Pages

Monday, July 31, 2017

तिब्‍बती शरणार्थीका सकस


किशोर दहाल

नेपालमा शरणार्थी शब्दले मूलतः भुटानी शरणार्थीलाई प्रतिबिम्बित गर्छ । तिनका सुखदुःख, विवशता, संघर्षका धेरै कथा छन् । तर, यो मुलुकमा उस्तै घटना, उस्तै संघर्ष (भाषा, धर्म, रहनसहन, भेषभुषा र परम्पराको फरकपनले अझै बढी) ले भरिएका तिब्बती शरणार्थी पनि थिए र छन् भन्ने कुरा धेरै कमलाई थाहा छ । तिब्बती शरणार्थी एउटा यस्तो मुद्दा हो, जसबारे स्वयं भुक्तभोगीहरू पनि बोल्न डराउँछन्, लेखकहरू लेख्न हच्किन्छन् । राष्ट्रियस्तरमा सचेततापूर्वक बहसमा नआएको यस मुद्दाको केही आयामलाई समेटेर श्रीभक्त खनालले पुस्तक लेखेका छन्, ‘अप्ठ्यारो बाटोः तिब्बती शरणार्थीको संघर्ष–कथा’ । पुस्तकमा तिब्बती शरणार्थीको राजनीतिक मुद्दालाई सकेसम्म कम छुने प्रयासमा उनीहरूको नेपाल बसाइको कठिन संघर्षहरूलाई अभिलेखीकरण गर्ने प्रयास गरिएको छ ।

कूटनीतिक अनुभवको दस्तावेज

किशोर दहाल
रमेशनाथ पाण्डे मूलतः कूटनीतिक क्षेत्रमा चर्चित नाम हो । उनी आवश्यकताअनुसार जुनसुकै परिस्थितिमा पनि आफ्नो सान्दर्भिकता पुष्टि गर्न सक्ने व्यक्तित्वका रूपमा चिनिन्छन् । कलिलो उमेरदेखि नै पत्रकारितामा सक्रिय पाण्डेले त्यसैबाट सिर्जित अवसरबाट कूटनीतिक र राजनीतिक सक्रियताको अभ्यास गरेका थिए । जिन्दगीका उकाली–ओरालीहरूमा धेरै थरी भूमिका निर्वाह गरेका पाण्डेले आफ्नो जीवन भोगाइको अनुभव लिपिबद्ध गरेका छन्, आफ्नो आत्मकथामा ।
पाण्डेको भोगाइ उनको जीवन उनैका लागि जस्तो भएता पनि आमपाठकका लागि भने निकै रोचक छ । उनले १६÷१७ वर्षको उमेरमा सक्रिय पत्रकार÷सम्पादकका रूपमा विश्व शक्ति सन्तुलनमा ठूलो प्रभाव राख्ने संसारका केही चर्चित नेता र राष्ट्रप्रमुखलाई प्रश्न सोध्ने आँट र अवसर पाएका थिए, जसलाई ती नेताले पनि ‘मार्क’ गरेका थिए । यस्तै, २० वर्षको उमेरदेखि नै राजा महेन्द्र र नजरबन्दमा रहेका बीपी कोइरालाबीच समझदारी गराउन कुशल सम्पर्कसूत्रका रूपमा काम गरेका थिए । उनको प्रयास सफल भने भएन ।
उनको परिपक्वता, रणनीति र कूटनीतिको विकास, परीक्षण र प्रयोग त्यही समयदेखि नै हुँदै आएको थियो भन्न सकिन्छ । जसले उनलाई पछि त्यही क्षेत्रमा परिचित गरायो । विभिन्न देशसँग सम्बन्ध स्थापित गर्न, सम्पर्क बढाउन र सहयोग आदानप्रदान गर्न, द्विदेशीय ‘कन्फ्युजन’ हटाउन उनले युवा उमेरदेखि नै सक्रिय भूमिका निभाएका थिए । जिम्मेवारीमा आइलागेका जस्तोसुकै काम पनि सहज र दृढताका साथ सम्पन्न गर्न लागिपर्ने उनको स्वभावले गर्दा नै हुनुपर्छ, फरक–फरक राजनीतिक व्यवस्था, राजा र प्रधानमन्त्रीहरूबीचमा पनि उनको सक्रियता कायम रह्यो । पुस्तकमा उनको त्यही सक्रिय जीवनलाई महशुस गर्न सकिन्छ ।

