तीन दिने भारत भ्रमण पूरा गरि प्रधानमन्त्री केपी शर्मा ओली आज (०७४ चैत २५) गते स्वदेश फर्किएका छन्।
प्रधानमन्त्रीमा नियुक्त भएको ५१ र संसदबाट विश्वासको मत पाएको २९ औं दिनमा भारत भ्रमणमा गएका ओलीले भारतमा प्रधानमन्त्री मोदी, राष्ट्रपति कोविन्द लगायतका व्यक्तिसँग भेट गरे।
उनी 'प्रधानमन्त्री ओली'बाट 'प्रधानमन्त्री डा ओली' भएका छन्। उनलाई आज भारत, उत्तराखण्ड राज्यस्थित गोविन्दबल्लभ पन्त कृषि तथा प्रविधि विश्वविद्यालयले मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरेको थियो। विश्वविद्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीलाई उत्तराखण्ड राज्यका गभर्नर एवं विश्वविद्यालयका चान्सलर कृष्णकान्त पलले ‘डाक्टर अफ साइन्स’ को उपाधि प्रदान गरेका थिए।
...
आइतबार भारत भ्रमणबाट स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा लिखित वक्तव्य दिएका हुन्। प्रधानमन्त्रीको वक्तव्य परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले वाचन गरेर सुनाएका थिए। प्रधानमन्त्री ओलीले भारत भ्रमणपछि त्यहाँ भएका सम्पूर्ण क्रियाकलापलार्इ लिखित रुपमा सार्वजिनक गरेका हुन्। वक्तव्यमा उनले भारत भ्रमणका क्रममा भएका भेटघाट, कुराकानी र सहमति प्रस्तुत गरेका छन्। यस्तो छ प्रधानमन्त्रीको सचिवालयले सार्वजिनक गरेको लिखित वक्तव्य:
• मित्रराष्ट्र भारतका महामहिम प्रधानमन्त्री श्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा यही २३ देखि २५ चैत्र २०७४ भारतको ३ दिने राजकीय भ्रमण सम्पन्न गरी स्वदेश फर्केको छु ।
• भ्रमणदलमा संलग्न एवं अन्य सञ्चारकर्मी मित्रहरूबाट भ्रमणका सम्बन्धमा यहाँहरू निरन्तर अवगतै हुनुहुन्छ । भ्रमण सम्बन्धी संयुक्त वक्तव्य समेत जारी भइसकेको छ । तथापि म केही विषयमा थप जानकारी गराउन चाहन्छु ।
• निकट छिमेकी एवं अन्य मित्रराष्ट्रहरुसंग पारस्परिकता, समानता, आपसी विश्वास, सम्मान एवं लाभका आधारमा मर्यादित, सन्तुलित र व्यवस्थित सम्बन्ध अघि बढाउँदै नेपालको राष्ट्रिय हित प्रबर्द्धन गर्ने बर्तमान सरकारको नीति छ । यस पृष्ठभूमिमा तथा हालको बदलिएको परिवेशमा नेपालको हितलाई केन्द्रविन्दुमा राखेर भारतीय नेताहरूसँग मेरो खुलस्त र सौहार्द्रपूर्ण रूपमा कुराकानी भयो ।
