किशोर दहाल
मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
साझा पार्टी
गठन गरेपछि चैतको अन्तिमतिर पोखरामा आयोजित एउटा कार्यक्रममा आफ्नो साथीको
फेसबुक स्टाटसलाई जोड्दै रवीन्द्र मिश्रले भनेका थिए– ‘नेपाली मतदाताको
बानी के छ भने रेस्टुरामा गएर मेनु हेर्यो, हेर्यो, हेर्यो र लास्टमा मःम
मगाएजस्तै सबै पार्टीहरू हेर्यो, हेर्यो, हेर्यो अनि मेरा बाजेबराजुले,
मेरा बुबाले कसलाई भोट खसालेका थिए भन्दै उसैलाई भोट खसाल्यो । अब त्यसै
गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरू खराब होइनन्, मतदान गर्ने जनता खराब
हुन् भन्नुपर्ने हुन्छ ।’
मिश्रले
भनेजस्तै अन्ततः अधिकांश मतदाताले ‘मःम’मै स्वस्तिक छाप लगाइदिए र आफू
‘खराब’ नै भएको सूचना दिए । र, मिश्रलाई एउटा नयाँ सन्देश सुनाए— मःमलाई
खराब भन्नुबाहेक नयाँ खाजाको विशिष्ट पहिचान खुलेन । यसलाई यसरी पनि भन्न
सकिन्छ, वैकल्पिक र नयाँ भनिने पार्टीहरूले पनि आफ्नो विशिष्ट पहिचान
प्रस्तुत गर्न सकेनन् । त्यसैले पुराना पार्टी नै रोजाइमा परे । यद्यपि,
उनीहरूले प्राप्त गरेको सम्मानजनक मतले गर्ने संकेतलाई भुल्नु भने हुँदैन ।
पुराना पार्टीको जितको आधार
मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
तर,
यसबाहेक निर्वाचन जित्नका लागि स्थायी जनमत चाहिन्छ । त्यो दलीय संगठनका
रूपमा क्रियाशील भइरहेको हुन्छ । स्थापित पार्टीको संगठन निर्माण र
निरन्तरताको केही फरक–फरक अनुभव भए पनि तिनको समानताचाहिँ स्थानीय स्थायी
संगठन नै हो । केन्द्रमा जतिसुकै गडबडी वा अलोकप्रियता छाएको अवस्थामा पनि
स्थानीयस्तरमा संगठनले पार्टीलाई जिउँदो बनाइराख्छ । चलायमान बनाइराख्छ।