किशोर दहाल
आशंकाहरुका बीच २०७३ फागुन ९ गते स्थानीय चुनावको मिति घोषणा भयो। आशंक कतिसम्म थियो भने २०७४ बैशाख ३१ गतेका लागि चुनाव घोषणा गरिएको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपछि धेरैले सामाजिक सञ्जालमा लेखेका थिए– २०७४ साल बैशाखमाल ३१ गते पो छ कि छ्रैन भनेर क्यालेन्डर हेरियो।
सरकारले देशैभरि एकै चरणमा चुनाव गर्ने बताए पनि चुनाव चरणबद्ध रुपमा हुने भयो। खासगरी आन्दोलनरत मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउने प्रयत्नले यस्तो अवस्था सिर्जना भएको थियो। सोही अनुसार भरतपुर महानगरपालिकामा भने पहिलो चरण (बैशाख ३१) मा चुनाव भएको थियो। त्यसपछि असार १४ मा दोस्रो चरणको चुनाव भएर नतिजा पनि आइसकेको छ। प्रदेश नम्बरमा असोज २ गते तेस्रो चरणको चुनाव हुने भएको छ।
भरतपुर महानगरपालिकामा प्रमुख पार्टीहरुको तर्फबाट दिनेश कोइराला, माओवादीको तर्फबाट रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली उम्मेदवार बनेका थिए। एक त महानगरपालिका र दोस्रो माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणुको उम्मेदवारीको कारण यहाँको चुनावी नतिजालाई लिएर सुरुदेखि नै चासो व्यक्त गरिएको थियो। मिडियाहरुमा पनि व्यापक कभरेज भइरहेको थियो।
मुख्य रुपमा कोइराला र ज्ञवालीलाई केन्द्रमा राखेर प्रक्षेपणहरु भइरहेका थिए। तर, २०७४ बैशाख २१ मा कांग्रेस र माओवादीले देशका तीन ठूला महानगरमा चुनावी तालमेल गर्ने सहमति गरेपछि भरतपुरमा कांग्रेसले मेयरको उम्मेदवारीबाट नाम फिर्ता लियो। र, दुई पार्टीको साझा उम्मेदवार बनिन्– रेणु दाहाल।
भरतपुरलाई नेताहरूले प्रतिष्ठाको रूपमा लिए । चुनाव प्रचारको अन्तिम दिन अर्थात् वैैशाख २८ चुनावी आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट भरतपुर पुगेबाट पनि यस महानगरको चुनावी सरगर्मी र प्रतिष्ठाको लडाइँलाई स्पष्ट पार्छ। कांग्रेस र माओवादीले आयोजना गरेको संयुक्त सभामा सम्बोधन गर्न दाहाल र देउवा एउटै जहाजमा सँगै बसेर भरतपुर पुगेका थिए। त्यस्तै, एमालेले आयोजना गरेको सभामा सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली छुट्टै जहाज चढेर भरतपुर पुगेका थिए।
शक्ति प्रदर्शन ठानिएको चुनावी सभामा दुबै पक्षका नेताले एक अर्काको कटु आलोचना गरे।
यद्यपि, कांग्रेस-माओवादी सहमतिपश्चात् नै कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो। बलियो जनाधार भएको ठाउँमा कमजोर जनाधार भएको पार्टीलाई मेयर पद छाडेकोमा असन्तुष्टि बढेको थियो। कांग्रेसभित्रको असन्तुष्टिले एमालेका उम्मेदवार ज्ञवालीलाई पुग्ने निश्चित थियो। उता, कमजोर जनाधार भएको ठानिएको माओवादीका उम्मेदवार दाहाललाई पनि कांग्रेसकै भर हुनु पनि स्वभाविक थियो। त्यसैकारण पनि विश्लेषण हुन थाल्यो– कांग्रेसको भोट जसलाई खस्छ, उसैले जित्छ।
मेयरमा आफ्नो उम्मेदवार नै नभएको कांग्रेस निर्णायक हुने परिस्थिति पुनः निर्वाचनसम्म रहिरह्यो।
शान्त मतदान
१ लाख ५१ हजार ६ सय ४१ मतदाता रहेको भरतपुरमा बैशाख ३१ मा चुनाव भयो। २९ वटा वडा रहेको महानगरपालिकाका कुल ६१वटा मतदान केन्द्रमा शान्तपुर्वक मतदान भयो। यहाँ १ लाख १२ हजार ७ सय ४१ मत खसेको थियो।
मतगणनामा सुरुदेखि नै विवाद
मतगणनामा पनि भरतपुरमा सुरुदेखि नै विवाद देखिएको थियो। चुनावको भोलिपल्ट अर्थात् जेठ १ गते विहान देखि नै मतगणना गर्ने भनिए पनि विवादका कारण सुरु हुन सकेन। कांग्रेस र माओवादीका साझा उम्मेदवार भएका कारण र कांग्रेसका समर्थकले आफ्नो उम्मेदवार नभए पनि मेयरमा रुख चिह्नमा मत खसालेको आशंकाले यो विवाद जन्माएको थियो। माओवादीका प्रतिनिधिले रुख चिह्नमा खसेको भोट पनि रेणुकोमा नै जोड्नुपर्ने बताएपछि विवाद भएको थियो। तर, कानुन विपरित हुने बताइएपछि त्यो विवाद तत्काल साम्य भएको थियो।
पछि, निर्वाचन आयोगका अधिकृत कविप्रसाद न्यौपानेले मतपेटिकामा खसेको सबै मतलाई बैध मानिनुपर्ने बताएपछि नयाँ विवाद जन्मिएको थियो। मतगणना ढिलो भएपछि भरतपुर नगरपलिकामा विभिन्न पार्टीका कार्यकर्ताहरुले मतगणनाको माग गर्दै नाराबाजी समेत गरेका गरेका थिए।
विवादलाई पन्छाउँदै जेठ १ गते दिउँसो मात्रै मतगणना सुरु भएको थियो। भरतपुर महानगरपालिकाको वडा नम्बर १ को रामपुर क्षेत्रबाट मतगणना सुरु भयो।
तर, पुन जेठ ५ गते शुक्रबार अबेरदेखि विवाद बढ्यो। निर्वाचन अधिकृतले धाँधली गर्न खोजेको भन्दै नेपाली कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतगणना बहिष्कार गरे। तर, भोलिपल्ट ६ गते शनिवार १० बुँदे सहमति भयो र पुनः मतगणना सुरु भयो।
