निर्वान झापाली
नयाँ पत्रिका दैनिक
काठमाडौं, ३० पुस
बिपी कोइराला साइत हेराएरै
बसेको आमरण अनशन नेपालको इतिहासमा
चर्चित छ । ००५ सालमा जेल परेपछि उनले
कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले
जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए ।
अक्षय तृतीयाको दिन सुरु गरेको
कार्य शुभ हुने भनेपछि बिपी
त्यही दिनबाट अनशन बसेका
थिए ।
बिपीको २९ दिने त्यो
राणाविरोधी अनशनपछि छोटा र साना
अनशन देशमा धेरै भए । तर,
केही वर्षयता त्रिवि शिक्षण
अस्पतालका डा. गोविन्द केसीको
अनशन चर्चामा छ । उनी १४
पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै
सरकारसँग सहमति गरेर १४औँ अनशन
तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा
गरिसकेका छन् ।
नेपालमा अर्को चर्चित अनशन हो, गोरखाका
द्वन्द्वपीडित
अधिकारी दम्पती
नन्द्रप्रसाद र गंगामायाको । अनशन सुरु गरेको
तीन सय २९ दिन (६ असोज
०७१)मा नन्द्रप्रसादको मृत्यु भइसकेको छ ।
तर, गंगामाया अहिलेसम्म अनशनरत छिन् ।
श्रीमान्को मृत्युपछि सरकार र
मानावअधिकारवादीको आग्रहमा
२ कात्तिक ०७१ मा तीन सय ५८
दिन लामो अनशन तोडेकी उनले
आफ्ना माग पूरा नभएपछि पुनः सुरु गरिन् ।
वीर अस्पतालमै सुरु गरेको अनशन
अहिलेसम्म उनले जारी
राखेकी छिन् । तर, नेपालबाहिर
पुग्दा विश्वमा कैयौँ ठुल्ठूला आमरण अनशन
भएका छन् । नयाँ पत्रिकाका निर्वान
झापाली ले
एजेन्सीहरूको सहयोगमा
विश्वचर्चित केही अनशनबारे
रिपोर्ट तयार पारेका छन् :
सबैभन्दा लामो अनशन
सन् २००० मा भारतको मनिपुरमा एक वर्षभन्दा
लामो समय सरकारविरोधी आन्दोलन
चल्यो । त्यो आन्दोलनमा सेनाको
गोली लागेर १० जना सर्वसाधारणको
प्राण गयो । यो नरसंहारले
एउटी महिलालाई विक्षिप्त बनायो
। इरोम चाणु शर्मिला नामकी
ती महिलाले नरसंहारको विरोध
गर्दै सेनाविरुद्ध मुद्दा हाल्ने
तयारी गरिन् । तर, सम्भव भएन ।
दंगाफसादका क्रममा निर्दोषकै हत्या भए पनि
भारतमा सेनाविरुद्ध मुद्दा दायर गर्न मिल्दैन ।
त्यसपछि उनले आमरण अनशनको बाटो रोजिन् ।
निर्दोष सर्वसाधारणको हत्या गर्ने
सैनिकविरुद्ध पनि मुद्दा हाल्न पाउनुपर्ने माग
राख्दै ५ नोभेम्बर २००० मा शर्मिलाले अनशन
सुरु गरिन् । २८ वर्षको छँदा अनशन सुरु
गरेकी उनले
सोचेकीसम्म थिइनन् होला कि
आफ्नै अनशन संसारकै सबैभन्दा लामो हुनेछ
भनेर ।
१६ वर्षसम्म अनशन बस्दा पनि माग पूरा
नभएपछि उनले आन्दोलनको स्वरूप फेरिन् । २६
जुलाई २०१६ मा मह खाएर अनशन तोडिन्,
राजनीतिमा होमिने निधो गरिन् । र,