• भारतका प्रधानमन्त्रीसँग भएको प्रतिनिधिमण्डलस्तरीय औपचारिक वार्तामा विगतमा भएका सम्झौता एवं सहमतिको प्रभावकारी कार्यान्वयन मार्फत आपसी सहयोगका क्षेत्रमा ठोस प्रगति हासिल गर्ने विषयमा हाम्रो जोड रह्यो । नेपालको समसामयिक आवश्यकताका आधारमा कृषि, जलमार्ग एवं रेलमार्गका क्षेत्रमा सहयोग विस्तार गर्ने समझदारी हुनुका साथै सो वारेमा तीनवटा अलग– अलग संयुक्त घोषणा समेत गरिएको छ । यसले ती विषयमा भविष्यका लागि सहयोगको दिशानिर्देश गर्नेछ ।
• विषयगत रुपमा उर्जाको क्षेत्रमा दुई मुलुकबीच सम्पन्न उर्जा व्यापार सम्झौताको प्रभावकारी कार्यान्वयन एवं पञ्चेश्वर बहुउद्देश्यीय परियोजनालाई अघि बढाउनका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदनको शीघ्र अनुमोदनका लागि प्राथमिकताका साथ कार्य अघि बढाउने वारेमा दुवै पक्षबीच सहमति भयो । महाकाली सन्धि अनुसार नेपालले तत्काल पाउनुपर्ने सिंचाइ लगायतका सुविधाका लागि पूर्वाधार निर्माण गरिदिन समेत थप पहल भएको छ । नेपाल र भारतका बीच इनर्जी ब्याङ्किङको अवधारणामा आधारित विद्युत व्यापारको प्रस्ताव गरेको छु ।
• दुई मुलुकबीच कनेक्टिभिटी प्रबर्द्धन गर्नका निमित्त सीमापार रेल, एकीकृत चेकपोष्ट एवं हुलाकी मार्ग सम्बन्धी परियोजनाहरूको शीघ्र कार्यान्वयनका लागि दुवै तर्फबाट सहजीकरण गर्ने सम्बन्धमा सहमति भएको छ । भूकम्प पश्चातको पुनर्निर्माण एवं नेपालको प्राथमिकताका परियोजनाहरुमा भारतीय सहुलियतपूर्ण ऋणको उपयोगका विषयमा समेत थप पहल गरिने भएको छ ।
• नेपालको भारतसँग विद्यमान बढ्दो व्यापार घाटा कम गर्ने विषय दुई पक्षीय छलफलका अलावा भारतीय व्यापारिक समुदाय, विद्वतवर्ग एवं सञ्चार माध्यमसँगको भेटघाट र अन्तर्क्रियामा समेत प्राथमिकताका साथ उठाएको छु । यस परिप्रेक्ष्यमा १९९६ को व्यापार सन्धिका प्रावधानको सान्दर्भिकता समेत स्पष्ट पारिएको छ । नेपालको व्यापार घाटाको दीर्घकालीन समाधानका लागि दुई पक्षका बीच निरन्तर सम्पर्क र छलफल जारी रहनेछ ।
• साथै, पारवहनलाई थप सहज तुल्याउन, बाढी तथा डुवान समस्याको दीर्घकालीन समाधानका लागि संयुक्त नीरिक्षण टोली खटाउन एवं महाकाली पुल लगायत अन्य पूर्वाधार निर्माणलाई तीब्रता दिन दुवै पक्षबीच गम्भीर छलफल भई प्राथमिकताका साथ अगाडि बढ्ने सहमति भएको छ । साथै, भारतले नेपालका लागि थप हवाई प्रवेश विन्दुहरु उपलव्ध गराउने तथा नेपाली ग्यास बुलेटको सञ्चालनलाई सहजीकरण गर्ने वारेमा सकारात्मक छलफल भएको छ । यसबाट लामो समयदेखि विद्यमान ग्यास बुलेट सञ्चालनमा देखिएको समस्याको समाधान छिटै हुने विश्वास मैले लिएको छु । वैदेशिक लगानी एवं पर्यटन प्रबर्द्धनका निमित्त निजी क्षेत्रको सक्रिय सहभागिताका लागि समेत पहल भएको छ ।
