किशोर
दहाल
केहि दिन अघि पूर्वको एउटा पत्रकार सम्मेलनमा अख्तियार प्रमुख लोकमानसिंह
कार्की र पत्रकारबीच भएको लफडाले अहिले मिडिया तातेको छ । मिडियाले आफ्नो धर्म
छोडेको छैन–गल्तीजती लोकमानतिर पन्छाएर । लोकमानका कुरा पनि
मिडियाबाट नै सार्बजानिक भएर आउने हुँदा ती कति फिल्टर भएर आउँछन् त्यो अर्कै कुरा
। तर, मिडिया र कार्कीबीचको यो लफडाले दुबैका मुलभुत चरित्रलाई नै प्रष्ट्याई
रहेका छन् ।
पत्रकार सम्मेलनमा धेरै कुरा सोधिन्छन् । धेरै
पत्रकारले धेरै कोणबाट प्रश्न सोध्छन् । बिशेषगरी आफुले बनाउन चाहेको समाचारको 'स्केच'लाई बल पुग्नेगरी
सम्बन्धित पक्षलाई बोल्न लगाउने पत्रकारको चाहना हुन्छ नै । आफ्नो स्वार्थको बचाउ
गर्न दुबै पक्ष चनाखो हुन सकेन भने स्थिति भद्रगोल हुन्छ, जुन पूर्वमा
देखियो । आधा कुरा लुकाएर र आधा कुरा चपाएर बोल्नु पर्ने बाध्यता र बानी भएका
हाम्रा सरोकारवाला निकाय पत्रकारको बीचमा पुग्दा प्रायः आत्तिन्छन् । पत्रकार त
झन् चोर नै हुन्, सुचनाको चोर । त्यस्ता निकायको पत्रकार सम्मेलनमा पुग्दा उनीहरुले चोरी होईन, झन् डकैती नै
गर्ने अबसर पाउँछन् ।
कमजोरी सरोकारवाला निकायमा मात्र होईन, पत्रकारीतामा पनि
छ । ऊ राज्यको चौथो अङ्ग हो भनिन्छ तर व्यबहार कान्छो छोराको जस्तै छ । शब्दको
खेती गर्ने हुनाले कुन शब्द रोप्दा के फल्छ भन्ने राम्रैसँग बुझेकाको जमात हो त्यो
। स्वार्थ लेखेर स्वाभिमानको ध्वाँस दिनेहरुको बोलबाला छ त्यहाँ ।
तपाईंहरु ख्याल गर्नुहोस्, जब कुनै मिडियालाई कुनै संस्था वा व्यक्तिबाट फाईदा भईरहेकै छ भने त्यो
जतिसुकै नालायक होस्, त्यस बिरुद्ध एक शब्द खर्चिदैनन् । तर, जब स्वार्थ बाझिन्छ, अनि सुरु हुन्छ पत्तासाफ बनाउने खेल । खोतलिन्छन् अचम्म–अचम्मका तथ्यहरु
। मेरो मतलब कमजोरी खोतलिनु हुन्न भन्ने होईन तर त्यस्ता कमजोरी मिडियालाई फाईदा होउञ्जेल किन दबाईन्छ ? जनतालाई सुचनाको
हक हुन्छ भन्ने कुरा मिडियाको स्वार्थ बाझिए पछि सम्झनामा आउने ? वास्तविकता के हो
भने प्रायः मिडियाले सत्य लेख्दैनन्, तिनीहरु स्वार्थ लेख्छन् । कहिलेकाँही सत्य र स्वार्थले मेल खान्छन्, त्यो संयोगको
कुरा हो ।
लोकमानलाई अखितयार प्रमुख बनाउने दलहरु थिए । कमजोरी
दलहरुको थियो । लोकमान त्यस पदका निम्ती उपयुक्त मान्छे थिएनन्, होईनन् । उनको
कमजोरी जनसमक्ष ल्याउनु एक ठाउँमा छदैछ । तर, दलहरुको 'बिबशता'को खोजी गरीएन । एकोहोरो लोकमानतिर बिषयान्तर गरीयो ।
दलहरुको त्यस्तो बिबशतालाई गम्भिरताको साथ बिश्लेषण गरीएन । केबल लोकमानको खिल्ली
उडाउने काम भयो । यथार्थमा मिडियाकै खिल्ली उडिरह्यो । आज तिनै लोकमान पत्रकार
बिरुद्ध जंगिए, अलि कडासित । तब पत्रकारले उहिल्यै देखिको रिस र स्वार्थ उकेलिहाले मण्डले र
तस्कर भनेर ।
लोकमानले पत्रकारहरुले खोजेजस्तो जवाफ दिन चाहेनन्, दिएनन् वा सकेनन्
। उनी जंगिए । उनले भद्रता देखाउनुपथ्र्यो । देखाएनन् । उत्तेजित देखिए । जुन कुरा
उनको पदिय गरिमालाई सुहाउँदो छदै थिएन । पदिय दायित्व र परिस्थितिको मूल्याङ्कन
नगरी लोकमानले जे–जे बोले त्यो निन्दनिय छ
। त्यसो त अख्तियार प्रमुख भएदेखि नै उनको दम्भ बढेकै छ । उनलाई कसैप्रति जवाफदेहि
हुनु नै छैन । उनको बिगत पनि त्यो होईन । तर, पत्रकारले मण्डले र तस्कर भन्दै जिन्दाबाद र मुर्दावादमा उत्रिनु चाहीँ कुन
भद्रता हो ? पत्रकारको हातमा कलम थिएन् ? लेख्ने र बिश्लेषण गर्ने क्षमता तिनमा थिएन ? पत्रकारलाई पूर्वतिर हुने सुपारी तस्करी र त्यसका सेटिङबारे जानकारी रहेछ ।
यसअघि त्यसलाई शसक्त ढङ्गले किन नउठाएको ? अहिले मिडियाभरी सुपारीको गेडा देखिनुको कारण के हो ? सुपारीको गेडामा
क–कसलाई तान्नु छ, सबै तानिन्छन् अब । मानौं, यो बिषय भर्खरै पत्ता लाग्यो, लोकमान जंगिनु अघि यो बिषयमा कुनै पत्रकारलाई एकरत्ति सुचना नै थिएन ।
पत्रकारको भाषा र व्यबहारमा सालिनता हुनुपर्छ । आलोचना
नै सहि तर त्यसमा पनि मर्यादा छ । हात पाखुरा सुर्केर बिपक्षीको बिरुद्धमा
मुर्दावादको नारा लगाउन पत्रकारलाई सुहाउँदैन । लोकमानलाई तस्कर भनेर नारा
लगाउनुको साटो प्रमाणसहित मिडियामा लेख्ने बोल्ने पो गर्नुपर्छ । समाजलाई प्रायः
बिषयप्रति कस्तो धारणा बनाउने भन्ने कुराको निक्र्यौल गर्न र गराउन पत्रकारको ठूलो
भूमिका हुन्छ । त्यसै भएर दायित्व पनि बढि छ । पत्रकारले त लोकमानजस्ता पात्रको
होईन यिनीजस्ता पात्रहरुलाई लोकतन्त्रको सौन्दर्य बनाउने प्रवृत्तिबिरुद्ध पो
बोल्नुपर्ने ।
No comments:
Post a Comment