२०१७ मा मनिपुरको मुख्यमन्त्रीमा
प्रतिस्पर्धा गरिन् । तर, ‘आइरन
लेडी’का रूपमा अन्तर्राष्ट्रिय
ख्याति पाएकी उनी
केवल ९० भोट मात्रै ल्याएर हारिन् ।
१९८१ को आइरिस अनशन
सन् १९८१ मा आयरल्यान्ड रिपब्लिकको एक
टापुमा रहेको कारागारका
कैदीहरूले पाँच वर्ष लामो विरोध र
संघर्षपछि अमरण अनशन सुरु गरेका थिए ।
उनीहरूको अनशनले विश्वमै
तरंग ल्याएको थियो ।
युद्धबन्दीलाई विशेष तहबाट
हटाएर साधारण कैदीको दर्जा
दिइएपछि १९७६ मा विरोधका कार्यक्रम सुरु गरेका
थिए । १९८० मा भएको पहिलो आमरण अनशन
५३ दिनसम्म चलेको थियो, सात
कैदी सहभागी
भएका थिए । संघर्षको ५ वर्षपछि १९८१ मा
दोस्रो अनशन सुरु गरे । यो अनशन
कैदी र तत्कालीन
बेलायती
प्रधानमन्त्री मार्गरेट
थ्याचरबीचको टक्करका रूपमा
विश्वभर चर्चित भयो । अनशन बसेका एक
कैदी बबी
स्यान्ड्लाई संसद् सदस्य बनाएपछि चर्चा बढेको
थियो । यद्यपि, उनले अनशन त्यागेनन् ।
अनशनकै क्रममा १० जना कैदीको
मृत्यु भएपछि उक्त अनशन फिर्ता लिइएको थियो ।
मृत्यु हुनेमा स्यान्ड्स पनि थिए । उनको
अन्तिम संस्कारमा एक लाखभन्दा
बढी मानिस उपस्थित थिए । सो
आमरण अनशनले आयरल्यान्डको राष्ट्रिय
राजनीतिमा उथलपुथल मच्चायो भने
‘सिन फेन’लाई त्यहाँको मुख्य
पार्टी बनाउन पनि मद्दत पुर्यायो ।
ठूलो सामूहिक अनशन
८ जुलाई २०१३ मा क्यालिफोर्नियाको पेलिकन बे
स्टेट प्रिजनका २९ हजार
कैदीले सामूहिक आमरण अनशन
सुरु गरे । उनीहरूले एकान्त
कारावासको विरोध गर्दै अनशन सुरु गरेका थिए ।
उनीहरूको समर्थनमा
क्यालिफोर्नियाकै अर्को जेल हाई डेजर्ट स्टेट
प्रिजनका कैदीले पनि अनशन सुरु
गरे । उनीहरूले सफा कारागार,
राम्रो खाना र पुस्तकालयको राम्रो व्यवस्था
गरिनुपर्ने थप माग राखेका थिए । यो सबैभन्दा लामो
समय र सबैभन्दा धेरैजना
सहभागी भएको सामूहिक
अनशन थियो ।
सहभागीहरू अन्न–
पानी केही नखाई
कठोर अनशन बसेका थिए ।
उनीहरू कारगारले आयोजना गरेका
व्यायामलगायतका कुनै पनि कार्यक्रम र
क्रियाकलापमा सहभागी भएनन् ।
उनीहरूको मागमा
अदालती प्रक्रियाबाट सुनुवाइ
हुने भनिएपछि धेरैले अनशन त्यागे । तर, एक
सयजना कैदीले अनशनलाई
निरन्तरता दिए । संसद्का विधायकहरूले
उनीहरूको माग सम्बोधन गर्ने
वाचा गरेपछि ५ सेप्टेम्बर २०१३ मा मात्रै अनशन
तोडे ।
गान्धीको अनशन
अहिंसावादी आन्दोलन गरेर
बेलायती साम्राज्यवादलाई भारतबाट
भगाउन सफल भएका अहिंसाका
पुजारी महात्मा
गान्धी आफ्नो
जीवनमा धेरैपटक अनशन बसे ।
उनी जेल परेपछि भारतमा बढेको
हिन्दू र मुस्लिमबीचको
