दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा पहिचानको मुद्दा जोडतोडका साथ उठ्यो । विशेषगरी पृथ्वीनारायण शाहको 'एकीकरण' अभियानसँगै रणनीतिक रूपमा दबाइएका थुप्रै समुदायले आफ्ना विशिष्ट पहिचानको खोजी गर्न थाले । आन्दोलनहरू भए । कतिपयले यसलाई अराजकतासँग जोडे र पृथ्वीनारायणले एकीकरण गरेको मुलुकलाई पुनः टुक्राउन खोजेको अर्थमा व्याख्या गरे । धेरै कमले मात्रै शाह राजाहरूले राष्ट्रियताको प्रबद्र्धनका नाममा ‘होमोजेनियस’ नेपाली जातिको उत्पादन गर्न खोज्दा विविध समुदायले सहेको लामो दलनविरुद्ध विद्रोह भनेर बुझे । एकै किसिमको नेपाली जाति उत्पादन गर्न खोज्दा यहाँका धेरै समुदायको आत्मसम्मान, स्वाभिमान, सिर्जनशीलता, रचनात्मकतामा कसरी अवरोध पुग्यो, उनीहरूलाई कसरी शिर झुकाएर जिउन बाध्य पारियो भन्नेमा धेरै कमले चासो दिए । तिनै कममध्येका एक जना लेखक हुन्, युग पाठक । जसले आफ्नो पछिल्लो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा सम्पूर्ण जनता र राष्ट्रको शिर उठाउन जरुरी भइसकेको आवश्यकता प्रस्तुत गरेका छन् ।
लिम्बू शब्द माङ्गेनाको दार्शनिक अर्थ हो– मान्छेको शिर झुक्नु हुँदैन । इतिहासदेखि शिर झुकाएर, आफ्नै देशमा अपमान सहेर बाँच्न बाध्य नागरिकको शिर नउठाइकन, उनीहरूमा आत्मविश्वास र स्वाभिमानको प्राण नभरिकन मुलुकले अगाडि बढ्ने नैतिक बल पाउँदैन भन्ने मूल आशय पुस्तकको छ । माङ्गेना शब्दले शिर उठेको व्यक्तिमाथि गरेको कल्पनालाई लेखकले यहाँका अनेक समुदाय र सिंगो राष्ट्रसँग जोडेका छन् ।
पुस्तकमा केही अनुसन्धानमूलक आलेख र केही खुला निबन्ध छन् ।जसमा नेपालको अवधारणा र पुनःपरिकल्पना, विकास, बौद्धिकता, मिडिया, भाषा र रेमिटेन्सलगायत १२ विषय समेटिएका छन् । केही खुला निबन्ध यसअघि नै राष्ट्रिय पत्रिका र जर्नलमा प्रकाशित भइसकेका छन् । प्रकाशित सम्पूर्ण आलेखमा लेखकले आफ्नो ज्ञानको फराकिलो दायरा र लेखनको विशिष्ट क्षमतालाई प्रस्तुत गरेका छन् । पूजापाठले रंगिएको नेपाली इतिहासको पत्र–पत्र छुट्याएर देखाइदिएका छन् । इतिहासको भाष्य राजाको स्तुतीगानमा होइन, जनताको पसिना र सपनाले सिञ्चित हुनुपर्ने उनको तर्क छ । मुख्यतः नेपालीकरण, नेपाली भाषा, राष्ट्रियताको जुन भाष्य प्रचलनमा छ, त्यसलाई उधिन्ने प्रयास गरेका छन् । त्यस्तो भाष्यलाई स्वभाविक सत्य बनाउन, आदत र सम्मति स्थापित गर्न गरिएको प्रयत्नहरूको लामो व्याख्या गरिएको छ ।लेखकले समाजमा चलिरहेका कैयौं खोक्रो अतिरञ्जनालाई भत्काउने प्रयास गरेका छन् । र, नयाँ विकल्प अघि सारेका छन्, सत्ताले थोपरिदिएको भाष्यमा होइन, यथार्थमा टेकेर खास नेपालको नयाँ परिकल्पना गर्न आवश्यक छ । पुस्तकमा समेटिएका तीन वटा आलेख एकरंगे नेपालीकरणका प्रयत्न, यसका चित्र र प्रभावका विषयमा छन् । ती सबैले बताउन चाहेको सन्देश उस्तै छ, नेपालीकरण र राष्ट्रियताको जग बलियो छैन, यसले यथार्थको जमिन टेकेको छैन । बलियोसँग उभिनको लागि भ्रमका भाष्यहरूलाई त्याग्न जरुरी छ ।