मतसङ्ख्यामा लुकामारी
सुरुवातमै एमाले उम्मेदवारले अग्रता लिए। पहिलोपटक सार्वजनिक भएको प्रारम्भीक मतगणनामा ज्ञवालीले अग्रता लिएका लिए। जेठ १ गते दिउँसोको मतपरिणाममा ज्ञवालीले दाहालभन्दा दोब्बर मतले अग्रता लिएका थिए। देवीप्रसाद ज्ञवालीको २४६ मत हुँदा रेणु दाहालको ११३ मत मात्रै थियो।
तर, २ गते बिहान एक हजार ७५ मत गणना हुँदा दाहालले ४ सय ५१ मत पाएकी थिइन् भने ज्ञवालीले ४ सय ३१ मत पाएका थिए। दाहालको अग्रता २० मतको थियो।
फेरि थप मतगणना हुँदै जाँदा ज्ञवालीले अग्रता लिन थालेका थिए।
पछि, मतगणनाको नतिजा केही छिटो आउन थाल्यो। देवीको अग्रता पनि छिटोछिटो बढ्न थाल्यो। जेठ ४ गते बिहानसम्ममा यो अन्तर १७११ मतका साथ ज्ञवाली अगाडि अगाडि बढे।
तर, फेरि मतान्तर घट्न थाल्यो। यो अन्तर ४४२ मा झ¥यो। ५ गते दिउँसो यो मतान्तर २०३ मा पुग्यो। देवीले कहिले अलि बढी र कहिले अलि कम मतान्तरका साथ अग्रता लिइरहेका थिए। तर, बेलुका रेणुले नतिजा उल्टाइन् र १४७ मतले अग्रता लिइन्।
देवीले रेणुको अग्रतालाई लामो समय टिक्न भने दिएनन्। केही क्षणमा नै नयाँ नतिजामा उनले ३४६ मतले अग्रता लिए। त्यसपछि भने देवीले अग्रतालाई बढाइरहे। ७ गते बिहानको मतपरिणाम अनुसार मेयरमा देवीको १८ हजार १ सय ८५, रेणुको १७ हजार १ सय ४४ र मत थियो।
८ गते बिहान मतान्तर २ हजार १ सय ७६ पुगिसकेको थियो। बेलुका २७८३ पुग्यो। राति १३ वटा वडाको मत गनिसकिएको थियो। त्यतिबेलासम्म मतान्तर २९०२ पुगेको थियो। ९ गते बिहान मतान्तरले ३ हजार नाघ्यो। केही बेरपछि नै मतान्तर ३७०३ पुग्यो। बेलुका ३७७१ पुग्यो। त्यसैगरी ३८३६ सम्म पुग्यो। त्यो नै उच्च मतान्तर थियो । त्यसपछि मतान्तर निरन्तर घट्न थालेको थियो। अब, वडा नम्बर १३ देखि २६ सम्मको मत गन्न बाँकी थियो। १ देखि १२ र २७ देखि २९ सम्मको मतगणना भइसकेको थियो। तर, वडा नम्बर १४ को मतगणना भइसक्दा मतान्तर घटेर १९७९ मा आइपुगेको थियो।
१४ गते बिहान वडा नम्बर १८ को मतगणना सकिँदा ज्ञवाली दाहालभन्दा १२ सय १९ मतले अघि भए। त्यतिबेला देवी ज्ञवालीको ३९ हजार ५ सय ८५ र रेणु दाहालको ३८ हजार ३ सय ६६ मत थियो । अब वडा नम्बर १९, २० र २१ मत गन्न बाँकी थियो। यी तीनवटा वडा कांग्रेसको बलियो आधार क्षेत्र मानिन्थ्यो। त्यसैले जीतमा अन्योलता बढिहेको थियो । कुनै उम्मेदवारले ढुक्क हुने अवस्था थिएन। त्यहाँ करिब ८००० मत गन्न बाँकी थियो।
१४ गते राति
भरतपुर महानगरपालिकाको वडा नं १९ को मतगणना अन्तिम चरणमा पुग्न लाग्दा मतपत्र च्यातिएको थियो। भोटगणना हुँदै गर्दा जेठ १४ गते राति ११ बजेको समयमा मतपत्र च्यातियो । वडा नं २० को मात्र मतगणना बाँकी थियो। १९ नं को एक हजार ८०० मतगणना हुँदासम्म नेकपा एमालेका देवीप्रसाद ज्ञवालीको ४१ हजार ६४१ र माओवादी केन्द्रकी रेणु दाहालको ४० हजार ९०८ थियो। देवी ज्ञवाली रेणु दाहालभन्दा ७३३ मतले अगाडि रहेका थिए।
मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरे। उनले घटनाको छानबिन प्रतिवेदन आयोगमा बुझाउने र आयोगको निर्णयअनुसार अघि बढ्ने बताए। मध्यरातमा मतपत्र च्यातिएपछि मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले पत्रकार सम्मेलन गरी मतगणना स्थगित भएको घोषणा गरेका हुन् । उनले घटनाको सत्यतथ्य छानबिन गर्न समिति बनाउने र समितिको प्रतिवेदनअनुसार आफूहरु अघि बढ्ने बताए । पत्रकार सम्मेलनमा उनले भने, ‘म पिसाब फेर्न गएको बेला केही व्यक्तिहरु अनधिकृत रुपले जबर्जस्ती छिरेर मतपत्र च्याते ।’
नागरिक दैनिकको अनलाइन संस्करणमा प्रकाशित अन्तर्वार्तामा उनले भनेका थिए- मतपत्र च्यात्ने घटना हुँदा म बाथरुम गएको थिएँ। फर्केर आउँदा त्यहाँ रणभूमि बनेको थियो। कसले च्यात्यो भनेर भन्न सक्ने स्थिति छैन। त्यो दृश्य देखेर मैले तत्काल मतगणना कार्यलाई स्थगित गरेको छु।
अन्तर्वार्तामा उनले थपेका छन्- रणभूमिमा के कति हताहती भयो भने जस्तै स्थिति रहेकोले कसले च्यात्यो, कतिवटा मतपत्र च्यातियो भनेर भन्न सक्ने स्थिति छैन।
मत पत्र च्यातेको आरोपमा माओवादीका दुई प्रतिनिधी मधु न्यौपाने र द्रोणबाबु शिवाकोटी तत्कालै गिरफ्तार भए । १५ गते गणतन्त्र दिवस परेकाले १६ गते उनीहरु विरुद्ध निर्वाचन कसुर ऐन अन्तर्गत मुद्दा दर्ता भएको थियो । जेठ १८ गते उनीहरु चितवन अदालतबाट एक एक लाख धरौटीमा छुटेका छन् ।
