किशोर दहाल
नेपालमा सडक
दुर्घटनामा दैनिक ५ जनाको
ज्यान जान्छ ।
३३ जना घाइते
हुन्छन् । त्यसमध्ये ९०
प्रतिशत दुर्घटना उपत्यकाभित्रै
हुने गरेको छ
।
* * * *
शहर भन्ने बित्तिकै व्यस्तता र हतारो सँगसँगै जोडिएर आउँछ । मानिसहरु बरु पुग्नुपर्ने ठाउँमा चाँडै पुग्छन्, हिड्नुपर्ने ठाउँबाट अबेला हिड्छन् । तर, सडकमा, सडकपेटीमा खुब हतारो गर्छन् । बाइकमा होस् वा पैदलै होस् । पाइतालामा मात्रै होइन, मुहारमा पनि हतारो देखिन्छ ।
* * * *
आइतबार चावहिल पुग्नुपर्ने थियो । युवा दिवसको दिन रिलिज हुन थालेको एउटा वेबसाइटको छलफलमा सहभागी हुनुपर्ने थियो । एनएसीबाट गाडी चढेर अलि अगाडि पुगेका थियौं । खुलामञ्च अगाडिको आकाशे पुलको छेउबाटै एकहुल मानिसले बाटो काट्न खोजे । म ड्राइभर छेउकै झ्यालतिरको सिटमा थिएँ । त्यसकारण तिनीहरुलाई स्पष्टसँग देखिरहेको थिएँ । उनीहरु आउँदै गरेको गाडीको प्रवाह नगरी अगाडि बढेपछि हाम्रो गाडी कष्टसँग रोकियो । उनीहरुको एकदमै नजिक पुगेपछि मात्रै गाडी रोकिएको थियो । गाडीले झण्डै–झण्डै छोएकी एउटी महिला आक्राशित भएर ड्राइभरलाई गाली गर्न थालिन्, “आँखा देख्दैनस् ?”
म झ्याल छेउकै सिटमा भएकोले जवाफ फर्काएँ, “तपाईंले चाहीँ त्यहीँको आकाशे पुल देख्नुभएन ?” नजिकैको आकाशे पुल प्रयोग नगरी बाटो काटेर बडप्पन देखाउने प्रति मेरो आबेग पनि फुत्कियो ।
प्रतिप्रश्नले महिला त चुप लागिन् तर सँगैको एउटा युवक भने अश्लिल बोल्न थाल्यो । ऊ बोल्दै गर्दा हाम्रो गाडी आगाडि बढिसकेको थियो ।
* * * *
हाम्रो बौद्धिकता, चेतना केबल गफ लगाउने बिषय मात्रै बन्दै गएको छ । सडक दुर्घटनामा पनि कैयौं गल्ती चालकको होला तर सडक पेटीका यात्रु पनि जिम्बेवारमुक्त छैनन् । धेरैलाई थाहा छ– बाटो काट्दा होशियारी अपनाउनु पर्छ । जेब्रा क्रसिङ, आकाशे पुलको प्रयोग गर्नुपर्छ । तर, थाहा भएकै कुरा पनि हामी लागु गर्दैनौं । ट्राफिक नियम आफ्नै लागि हो, आफ्नै सुरक्षाको लागि हो भन्ने थाहा हुँदाहुँदै पनि हामी मतलब राख्दैनौं । एकपटकलाई त हो नि भन्दै हेलचक्र्याईं गर्छौ । आखिर दुर्घटना हुने नै एक पटक हो ।
ट्राफिक प्रहरीले दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक नियमको पालनाको लागि अनेकथरि कार्यक्रम गर्दै आएको छ । तर, हाम्रो हेलचक्र्याईं जारी छ ।
* * * *
चावहिलमा साथीहरुले नजिकिदों ‘युथ डे’लाई मध्यनजर गर्दै ३ष्अबmउबष्नल सुरु गर्ने योजना बनाउनुभएको रहेछ । त्यसको लागि बिभिन्न प्रतिक्रियाहरु लेखिदैं रहेछ । प्रतिबद्धताका साथ फोटो खिचेर सामाजिक सञ्जालमा पोष्ट गर्ने कार्यक्रम रहेछ । आफूले गर्न सक्ने कामबारे लेखेर त्यसलाई दैनिक जीवनमा लागु गराउने प्रयत्न गर्ने यो एउटा आत्मानुशासन पनि थियो । प्रतिबद्धताहरु यस्ता थिएः

-म
कसैलाई भेदभाव गर्दिन
।
-I never vandalize the public construction.
-I follow traffic rules.
-I pay income tax on time.
-I always ask for vat bill.
-I use paper bag.
मेरो दिमागमा एकैछिन
अगाडिको ट्राफिक हेलचक्र्याईं घुमिरहेको थियो । मैले
‘ट्राफिक नियमलाई फलो गर्छु’ लेखेको
कार्ड समाएर फोटो
खिचेर पोष्ट गरें
। यसलाई हरतरहले लागु
गर्ने प्रतिबद्धताका साथ
। त्यसो त
अन्य पक्षबारे पनि
सचेत बन्ने छु
।
हामी सबैले सानो–सानो सकारात्मक काम गर्ने हो भने त सभ्य समाज कसो नबन्ला त !?

twitter: @kishu_gb123
No comments:
Post a Comment