राजनीतिक पुनर्गठनको प्रस्ताव

किशोर दहाल
सीमान्तकृतलाई सपना र उच्च वर्गलाई सुविधा वितरण गर्ने चल्तीको राजनीतिप्रति आम मानिसको गुनासो निरन्तर छ । र, निरन्तर नै छ, समृद्धिको सपना पनि । नयाँ संविधान जारी भएपछि त्यो सपना झनै मुखरित भइरहेको छ । त्यसो त, अहिलेकै नेतृत्व र शैलीले त्यो सपना पूरा हुन सक्दैन भनेर ठोकुवा गर्नेहरू पनि छन् । तिनैमध्येका एक हुन्, केशव दाहाल ।
भर्खरै प्रकाशित पुस्तक ‘नेपाली राजनीतिको पुनर्गठन’मार्फत दाहालले नयाँ ढंगले अघि बढ्नुपर्ने प्रस्ताव गरेका छन् । पुस्तकले अबको नेपाली राजनीतिको स्वरूप कस्तो रहने ? सैद्धान्तिक ढाँचा कस्तो हुने ? र, प्रत्यक्ष लोकतन्त्रलाई कसरी व्यवहारमा उतार्ने ? जस्ता सवालमा बहसको सिर्जना गर्ने प्रयास गरेको छ ।
नेपाली राजनीतिको अबको लक्ष्य समृद्धितिर बढ्नुपर्ने र त्यसका लागि सर्वप्रथम राजनीतिको अहिलेको ढाँचा फेरिनुपर्छ अन्यथा त्यसले चाहेजस्तो प्रतिफल दिन सक्दैन भन्ने पुस्तकको मूल आशय छ । त्यसका लागि उनले मूलधारका पार्टीका कार्यपद्धति र सैद्धान्तिक आवरणलाई पनि राम्रैसँग शल्यक्रिया गरेका छन् । चिरफारको सकारात्मक पक्ष के छ भने उनले त्यसमा आफ्ना आग्रह मिसाएका छैनन् ।
विचार र सिद्धान्तलाई सोही आधारमा केलाएका छन् । खँदिलो र सहज भाषामा आफ्ना तर्क राखेका छन् । उनको तार्किक शैली प्रशंसनीय छ । आफ्ना हरेक तर्कमा ऐतिहासिक, राष्ट्रिय/अन्तर्राष्ट्रिय तथ्यहरू, वर्तमान परिस्थितिसमेत विश्लेषण गरिएको छ । उनको तर्कलाई मन पराउन वा नपराउन सकिन्छ तर बेवास्ता गर्न भने सकिँदैन ।

अनलाइनको क्लिककारिता

किशोर दहाल
मिडियाको डिजिटलाइज हुँदै गर्दा अनलाइन पत्रकारिताले पनि मूलधारको स्वरूप ग्रहण गर्न थालेको छ । स्मार्टफोनको बढ्दो प्रयोगसँगै अनलाइन पत्रिकाका ग्राहक वृद्धि भइरहेका छन् । कतिपयले त अब प्रिन्ट मिडियाको सान्दर्भिकता सकिने र अनलाइन पत्रकारिता निर्विकल्प हुने पनि बताउने गरेका छन् । समय र विषयवस्तुको नियन्त्रण नरहने भएकाले अनलाइन पत्रकारिताको आफ्नै अवसर र चुनौती छन् । बढ्दो प्रतिस्पर्धीका कारण यसको मुख्य ध्यान नै समाचारको पहिलो प्रस्तुतकर्ता बन्नमा केन्द्रित रहन्छ, यसले नै अनलाइन पत्रकारिताको सम्पूर्ण जटिलता सिर्जना गर्छ । अर्थात्, ‘हतारको काम लतार’ भनेजस्तो छिटो समाचार प्रकाशित गर्ने बाध्यताले बाँकी धेरै गडबडीलाई निम्त्याउँछ ।
कतिपय अवस्थामा त प्रकाशित समाचार अपूर्ण र अप्रमाणित तथ्यको शिकार हुने गर्छन् । सकेसम्म छिटो समाचार सामग्री प्रकाशित गर्नुपर्ने बाध्यता छँदैछ । सँगसँगै, पाठकको ध्यान आकृष्ट गराउनुपर्ने अर्को चुनौती पनि छ । जब पाठकले समाचारको शीर्षकमा क्लिक गर्छ, तब मात्र प्रकाशित समाचारको सान्दर्भिकता पूरा हुन्छ । त्यसैले पनि, प्रकाशित सामग्री पाठकको रुचिअनुसारको बनाउनु वा समाचार शीर्षकमा क्लिक गराउनु नितान्त आवश्यक छ । यही क्लिककारिताको बाध्यताले कैयौं अनलाइनको नाम र बदनाम दुवै भइरहेको छ ।

Monday, July 24, 2017

बालबालिकालाई पनि सुनौं

किशोर दहाल

हाम्रो समाज बालबालिकाको बारेमा गम्भीरतापूर्वक सोच्ने तहसम्म पुगिसकेको छैन। उनीहरुको पनि मत बुझ्ने संस्कार त झनै छ्रैन। आवश्यक पनि ठानिँदैन। ‘केटाकेटी कुरा’, ‘ठूला मान्छे बोलिरहेको ठाउँमा केटाकेटी बोल्नुहुँदैन’ भन्नेजस्ता उखान, टुक्का वा संस्कार बलियो छ। यसले बालबालिकाको सरोकारमा परिवार र समाज उदासिन छ, नजरअन्दाज व्याप्त छ भन्ने स्पष्ट पार्छ। धेरैले गम्भीरतापूर्वक नलिएको बालबालिकाको सोचाइ, भोगाइ र अप्ठ्याराहरुका विषयलाई समेटिएको बालकथा प्रकाशित भएको छ– हाम्रो कुरा पनि सुन्नुस्।

