Pages

Showing posts with label मिडिया. Show all posts
Showing posts with label मिडिया. Show all posts

Wednesday, August 2, 2017

महिलालाई किन 'मोडल' नै बनाउन खोजिन्छ?

किशोर दहाल

केही दिनअघि एउटा समाचार प्रकाशित भयो- नेपाली सेनाभित्र एउटा गुल्मको नेतृत्व महिला अधिकृतले गर्ने। सेनाभित्र छुट्टै महिला गुल्मको तयारी भइरहेको र त्यसको नेतृत्व मेजर सृष्टि खड्काले गर्ने समाचारमा उल्लेख छ।
राज्यको नेतृत्वमा महिलाको उपस्थिति बढ्दै गएको छ। विद्यादेवी भण्डारी राष्ट्रपति छिन्, ओनसरी घर्ती सभामुख छिन्। केहीअघिसम्म प्रधानन्यायाधीशको पदमा सुशीला कार्की थिइन्। तर, केही पदहरूमा महिलाको उपस्थिति देखिए पनि समाजमा महिलासँग जोडिएका विभेद कम भएका छैनन्। मुख्यतः महिलाको हकमा स्वभाविक अवसर विकास हुन सकेका छैनन्। महिला भएकै कारण प्राप्त हुने अवसरले होइन, स्वभाविक रूपमा महिलाको दाबी हुनसक्ने स्थितिले मात्रै परिवर्तनको आभाष दिलाउन सक्छ। जे होस्, खड्काको खबरले खुसी थपेकै हो। केही समयअघिसम्म सेनामा महिलाको उपस्थिति नै असम्भव प्राय: थियो, अहिले गुल्म कै सही; नेतृत्व गर्ने क्षमता विकास भएको छ। कालान्तरमा समग्र सैनिक सेवाको नेतृत्व गर्ने दिन पनि आउला।

Sunday, June 11, 2017

मिडिया उपयोगको सुशीला संस्करण

किशाेर दहाल /

एकजना युवा थिए– दिल निशानी मगर । पूर्वमाओवादी कार्यकर्ता । सेतोपाटीमा नियमित आर्टिकल लेख्थे । र, उनको लेखनको मूल केन्द्र हुन्थ्यो– प्रचण्ड र उनी नेतृत्वको माओवादी पार्टीको आलोचना । आन्तरिक कारण जे होला; तर हामी पाठकले बुझेका कुरा– जब उनीसँग माओवादी नेतृत्वलाई खुइल्याउन सघाउ पु¥याउने सूचना सकिए, गालीहरु र आरोपहरु पुनरावृत हुन थाले, त्यसपछि सेतोपाटीका ढोका उनका लागि बन्द भयो । जनयुद्धमा लडेका र माओवादीको पछिल्लो स्थितिप्रति असन्तुष्ट पूर्व छापामारको उपयोग सेतोपाटीले मज्जैले गर्यो‍ ।

अर्का लेखक थिए– पुस्कर गौतम । उनी हिमाल खबरमा लेख्थे । माओवादीलाई खुइल्याउँनु उनको पनि लेखकीय विशेषता थियो । तर, जब उनी पनि रित्तो हुँदै गए, उनका पनि दिन सुखद रहेन । प्रहरीले उनलाई उज्जनकुमार श्रेष्ठको हत्या अभियोग (जुन मुद्दाकै कारण बालकृष्ण ढुङ्गेल फरार छन्) पक्राउ गर्दा उज्यालो ९० नेटवर्कमा प्रकाशित समाचार यहाँ जोडौं– युद्धकालमै असहमति राखेर ... पार्टी  छोडेपछि हिमाल खबर पत्रिकालगायतका पत्रपत्रिकामा लेख लेखेर चर्चा कमाएका गौतम तीन वर्ष बेलायत बसेर फर्किएका थिए ।