दूरीले गृहयुद्ध निम्तिने डर
भएपछि गान्धी सन् १९२४मा
तीन हप्ता लामो अनशन बसे ।
उनको उद्देश्य हिन्दू र मुस्लिमको
दूरी न्यूनीकरण
गर्नु थियो ।
यस्तै, सन् १९३२ मा दलितका लागि छुट्टै मतदान
केन्द्र बनाइएपछि उनी फेरि पाँच
दिन अनशन बसेका थिए । उक्त आन्दोलनपछि
भारतमा दलितका लागि सहज वातावरण निर्माण
भएको थियो भने, अधिकार थप भएको थियो ।
सन् १९४३ मा उनले ‘भारत छोडो’ आन्दोलनकै
क्रममा ब्रिटिस सरकारलाई थप दबाब दिन
जेलभित्रै अनशन सुरु गरेका थिए ।
गान्धीको अनशन र थप
अहिंसात्मक आन्दोलनकै कारण भारत
स्वतन्त्र भएको थियो । भारतले स्वतन्त्रता
पाएपछि सन् १९४८ मा उनी फेरि
अनशन बसेका थिए ।
पत्रकारको अनशन
२१ नोभेम्बर २०१५ मा
प्यालेस्टाइनी पत्रकार मोहम्मद
अल–किकलाई इस्लामी
अतिवादी संगठन हमासमा संलग्न
रहेको भन्दै कैद गरिएको थियो ।
साउदी अरेबियाको अल अल्मद
टिभी नेटवर्कमा कार्यरत पत्रकार
अल–किकले सो आरोपको खण्डन गर्दै २५
नोभेम्बरमा आमरण अनशन सुरु गरे । उनले
कारागारमा सोधपुछका क्रममा धेरै यातना दिइएको
भन्दै अनशन बसेका थिए । ९६ दिनसम्म चलेको
उनको अनशन संसारका सबैभन्दा लामो
अनशनमध्येको एक हो । २१ जुनमा रिहा
गर्ने भनिए पनि एक महिनाअगावै २ मेमा रिहा
हुने भएपछि उनले अनशन तोडेका थिए ।
अनशन अवधिभर उनले
पानीबाहेक केही
पनि खाएनन् । सुरुमा डाक्टरबाट उपचार नगराउने
भने पनि पछि आकस्मिक निधन हुन सक्ने
सुझाब डाक्टरले दिएपछि डाक्टरकै रोहबरमा
पानी दिने र उपचार गर्ने काम भएको
थियो ।
चाभेजको ‘फास्ट फर लाइफ’
सिजर चाभेज सन् १९२७ मा अमेरिकाको किसान
परिवारमा जन्मिएका थिए । ठगीमा
परेर घरखेत सबै गुमाएका चाभेजको परिवार
विस्थापित नै भयो । उनले पढाइ छाडेर
क्यालिफोर्नियामा एउटा कृषि फारममा
मजदुरी गरे । त्यसवेला मजदुरलाई
दासजस्तै व्यवहार गरिन्थ्यो । चाभेजले
त्यसको विरुद्धमा आवाज उठाए । मजदुर एकता
बढाउन अघि बढे । उनले सन् १९६२ मा नेसनल
फार्म वर्कर्स एसोसिएसन नामको संगठन बनाएर
कृषि मजदुरको हकमा संघर्ष सुरु गरेका थिए ।
अहिंसामा विश्वास गर्ने चाभेजले
क्यालिफोर्नियाभर धर्ना, र्याली,
मार्चपासलगायत विरोधका कार्यक्रम गरिरहे ।
यही क्रममा उनले ‘फास्ट फर
लाइफ’ अर्थात् ‘जीवनका लागि भोक
हडताल’ नामको आमरण अनशन सुरु गरे ।
चाभेजका मुख्य माग मजदुरको स्वास्थ्यमा परेका
नकारात्मक असर र विषादीको
प्रयोगका कारण मजदुरका बालबच्चाको
स्वास्थ्यमा परेको असरबारे सम्बोधन हुनुपर्ने
थियो । अनशन बसेको ३६ दिनपछि उनका माग पूरा
गरिए ।
