मोहन मैनाली
सिद्धान्ततः पत्रकारितालाई राष्ट्रको चौथो अंग मानिएको छ । भनिआएका कुरा नकार्न दह्रो प्रमाण चाहिन्छ । तर, पत्रकारितालाई चौथो अंग भन्न सक्ने अवस्था भने छैन ।
हामी चौथो अंगबाट अरू नै अंगमा रूपान्तरित भयौँ कि ? चौथो अंग हुनाका
लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । शक्ति र सत्तामा हुनेले जसरी, जुनवेला प्रयोग गर्छन्, त्यसरी नै हामी प्रयोग भइरहेका छौँ । लाग्छ- हामी आपै"m शक्तिमा बसेकालाई दुरुपयोग गर्न सहमति दिँदै आएका छौँ ।
भनिन्छ- पत्रकारितामा आउन चाहने मानिस शिक्षित हुनुपर्छ ।
सायद हाम्रोमा त्यो अवस्था छैन कि ? हरेक दृष्टिले पत्रकारितालाई गौरवमय
व्यवसाय बनाई शिक्षित वर्गलाई यतातिर आकषिर्त गर्दै हामी अर्काको लठ्ठी
बन्नबाट जोगिनुपर्छ । नत्र हामीले विवेक गुमाउँदै जान्छौँ । विवेक त अरूले पनि गुमाइरहेका छन्, तर उनीहरू आफ्नो स्वार्थका लागि विवेकी छन् । हामीचाहिँ आफ्नो स्वार्थसम्म पनि नहेर्ने भयौँ ।
हामी अरूले गरेको गल्तीचाहिँ खुट्टयाउँछौँ, आफूले गरेको गल्ती खुट्टयाउन अरूलाई मौका दिँदैनौ ।
त्यसो भएपछि नेपाली सञ्चारमाध्यमलाई कसरी सबैको भरोसायोग्य मान्ने ?
हामीले अस्तिको दिन लेखेको समाचार आजसम्म सही भयो कि भएन भनेर आत्मसमीक्षा
गर्नपट्ट िकहिल्यै लागेनौ । ६ महिनाअघि लेखेकै कुरा ६ महिनापछि पनि लेखिरहेका हुन्छौँ । लेख्नै पर्छ भने 'योचाहिँ अस्तिकै सदर है' भनेर लेखिदिए भइगयो नि ।
हिजो राजालाई जे गरे पनि ठाउँ दिइन्थ्यो । आजका नयाँ राजाले जे बोले, गरे पनि ठाउँ दिने ? यो त हामीले अचाक्ली नै पो गर्यौँ कि । जसले दुई वर्षमा संविधान बनाउँछौँ भने बनाएनन् । त्यस्तै, उनीहरूले चार-पाँच महिनादेखि नयाँ सरकार बनाउन सकेका छैनन् । तिनै नकाम गर्नेलाई मात्रै ठाउँ दिँदै गयौँ ।
काम गरेर यो देश बचाउने मानिसका बारेमा चाहिँ लेख्नु पर्दैन हामीले ?
हामीले त्यतातिर पो ध्यान दिने हो कि ? जसका कामले गर्दा देश बचेको छ,
तिनका बारेमा लेख्दा पो राम्रो हुन्थ्यो ।
०००
अहिलेको तुलनामा पहिलेको पत्रकारितालाई त्यति व्यावसायिक भन्न मिल्दैन । ताप्लेजुङको नाग्मपोखरी फुट्यो । यो २०३७ सालको कुरा हो । पोखरी फुटेपछि बाढी आयो । पोखरी फुट्नबित्तिकै बाढीले आठजना बगायो । तर, त्यतिवेला हाम्रो रेडियोले भारतका सञ्जय गान्धी मरेको खबर सुनायो । तर, पोखरी फुटेर आइलागेको आपत्ति हामीले देखेनौ । सञ्चारमाध्यमको काम मानिस बचाउनु पनि त हो नि । माथि बाढी आउँदै छ है भनेर सञ्चारमाध्यमले खबर दिएको भए अरू मानिस नदीकिनारबाट भाग्थे । त्यतिवेला कतिपय मानिस माछा मार्न जाँदा अकालमै मरेे । रेडियोबाट त्यति समाचार भनिदिएको भए तिनीहरूको ज्यान त जोगिने थियो । नाग्मपोखरी फुटेपछि बाढी चतरा -सुनसरी) आउन तीन दिन लागेछ, तर त्यो समाचार ६/७ दिनपछि प्रसारण गरियो । तसर्थ, त्यतिवेलाको सञ्चारमाध्यम कति प्रभावकारी थियो भनेर अन्दाज गर्न सकिन्छ ।