• भ्रमणका बखत भारतका प्रधानमन्त्री तथा मैले संयुक्त रुपमा वीरगंज एकीकृत जाँच चौकीको उदघाटन गर्यौ । यसवाट नेपाल र भारतबीच व्यापार एवं पारवहन सहजिकरणका साथै मानिसहरूको आवागमनमा सुविधा हुनेछ ।
• यस अतिरिक्त, सार्क, विमष्टेक एवं बीबीआइएन प्रकृयालाई थप सुदृढ पार्दै क्षेत्रीय र उपक्षेत्रीय सहयोग प्रभावकारी तुल्याउने बारेमा समेत नेपालका तर्फबाट स्पष्ट धारणा राख्दै सकारात्मक पहल गरिएको छ ।
• भारतका प्रधानमन्त्रीसँगको औपचारिक वार्ता पश्चात् हामीले संयुक्त रूपमा प्रेसलाई सम्बोधन गर्यौं । भारतीय प्रधानमन्त्रीले नेपाली जनताले लोकतन्त्र तथा संघीय व्यवस्था प्रति देखाएको विश्वास र नेपालमा हालै सफलतापूर्वक सम्पन्न तीनवटै तहको निर्वाचनको खुलेर प्रशंसा गर्दै यो सन् २००६ देखि शुरु भएको परिवर्तनको उत्कर्ष भएको बताउनुभयो । उहाँले यसका लागि नेपाली जनता र सरकारलाई बधाई ज्ञापन गर्नुभयो ।
• भ्रमणको अवधिमा भारतका महामहिम राष्ट्रपति एवं महामहिम उपराष्ट्रपतिका साथै भारत सरकारका बरिष्ठ मन्त्री एवं उच्च अधिकारीहरुसँग समेत मेरो भेटघाट भई आपसी हितका विषयमा छलफल भयो । यसका अतिरिक्त भारतीय राष्ट्रिय काँग्रेस एवं विभिन्न राजनीतिक दलका शीर्ष नेता लगायत नेपालका मित्रहरूसँग मेरो भेट भयो ।
• नेपाली राजदूतावासद्वारा आयोजित स्वागत समारोहमा म सहभागी भएँ । साथै, भारतका व्यापारिक समुदाय तथा बुद्धिजीवी समूहसँगको अलग अलग अन्तरक्रिया एवं नेपाली समुदाय र दुवै मुलुकका चलचित्र कलाकारहरूसँगको मेरो भेटघाट फलदायी रह्यो । इन्डिया फाउन्डेसनले मेरो सम्मानमा आयोजना गरेको नागरिक अभिनन्दन समारोहमा मैले २१औं शताव्दीका लागि नेपाल-भारत सम्बन्धको दृष्टिकोण राखें । त्यसलाई बौद्धिक जगत र भारतीय पक्षले सकारात्मक रूपमा लिएको छ ।
• भारतको उत्तराखण्ड राज्यको पन्तनगरस्थित गोविन्द बल्लभ पन्त कृषि तथा प्रौद्योगिक विश्वविद्यालयद्वारा आयोजित कार्यक्रममा म सहभागी भएँ । मानार्थ डक्टर्स अफ साइन्सको उपाधि प्रदान गरेकोमा म विश्वविद्यालयप्रति आभारी छु ।
• भारतीय पक्षसँग छलफल एवं विचार विमर्श हुँदा हरेक विषयमा नेपाल र नेपालीको मर्यादा र हितलाई उच्च प्राथमिकतामा राखिएको छ ।
• • मेरो भारतभ्रमणबाट नेपाल र भारतका बीच विश्वासको अभिवृद्धि भएको छ । साथै,यसबाट द्विपक्षीय मैत्रीपूर्ण सम्बन्ध थप सुदृढ हुनुका साथै आगामी दिनमा समानता, आपसी सम्मान र हितका आधारमा सम्बन्धलाई नयाँ ढंगबाट अघि बढाउनर सहयोगविस्तार गर्न योगदान पुग्ने मैले विश्वास लिएको छु ।
...