मजदुर हकका लागि निःस्वार्थ लडेका कारण
उनी विश्वभर चर्चामा आइसकेका
थिए । उनी यही
योगदानका लागि तीनपटकसम्म
नोबेल शान्ति पुरस्कारका लागि छनोट पनि भए ।
जीवनमा मजदुर हकका लागि १४
पटकसम्म अनशन बसेका उनको १९९३ मा मृत्यु
भएको थियो । उनी अन्तिमपटक
अनशन बसेको घर क्यालिफोर्निया सरकारले
सम्पदा सूचीमा राखेको छ ।
प्यालेस्टाइनी कैदीको अनशन
सन २०१२ मा दुई हजार
प्यालेस्टाइनी कैदीले
इजरायली जनताको
तानाशाही प्रवृत्ति र राष्ट्र
प्रमुखको विरुद्धमा सामूहिक भोक हडताल सुरु
गरे । उनीहरूको मुख्य माग
शिक्षाको अवसर दिइनुपर्ने र एकान्त कारावास
गर्न नपाउने थिए । एक महिनासम्म अनवरत
अनशन बसेपछि उनीहरूको
संघर्ष केही हदसम्म सफल
भयो । इजरायलले लचकता अपनाउने निर्णय गर्दै
चर सय प्यालेस्टाइनी
कैदीलाई परिवारसँग भेट्न पाउने
अनुमति दियो । त्यस्तै, इजरायलका कारागारमा
पहिलोपल्ट कैदीहरूका लागि
टेलिफोन र टेलिभिजनको व्यवस्था पनि गरियो ।
आमरण अनशनको इतिहासमा यो दोस्रो ठूलो
सामूहिक अनशन थियो ।
के हो अनशन ?
कुनै पनि विषयमा विरोध या फरक मत जनाउने
अहिंसात्मक तरिका हो, अनशन ।
सरकारी निर्णय, नयाँ
नीतिनियमको कार्यान्वयन वा
पुरानाको संशोधनलगायत विषय तथा त्यसमाथि
पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत
दबाब दिने विश्वव्यापी चलन छ ।
अनशनको इतिहास पल्टाउँदा त्रेता युगसम्म
पुगिन्छ । संसारको पहिलो अनशनबारे रामायणको
अयोध्या काण्डमा उल्लेख गरिएको छ । वनवास
गएका दाजु रामलाई फर्काउन हरप्रयास गर्दा
पनि सम्भव नभएपछि दाजु अयोध्या
नफर्किएसम्म केही नखाने,
कहीँ नजाने र
राजगद्दी पनि नसम्हाल्ने भन्दै
भाइ भरत अनशनमा बसेका थिए । पछि, रामले
सम्झाई–बुझाई गरेर भरतलाई आफ्नो खराउ दिएर
मनाएको रामायणको कहानी छ ।
अनशन बस्दा सुरुका तीन दिन
शरीरले त्यहीँ
भएको ग्लुकोजबाट ऊर्जा लिन्छ । तर, त्यसपछि
कलेजोले ‘केटोसिस’ नामक प्रक्रियाबाट
शरीरमा भएको बोसो प्रशोधन गर्न
थाल्छ । तीन हप्तामा बोसोको
मात्रा कम भएपछि शरीर
भोकमरीको अवस्थामा पुग्छ र
मांशपेसीसहित अन्य
महत्वपूर्ण अंगलाई खानाको रूपमा प्रयोग गरेर
शरीरमा ऊर्जा प्रसारण गर्न
थाल्छ । ३०–४० दिनपछि शरीरको
‘बोन म्यारो’ पनि खिइन थाल्ने भएकाले
अनशनकारीको ४५ देखि ७५
दिनभित्र मृत्यु भएका धेरै उदाहरण छन् ।
त्यसैले लामो समय अनशन बस्नेहरूले ठोस
पदार्थ नखाए पनि तरल पदार्थ खाने गर्छन् । या
त उनीहरूलाई अस्पतालमा राखेर
नसाबाट तरल पदार्थ दिने गरिन्छ ।
स्रोत: www.enayapatrika.com/2018/01/14/14993/