निर्वाचन आयोगको लाचारी, एमालेको उग्रता
१५ गते (सोमबार) दिउँसो बसेको आयोगको बैठकले बुधबारसम्म घटनाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएर तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन ग¥यो। आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार घटनाबारे छानबिन गर्न गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव र प्रहरीको डिआइजी सदस्य रहने समिति गठन गर्यो। टोलीले सोमबार नै चितवन भएर काम थाल्यो। मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले बुधबार आफ्नो प्रतिवेदन आयोगमा बुझायो।
१६ गते भरतपुरमा एमालेले तत्काल मतगणनाको माग गर्दै धर्ना दियो। धर्नामा पुगेका एमाले महासचिव ईश्वर पोखरेलले धम्कीको भाषामा भने- निर्वाचन अधिकृतलाई चिनिराख्नुहोला, हिसाबकिताब हुनेछ । उनले थपे- ‘मतगणना फेरि जारी गरियोस्। फेरि मतदान स्वीकार्य छैन। पुन: मतदान गरियो भने सशक्त प्रतिकार गर्छौँ।’
१७ गते मतपत्र च्यात्ने दुईजना मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी विरुद्ध मुद्दा दर्ता भयो। जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको थियो। तर उनीहरू १८ गते जनही एक÷एक लाख रुपैयाँ धरौटीमा रिहा भए। चितवन जिल्ला अदालतका न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
१७ गते भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक चल्न दिएन। संसद्मा विशेष समय लिएर बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले तुरून्त मत गणना सुरू गर्न माग गर्दै त्यसो नगरे आफैं जीतको घोषणा गरेर जाने धम्की दिएका दिए। उनले भनेका थिए- 'तत्काल मतगणना कार्य सुरु गरियोस्, अन्यथा निर्णय भयो भने नेकपा एमाले यो नतिजा विजयी भयो भनेर स्वयम् घोषणा गरेर जान बाध्य हुनेछौं।'
यता १७ गते निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनको क्रममा च्यातिएको मतपत्र यकिन गरेर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको दियो।
भरतपुरमा ९० वटा मतपत्रमा क्षति पुगेको पत्ता लाग्यो। वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ थियो। यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको थियो। बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको थियो।
२० गते बसेको निर्वाचन आयोगको बैठकले 'मतगणनास्थल कब्जा भएको पुष्टि भएको' उल्लेख गर्दै वडा नम्बर १९ को मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुनः मतदान गर्ने निर्णय गर्यो। ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन आएपछि दुई दिनसम्म बसेको बैठकले कुनै निश्कर्ष निकाल्न सकेको थिएन। आयोगले ६ दिन लगाएर गरेको यो निर्णय स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० को वरिपरि घुमेको छ।
इतिहासको उत्खनन्
मतपत्र च्यातिएपछि अनेक किसिमका तर्क वितर्क चलिरहेको थियो। यसैक्रममा कांग्रेस नेता शेखर कोइरालाले बागलुङ अमलचौरको मतगणनाको कुरा उठाएपछि २० वर्ष अघिको उस्तै घटनाबारे धेरैले चासो राखे। के भएको थियो त अमलाचौरमा? सेतोपाटी, नागरिक दैनिक र नेपाल खबरमा प्रकाशित सामाग्री अनुसार यस्तो सारांश प्राप्त हुन्छ:
२०५४ सालको स्थानीय निर्वाचनमा बागलुङको साबिक अमलाचौर गाविस (हालको बानपा—१२) मा मतगणना हुँदै गर्दा एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो।
अमलाचौरमा त्यतिखेर कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वार उठेका थिए। कांग्रेसका शर्मा, एमालेका खेमप्रकाश पाठक र जनमोर्चाका डिल्लीप्रसाद शर्मा अध्यक्षका उम्मेद्वार थिए।
अमलाचौरका ७ वडामध्ये ६ वडाको मतगणना सम्पन्न भइसकेको थियो। वडा नम्बर ७ को मत मात्रै गन्न बाँकी थियो। त्यतिबेलासम्म कांग्रेस उम्मेदवार ३२ मतले अघि थिए। ७ नम्बर वडाका मत गन्न थालियो। मतपेटिका खोलेर तीनवटा पार्टीका मत तीन चाङ लगाइयो। कांग्रेसकै चाङ सबभन्दा ठूलो भयो।
मतपत्रको कांग्रेसको चाङ देखेर एमालेको तर्फबाट मतगणनास्थलमा प्रतिनिधी बसेका उम्मेद्वार कृष्ण पाठक, सूर्य पाठक लगायत अन्य एमालेका प्रतिनिधीले मतपत्र च्याते। उनीहरुले मतपत्र च्यातेनन् मात्र गन्न बाँकी मतहरुलाई गणनास्थल बाहिर फालिदिए। बबण्डर भयो मतगणनास्थलमा। बाहिर मतपत्र फ्यालिएपछि प्रेम रेग्मीलगायत एमाले कार्यकर्ताले मतगणनास्थल बाहिर नाङ्गा खुकुरी नचाए।
एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको हुँदा प्रहरीले मतपत्र च्यात्नेलाई समात्ने प्रयासम्म पनि गरेन।
अवस्था तनावपूर्ण भएपछि मतगणना स्थगित गरियो। स्थगित मात्र गरिएन मौजुदा ऐनलाई आधार बनाएर निर्वाचनलाई बदर नै गरियो र पुनः मतदान गर्ने निर्णय भयो।
मतगणना सकिएर नजिता सार्वजनिक भएको वडाहरुको पनि घोषणा नै नगरी निर्वाचन अधिकृत हिँडेपछि सबै वडामा फेरि मतदान भएको थियो। पहिलो पटक मतगणना बिथोलिएपछि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरी पुनः शुरु गरिएको थियो।
जिल्लामा राष्ट्रिय जनमोर्चाको दबदबा भएको समय थियो। त्यसैले, नेपाली काँग्रेसले एमालेसँग तालमेल गरेको थियो।
दोश्रो चरणको निर्वाचनमा कांग्रेसले एमाले उम्मेद्वार खेमप्रकाश पाठकलाई अध्यक्षमा समर्थन गर्यो भने कांग्रेसका मोहराज लामिछानेलाई उपाध्यक्षको उम्मेद्वार बनायो। कांग्रेस र एमालेको गठबन्धन जनमोर्चासंग निर्वाचन लड्यो।
गठबन्धनका तर्फबाट एमालेका खेमप्रकाश पाठक र जनमोर्चाका तर्फबाट डिल्ली प्रसाद शर्माबिच चुनावी प्रतिष्पर्धा भयो। निर्वाचनमा कांग्रेस एमालेको गठबन्धनले बाजी मार्यो।
संसदको ढोका बन्द, अदालतको ढोका ढकढक
भरतपुर घटनालाई लिएर एमालेले संसद अवरोध गर्न थाल्यो। एमालेको अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचनमा अवरोध पुगिरहेको थियो। संसदको बैठक पनि सरिरहेको थियो। प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेद्वारी परे पनि संसद अवरोध भएकाले चुनावी प्रक्रिया अनिश्चित भएको थियो। २१ गते पनि संसद बैठक सरेको थियो।
यता भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि त्यसको विरोधमा संसद अवरोध गर्दै आएको एमालेले २२ गते भने संसद खुलाउन तयार भयो।
२१ गते संसदको बैठक सरेको केही बेरमै चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो। भरतपुर महानगरपालिकको १९ नम्बर वडाका वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र यो वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए। निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भन्दै रिटमा आयोगको निर्णय खारेजीको माग गरिएको थियो।
२२ गते न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासले निर्वाचन कार्यक्रम यथास्थितिमा राखेर दुवै पक्षलाई जेठ २८ गते छलफलको लागि अदालतमा उपस्थित हुन पनि आदेश दियो। तर २८ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलामा पेशी तोकिएको भए पनि यो मुद्दा हेर्न नभ्याइएको कारण दिएर कुनै सुनुवाइ नै गरिएन।
फेरि, कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा ३० गते यो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गतेलाइ सुनुवाइ तय भयो।
असार ६ गते सर्वोच्च अदालतले भरपुर महानगर पालिकाको १९ वडाको च्यातिएको मतपत्र, पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेविरुद्ध लागेको मुद्दाको सक्कल फाइल सात दिनभित्र पेश गर्न आदेश दियो। कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासले सात दिनभित्र च्यातिएका मतपत्र, मतपत्र च्यान संलग्न व्यक्तिसहित मुद्दाको फाइल र आयोगको निर्णय उपलब्ध गराउन निर्वाचन आयोग र सरकारलाई आदेश दिएको हो।
सर्वोच्च अदालतले एकहप्ताभित्र च्यातिएका मतपत्र पेस गर्न दिएको आदेश अनुसार च्यातिएका मतपत्र नै काठमाडौं ल्याइयो र सर्वोच्च अदालतमा पेश गरियो।
असार २३ गते न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नभ्याइए पछि २६ गते सुनुवाई गरिने भयो। तर, २६ गते पनि सुनुवाइ भएन। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाई साउन २ गतेका लागि सारियो। तर, न्यायाधीश भण्डारी विदेश गएका कारण सो दिन सुनुवाई रोकियो। पुन साउन ८ गते ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखियो। सो दिन बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखियो र भोलिपल्ट सुनुवाई हुने भयो।
साउन १२ गते बिहीबार सरकारी वकिल र आयोगका तर्फबाट बहस सकियो। तर, रिट निवेदन दायर गर्ने पक्षले बहस गर्न बाँकी थियो। बहस आइतबार हुने भयो।
साउन १५ आइतबार सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको दियो। निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो जसलाइ सर्वोच्चले सदर गरिदियो। न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो ।