आन्विका गिरीले लेखेको यस कथा संग्रहमा सातवटा बालकथाहरु छन्। कथाहरु बालबालिकाको दैनिक सरोकारका विषयमा लेखिएका छन्। उनीरुको पनि आफ्नै भोगाइ हुन्छन्। आफ्नै किसिमको बुझाइ हुन्छ। वस्तु र व्यवहारप्रति आफ्नै क्षमता अनुसारको धारणा हुन्छ। यस्तै कुरालाई विशेषतः अभिभावकहरुले ख्याल राख्नुपर्छ र उनीहरुलाई पनि छलफलहरुमा मुख्य सदस्यका रुपमा स्वीकार गर्नुपर्छ भन्ने आशय संग्रहका हरेक कथाहरुमा पाइन्छ।

ठूला मान्छेले ख्याल नै नगरेको घटना, व्यवहार, विषयमा बालबालिकाले कसरी धारणा बनाउने रहेछन् भन्ने बुझ्न पुस्तकले सघाउँछ। पुस्तक पढ्दा गर्दा साना नानीबाबुहरु हाम्रै अघिल्तिर नाचिरहेका, खेलिरहेका, उफ्रिरहेका प्रतीत हुन्छ। उनीहरुका अनन्त जिज्ञासा, चकचक, उपद्रव सबै महसुस हुन्छ।

Saturday, July 22, 2017

वन्दना ढकालको चर्चित ब्लग

(सम्भवतः) यो ब्लग लेखिनुमा, विवादित हुनुमा र नेपाल खबरको साइटबाट हटाइनुमा सरला गौतम (जसलाई यो ब्लगमा सम्बोधन गरिएको छ)का विगतका दुईवटा ब्लग पनि जोडिन्छन्। सामाजिक सञ्जालमा पनि त्यसै कोणबाट चर्चा भएका छन्।  त्यसैले पनि ढकालको ब्लग पढ्नुअघि गौतमका यी दुई ब्लग पढ्न अनुरोध छः 

मिल्काइदेऊ नाथे डर

मिल्काइदेऊ नाथे ढोंग-२

......................................................
एक नाथे सरला, दुई नाथे वन्दना
वन्दना ढकाल

प्रिये सरली!

यो सम्बोधन मेरो होइन, नारायण अमृत दाइको हो। यो पनि त्यही जमघटमा सुनेको हो। साँझको पहिलो भेटको केही घण्टे बसाइँमा सरली भनुँ, सरले भनुँ वा सरलाजी भनुँ? धत्, सम्बोधन नै औपचारिकतामा चेपिन थाल्यो। खैर छोडौँ, प्रिये नै ठोकिदिएँ, तिमी नै भनेँ र नाथे औपचारिकता मिल्काइदिएँ, लजा!

आधाभन्दा बढी सहभागी हिँडिसकेपछि घर जान मैले पटकपटक घडी हेरिरहँदा तिमीले नै भन्यौः मरेपछि खरानी– के चिन्ता लिने, बसम्, खाम्, रमाइलो गरम्।

हुन त रमाइलोको त्यसदिनको मुख्य चरण सकेर सुस्ताउँदा मात्रै मेरा नजर घडीतिर नजर हुन्। रातको साढे दश भइसकेको थियो। मलाई पनि अझ रमाइलो गर्ने मन थियो तर छ वर्ष ननाघेको छोराले आँखा मिच्न थालिसकेको थियो। मस्तीको एक डोज पुगेर ज्यान सोफातिर पसारिएको थियो। मन चंख नै भए’नि ज्यान असिनपसिन भइसकेको थियो। धेरै सहभागी बाटो लाइसकेका थिए। तिमी भने आभास दाइसँग भनिरहेकै थियौ– मरेपछि खरानी!

हो त मरेपछि खरानी नै हो। तर ‘मरेपछि खरानी’ भन्ने जान्दाजान्दै पनि रमाइलो गर्न खोज्ने हाम्रा महिला दिदीबहिनीहरू हामी जस्तै स्वतन्त्र होलान् त! तिम्रै ‘खरानी’ शब्दले बारम्बार कोट्याइरह्यो। हामी मुड्स रेस्टुराँमा केटाहरूसँग उफ्रीउफ्री नाचिरहँदा कति दिदीबहिनीहरू घरमा जुठा भाँडा धस्काउँदै हुँदा हुन्, बच्चाका थाङ्ना स्याहार्दै हुँदा हुन्, वा लोग्नेको बिस्तारामा समर्पणको नाटक गर्दै हुँदा हुन् वा दिनभरिको हिसाबकिताबमा व्यस्त हुँदा हुन्! कति दिदीबहिनी भोलि कुन चाहिँ साहुको घर ढलानमा जाने वा कुन कामको ठेक्कावाललाई पकड्ने भनेर योजना बनाउँदै हुँदा हुन्। अरब, इजरायल वा युरोप पुगेका कति दिदीबहिनी नेपालतिर लोग्ने र छोराछोरीसँग कुरा गर्न म्यासेन्जर र भाइबरमा हरियो बत्तीको पर्खाइमा पनि हुँदा हुन्। असारको महिना, गाउँघरतिरका कति आमा–दिदीबहिनीहरू दिनभरि ढाड कुप्रने गरी रोपाइँमा निहुरेर फेरि साँझ चुलोमा आगो आफै ठोस्दै हुँदा हुन्!