नेपालका प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्री मोदीद्वारा नयाँदिल्लीस्थित हैदराबाद हाउसमा शनिबार आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले दिएको मन्तव्य:
सम्माननीय प्रधानमन्त्री मोदीज्यू, दुवै देशका अधिकारीहरू, मिडियाका तर्फबाट प्रतिनिधित्व गर्ने विशिष्ट साथीहरू,
प्रधानमन्त्री मोदीसँग दुई वर्षअघि यही मञ्चमा सप्रेम भेट भएको मलाई सम्झना छ। नेपालले त्यसपछि व्यापक रूपमा अनेक परिवर्तन हाँसिल गरेको छ। गत चुनावमार्फत राजनीतिक स्थायित्वतर्फ उन्मुख भएपछि ‘समृद्ध नेपाल : खुसी नेपाली’ को उद्देश्यसहित नेपाल अब सामाजिक–आर्थिक विकासको यात्रामा अग्रसर छ। एक्काईसौं शताब्दीको यथार्थअनुरूप सम्बन्ध सुधारी त्यसलाई नयाँ उचाइमा लैजाने बाटो पहिल्याउन र साधन खोज्ने उद्देश्यका साथ म यसपटक भारत आएको छु।
हामी हाम्रा दुई छिमेकीसँग विश्वासमा आधारित बलियो सम्बन्ध स्थापित गर्न चाहन्छौं। हामी सम्बन्धको नमुना सिर्जना गर्न चाहन्छौं, जसले हामी मात्र होइन, हाम्रो भावी पुस्तालाई पनि हाम्रा उपलब्धिमा उत्तिकै गौरवान्वित महसुस गराओस्। सदाका लागि अपेक्षा रहने खालको सम्बन्ध होस् हाम्रो। म प्रधानमन्त्री मोदीका नरम शब्दप्रति धन्यवाद दिँदै आफ्नो मन्तव्य सुरु गर्न चाहन्छु। नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धका बारेमा उहाँले व्यक्त गरेको भावनासँग म पूर्णरूपमा सहमत छु।
हाम्रो आगमनपछि भारत र यहाँका जनताले यो महान् सहरमा मलाई र मेरो प्रतिनिधिमण्डललाई दिएको न्यानो स्वागत र उदार आतिथ्यप्रति कृतज्ञ छु। सम्माननीय राष्ट्रपति रामनाथ कोविन्दले प्रतिष्ठित राष्ट्रपति भवनमा बस्न बोलाएर अनुग्रह गर्नुभएको छ र उहाँको निवासमा पाहुनाका रूपमा बस्न पाउनुमा हामीले सम्मानित महसुस गरेका छौं। भारतका आत्मीय व्यक्तिहरू र भारत सरकारका लागि मैले नेपाल सरकार र नेपाली जनताका तर्फबाट शुभेच्छा र शुभकामना लिएर आएको छु।
नेपालको प्रधानमन्त्रीका रूपमा यो मेरो दोस्रो भारत भ्रमण हो। हाम्रा देशबीचका गहिरा र बहुमुखी सम्बन्धका बृहत् कार्यसूचीबारे दुई वर्षअघि प्रधानमन्त्री मोदीसँग लामो विचार–विमर्श गरेको बारेमा मसँग मीठो सम्झना छ। मैले यसपटकको भ्रमणलाई उच्चस्तरीय राजनीतिक तहमा हुने संवाद जारी राख्ने अझ अर्को महत्वपूर्ण अवसरका रूपमा लिएको छु। नेपालको संघीय र प्रान्तीय चुनावलगत्तै हाम्रो चुनावी सफलता र उतिखेर बन्दै गरेको नयाँ सरकारलाई प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट शुभकामना सन्देश दिन भारतीय विदेशमन्त्री सुष्माजीले नेपाल भ्रमण गर्नुभयो। म मुक्तकण्ठले उहाँ (मोदी) को चिन्तनशील कदमको प्रशंसा गर्छु।
प्रिय मित्रहरू,