व्यक्तिप्रति, पार्टीप्रति, आन्दोलनप्रति सीमित सूचना र बढी आक्रोश भएका पात्रलाई निश्चित समयसम्म उपयोग गर्न सहज हुन्छ मिडियालाई । ती ‘लेखक’ आफ्नो निरन्तरको लेखन क्षमता वा विचार निर्माणबारे बोध हुँदैन । परन्तु केही सूचना र बढी आवेग हुन्छ । पाठकको ध्यान तान्न त्यस्ता सूचना उपयोगी पनि हुन्छन् । त्यसो त, कडा शब्दमा गाली गर्नु हाम्रो समाजमा आँट र साहसको बिम्ब बन्दै गएको पनि छ । अर्कोतिर प्रतिष्ठित मिडिया हाउसले त्यस्ता लेखकलाई उपयोगको समयसम्म सुरक्षा र लेखकीय प्रभावको भ्रम पनि सिर्जना गरिदिन्छन् । जसले व्यक्तिलाई आफ्नो नक्कली हैसियतको टाकुरामा पु¥याइदिन्छ । त्यसो त, मिडियाको गलत नियतको बारेमा कमैले मात्रै थाहा पाउँछन् । र , झन् कमैले असन्तुष्टि पोख्छन् वा त्यसबारे सचेत बन्छन् । त्यसैले त उपयोगको रणनीतिमा फरकफरक पात्रहरु फरकफरक समयमा ‘मुर्गा’ बनिरहन्छन् ।

Friday, December 23, 2016

सम्पादकको अवसान


प्रतीक प्रधान
 
भारतका एकजना प्रतिष्ठित पत्रकार तथा विभिन्न ठूला पत्रिकाका सम्पादक रहिसकेका भारत भुषण हालै नेपाल भ्रमणमा रहेका बेला एउटा सार्वजनिक संवादमा घोषणा गरिदिएसंसारको सबैभन्दा ठूलो लोकतन्त्रमा सम्पादकको अवसान भएको छ। तर यो चिन्ता उनको मात्र होइन। 

भारतीय पत्रकारिताको इतिहास बुझेको सबैले भन्छन् अब भारतमा पत्रकारिता छैन केबल विज्ञापनकारिता बाँचेको छ। अर्थात् अब समाचार र विज्ञापनबीचको विभेद हटेको छ। पाठकहरू विज्ञापनका लागि पत्रिका किन्छन् वा टेलिभिजन हेर्छन् र प्रकाशकहरू विज्ञापन बेच्न पत्रिका छाप्छन् वा कार्यक्रम प्रसारण गर्छन्।

कामकुरो एकातिर, कुम्लो बोकी 'कुसुम'तिर

मोहन मैनाली

गोरखाकी कुसुम श्रेष्ठ तरकारी बोकेर बजार आइन् । यसो गर्नु उनका लागि नौलो थिएन । तैपनि, उनको फोटो सामाजिक सञ्जालमा छापियो । यहाँसम्म ठीकै थियो । त्यसपछि उटपट्याङमा रमाउने भारतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा उनी छाइन् । यसपछि हाम्रा सञ्चारमाध्यममा आइन् ।

विदेशमा धेरै प्रचार पाएकी कुसुमबारे अलिअलि जानकारी हाम्रा सञ्चारमाध्यममा आयो । यसले केही नेपालीमा रहेको कुसुमबारेको खसखस मेटाइदियो । यतिसम्म त ठीकै थियो तर विस्तारै हाम्रा सञ्चारमाध्यम उनका पछि ज्यान दिएर लागे । नेपाली सामाजिक सञ्जालमा सञ्चारमाध्यमको यस्तो प्रवृत्तिको आलोचना भयो । काम न काजका विषयमा ध्यान दिएको भनी सञ्चारमाध्यममाथि निकै रिस पोखियो ।

हामी बेलाबेलामा कम महत्त्वपूर्ण विषयका पछाडि लाग्छौं । कहिलेकाहीँ त पछि लाग्नै नहुने विषयका पछि लाग्छौं । यसका केही बेफाइदा छन्- पहिलो, पत्रकारितामा आउने नयाँ मानिसलाई पत्रकारिता भनेको यही रहेछ भन्ने भान पर्छ । दोस्रो, यस्ता काम बारम्बार दोहोर्‌याउँदै जाँदा हामी पहिलेदेखि पत्रकारिता गरिराखेका मानिसलाई पनि नपत्रकारिता पनि पत्रकारिताजस्तो लाग्न थाल्छ । तैपनि हामी यसो गरिरहन्छौं । नपत्याए हामीले गरेका केही नकामका उदाहरण हेरौं ।

