किशोर दहाल
गाडी कोशी ब्यारेजको पश्चिमतिर रोकियो । हामी हिड्दै पूर्वतिर जानुपर्ने भयो । फोटो खिच्दै र कोशीको बहाब हेर्दै ब्यारेजको पूर्वी किनारामा पुग्यौं ।
यस क्षेत्रमा म पहिलो पटक आएको थिएँ । त्यसकारण यहाँको दृश्य रमाइलो लागिरहेको थियो । शिब सर र म अघिदेखि सँगै थियौं । माछा खाने रहरले हामीले एउटा होटलमा भाउ सोध्यौं । तर, उसको भाउ हामीलाई महंगो लाग्यो । हामी सडक किनारातिर लाग्यौं । हाम्रै टोलीका केही सरहरु माछा खाइरहनु भएकै ठाउँमा गएर हामीले पनि माछा खान थाल्यौं । एकै छिनमा अन्य सरहरु त्यहाँबाट हिड्नुभयो । हामीहरु थप माछा खान थाल्यौं ।
माछावाला साहुनी हामीलाई केहि माछाका बायोडाटा र गुणस्तर वताउछे । कुनै कुनै माछा चाख्नुस् पनि भन्छे । हामी सुरुमा १ प्लेट ‘पुइयाँ’ माछा खान्छौ । तातोतातो माछा निकै मिठो लाग्यो । मलाई यो माछा भन्दा पनि त्यसको नाम गज्जव लागिरहेछ । पुइयाँ शब्दको अर्थ के होला ? कसरी पत्ता लगाउने ? कुनै अङ्ग्रेजी शब्द भए मोबाइल डिक्नरीबाट तुरुन्तै पत्ता लाग्थ्यो । तर, हाम्रै स्थानिय भाषा झन् बढि बिरानो छ हामीसंग । हामी आफू स्वयमलाई नचिनीकन संसारलाई चिनेको ध्वाँस दिन्छौँ ।
हामी अन्य जातका माछा पनि खान्छौ । माछा साहुनी हामीलाई जलकपुर खान आग्रह गर्छे । ऊ भन्छे– “मिठो छ । कोशीको रानी हो, जलकपुर ।” यो माछा आकारमा अन्य माछाभन्दा ठूलो थियो । हामीले एउटै माछालाई सानासाना टुक्रा बनाएर खायौं । मलाई भने त्यो जलकपुर झनै नमीठो लाग्यो । शिव सरले पनि त्यस्तै बताउनुभयो । हामीलाई मिठो लाग्नु र नलाग्नुले त्यहाँ खास अर्थ राख्दैनथ्यो । किनकी, माछा खाने नयाँ नयाँ ग्राहक त्यहाँ आइरहन्छन् ।
साहुनी गोबरको गुइँठामा आगो बालेर माछाहरु निरन्तर पकाइरहन्छे । कोशीमा खेल्दाखेल्दैका कैयौं राम्रा राम्रा माछाहरु जालमा परेर यहाँसम्म आइपुग्छन् र तातो तेलमा एकपटक झ्वाइय गरेर मिठो परिकारमा परिणत हुन्छन् । हामी भने त्यस साहुनीको अगाडि बसेर विभिन्न बहानामा माछा खाएको खायै गर्छाैं । उनको पसलका सबै जातका माछा चाखिसकेपछि हामी त्यहाँबाट हिड्छौं ।
एकैछिनमा हामी नयाँ पसलमा जान्छाँै । हामी पुग्दा दुईजना युवतीहरु माछा तारिरहेका थिए । हामी गफ गर्दै माछा खाँदै गर्छौं । एउटीको नाम रहेछ – प्रमिला खातुन । कक्षा ४ मा पढेर छोडेकी उसले २ वर्षदेखि माछा तारिरहेकी रहेछ । उमेर करिव १३ वर्ष जति होला । चार दिदिबहिनी र एउटा भाइको ‘सन्तान क्लव’मा उनी कुनचाहिँ नम्बरकी हुन्, मैले सोधिनँ । तर, म उनीसँग निरन्तर गफ गरिरहेको छु । ऊ लजाउदै–लजाउदै मलाई उत्तर दिइरहेकी छे । ऊ रुपमा भने आकर्षक छैन । त्यसो त उसको अनुहारमा ‘फेयर एण्ड लभ्ली’ छुन नपाएको हुन सक्छ । दिनभर आगो अगाडी उभिएर माछा पकाउने उसको अनुहार स्वभाविक रुपमा कालै छ तर त्यति धेरै काली भने छैन । जे होस्, प्राकृतिक रुपमा ऊ जस्ती छे, त्यसलाई त्यस्तै सुहाएको छ ।
उसकोे बोलीको लवजले भने सुरुमै आकर्षण गरिहाल्यो । मूल भाषा नेपालीइतर भएकाले नेपाली बोल्दा बेग्लै किसिमको मीठास आउने गर्छ । अरुलाई कस्तो लाग्ला कुन्नी, मलाईचाहिँ तानिहाल्छ ।
म सोध्छु– “पढ्न किन छोडेको ?”