भारतसँगको सम्बन्धलाई नेपालले विशेष महत्व दिन्छ। दुई देशबीच युगौं पुरानो ऐतिहासिक नाता छ। दुवै देशले एकअर्कालाई दिन मिल्ने धेरै कुरा छन्। हाम्रा देशबीच पर्यावरणीय र आर्थिकदेखि थुप्रै विषय अन्तरसम्बन्धित छन्। निकटको छिमेकी भएका कारण हाम्रो नियति एकअर्कासँग जोडिएका छन्। समृद्धि हाम्रो साझा लक्ष्य हो। अरूसँग भन्दा छिमेकीसँगको नाता बेग्लै हुन्छ। छिमेकको यर्थाथले समता, न्याय, आपसी सम्मान र साझा नियतीको सिद्धान्तमा आधारित शान्तिपूर्ण सहअस्त्वित सिर्जना गर्छ। हाम्रो दौत्य सम्बन्धको सम्पूर्ण अवस्थाको पुनरावलोकन र भविष्यको मार्ग पहिल्याउन सुझाव पेस गर्न म्यान्डेट दिइएको नेपाल–भारत प्रबुद्ध समूहले दुवै देशका सम्बन्धका बारेमा गरिरहेको कामबारे प्रधानमन्त्री नरेन्द्र मोदी र मैले सन्तोष व्यक्त गर्यौं।
हामीलाई आशा छ– प्रबुद्ध समूहले उपयोगी सुझावहरू पेस गर्नेछ। प्रधानमन्त्री मोदी र मबीच हाम्रा साझा स्वार्थका थुप्रै विशेष कार्यसूचीबारे रचनात्मक विवेचना भए। कसरी हामीबीचको सहयोगात्मक सम्बन्धलाई उन्नत, गहिरो र अझ विस्तृत बनाउन सक्छौं भन्नेबारे आफ्ना धारण आदानप्रदान गर्यौं। वृद्धि र विकासको प्रत्येक क्षेत्रमा भारतले गत दुई दशकमा गरेको अतुलनीय प्रगतिका लागि मैले प्रधानमन्त्री मोदीलाई बधाइ दिएँ। सो प्रगतिलाई नेपालले आफ्नो विकासका लागि अवसरका रूपमा हेरेको छ।
भारतीय प्रधानमन्त्रीसँग नेपालले खासगरी प्रचुर जलशक्तिजस्ता अप्रयुक्त स्रोतसाधनको प्रयोग महत्वपूर्ण रहेको र त्यसका लागि भारतको सार्वजनिक र निजी क्षेत्रबाट थप लगानी चाहेको मैले बताएँ। जारी पञ्चेश्वर, अरुण तेस्रो र उपल्लो कर्णालीबारेको हाम्रा प्रारम्भिक अनुभूतिले अपेक्षित प्रेरणा प्रवाह गर्नेछन् र भविष्यमा यस्तैखाले अन्य परियोजनाका लागि त्यो सकारात्मक आधारशिला बन्नेछन् भन्नेबारे हामी दुवैले जोड दियौं। अन्तर्देशीय जलविद्युत् व्यापारबारे निर्देशिका र नियम बनाउनेबारे भारतको प्रयासलाई मैले प्रशंसा गरें। यो वास्तवमै एक अग्र कदम हो।
यद्यपि, दुईपक्षीय विद्युत् व्यापारका सम्बन्धमा खुला बजार प्रावधानको छिटै महसुस होस् भन्ने नेपालको चाहनाबारे मैले सन्देश दिएको थिएँ। विद्युत् व्यापारसम्बन्धी सो सहमति सन् २०१४ मा भएको थियो। मोदीजीको सकारात्मक निर्देशनका लागि उहाँलाई विशेष धन्यवाद।
आउँदो केही वर्षसम्म वर्षायाममा नेपालमा अतिरिक्त बिजुली हुनेछ र सुक्खायाममा कम बिजुली हुनेछ। जबकि भारतलाई गर्मीयाममा धेरै विद्युत् आवश्यक पर्छ। यो समपूरक विद्युतीय आवश्यकतालाई ध्यानमा राख्दै विद्युत् ब्यांकिङको महुससबारे हामीले कुरा गर्यौं। नयाँ प्रसारण लाइन निर्माणबारे पनि कुरा गर्यौं। जलस्रोत र यसबारे कुरा गर्दा वर्षायाममा नेपालको तल्लो क्षेत्रमा हुने बाढीप्रकोप बारम्बारको समस्या बन्ने गरेको छ। यो समस्यामा उपयुक्त समाधान खोज्नेबारे हामीले जोड दियौं।