एमाले स्थायी कमिटीको सोमबारको बैठकले सर्वोच्चको फैसला दुःखद भएको भन्दै यसले नागरिकको अभिमतको अपमान भएको साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका पैदा भएको निष्कर्ष निकाल्यो।
अदालतको अन्तिम फैसला नअउँदै दलहरू उता भरतपुरमा प्रचारप्रसार जुट्न थालेका थिए।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी पर्यो। सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थियो। निरव एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको थियो। निरव साउन १८ गते काठमाडौँको पुतलीसडककबाट पक्राउ परेका थिए। र, बिहिबार नै जिल्ला अदालत काठमाडौले उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्यो।
पुन: मतदान
साउन १६ गते निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो। साउन १७ गते भरतपुरमा बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गर्यो। पुन चुनावको मिति साउन २० गतेको लागि तोकियो।
वडा नम्बर १९ मा भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मतदान भयो। यसअघि २ हजार ८ सय ९७ मत खसेकोमा यस पटक २७ मत कम अर्थात् २ हजार ८ सय ७० मत खस्यो। यो वडामा ३ हजार ७ सय ९७ मतदाता थिए।
मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारेर सोही दिन राति राति ११:२० बजेदेखि मतगणना सुरु भयो। मतगणना स्थलमा तीनवटा र बाहिर दुईवटा सिसिक्यामेरा जडान गरिएको थियो। सुरक्षाका लागि एक प्रतिनिधि एक हतियारसहित प्रहरी तैनाथ गरिएको थियो।
२७ वटा वडा (२९ वडाहरूमध्ये १९ र २० बाहेक) को मतपरिणाममा भने एमाले उम्मेदवार ज्ञावली अघि थिए। उनको ४० हजार ९ सय ८० मत थियो। माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार दहालको ४० हजार १ सय ९४ मत आएको थियो।
रेणुः अन्तर कम गर्दै, अन्तर बढाउँदै
१९ नम्बर वडाको मत गणना हुनुअघिसम्म रेणु ७८६ मतान्तरले पछाडि थिइन्। तर, १९ नम्बर वडाको मत परिणाममा मतान्तर कम गर्दै लगिन्। त्यहाँ प्रत्येक ४०० मत गनेपछि सार्वजनिक गर्ने निर्णय गरेको थियो। १९ वडाका ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले २ सय ४ मत पाएकी थिइन्। एमालेका मेयर उम्मेदवार देवी ज्ञावलीको १ सय ४५ मत आएको थियो।
१९ नम्बर वडाको २ हजार मत गन्दा रेणुले ११३८ मत पाएकी थिइन् भने देवी ज्ञवालीले ६९२ मत पाएका थिए। योसँगै देवीको कुल मत ४१ हजार ६ सय ७२ पुगेको थियो भने रेणुको ४१२५४ मत पुगेको थियो। त्यतिबेला देवीको अग्रता ४१८ मा झरेको थियो।
१९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि रहे। ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४१७२५ मत पाएकी छन्।
१९ नम्बर वडामा वडाध्यक्षका एमालेका उम्मेदवार प्रकाश तामाङले १०९७ मत पाएका थिए। जबकि, यही वडाबाट देवीले ९६६ मत मात्रै पाए। यस्तै नेपाली कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ५३ मत बढी पाएकी छन्। उनले यो वडाबाट १५२९ मत पाइन्। यो प्रसंग किन जोडिन्छ भने, वैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर थियो। १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए।
जितको लागि २० नम्बर वडा नै निर्णायक बनेको थियो। त्यहाँ बैशाख ३१ मै खसेको ३ हजार ३ सय २ मत थियो। बैशाख ३१ कै मत भएकाले अन्योल पनि बढी थियो। १९ नम्बरबाटै मतान्तर कम गर्दै लगेकी रेणुले त्यो ट्रेन्ड २० पनि कायम राखिन्। वडा नम्बर २० मा १६ सय मत गनिसक्दा देवीको अग्रता जम्मा ४ मा झरेको थियो।
वडा नम्बर २० को २ हजार मत गन्दा रेणु ज्ञवालीभन्दा ५७ मतले अघि बढिन्। रेणुको मत ४२ हजार ५ सय ८९ पुग्यो भने देवीले ४२ हजार ५ सय ३२ मत पाए। जेठ ५ गते देखि पछाडि परेकी रेणु साउन २१ गते अघि बढेकी थिइन्।
अन्ततः २०३ मतान्तरका साथ रेणु विजयी बनिन्। उनले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे।

रेणु दाहालले मैले जित्न लागेपछि एमालेका साथीहरु आत्तिनुभयो भन्ने प्रतिक्रिया दिइन्। देवी ज्ञवालीले भने माओवादी हार्ने निश्चित भएपछि योजनाबद्ध ढंगले मतपत्र च्यातियो भन्ने प्रतिक्रिया दिए। उता कांग्रेसले भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न माग गर्यो।
निर्वाचन आयोगको लाचारी, एमालेको उग्रता
१५ गते (सोमबार) दिउँसो बसेको आयोगको बैठकले बुधबारसम्म घटनाबारे विस्तृत अध्ययन गरेर प्रतिवेदन पेश गर्न जिम्मेवारी दिएर तीन सदस्यीय उच्चस्तरीय अनुगमन टोली गठन ग¥यो। आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ५० को उपदफा ३ अनुसार घटनाबारे छानबिन गर्न गीताप्रसाद तिमिल्सिनाको संयोजकत्वमा गृहमन्त्रालयका सहसचिव र प्रहरीको डिआइजी सदस्य रहने समिति गठन गर्यो। टोलीले सोमबार नै चितवन भएर काम थाल्यो। मङ्गलबार दिउँसो काम सकेर फर्किएको टोलीले बुधबार आफ्नो प्रतिवेदन आयोगमा बुझायो।