रहेन पत्रकारिता राज्यको चौथो अंग

मोहन मैनाली
सिद्धान्ततः पत्रकारितालाई राष्ट्रको चौथो अंग मानिएको छ । भनिआएका कुरा नकार्न दह्रो प्रमाण चाहिन्छ । तर, पत्रकारितालाई चौथो अंग भन्न सक्ने अवस्था भने छैन । हामी चौथो अंगबाट अरू नै अंगमा रूपान्तरित भयौँ कि ? चौथो अंग हुनाका लागि त आवाजविहीनका आवाज उठाउने, नसुनिएका कुरा सुनाउने गर्नुपर्छ । अनि मात्रै पत्रकारितालाई चौथो अंग भनेर दाबी गर्न सकिएला । शक्ति र सत्तामा हुनेले जसरी, जुनवेला प्रयोग गर्छन्, त्यसरी नै हामी प्रयोग भइरहेका छौँ । लाग्छ- हामी आपै"m शक्तिमा बसेकालाई दुरुपयोग गर्न सहमति दिँदै आएका छौँ 


भनिन्छ- पत्रकारितामा आउन चाहने मानिस शिक्षित हुनुपर्छ । सायद हाम्रोमा त्यो अवस्था छैन कि ? हरेक दृष्टिले पत्रकारितालाई गौरवमय व्यवसाय बनाई शिक्षित वर्गलाई यतातिर आकषिर्त गर्दै हामी अर्काको लठ्ठी बन्नबाट जोगिनुपर्छ । नत्र हामीले विवेक गुमाउँदै जान्छौँ । विवेक त अरूले पनि गुमाइरहेका छन्, तर उनीहरू आफ्नो स्वार्थका लागि विवेकी छन् । हामीचाहिँ आफ्नो स्वार्थसम्म पनि नहेर्ने भयौँ 
हामी अरूले गरेको गल्तीचाहिँ खुट्टयाउँछौँ, आफूले गरेको गल्ती खुट्टयाउन अरूलाई मौका दिँदैनौ । त्यसो भएपछि नेपाली सञ्चारमाध्यमलाई कसरी सबैको भरोसायोग्य मान्ने ? हामीले अस्तिको दिन लेखेको समाचार आजसम्म सही भयो कि भएन भनेर आत्मसमीक्षा गर्नपट्ट िकहिल्यै लागेनौ । ६ महिनाअघि लेखेकै कुरा ६ महिनापछि पनि लेखिरहेका हुन्छौँ । लेख्नै पर्छ भने 'योचाहिँ अस्तिकै सदर है' भनेर लेखिदिए भइगयो नि 

संकटमा सम्पादक

नारायण वाग्ले

सन् १९९९ को भारत र पाकिस्तान वार्ता असफल भएपछि द्विदेशीय सम्बन्ध सिंहावलोकन छलफल कार्यक्रमको प्रमुख वक्ता बनेर पाकिस्तानी अंग्रेजी पत्रिका ‘फ्राइडे टाइम्स'का सम्पादक नजम सेठी भारत आएका थिए। कार्यक्रम समापनपछि आफ्नो देश फर्केकै राति सेनाले उनको घरमा छापा मारेको थियो र बन्दुक देखाउँदै उनलाई पिटेको थियो। उनकी श्रीमती तथा टाइम्सकी प्रकाशक जुगनु मोहसिनले पक्राउ पुर्जी माग्दा एउटा सिपाहीले ठाडो जवाफ दिएको थियो, 'केको पुर्जी? म यिनलाई यहीँ गोलीले भुटिदिन्छु र पुर्जीका रूपमा उनको शव छाडिदिन्छु।' त्यसपछि आफ्नो देशविरुद्ध बोलेको भन्दै सेनाले उनलाई राष्ट्रघातको अभियोग लगाएर अज्ञात ठाउँमा थुनेको थियो। त्यतिखेर नवाज सरिफ प्रधानमन्त्री थिए र उनको सरकारको उच्चतहमा भइरहेका भ्रष्टाचारको खोजबिन सेठीले छापिरहेका मात्र थिएनन् बाहिरी सञ्चार माध्यमसँग त्यसबारे अन्तर्वार्ता दिइरहेका पनि थिए।