पुस्तकमा समेटिएको अर्को विषय हो, विकास । ‘विकासः नसुल्झिएको पहेली’ शीर्षकमा पाठकले नेपालको विकास दर्शनले कसरी शुरुदेखि नै गलत बाटो समात्यो भन्ने तथ्य प्रस्तुत गरेका छन् । उनले देशलाई विदेशी नियोगमा बन्दकी राखेर चलाइएको ‘विकास उद्योग’को शल्यक्रिया गरेका छन् । विकासको नाममा एनजीओले थापेका मानव अधिकारदेखि सामाजिक न्यायसम्मका नाङ्ले पसलले देशलाई पराधीनताको चक्रमा घुमाइरहेको छ । विकल्पमा लेखकले अर्गानिक विकासमा जोड दिएका छन् । यस्तो अवधारणा; जसले कम्तीमा आमकिसान, मजदुरको इज्जत फर्काउन सक्नुपर्नेमा उनको जोड छ ।
हाम्रा बुद्धिजीवीमा भुत्तेपन बढ्दै गएको छ । उनीहरू बौद्धिक बन्ने कष्ट गर्दैनन् । बरु, चाकरीबाजमा अब्बल हुने दौडमा छन् । बुद्धिजीवी÷बौद्धिकहरू समाजको जरातिर आँखा तन्काउनुभन्दा जागिरमा नियुक्तितिर खुट्टा लम्काउनुमा पारंगत भइरहेका छन् । ‘नेपालको बौद्धिकताः एक ऐतिहासिक चर्चा’मा नेपालमा बुद्धिजीवी निर्माण प्रक्रिया, समाजमा बौद्धिक नेतृत्वको खडेरीजस्ता विषयमा चर्चा गरिएको छ । उनको तर्क छ, ‘जागिरे बुद्धिजीवी होइन, विद्रोही बौद्धिकको आवश्यकता छ ।’
यस्तै, ‘नेपाली साहित्यको माङ्गेना’मा साहित्यको नयाँ सौन्दर्य विधानको आवश्यकता औंल्याइएको छ । त्यस्तो विधान, जसले विविधतापूर्ण नेपाली समाजको जीवन, विद्रोह, संघर्ष र पहिचानलाई अटाउने गणतान्त्रिक चेतयुक्त हुनुपर्छ ।
पुस्तकमा समाजका धेरै मूल मुद्दामाथि संगीन प्रश्न खडा गरिएको छ । लेखकले छिपछिपे बुद्धिबिलास होइन, कठोर तर्कको ढाडमा टेकेर ‘कुव्यवस्था’को टाउकोमा हिर्काएका छन् । जनताको पसिना र रगतभन्दा शासकको अत्तर र रक्सीमा सौन्दर्य खोज्ने भजनमण्डलीकृत ‘लाइन अफ थट’ माथि तीखा र निर्मम प्रश्न उठाइएको छ । पुस्तकले मूल रूपमा अहिलेको राजनीतिक उपलब्धिलाई ‘ओभर डोज’ ठानिरहेको तप्कालाई रिँगटा चलाउने अनुमान गर्न सकिन्छ ।
नायक खोज्न, प्रशस्ती गाउन, देवता बनाउन र दानव करार गर्नमा आफ्नो नाइटोदेखिको बलको सदुपयोग/दुरुपयोग गरिरहेका मिडियामाथिको प्रस्तुती निकै रोचक छ । समाचार ‘क्रियसन’मा पारंगत हुँदै गएका र त्यसैलाई नै रचनात्मक दाबी गरिरहेका ‘बिग हाउस’हरूले खास प्राथमिकता भुलेर निरन्तर ‘ब्लन्डर’ गरिरहेका छन् भनेर बुझाउन मिडियासम्बन्धी आलेख वजनदार छ ।
पुस्तकमा केही संरचनात्मक कमजोरी छन् । फरक–फरक आलेखमा एउटै तथ्य दोहोरिएको छ । हुन त सबै आलेख आफैंमा स्वतन्त्र भएकाले त्यसको प्रयोग स्वभाविक हो तर उही तथ्य दोहोरिँदा पाठकलाई दिक्क लाग्दो हुन सक्छ । यस्तै, फरक–फरक समयमा लेखिएका केही आलेखको केन्द्रीय सन्देश एउटै छ । जस्तै, ७८ पृष्ठ खर्च गरिएको ‘नेपालः एक नक्सा, एक अवधारणा’मा नेपालीकरण, नेपाली राष्ट्रियता र धेरै खोक्रा गौरवगाथाको धज्जी उडाइसकिएको छ । यसलाई अरू थोरैमात्रै बढाइएको भए ‘नेपाली राष्ट्रवादः प्वाँख कि पखेटा ?’ र ‘के नेपाल ठूलो छ ?’ शीर्षकका दुई अन्य छुट्टै आलेखको संकलन जरुरी हुने थिएन ।
समग्रमा भन्दा, पुस्तकले नयाँ पुराना धेरै सवालमाथि फरक ढंगको बहसको सिर्जना गरिदिएको छ । मिडियाको चरित्र चित्रणदेखि राष्ट्रवाद र विकासको शल्यक्रियासम्म एउटै पुस्तकमा अटाएको छ । सुन्दर आवरणभित्र दबेको, दबाइएका सत्यहरूको कुरूप अनुहारको पर्दाफास गरिएका छन् । र, फराकिलो सत्यको आकाश उघारेर देखाइएको छ । समग्रमा मस्तिष्कमा प्रश्नको झिल्का उठाउने सामथ्र्यवान् पुस्तक हो, माङ्गेनाः नेपाल मन्थन ।
पुस्तक : माङ्गेना : नेपाल मन्थन
लेखक : युग पाठक
प्रकाशक : फाइन प्रिन्ट
मूल्य : रु. ४९८
अन्नपूर्ण टुडेमा प्रकाशित

No comments:
Post a Comment