकेन्सी खुल्लु अगाडि नै जागिरवालाको नाम टुङ्गो लागिसक्ने त्यस्ता अफिसतिर कमाई भने राम्रै हुन्छ । हातमा डिष्टिङ्सन र फष्ट डिभिजनका लोभलाग्दा सर्टिफिकेट बोकेर प्रतिष्ठित एनजिओ अफिसतिर धाउने बेरोजगारको लाईनमा राघव पनि थपिन्छ । प्रेमिका र उसको बाउको भनसुन र सोर्सफोर्समा जागिर पाएको ऊ त्यसमा अडिन सक्दैन । पे्रमिकाको सल्लाह बमोझिम ‘स्वाभिमानको ग्रन्थीलाई लुज’ गर्न नसक्दा ऊ जागिरबाट बाहिरिन्छ । दोश्रो एनजिओमा जागिर पाउँछ । त्यसमा पनि अडिन सक्दैन । आफ्नो फरक खाले सपनाले उसलाई घच्घच्याईरहन्छ । कारणबस आफ्नै बोसलाई आक्रमण गरेर पहिलो जागिरबाट बाहिरिएको ऊ दोश्रो जागिरमा स्वविवेकले राजिनामा दिन्छ । यसैबीच उसले एनजिओका कतिपय फर्जी गतिबिधी पनि थाहा पाउँछ । ऊ स्पष्ट भईसकेको छ कि एनजिओले जनताको सेवा गर्दैनन् । एनजिओले गर्ने ‘डलरको खेती’ आमरुपमा बाहिर आईरहेको तथ्य हो । बेलाबेलामा एनजिओ अफिसबाट प्रकाशित हुने बुलेटिनका ‘सफलताका कथा’को कुरुप यथार्थ पनि सतहमा आउँछ । एनजिओको नाममा भईरहेका कागजी कामप्रति उसको चरम असन्तुष्टि छ । अन्नत अर्गानिक कृषि पेशा अपनाउँदै आफ्नो सपना साकार पार्छ । सपनाले मान्छेलाई कसरी झक्झकाउँछ, ब्युझाउँछ र ‘पागल’ बनाउँछ भन्ने बुझ्न यो घटनाक्रम उपयुक्त नै हुनेछ ।
बेरोजगारीको यो कथा सँगसँगै कुदिरहेको अर्को कथा पनि छ उपन्यासमा, आफ्नै कलेजमा पढ्ने अनामिकासँगको प्रेमकथा । उसकै शब्दमा ‘पबित्र प्रेम’कथा । प्रेमकथा छिटोछिटो अगाडि बढ्छ र छिट्टै दुर्घटना पनि हुन्छ । बिश्वबिद्यालयको अन्तिम दिनतिर परेको प्रेमले छोटो दिनमा नै आफ्ना स्वभाबिक र अस्वभाबिक सम्पूर्ण चरणहरु सफलताका साथ पुरा गर्छन् । राघवले पहिलो जागिर छाडेपछि असन्तुष्ट बनेकी पे्रमिकाले उसको दोश्रो जागिर पनि छोड्ने निर्णय सुन्नासाथ सम्बन्धको औचित्य नै देख्दिन र सम्बन्धलाई पूर्णरुपमा अन्त्य गरिदिन्छे ।
उपन्यास एउटैमात्र बिषयबस्तुमा केन्द्रित छैन । प्रेम, कलेज राजनीति, एनजिओका गतिबिधी, युवायुवतीको बिदेश मोह , कृषि लगायत धेरै बिषयबस्तु एउटै उपन्यासमा अटाएका छन् । तर, पाठक ट्राफिक जाममा भने फस्दैन । उपन्यास आफ्नो गतिमा दौडिरहँदा त्यसले ट्रयाक बाहिरका धेरै सत्य ओकल्छ । त्यसै मेसोको एउटा उदाहरण हो, बिद्यार्थी सङ्गठनका गतिबिधी । जसप्रति राघवको आक्रमक प्रतिक्रिया छ । उसको नजरमा त्यस्ता सङ्गठन ‘सभ्य समाजका लागि बिच्छी वा सर्प’ हुन् । माउपार्टीको स्वार्थका निम्ती आफ्नो गतिबिधी केन्द्रित गर्ने यस्ता बिद्यार्थी सङ्गठन प्रतिको रोष त्यतिमै सीमत छैन । ‘कलेजको एउटा बाथरुम व्यबस्थित गर्न खुबी नभएपनि नेपालमा भईरहेको भनिएको अन्तर्राष्ट्रिय चलखेल रोक्न’ भन्दै उनीहरुले गर्ने बेलाबेलाको आन्दोलन पनि उसलाई पूर्णत बकवास लाग्छ । बिद्यार्थी सङ्गठन र उसका आन्दोलनको औचित्य के भन्ने प्रश्न उठिरहेको यस परिस्थीतीमा उसको आक्रोश निकै शसक्त छ ।
राघव चानचुने ब्यक्ति होईन । शहिदको छोरो हो । तर, शहिदको छोरो हुनुमा उसलाई कुनै गर्ब महशुस भएको छैन । बरु त्यहि कारणले आफ्नो बाल्याकाल ‘ड्यामेज’ भएको उसको बुझाई छ । शहिद भएको आफ्नो बाबुप्रति नै आक्रोशित छ । शहिद हुनुको औचित्यले सिंहदरवारलाई नछोए पनि उपन्यास पढ्ने जो सुकैको मुटुलाई अबश्य छुन्छ । शहिद परिवारको यो सन्तान मास्टर्स पछि जागिर खोज्दै एनजिओका ढोका चहार्छ भने उसको भाई दुतावासका ढोका ।
