सीके लाल
मैले गौरी लंकेशभन्दा पहिले उनको बुवा पी लंकेशलाई भेटेको हुँ। बैंलोर विश्वविद्यालयमा अंग्रेजीका प्राध्यापक थिए। उनले के भनेका थिए भने प्राध्यापन गरेका समाज धेरै परिवर्तन हुँदैन। अनि कन्नड भाषाको ‘लंकेश पत्रिके’ नामको ट्याब्लोइड पत्रिका निकाल्न सुरु गरे। त्यसले कर्नाटकको राजनीतिमा ठूलो महत्त्व राख्थ्यो। सानो पत्रिका भए पनि त्यसको महत्त्व ठूलो थियो। किनभने, उनले त्यसमा विज्ञापन स्वीकार गर्दैनथे। पाठकबाट पाएको रकमले मात्रै त्यो पत्रिका चल्थ्यो।
पी लंकेशलाई भेट्दाखेरी गौरी (लंकेश)सँग भेट भएको थिएन। गौरीलाई सन् ९० को दशकको अन्त्यतिर, जतिबेला उनी भारतको इन्नाडु टिभी च्यानल र सन्डे लगायत मूलधारको पत्रकारिता गर्दै थिइन्, त्यतिबेला उनको कामसँग परिचित भएको र भेटघाट भएको हो।
उनको बुवाको कमै उमेरमा निधन भएपछि उनी बैंलोर पुगिन्। सुरुमा बुवाको पत्रिका बन्द गर्ने सोच थियो। कारण, कर्नाटकमा त्यस्तो किसिमको पत्रिका निकाल्ने वातावरण छैन। तर, प्रकाशकले उत्साह दिएपछि त्यो पत्रिका चल्यो।
पछि उनका फिल्मकार भाइसँग असहमति भएपछि त्यो पत्रिका बन्द हुनपुग्यो। र, उनले आफ्नो नाउँ थपेर ‘गौरी लंकेश पत्रिके’ नाममा चलाइन्।
यसले के देखाउँछ भने आस्था, कर्म र आफ्नो समूहको बीचमा तादत्म्यता भयो भने मान्छेले सानो भन्दा सानो स्रोतले ठूलोभन्दा ठूलो काम गर्न सक्छ।
उनका आस्थाहरु के–के थिए भने पी लंकेश लोहियावादी समाजवादी थिए। त्यसैले गौरी लंकेशमा पनि त्यो संस्कारकै रुपमा आएको थियो। समाजवादी थिइन्। दक्षिणपन्थीहरुले उनलाई नक्सलपन्थी भन्थे, तर त्यो सत्य होइन। बरु, नक्सलपन्थीहरुलाई मूलधारमा ल्याउनुपर्छ भन्ने विश्वास राख्ने र त्यसका लागि काम गर्नेचाहिँ पक्का हो।
दोस्रो उनको आस्था, नारीवाद आफ्नो ठाउँमा ठीक होला तर नारीवादको मुख्य अर्थ पनि महिला पुरुष समानता हो र त्यसमा उनी अडिग थिइन्।
तेस्रो उनको के थियो भने, लिंगायत, अरु हिन्दूहरुले त्यसलाई धर्म भन्छन् तर लिंगायतहरुले एकत्ववादमा विश्वास गर्ने भएकाले हामीमा जातपात नहुने, छुवाछुत नहुने, नारी पुरुषको भेद नहुने भएकाले यो धर्मै छुट्टै हुनुपर्छ भन्ने एउटा आन्दोलन थियो, त्यसमा उनको नेतृत्व थियो। तर, सारमा उनी हिन्दूत्वको विरोधी थिइन्। धर्मान्धताको विरोधी थिइन्। साम्प्रदायिकताको विरोधी थिइन्।
उनले यी सबै काम आफ्नो पत्रकारितामार्फत गर्थिन्। र, उनको बुवाको पालाको आस्था कायम थियो। विज्ञापनविहीन पत्रिका चल्थ्यो र खुब चल्थ्यो।