Friday, July 14, 2017

गणतन्त्रको अनुहारमा जनताको प्रतिबिम्ब

किशोर दहाल

राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि भन्दै सरकारसँग १६ करोड रुपैयाँ मागेको खबरले यो हप्ताभर बहसको सिर्जना गर्‍यो। यद्यपि, समाचारमा आएजस्तो घटना एकपक्षीय मात्रै नरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। तर, यसले विशिष्ट पदाधिकारीहरुको नाममा हुनसक्ने अनियन्त्रित खर्चबारे भने सचेत बनाउन सघाएको छ। १६ करोडको प्रसङ्ग असान्दर्भिक भए पनि सोही प्रवृत्तिमा हाम्रो विगत उत्साहजनक भने छैन। गणतन्त्र आगमनको खुसी साट्न नपाउँदै नेपालजस्तो आर्थिक रुपले गरिब मुलुकका प्रमुखहरुको प्राथमिकतामा किन जनताको प्रतिबिम्ब भेटिन्न ? यहाँ यसैबारे चर्चा गरिनेछ ।

राष्ट्रपति वा सो कार्यालयले देखाएको असुहाउँदा महत्वाकांक्षा बेलाबखत सार्वजनिक हुने गरेका छन् । विरोध पनि हुने गरेको छ । तर, जनताको विरोधलाई गम्भीरतापूर्वक लिने, सच्याउने र नदोहोर्‍याउने पुरानो बानी गणतन्त्रमा पनि जिवितै छ ।

विलासिताको साधन प्रयोगमा मात्रै होइन; संवैधानिक मर्म विपरित कार्यकारी बन्ने महत्वाकांक्षा पनि सार्वजनिक भएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवको पालामा यो चाहना अलि बढी मुखरित भएको थियो । २०६६ बैशाख १४ गते नागरिक आन्दोलनका अगुवाहरु देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी लगायतका १६ जनाको टोलीसँगको भेटघाटमा राष्ट्रपति यादवले सोधेका थिए, ‘म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ?’ यादवको यो प्रश्नलाई ती अगुवाहरुले सार्वजनिक गरिदिएका थिए । यादवको अभिव्यक्तिले नै शीतल निवासले श्रीपेच खोजिरहेको शंका पहिलोपटक सघन बनेको थियो । त्यसपछि पनि राष्ट्रपति यादवमाथि पटकपटक ‘गेम चेन्जर’ हुन खोजेको आरोप लागिरह्यो । कार्यकालभरी उनलाई फरकफरक पार्टीले ‘सक्रिय हुन नखोज्न’ सचेत गराइरहे ।

Saturday, June 24, 2017

राजपाले गुमाएको अवसर

- किशोर दहाल
 
दोस्रो चरणको स्थानीय चुनावमा उत्साहसाथ भएको उम्मेदवारीले दिएको एउटा सन्देश हो– मधेसकै परिस्थिति एकतर्फी रूपमा राजपापक्षीय छैन । झन् राजपाकै नेताहरू पनि स्वतन्त्र उम्मेदवारको रूपमा चुनावी प्रतिस्पर्धामा उत्रेको र अन्य चुनावपक्षीय दलमा प्रवेश गरेको समाचारले मधेसको चुनावी चाहनालाई थप प्रस्ट पारिदिएको छ । यसले राजपालाई आहत बनाएको बुझ्न सकिन्छ । त्यसैले राजपाका नेताहरू सरकार र उपेन्द्र यादवप्रति कडा सुनिन थालेका छन् । जे होस्, पछिल्लो घटनाक्रमले मधेसमा चुनावको वैधता र सहज सम्पन्नतामाथि थोरै शंका र बढी हौसला प्रवाह गरेको छ ।