नयाँ पत्रिका दैनिक
काठमाडौं, ३० पुस
बिपी कोइराला साइत हेराएरै
बसेको आमरण अनशन नेपालको इतिहासमा
चर्चित छ । ००५ सालमा जेल परेपछि उनले
कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले
जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए ।
अक्षय तृतीयाको दिन सुरु गरेको
कार्य शुभ हुने भनेपछि बिपी
त्यही दिनबाट अनशन बसेका
थिए ।
बिपीको २९ दिने त्यो
राणाविरोधी अनशनपछि छोटा र साना
अनशन देशमा धेरै भए । तर,
केही वर्षयता त्रिवि शिक्षण
अस्पतालका डा. गोविन्द केसीको
अनशन चर्चामा छ । उनी १४
पटक अनशन बसिसकेका छन् । शुक्रबार मात्रै
सरकारसँग सहमति गरेर १४औँ अनशन
तोडेका उनले माग पूरा नभए पुनः सुरु गर्ने घोषणा
गरिसकेका छन् ।
नेपालमा अर्को चर्चित अनशन हो, गोरखाका
द्वन्द्वपीडित
अधिकारी दम्पती
नन्द्रप्रसाद र गंगामायाको । अनशन सुरु गरेको
तीन सय २९ दिन (६ असोज
०७१)मा नन्द्रप्रसादको मृत्यु भइसकेको छ ।
तर, गंगामाया अहिलेसम्म अनशनरत छिन् ।
श्रीमान्को मृत्युपछि सरकार र
मानावअधिकारवादीको आग्रहमा
२ कात्तिक ०७१ मा तीन सय ५८
दिन लामो अनशन तोडेकी उनले
आफ्ना माग पूरा नभएपछि पुनः सुरु गरिन् ।
वीर अस्पतालमै सुरु गरेको अनशन
अहिलेसम्म उनले जारी
राखेकी छिन् । तर, नेपालबाहिर
पुग्दा विश्वमा कैयौँ ठुल्ठूला आमरण अनशन
भएका छन् । नयाँ पत्रिकाका निर्वान
झापाली ले
एजेन्सीहरूको सहयोगमा
विश्वचर्चित केही अनशनबारे
रिपोर्ट तयार पारेका छन् :
सबैभन्दा लामो अनशन
सन् २००० मा भारतको मनिपुरमा एक वर्षभन्दा
लामो समय सरकारविरोधी आन्दोलन
चल्यो । त्यो आन्दोलनमा सेनाको
गोली लागेर १० जना सर्वसाधारणको
प्राण गयो । यो नरसंहारले
एउटी महिलालाई विक्षिप्त बनायो
। इरोम चाणु शर्मिला नामकी
ती महिलाले नरसंहारको विरोध
गर्दै सेनाविरुद्ध मुद्दा हाल्ने
तयारी गरिन् । तर, सम्भव भएन ।
दंगाफसादका क्रममा निर्दोषकै हत्या भए पनि
भारतमा सेनाविरुद्ध मुद्दा दायर गर्न मिल्दैन ।
त्यसपछि उनले आमरण अनशनको बाटो रोजिन् ।
निर्दोष सर्वसाधारणको हत्या गर्ने
सैनिकविरुद्ध पनि मुद्दा हाल्न पाउनुपर्ने माग
राख्दै ५ नोभेम्बर २००० मा शर्मिलाले अनशन
सुरु गरिन् । २८ वर्षको छँदा अनशन सुरु
गरेकी उनले
सोचेकीसम्म थिइनन् होला कि
आफ्नै अनशन संसारकै सबैभन्दा लामो हुनेछ
भनेर ।
१६ वर्षसम्म अनशन बस्दा पनि माग पूरा
नभएपछि उनले आन्दोलनको स्वरूप फेरिन् । २६
जुलाई २०१६ मा मह खाएर अनशन तोडिन्,
राजनीतिमा होमिने निधो गरिन् । र,
२०१७ मा मनिपुरको मुख्यमन्त्रीमा