पूर्वाधार र कनेक्टिभिटी दुईपक्षीय सम्बन्धका प्रमुख कार्यसूची हुन्। हामी सहज भूगोलले जोडिएका छौं र पनि हाम्रा अन्तर्देशीय पूर्वाधार अझै कमजोर छ। दुवै देशका प्रमुख नाकाका केन्द्रसँग निकटको हाइवेसँग सडक सञ्जाल विस्तारलगायतका अन्तर्देशीय नाका पूर्वाधार सुधार र स्तरोन्नतिबारे हामीले छलफल गर्यौं। दुई स्थानमा अन्तर्देशीय रेलको विकास हुँदैछ र अन्य तीन स्थानमा छिटै काम सुरु गर्नेबारे सहमति गर्यौं। बाँकी चार एकीकृत जाँच चौकीको काम छिटो सक्नेबारे कुरा गर्यौं।
कनेक्टिभिटीका कुरा गर्दा समुद्रमार्फत जोडिने सम्भावनाबारे पनि हामीले छलफल गर्यौं। यो सन्दर्भमा हाम्रो अन्तर्देशीय जलमार्गबारेको प्रस्तावलाई सकारात्मक रूपमा लिएकोमा मैले मोदीजीलाई धन्यवाद दिएँ। परिष्कृत कनेक्टिभिटीले निश्चय नै ल्यान्डलक्ड (भूपरिवेष्ठित) को सट्टा ल्यान्डलिंक्ड (जमिनमार्फत जोडिने) हाम्रो चाहनालाई योगदान पुर्याउनेछ। आर्थिक सम्बद्धताको विस्तार, खासगरी दुईपक्षीय व्यापार अभिवृद्धि, पारवहन सुविधाको सहजीकरण र लगानी वृद्धिमा हाम्रो भविष्य निर्भर छ। मैले प्रधानमन्त्री मोदीजीसँग नेपालको डरलाग्दो व्यापार घाटा तथा नेपालको निर्यात बढाउन तय गर्नुपर्ने मापदण्डबारे जोड दिएँ।
कृषि ती क्षेत्रमध्ये एक हो, जसमा भारतले महत्वपूर्ण प्रगति गरेको छ र त्यसबाट नेपालले सिक्न सक्छ। यस कुरालाई ध्यानमा राख्दै म आइतबार जीबी पन्त कृषि तथा प्रविधि विश्वविद्यालय पन्तनगरको भ्रमणमा जाँदैछु र यो व्यवस्था मिलाएकोमा भारत सरकारलाई धन्यवाद दिन चाहन्छु। विकासका खासगरी तीन क्षेत्रमा हामी दुवैले विशेष परिणाम हाँसिल गर्दैछौं : कृषि, रेल सञ्जाल र जलमार्ग।
प्रधानमन्त्री र मैले भारत सरकारको उदार सहयोगमा नेपालमा हुँदै गरेका भूकम्पपश्चात्को पुनर्निर्माण परियोजनालाई द्रूततर गतिमा लैजानेबारे पनि छलफल गर्यौं। दुवै पक्षको सर्वेक्षणमार्फत काम सुरु गरिएका र समयसीमा तोकिएका प्राविधिक कामको प्रगतिबारे हामीले ध्यान दियौं र सम्पूर्ण रूपमा सीमापार व्यापारका समस्या सम्बोधन नहुन्जेल यथास्थिति कायम राख्नेबारे हाम्रो बुझाइ रह्यो। यस क्षेत्रका जनताको साझा समृद्धिका लागि क्षेत्रीय र उपक्षेत्रीय सहयोग आवश्यक रहेको हामीले ठहर गर्यौं।
अन्त्यमा, प्रिय मित्रहरू, हामीले हाम्रो सम्बन्ध मजबुत बनाउन ती सहजता निर्माण गर्नैपर्छ। जनताका निम्ति हाम्रो सम्बन्ध फलदायक बनाउन हामीले यो अवसर छोप्नैपर्छ। निकट छिमेकीका नाताले हाम्रो एउटै नियती छ र यसो हुँदा समृद्धिका लागि सामूहिक प्रयत्न आवश्यक छ। दुई देशको उच्च तहमा निरन्तर संलग्नता आवश्यक रहेको बारे हामी सहमत भयौं। छिटै उपयुक्त समय मिलाएर नेपालको भ्रमण गर्न मैले प्रधानमन्त्री मोदीजीलाई दिएको निमन्त्रणालाई नवीकरण गरें। मलाई आशा छ, भ्रमण छिटै हुनेछ। तपाईंहरू सबैको गम्भीर चासोका लागि धन्यवाद।
(अन्नपूर्ण पोस्टबाटःhttp://webcache.googleusercontent.com/search?q=cache:http://annapurnapost.com/news/95260)
...