१६ गते भरतपुरमा एमालेले तत्काल मतगणनाको माग गर्दै धर्ना दियो। धर्नामा पुगेका एमाले महासचिव ईश्वर पोखरेलले धम्कीको भाषामा भने- निर्वाचन अधिकृतलाई चिनिराख्नुहोला, हिसाबकिताब हुनेछ । उनले थपे- ‘मतगणना फेरि जारी गरियोस्। फेरि मतदान स्वीकार्य छैन। पुन: मतदान गरियो भने सशक्त प्रतिकार गर्छौँ।’
१७ गते मतपत्र च्यात्ने दुईजना मधुकर न्यौपाने र द्रोणबाबु शिवाकोटी विरुद्ध मुद्दा दर्ता भयो। जिल्ला प्रहरी कार्यालय चितवनले मतपत्र च्यातेको आरोपमा पक्राउ गरिएका दुईजना विरुद्ध कसुर तथा सजाय ऐन २०७३ दफा १६ अनुसार मुद्दा दर्ता गरेको थियो। तर उनीहरू १८ गते जनही एक÷एक लाख रुपैयाँ धरौटीमा रिहा भए। चितवन जिल्ला अदालतका न्यायाधीश वासु पौडेलको एकल इजलासले उनीहरुलाई धरौटीमा रिहा गर्ने आदेश दिएको थियो।
१७ गते भरतपुरमा स्थगित भएको मतगणना सुरु गर्नुपर्ने माग गर्दै एमालेले संसद बैठक चल्न दिएन। संसद्मा विशेष समय लिएर बोल्दै नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले तुरून्त मत गणना सुरू गर्न माग गर्दै त्यसो नगरे आफैं जीतको घोषणा गरेर जाने धम्की दिएका दिए। उनले भनेका थिए- 'तत्काल मतगणना कार्य सुरु गरियोस्, अन्यथा निर्णय भयो भने नेकपा एमाले यो नतिजा विजयी भयो भनेर स्वयम् घोषणा गरेर जान बाध्य हुनेछौं।'
यता १७ गते निर्वाचन आयोगले भरतपुर महानगरपालिकाको मतगणनको क्रममा च्यातिएको मतपत्र यकिन गरेर प्रतिवेदन पठाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको दियो।
भरतपुरमा ९० वटा मतपत्रमा क्षति पुगेको पत्ता लाग्यो। वडा नम्बर १९ मा जम्मा खसेको मत २ हजार ८ सय ९७ थियो। यसअघि १ हजार ८ सय ९ मत गणना भइसकेको थियो। बाँकी रहेको मतमध्ये ९ सय ९८ वटा सुरक्षित रहेको थियो।
२० गते बसेको निर्वाचन आयोगको बैठकले 'मतगणनास्थल कब्जा भएको पुष्टि भएको' उल्लेख गर्दै वडा नम्बर १९ को मतदान केन्द्रको सबै मत रद्द भएको ठहर गर्दै पुनः मतदान गर्ने निर्णय गर्यो। ९० वटा मतपत्र च्यातिएको प्रतिवेदन आएपछि दुई दिनसम्म बसेको बैठकले कुनै निश्कर्ष निकाल्न सकेको थिएन। आयोगले ६ दिन लगाएर गरेको यो निर्णय स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ४९ र ५० को वरिपरि घुमेको छ।
दफा ४९ र ५० |
इतिहासको उत्खनन्
मतपत्र च्यातिएपछि अनेक किसिमका तर्क वितर्क चलिरहेको थियो। यसैक्रममा कांग्रेस नेता शेखर कोइरालाले बागलुङ अमलचौरको मतगणनाको कुरा उठाएपछि २० वर्ष अघिको उस्तै घटनाबारे धेरैले चासो राखे। के भएको थियो त अमलाचौरमा? सेतोपाटी, नागरिक दैनिक र नेपाल खबरमा प्रकाशित सामाग्री अनुसार यस्तो सारांश प्राप्त हुन्छ:
२०५४ सालको स्थानीय निर्वाचनमा बागलुङको साबिक अमलाचौर गाविस (हालको बानपा—१२) मा मतगणना हुँदै गर्दा एमाले प्रतिनिधिले मतपत्र च्यातेपछि पुनः मतदान भएको थियो।
अमलाचौरमा त्यतिखेर कांग्रेस, एमाले र राष्ट्रिय जनमोर्चाका उम्मेद्वार उठेका थिए। कांग्रेसका शर्मा, एमालेका खेमप्रकाश पाठक र जनमोर्चाका डिल्लीप्रसाद शर्मा अध्यक्षका उम्मेद्वार थिए।
अमलाचौरका ७ वडामध्ये ६ वडाको मतगणना सम्पन्न भइसकेको थियो। वडा नम्बर ७ को मत मात्रै गन्न बाँकी थियो। त्यतिबेलासम्म कांग्रेस उम्मेदवार ३२ मतले अघि थिए। ७ नम्बर वडाका मत गन्न थालियो। मतपेटिका खोलेर तीनवटा पार्टीका मत तीन चाङ लगाइयो। कांग्रेसकै चाङ सबभन्दा ठूलो भयो।
मतपत्रको कांग्रेसको चाङ देखेर एमालेको तर्फबाट मतगणनास्थलमा प्रतिनिधी बसेका उम्मेद्वार कृष्ण पाठक, सूर्य पाठक लगायत अन्य एमालेका प्रतिनिधीले मतपत्र च्याते। उनीहरुले मतपत्र च्यातेनन् मात्र गन्न बाँकी मतहरुलाई गणनास्थल बाहिर फालिदिए। बबण्डर भयो मतगणनास्थलमा। बाहिर मतपत्र फ्यालिएपछि प्रेम रेग्मीलगायत एमाले कार्यकर्ताले मतगणनास्थल बाहिर नाङ्गा खुकुरी नचाए।
एमाले नेता बामदेव गौतम गृहमन्त्री भएको हुँदा प्रहरीले मतपत्र च्यात्नेलाई समात्ने प्रयासम्म पनि गरेन।
अवस्था तनावपूर्ण भएपछि मतगणना स्थगित गरियो। स्थगित मात्र गरिएन मौजुदा ऐनलाई आधार बनाएर निर्वाचनलाई बदर नै गरियो र पुनः मतदान गर्ने निर्णय भयो।