स्रोत, साधन, प्रविधि, सुविधा र सामाजिक अवस्थाले त्यतिवेलाको पत्रकारिता पछाडि नै थियो । अहिले हामी जुन अवस्थामा आइपुगेका छौँ, त्यो पहिलेको तुलनामा राम्रै भए पनि त्यसलाई पहिलेभन्दा राम्रो भन्न मिल्दैन । किनकि, पहिले हामी अत्यन्तै कमजोर थियौँ । कन्टेन्ट प्रोडक्सन -सामग्री उत्पादन)मा अहिले पनि हामी कमजोरै छाँै । अर्काले बनाएको प्रविधिले हामीलाई जति सजिलो बनाइदिएको छ, त्यसलाई उपयोग गरी हामीले जति आफूलाई सुधार्नुपथ्र्याे, त्यति सुधारेनौँ ।
०००
नेपाली सञ्चार -प्रकाशन/प्रसारण)माध्यममा दुईखालका सञ्चारकर्मीको अनुहार देखिन्छ । पहिलो- विश्वविद्यालयबाट प्रमाणपत्र हात पारी पत्रकारिता गर्दै गरेका र अर्काे- विभिन्न इन्स्िटच्युटबाट तालिम लिएका ।
सञ्चारमाध्यम कतातिर जाँदै छ भनी विश्लेषण गर्ने हो भने विश्वविद्यालयमै पत्रकारिता पढ्नु प्रभावकारी हुन्छ ।
त्यहाँ मिडिया अध्ययन कसरी हुन्छ, सञ्चार कारोबार कसरी हुन्छ, संसारभरि
सञ्चारमाध्यमलाई कसरी दुरुपयोग गरिन्छ आदि-इत्यादि विस्तृत रूपमा पढ्न
पाइन्छ । तसर्थ, सञ्चारमाध्यमको नीति निर्माण तहमा बस्ने हो भने आमसञ्चार नै पढ्नु बेस । तर, 'डे टु डे' पत्रकारिता मात्रै गर्ने हो भने योचाहिँ व्यवसाय हो, तसर्थ व्यावसायिक तालिम लिनु नै राम्रो मानिन्छ ।
पत्रकारितामा दुइटा कुरा जाने पुग्छ ।
के विषयको जानकारी दिने ? र, विषयवस्तुलाई कसरी आकर्षक ढंगले प्रस्तुत
गर्ने ? विश्वविद्यालयमा पत्रकारिता पढ्यो भने उसले अर्थशास्त्र,
समाजशास्त्र, राजनीतिशास्त्र र भूगोल आदि जस्ता पत्रकारले लेख्नुपर्ने
विषयवस्तुका बारेमा पढ्ने अवसर गुम्छ । पत्रकारिता पढ्दा कसरी प्रस्तुत गर्ने मात्रै जानिन्छ । मतलब काठ नभएको गतिलो मिस्त्री जस्तै हो, विश्वविद्यालयको पढाइ । हामीलाई काठ पनि चाहिएको छ र त्यसलाई राम्रो टेबल बनाउने सीप पनि ।
०००
युरोप, अमेरिकातिर आकर्षक दस व्यवसायमध्ये पत्रकारिता पनि पर्छ । जापानमा पनि त्यस्तै छ । तर, हाम्रो देशमा भने सञ्चारकर्मी श्रमशोषणमा परेको पर्यै छन् । त्यो पनि सबैभन्दा बढी प्रसारणमाध्यम -रेडियो र टेलिभिजन)मा काम गर्नेहरू । नेपालका रेडियो तथा टेलिभिजन उहिलेका साप्ताहिक पत्रिका जस्तै भएका छन् ।
संसारभरि इन्टर्नसिप र भोलेन्टियर्स भनेर राख्ने चलन छ । त्यो अवधिमा उनीहरूले केवल काम सिक्ने हो । दत्तचित्त भएर उनीहरूले काम सिक्छन् । निश्चित अवधि सकिँदा उनीहरू हातहातै बिक्ने हुन्छन् । हामीले पनि त्यसो किन नगर्ने ? विश्वविद्यालय पढ्दा हामीलाई कसैले रुपैयाँ त दिँदैनन् । इन्टर्नसिपलाई पनि विश्वविद्यालयकै, तर व्यावसायिक पढाइका रूपमा लिनुपर्यो । यत्ति हो, विश्वविद्यालयमा शुल्क तिर्नुपर्छ, त्यहाँ पर्दैन । हाम्रा सञ्चारमाध्यमले प्रशिक्षार्थी पत्रकार चाहियो भनेर सालिन्दा आह्वान गरी काम लगाउनुपर्यो । म प्रशिक्षार्थी पत्रकार भइदिएको भए वर्ष दिनसम्म सञ्चारगृहको स्रोत, साधन र प्लेटर्फम प्रयोग गरी जहाँसुकै बिक्ने हुन्थेँ । सायद, उनीहरू -रेडियो तथा टेलिभिजनमा काम गर्ने)ले त्यसो गर्न नसकेका हुन् कि ।
