किशोर दहाल
म २०६५ सालमा पहिलो पटक काठमाण्डौं आएको थिएँ । बिएड प्रथम बर्षको परिक्षा सकिएको केही दिनमा म काठमाण्डौं आएको थिएँ । त्यतीबेला मामाहरु काठमाण्डौं, ताहाचलमा बस्नुहुन्थ्यो ।
काठमाण्डौं गएको दोश्रो दिन बिहान नै म भाइबहिनीसँग स्वयम्भु र बेलुका मामासँग रत्नपार्क वरिपरि घुमेँ । त्यसपछिका दिनमा भने म प्रायः एक्लै नै डुल्न थालेँ ।
तेश्रो दिन म सुन्धारातिरै घुमिरहेको थिएँ । एक जना दाईलाई भेट्टाएँ । पहिले खासै बोलचाल भएको नभए पनि उनी एउटै कलेजका अघिल्लो ब्याचका बिद्यार्थी थिए । उनी पनि मजस्तै बिना गन्तब्य डुलिहिँडेका रहेछन् । गफ गर्ने साथी भेटियो । एक्लै हिड्नु परेन । त्यतैतिरको एउटा गल्लीमा दुबैजनाले मःम खायौँ ।
तिनै दाजु र मैले धरहरा चढ्ने सल्लाह ग¥यौं । पहिलो पटक काठमाण्डौं आएकोले यहाँको बढि भन्दा बढि दृश्य हेर्ने हाम्रो रहरलाई धरहराको उचाईले सघाउ पु¥याउँथ्यो । धरहराको टुप्पोबाट म काडमाण्डौलाई राम्रोसँग नियाल्न चाहन्थें ।
त्यो दाजु र म धरहराको फेदमा पुग्यौं । त्यहीं पुगेपछि थाहा भयो– धरहरा चढ्नको लागि ५० रुपैयाँको टिकट काट्नु पर्ने रहेछ । त्यतीबेला ५० रुपैयाँ निकै महँगो लाग्यो । मैले मात्रै होइन, त्यो दाजुले पनि पचास रुपैयाँ टिकटदरलाई महँगो नै भएको प्रतिक्रिया दिए । हामी धरहरा नचढी फर्कियौं ।
म केही दिन पछि काठमाण्डौबाट फर्किएँ । बिएड सकिएपछि म फेरी काठमाण्डौ गएँ । धरहराको बाटो धेरै पटक हिडेँ । त्यही छेउको मःम पसलमा मःम पनि निकै पटक खाएँ । मःम खाँदाखाँदै महँगो दरको टिकटले पहिलो पटक धरहराको फेदमा पुगेर पनि नचढेको कुरा धेरै साथीभाईलाई सुनाएँ । तर, धरहरा भने चढिनँ ।
९० सालको भुकम्पमा धरहरा भाँचिएको खबर पढे पनि अब फेरी त्यसै गरि लडिहाल्ला भन्ने मैले कहिल्यै सोचिनँ । जतिपटक ओहोरदोहोर गर्दा पनि धरहरा उसै गरि शानका साथ ठडिरहेको हुन्थ्यो । मलाई पनि धरहरा सधैंभरि आफ्नै पहुँचमा छ जस्तै लाग्थ्यो । जहिले चढे पनि हुन्छ भन्ने लाग्थ्यो । चढिहाल्ले जाँघर कहिल्यै चलेन ।
सुरुमा म काठमाण्डौ जाँदा मःम सस्तो थियो, धरहरा महँगो थियो । पछिल्लो समय धरहराभन्दा मःम महँगो भइसकेको थियो । अहिले टिकटको निम्ति समस्या छैन । समस्या एउटा मात्रै छ, अब धरहरा छैन ।
अहिले लाग्छ, बरु त्यसदिन खाजा नखाएर भए पनि, धरहरा चढेको भए पनि हुने रहेछ ।
twitter: kishu_gb123

No comments:
Post a Comment