किशोर दहाल
बैशाख ७, २०७५| प्रकाशित १९:३९
काठमाडौं– राष्ट्रिय जनता पार्टीका एकजना अध्यक्ष राजकिशोर यादवले संविधान संशोधनका लागि प्रधानमन्त्री केपीशर्मा ओलीसँग कुराकानी भइरहेको बताएका छन्।
राजपाले पार्टी गठनको पहिलो वार्षिकोत्सवमा आयोजना गरेको कार्यक्रममा पत्रकारहरुसँग कुरा गर्दै यादवले प्रधानमन्त्रीले आफ्नो बोली व्यवहारमा कसरी उतार्ने हुन् भन्ने हेर्न बाँकी रहेको बताए।
'संविधान संशोधनको लागि प्रधानमन्त्रीसँग कुरा भइरहेको छ', यादवले भने, 'उहाँले सबैलाई मिलाएर लैजान खोजेको छु भन्नुभएको छ। अब उहाँले व्यवहारमा कसरी उतार्नुहुन्छ हेर्न बाँकी छ।' यादवले प्रधानमन्त्रीले देखिएका समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।
काठमाडौंको ज्ञानेश्वरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा विभिन्न व्यक्तिहरुले राजपा नेताहरुलाई शुभकामना दिएका थिए।
कार्यक्रममा राजपाका अध्यक्षमण्डलका पाँच नेताहरु, दोस्रो र तेस्रो तहका नेताहरुका साथै कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो। अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर भने उपचारको सिलसिलामा दिल्लीमा छन्।
राजपाका नेताहरुलाई शुभकामना दिन विभिन्न पार्टीका नेताहरु पुगेका थिए।
गत वर्ष बैशाख ७ गते मधेस केन्द्रित राजनीति गरिरहेका ६ वटा पार्टीहरु मिलेर राजपा गठन गरेका थिए। 'राजपा घोषणा नेपाली राजनीतिमा आफैंमा ऐतिहासिक परिघटना थियो', यादवले भने, 'नेपालको राजनीतिमा सोचाइको परम्परागत शैलीमाथि धावा बोलिएको थियो।'
सुरुवातमा संविधान संशोधनको मुख्य माग राखी निर्वाचन वहिष्कार गर्ने कार्यनीति बनाएको राजपा तेस्रो तहको निर्वाचन लगायत पछिल्ला सबै निर्वाचनमा सहभागी हुँदै आएको छ। 'तीनवटै चुनावमा हामी सहभागी भयौं र जनताको जुनप्रकारको साथ र सहयोग रह्यो त्यसलाई ठूलो उपलब्धीको रुपमा लिएका छौं', यादवले भने।
यद्यपि, उसले माग गरेको संविधान संशोधन भने हुन सकेको छैन। संविधान संशोधनको लागि संसदमा मतदान भए पनि संविधान संशोधन विधेयक भने पारित हुन सकेन।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22197

No comments:
Post a Comment