सक्षम नभएर पनि हामी शोषणको जाँतोमा पिसिएका हौँ । भनिन्छ- एउटा मानिसले अर्काे मानिसको स्वीकृतिविना शोषण गर्न सक्दैन । हामीले पनि अलिकति स्वीकृति त दिएका छाँै कि भन्ने लाग्छ । फिनल्यान्डको पत्रकार महासंघले कुनै पनि सञ्चारकर्मीलाई तलब दिएन भने सम्बन्धित सञ्चारमाध्यमलाई तुरुन्त दिने बनाउँछन् । तर, हाम्रो पत्रकार महासंघ त्यति तगडा कहाँ छ र ।
०००
संसारभरि सञ्चारगृहमा एउटा अनौठो चलन आएको छ । त्यो के भने मालिक जनताप्रति नभएर सेयर होल्डरप्रति उत्तरदायी हुन थाले । एउटा बैंक चलाएजस्तै हो सञ्चारमाध्यम चलाउनु पनि । त्यसो भएपछि पाठकले सारा पत्रिका पढे पनि नयाँ कुरा त केही पाउँदैनन् । त्यसो हुँदा हामी जनताको विश्वास गुमाउन पुग्छौँ । त्यसैले दमकल र एम्बुलेन्स जस्तै बन्दका वेला पनि निष्पिmक्री हिँड्ने अधिकार हामीमा रहँदैन । त्यसकारण हामी जनताका तर्फबाट अलिकति भए पनि बोल्नै पर्छ । मालिककै अभिरुचिअनुसार मात्रै चल्ने हो भनेदेखि त हामीले किन पत्रकार भनेर त्यो सुविधा खोज्छाँै । जनताको सूचनाको हकको जगेर्ना गर्ने र त्यसको माध्यम भएको नाताले हामीले अरूभन्दा अलि बढी सुरक्षा खोज्छौँ ।
अहिलेका सञ्चारकर्मीले जसरी काम गरिरहेका छन्, त्यो ठीक छैन । मैलेचाहिँ त्यसरी काम गर्ने थिइनँ । संस्था मोटाउँदै जाने मजदुरचाहिँ दुब्लाउँदै । त्यसो भएकाले दामअनुसार काम गर्नै पर्यो । जहाँको समाचार आउनै पथ्र्याे, त्यो आउन सकेको छैन । संस्थागत निराशाले व्यक्तिगत ऊर्जा ह्रास हुँदै गएको छ । हामी बाउको लजमा सुतेर आमाको रेस्टुराँमा खाँदै कति दिन पत्रकारिता गर्न सक्छौँ । त्यसो भएपछि, एनजिओले जे लेख भन्छ, हामी त्यही लेख्न बाध्य हुन्छौँ । एनजिओले घुमाए झनै मज्जाले लेख्छौँ । तर, हामीले त घुमाउन नसक्नेको कुरा पो लेख्नुपर्ने हो । शक्तिशालीको होइन शक्तिहीनको आवाज पो बुलन्द पार्नुपर्छ ।
पत्रकारलाई स्थायी गर्नुपर्छ भन्नेमा म सहमत छैन । स्थायी नगर्ने, तर काम गरेको वेला पर्याप्त रुपैयाँ दिने, बिमा गरिदिने ।
किनभने हाम्रोजस्तो 'वर्क कल्चर' नभएको देशमा विश्वविद्यालयका
प्राध्यापकहरूले भनेझैँ, 'नेपाली जुन दिनदेखि स्थायी हुन्छन् त्यही दिनदेखि
उनीहरू रिटायर्ड हुन्छन् ।' अर्थात् काम गर्न छाड्छन् । हामी पत्रकार पनि कामचोर हुन्छौँ भनेर स्थायी गर्नुहुन्न भनेको हुँ । सञ्चारकर्मीलाई काममा जोत्ने, जोतेअनुसार रुपैयाँ पनि दिने गर्नुपर्छ । अहिले कुनै सञ्चारकर्मीको खुट्टा भाँचिए, स्वयम् सञ्चारकर्मीबाट सहयोग उठाउनुपर्ने बाध्यता छ । ऊसम्बद्ध सञ्चारमाध्यमले हिजो थोरै बिमा गरिदिएको भए त्यसो गरिरहनु पर्दैनथ्यो नि त । हामी -मालिक र मजदुर) दुवै अतिवादी छौँ । त्यसो भएपछि सञ्चारकर्मीलाई मात्रै होइन मालिकलाई पनि घाटा हुन्छ । तलब पनि थोरै । काम पनि त्यस्तै ।
भारतीय
प्रसिद्ध लेखक खुश्वन्त सिंहले पत्रकारितालाई वेश्यावृत्ति गर्नुभन्दा
तल्लोस्तरको काम भने पनि त्यतिविघ्न हो जस्तो लाग्दैन मलाई । तर, हामी कहिले एनजिओका वाहन हुन्छौँ । कहिले राजनीतिक दलका । कहिले विदेशी दूतावासका स्वार्थ पूरा गरिदिन्छौँ । भनेपछि, हामीले जनताको स्वार्थचाहिँ कहिले पूरा गर्ने ?