प्रतिस्पर्धा गरिन् । तर, ‘आइरन
लेडी’का रूपमा अन्तर्राष्ट्रिय
ख्याति पाएकी उनी
केवल ९० भोट मात्रै ल्याएर हारिन् ।
१९८१ को आइरिस अनशन
सन् १९८१ मा आयरल्यान्ड रिपब्लिकको एक
टापुमा रहेको कारागारका
कैदीहरूले पाँच वर्ष लामो विरोध र
संघर्षपछि अमरण अनशन सुरु गरेका थिए ।
उनीहरूको अनशनले विश्वमै
तरंग ल्याएको थियो ।
युद्धबन्दीलाई विशेष तहबाट
हटाएर साधारण कैदीको दर्जा
दिइएपछि १९७६ मा विरोधका कार्यक्रम सुरु गरेका
थिए । १९८० मा भएको पहिलो आमरण अनशन
५३ दिनसम्म चलेको थियो, सात
कैदी सहभागी
भएका थिए । संघर्षको ५ वर्षपछि १९८१ मा
दोस्रो अनशन सुरु गरे । यो अनशन
कैदी र तत्कालीन
बेलायती
प्रधानमन्त्री मार्गरेट
थ्याचरबीचको टक्करका रूपमा
विश्वभर चर्चित भयो । अनशन बसेका एक
कैदी बबी
स्यान्ड्लाई संसद् सदस्य बनाएपछि चर्चा बढेको
थियो । यद्यपि, उनले अनशन त्यागेनन् ।
अनशनकै क्रममा १० जना कैदीको
मृत्यु भएपछि उक्त अनशन फिर्ता लिइएको थियो ।
मृत्यु हुनेमा स्यान्ड्स पनि थिए । उनको
अन्तिम संस्कारमा एक लाखभन्दा
बढी मानिस उपस्थित थिए । सो
आमरण अनशनले आयरल्यान्डको राष्ट्रिय
राजनीतिमा उथलपुथल मच्चायो भने
‘सिन फेन’लाई त्यहाँको मुख्य
पार्टी बनाउन पनि मद्दत पुर्यायो ।
ठूलो सामूहिक अनशन
८ जुलाई २०१३ मा क्यालिफोर्नियाको पेलिकन बे
स्टेट प्रिजनका २९ हजार
कैदीले सामूहिक आमरण अनशन
सुरु गरे । उनीहरूले एकान्त
कारावासको विरोध गर्दै अनशन सुरु गरेका थिए ।
उनीहरूको समर्थनमा
क्यालिफोर्नियाकै अर्को जेल हाई डेजर्ट स्टेट
प्रिजनका कैदीले पनि अनशन सुरु
गरे । उनीहरूले सफा कारागार,
राम्रो खाना र पुस्तकालयको राम्रो व्यवस्था
गरिनुपर्ने थप माग राखेका थिए । यो सबैभन्दा लामो
समय र सबैभन्दा धेरैजना
सहभागी भएको सामूहिक
अनशन थियो ।
सहभागीहरू अन्न–
पानी केही नखाई
कठोर अनशन बसेका थिए ।
उनीहरू कारगारले आयोजना गरेका
व्यायामलगायतका कुनै पनि कार्यक्रम र
क्रियाकलापमा सहभागी भएनन् ।
उनीहरूको मागमा
अदालती प्रक्रियाबाट सुनुवाइ
हुने भनिएपछि धेरैले अनशन त्यागे । तर, एक
सयजना कैदीले अनशनलाई
निरन्तरता दिए । संसद्का विधायकहरूले
उनीहरूको माग सम्बोधन गर्ने
वाचा गरेपछि ५ सेप्टेम्बर २०१३ मा मात्रै अनशन
तोडे ।
गान्धीको अनशन
अहिंसावादी आन्दोलन गरेर
बेलायती साम्राज्यवादलाई भारतबाट
भगाउन सफल भएका अहिंसाका
पुजारी महात्मा
गान्धी आफ्नो
जीवनमा धेरैपटक अनशन बसे ।
उनी जेल परेपछि भारतमा बढेको
हिन्दू र मुस्लिमबीचको
दूरीले गृहयुद्ध निम्तिने डर
