दोस्रो जनआन्दोलनको सफलतासँगै नेपालमा पहिचानको मुद्दा जोडतोडका साथ उठ्यो । विशेषगरी पृथ्वीनारायण शाहको 'एकीकरण' अभियानसँगै रणनीतिक रूपमा दबाइएका थुप्रै समुदायले आफ्ना विशिष्ट पहिचानको खोजी गर्न थाले । आन्दोलनहरू भए । कतिपयले यसलाई अराजकतासँग जोडे र पृथ्वीनारायणले एकीकरण गरेको मुलुकलाई पुनः टुक्राउन खोजेको अर्थमा व्याख्या गरे । धेरै कमले मात्रै शाह राजाहरूले राष्ट्रियताको प्रबद्र्धनका नाममा ‘होमोजेनियस’ नेपाली जातिको उत्पादन गर्न खोज्दा विविध समुदायले सहेको लामो दलनविरुद्ध विद्रोह भनेर बुझे । एकै किसिमको नेपाली जाति उत्पादन गर्न खोज्दा यहाँका धेरै समुदायको आत्मसम्मान, स्वाभिमान, सिर्जनशीलता, रचनात्मकतामा कसरी अवरोध पुग्यो, उनीहरूलाई कसरी शिर झुकाएर जिउन बाध्य पारियो भन्नेमा धेरै कमले चासो दिए । तिनै कममध्येका एक जना लेखक हुन्, युग पाठक । जसले आफ्नो पछिल्लो पुस्तक ‘माङ्गेनाः नेपाल मन्थन’मा सम्पूर्ण जनता र राष्ट्रको शिर उठाउन जरुरी भइसकेको आवश्यकता प्रस्तुत गरेका छन् ।
लिम्बू शब्द माङ्गेनाको दार्शनिक अर्थ हो– मान्छेको शिर झुक्नु हुँदैन । इतिहासदेखि शिर झुकाएर, आफ्नै देशमा अपमान सहेर बाँच्न बाध्य नागरिकको शिर नउठाइकन, उनीहरूमा आत्मविश्वास र स्वाभिमानको प्राण नभरिकन मुलुकले अगाडि बढ्ने नैतिक बल पाउँदैन भन्ने मूल आशय पुस्तकको छ । माङ्गेना शब्दले शिर उठेको व्यक्तिमाथि गरेको कल्पनालाई लेखकले यहाँका अनेक समुदाय र सिंगो राष्ट्रसँग जोडेका छन् ।
पुस्तकमा केही अनुसन्धानमूलक आलेख र केही खुला निबन्ध छन् ।जसमा नेपालको अवधारणा र पुनःपरिकल्पना, विकास, बौद्धिकता, मिडिया, भाषा र रेमिटेन्सलगायत १२ विषय समेटिएका छन् । केही खुला निबन्ध यसअघि नै राष्ट्रिय पत्रिका र जर्नलमा प्रकाशित भइसकेका छन् । प्रकाशित सम्पूर्ण आलेखमा लेखकले आफ्नो ज्ञानको फराकिलो दायरा र लेखनको विशिष्ट क्षमतालाई प्रस्तुत गरेका छन् । पूजापाठले रंगिएको नेपाली इतिहासको पत्र–पत्र छुट्याएर देखाइदिएका छन् । इतिहासको भाष्य राजाको स्तुतीगानमा होइन, जनताको पसिना र सपनाले सिञ्चित हुनुपर्ने उनको तर्क छ । मुख्यतः नेपालीकरण, नेपाली भाषा, राष्ट्रियताको जुन भाष्य प्रचलनमा छ, त्यसलाई उधिन्ने प्रयास गरेका छन् । त्यस्तो भाष्यलाई स्वभाविक सत्य बनाउन, आदत र सम्मति स्थापित गर्न गरिएको प्रयत्नहरूको लामो व्याख्या गरिएको छ ।