साँघुरो राष्ट्रवाद भारत र पाकिस्तानका विशेषता बनेको औंल्याउने सेठी मूलधारका भारतीय र पाकिस्तानी सञ्चार माध्यमका आलोचक हुन्। भारत र पाकिस्तानबीच समस्या बढाउन मिडिया आफै लागेको उनी ठान्छन् किनकि दुई देशका प्रधानमन्त्रीहरू शान्तिका लागि छिमेकी राजधानीमा हात बढाउन पुग्दा सबभन्दा विरोध पत्रकारहरूले गरेको पाइएको छ। भारतीय प्रधानमन्त्रीले पाकिस्तानसँग सम्बन्ध सुधार्न लागे भने बढी विरोध भारतीय पत्रकार गर्छन्। त्यस्तै पाकिस्तानी प्रधानमन्त्रीले भारतसँग सम्बन्ध विकास गर्न लागे भने त्यसको बढी विरोध गर्ने पाकिस्तानी पत्रकार हुन्छन्।

मिडिया अर्थात् संगठित झुट

उमेश चौहान

मिडिया पब्लिक रिलेसन भनेको संगठित झुट होभारतीय वरिष्ठ पत्रकार विनोद मेहताले आफ्नै पत्रिका आउटलुकमा गत डिसेम्बरमा यस्तो लेखेपछि पत्रकारिताका धेरै विद्यार्थी स्तब्ध भए उनको भनाइ जति विष्मयकारी , उनले दिएको उदाहरण त्यत्तिकै जोडदार प्रधानमन्त्री डा. मनमोहन सिंहको निमन्त्रणामा गत डिसेम्बरको तेस्रो साता भारत भ्रमणमा आएका थिए बेलायती प्रधानमन्त्री डेभिड क्यामरुन दिल्लीमा राष्ट्रपति मुखर्जी प्रधानमन्त्री डा. सिंहलाई भेटेपछि क्यामरुन सीधै कोलकातातिर लागे इस्टइन्डिया कम्पनीले कोलकातामा पहिलो पाइला राखेर तथा पछि चालेर सिंगो भारतमाथि शासन गरेको थियो भन्ने बिर्सिएजस्तो गरी कोलकातामा क्यामरुनको भव्य स्वागत भयो रातापहेँला बत्तीले जगमगाउँदा दर्जनौँ गाडीका बीचमा कोलकाताको सहरमा हुइँकिएका क्यामरुनले आफ्नो गाडी बीचबाटोमै रोक्न चालकलाई आदेश दिए शक्तिशाली देशको पाहुना प्रधानमन्त्रीको गाडी अचानक बीचमै रोकिएपछि अगाडि बढिसकेका सुरक्षाकर्मीका गाडीका लस्कर सेकेन्डमै ब्याकगेयर फर्किए अपशकुनको सन्त्रासमा सुरक्षाकर्मीले हतियार सोझ्याए, ब्रेकिङ न्युजको आशमा पत्रकारले क्यामरा तेस्र्याए कोलकाताको पार्क स्ट्रिट क्षणभरमै संसारभरिको सबैभन्दाह्यापेनिङ स्पटबनिसकेको थियो त्यहीबीचमा क्यामरुन महोदय गाडीबाट टक्क झरेर फुटपाथतिर लम्किए, फुटपाथमा अनुराग चौहान सधैँजस्तै स्ट्रिट फुड बेचिरहेका थिए प्रधानमन्त्री महोदयले चौहानको भेण्डरमा सबै परिकार हेरेपछि दालबडा अर्डर गरे माहोल स्तब्ध थियो, जब क्यामरुनले पुदिनाको चट्नीमा चोबेको दालबडा खाएर चट्ट जिब्रो पड्काए, एकैपटक पचासौँ क्यामराका फ्ल्यास झलल्ल बले क्यामरुनले १० पाउन्डको नोट दिएर चौहानको यो जुनी सार्थक बनाउँदै गाडीमा फर्किए, उनको लावालस्कर अगाडि बढ्यो उनले गाडीबाटै ट्विट गरे, ‘कोलकातामा दालको मसलादार केक निक्कै मनपर्यो

सम्पादकको ध्यान कता छ?