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीमा भएको संयुक्त पत्रकार सम्मेलनमा गरेको सम्बोधनको सम्पादित अंश:
हाम्रो छिमेकी मित्रराष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रधानमन्त्री सम्माननीय केपी शर्मा ओलीज्यू, भ्रमण दलका माननीय सदस्य तथा उपस्थित मिडियाका प्रतिनिधि,
तपार्इंहरूलाई भारतमा स्वागत गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ।
प्रधानमन्त्री ओलीजीको यो भारत यात्रा नेपालमा हालै सम्पन्न ऐतिहासिक लोकतान्त्रिक प्रक्रियाको पृष्ठभूमिमा भएको छ। गत वर्ष भएको निर्वाचनमा (अंग्रेजी क्यालेन्डरअनुसार) नेपाली जनताले लोकतन्त्र एवं संघीय व्यवस्थामा विश्वास जनाए। स्थानीय निकाय, प्रान्त र संघीय संसद्को चुनाव सफलतापूर्वक सम्पन्न हुनु नेपाल सरकार र नेपाली जनताका तर्फबाट ठूलो उपलब्धि हो। यो सन् २००६ मा नेपालमा सुरु भएको परिवर्तनको उत्कर्ष हो। यसका लागि म नेपाली जनता र सरकार दुवैलाई हृदयदेखि अभिनन्दन गरी धेरै बधाइ दिन चाहन्छु।
नेपाल यतिबेला राजनीतिक इतिहासको एक नयाँ युगमा प्रवेश गरेको छ। एक नजिकको छिमेकी मित्र देशको नाताले एवं विश्वको सबैभन्दा ठूलो लोकतन्त्रका रूपमा नेपालको इतिहासको यो स्वर्णिम अध्यायको शुभारम्भ हाम्रा लागि खुसीको विषय हो।
मित्रहरू, हिजो र आज हामी दुई देशका प्रधानमन्त्रीबीच भएको कुराकानीमा प्रधानमन्त्री ओलीजीले नेपालको तीव्र आर्थिक विकास एवं समावेशी समाज निर्माणका लागि आफ्नो बलियो दृष्टिकोणका बारेमा सविस्तार जानकारी दिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको मन्तव्य पढ्नुस्ः छिमेकीसँगको नाता विशेष हुन्छ
हामी दुई प्रधानमन्त्रीले यस विषयमा पनि चर्चा गर्यौं कि यो दृष्टिकोण साकार पार्न नेपाल सरकारलाई कुन हदसम्मको साथ दिन भारतले सक्छ त ? म स्मरण गर्छु– भारतको विकासका लागि मेरो सच्चा साथ सच्चा विकासको मूल मन्त्र हो। नेपालका लागि प्रधानमन्त्री ओलीजीको ‘समृद्ध नेपाल सुखी नेपाली’ को अभियान एकअर्काका पूरक हुन्। हामी दुवै यसका लागि पूर्णतः सहमत छौं। जनकेन्द्रित दृष्टिकोण, विकासका साझा लक्ष र दुवै देशका जनताको सुख, शान्ति एवं अपेक्षालाई साथमा लिएर अघि बढ्नु हामी दुवैको हितमा छ।
मित्रहरू,
नेपालको विकासमा भारतको भागीदारीको धेरै लामो इतिहास छ। मैले प्रधानमन्त्री ओलीजीलाई पूर्ण विश्वास दिलाएको छु– नेपालको आर्थिक विकास र समृद्धिको प्रयासमा भारतले पूरापूर सहयोग गरिरहन्छ। यो सहयोग भविष्यमा पनि नेपाल सरकारद्वारा निर्धारित प्राथमिकता र आवश्यकतामा आधारित हुनेछ। सहयोगप्रति हाम्रो प्रतिबद्धताको एक महŒवपूर्ण परिणाम ‘इन ल्यान्ड वाटर ब्रिज’ मा सहयोगको निर्णय हो। हाम्रो सहयोगबाट नेपाललाई समुद्रसम्म अतिरिक्त कनेक्टिभिटी मिल्नेछ। सगरमाथाको देश सागरसँग सीधा जोडिनेछ, यो ऐतिहासिक शुभारम्भ हो। नेपाल भूपरिवेष्ठित मात्र नभई जलवेष्ठितबाट पनि जोडिनेछ।