भएपछि गान्धी सन् १९२४मा
तीन हप्ता लामो अनशन बसे ।
उनको उद्देश्य हिन्दू र मुस्लिमको
दूरी न्यूनीकरण
गर्नु थियो ।
यस्तै, सन् १९३२ मा दलितका लागि छुट्टै मतदान
केन्द्र बनाइएपछि उनी फेरि पाँच
दिन अनशन बसेका थिए । उक्त आन्दोलनपछि
भारतमा दलितका लागि सहज वातावरण निर्माण
भएको थियो भने, अधिकार थप भएको थियो ।
सन् १९४३ मा उनले ‘भारत छोडो’ आन्दोलनकै
क्रममा ब्रिटिस सरकारलाई थप दबाब दिन
जेलभित्रै अनशन सुरु गरेका थिए ।
गान्धीको अनशन र थप
अहिंसात्मक आन्दोलनकै कारण भारत
स्वतन्त्र भएको थियो । भारतले स्वतन्त्रता
पाएपछि सन् १९४८ मा उनी फेरि
अनशन बसेका थिए ।
पत्रकारको अनशन
२१ नोभेम्बर २०१५ मा
प्यालेस्टाइनी पत्रकार मोहम्मद
अल–किकलाई इस्लामी
अतिवादी संगठन हमासमा संलग्न
रहेको भन्दै कैद गरिएको थियो ।
साउदी अरेबियाको अल अल्मद
टिभी नेटवर्कमा कार्यरत पत्रकार
अल–किकले सो आरोपको खण्डन गर्दै २५
नोभेम्बरमा आमरण अनशन सुरु गरे । उनले
कारागारमा सोधपुछका क्रममा धेरै यातना दिइएको
भन्दै अनशन बसेका थिए । ९६ दिनसम्म चलेको
उनको अनशन संसारका सबैभन्दा लामो
अनशनमध्येको एक हो । २१ जुनमा रिहा
गर्ने भनिए पनि एक महिनाअगावै २ मेमा रिहा
हुने भएपछि उनले अनशन तोडेका थिए ।
अनशन अवधिभर उनले
पानीबाहेक केही
पनि खाएनन् । सुरुमा डाक्टरबाट उपचार नगराउने
भने पनि पछि आकस्मिक निधन हुन सक्ने
सुझाब डाक्टरले दिएपछि डाक्टरकै रोहबरमा
पानी दिने र उपचार गर्ने काम भएको
थियो ।
चाभेजको ‘फास्ट फर लाइफ’
सिजर चाभेज सन् १९२७ मा अमेरिकाको किसान
परिवारमा जन्मिएका थिए । ठगीमा
परेर घरखेत सबै गुमाएका चाभेजको परिवार
विस्थापित नै भयो । उनले पढाइ छाडेर
क्यालिफोर्नियामा एउटा कृषि फारममा
मजदुरी गरे । त्यसवेला मजदुरलाई
दासजस्तै व्यवहार गरिन्थ्यो । चाभेजले
त्यसको विरुद्धमा आवाज उठाए । मजदुर एकता
बढाउन अघि बढे । उनले सन् १९६२ मा नेसनल
फार्म वर्कर्स एसोसिएसन नामको संगठन बनाएर
कृषि मजदुरको हकमा संघर्ष सुरु गरेका थिए ।
अहिंसामा विश्वास गर्ने चाभेजले
क्यालिफोर्नियाभर धर्ना, र्याली,
मार्चपासलगायत विरोधका कार्यक्रम गरिरहे ।
यही क्रममा उनले ‘फास्ट फर
लाइफ’ अर्थात् ‘जीवनका लागि भोक
हडताल’ नामको आमरण अनशन सुरु गरे ।
चाभेजका मुख्य माग मजदुरको स्वास्थ्यमा परेका
नकारात्मक असर र विषादीको
प्रयोगका कारण मजदुरका बालबच्चाको
स्वास्थ्यमा परेको असरबारे सम्बोधन हुनुपर्ने
थियो । अनशन बसेको ३६ दिनपछि उनका माग पूरा
गरिए ।
मजदुर हकका लागि निःस्वार्थ लडेका कारण