आकार पटेल-

'दक्षिण केरोलिनाका पुलिस अधिकारीमाथि हत्या आरोप तय' आठ अप्रिलमा अमेरिकाको न्यूयोर्क टाइम्समा यो मुख्य खबर थियो। उक्त पुलिस अधिकारीले एक निहत्था काला जातीका व्यक्तिको हत्या गरेका थिए।

पछिल्लो केही महिनाबाट विभिन्न अपराधको रेकर्ड भएका काला जातिका व्यक्तिहरुमाथि गोरा जातिका पुलिसकर्मीहरुले गोली हान्ने घटनाले अमेरिका त्यहाँको मिडियामा आक्रोश पैदा भएको छ।

अब भारतमा हेरौँ। आठ अप्रिलमै भारतको टाइम्स अफ इण्डियको मुख्य खबर थियो- 'मल्टिप्लेक्स सिनेमाहलमा साँझ बजे मराठी फिल्म देखाउन अनिवार्य' दिल्लीमा हिन्दुस्तान टाइम्सको मुख्य खबर थियो- डिजेल गाडीको लागि १० बर्षको समयसीमा।

यी पत्रिकाहरुको समाचारको मुख्य खबर अन्य विषयमा त्यतिबेला छापियो जसको ठिक एक दिन पहिला आन्ध्र प्रदेश पुलिसले काठ चोरीको घटनामा २० जनाको हत्या गरेको थियो। जसमा अधिकांश तमिल थिए।

पत्रकारितालाई सबभन्दा खतरा मिडियाबाटै


पी साइनाथ

एक पत्रकारका निम्ति कुनै पनि घटनामा ‘यसरी काम गर्नुपर्छ’ भनेर कतै उल्लेख छैन। पत्रकारको पहिलो कर्तव्य नै जे देखेको छ त्यसलाई जस्ताको त्यस्तै वर्णन गरिदिने हो। 
 

तर, जतिबेला प्रतिभावान तन्नेरीहरू सीप र प्रतिबद्धताका साथ यस पेसामा आकर्षित भइरहेका छन्, ठीक त्यही बेला मिडिया आफैं प्रतिगामी दिशातर्फको संक्रमणमा गइरहेको छ। जे–जस्ता समाचारले असमानताका कथा बोकेका हुन्छन्, त्यस्ता समाचार निम्ति आवश्यक पर्ने ‘बिट’हरू नै पत्रकारिताबाट हराउँदै गइरहेका छन्। यो पत्रकारिताका निम्ति गजबकै ‘ट्रेजेडी’ हो।


मैले यस पेसामा ३६ वर्ष बिताइसकेको छु। सन् १९८० को सेप्टेम्बर पहिलो तारिखका दिन युनाइटेड न्युज अफ इन्डिया (युएनआई) मा मैले काम सुरु गरेको थिएँ। त्यतिबेला मेरो जोश र जाँगर नै बेग्लै थियो। मैले अत्यन्त उच्च मनोबलका साथ पत्रकारिता गरिरहेका सिनियरहरूसँग काम गर्ने मौका पाएको थिएँ।


एकदिन युएनआईको क्यान्टिनमा एउटा गतिलै झडप भयो। बिजनेस रिपोर्टरले लेबर रिपोर्टरलाई खुलेआम पिटिदिए। त्यही बेलादेखि लेबर रिपोर्टर हटाउन सुरु भयो। अहिले आएर यो लोप भइसकेको एउटा प्रजाति बन्न पुगिसकेको छ। आज भारतभर कुनै एउटा पत्रिकासँग पनि पूर्णकालीन लेबर रिपोर्टर छैन। आज लेबर अर्थात् मजदुरका सरोकारबारे कसले रिपोर्ट गर्छन् त भन्दा, उद्योगहरूसँग सम्बन्ध सुमधुर राख्ने दायित्व बोकेका तिनै बिजनेस रिपोर्टरहरूले।