मतगणना सकिएर नजिता सार्वजनिक भएको वडाहरुको पनि घोषणा नै नगरी निर्वाचन अधिकृत हिँडेपछि सबै वडामा फेरि मतदान भएको थियो। पहिलो पटक मतगणना बिथोलिएपछि सम्पूर्ण निर्वाचन प्रक्रिया स्थगित गरी पुनः शुरु गरिएको थियो।
जिल्लामा राष्ट्रिय जनमोर्चाको दबदबा भएको समय थियो। त्यसैले, नेपाली काँग्रेसले एमालेसँग तालमेल गरेको थियो।
दोश्रो चरणको निर्वाचनमा कांग्रेसले एमाले उम्मेद्वार खेमप्रकाश पाठकलाई अध्यक्षमा समर्थन गर्यो भने कांग्रेसका मोहराज लामिछानेलाई उपाध्यक्षको उम्मेद्वार बनायो। कांग्रेस र एमालेको गठबन्धन जनमोर्चासंग निर्वाचन लड्यो।
गठबन्धनका तर्फबाट एमालेका खेमप्रकाश पाठक र जनमोर्चाका तर्फबाट डिल्ली प्रसाद शर्माबिच चुनावी प्रतिष्पर्धा भयो। निर्वाचनमा कांग्रेस एमालेको गठबन्धनले बाजी मार्यो।
संसदको ढोका बन्द, अदालतको ढोका ढकढक
भरतपुर घटनालाई लिएर एमालेले संसद अवरोध गर्न थाल्यो। एमालेको अवरोधका कारण प्रधानमन्त्रीको निर्वाचनमा अवरोध पुगिरहेको थियो। संसदको बैठक पनि सरिरहेको थियो। प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको मात्र उम्मेद्वारी परे पनि संसद अवरोध भएकाले चुनावी प्रक्रिया अनिश्चित भएको थियो। २१ गते पनि संसद बैठक सरेको थियो।
यता भरतपुर महानगरपालिकामा मतपत्र च्यातिएपछि त्यसको विरोधमा संसद अवरोध गर्दै आएको एमालेले २२ गते भने संसद खुलाउन तयार भयो।
२१ गते संसदको बैठक सरेको केही बेरमै चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भयो। भरतपुर महानगरपालिकको १९ नम्बर वडाका वडा सदस्य उम्मेद्वार गुञ्जमान विक र यो वडाका मतदाता अधिवक्ता तुलसीराम पाण्डेले रिट दायर गरेका थिए। निर्वाचन आयोगले सत्तापक्षको प्रभावमा परेर भरतपुरको १९ नम्बर वडामा फेरि मतदान गर्ने निर्णय गरेको भन्दै रिटमा आयोगको निर्णय खारेजीको माग गरिएको थियो।
२२ गते न्यायाधीश चोलेन्द्र शम्सेर राणाको इजलासले निर्वाचन कार्यक्रम यथास्थितिमा राखेर दुवै पक्षलाई जेठ २८ गते छलफलको लागि अदालतमा उपस्थित हुन पनि आदेश दियो। तर २८ गते न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमान सिंह राउतको संयुक्त इजलामा पेशी तोकिएको भए पनि यो मुद्दा हेर्न नभ्याइएको कारण दिएर कुनै सुनुवाइ नै गरिएन।
फेरि, कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृृष्ण कार्कीको संयुक्त इजलासमा ३० गते यो मुद्दाको सुनुवाइ राखिएता पनि हेर्न नभ्याइने भएपछि असार ६ गतेलाइ सुनुवाइ तय भयो।
असार ६ गते सर्वोच्च अदालतले भरपुर महानगर पालिकाको १९ वडाको च्यातिएको मतपत्र, पुन मतदान गराउने निर्वाचन आयोगको निर्णय र मतपत्र च्यात्नेविरुद्ध लागेको मुद्दाको सक्कल फाइल सात दिनभित्र पेश गर्न आदेश दियो। कायममुकायम प्रधानन्यायाधीश गोपाल पराजुली र हरिकृष्ण कार्कीको पूर्ण इजलासले सात दिनभित्र च्यातिएका मतपत्र, मतपत्र च्यान संलग्न व्यक्तिसहित मुद्दाको फाइल र आयोगको निर्णय उपलब्ध गराउन निर्वाचन आयोग र सरकारलाई आदेश दिएको हो।
सर्वोच्च अदालतले एकहप्ताभित्र च्यातिएका मतपत्र पेस गर्न दिएको आदेश अनुसार च्यातिएका मतपत्र नै काठमाडौं ल्याइयो र सर्वोच्च अदालतमा पेश गरियो।
असार २३ गते न्यायाधीशहरु मीरा खड्का र अनिलकुमार सिन्हाको इजलासमा मुद्दाको पेशी तोकिएको भए पनि हेर्न नभ्याइए पछि २६ गते सुनुवाई गरिने भयो। तर, २६ गते पनि सुनुवाइ भएन। न्यायाधीश ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा सुनुवाईका लागि पेशी तोकिएपनि सुनुवाई साउन २ गतेका लागि सारियो। तर, न्यायाधीश भण्डारी विदेश गएका कारण सो दिन सुनुवाई रोकियो। पुन साउन ८ गते ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासमा परेको यो रिट आज पनि हेर्दा हेर्दैमा राखियो। सो दिन बहस नसकिएकाले रिटलाई हेर्दा हेर्दैमा राखियो र भोलिपल्ट सुनुवाई हुने भयो।
साउन १२ गते बिहीबार सरकारी वकिल र आयोगका तर्फबाट बहस सकियो। तर, रिट निवेदन दायर गर्ने पक्षले बहस गर्न बाँकी थियो। बहस आइतबार हुने भयो।
साउन १५ आइतबार सर्वोच्च अदालतले भरतपुर महानगरपालिकाको वडा नम्बर १९ मा फेरि मतदान गर्न आदेश दिएको दियो। निर्वाचन आयोगले त्यहाँ फेरि चुनाव गर्ने निर्णय गरेको थियो जसलाइ सर्वोच्चले सदर गरिदियो। न्यायाधीशहरु ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको इजलासले निर्वाचन आयोगको निर्णय सदर गर्दै फेरि चुनाव गर्न आदेश दिएको हो ।