असन्तुष्टिको अर्थ
 
मधेसमा चलेको आन्दोलनको मुख्य माग संविधान संशोधन थियो । किनभने संविधानले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका अन्य आन्दोलनका म्यान्डेटलाई सही रूपमा दस्तावेजीकरण गर्न सकेन । र ‘नयाँ नेपाल’ले जुन खालको आशा र चित्र वितरण गरेको थियो, त्यसप्रति न्याय गर्न सकेन । अन्य मुद्दामा जस्तै मधेसको सवालमा पनि नयाँ संविधान अन्तरिम संविधानभन्दा पछि हटेको देखियो । अघिल्लो राज्यव्यवस्थामा जुन वर्ग सुरक्षित थिए, निर्णय प्रक्रियामा प्रभाव राख्थे र जसको वरपर सम्पूर्ण राज्यव्यवस्था घुम्थ्यो, नयाँ संविधान पनि रङ्गीचङ्गी भाषामा उस्तै भएर आयो । मधेसको असन्तुष्टिले नै संविधानका कमजोरीलाई सबैले बुझ्ने भाषामा सडकमा ल्याइदिएको हो । यो कमजोरीलाई स्वयं ठूला दलका ठूला नेताले पनि स्वीकार गरिसकेको तथ्य हो । र त्यसलाई आगामी दिनमा संशोधनमार्फत सच्याउन उनीहरूले सार्वजनिक रूपमै प्रतिबद्धता गरेका हुन् । उनीहरूको त्यो प्रतिबद्धता आन्दोलनरत मोर्चा र आफ्नै दलभित्रका मधेसी नेताहरूप्रति लक्षित थियो । यसरी थामथुम नगरिएको भए अहिलेको नब्बे प्रतिशतवाला रटान पनि सम्भव हुने थिएन । त्यसैले संविधानप्रति असन्तुष्टि र असहमति खास सङ्ख्याको मात्रै सवाल नभएर एउटा क्षेत्र र समुदायको असन्तुष्टि हो ।

Wednesday, June 21, 2017

समस्या पन्छाउन सिपालु हामी


किशोर दहाल
असार २ गते सामाजिक सञ्जाललाई तताउने मूख्य खबर थियोरिङरोडभित्र मोटरसाइकल प्रतिबन्ध गर्ने तयारी । यस समाचारबारेका रोचक व्यङ्ग्य र आक्रोशसँगसँगै अरु दुईवटा खबरले सञ्जालमा राम्रै स्थान लिएको थियो । ती थिएएसईईको नतिजा सार्बजनिक र राजपाले असार १४ को चुनाव पनि बिधोल्ने निर्णय गरेको समाचार ।


ती तीनवटै खबर फरक फरक क्षेत्रका हुन् तर एउटा अनौठौ समानताको शिकार भएका पाइन्छ । जुन हाम्रो समस्या पन्छाउने बानीसँग सम्बन्धित छ । त्यो कसरी त ? त्यसैबारे छलफल गरौ ।


मोटरसाइकलबारे


यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाको रिङरोडमा मोटरसाइकल चलाउन प्रतिबन्ध लगाउनका लागि छलफल थालेको र यसको मुख्य कारणचाहिँ सवारी व्यवस्थापनलाई व्यवस्थित बनाउन, प्रदुषण कम गर्न, दुर्घटना न्यूनीकरण गर्न तथा स्वच्छ सहर बनाउन भन्ने समाचारमा उल्लेख छ ।


Tuesday, June 20, 2017

'गाईकाे निबन्ध' लेख्नेहरू


किशोर दहाल

खगेन्द्र संग्रौलाको निबन्ध सङ्ग्रह ‘सम्झनाका कुइनेटाहरू’को पाँचौं संस्करणको बाहिरी पातोमा ‘युवा नेता’ गगन थापाको भनाइ छ (अघिल्ला संस्करणमा पनि हुनसक्छ, तर मसँग उपलब्ध छैन), जहाँ उनले भनेका छन्–

मैले अक्षर नचिनेकाहरूको पीडा कस्तो हुँदोरहेछ भन्ने कुरा खगेन्द्र संग्रौलाका लेखबाट चिन्ने र जान्ने मौका पाएँ।

जमिनदार हजुरबुबाको जमिनदार नाति बन्ने मेरो रहरलाई खगेन्द्र संग्रौलाका कुराले ध्वस्त पारिदिए। उहाँको लेखले मलाई कहिले संरचनाको पिँधमा पारिएका महिलाहरूसँग हिमचिम गरायो, कहिले दलित, मधेसी, कमैया, ठेलिएका जाति त कहिले पेलिएका अल्पसंख्यक भाषी बन्न सिकायो। मेरा निम्ति मेरो परिवारले, मेरा गुरूकुलले निर्माण गरिदिएका परिचयहरू पनि उहाँका लेखले पालैपालो ध्वस्त गरिदिए, मेरो परिचयलाई म आफैभित्र बिलिन गराइदिए र मैले आफैभित्र आफ्नो परिचय खोज्न थालेँ।
...
‘खगेन्द्र संग्रौलाको काँध’ शीर्षकको कवितामा विनोदविक्रम केसीको एक अंश यस्तो छः

तिमीसँग एक झिल्को मात्र भए पनि
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलको एक थान काँध।
...
खासमा खगेन्द्र संग्रौला को हुन् भनेर बुझ्न यी दुई उद्धरण उपयोगी छन्। यद्यपि, उनको लेखनलाई सकारात्मक मूल्याङ्कन मात्रै गरिनुपर्छ भन्ने होइन, तर उनको लेखन क्षमतालाई थापाको प्रतिक्रिया र उनको विचारको निरन्तरतालाई केसीको कविताले धेरै हदसम्म पुष्टि गर्छ।