ऊ भन्छे – “पढेर के हुन्छ ? खानु पर्दैन ?”
सोझै मुटुमा बिझ्ने यस कुराले म दुःखी हुन्छु । गरिबीको कारण प्रत्येक साल कैयौंले यसरी पढाइ छोड्न बाध्य छन् ।
“आमावुवा के गर्नु हुन्छ ?”, म फेरी सोध्छु ।
“खेती”, ऊ जवाफ फर्काउछे ।
“बिहे भयो ?”
“छैन ।”
“किन ?”
“बेला भएको छैन ।”
“मसँग घुम्न जाने ?”, म जिस्काउँछु ।
“नजाने”, ऊ लजाउदै भन्छे ।
म बोल्नु अगाबै अनिता मिसले उसलाई भन्नुहुन्छ, “नजाउ–नजाउ । उसको त छोराछोरी पनि छ ।”
“के फरक पर्छ त ? फर्किदा यहिँ छोडिदिउँला ।”, म थप जिस्काउँछु । ऊ बोल्दिन ।
म पूर्णत नेपाली बोल्छु । ऊ आफ्नो मातृभाषाको लबज र शब्द मिसाउँदै उत्तर फर्काउँछे । म रमाइलो मानिरहन्छु । म उसलाई धेरै कुरा सोधिरहन्छु । कतिपय प्रश्नको उत्तर दिनलाई ऊ मान्दिन । मैले उसलाई “हम पेपरवाला आदमी छी” भनेर जिस्काउँछु । तर, कुन कुन भाषा मिलाएर बोलेँ, आफैलाई थाहा छैन । ऊ एकैछिनका निम्ति हाँस्छे र उसकै लबजमा पेपरवाला आदमीसँग कुरा नगर्ने बताउँछे ।
म प्रमिलासँग कुरा गरिरहेको छु, साथै डायरीमा केहि टिपिरहेको पनि छु । ऊ घरिघरि मलाई हेर्दै हाँस्छे । दुई दिदिबहिनी मध्ये यहि प्रमिला मात्रै बोलिरहेकी छ । अर्की बोल्दिन । त्यसको त नामसम्म पनि थाहा भइरहेको छैन । मैले कुरा गरिरहेको देखेर माधब सर भन्नुहुन्छ, “किशोर सरको मन त यतातिर बसेछ ।” केहिबेरको मौनता पछि प्रमिला मलाई भन्छे, “आज यतै बस्नु ।”
“तेरो घरमा लान्छेस् ?”
“लान्छु ।”
“बुबाले गाली गर्दैनन् ?”
“गर्दैनन् ।”, ऊ भन्छे, “हाम्रो बुबा त्यस्तो छैनन् ।”
हाँसो चलिरहन्छ । म बोल्दा उनीहरु हाँस्छन् । उनीहरु बोल्दा हामीहरु हाँस्छौं । उनीहरुको हाँसोभित्र अथाह दुःख छन् । उनीहरु दिनभरीमा धेरथोर पैसा कमाउँछन्, बेलुका बुबाको हातमा राखिदिन्छन् । पढेर सपना देख्ने उमेरमा उनीहरु माछा तार्छन् । हामी देखिरहेका हुन्छौँ, उनीहरुकै उमेरका कतिपय नर्स बन्ने, पाइलट बन्ने सपनामा उडिरहेका ।
कोशीमा प्रत्येक साल बाढी आउँछ । त्यहि बाढीले उनीहरुको सपना बगाउँछ । तर, दुःख बगाउन सक्दैन । पुलबाट पार भएर कैयौँ गाडीहरु ओहोरदोहोर गरिरहन्छन् तर यिनीहरुको दुःख लैजान सक्दैन । के दुःखले गाडी भाडा तिर्दैन ?
गफ र रमाइलोको सुरमा माछा निकै खाइयो । खाएका माछा सबै जिउँदो बनेर म बिरुद्ध आन्दोलन गर्न आए भने थेग्नै नसक्ने स्थिति छ ।
(नेपाल र भारतका केही ठाउँको भ्रमणका क्रममा २०७०÷११÷१७ शनिबार दिउँसो कोशी ब्यारेजमा बिताएको क्षण )

No comments:
Post a Comment