दुर्भाग्यबश भारत अहिले कस्तो भएको छ भने, सैद्धान्तिक रुपमा मात्रै संसारको सबैभन्दा ठूलो लोकतान्त्रिक देश भएको छ। व्यवहारिक रुपमा हेर्दा स्वतन्त्र प्रेसको अवस्था सिरिया र इराकको हाराहारिमा पुगेको छ। खास गरेर घोर दक्षिणपन्थीहरुको उदयपछि, हिन्दूत्वको राजनीति हावी भएपछि, बजार हाबी भएपछि पत्रकारहरु सत्ताका लिपिकहरु भएका छन्। सानोतिनो भ्रष्टचारको मुद्दा उठाउने तर सत्ताको आधारभूत मान्यताहरुका बारेमा कुरा उठाउँदैनन्। जस्तो, सत्ताको धर्मनिरपेक्षता के छ? जनमुखी प्रवृत्ति के छ? समाजवादप्रतिका आस्था के छ? यस्ता प्रश्नहरु उठाउँदैनन्। खालि, सानोतिनो कुरा उठाउँछन्।
यस्तो चलन चलेको बेला उनीमाथि चारैतर्फबाट प्रहार भइरहेको थियो। उनलाई लागेको थिएन, मेरो जीवनलाई कुनै जोखिम थियो भनेर। उनको हत्या भएको थाहा पाएपछि मैले बैंलोरका दुईचार साथीसँग कुरा गरें। भेट भएको कोहीसँग पनि उनले आफ्नो हत्याप्रति कुनै शंकासम्म गरेकी थिइनन् रे!
जनताको काम गर्ने भएकाले मबाट कसलाई के खतरा छ र? बर्माबाट रोहंगिया धपाइएको छ, तिनका घर जलाइएको छ; विरोध गर्छु। हिन्दूत्वको नाममा मुसलमानको निर्मुल गर्ने अभियान सुरु भएको छ; विरोध गर्छु। कमजोरको पक्ष लिएर काम गर्नु त कुनै जोखिमपूर्ण काम होइन भन्ने उनलाई लागेको थियो। तर, त्यस्तो हुँदैन रहेछ। आफ्नो घरै अगाडि उनी मारिइन्।
केही क्लोज सर्किट क्यामरामा भएको तस्बिरहरु पनि सफा नभएका कारण छुट्याउन गाह्रो छ भन्ने कुरा आएको छ। हेरौं, त्यसको अनुसन्धान कहाँसम्म जान्छ। किनभने उनको पत्रकारिताको महत्त्व बुझेको हुनाले पश्चिम बंगालको मुख्यमन्त्री, भारतीय कंग्रेसको नेता, कर्नाटकको मुख्यमन्त्रीलगायका भारतको सर्बोच्च तहबाट अनुसन्धानमा कुनै कमी राखिने छैन। तर, हिन्दूत्व विरोधीहरुको बारेमा भारतमा अनुसन्धान खासै कहीँ पुग्दैन रहेछ भन्ने यसअघि देखिसकिएको छ। फेरि, हिन्दूत्ववादीहरु जस मनाइरहेका छन्, एउटा विरोधीको सफाया गरियो भनेर।
संसारभर यो धर्मान्धताको राजनीतिमा अहिले जे पनि भइरहेको छ, त्यो अन्यायको विरोधमा बोलिएन भने अन्याय गर्ने सरह मानिन्छ।
यहाँचाहिँ दक्षिणपन्थी राजनीति बलियो छैन, चुप लागेर बस्नुपर्छ, यो हाम्रो काम होइन भने होइन। यो संसारभरीका सम्पूर्ण शोषित पीडितहरुको काम हो।
(भारतीय पत्रकार गौरी लंकेशको मंगलबार साँझमा हत्या भयो। त्यसको विरोध स्वरुप काठमाडौंमा ठूलो संख्यामा पत्रकार र लेखकहरुले मंगलबार शोक सभा र प्रदर्शन गरे। त्यसै प्रदर्शनमा विश्लेषक लालले दिएको मन्तव्य)

No comments:
Post a Comment