हामी गल्ती गर्दै फेरि गल्ती गर्छाैं । अरूले गल्तीबाट सिक्छन्, तर हामीचाहिँ एउटा गल्ती गर्छाैं अनि फेरि अर्काे । त्यसो भए हामी कहिल्यै नसुधि्रने ? हाम्रा सञ्चारमाध्यम जसरी चल्नुपर्ने त्यसरी चलेका छैनन् । मार्क ट्वेनले भनेका थिए, 'इफ यु डु नट रिड द न्युजपेपर युआर नट इन्फम्र्ड । इफ यु रिड द न्युजपेपर यु आर मिस इन्फम्र्ड ।' अर्थात्, पत्रिका पढेन भने जानकारी पाइँदैन, पत्रिका पढ्यो भने गलत जानकारी पाइन्छ । उनले कम्तीमा सय वर्षअघि भनेको कुरा नेपालमा अहिले पनि लागू भएकै छ ।
०००
हामी पत्रकार सधैँ तथ्यको नजिक पुग्न खोज्ने मानिस । हुन त तथ्य कहिल्यै भेटिँदै भनिन्छ । तर, त्यसको सबभन्दा नजिक कसरी पुग्ने ? हाम्रो ध्याउन्न त्यतिमात्र हुन्छ । हाम्रो भूमिका देशमा भइरहेका विद्यमान विकृति र विसंगतिको खबरदारी गर्नु र राम्रा कुरा बाहिर ल्याउनु नै हो । तर, हामीकहाँ घटना घट्नुअगावै हामीलाई समाचार लेख्ने होडबाजी हुन्छ । विशेषतः यो होडबाजी रेडियो र टेलिभिजनमा बढी लागू हुन्छ । जुन कुरा चाँडो दिएर श्रोता, दर्शक र पाठकलाई फाइदा हुँदैन भने किन हतार
गर्ने ? कोसीमा बाढी आउँदै छ भनेचाहिँ दिनुपर्यो । माथि बाँध भत्केपछि तल बसोबास गर्नेलाई बचाउनका लागि त्यतिवेला प्रत्येक सेकेन्ड-सेकेन्डको महत्त्व हुन्छ । तर, भोलि सरकार बन्दै छ भन्ने समाचारको के अर्थ ? त्यो पनि दिनैपिच्छे त्यही कुरा लेख्ने अनि सरकारचाहिँ चार-पाँच महिनासम्म नबन्ने ।
जे कुरा पाइयो त्यसको जाँचपड्ताल नगरी छापिहाल्ने हतारो हुन्छ हामीलाई । आफूले लेखेको समाचारमा प्रयोग भएका शब्दको अर्कै अर्थ पो लागिरहेको छ कि हामीलाई त्यतातिर ध्यानै छैन ।
दिमागी कुपोषण पो भएको छ कि हामीलाई । हामी अरूले दुव्र्यवहार नगरोस् भन्ने चाहन्छौँ भने हामीले पनि त अरूलाई दुव्र्यवहार गर्नु भएन नि त । तर, हामी शब्दले, व्यवहारले अरूलाई दुव्र्यवहार गरिरहेका हुन्छौँ । अर्काे चुनौती के छ भने हामीले कसैलाई दुव्र्यवहार गर्यौँ भने त संसारको अघि पो दुव्र्यवहार गर्छांै त । हामीले त्यसरी दिनदिनै कतिलाई दुव्र्यवहार गरेका हौँला । समाचारको नयाँ परिभाषा छ- 'न्युज द्याट वान् क्यान युज' अर्थात् मानिसलाई उपयोगी जानकारी नै समाचार हो । त्यो हामीले गरेका रहेनछौँ । त्यस्तै, नेपालमा भएका 'नेचुरल साइन्स' र 'सोसल साइन्स'मा भएका अध्ययनले पत्ता लगाएको तथ्य जनतासम्म पुर्याउनै सकेका छैनौँ हामीले । सञ्चारमाध्यममा जुनकिसिमका कुरा आउँछ, त्यसले सो समाजको प्रतिविम्ब झल्किनुपर्छ भनिन्छ । खै, त्यो भएको ?
साभारः http://npi10month.blogspot.com/2010/11/blog-post.html
No comments:
Post a Comment