एमाले स्थायी कमिटीको सोमबारको बैठकले सर्वोच्चको फैसला दुःखद भएको भन्दै यसले नागरिकको अभिमतको अपमान भएको साथै भविष्यमा गलत नजिर स्थापित हुने आशंका पैदा भएको निष्कर्ष निकाल्यो।
अदालतको अन्तिम फैसला नअउँदै दलहरू उता भरतपुरमा प्रचारप्रसार जुट्न थालेका थिए।
चितवनको भरतपुर महानगरपालिकाको प्रमुखकी उम्मेदवार रेणु दाहालविरुद्ध सामाजिक सञ्जालमार्फत गाली बेइज्जती गर्ने दुईजना विरुद्ध किटानी जाहेरी पर्यो। सामाजिक सञ्जालमा गाली गर्ने निरव ज्ञवाली र एसवी बोहरा विरुद्धकिटानी जाहेरी परेको थियो। निरव एमाले उम्मेदवार देवी ज्ञवालीका छोरा हुन्। जिल्ला प्रहरी कार्यालय चितवनमा जाहेरी दर्ता भए पनि साइवर अपराध मुद्दा काठमाडौं जिल्ला अदालतले मात्रै हेर्ने भएकाले काठमाडौँकै प्रहरीबाटै हेर्नेगरी पठाइएको थियो। निरव साउन १८ गते काठमाडौँको पुतलीसडककबाट पक्राउ परेका थिए। र, बिहिबार नै जिल्ला अदालत काठमाडौले उनलाई २५ हजार रुपैयाँ धरौटीमा रिहा गर्यो।
पुन: मतदान
साउन १६ गते निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर १९ मा चुनावको मिति तय गर्न सोमबार मात्र चितवनका मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेलाई निर्देशन दिएको थियो। साउन १७ गते भरतपुरमा बसेको सर्वपक्षीय बैठकले २० गते चुनाव गर्ने निर्णय गर्यो। पुन चुनावको मिति साउन २० गतेको लागि तोकियो।
वडा नम्बर १९ मा भएको पुनः मतदानमा ७५.५८ प्रतिशत मतदान भयो। यसअघि २ हजार ८ सय ९७ मत खसेकोमा यस पटक २७ मत कम अर्थात् २ हजार ८ सय ७० मत खस्यो। यो वडामा ३ हजार ७ सय ९७ मतदाता थिए।
मतगणनास्थलको सुरक्षा व्यवस्था कडा पारेर सोही दिन राति राति ११:२० बजेदेखि मतगणना सुरु भयो। मतगणना स्थलमा तीनवटा र बाहिर दुईवटा सिसिक्यामेरा जडान गरिएको थियो। सुरक्षाका लागि एक प्रतिनिधि एक हतियारसहित प्रहरी तैनाथ गरिएको थियो।
२७ वटा वडा (२९ वडाहरूमध्ये १९ र २० बाहेक) को मतपरिणाममा भने एमाले उम्मेदवार ज्ञावली अघि थिए। उनको ४० हजार ९ सय ८० मत थियो। माओवादी केन्द्र र नेपाली कांग्रेसकी संयुक्त उम्मेदवार दहालको ४० हजार १ सय ९४ मत आएको थियो।
रेणुः अन्तर कम गर्दै, अन्तर बढाउँदै
१९ नम्बर वडाको मत गणना हुनुअघिसम्म रेणु ७८६ मतान्तरले पछाडि थिइन्। तर, १९ नम्बर वडाको मत परिणाममा मतान्तर कम गर्दै लगिन्। त्यहाँ प्रत्येक ४०० मत गनेपछि सार्वजनिक गर्ने निर्णय गरेको थियो। १९ वडाका ४०१ मत गणना गर्दा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दहालले २ सय ४ मत पाएकी थिइन्। एमालेका मेयर उम्मेदवार देवी ज्ञावलीको १ सय ४५ मत आएको थियो।
१९ नम्बर वडाको २ हजार मत गन्दा रेणुले ११३८ मत पाएकी थिइन् भने देवी ज्ञवालीले ६९२ मत पाएका थिए। योसँगै देवीको कुल मत ४१ हजार ६ सय ७२ पुगेको थियो भने रेणुको ४१२५४ मत पुगेको थियो। त्यतिबेला देवीको अग्रता ४१८ मा झरेको थियो।
१९ नम्वरको गणना सकिँदासम्म २ सय २१ मतले देवी ज्ञवाली अघि रहे। ज्ञवालीले ४१ हजार ९ सय ४६ मत पाएका छन् भने माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ४१७२५ मत पाएकी छन्।
१९ नम्बर वडामा वडाध्यक्षका एमालेका उम्मेदवार प्रकाश तामाङले १०९७ मत पाएका थिए। जबकि, यही वडाबाट देवीले ९६६ मत मात्रै पाए। यस्तै नेपाली कांग्रेसका वडाध्यक्षको भन्दा माओवादी केन्द्रकी उम्मेद्वार रेणु दाहालले ५३ मत बढी पाएकी छन्। उनले यो वडाबाट १५२९ मत पाइन्। यो प्रसंग किन जोडिन्छ भने, वैशाख ३१ को चुनावमा वडा नम्बर १९ को १८ सय मत गन्दा देवी ज्ञवालीले पाएको मत र वडाध्यक्षका एमाले उम्मेद्वारले पाएको मत लगभग बराबर थियो। १८ सय मतमा ज्ञवालीले ६ सय ६१ मत पाएका थिए भने वडाध्यक्षका उम्मेदवार तामाङले ६ सय ५५ मत पाएका थिए।
जितको लागि २० नम्बर वडा नै निर्णायक बनेको थियो। त्यहाँ बैशाख ३१ मै खसेको ३ हजार ३ सय २ मत थियो। बैशाख ३१ कै मत भएकाले अन्योल पनि बढी थियो। १९ नम्बरबाटै मतान्तर कम गर्दै लगेकी रेणुले त्यो ट्रेन्ड २० पनि कायम राखिन्। वडा नम्बर २० मा १६ सय मत गनिसक्दा देवीको अग्रता जम्मा ४ मा झरेको थियो।
वडा नम्बर २० को २ हजार मत गन्दा रेणु ज्ञवालीभन्दा ५७ मतले अघि बढिन्। रेणुको मत ४२ हजार ५ सय ८९ पुग्यो भने देवीले ४२ हजार ५ सय ३२ मत पाए। जेठ ५ गते देखि पछाडि परेकी रेणु साउन २१ गते अघि बढेकी थिइन्।
अन्ततः २०३ मतान्तरका साथ रेणु विजयी बनिन्। उनले ४३ हजार १२७ मत प्राप्त गरिन् भने ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे।
No comments:
Post a Comment