किशोर दहाल
दिउँसो २ बजेतिर म नागरिक दैनिकको शनिबारिय कार्यालय पुग्दा कोठा शान्त थियो । कोठाभरि कम्प्युटर थियो । मान्छेचाहीँ चार जना । प्राय कम्प्युटर अफ थियो । मान्छेचाहीँ अन । काम जारी थियो ।
चारमध्ये दुइजनासँग दोहोरो चिनजानी थियो । बाँकी दुइजनासँग एकोहोरो । उपेन्द्र दाईसँग घनिष्ट सम्बन्ध छ, संगम दाईसँग पछिल्ला दिनहरुमा संगत बढ्दै छ । बाँकी दुईजना भाषा शर्मा र अमृत भादगाउँले म एकोहोरो चिन्थें । मानिसका जीबनशैलीसँग सम्बन्धित फिचरहरु लेख्ने भाषा शर्मालाई पाठकहरुले याद गरेको हुनुपर्छ । अरुले नगरेका भए पनि मैलेचाहीँ ख्याल गरेको छु । अमृत भादगाउँले पनि यात्रा विवरणमा एउटा ब्राण्ड नेम नै हो ।
कतै घुम्न जाने पूर्वयोजना सहित म त्यहाँ पुगेको थिएँ । त्यहीँ पुगेपछि प्रज्ञा प्रतिष्ठान जाने योजना बन्यो । प्रतिष्ठानमा प्रदिप नेपालको पुस्तक विमोचन कार्यक्रम रहेछ । घुमाइ पनि हुने, रमाइलो पनि हुने हिसाबले त्यता जाने भइयो । चारजना उपेन्द्र दाई, संगम दाई, भाषा दिदि र म गरि चार जना अफिसबाट निस्कियौं ।
चाइना टाउनमा खाजा खाएर फर्किंदा भाषा दिदिले ज्याकेट किन्नुभयो । कहिलेकाहीँ बिना योजना पनि सामान किनिन्छ । योजनाबिना काम गर्नुमा मजा बेग्लै हुन्छ ।
प्रतिष्ठान त जाने भइयो । तर, बाईक एउटा, मान्छे चारजना । तेलको संकट परेको बेलामा बाइक नचढ्ने कुरा पनि चल्यो तर उपेन्द्र दाईलाई बेलुका उतैबाट घर जान सजिलो हुने हुनाले बाइक लैजाने भइयो । अन्तत संगम दाई र म हिड्दै जाने भइयो, उपेन्द्र दाईहरु बाइकमा । काठमाण्डौको सडकमा हिँडाईमा पनि मजा छ । थरिथरिका मान्छे, थरिथरिका भाव, बानी देख्न पाइन्छ । कोही हतारिएका हुन्छन्, कोही सुस्त हुन्छन्, कोही हाँस्दै हुन्छन्, कोही मुख बिगारेर हिँडिरहेका हुन्छन् । कोही एक्लै, कोही ग्रुपमा । कोही हात हल्लाउँदै हिड्छन्, कोही हात गोजीमा हालेर हिड्छन् । आजकाल त हात जोडेर हिड्नेहरु पनि प्रशस्तै देखिन्छन् । घडीमा नौ बजाएर दिमागमा बाह्र बजाउँदै हिड्नेहरु पनि हुन्छन् । सबैलाई आफ्नैआफ्नै तनाब छ । त्यसैले त शहर जीवन्त छ ।
प्रतिष्ठान पुगे पछि थाहा भयो, त्यहाँ पुस्तक प्रदर्शनी पनि रहेछ । संगम दाई र म पनि त्यतै छि¥यौं । उपेन्द्र दाईहरुलाई पनि त्यहीँ भेटियो । खासै कुनै पुस्तक किन्ने योजना थिएन । तैपनि कोठाभरि पुस्तक फिँजाईएको देख्दा आनन्द लाग्दैथियो । थरिथरिका पुस्तकबाट आइरहेको बास्ना साच्चै मीठो हुन्छ । फूलको संसार र पुस्तकको संसारमध्ये कुन प्रिय भनेर विवाद भयो भने म पुस्तकको संसार रोज्नेछु ।
संगम दाजुले केही पुस्तकहरु किन्नुभयो । मैले पनि दुइवटा कविता संग्रह किनें । रहर गरेर होइन, त्यत्तिकै । उपेन्द्र दाईले चाहीँ थुप्रै किनीसक्नुभएको रहेछ । पुरानो पढ्ने बानी जगाउने योजना बनाउनुभएको रहेछ । यो पक्कै पनि खुसीको कुरा हो । भाषा दिदिले चाहीँ पुस्तक किन्नुभएन । त्यसो त अघि ज्याकेट किन्दा उहाँको गोजी रित्तिसकेको थियो । गोजी रित्तिएर हो वा रहर नलागेर हो, त्यो चाहीँ खासै थाहा भएन । किनकि, रहर गर्नुभएको भए सापटी मिल्न सक्थ्यो ।