Tuesday, June 13, 2017

झिंगे दाउमा अल्झिएका प्रचण्ड

किशोर दहाल

जिन्दगीमा सानातिना उद्देश्यमा अल्झिनुहुँदैन भन्ने उदाहरण दिनका लागि प्रचण्ड एउटा उपयुक्त पात्र हुन् । छबिलालदेखि प्रचण्डसम्मको यात्रा, जनयुद्धको नेतृत्वकर्ता र पछिल्ला राजनीतिक उपलब्धीहरु तथा दुईदुई पटकको प्रधानमन्त्रीको जिम्मेबारीले उनको व्यापक उद्देश्यलाई पछ्याउने स्वभावलाई पुष्टि गर्छ । सानातिना उद्देश्यमा नअल्झने उनको स्वभावले नै उनलाई अहिलेको राजनीतिक उथलपुथलको नेतृत्वकर्ताको रुपमा उभ्याइदियो ।

केही कमजोरीका बाबजुद पनि प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले धेरै सकारात्मक सन्देश नै प्रवाह गरेको छ । त्यसले माओवादी र प्रचण्डका अघिल्ला दिनका भूमिकालाई सहज तुल्याउने मार्ग खोलिदिएको छ । टुक्रिएर गएका दलहरुले आफ्नो प्रभाव देखाउन नसकिरहेको बेलामा माओवादीको यस किसिमको जब्बर उपस्थितिले प्रचण्डलाई नेपाली राजनीतिले अरु केही वर्ष किङमेकरको रुपमा स्वीकार गरिरहनेछ भन्ने स्वीकार्न उनका विरोधीहरु पनि बाध्य छन् ।

गौरवपूर्ण इतिहास र एउटा ‘सफल’ सरकारको नेतृत्व गरेका तथा आगामी दिनमा पनि राजनीतिको केन्द्रमा रहने उनै प्रचण्ड भरतपुर महानगरपालिकाको मेयर पदको चुनावमा भने लज्जास्पद रुपमा मुछिए । माओवादी पार्टीका नाममा भरतपुरमा जे जे भए, ती सबैले प्रचण्डलाई थप बदनामीको खुड्किला चढाइरहेका छन् । पुत्री रेणुको जबर्जस्त ‘विजय’का लागि उनले घोषित वा अघोषित, बोलेर वा नबोलेर र चाहना राखेर वा दबाब दिएर जस्तो वातावरणको सहजीकरण गर्न खोजे त्यसले उनलाई घाटा नै पुगेको छ । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा पुनः शंका गर्न थालिएको छ ।

रेणु दाहाललाई प्रचण्डबाट अलग्याएर हेर्दा भरतपुर महानगरपालिकाको मेयर पदमा उनको उम्मेदवारी अस्वभाविक थिएन । उनी पहिलो संविधानसभाको सदस्य, दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ कि उम्मेदवार र पार्टीमा २०५३ सालदेखि सक्रिय रहेकी उनी हल्ला गरिएजस्तो एकैपटक राजनीतिमा उदाएकी थिइनन् । तर, उनको उम्मेदवारीलाई प्रचण्डबाट अलग्याएर हेर्न नसकिने बाध्यता हामीसामू छ ।

Sunday, June 11, 2017

मिडिया उपयोगको सुशीला संस्करण

किशाेर दहाल /

एकजना युवा थिए– दिल निशानी मगर । पूर्वमाओवादी कार्यकर्ता । सेतोपाटीमा नियमित आर्टिकल लेख्थे । र, उनको लेखनको मूल केन्द्र हुन्थ्यो– प्रचण्ड र उनी नेतृत्वको माओवादी पार्टीको आलोचना । आन्तरिक कारण जे होला; तर हामी पाठकले बुझेका कुरा– जब उनीसँग माओवादी नेतृत्वलाई खुइल्याउन सघाउ पु¥याउने सूचना सकिए, गालीहरु र आरोपहरु पुनरावृत हुन थाले, त्यसपछि सेतोपाटीका ढोका उनका लागि बन्द भयो । जनयुद्धमा लडेका र माओवादीको पछिल्लो स्थितिप्रति असन्तुष्ट पूर्व छापामारको उपयोग सेतोपाटीले मज्जैले गर्यो‍ ।

अर्का लेखक थिए– पुस्कर गौतम । उनी हिमाल खबरमा लेख्थे । माओवादीलाई खुइल्याउँनु उनको पनि लेखकीय विशेषता थियो । तर, जब उनी पनि रित्तो हुँदै गए, उनका पनि दिन सुखद रहेन । प्रहरीले उनलाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोग (जुन मुद्दाकै कारण बालकृष्ण ढुङ्गेल फरार छन्) पक्राउ गर्दा उज्यालो ९० नेटवर्कमा प्रकाशित समाचार यहाँ जोडौं– युद्धकालमै असहमति राखेर ... पार्टी  छोडेपछि हिमाल खबर पत्रिकालगायतका पत्रपत्रिकामा लेख लेखेर चर्चा कमाएका गौतम तीन वर्ष बेलायत बसेर फर्किएका थिए ।

व्यक्तिप्रति, पार्टीप्रति, आन्दोलनप्रति सीमित सूचना र बढी आक्रोश भएका पात्रलाई निश्चित समयसम्म उपयोग गर्न सहज हुन्छ मिडियालाई । ती ‘लेखक’ आफ्नो निरन्तरको लेखन क्षमता वा विचार निर्माणबारे बोध हुँदैन । परन्तु केही सूचना र बढी आवेग हुन्छ । पाठकको ध्यान तान्न त्यस्ता सूचना उपयोगी पनि हुन्छन् । त्यसो त, कडा शब्दमा गाली गर्नु हाम्रो समाजमा आँट र साहसको बिम्ब बन्दै गएको पनि छ । अर्कोतिर प्रतिष्ठित मिडिया हाउसले त्यस्ता लेखकलाई उपयोगको समयसम्म सुरक्षा र लेखकीय प्रभावको भ्रम पनि सिर्जना गरिदिन्छन् । जसले व्यक्तिलाई आफ्नो नक्कली हैसियतको टाकुरामा पु¥याइदिन्छ । त्यसो त, मिडियाको गलत नियतको बारेमा कमैले मात्रै थाहा पाउँछन् । र , झन् कमैले असन्तुष्टि पोख्छन् वा त्यसबारे सचेत बन्छन् । त्यसैले त उपयोगको रणनीतिमा फरकफरक पात्रहरु फरकफरक समयमा ‘मुर्गा’ बनिरहन्छन् ।

Thursday, June 1, 2017

नयाँ 'कोतपर्व' लाई मान्यता दिनु हुँदैन

बाबुराम भट्टरा

०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा “कोतपर्व” घट्यो । राजा वीरेन्द्र सहित राजपरिवारका प्राय: सबै सदस्यहरुको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य–तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका–उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । “पाप धुरीबाट कराउँछ” भनेझैं त्यस घटनबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर यतिबेला सरकारी सूत्रहरु र तिनका विदेशी मालिकहरुबाट जुन कुराहरु प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् । खासगरी जुन ढंगले “प्रेम प्रसङग” र “दुर्घटना” को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङकाको सुई उनीहरुतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य–तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्‍याइरहेको छ । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ “कोतपर्व” का खलनायकहरुलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ ।

किन रोजियो ‘लास्टमा मःम’ ?

किशोर दहाल 

साझा पार्टी गठन गरेपछि चैतको अन्तिमतिर पोखरामा आयोजित एउटा कार्यक्रममा आफ्नो साथीको फेसबुक स्टाटसलाई जोड्दै रवीन्द्र मिश्रले भनेका थिए‘नेपाली मतदाताको बानी के छ भने रेस्टुरामा गएर मेनु हेर्यो, हेर्यो, हेर्यो र लास्टमा मःम मगाएजस्तै सबै पार्टीहरू हेर्यो, हेर्यो, हेर्यो अनि मेरा बाजेबराजुले, मेरा बुबाले कसलाई भोट खसालेका थिए भन्दै उसैलाई भोट खसाल्यो । अब त्यसै गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरू खराब होइनन्, मतदान गर्ने जनता खराब हुन् भन्नुपर्ने हुन्छ ।’

मिश्रले भनेजस्तै अन्ततः अधिकांश मतदाताले ‘मःम’मै स्वस्तिक छाप लगाइदिए र आफू ‘खराब’ नै भएको सूचना दिए । र, मिश्रलाई एउटा नयाँ सन्देश सुनाए— मःमलाई खराब भन्नुबाहेक नयाँ खाजाको विशिष्ट पहिचान खुलेन । यसलाई यसरी पनि भन्न सकिन्छ, वैकल्पिक र नयाँ भनिने पार्टीहरूले पनि आफ्नो विशिष्ट पहिचान प्रस्तुत गर्न सकेनन् । त्यसैले पुराना पार्टी नै रोजाइमा परे । यद्यपि, उनीहरूले प्राप्त गरेको सम्मानजनक मतले गर्ने संकेतलाई भुल्नु भने हुँदैन ।

पुराना पार्टीको जितको आधार

मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
तर, यसबाहेक निर्वाचन जित्नका लागि स्थायी जनमत चाहिन्छ । त्यो दलीय संगठनका रूपमा क्रियाशील भइरहेको हुन्छ । स्थापित पार्टीको संगठन निर्माण र निरन्तरताको केही फरक–फरक अनुभव भए पनि तिनको समानताचाहिँ स्थानीय स्थायी संगठन नै हो । केन्द्रमा जतिसुकै गडबडी वा अलोकप्रियता छाएको अवस्थामा पनि स्थानीयस्तरमा संगठनले पार्टीलाई जिउँदो बनाइराख्छ । चलायमान बनाइराख्छ।

Wednesday, May 24, 2017

एक प्रचण्डका दुई राजीनामा सम्बोधन, कति अन्तर कति समान?