उनी विश्वभर चर्चामा आइसकेका
थिए । उनी यही
योगदानका लागि तीनपटकसम्म
नोबेल शान्ति पुरस्कारका लागि छनोट पनि भए ।
जीवनमा मजदुर हकका लागि १४
पटकसम्म अनशन बसेका उनको १९९३ मा मृत्यु
भएको थियो । उनी अन्तिमपटक
अनशन बसेको घर क्यालिफोर्निया सरकारले
सम्पदा सूचीमा राखेको छ ।
प्यालेस्टाइनी कैदीको अनशन
सन २०१२ मा दुई हजार
प्यालेस्टाइनी कैदीले
इजरायली जनताको
तानाशाही प्रवृत्ति र राष्ट्र
प्रमुखको विरुद्धमा सामूहिक भोक हडताल सुरु
गरे । उनीहरूको मुख्य माग
शिक्षाको अवसर दिइनुपर्ने र एकान्त कारावास
गर्न नपाउने थिए । एक महिनासम्म अनवरत
अनशन बसेपछि उनीहरूको
संघर्ष केही हदसम्म सफल
भयो । इजरायलले लचकता अपनाउने निर्णय गर्दै
चर सय प्यालेस्टाइनी
कैदीलाई परिवारसँग भेट्न पाउने
अनुमति दियो । त्यस्तै, इजरायलका कारागारमा
पहिलोपल्ट कैदीहरूका लागि
टेलिफोन र टेलिभिजनको व्यवस्था पनि गरियो ।
आमरण अनशनको इतिहासमा यो दोस्रो ठूलो
सामूहिक अनशन थियो ।
के हो अनशन ?
कुनै पनि विषयमा विरोध या फरक मत जनाउने
अहिंसात्मक तरिका हो, अनशन ।
सरकारी निर्णय, नयाँ
नीतिनियमको कार्यान्वयन वा
पुरानाको संशोधनलगायत विषय तथा त्यसमाथि
पुनर्विचार वा परिवर्तन गराउन अनशनमार्फत
दबाब दिने विश्वव्यापी चलन छ ।
अनशनको इतिहास पल्टाउँदा त्रेता युगसम्म
पुगिन्छ । संसारको पहिलो अनशनबारे रामायणको
अयोध्या काण्डमा उल्लेख गरिएको छ । वनवास
गएका दाजु रामलाई फर्काउन हरप्रयास गर्दा
पनि सम्भव नभएपछि दाजु अयोध्या
नफर्किएसम्म केही नखाने,
कहीँ नजाने र
राजगद्दी पनि नसम्हाल्ने भन्दै
भाइ भरत अनशनमा बसेका थिए । पछि, रामले
सम्झाई–बुझाई गरेर भरतलाई आफ्नो खराउ दिएर
मनाएको रामायणको कहानी छ ।
अनशन बस्दा सुरुका तीन दिन
शरीरले त्यहीँ
भएको ग्लुकोजबाट ऊर्जा लिन्छ । तर, त्यसपछि
कलेजोले ‘केटोसिस’ नामक प्रक्रियाबाट
शरीरमा भएको बोसो प्रशोधन गर्न
थाल्छ । तीन हप्तामा बोसोको
मात्रा कम भएपछि शरीर
भोकमरीको अवस्थामा पुग्छ र
मांशपेसीसहित अन्य
महत्वपूर्ण अंगलाई खानाको रूपमा प्रयोग गरेर
शरीरमा ऊर्जा प्रसारण गर्न
थाल्छ । ३०–४० दिनपछि शरीरको
‘बोन म्यारो’ पनि खिइन थाल्ने भएकाले
अनशनकारीको ४५ देखि ७५
दिनभित्र मृत्यु भएका धेरै उदाहरण छन् ।
त्यसैले लामो समय अनशन बस्नेहरूले ठोस
पदार्थ नखाए पनि तरल पदार्थ खाने गर्छन् । या
त उनीहरूलाई अस्पतालमा राखेर
नसाबाट तरल पदार्थ दिने गरिन्छ ।
स्रोत: www.enayapatrika.com/2018/01/14/14993/
No comments:
Post a Comment