बालुवाटारमा प्रधानमन्त्रीको सरकारी निवास छ। यहाँ प्रधानमन्त्रीको हैसियतमा प्रधानमन्त्रीका गतिविधि हुन्छन्। तर, यसअघिका प्रधानमन्त्रीझैं ओली पनि यसको 'दुरुपयोग' गरेका कारण विवादित छन्। सरकारी काम गर्नुपर्ने स्थानमा पार्टीका काम हुनु विगतदेखि नै सामान्य भइसकेको छ। तर ओली भने अझ अगाडि बढेका छन्।
तत्कालीन एमाले र माओवादी केन्द्रको एकता घोषणा (०७५ जेठ ३) पछिको भोज पनि बालुवाटारमै भएको थियो। त्यो भोजका लागि कुर्सी मिलाउन नेपाली सेनाका जवानलाई खटाइएको थियो।
जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकतापछि बालुवाटारमा आयोजना गरिएको भोजका लागि कुर्सी मिलाउँदै सैनिकहरू। तस्बिर : मनोज सत्याल/सेतोपाटी |
तर गत भदौ २३ गते प्रधानमन्त्री निवासमा ओली वंशको साधारणसभा सम्पन्न भयो। सामाजिक सञ्जालमा राखिएको यसबारेको सूचनामा भनिएको थियो, 'कार्यक्रममा सम्मान, अभिनन्दन पुरस्कार वितरण विविध मनोरञ्जनात्मक कार्यक्रम समेत हुने भएकाले आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोला।'
प्रधानमन्त्री निवासलाई पुस्तक विमोचन गर्ने स्थानको रुपमा पटकपटक प्रयोग गरिएको छ।
बैशाख २२,२०७५। प्रधानमन्त्री ओलीले नेकपा(एमाले)का नेता एवं पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीद्वारा लिखित पुस्तक संसद देखि संविधानसभासम्म प्रधानमन्त्री निवास बालुवाटारमा विमोचन गरे।
कार्यक्रममा प्रधानमन्त्री ओलीले व्यस्त समयका बाबजुत नेता अधिकारीले पुस्तक लेख्नु महत्त्वपूर्ण भएको बताए। उनले भने– 'आफ्नो जीवन भोगाइका विभिन्न घटनाहरुलाई सिलसिलेवार ढंगले प्रस्तुत गर्नुभएको छ। यसले नयाँ पुस्तालाई त्यस बेलाको राजनीतिका बारेमा जानकारी दिन्छ।'
त्यस्तै, असोज २७ गते प्रधानमन्त्री निवास बालुवाटारमा अनिल पौडेलद्वारा लिखित पुस्तक ‘इमानको इन्द्रेनी’ विमोचन गरियो। नेकपाका नेता केशव बडालको जीवनमा आधारित उक्त पुस्तक स्वयं प्रधानमन्त्रीले विमोचन गरेका थिए।
वरिष्ठ मुटुरोग विशेषज्ञ प्राध्यापक डा अरुण सायमीको पुस्तक ‘मेरो जीवन–कथा’ पनि बालुवाटारमै विमोचन गरियो। माघ १९ मा एक कार्यक्रममा बीचप्रधानमन्त्री ओलीले पुस्तक सार्वजनिक गरेका हुन्।
त्यस्तै, चैत २३, २०७५ मा साहित्यकार महेश थापाद्वारा लिखित पुस्तक 'मरिचिका'को विमोचन पनि प्रधानमन्त्री निवास बालुवाटारमै भयो।
आफैं अफ्ठ्यारो स्थितीमा भएका थापाले नेपाली साहित्यमा ठूलो योगदान दिएकोमा प्रधानमन्त्री ओलीले प्रशंसा गरे। 'महेशजीबाट धेरैले प्रेरणा लिन सकिन्छ। उहाँले देशलाई गर्न सक्ने योगदान लेखेर मात्र हो', उनले भने, 'अरु सशक्त अवस्थामा रहेकाहरुले उहाँको प्रेरणाबाट पनि देशलाई धेरै योगदान गर्नसक्नु पर्दछ।'
प्रधानमन्त्री ओलीले समाजमा राम्रो काम गर्ने मानिसहरुलाई खुट्टा तान्ने प्रवृत्ति भए पनि त्यसबाट विचलित नभई आफ्नो लक्ष्यमा अडिग रहनु पर्ने बताए।
अपडेटः २०७६ असोज १० गते
प्रधानमन्त्री ओलीले ‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को १० गते लोकार्पण गरे।
उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिए।
अपडेटः २०७६ असोज १४
सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गरियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गरे।
अपडेटः २०७६ माघ १९
नेकपाको केन्द्रीय कमिटी बैठकको अन्तिम दिन राष्ट्रिय सभागृहमा बैठक जारी रहँदा नेकपा सांसदहरुलाई मोबाइलमा म्यासेज आयो- '२०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप, सिपिएन।
पछि केन्द्रीय सदस्यहरुलाई पनि बोलावट भयो।
बेलुका भोज चल्यो। प्राय सबै नेताहरु गए। कतिपयले भने निम्तो अस्वीकार गरे।
अपडेटः २०७६ फागुन ८
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ प्रधानमन्त्री ओलीद्वारा लोकार्पण। ‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ उनले भने।
अपडेटः २०७६ फागुन १०
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पुस्तक 'भिजन टु एक्सन' पुस्तक फागुन १० मा सार्वजनिक गरे। प्रधानमन्त्री निवास बालुवाटारमा सो पुस्तक सत्यमोहन जोशी र माधव प्रसाद घिमिरेले सार्वजनिक गरेका हुन्।
अपडेटः २०७६ असोज १० गते
प्रधानमन्त्री ओलीले ‘नेपालय’द्वारा प्रकाशित उनका समकालीन प्रा केआर खम्बुको पुस्तक ‘छायाँको लस्कर’ को १० गते लोकार्पण गरे।
उनले भूमिगतकालमा आफूले गरेका राजनीतिक गतिविधिको स्मरण गर्दै त्यसबेलाका कतिपय क्रान्तिकारी गीत, कवितासमेतलाई पुस्तकमा समेटेका धन्यवाद दिए।
तस्बिरः प्रधानमन्त्री ओलीको वेबसाइटबाट। |
अपडेटः २०७६ असोज १४
सत्तारुढ नेकपाका सांसद् शान्ता चौधरीको सङ्घर्ष र रचनामा आधारित गीति भिडियोको प्रधानमन्त्री निवास बालुवाटारमा लोकार्पण गरियो।
कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका सबै वाचा पूरा नभइसके पनि यसबीचमा धेरै काम शुरु भए पनि कतिपयले अनावश्यक विरोध गरेको उल्लेख गरे।
फोटो- प्रधानमन्त्री ओलीको वेबसाइट |
नेकपाको केन्द्रीय कमिटी बैठकको अन्तिम दिन राष्ट्रिय सभागृहमा बैठक जारी रहँदा नेकपा सांसदहरुलाई मोबाइलमा म्यासेज आयो- '२०७६/१०/१९ गते साँझ ६ बजे पिएमनिवास बालुवाटारमा रात्रिभोज आयोजना गरिने भएको हुँदा उपस्थितिका लागि अनुरोध गरिन्छ। ह्विप, सिपिएन।
फोटोः नयाँ पत्रिका डेली डट कम |
पछि केन्द्रीय सदस्यहरुलाई पनि बोलावट भयो।
बेलुका भोज चल्यो। प्राय सबै नेताहरु गए। कतिपयले भने निम्तो अस्वीकार गरे।
अपडेटः २०७६ फागुन ८
नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर्थिक सम्मृद्धि’ प्रधानमन्त्री ओलीद्वारा लोकार्पण। ‘सुशासन र सिस्टमका लागि लडेको छु। सिस्टमका लागि नजिक र टाढाका कसैलाई छोड्दिनँ,’ उनले भने।
फोटो साभारः सेटोपाटी |
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पुस्तक 'भिजन टु एक्सन' पुस्तक फागुन १० मा सार्वजनिक गरे। प्रधानमन्त्री निवास बालुवाटारमा सो पुस्तक सत्यमोहन जोशी र माधव प्रसाद घिमिरेले सार्वजनिक गरेका हुन्।
विष्णु रिमालको ट्विटर |
सेतोपाटी |
No comments:
Post a Comment