किशोर दहाल

प्रधानमन्त्रीको रुपमा प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ गते कुल ४६४ मत (खसेको मत ५७७) का साथ निर्वाचित भएका थिए। र, २०६६ वैशाख २१ गते राजीनामा दिएका थिए। दोस्रो पटक भने २०७३ साउन १९ गते कुल ३६३ मत (खसेको मत ५७३) का साथ निर्वाचित भएका थिए। र, उनले दोस्रो कार्यकालको अन्त्य गर्दै २०७४ जेठ १० गते राजीनामा दिएका छन्। पहिलो पटक सरकार बनाउँदा उनले मुख्य रुपमा एमालेको साथ लिएका थिए भने दोस्रो पटक कांग्रेससँग। अन्य सहयोगी भने लगभग उस्तै।

उनको राजीनामा दुवै पटक चर्चित रह्यो। पहिलो पटक उनले आकस्मिक रुपमा राजीनामा दिएर सबैलाई छक्क पारेका थिए भने दोस्रो पटक सहमति पालना नगर्ने र सत्ता छाड्न गाह्रो मान्ने परम्परालाई तोड्दै। पहिलो राजीनामामा शब्दमै उल्लेख नगरे पनि उनको राजीनामासँग द्वैध सत्ताको नैतिकता जोडिएको थियो। प्रधान सेनापति रुकमाङ्गत कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध 'राष्ट्रपतिले केही शंकास्पद शक्तिहरुको उक्साहट र दबाबमा कदम चालेपछि' प्रधानमन्त्री नैतिक संकटमा धकेलिए। र, उनले राजीनामा दिए।

तर, दोस्रो राजीनामामा भने उनले नैतिकतालाई उल्लेख नै गरे र भने, 'मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु।'

यसका साथै प्रचण्डको राजीनामामा अन्य केही समानता र असमानता पाइन्छ। विशेष गरी उनमा सैद्धान्तिक र प्राप्तिको राजनीतिबाट व्यवहारिक राजनीतितिरको अवतरण महसुस गर्न सकिन्छ। पहिलो राजीनामामा उनले आफू अघिअघि हिँड्न खोजेको, अन्य दललाई पनि आफ्नै गतिमा हिँडाउन खोजेको तर उनीहरु नमानेको झलक दिएका थिए। तर, अहिले आफू सबैको साथसाथै हिँडेर सबैको स्वीकार्य नेतृत्वको भूमिका खेल्न खोजेको र केही हदसम्म सफल पनि भएको बताउन खोजे। यसलाई नकार्नुपर्ने कारण छैन।

Tuesday, May 23, 2017

एमाले अर्थात् उडन्ते गफको स्रोत

किशोर दहाल

चुनावको केही दिन अघि फेसबुक र ट्वीटरमा एउटा स्क्रीनसट निकै हिट भइरहेको थियो । ‘फेसबुकका मालिक मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरेको’ भन्ने समाचार लिंकको स्क्रीनसट देखेर हाँसेको थिएँ । समाचारको शीर्षक नै एमाले सचिव योगेश भट्टराइको भनाइमा आधारित रहेको थियो । चुनाव प्रचार प्रसारमा आफ्नो पार्टीलाई केकति कारणले राम्रो देखाउने भन्दा पनि अर्को पार्टीलाई खुइल्याउने धन्दा चलिरहेको समयमा कोही विपक्षी ‘हनुमान’ले प्रविधीको दुरुपयोग गरेको हुनसक्ने ठहर गरेँ ।

तर, स्क्रीनसट भाइरल भएको भोलिपल्टै नयाँ पत्रिका दैनिकको अनलाइन संस्करण हेर्दै जाँदा एउटा समाचार शीर्षकमा आँखा प¥यो । समाचार शीर्षक थियो–


भट्टराईलाई जोडेर भाइरल भइरहेको स्क्रीनसट सत्य नै रहेछ ।

पहिलो संविधानसभाको विघटन भएपछि जताततै निराशा छाइरहेको अवस्थामा बीबीसी नेपाली सेवाका लागि एउटा स्रोता प्रतिक्रिया पठाएको थिएँ । जसमा मैले योगेश भट्टराइलाई पनि जोडेको थिएँ । रेकर्ड गरिएको सबै आवाज त प्रशारित भएन । तर, प्रशारित भएको अंश यति थियो–

बिना उपलब्धी संविधानसभाको अन्त्य भएपछि दलका नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । अब के होला भन्ने अन्योलको माझमा पनि बौद्धिक वर्गद्वारा रुचाइएका गगन थापा, योगेश भट्टराइ र वर्षमान पुन ‘अनन्त’ जस्ता युवा नेताहरु भने मौन छन् । युवा नेताहरुको भूमिका सधैंभरि बृद्ध नेताले देखाइदिएको बाटोमा हिँड्नु मात्रै हो र ?