यस्तै रेल्वेमा पनि हामी कनेक्टिभिटी बढाउन चाहन्छौं। यसका लागि काठमाडौंदेखि भारतलाई जोड्ने नयाँ रेल लाइनलाई विकास गर्नेबारेमा पनि हाम्रो संयुक्त सहमति बनेको छ
कनेक्टिभिटीको एक आयाम व्यापार र मानिसहरूको आवागमनको इन्फ्रास्ट्रक्चरसँग जोडिएको हुन्छ। केही समयअघि हामीले वीरगन्ज—रक्सौल एकीकृत चेकपोस्ट्को उदघाटन गर्यौं। यो आईसीपी भारत र नेपालको शदीयौं पुरानो भौगोलिक, ऐतिहासिक, सामाजिक, आर्थिक एवं सांस्कृतिक सम्बन्धको नयाँ राजमार्ग बन्नेछ।
आज भएको वार्ताअनुसार हामीले कनेक्टिभिटीका सबै परियोजनामा भएको प्रगतिको रिभ्यु गरेका छौं। तेलको पाइपलाइन होस् वा एकीकृत चेकपोस्ट् या फेरि हुलाकी सडक (तराई रोड) यस प्रकारका सबै कनेक्टिभिटी परियोजनालाई हरसम्भव गति दिनेबारे हामी दुवै देश सहमत भएका छौं।
मित्रहरू,
नेपाल र भारत दुवै कृषिप्रधान देश हुन्। यसका लागि हामीले कृषिको क्षेत्रमा नयाँ भागीदारीको सुरुवात गरेका छौं। यो भागीदारीबाट अर्गानिक फार्मिङ, पशुपालन, माटो परीक्षण, कृषि अनुसन्धान एवं कृषि शिक्षाजस्ता विषयमा हामी आफ्नो सहयोग बढाउने छौं। आफ्नो बहुमूल्य समय निकालेर नेपालका प्रधानमन्त्री ओलीजी भोलि पन्तनगरस्थित कृषि विश्वविद्यालय जाँदै हुनुहुन्छ, मलाई ज्यादै खुसी लागेको छ।
प्रधानमन्त्री ओलीजीसँग मिलेर मैले जलसंसाधन र ऊर्जासम्बन्धी परियोजनाहरूको पनि रिभ्यु गरें। हामी दुवै अरुण— ३, पञ्चेश्वर, सप्तकोशी र सुनकोशीजस्ता परियोजनाको गति बढाउनेबारेमा सहमत भएका छौं।
मित्रहरू,
भारत र नेपालबीच सुरक्षा र रक्षाका विषयमा गहन सम्बन्ध छ। हामी दुवै देश आफ्नो खुला सीमा दुरुपयोग रोक्ने र साझा सुरक्षा हितलाई अघि बढाउनेबारेमा सहमत भएका छौं।
दुवै देशका बीचमा खुला सीमा दुवै देशका सर्वसाधारणबीच एक ‘लिभिङ ब्रिज’ रहेको छ। रामायण एवं बुद्ध सर्किटको विकास तथा सीप विकास, शिक्षा, स्वास्थ्य आदि जनकेन्द्रित क्षेत्रमा पनि हामी सहयोग बढाउन चाहन्छौं। यसले दुई देशबीच पारम्परिक सम्बन्ध थप प्रगाढ हुने विश्वास छ। आज हामीले जुन ऐतिहासिक पहल गरेका छौं, यसबाट दुवै देशको विकासको हाम्रो दृष्टिकोणलाई साकार पार्न ठूलो योगदान दिनेछ भन्ने मलाई पूर्ण विश्वास छ।
मित्रहरू,
नेपालको संघीय लोकतान्त्रिक व्यवस्थालाई दरिलो बनाउन नेपाल र भारतबीच आपसी सहयोग, विचार–विमर्श र अनुभव आदानप्रदानको ठूलो भूमिका हुन्छ। म एकपटक फेरि प्रधानमन्त्री केपी ओलीजी, उहाँकी धर्मपत्नी र भ्रमण दलमा सहभागी सबै प्रतिनिधिलाई भारतमा हार्दिक स्वागत गर्दछु। यो पनि चाहन्छु– हाम्रो फेरि भेट होला। धन्यवाद।
(अन्नपूर्ण पोस्टबाटः http://annapurnapost.com/news-details/95263)

No comments:
Post a Comment