समाचारको व्यापार


पी साइनाथ 

हामी पत्रकारहरू आफूलाई राज्यको चौथो अंग भएकोमा गर्व गर्छौं। तर, पछिल्ला तीनचार वर्षयता सञ्चार माध्यमहरू यति व्यापारमुखी हुँदै गएका छन्, यो 'फोर्थ स्टेट' (चौथो अंग) हो कि 'रियल स्टेट' (घरजग्गा कारोबार) भन्नै गाह्रो छ। अतिव्यापारमुखी सञ्चार माध्यमले संस्थागत रूपमै झुठो बोल्छ। सञ्चार माध्यमहरूबीचको चर्को प्रतिस्पर्धाले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको छ। सन् २००९ नोभेम्बर महिनामा 'दी हिन्दु'को पहिलो पृष्ठमा हामीले एउटा समाचार छाप्यौं, जसले पत्रकारितामा नयाँ शब्द जन्मायो- 'पेड न्युज' अर्थात्, पैसा लिएर छापिएको समाचार। यो शब्द महाराष्ट्रको विधानसभा निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार र विभिन्न सञ्चार माध्यमबीच भएको लेनदेनलाई आधार मानेर जुराइएको हो।

महाराष्ट्रको विधान सभामा जम्मा २ सय ८८ सिट हुन्छन्। त्यतिबेला निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको थियो। महाराष्ट्रमा हिन्दी, अंग्रेजी, मराठी लगायत विभिन्न भाषाका अखबार प्रकाशन गर्ने एउटा ठूलो सञ्चार गृहले आफ्ना नौजना सम्पादकहरूको गोप्य बैठक डाक्यो, पुनामा। बैठकमा कम्पनीका प्रमुख व्यवस्थापक, कार्यकारी अधिकृत लगायत कर्पोरेट इकाईका सबै कर्मचारी थिए।

सम्पादकको अवशान


भारत भुषण


केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये केही सार्वजनिक कम्पनी छन्। कर्पोरेट लगानी भित्रिने क्रम बढ्दो छ।  

निजी टेलिभिजन च्यानलहरू एनडिटिभी, टिभी टुडे, इन्डिया टुडे गु्रप सार्वजनिक कम्पनीमा परिणत भएका छन्। यी कम्पनी सेयर बजारमा सूचीकृत छन्। सरकारले सञ्चार माध्यममा २६ प्रतिशत वैदेशिक लगानी स्वीकृत गरेकाले विदेशी लगानीकर्ता धमाधम पत्रपत्रिकालगायत सञ्चार माध्यममा प्रवेश गरिरहेका छन्।

Tuesday, June 21, 2016

युग पाठकको ‘त्यो’ चिठी

युग पाठकले कुनैबेला कान्तिपुर दैनिकमा निकै सशक्त चिठी लेखेका थिए भन्ने कुरा एउटा ब्लगमा पढेको थिएँ । त्यसमा लेखिएको थियोः

युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो ।

पछि नयाँ पत्रिका दैनिकले ‘एउटा चिठीले चिनायो’ भन्दै युग पाठकको सोही चिठीबारे सामाग्री छापिएपछि मलाई त्यस चिठीबारे हुटहुटी झनै बढेर गयो । नयाँ पत्रिकामा छापिएको सो चिठीबारे सामाग्रीः

म ०५३र५४ सालतिरै हेटौँडा, चितवनतिर कविता लेखेर सुनाउँथेँ । ०५८ सालतिर काठमाडौंमा त्रिवुभन विश्वविद्यालय र ‘साहित्य सन्ध्या’मा मेरा कविता चर्चित नै थिए । ०६० सालदेखि ‘हेटौँडा सन्देश दैनिक’को सम्पादक भएँ, पछि ‘प्रयास’को पनि । त्यतिखेरै लेखहरू लेख्थेँ, त्यसबखत मेरो नाम दीपक पाठक नै थियो । मेरा लेखको चर्चा हुन्थ्यो, तर हेटौँडातिर मात्रै ।