प्रतिष्ठानको दुइवटा हलमा कार्यक्रम थियो । एउटामा माओवादीको अन्तक्र्रिया कार्यक्रम रहेछ, अर्कोतिर प्रदिप नेपालको पुस्तक विमोचन । अन्तक्र्रियाका बिशेष व्यक्ति प्रचण्ड थिए, विमोचनमा केपी ओली । दुवै कार्यक्रम सँगसँगै जस्तो भइरहेकाले हामीले कुनै एउटाको भाषण रोज्नुपर्ने भयो । उपेन्द्र दाईले भन्नुभयो, “ओलीले टुक्कासुक्का भन्ने हुन्, प्रचण्डको बmेज बढेको बेला छ, केही बिशेष कुरा बोल्न सक्छन् ।” हामीले ओलीका टुक्का भन्दा पनि प्रचण्डको भाषणमा रुचि देखायौं । नेताको भाषणमा मानिसको रुचि अझै हराइसकेको छैन भन्ने एउटा जिउँदो प्रमाण हामी आफैं भएका थियौं । जब कार्यक्रम हलमा पुग्यौं, हल खचाखच भरिएको देखेपछि लाग्यो, हामीजस्तै धेरै रहेछन् यो शहरमा ।
हामी हलमा छिर्दा सपना मल्ल प्रधान बोलीरहेकी थिइन् । हामी प्रचण्ड बोल्न थालेपछि आउँला भनेर बाहिर निस्कियौं । केहीबेर पछि भित्र छिर्दा प्रचण्डको बोल्ने पालो आउनै लागेको थियो ।
आफ्नो भाषणमा प्रचण्डले चर्का कुरा गरेनन् । संविधान सभा गठनको उद्देश्य, संविधान बनाउन नदिने शक्तिलाई परास्त गर्दै संविधान बनाएरै छाडेको कुरा, संविधान संसोधनको सरलता र आवश्यकता तथा सत्ता राजनीतिले कमजोर बनाउन सक्ने दलीय एकतालाई जोड दिएर बोले । आजकाल प्रचण्डको भाषण सुनेर मान्छे त्यति तरंगीत हुँदैन । उनले मान्छेको दिमागमा होइन, मुटुमा हिर्काउन थालेका छन् । पहिले यिनको भाषणमा मान्छेलाई जुरुक्क जुरुक्क पार्ने शक्ति हुन्थ्यो । त्यही शक्तिले नै यिनी यहाँसम्म आइपुगेका हुन् । तर, आजकाल महसुस हुन्छ होला नेपालीहरु दिमागले होइन, मुटुले सोच्छन् । भाषण पनि शान्त पाराले गर्न थालेका छन् । उस्तै पनि बीचबीचमा लघुकथा सुनाउन थालेका छन् । भाषण मार्फत आगो उकेल्न छाडेका छन् । नेतृत्वमा बसेर आगो उकेल्दा उकेल्दै पार्टी डढिसकेको महसुस गरेको हुनुपर्छ ।
प्रचण्डको भाषण सकिएपछि हामी केपी ओली उपस्थित कार्यक्रमतिर लाग्यौं । संयोग कस्तो प¥यो भने हामी पुग्ने बित्तकै ओलीको बोल्ने पालो आयो । ओलीको भाषणमा पनि तिब्रता हुने गथ्र्यो । उखान टुक्काको फूलबुट्टा भर्दै तीखो टिप्पणी उनको शैली हो । पछिल्लो समय ‘राष्ट्रवाद’को प्रतीक हुँदै गएका ओलीको बोलीमा आज भने कुनै दम थिएन । निकै गलेको आवाजमा यिनले पुस्तकबारे केही कुरा भने । खासमा पुस्तकबारे भन्दा पनि प्रदिप नेपालबारे धेरै कुरा भने । नेपालको बहुआयामिक व्यक्तित्वबारे धेरै बोले । पुस्तकचाहीँ उनले नपढी आएछन् । विमोचनमा प्रमुख वक्ताले नै पुस्तक नपढी आउनु अचम्मको संस्कृति विकास हुँदै गएको छ । जे बोल्दिए पनि हुन्छ भन्ने मानसिकताले काम गरेको होला ।
नेपाली राजनीति लामो समय पिके भर्सेस केपीमा अल्झिरह्यो । यी दुइ पात्र र प्रवृत्ति बीचको कटाक्ष आम जानकारीमा आएकै कुरा हो । तर, अहिले माहोल फेरिएको छ । निकै नजिक भएका छन् । सामान्य अबस्थामा भएको भए यसरी दुई पार्टीका शीर्ष नेता बीच यो खालको मिलन अचम्म र खतरनाक दुबै हुन सक्थ्यो । तर, अहिले बिशेष अबस्था छ ।
twitter: @kishu_gb123

No comments:
Post a Comment