कृषि फार्म खोल्ने आफ्नै सपनाको कारणले राघव सिल्ली लभर कहलाईन्छ । तर, सपना देखेर मात्रै हुदैन, त्यसलाई साकार पार्नुपर्छ भनेर बुझेको ऊ आफ्नो बुझाईमा कटिबद्ध हुन्छ । फलस्वरुप, उसको सपनाले साकार रुप लिन्छ । एनजिओमा चित्तबुझ्दो तलबभत्ता पाएको युवा हो राघव । उसले लामो समयको बेरोजगारको नैराश्यताबाट मुक्ति पाएको थियो । तर, इमान्दारी र स्वाभिमानी हुँ भन्दै जागिर छाडिदियो । र, गाई पाल्ने जोखिम मोल्यो । हाम्रो समाजमा कति युवाले यस्ता सिल्ली सपना पछ्याउलान् ? जसले यस्तो आँट गर्छ, त्यो समाजमा एक किसिमले सिल्ली हुन्छ । किनकि हामी परिवार र बिश्वबिद्यालयले समेत सपनाहरुमा सीमितता तोकिदिएको छ । जसलाई तोड्ने साहस कमैले गर्छन् । सधैँभरी लाचार जस्तो देखिएको राघवले आफुभित्रको साहसलाई यहिँनेर मुर्तरुप दिन्छ ।
यो सफलताको कथा हो कि असफलताको कथा हो, छुट्याउन गाह«ो पर्नेछ । सफलताको मापक के हुने भन्ने सोचाईमा भर पर्ने देखिन्छ, त्यसको नतिजा । आफुललाई माया गर्ने पे्रमिका गुमाएर साकार पारेको सपनालाई सफलता भन्न सकिएला कि नसकिएला ? अर्थात भनौं जिन्दगीको प्राथमिकता के हुनुपर्ला, माया वा सपना ? त्यसको जिम्मा पाठकलाई नै छ ।
कथा पुरानै हो । अझ भनौ, सस्तो कथा । पस्तुती पनि नयाँ छैन । त्यहि माथि उपन्यास सम्पूर्ण रुपमा बर्णनात्मक छ । कतिपय अबस्थामा ‘कथाले मागे भन्दा’ बढि पनि उपन्यासकारले आफ्नो बौद्धिकता लाद्ने प्रयत्न गरेका छन् । तर, उनको भाषामाथिको पकड र शब्द खेलाउने शैलीले पाठकलाई बाँधिराख्छ ।
उपन्यासमा बारम्बार प्रयोग भएका पबित्र प्रेम र कुस्ति खेल(सेक्स)को प्रसङ्गले पाठकलाई दिक्क लगाउँछ । राघवले अनामिकालाई प्रेम प्रस्ताब राख्दा नै ‘पबित्र प्रेम गर्छु’ भन्छ । प्रेमको यस किसिमको बिभाजन जति रोचक छ, त्यती नै अचम्मलाग्दो छ, उसको पबित्र प्रेम प्रतिको बुझाई र गतिबिधी । प्रेमको नाममा बाहिरी आबरणको प्रशंसा र सेक्स प्रतिको आशक्तिले सम्भवत पबित्र प्रेमको खिल्ली नै उडाउँछ । त्यसो त प्रेम शब्द आफैंमा अमुर्त शब्द भएकोले यसप्रति आम बुझाई पनि उत्तिकै अमुर्त छ । सबै कुरा जायज हुने भनिएको प्रेममा अपेक्षित ब्यबहार खोज्नु अनुपयुक्त होला । तर, उपन्यासमा खोजी नगरिए पनि जबर्जस्ती आउने पबित्र प्रेमको बर्णनले गर्दा नै त्यसप्रति चासो जाग्नु र सोहि प्रकारको प्रेमको खोजी गरिनु पनि स्वभाबिक नै हो । त्यस्तै उपन्यासमा राघवले ईश्वर र स्वाभिमानको प्रसङ्गहरु यति बाहियात ढङ्गले उठाउँछ कि त्यसलाई पचाउनै मुस्किल हुन्छ । हरेक हर्कतलाई ईश्वरिय कृपा र हरेक असन्तुष्टिलाई स्वाभिमानको रुपमा बुझ्ने उसको शैली नै बकवास छ । त्यसो त यस किसिमको बुझाई आफुभित्रको क्षमता नबुझ्ने र कमजोरी नदेख्नेहरुको निमित्त अचुक अस्त्र पनि हो ।
त्यस्तै, छोटो अबधिमा राघवले कृषि फार्ममा गरेको व्यापक प्रगति अस्वभाविक छ । कतिसम्म भने दुईबर्षमै उसको सफलता ‘पत्रकारले डकुमेन्ट्रि बनाउने’ स्तरसम्म पुगिसक्यो । पाँच जनालाई रोजगारी दिईरहेको छ । यस किसिमको फिल्मी प्रगति अपत्यारिलो लाग्छ । के दुई बर्षमै यति धेरै प्रगति सम्भब छ ? एनजिओमा काम गर्दा बोस र सामान्य मानिसका शब्द चयनलाई समेत स्वाभिमानको नाङ्लोले केलाउने उ यतातिर भने मौन छ । उसले गरको दुःख , मेहनत र अप्ठ्यारोलाई त्यति सजिलै नजरअन्दाज गर्न सकिन्छ ?
जे होस्, उपन्यासले आफ्ना कथामाथि न्याय गरेको छ । यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।
No comments:
Post a Comment