०६५ सालको जेठतिर १५ दिने छुट्टी लिएर हेटौँडाबाट दामनतिर उक्लिएँ । दामन उक्लिनुको उद्देश्य थियो, ‘उर्गेनको घोडा’ लेख्ने । त्यतिखेर माओवादी युद्ध बिसाएर शान्तिप्रक्रियामा सामेल हुँदै चुनावमार्फत एक नम्बरको दल बनिसकेको थियो । म इतिहास र जनजीवनमा रुचि राख्ने मान्छे । नेपालको इतिहासको चोटिलो र विशिष्ट एपिसोडमा आधार गरेर उपन्यास लेख्ने रहर थियो । विश्व साहित्यमा नेपाली साहित्यको विशिष्टता बनाउने एउटै उपाय यहाँको जनजीवन र जनताको दृष्टिबाट देखिने इतिहास हो भन्ने कुरामा अहिले पनि म विश्वास गर्छु । एक्काइसौँ शताब्दीमा एउटा सशस्त्र कम्युनिस्ट आन्दोलन खडा गरेर माओवादीले इतिहास रचिसकेको थियो । म यो विषयलाई उपन्यासमा चित्रण गर्न चाहन्थेँ ।


तामाङ इतिहासको रहस्यमय र संघर्षमय पाटोबारे मैले दामनमै बस्दा अध्ययन गरेको थिएँ । बादलबाट उड्दै आएको उर्गेनको घोडालाई दामनमा आफूलाई बेर्न आइपुग्ने बादलमा नै मैले भेटेको थिएँ । त्यति नै वेला सारा मिडिया माओवादीको विरुद्ध लागेका थिए । शान्तिप्रक्रिया र गणतन्त्रको यात्रामा यो मिडियाको बिल्कुल गलत रणनीति थियो भन्ने मेरो बुझाइ थियो । त्यसैले उपन्यास लेख्न थाँती राखेर म एउटा चिठी लेख्नतिर लागेँ । त्यो थियो कान्तिपुर सम्पादकलाई चिठी । त्यसवेला नारायण वाग्ले सम्पादक थिए । सोह्र सय शब्दको चिठी तयार भयो । ‘मलाई थाहा छ, तपाईंले यो चिठी छाप्नुहुन्न‘’ भन्ने वाक्यबाट चिठी सुरु हुन्छ । चिठीमा पत्रिकाको ‘एडिटोरियल पोलिसी’माथि आलोचना थियो ।


अनुमानविपरीत भोलिपल्ट मेरो चिठी कान्तिपुरले जस्ताको तस्तै छापेछ । पर्सिपल्टदेखि त्यो चिठीमाथि धेरै प्रतिक्रिया आउन थाले । देशैभरि त्यो चिठीको चर्चा चल्यो । त्यो चिठी युग पाठकको नाममा छापिएको थियो । कतिलाई त्यो नाम नक्कली हो भन्ने पर्योो । तर, म त्यही नामबाट बिस्तारै नियमित लेख लेख्न थालेँ ।
अहिले सम्झन्छु, त्यो मलाई देशभरि लेखकका रूपमा स्थापित गर्ने चिठी एक साँझ आवेगमा लेखिएको थियो । म उपन्यास लेख्न बसेको थिएँ । सिमसिम पानी परिरहेको साँझ थियो । दामनमा त्यस्तो साँझ चिसो र रहस्यमय हुन्छ । भोलिपल्ट न्यानो घाम मुखमा परेर ब्युँझिँदा मेरो मोबाइल बजिरहेको थियो । मलाई थाहै थिएन, मेरोबारे पूरा सहरमा चर्चा भइरहेको रहेछ । दामनको रहस्यबाट उर्गेनको घोडाको हल्का छायाछवि बोकेर म हेटौँडा झरेँ । उपन्यासको काम तत्काललाई रोकियो ।

.................

केही प्रयास पश्चात सो चिठी हात लागेको छ । चिठी उपलब्ध गराइदिनुहुने युग पाठक ज्युलाई धन्यवाद । यद्यपि यहाँ प्रकाशित चिठी कान्तिपुरमा सम्पादन गरिनुअघिको हो ।
..................

कान्तिपुरलाई एउटा पाठकको खुला पत्र

सम्पादक ज्यू,
    मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नुहुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरु लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ । सत्य तितेपाती झैं तितो हुन्छ । मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन । कार्ल माक्र्सको शब्दमा सायद वर्गिय चेतना भनेको पनि यही हो । सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ । सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो । त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन । यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ ।