Pages

Showing posts with label राजनीति. Show all posts
Showing posts with label राजनीति. Show all posts

Sunday, February 4, 2018

नयाँ राजनीतिक शक्ति खोजिरहेछ मधेस

किशोर दहाल

२o७४ मङ्सिर १३ बुधबार| प्रकाशित o८:२८:oo

काठमाडौं– महेन्द्र राजमार्गको रुपनीबाट राजविराज जाँदै गर्दा लोकल बसको एउटै सिटमा बसेका एकजना शिक्षकले मधेस केन्द्रित दलको अबको भूमिकाबारे अनुमान गरेका थिए– यिनीहरुले अब केही गर्न सक्दैनन्। सक्ने भए त पहिल्यै गरिसक्थे। जनताको त्यत्रो साथ थियो।

सबैभन्दा कडा र विवादित पछिल्लो मधेस आन्दोलनलाई सरकारले दबाइदिएपछि मधेसमा बढेको राजनीतिक निराशा अझै कम भएको छैन। त्यो निराशामा सरकारप्रतिको आक्रोश र मधेस केन्द्रित दलप्रतिको अविश्वास सहजै पहिल्याउन सकिन्छ। संविधानको निर्माण प्रक्रिया र त्यसका प्रावधानप्रति असहमति राखेर भएको सो आन्दोलनले कुनै देखिने उपलब्धी हासिल गर्न नसकेपछि तिनै शिक्षकलाई झैं धेरैलाई लाग्न थालेको छ– अब यिनीहरुले सक्दैनन्।

अहिले जताततै चुनावी लहर छाएको छ। तर, मुखैमा आइसकेको चुनावमा पनि त्यो निराशाले कुनै आशाको उज्यालो पहिल्याउन सकेको छैन। कारण, चुनावी परिणामले संविधान संशोधनमा सहयोग पुर्‍याउला भनेर विश्वास गर्ने मान्छे भेट्टाउनै मुस्किल छ।

जे जति आशावादी छन्, ती विकासे सपनाले छन्। विगतको आन्दोलन र त्यसको निश्कर्ष के हुने भन्ने उनीहरुलाई खासै मतलब पनि छैन।

पार्टी आबद्धता र आस्था जतासुकै भए पनि जब मधेसको कुरा आउँछ, धेरैको बोली एउटै हुन्छ– मधेसका कुरा काठमाडौंले सुन्नुपर्छ। भलै, ‘मधेसका कुरा’ लाई सबिस्तार बताउन उनीहरुलाई कठिन होस्। तर, सहजता साथ भन्छन्– मधेसी हेपिएका छन्, विकास छैन।

Friday, August 11, 2017

भरतपुर अर्काइभ

किशोर दहाल

आशंकाहरुका बीच २०७३ फागुन ९ गते स्थानीय चुनावको मिति घोषणा भयो। आशंक कतिसम्म थियो भने २०७४ बैशाख ३१ गतेका लागि चुनाव घोषणा गरिएको मन्त्रीपरिषद्को निर्णय सार्वजनिक भएपछि धेरैले सामाजिक सञ्जालमा लेखेका थिए– २०७४ साल बैशाखमाल ३१ गते पो छ कि छ्रैन भनेर क्यालेन्डर हेरियो।
सरकारले देशैभरि एकै चरणमा चुनाव गर्ने बताए पनि चुनाव चरणबद्ध रुपमा हुने भयो। खासगरी आन्दोलनरत मधेसी मोर्चालाई पनि चुनावमा सहभागी गराउने प्रयत्नले यस्तो अवस्था सिर्जना भएको थियो। सोही अनुसार भरतपुर महानगरपालिकामा भने पहिलो चरण (बैशाख ३१) मा चुनाव भएको थियो। त्यसपछि असार १४ मा दोस्रो चरणको चुनाव भएर नतिजा पनि आइसकेको छ। प्रदेश नम्बरमा असोज २ गते तेस्रो चरणको चुनाव हुने भएको छ।

भरतपुर महानगरपालिकामा प्रमुख पार्टीहरुको तर्फबाट दिनेश कोइराला, माओवादीको तर्फबाट रेणु दाहाल र एमालेको तर्फबाट देवी ज्ञवाली उम्मेदवार बनेका थिए। एक त महानगरपालिका र दोस्रो माओवादी अध्यक्ष प्रचण्ड पुत्री रेणुको उम्मेदवारीको कारण यहाँको चुनावी नतिजालाई लिएर सुरुदेखि नै चासो व्यक्त गरिएको थियो। मिडियाहरुमा पनि व्यापक कभरेज भइरहेको थियो।

मुख्य रुपमा कोइराला र ज्ञवालीलाई केन्द्रमा राखेर प्रक्षेपणहरु भइरहेका थिए। तर, २०७४ बैशाख २१ मा कांग्रेस र माओवादीले देशका तीन ठूला महानगरमा चुनावी तालमेल गर्ने सहमति गरेपछि भरतपुरमा कांग्रेसले मेयरको उम्मेदवारीबाट नाम फिर्ता लियो। र, दुई पार्टीको साझा उम्मेदवार बनिन्– रेणु दाहाल।

भरतपुरलाई नेताहरूले प्रतिष्ठाको रूपमा लिए । चुनाव प्रचारको अन्तिम दिन अर्थात् वैैशाख २८ चुनावी आमसभालाई सम्बोधन गर्न हेलिकप्टरबाट भरतपुर पुगेबाट पनि यस महानगरको चुनावी सरगर्मी र प्रतिष्ठाको लडाइँलाई स्पष्ट पार्छ। कांग्रेस र माओवादीले आयोजना गरेको संयुक्त सभामा सम्बोधन गर्न दाहाल र देउवा एउटै जहाजमा सँगै बसेर भरतपुर पुगेका थिए। त्यस्तै, एमालेले आयोजना गरेको सभामा सम्बोधन गर्न एमाले अध्यक्ष केपी शर्मा ओली छुट्टै जहाज चढेर भरतपुर पुगेका थिए।

शक्ति प्रदर्शन ठानिएको चुनावी सभामा दुबै पक्षका नेताले एक अर्काको कटु आलोचना गरे।

यद्यपि, कांग्रेस-माओवादी सहमतिपश्चात् नै कांग्रेसभित्र असन्तुष्टि देखिएको थियो। बलियो जनाधार भएको ठाउँमा कमजोर जनाधार भएको पार्टीलाई मेयर पद छाडेकोमा असन्तुष्टि बढेको थियो। कांग्रेसभित्रको असन्तुष्टिले एमालेका उम्मेदवार ज्ञवालीलाई पुग्ने निश्चित थियो। उता, कमजोर जनाधार भएको ठानिएको माओवादीका उम्मेदवार दाहाललाई पनि कांग्रेसकै भर हुनु पनि स्वभाविक थियो। त्यसैकारण पनि विश्लेषण हुन थाल्यो– कांग्रेसको भोट जसलाई खस्छ, उसैले जित्छ।

मेयरमा आफ्नो उम्मेदवार नै नभएको कांग्रेस निर्णायक हुने परिस्थिति पुनः निर्वाचनसम्म रहिरह्यो।

Friday, July 14, 2017

गणतन्त्रको अनुहारमा जनताको प्रतिबिम्ब

किशोर दहाल

राष्ट्रपति कार्यालयले गाडी खरिदका लागि भन्दै सरकारसँग १६ करोड रुपैयाँ मागेको खबरले यो हप्ताभर बहसको सिर्जना गर्‍यो। यद्यपि, समाचारमा आएजस्तो घटना एकपक्षीय मात्रै नरहेको तथ्य पनि सार्वजनिक भइसकेको छ। तर, यसले विशिष्ट पदाधिकारीहरुको नाममा हुनसक्ने अनियन्त्रित खर्चबारे भने सचेत बनाउन सघाएको छ। १६ करोडको प्रसङ्ग असान्दर्भिक भए पनि सोही प्रवृत्तिमा हाम्रो विगत उत्साहजनक भने छैन। गणतन्त्र आगमनको खुसी साट्न नपाउँदै नेपालजस्तो आर्थिक रुपले गरिब मुलुकका प्रमुखहरुको प्राथमिकतामा किन जनताको प्रतिबिम्ब भेटिन्न ? यहाँ यसैबारे चर्चा गरिनेछ ।

राष्ट्रपति वा सो कार्यालयले देखाएको असुहाउँदा महत्वाकांक्षा बेलाबखत सार्वजनिक हुने गरेका छन् । विरोध पनि हुने गरेको छ । तर, जनताको विरोधलाई गम्भीरतापूर्वक लिने, सच्याउने र नदोहोर्‍याउने पुरानो बानी गणतन्त्रमा पनि जिवितै छ ।

विलासिताको साधन प्रयोगमा मात्रै होइन; संवैधानिक मर्म विपरित कार्यकारी बन्ने महत्वाकांक्षा पनि सार्वजनिक भएका छन् । पूर्वराष्ट्रपति रामवरण यादवको पालामा यो चाहना अलि बढी मुखरित भएको थियो । २०६६ बैशाख १४ गते नागरिक आन्दोलनका अगुवाहरु देवेन्द्रराज पाण्डे, कृष्ण पहाडी लगायतका १६ जनाको टोलीसँगको भेटघाटमा राष्ट्रपति यादवले सोधेका थिए, ‘म सेरेमोनियल हुँ भन्ने संविधानमा कहाँ लेख्या छ ?’ यादवको यो प्रश्नलाई ती अगुवाहरुले सार्वजनिक गरिदिएका थिए । यादवको अभिव्यक्तिले नै शीतल निवासले श्रीपेच खोजिरहेको शंका पहिलोपटक सघन बनेको थियो । त्यसपछि पनि राष्ट्रपति यादवमाथि पटकपटक ‘गेम चेन्जर’ हुन खोजेको आरोप लागिरह्यो । कार्यकालभरी उनलाई फरकफरक पार्टीले ‘सक्रिय हुन नखोज्न’ सचेत गराइरहे ।

Thursday, June 1, 2017

नयाँ 'कोतपर्व' लाई मान्यता दिनु हुँदैन

बाबुराम भट्टरा

०५८ जेठ १९ गते नेपाली इतिहासमा अर्को एउटा “कोतपर्व” घट्यो । राजा वीरेन्द्र सहित राजपरिवारका प्राय: सबै सदस्यहरुको हत्या गरिएको त्यस त्रासदीपूर्ण घटनाबारे सत्य–तथ्य अझै जनसमक्ष प्राप्त हुन नसक्दा यतिबेला सर्वत्र अड्कलबाजी र शंका–उपशंकाको बजार गरम हुनु स्वाभाविक छ । “पाप धुरीबाट कराउँछ” भनेझैं त्यस घटनबारे वास्तविक सत्य एक दिन अवश्य उद्घाटित हुनेछ । तर यतिबेला सरकारी सूत्रहरु र तिनका विदेशी मालिकहरुबाट जुन कुराहरु प्रचारमा ल्याइएको छ, त्यसलाई पत्याउन नेपाली जनता पटक्कै तयार छैनन् । खासगरी जुन ढंगले “प्रेम प्रसङग” र “दुर्घटना” को प्रायोजित सिद्धान्त प्रचारमा ल्याएर त्यसभित्रको गम्भीर राजनीतिक षडयन्त्रलाई ढाकछोप गर्ने प्रयास सत्तापक्षबाट भइरहेछ, त्यसले नै शङकाको सुई उनीहरुतिरै फर्काइरहेको छ र नेपाली जनताको सत्य–तथ्य बुझ्ने अधिकारलाई अरु बल पुर्‍याइरहेको छ । त्यसैले घटनाबारे सम्पूर्ण तथ्य जनसमक्ष ल्याउन र नयाँ “कोतपर्व” का खलनायकहरुलाई बेनकाव गर्न यतिवेला सम्पूर्ण देशभक्त र जनवादी शक्तिहरुले एकीकृत प्रयास गर्नु इतिहासको माग भएको छ ।

Tuesday, May 23, 2017

एमाले अर्थात् उडन्ते गफको स्रोत

किशोर दहाल

चुनावको केही दिन अघि फेसबुक र ट्वीटरमा एउटा स्क्रीनसट निकै हिट भइरहेको थियो । ‘फेसबुकका मालिक मार्क जुकरवर्ग नै एमालेमा प्रवेश गरेको’ भन्ने समाचार लिंकको स्क्रीनसट देखेर हाँसेको थिएँ । समाचारको शीर्षक नै एमाले सचिव योगेश भट्टराइको भनाइमा आधारित रहेको थियो । चुनाव प्रचार प्रसारमा आफ्नो पार्टीलाई केकति कारणले राम्रो देखाउने भन्दा पनि अर्को पार्टीलाई खुइल्याउने धन्दा चलिरहेको समयमा कोही विपक्षी ‘हनुमान’ले प्रविधीको दुरुपयोग गरेको हुनसक्ने ठहर गरेँ ।

तर, स्क्रीनसट भाइरल भएको भोलिपल्टै नयाँ पत्रिका दैनिकको अनलाइन संस्करण हेर्दै जाँदा एउटा समाचार शीर्षकमा आँखा प¥यो । समाचार शीर्षक थियो–


भट्टराईलाई जोडेर भाइरल भइरहेको स्क्रीनसट सत्य नै रहेछ ।

पहिलो संविधानसभाको विघटन भएपछि जताततै निराशा छाइरहेको अवस्थामा बीबीसी नेपाली सेवाका लागि एउटा स्रोता प्रतिक्रिया पठाएको थिएँ । जसमा मैले योगेश भट्टराइलाई पनि जोडेको थिएँ । रेकर्ड गरिएको सबै आवाज त प्रशारित भएन । तर, प्रशारित भएको अंश यति थियो–

बिना उपलब्धी संविधानसभाको अन्त्य भएपछि दलका नेताहरुबीच आरोप–प्रत्यारोप चलिरहेको छ । अब के होला भन्ने अन्योलको माझमा पनि बौद्धिक वर्गद्वारा रुचाइएका गगन थापा, योगेश भट्टराइ र वर्षमान पुन ‘अनन्त’ जस्ता युवा नेताहरु भने मौन छन् । युवा नेताहरुको भूमिका सधैंभरि बृद्ध नेताले देखाइदिएको बाटोमा हिँड्नु मात्रै हो र ?

Saturday, May 13, 2017

के के सम्झिने भोट हाल्दा ?

किशोर दहाल

चुनावमा तालमेल कुनै तर्कले राम्रो कुरा होइन । बीस वर्षपछि भइरहेको स्थानिय तह (संवैधानिक प्रावधान फरक भएता पनि त्यसलाई जनताको नजिकको सरकारको रुपमा पहिले र अहिलेको व्यवस्थालाई उस्तै ठान्न सकिएला)मा दलहरुले स्थानिय स्तरमा गरेका कामको स्थानिय जनताले मूल्याङ्कन गर्ने राम्रो अवसर हो यो । जनतालाई परेका सुखदुखमा साथ दिने, हौसल्ला बढाउने, मर्दापर्दा सहयोग गर्ने, विकास निर्माणको लागि दौडधुप गर्न सक्ने वा गरिरहेको सहज खालको मान्छेलाई चुन्ने यस प्रक्रियामा जनतालाई रणनीतिक सिन्डिकेट लगाइनु हुँदैन्थ्यो । तर, दलहरुले आफ्ना स्थानीय नेता, विगतका कार्यशैलीलाई स्वतन्त्र परीक्षण गर्न हच्किए । त्यसैले बढीभन्दा बढी तालमेल गरेर जाने प्रयत्न भयो । तालमेलको प्रयास असफल भएका ठाउँमा मात्रै एक्लै लड्ने आँट गरियो । बीस वर्षपछि हुने चुनावमा समेत एक्लै चुनाव लड्ने आँट र जनाधारको विश्वास नभएको नेताले चुनाव जितेर कुन क्षमता प्रदर्शन गर्ला त्यो विस्तारै थाहा होला ।

तर, दलहरुले चुनावी तालमेल गरेर जसरी निर्लज्जता देखाए, त्यसैगरी काठमाडौंका केही जान्नेसुन्ने पत्रकारले अर्को निर्लज्जता प्रदर्शन गरे । तालमेल भएका मध्ये बढी चर्चामा रह्यो चितवन महानगरपालीकाको मेयर पद । त्यहाँ माओवादी र कांग्रेसबीच भएको तालमेलले काठमाडौंमा धेरैको निद हराम भएको बुझ्न सकिन्छ । उनीहरुले चितवनमा मेयरको रुपमा माओवादीलाई भोट हाल्दै गर्दा ‘बाँदरमुढे घटना’ नबिर्सन सामाजिक सञ्जालबाट खुला आह्वान गरे । बाँदरमुढे घटना माओवादी जनयुद्ध क्रमको निकै क्रुर घटनामध्यको एक हो ।

Thursday, April 27, 2017

दर्शना उम्मेद्वारीले ल्याएको तरङ्ग

‘मुखमा रामराम, बगलीमा छुरा’ भनेजस्तै ‘चियापसलमा युवा नेता, मताधिकारमा पुरानै आस्था’ पुनरावृत हुने हो भने नेताले मात्रै होइन, सचेत भनिएका जनताले पनि परिवर्तन, उत्साह र साहस नचाहेको प्रष्ट हुन्छ । राजनीतिका उही ढिलासुस्तीको मतियार मात्रै होइन, भरिया पनि भएको प्रष्ट हुन्छ ।

किशोर दहाल

काठमाडौं महानगरपालीकाको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारीको समाचार सार्वजनिक भए लगत्तै एकजना फेसबुक प्रयोगकर्ताले लेखे– “मलाई २१ वर्षे यी नानी काठमाडौंको मेयर बनेर तहल्का पिटेको हेर्ने धोको छ !

रवीन्द्र मिश्रको भाषामा ‘अन्तिममा मम’ खोज्ने राजनीतिक संस्कार भएकको देशमा दर्शनाले मेयर बनेर तहल्का पिट्लिन् वा नपिट्लिन्, तर उम्मेद्वारीको पुरानो प्रचलनलाई भने धक्का दिइसकेकी छिन् । विवेकशील दलको तर्फबाट उनको उम्मेद्वारीले एउटा तरङ्ग ल्याएको छ ।

काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी र विजयले राजनीतिक शान बृद्धि गर्न निकै ठूलो भूमिका खेल्छ, त्यस्तो ठाउँमा दर्शनाको उम्मेद्वारी आफैंमा पुरानो राजनीतिक संस्कारमाथिको प्रश्न पनि हो । र, सम्भवतः विकल्प खोज्ने नभइ, विकल्प बन्ने अभियानको एउटा प्रयोग पनि ।

Tuesday, March 7, 2017

इटहरी, सप्तरी र दुर्गति

किशोर दहाल

१५ महिनाअघिको इटहरी घटना सम्झौं ।

२०७२ साल मंसिर ११ गते । आन्दाेलनरत संयुक्त मधेसी मोर्चाले सुनसरीको इटहरीमा आयोजना गर्ने भनिएको आमसभाको तयारी स्वरुप निर्माण गरएको मञ्चमा आगो लगाएर तोडफोड गरियो । र, त्यो तोडफोड स्थानीयबासीले गरेको भनिए पनि मञ्च बिथोल्नेमा अधिकांश एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता प्रयोग भएका थिए । अझ, तत्कालिन सरकारको नेतृत्वकर्ता दल एमालेका कार्यकर्ता बिशेष सक्रियताका साथ सहभागी भएका थिए ।

र, त्यतिबेलै एउटा घोषणा पनि गरियो– नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेकाले फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलाई इटहरी प्रवेशमा रोक लगाइएको छ ।

मञ्चबाट अाफ्नाे कुरा भन्ने साहस जुटाएका मधेस केन्द्रित दलका नेताहरूलाई मञ्च प्रयाेग गर्न मात्रै नभइ इटहरी प्रवेशमै रोक लगाउने दुस्साहस गरियो ।

एमालेको ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ लागि मधेसी मोर्चाले उही इटहरी प्रवृत्तिलाई सप्तरीमा दोहो¥याउन खोज्यो । जुन घटनाक्रम केही दिनयता चर्चामा छ ।

Wednesday, February 8, 2017

सम्बन्ध विच्छेद भयो भने...

किशोर दहाल

चुनाव कि परिमार्जनसहित संविधान संशोधन भन्ने रस्साकसीका माझ प्रधानमन्त्री प्रचण्ड भने झन् झन् अप्ठ्यारोमा फस्दै गएका छन् । संविधानको बैधतालाई जोगाइराख्न तीनै तहको चुनाव गर्नैपर्ने अन्तिम समय नजिकिदै छ । त्यस्तै, मधेसमा संविधानको स्वीकार्यता बढाउन त्यसको संशोधन नगरी पनि भएको छैन । यी दुवै बाध्यता उनी जेलिएका छन् । संविधानमा संशोधन गर्न दिन एमाले तयार छैन, संविधान संशोधनबिना निर्वाचन हुन दिन मधेस केन्द्रित दलहरु तयार छैन । यी दुवै समस्याको चेपमा परेका प्रचण्डलाई ओली नेतृत्वको सरकार ढालेर आफूले सरकारको नेतृत्वको गर्नुको औचित्य पनि पुस्टि गर्नु पर्ने बाध्यता पनि छँदैछ ।

Tuesday, January 10, 2017

हामी नेपाली, पृथ्वीनारायण शाह र सम्मान

किशोर दहाल

पृथ्वीनारायण शाह नजन्मेका भए हामी नेपाली हुने थिएनौँ भनेर रोइलो गर्नुको कुनै औचित्य छैन  'नेपाली' नभएको भए अरू कुनै देशका नागरिक हुने थियौँ होला । आखिरमा नेपाली बन्नलाई कहिँ कसैले दरखास्त हालेर जन्मिएको त होइन । हामी नेपालमा जन्मियौँ, त्यसकारण नेपालको माया लागेको हो । जसरी अन्य देशमा जन्मेकालाई आफ्नो देशको माया लाग्छ । त्यसकारण 'नेपाली हुने थिएनौँ' भन्ने तर्क खास औचित्यपूर्ण लाग्दैन, मलाई ।

देश सारा देशवासीको अथक प्रयास र मेहनतले बन्छ । त्यसको नेतृत्व निश्चित कालखण्डमा कोही एउटाले गर्छ(प्राय:) । समय अनुसार नेतृत्व फेरिन्छन् । २५० बर्षअघिको त्यो कालमा पृथ्वीनारायण शाहले नेतृत्व गरे । टुक्राटुक्रालाई जोडे खासमा ठीकै गरे । कदाचित् नजोडेको भए, आज हाम्रो राष्ट्रियता, देशप्रेम र भूगोलप्रतिको अपनत्वभाव फरक माटोसँग जोडिएको हुन्थ्यो । हाम्रो गर्ब पनि त्यहि किसिमको हुन्थ्यो । त्यहि ठीक लाग्थ्यो

Saturday, December 31, 2016

योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतको शब्दमा एमालेका अपराधहरु

कहिलेकाहीँ आफैले हानेको तिर आफै तिर फर्कँदो रहेछ । एमालेबाट छुट्टिएर नेकपा मालेमा हुँदा सो पार्टीका योगेश भट्टराई, घनश्याम भुषाल, नारायण ढकाललगायतले ५५ सालमा एक पुस्तक लेखेका थिए । त्यो पुस्तकमा एमालेले गरेका राष्ट्रघात र अपराधको विवरण राखिएको थियो । पुस्तकको नाम थियो, ‘राष्ट्रघाती विसर्जनवादी एमाले नेतृत्व गुटका ५१ अपराध ।’ यो पुस्तक क्रान्तिकारी युवा समूहका तर्फबाट घनश्याम भुषाल, योगेश भट्टराई, नारायण ढकाललगायतले लेखेका थिए । पुस्तकमा लगाइएका ५१ मध्ये एमालेले गरेका २४ राष्ट्रघात यस्ता थिएः

१. २००६ सालदेखि नै उठाइँदै आएको तथा नेपाल कम्युनिस्ट पार्टीको ‘पहिलो पर्चा’ र ‘घोषणापत्र’मा समेत उल्लेख भएको अमेरिकी साम्राज्यवाद र भारतेली एकाधिकार पुँजीवाद तथा प्रभुत्ववादलाई नेपाली क्रान्तिको आधारभूत शत्रुका रूपमा हेर्ने दृष्टिकोणलाई पार्टीको छैंटौं महाधिवेशनमा प्रस्तुत दस्तावेजमा उल्लेखै नगरी नेपाली कम्युनिस्ट आन्दोलनमा प्रथमपटक नेपाल राष्ट्र, नेपाली जनता र कम्युनिस्ट आन्दोलनलाई धोका दिई एमाले नेतृत्वले राष्ट्रिय आत्मसमर्पणवादको नीति लियो ।

२. तत्कालीन नेकपा मालेको चौथो महाधिवेशन र तत्कालीन नेकपा एमालेको पाँचौं महाधिवेशनले राजतन्त्रका सवालमा अगाडि सारेको क्रमशः ‘जनवादी गणतन्त्र नेपालको स्थापना गर्ने’ र ‘जनताको बहुदलीय जनवादी गणतन्त्र स्थापना’ गर्ने लक्ष्यलाई माधव र केपी (माधवकुमार नेपाल र खड्गप्रसाद शर्मा ओली) गुटले छैटौं महाधिवेशनमा परित्याग गरी आफ्नो दस्तावेजमा कहींकतै गणतन्त्रको ‘ग’ समेत उल्लेख नगरी सैद्धान्तिक र व्यवहारिक रूपमासमेत एमालेलाई राजावादी कम्युनिस्ट पार्टीमा परिणत गरायो ।

३. प्रतिपक्षमा रहँदा मणिपाल कलेज स्थापना गर्न दिइनु हुँदैन भनेर विरोध गरियो, तर सरकारमा जानासाथ मोदनाथ प्रश्रतिको शिक्षा मन्त्रित्व कालमा आफैंले स्वीकृति दिई ४१ लाख रुपैयाँ घूस खाइयो ।

Sunday, November 13, 2016

सम्झनामा ओली सरकार

किशोर दहाल

केपी ओली प्रधानमन्त्री बन्दै गर्दा देशमा प्रष्टै देखिने तीनवटा समस्या थिए– पहिलो, भूकम्प पीडितलाई राहत वितरण र पुननिर्माणमा भइरहेको ढिलाई । दोश्रो, मधेश आन्दोलन । तेश्रो, भारतीय नाकाबन्दी । यिनै समस्याहरुको सुझबुझपूर्ण ढंगले समाधान गर्नु ओलीको पहिलो  दायित्व थियो ।

तर, ओलीले मधेस आन्दोलन र भारतीय नाकाबन्दीको सुझबुझपूर्ण ढंगले अन्त्य गर्न भन्दा पनि वेवास्ता गर्ने र सकेसम्म चिढ्याउने सूत्र अपनाए । उनी कडा अभिव्यक्ति दिएर एउटा पक्षलाई मनोरञ्जन प्रदान गर्न उद्यत भइरहे  । भारतलाई गाली गरेर राष्ट्रवादको प्रतीक भएको भ्रम पालीरहे । जबकि, सुझबुझपूर्ण व्यवहार देखाएर आपूर्ति सहज बनाउनु उनको दायित्व थियो । भुकम्प पीडितलाई तत्काल राहत पु¥याउने प्रयत्न गर्नुको साटो, उडन्ते सपनाको भरमा लोकप्रियता हासिल गर्न सकिन्छ भन्नेतिर लागे । बालुवाटारमा अनियन्त्रित खर्च, कार्यकर्तालाई मनलाग्दी आर्थिक सहयोग र नियुक्तिमा भुलिरहे ।

यिनै कुराको प्रमाण, पुष्टि वा विस्तार यहाँ प्रस्तुत गरिनेछ ।

Saturday, May 7, 2016

सांसदको रिटायर्ड चिन्ता

-किशोर दहाल
     आजको संसद बैठकमा सांसद प्रेमकिशोरप्रसाद साहले भाषण ठोके- ‘हामी राजनीति गर्नेहरुले सम्पूर्ण करिअर पोलिटिक्समा लगाएको हुन्छ । सांसदहरु रिटायर्ड भएपछि हामीले चाहीँ के नुन चिनीको दोकान थाप्ने?, हामीलाई रिटायर पछिको प्लान सरकारले दिनु पर्यो।’
...
      यो देशमा डिग्री पास गर्नेहरू कतार एयरवेजको टिकट हातमा लिएर एयरपोर्ट पुग्ने हतारोमा छन् । नेपाली भाषामा सुन्दर कविता लेख्नेहरू जापानी र कोरियन भाषाका ब्याकरण रट्न विवश छन् । कलेज पढ्दै गरेका नौजवानहरू डिभीका फारमतिर हात र रिजल्टतिर आँखा तेर्स्याइरहेछन् । उनीहरूलाई कुनै सरकारी प्लानले आजसम्म छुन सकेन । बरू, 'युवा बिक्रि'को अघोषित प्लान अन्तर्गत उनीहरू दैनिक झण्डै दुई हजारका दरले यो देश छोडिररहेछन् ।
       तिनकै रगतसँग साटिएको रेमिट्यान्सको डकारले यता ढुङ्गा हानेर सांसद हुनेहरू आफ्नो मपाईंत्व जोगाउन सरकारी प्लानको चिन्ता गर्छ । यो दुर्भाग्यको कुरा हो । कुरा, साहको चिन्ताको मात्रै होइन, लगभग सबै सांसदहरूको हो । ढुङ्गा हानेर र जेल परेर नेता र सांसद भएकाहरूलाई सरकारले प्लान गरिदिनुपर्ने ? यो लाज पचाउनुको चरम सीमा होइन ? सामान्य मानिसले नाङ्ले पसल थापेर जीवन गुजारा गर्न हुने, सांसदले नहुने ? किन ? के सांसद आकाशबाट खसेका हुन् ?
       केही गर्ने आँट नभएका सांसदले यस्तो कुरा गर्छ । फेरि, केही गर्नको लागि सीप पनि त चाहिन्छ । सांसदसँग सीप के छ ? कमिसनको लागि कराउने वा चुप रहने, झुटा कुरा गर्ने, गुण्डागर्दी गर्ने,  पैसाकै निम्ति खुला चाकडी गर्ने र गराउने, सेतोलाई कालो र कालोलाई सेतो बनाउने, जनतालाई अनावश्यक दु:ख दिने वाहेक हाम्रा नेता र सांसदसँग सीप के छ ? यस्तै सीप प्रयोग गरेर नेता र सांसदले सम्पत्ति कमाएको कुरा आरोपभन्दा बढि यथार्थ होइन र ? अनि, यिनीहरूकै लागि विशेष प्लान ? के लुटपाट सेन्टर खोल्ने देशमा ?
       सांसदहरूले अथक मेहनत गरेर, आफ्नो भिजन प्रयोग गरेर यो देशलाई विकासको बाटोतिर लम्काएको भए सुबिधा नदिए पनि सदासयता राख्न सकिन्थ्यो । तर, देश साह र साहजस्तै नेता र सांसदका कारण झन पछि झन् ओरालो लागिरहेको छ । राजनीति सबैभन्दा भ्रष्ट क्षेत्र भनेर आलोचित छ । देशलाई रसातलमा पुर्याएर अझै विशेष सुविधाको आश गर्ने ? सरकारले प्लान गरिदेओस् भन्ने ?
      सांसदको जागिर गुमेपछि के गर्ने भन्ने प्लान नहुने सँग देशको बारेमा के प्लान होला खै ?

Saturday, March 26, 2016

२०४७ पछिका मन्त्रिपरिषद्

६ वैशाख २०४७
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई

मन्त्री : 
साहाना प्रधान
झलनाथ खनाल
केशरजंग रायमाझी
अच्युतराज रेग्मी
महेन्द्रनारायण निधि
योगप्रसाद उपाध्याय
मार्शलजुलुम शाक्य
नीलाम्बर आचार्य
देवेन्द्रराज पाण्डे
मथुराप्रसाद श्रेष्ठ
० ० ०
१५ जेठ २०४८
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला

मन्त्री : 
वासुदेव रिसाल
ढुण्डीराज शास्त्री
चिरञ्जीवी वाग्ले
तारानाथ रानाभाट
खुमबहादुर खड्का
गोपालमान श्रेष्ठ
बलबहादुर राई
जगन्नाथ आचार्य
रामहरि जोशी
शैलजा आचार्य
शेरबहादुर देउवा
रामचन्द्र पौडेल
महेश्वरप्रसाद सिंह
गोविन्दराज जोशी
शेख इद्रिश

राज्यमन्त्री : 
डा. रामवरण यादव
महेश आचार्य
ऐश्वर्यलाल प्रधानांग
रामकृष्ण ताम्राकार
वीरमणि ढकाल
विजयकुमार गच्छदार
लक्ष्मणप्रसाद घिमिरे

सहायकमन्त्री :
सिद्धराज ओझा
दीनबन्धु अर्याल
शिवराज जोशी
सुरेन्द्रप्रसाद चौधरी
हस्तबहादुर मल्ल
दिलेन्द्रप्रसाद बडु
दिवाकरमान शेरचन
० ० ०
१४ मंसिर २०५१
प्रधानमन्त्री : मनमोहन अधिकारी

उपप्रधानमन्त्री : माधवकुमार नेपाल

मन्त्री : 
केपी शर्मा ओली
सिपी मैनाली
भरतमोहन अधिकारी
राधाकृष्ण मैनाली
मोदनाथ प्रश्रित
प्रदीप नेपाल
पद्मरत्न तुलाधर

राज्यमन्त्री : 
अशोक राई
सलिममियाँ अन्सारी
प्रेमसिंह धामी
सुवासचन्द्र नेम्वाङ
भीमबहादुर रावल
हरिप्रसाद पाण्डेय
० ० ०
२७ भदौ २०५२
प्रधानमन्त्री : शेरबहादुर देउवा

मन्त्री : 
बलबहादुर राई
शेख इद्रिश
ढुण्डीराज शास्त्री
चिरञ्जीवी वाग्ले
खुमबहादुर खड्का
गोविन्दराज जोशी
चक्रप्रसाद बास्तोला
डा. रामशरण महत
विजयकुमार गच्छदार
अर्जुननरसिंह केसी
भीमबहादुर तामाङ
लीला कोइराला
बलबहादुर केसी
विमलेन्द्र निधि
प्रकाशमान सिंह
नरहरि आचार्य
रामकृष्ण आचार्य
शरत्सिंह भण्डारी
पशुपतिशम्शेर जबरा
डा प्रकाशचन्द्र लोहनी
बालाराम घर्ती मगर
बुद्धिमान तामाङ
फत्तेसिंह थारु
कमल थापा
गजेन्द्रनारायण सिंह
मोतीप्रसाद पहाडी
पद्मसुन्दर लावती

राज्यमन्त्री : 
शान्तिशम्शेर राणा
प्रेमबहादुर भण्डारी
महेन्द्र राय
राजीव पराजुली
चीनकाजी श्रेष्ठ
गोपालजीजंग शाह
हस्तबहादुर मल्ल
दीपक बास्कोटा
छविप्रसाद देवकोटा
पाल्तेन गुरुङ
अनिश अन्सारी
विष्णुविक्रम थापा
भक्तबहादुर रोकाय
शरत्सिंह भण्डारी
सर्वेन्द्रनाथ शुक्ल
खोभारी राय

सहायकमन्त्री : 
गणेशबहादुर खड्का
दुर्याेधन चौधरी
रामचन्द्र कुशवाह
सुरेशचन्द्रदास यादव
मीनबहादुर खत्री
मिर्जा दिलसाद वेग
ज्योतेन्द्रमोहन चौधरी
नरेशबहादुर सिंह
० ० ०
२९ फागुन २०५३
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द

उपप्रधानमन्त्री : वामदेव गौतम

मन्त्री : 
सहाना प्रधान
झलनाथ खनाल
अमृत बोहोरा
भरतमोहन अधिकारी
राधाकृष्ण मैनाली
सिद्धिलाल सिंह
मुकुन्द न्यौपाने
अशोक राई
केशवप्रसाद बाडाल
विष्णुप्रसाद पौडेल
सलिममियाँ अन्सारी
भीमबहादुर कठायात
देवीप्रसाद ओझा
विद्यादेवी भण्डारी
रवीन्द्रनाथ शर्मा
प्रकाशचन्द्र लोहनी
कमल थापा
बुद्धिमान तामाङ
प्रेमबहादुर सिंह
रामकृष्ण आचार्य
गजेन्द्रनारायण सिंह
रामेश्वर राय
सर्वेन्दनाथ शुक्ल
बालाराम घर्ती मगर
डा. भरतकुमार प्रधान
रामेश्वर राय यादव
मिर्जा दिलसाद
मोती पहाडी

राज्यमन्त्री : 
रकम चेम्जोङ
तुलबहादुर गुरुङ
भोजराज जोशी
प्रेमबहादुर भण्डारी
राजीव पराजुली
महेन्द्र राय यादव
खोभारी राय
महेश चौधरी
पाल्तेन गुरुङ
नरेशबहादुर सिंह
ज्योतेन्द्रमान चौधरी
० ० ०
२१ साउन २०५४
प्रधानमन्त्री : सूर्यबहादुर थापा

मन्त्री :
खुमबहादुर खड्का
विजय गच्छदार
प्रकाशमान सिंह
महन्थ ठाकुर
सिद्धराज ओझा
केबी गुरुङ
विपिन कोइराला
रवीन्द्रनाथ शर्मा
बालाराम घर्ती मगर
पशुपतिशम्शेर
प्रकाशचन्द्र लोहनी
फत्तेसिंह थारु
कमल थापा
बुद्धिमान तामाङ
रामकृष्ण आचार्य
सर्वेन्द्रनाथ शुक्ल
प्रेमबहादुर भण्डारी
राजीव पराजुली
रामविलास यादव
शान्तिशम्शेर राणा
महेन्द्र राय
मिर्जा दिलसाद वेग
शरत्सिंह भण्डारी
मोती पहाडी
पाल्तेन गुरुङ
नरेशबहादुर सिंह
गजेन्द्रनारायण सिंह
हृदयेश त्रिपाठी

राज्यमन्त्री : 
शिवराज सुवेदी
मीना पाण्डे
रेवतीप्रसाद भुसाल
मीना लामा
राजेन्द्रबहादुर शाह
महेन्द्र यादव
कमलेशकुमार शर्मा
रामबहादुर गुरुङ
राजकिशोर सिंह
जयप्रकाश गुप्ता
रामजनम चौधरी
सुरेन्द्र हमाल
मोहमद अफ्ताव आलम
सुशीलमान शेरचन
केशवबहादुर चन्द
विष्णुविक्रम थापा
भक्तबहादुर रोकाय
मिर्जा दिलसाद वेग
नरेशबहादुर सिंह
पद्मनारायण चौधरी

सहायकमन्त्री : 
रामजनम चौधरी
सुरेन्द्र हमाल
मोहमद अफ्ताव आलम
सुशीलमान शेरचन
केशवबहादुर चन्द
० ० ०
२ वैशाख २०५५
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला

उपप्रधानमन्त्री : शैलजा आचार्य

मन्त्री : भरतमोहन अधिकारी
गजेन्द्रनारायण सिंह
रमेशनाथ पाण्डे
गोविन्दराज जोशी
अमृतकुमार बोहोरा
प्रदीप नेपाल
भीमबहादुर रावल
केबी गुरुङ
पूर्णबहादुर खड्का
जयप्रकाश गुप्ता
डा. रामशरण महत
चक्रप्रसाद बास्तोला
प्रकाशमान सिंह
चिरञ्जीवी वाग्ले
खुमबहादुर खड्का
विजय गच्छदार
अर्जुननरसिंह केसी
विमलेन्द्र निधि
केबी गुरुङ
ओमकार श्रेष्ठ
आनन्दप्रसाद ढुङ्गाना
राधाकृष्ण मैनाली
सीतानन्द राय
त्रिलोचन ढकाल
महन्थ ठाकुर
सिद्धराज ओझा
केशवलाल श्रेष्ठ
राजेन्द्रप्रसाद श्रेष्ठ
यामलाल कँडेल
हेमराज राई
अम्बिका सावाँ

राज्यमन्त्री : मीना पाण्डे
भक्तबहादुर रोकाय
रामबहादुर गुरुङ
दीपकुमार उपाध्याय
देवेन्द्रराज कँडेल
राजदेव गोटि
भक्तबहादुर बलायर
रामचन्द्र अधिकारी
देवबहादुर पौडेल क्षत्री
गोविन्दनाथ उप्रेती
जगतबहादुर बोगटी
अमरराज कैनी

सहायक मन्त्री : 
कमला पन्त
रामजनम चौधरी
यज्ञराज न्यौपाने
झलकनाथ वाग्ले
लक्ष्मीनाराण चौधरी
मोहमद अफ्ताव आलम
० ० ०
१७ जेठ २०५६
प्रधानमन्त्री : कृष्णप्रसाद भट्टराई

उपप्रधानमन्त्री : रामचन्द्र पौडेल

मन्त्री :
योगप्रसाद उपाध्याय
तारानाथ रानाभाट
चिरञ्जीवी वाग्ले
खुमबहादुर खड्का
गोविन्दराज जोशी
चक्रप्रसाद बास्तोला
विजय गच्छदार
बलबहादुर केसी
प्रकाशमान सिंह
शरतसिंह भण्डारी
महन्थ ठाकुर
पूर्णबहादुर खड्का
डा. रामवरण यादव
महेश आचार्य
डा. रामशरण महत
सिद्धराज ओझा
ओमकारप्रसाद श्रेष्ठ
रामकृष्ण ताम्राकार
तारिणीदत्त चटौत

राज्यमन्त्री : 
सुरेन्द्रप्रसाद चौधरी
रामबहादुर गुरुङ
भक्तबहादुर बलायर
मोहमद अफ्ताफ आलम
कमला पन्त
राजेन्द्र खरेल
डा. गंगाधर लम्साल
गोविन्दबहादुर शाह

सहायकमन्त्री :
सुरेन्द्र हमाल
अर्जुनजंगबहादुर सिंह
नरेन्द्रविक्रम नेम्वाङ
सर्वधन राई
नारायणसिंह पुन
० ० ०
८ चैत्त २०५६
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला

उपप्रधानमन्त्री : रामचन्द्र पौडेल

मन्त्री : 
खुमबहादुर खड्का
गोविन्दराज जोशी
चक्रप्रसाद बास्तोला
डा. रामशरण महत
महन्थ ठाकुर
जयप्रकाश गुप्ता
सिद्धराज ओझा
ओमकार श्रेष्ठ
डा. रामवरण यादव
पाल्तेन गुरुङ
महेश आचार्य
रामकृष्ण ताम्राकार
तारिणीदत्त चटौत
आमोदप्रसाद उपाध्याय
सुरेन्द्रप्रसाद चौधरी
वलदेव शर्मा मजगैयाँ
शिवराज जोशी
प्रकाश कोइराला

राज्यमन्त्री :
मोहम्मद आफ्ताब आलम
रामबहादुर गुरुङ
दिलेन्द्र बडु
कमला पन्त
नरेन्द्रविक्रम नेम्वाङ
सुरेन्द्र हमाल
गोपाल राई
सुरेश मल्ल
तीर्थराम डंगोल
कृष्ण सिटौला
हरिप्रसाद सापकोटा
बेनुपराज प्रसाईं
शिवकुमार बस्नेत
महादेव गुरुङ
पुष्कर ओझा

सहायकमन्त्री :
रोमी गौचन
महेन्द्रकुरमार राय
जनकराज गिरी
केशरमान रोका
रामहरि ढुङ्गेल
० ० ०
११ साउन २०५८
प्रधानमन्त्री : शेरबहादुर देउवा

मन्त्री : 
चिरञ्जीवी वाग्ले
खुमबहादुर खड्का
गोपालमान श्रेष्ठ
डा. रामशरण महत
विजय गच्छदार
बलबहादुर केसी
शरत्सिंह भण्डारी
पाल्तेन गुरुङ
पूर्णबहादुर खड्का
जयप्रकाश गुप्ता
महेश आचार्य
आमोद उपाध्याय
प्रेमलाल सिंह
ऋषिकेश गौतम
राजेन्द्र खरेल
खेमराज भट्ट मायालु
नरेन्द्रविक्रम नेम्वाङ

राज्यमन्त्री :
भक्तबहादुर बलायर
रामजनम चौधरी
देवेन्द्रराज कँडेल
दुर्योधन सिंह
सुरेन्द्र हमाल
शिवराज जोशी
नारायण शर्मा पौड्याल
अर्जुनजंगबहादुर सिंह
लक्ष्मणप्रसाद मेहता
सुशीला स्वाँर
हरिनारायण चौधरी
एनपी साउद
केशव थापा
सर्वधन राई
मोहनबहादुर बस्नेत
भरतकुमार शाह

सहायकमन्त्री : 
प्रकाशबहादुृर गुरुङ
डिल्लीराज शर्मा
नगेन्द्रकुमार राय
सावित्री बोगटी
दिलबहादुर लामा
वीरेन्द्रकुमार कन्दङ्वा
अजयकुमार चौरसिया
० ० ०
२५ असोज २०५९
प्रधानमन्त्री : लोकेन्द्रबहादुर चन्द
उपप्रधानमन्त्री : बद्रीप्रसाद मण्डल
मन्त्री : नरेन्द्रविक्रम शाह, रमेशनाथ पाण्डे, देवीप्रसाद ओझा, डा. बद्रीप्रसाद श्रेष्ठ, धर्मबहादुर थापा, गोरेबहादुर खपाङ्गी, डा. उपेन्द्र देवकोटा, नारायणसिंह पुन, बद्रीनारायण बस्नेत, कमलप्रसाद चौलागार्इं, कुबेरप्रसाद शर्मा, महेशलाल प्रधान, दीपक ज्ञवाली
सहायकमन्त्री : गोपाल दहित, अनुराधा कोइराला, रविभक्त श्रेष्ठ, जगतबहादुर गुरुङ, रवीन्द्र खनाल, डा. असर्फी शाह, प्रकाश चित्रकार परियार
० ० ०
२१ जेठ २०६०
प्रधानमन्त्री : सूर्यबहादुर थापा
मन्त्री : प्रकाशचन्द्र लोहनी, कमल थापा, हरिबहादुर बस्नेत, बुद्धिमान गुरुङ, सर्वेन्द्रनाथ शुक्ल
राज्यमन्त्री : रेणुकुमारी यादव
० ० ०
२० जेठ २०६१
प्रधानमन्त्री : शेरबहादुर देउवा
उपप्रधानमन्त्री : भरतमोहन अधिकारी
मन्त्री : विमलेन्द्र निधि, प्रकाशमान सिंह, पूर्णबहादुर खड्का, दीपकुमार उपाध्याय, मोहम्मद मोहसिन, बद्रीप्रसाद मण्डल, बालाराम घर्तीमगर, जोगमेहर श्रेष्ठ, होमनाथ दाहाल, टेकबहादुर चोख्याल, कृष्णलाल थकाली, अशोक राई, ईश्वर पोखरेल, युवराज ज्ञवाली, रघुजी पन्त, वाचस्पति देवकोटा, अष्टलक्ष्मी शाक्य
राज्यमन्त्री : ठाकुरप्रसाद शर्मा, डा प्रकाशशरण महत, कृष्णगोपाल श्रेष्ठ, बालकृष्ण खाण, उर्वादत्त पन्त, वंशीधर मिश्र, प्रतिभा राणा, रामचन्द्र राय
सहायकमन्त्री : उमाकान्त चौधरी, लालबहादुर विश्वकर्मा, हरिशंकर परियार, भीमकुमारी बुढामगर
० ० ०
२० माघ २०६१
तत्कालीन राजा ज्ञानेन्द्रको अध्यक्षतामा गठन भएको मन्त्रिपरिषद्
उपाध्यक्ष : डा. तुल्सी गिरी र कीर्तिनिधि विष्ट
मन्त्री : रमेशनाथ पाण्डे, राधाकृष्ण मैनाली, कृष्णलाल थकाली, बुद्धिराज वज्राचार्य, दुर्गा श्रेष्ठ, टंक ढकाल, दानबहादुर शाही, खड्गबहादुर जिसी, रामनारायण सिंह, बद्री मण्डल, सलिममियाँ अन्सारी, प्रकाश कोइराला, मधुकरशम्शेर जबरा, निरञ्जन थापा, केशरबहादुर विष्ट, कमल थापा, बुद्धिमान तामाङ, नारायणसिंह पुन
राज्यमन्त्री : डा. रुप ज्योति, याङ्किला शेर्पा, बृजेशकुमार गुप्ता, डा. दुर्गा पोखरेल, डा. रवीन्द्र खनाल, मीना लामा, श्रीषशम्शेर राणा
सहायकमन्त्री : छक्कबहादुर लामा, गोल्चे सार्की, जगत गौचन, निक्षशम्शेर जबरा, सिनेट श्रेष्ठ, हरिशंकर परियार, विनोदकुमार शाह, गोविन्द चौधरी, योगेशबहादुर बुढाथोकी, तोरणबहादुर गुरुङ, रोशन कार्की, भुवन पाठक, राजेशकाजी श्रेष्ठ, टेकनारायण राजवंशी, प्रतापराम लोहार, सोनीलाल यादव
० ० ०
१३ वैशाख २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
उपप्रधानमन्त्री : अमिक शेरचन, केपी ओली
मन्त्री : गोपालमान श्रेष्ठ, डा. रामशरण महत, महन्थ ठाकुर, हृदयेश त्रिपाठी, नरेन्द्रविक्रम नेम्वाङ, राजेन्द्रप्रसाद पाण्डे, प्रदीपकुमार ज्ञवाली, कृष्ण सिटौला, प्रभुनारायण चौधरी
राज्यमन्त्री : गोपाल राई, दिलेन्द्र बडु, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, उर्मिला अर्याल, मानबहादुर विश्वकर्मा, धर्मनाथप्रसाद साह
० ० ०
१८ चैत २०६३
प्रधानमन्त्री : गिरिजाप्रसाद कोइराला
मन्त्री : रामचन्द्र पौडेल, सहाना प्रधान, प्रदीप नेपाल, महन्थ ठाकुर, सुजाता कोइराला, डा. रामशरण महत, नरेन्द्रविक्रम नेम्वाङ, कृष्ण सिटौला, गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा, देव गुरुङ, रमेश लेखक, ज्ञानेन्द्रबहादुर कार्की, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, जगतबहादुर बोगटी, मातृकाप्रसाद यादव, हिसिला यमी, खड्गबहादुर विश्वकर्मा, राजेन्द्र महतो, श्यामसुन्दर गुप्ता, रामचन्द्र यादव
राज्यमन्त्री : महालक्ष्मी उपाध्याय ‘डिना’, इन्द्रबहादुर गुरुङ, शशी श्रेष्ठ, रामचन्द्र यादव, मोहनसिंह राठौर, सुरेन्द्र चौधरी
० ० ०
२ भदौ २०६५
प्रधानमन्त्री : पुष्पकमल दाहाल
उपप्रधानमन्त्री : वामदेव गौतम
मन्त्री : बाबुराम भट्टराई, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ, मातृका यादव, पम्फा भुसाल, हिसिला यमी, जनार्दन शर्मा, गोपाल किराँती, महेन्द्र पासवान, रामचन्द्र चौधरी थारु, गिरिराजमणि पोखरेल, गणेश साह, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, गोपाल शाक्य, किरण गुरुङ, रामचन्द्र झा, उपेन्द्र यादव, विजय गच्छदार, जयप्रकाश गुप्ता, रेणु यादव, राजेन्द्र महतो
० ० ०
११ जेठ २०६६
प्रधानमन्त्री : माधवकुमार नेपाल
उपप्रधानमन्त्री : विजय गच्छदार, सुजाता कोइराला
मन्त्री : विद्या भण्डारी, शरत्सिंह भण्डारी, भीम रावल, राजेन्द्र महतो, सुरेन्द्र पाण्डे, प्रेमबहादुर सिंह, डा. प्रकाशशरण महत, बालकृष्ण खाण, शंकर पोखरेल, डा.मीनेन्द्रप्रसाद रिजाल, रकम चेम्जोङ, पूर्णकुमार शेर्मा, उमाकान्त चौधरी, मोहम्मद आफ्ताब आलम, प्रभाकर प्रधानाङ्ग (रवीन्द्र श्रेष्ठ), डम्बर श्रेष्ठ, रामचन्द्र कुशवाह, दीपक बोहरा, महेन्द्रप्रसाद यादव, मृगेन्द्रकुमार सिंह, गणेश तिवारी नेपाली, ठाकुरप्रसाद शर्मा, लक्ष्मणलाल कर्ण, सर्वदेवप्रसाद ओझा, राजेन्द्र महतो
राज्यमन्त्री : गणेशबहादुर खड्का, डिल्लीबहादुर महत, जितबहादुर दर्जी गौतम, चन्द्रसिंह भट्टराई, मोुहम्मद रिजवान, खड्गबहादुर बस्याल सार्की, दानबहादुर कुर्मी चौधरी, मानबहादुर शाही, इन्द्रप्रसाद ढुङ्गेल, सञ्जयकुमार साह, रामबच्चन अहिर यादव, करिमा वेगम, शत्रुघ्नप्रसादसिंह कोइरी, सरोजकुमार यादव, गोविन्द चौधरी
सहायकमन्त्री : कलावतीदेवी दुसाध, चन्दा चौधरी
० ० ०
२० माघ २०६७
प्रधानमन्त्री : झलनाथ खनाल

उपप्रधानमन्त्री :
भरतमोहन अधिकारी
कृष्णबहादुर महरा
उपेन्द्र यादव
नारायणकाजी श्रेष्ठ

मन्त्री : 
विष्णु पौडेल
टोपबहादुर रायमाझी
अग्निप्रसाद सापकोटा
कृष्णबहादुर महरा
वर्षमान पुन
शक्तिबहादुर बस्नेत
खड्गबहादुर विश्वकर्मा
उर्मिला अर्याल
गङ्गालाल तुलाधर
रघुवीर महासेठ
गोकर्ण विष्ट
भानुभक्त जोशी
घनश्याम भुसाल
युवराज कार्की
विश्वनाथ साह
जयपुरी घर्ती
रामचरण चौधरी
महेन्द्र पासवान
प्रभु साह
हितबहादुर तामाङ
हरिनारायण यादव
मोहम्मद इस्तियाक राई
सुनिलकुमार मानन्धर
खगेन्द्रप्रसाद प्रसाईं

राज्यमन्त्री : 
शत्रुघ्न महतो
दलबहादुर सुनार
रामजी शर्मा
डम्बर साम्बाहाम्फे
भगवती चौधरी
हकिकुल्लाह खाँ
देवी खड्का
धर्मशिला चापागाईं
धु्रव आङ्दम्बे लिम्बू
नन्दनकुमार दत्त
(प्रधानमन्त्री खनालले २०६७ चैत २८ गते नियुक्त शिक्षा राज्यमन्त्री राधा ज्ञवालीलाई २०६८ वैशाख वैशाख ६ गते पदमुक्त गरेका। त्यस्तै, २०६८ वैशाख ८ गते अर्थ राज्यमन्त्री ल्हारक्याल लामाले राजीनामा दिएका)
० ० ०
१२ भदौ २०६८
प्रधानमन्त्री : बाबुराम भट्टराई

उपप्रधानमन्त्री :
विजय गच्छदार
नारायणकाजी श्रेष्ठ

मन्त्री : 
हृदयेश त्रिपाठी
पोष्टबहादुर बोगटी
टोपबहादुर रायमाझी
राजेन्द्र महतो
महेन्द्रप्रसाद यादव
वर्षमान पुन
दीनानाथ शर्मा
लोकेन्द्र विष्ट मगर
गोपाल किराँती
लेखराज भट्ट
भीमप्रसाद गौतम
रामकुमार यादव
अनिलकुमार झा
वृजेशकुमार गुप्ता
हेमराज तातेड
कमला रोका
राजकिशोर यादव
जयप्रकाश गुप्ता
राजलाल यादव
सरिता गिरी
मुहमद वकिल मुसलमान
दानबहादुर चौधरी
कल्पना धमला
सत्य पहाडी
मालवरसिंह थापा
अकबबल अहमद साह

राष्ट्रिय सहमतिका नाममा सरकार गठन गर्ने नाममा पुराना मन्त्री हटाउँदै प्रधानमन्त्रीले थप गरेका नयाँ मन्त्रीः

उपप्रधानमन्त्री :
विजय गच्छदार
नारायणकाजी श्रेष्ठ
कृष्ण सिटौला
ईश्वर पोखरेल

मन्त्री : 
वर्षमान पुन
दीनानाथ शर्मा
राधा ज्ञवाली
सूर्यमान गुरुङ
राजकिशोर यादव
राजेन्द्र महतो
टोपबहादुर रायमाझी
पोष्टबहादुर बोगटी
एकराज भण्डारी
परशुराम खापुङ
चन्द्रदेव जोशी
डा. केशवमान शाक्य
कुमार बेलबासे
यदुवंश झा
बद्री न्यौपाने

राज्यमन्त्री : 
खोभारी राय
रामवच्चन अहिर
दिलीप प्रजापति
सूर्यमान दोङ
लीला भण्डारी
गोपी अछामी
घनश्याम यादव
ज्वाला साह
सुषमा शर्मा
हरिराज लिम्बू
सुरिताकुमारी महतो
भीम राजवंशी
लक्ष्मण महतो
दुर्गादेवी महतो
काशीदेवी झा
ईश्वरदयाल मिश्र
अरविन्द साह
ओमप्रकाश यादव
० ० ०
१  चैत्र २०६९
मन्त्रिपरिषद् अध्यक्ष :  खिलराज रेग्मी

मन्त्री:
माधवप्रसाद घिमिरे
हरिप्रसाद न्यौपाने
ऋद्धिबाबा प्रधान
विद्याधर मल्लिक
माधवप्रसाद पौडेल
शंकरप्रसाद कोइराला
छविराज पन्त
टेकबहादुर थापा (घर्ती)
रामकुमार श्रेष्ठ
उमाकान्त झा
० ० ०
२७ माघ २०७०
प्रधानमन्त्री: सुशील कोइराला

उप प्रधानमन्त्री: बामदेव गौतम, प्रकाशमान सिंह

मन्त्री: 
डा. रामशरण महत
विमलेन्द्र निधि
नरहरि आचार्य
महेश आचार्य
चित्रलेखा यादव
मीनेन्द्र रिजाल
राधाकुमारी ज्ञवाली
नारायणप्रकास साउद
नारायण खड्का
महेन्द्रबहादुर पाण्डे
खगराज अधिकारी
लालबाबु पण्डित
दलबहादुर राना
पुरुषोत्तम पौडेल
सुनिल बहादुर थापा
नीलम के.सी.(खड्का)
कृपासुर शेर्पा
महेश वस्नेत

राज्यमन्त्री: 
टेक बहादुर गुरुङ
गिरीबहादुर के.सी.

(यसैबीच, संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री भीमप्रसाद आचार्य र उद्योग मन्त्री कर्णबहादुर थापालाई हटाउँदै दिपकचन्द्र अमात्य र महेश बस्नेतलाई नियुक्त गरिएको थियो।

फेरि, २०७२ जेठ ८ मा दीपकचन्द्र अमात्यलाई हटाउँदै कृपासुर शेर्पालाई मन्त्री बनाइएको थियो।

फेरि, २०७२ जेठ १६ गते एमालेकै मन्त्री हरिप्रसाद पराजुलीलेले राजीनामा दिएका थिए। जेठ १५ गते एउटा रोपाइँ कार्यक्रममा महिलामाथि अभद्र व्यवहार गरेको आरोप लागेपछि पराजुलीले राजिनामा दिएका थिए।)
० ० ०
२५ असोज २०७२ 
(मन्त्रिपरिषद् गठनः २०७२/६/२५, ७/१, ७/१९, ७/२३ , ९/९, २०७३/०१/०५ )
प्रधानमन्त्रीः श्री के. पी. शर्मा ओली

उपप्रधानमन्त्रीः
विजयकुमार गच्छदार – भौतिक पूर्वाधार तथा यातायात
कमल थापा – परराष्ट्र र सङ्घीय मामिला तथा स्थानीय विकास
भीमवहादुर रावल – रक्षा
चन्द्रप्रकाश मैनाली – महिला, बालबालिका तथा समाजकल्याण
चित्रबहादुर के. सी. – सहकारी तथा गरिबी निवारण
टोपबहादुर रायमाझी – ऊर्जा

मन्त्रीः
विष्णुप्रसाद पौडेल – अर्थ
प्रेमबहादुर सिंह – खानेपानी तथा सरसफाई
दीपक बोहरा – श्रम तथा रोजगार र वाणिज्य
गिरिराजमणि पोखरेल – शिक्षा
अग्निप्रसाद सापकोटा – वन तथा भू(संरक्षण
शक्तिबहादुर बस्नेत – गृह
एकनाथ ढकाल – शान्ति तथा पुननिर्माण
सत्यनारायण मण्डल – युवा तथा खेलकुद
अग्नि प्रसाद खरेल – कानुन, न्याय, तथा संसदीय मामिला
सोमप्रसाद पाण्डेय – उद्योग
हरिबोल प्रसाद गजुरेल – कृषि विकास
रामकुमार सुब्बा – भूमिसुधार तथा व्यवस्था
रामजनम चौधरी – स्वास्थ्य
शेरधन राई – सूचना तथा सञ्चार
शान्ता मानवी – पशुपंक्षी विकास
रेखा शर्मा – सामान्य प्रशासन
गणेशमान पुन – आपूर्ति
उमेश कुमार यादव – सिँचाइ
आनन्दप्रसाद पोखरेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
विश्वेन्द्र पासवान – जनसङ्ख्या तथा वातावरण
शिवलाल थापा – विज्ञान तथा प्रविधि
जयन्त चन्द – वाणिज्य मन्त्री

राज्यमन्त्रीः
मेघराज नेपाली (निषाद) – उद्योग
मो. मुस्ताक आलम – स्वास्थ्य
विक्रमबहादुर थापा – भूमिसुधार तथा व्यवस्था
कुन्तीकुमारी शाही – सङ्घीय मामिला तथा स्थानीय विकास
दिनेशचन्द्र यादव – खानेपानी तथा सरसफाई
दामोदर भण्डारी – अर्थ
बलबहादुर महत – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
नरदेवी पुन मगर – पशु विकास
मञ्जुकुमारी चौधरी – सहरी विकास
दिपनारायण साह – शान्ति तथा पुननिर्माण

सहायकमन्त्रीः
दिनेश श्रेष्ठ – भूमिसुधार तथा व्यवस्था
रेसमबहादुर लामा (बैशाख १५, २०७३ मा विराज विष्टलाइ पदमुक्त गरी लामालाइ नियुक्त गरिएको) – सङ्घीय मामिला तथा स्थानीय विकास

(अन्तिमपटक २०७३ मंसिर २ मा अद्यावधिक गरिएको)

Saturday, March 12, 2016

दुइवटा गाई र थरिथरिका अर्थतन्त्र


अनुवाद तथा प्रस्तुतीः श्रवण उप्रेती/  किशोर दहाल
MikeHosking Breakfast  फेसबुक पेजमा अगस्ट १२, २०१५ मा यो सामाग्री पोष्ट भएको थियो । जटिल मानिने अर्थतन्त्र र त्यसका आयामहरुलाई सरल जीब गाइको माध्यमबाट बुझाउने प्रयास गरिएको छ । प्रत्येक अर्थतन्त्रलाई बुझाउन छुट्टाछुट्टै १७ वटा फोटोको प्रयोग गरिएको छ । केहीलाई यहाँ प्रस्तुत गरिएको छ ः
 

साम्यवादः
  • तपाईंसँग दुइटा गाई छन् ।
  • राज्यले दुवै गाई खोस्छ र त्यसवापत तपाईंलाई थोरै दुध दिन्छ ।
समाजवादः 
  •  तपाईंसँग दुइटा गाई छन् ।
  • एउटा गाई तपाईं आफ्नो छिमेकीलाई दिनुहुन्छ ।
फाँसीवादः 
  • तपाईंसँग दुइटा गाई छन् ।
  •  राज्यले दुबै खोस्छ र तपाईंलाई थोरै दुध बेच्छ ।
परम्परागत पूँजीवादः 
  • तपाईंसँग दुइटा गाई छन् ।
  • तपाईं एउटालाई बेचिदिनुहुन्छ र साँढे किन्नुहुन्छ । 
  • तपाईंको बगाल फैलन्छ र अर्थतन्त्र बढ्छ । तपाईं तिनलाई बेचिदिनुहुन्छ र त्यसको आम्दानी लिएर ‘रिटायर्ड’ हुनुहुन्छ ।
कर्मचारीतन्त्रः
  • तपाईंसँग दुइटा गाई छन् ।
  • राज्यले दुबै खोस्छ । एउटालाई गोली हान्छ र अर्कोलाई दुहुन्छ । र, सो दुध फालिदिन्छ ।
इण्डियन कर्पोरेसनः
  • तपाईंसँग दुइटा गाई छन् ।
  •  तपाईं त्यसलाई पूजा गर्नुहुन्छ ।
चाइनिज कर्पोरेसनः 
  • तपाईंसँग दुइटा गाई छन् ।
  • तीनलाई दुहन ३०० मानिस राख्नुभएको छ । तपाईं पूर्ण रोजगारी र उच्च उत्पादकत्वको दाबी गर्नुहुन्छ ।
  • यथार्थ अवस्थाबारे रिपोर्टिङ गर्ने पत्रकारलाई तपाईं गिरफ्तार गर्नुहुन्छ ।
अमेरिकन कर्पोरेसनः 
  • तपाईंसँग दुइटा गाई छन् ।
  • त्यसमध्ये एउटा बेच्नुहुन्छ । र, बाँकी अर्कोबाट चारवटा गाई बराबरको दुध दुहन बल गर्नुहुन्छ ।
  • पछि, एउटा कन्सल्ट्यान्ट मगाएर सो गाई मर्नुको कारण बिश्लेषण गराउनुहुन्छ ।
ब्रिटिश कर्पोरेसनः 
  • तपाईंसँग दुइटा गाई छन् ।
  • दुवै पागल छन् ।
इराकी कर्पोरेसनः 
  • सबैले सोच्छन्– तपाईंसँग धेरै गाई छन् । तपाईं आफूसँग गाई नै नभएको दाबी गर्नुहुन्छ ।
  • कसैले तपाईंलाई बिश्वास नै गर्दैन । त्यसैले तपाईं ‘धोती न टोपी’ हुने गरि बम बर्षाउँछन् । र, आफ्नो कब्जामा लिन्छन् । 
  • तपाईंसँग अहिले पनि कुनै गाई छैनन् तर तपाईंकोमा प्रजातन्त्र आएको छ ।
अष्ट्रेलियन कर्पोरेसनः
  • तपाईंसँग दुइटा गाई छन् ।
  •  व्यापार निकै राम्रो चलेको देखिन्छ ।
  •  तपाईं अफिस बन्द गर्नुहुन्छ र बियर खाएर यो खुसीको उत्सब मनाउनुहुन्छ ।
आइरिस कर्पोरेसनः
  • तपाईंसँग दुइटा गाई छन् ।
  • त्यसमध्ये एउटा घोडा हो ।
इटालियन कर्पोरेसन
  •  तपाईंसँग दुइटा गाई छन्, तर तिनीहरु कहाँ छन् तपाईंलाई थाहा छैन ।
  •  तपाईं लन्च लिने निर्णय गर्नुहुन्छ ।
फ्रेन्च कर्पोरेसनः
  • तपाईंसँग दुइटा गाई छन् ।
  • तपाईं हडतालमा जानुहुन्छ, दंगा मच्चाउनुहुन्छ र बाटो बन्द गर्नुहुन्छ । किनकि, तपाईं तीनवटा गाई चाहनुहुन्छ ।
ग्रिक कर्पोरेसनः 
  • तपाईंसँग फ्रेन्च र जर्मन बैङ्कबाट ऋण लिइएका दुइटा गाई छन् ।
  • तपाईंले दुबैलाई खानुभयो । अब, बैङ्कहरुले तपाईंसँग दुध मागिरहेका छन् । जुन माग तपाईं पूरा गर्न सक्नुहुन्न । त्यसैले तपाईंले IMF को सहयोग माग्नुभयो । 
  • IMF ले तपाईंलाई दुइवटा गाई ऋणमा दिए । ती दुइको पनि तपाईंले भोज खानुभयो । बैङकहरु र IMF कि गाई कि दुध मागिरहेका छन् । तपाईं भने कपाल काट्न निस्कनुभयो ।
स्वीस कर्पोरेसनः
  • तपाईंसँग ५००० गाई छन् ।
  • ती कुनै पनि तपाईंका होइनन् ।
  • ती राखेवापत तीनका मालिकसँग तपाईं शुल्क उठाउनुहुन्छ ।
...........................

फोटो पोष्ट भएपश्चात केही रमाइला कमेन्टहरु गरिएका छन् । कमेन्टकर्ताहरुले आफ्नै शैलीमा केही फरक अर्थतन्त्रलाई प्रस्तुत गरिएका छन् । केही कमेन्टहरु यस्ता छन्ः

  •  Alessandra Veronese डोनाल्ड ट्रम्प अर्थतन्त्रः तपाईसँग दुइवटा गाई छन् । तपाई सर्कस खोल्नुहुन्छ र करोडपति बन्नुहुन्छ ।
  •  Greg Shawउत्तर कोरियाली अर्थतन्त्रः तपाई आफूसँग दुइवटा गाई भएको बताउनुहुन्छ । सबैलाई थाहा छ कि तपाईं एउटै गाई छैन । तपाईं आफूसँग भएको दुइटा गाईले बिश्व हमला गर्ने धम्की दिनुहुन्छ ।
  •  Akm Wahiduzzaman बंगलादेशी कर्पोरेसनः तपाईंसँग दुइटा गाई छन् । एउटालाई मुस्लिम शैन्य र अर्कोलाई नास्तिक ब्लगरको आरोपमा गोली हानिन्छ ।  
  • Kemi Adekoya अफ्रिकन कर्पोरेसनः तपाईंसँग असङ्ख्य गाईहरु छन् । तर, तपाईंको उदारता र दुध दुहने साधनको कमीले अरु कसैलाई दुध दुहन दिनुहुन्छ । यसो गरिरहँदा तपाईं उनीहरुले दुध दुहने र तपाईंलाई दिने आश गर्नुहुन्छ । तर, उनीहरुले तपाईंलाई दुधबाट बञ्चित गर्छन् र कति अवस्थामा बढि गाई लिएर आफ्नो अर्थतन्त्र पोस्न तपाईंलाई नै मार्छन् । 
  • Abra Kayne इजरेलः तपाईंसँग दुइटा गाई छन् । तीनीहरु नजिकका आफन्त हुन्; एउटा मुस्लिम हो, अर्को यहुदी हो । उनीहरुलाई यसमा कुनै समस्या छैन । तर, तपाईं उनीहरुबीच पर्खाल लगाउनुहुन्छ र दुनियाँलाई हँसाउनुहुन्छ । 
  • Anne Soares ब्राजेलियन कर्पोरेसनः तपाईंसँग दुइटा गाई छन् । तर, तपाईं तिनका लागि वास्तविक मूल्यभन्दा बढि कर तिर्नुहुन्छ । 
  • Jorge Ribs मेक्सीकन अर्थतन्त्रः तपाईंसँग दुइवटा गाई छन् । एउटा छिमेकीद्वारा चोरियो । जब तपाईंले सरकारमा यो उजुरी गर्नुभयो, तिनले अर्को गाई पनि खोसीदिए ।

Saturday, September 19, 2015

‘हुलासको पिठो’ जस्तो संविधान

किशोर दहाल
असोज ३ गते काठमाडौंका धेरै  ठाउँमा अनेक प्रकारले संविधानलाई स्वागत गरिएको थियो। बेलुका बत्ती बालेर खुसियाली मनाइएको थियो।

पहिले पहिले हुलास कम्पनीको नाममा एउटा प्रचार खुबै सुनिन्थ्यो । त्यसको सम्पूर्ण विषय त याद छैन । तर, एउटा स्लोगन भने अद्यापि चर्चित छः 'हुलास भए अरु किन खोज्ने ?'

त्यसैसँग जोडिएको एउटा चुट्किला पनि सुनिन्थ्यो, साथीहरुका माझमा ।

केही कमिलाहरु मिठाइ पसलमा छिरेछन् । मिठाइ पसलमा कतै चिनी छरिएको, कतै मिठाइकै टुक्रा छरिएको, कतै पिठो छरिएको थियो । कमिलाहरु कोही चिनीतिर लागे । कोही मिठाइतिर लागे । तर, एउटाचाहिँ पिठो खान थालेछ । साथी कमिलाहरुले उसलाई सोधे, 'चिनी, मिठाइ छोडेर किन पिठो खान थालेको ?'

पिठो खानेले प्रतिप्रश्न गरेछ, 'हुलास भए अरु किन खोज्ने ?'

हुलासको पिठोको उत्कृष्टताको स्वीकारोक्तिसँगै एउटा व्यङ्ग्य पनि हो, यो । अझ उत्कृष्ट प्राप्त गर्नसक्ने अबस्था हुँदाहुँदै थोरैमा रमाउने बानीमाथिको व्यङ्ग्य । आज जारी हुन लागेको संविधान त्यही हुलास पिठोमा अल्झिँदा छुटेको मिठाइजस्तै भएको छ ।

Thursday, September 17, 2015

संबिधान जलाउनु सामान्य हो : उज्ज्वल प्रसाईं


उज्ज्वल प्रसाईं सीमान्तकृत वर्गको पक्षमा निरन्तर कलम चलाईरहेका एक जुझारु लेखक हुन् । पछिल्लो समय उनी ‘रेकर्ड नेपाल’को सम्पादक छन् । प्रसाईंसँग आज दिउँसो फेसबुकमा गरिएको कुराकानी:
संबिधान जारी हुँदै गरेको स्थितिलाई कसरी मूल्याङ्कन गरिनु उचित होला ?
यो संविधानले कम्तिमा बहिस्करणलाई राम्रोसँग सम्बोधन गर्नुपथ्र्यो । त्यो भएन । कुनै सीमान्तकृत समूहको पनि बहिस्करण कम हुन सकेन । केही गरेजस्तो गरेर केही गरेनन् । सतहमा सीमाङ्कनको मात्रै मुद्दा पेचिलो देखिन्छ । तर, निर्वाचन क्षेत्रदेखि अनेक समस्या जस्ताको तस्तै छन् । 


यो संविधानमा के-के मुद्दा संबोधन भएनन्,  बुँदागत रुपमा भनिदिनुस् न !
१) धर्म निरपेक्षताः यसको परिभाषामा समस्या छ । सनातन धर्मको रक्षा गर्ने भनेको हिन्दु धर्मको रक्षा गर्ने नै भनेको हो । यसो गर्दा अरु धर्मलाई राज्यले पाखा पारेको ठहर्छ । र, राज्य हिन्दु धर्मको मात्रै हुन्छ ।
२) सीमाङ्कनः थारुको उचित प्रतिनिधित्व, त्यो जातीको बाहुल्य हुने प्रदेशमा मात्रै सम्भव छ । त्यसैले उनीहरुको बाहुल्य हुने गरी पहाड नमिसाई थारुलाई पश्चिममा एउटा प्रदेश दिनुपर्ने थियो । त्यो भएन । अनि, मधेसीको माग पूरा गर्न पूर्वका मधेसी बाहुल्य क्षेत्र जस्तो बिराटनगर, इनर्वा र झुम्का लगायतका ठाउँ प्रदेश २ मा जोड्ने ।
३) निर्वाचन क्षेत्रः निर्वाचन क्षेत्र जम्मा १६५ वटा छन् । त्यसमा भूगोललाई प्राथमिकता दिइएको छ । हरेक जिल्लामा एउटा–एउटा गरेर निर्वाचन क्षेत्रमा बाड्ने भनिएको छ । त्यसो गर्दा ७५ वटा भयो । बाँकी ९० वटा रह्यो । ९० वटालाई जनसङ्ख्याको आधारमा बाड्ने भनिएको छ । त्यसो गर्दा ४५ वटा सिट मधेसलाई पर्ने भयो । भूगोलबाट २० र जनसङ्ख्याको आधारमा ४५ वटा गरी जम्मा ६५ वटा सिट मधेसमा हुने भयो । तर, मधेसको जति नै जनसङख्या भएको पहाडमा भने १०० सिट हुने भयो । यसो गर्दा संसदमा मधेसको उचित प्रतिनिधित्व हुँदैन । त्यसैले बहिस्करणको समस्या हल हुँदैन ।
४) शासकीय स्वरुपः प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री वा राष्ट्रपति नहुँदा स्थीरता हुँदैन । यस बिषयमा व्यापक छलफल भइसकेको छ ।
५) नागरिकताः अहिले ‘वा’ लेखेर आएको भनिए पनि त्यसलाई काट्ने अर्को धारा राखेर फेरि आमाको नामबाट नागरिकता दिने बिषयलाई पन्छाउने कोशिस गरिएको छ । साथै, केही प्रावधान यस्ता छन्, जसले खासगरी मधेसीलाई राज्यका ठूला पदमा पुग्न बञ्चित गर्छ ।
६) दलितः यस बिषयमा यति नै समस्या हो भनेर बताउन सक्ने स्थिति छैन । यसभित्रका बहुआयामिक तथ्य र समस्या बुझ्नुपर्ने हुन्छ । त्यसका लागि आहुतीका लेखहरु पढ्न सुझाब छ । अहिलेलाई यत्ति भनौं, संविधानले जसरी अधिकार सुनिश्चित गर्नुपर्ने थियो, त्यो हुन सकेन ।
७) २०६३ सालमा भएको मधेस विद्रोहलाई स्वीकार गरिएको छैन, प्रस्तावनामा । माओवादी जनयुद्धलाई शसस्त्र विद्रोह भनेर सम्बोधन गरिएको ठाउँमा मधेसको विद्रोहलाई विद्रोह नमानेकै कारण कतै उल्लेख नगरिएको स्पष्ट हुन्छ ।
८) समानुपातीक समाबेशीः यो शब्दवलीलाई उचित ढङ्गले प्रयोग गर्नुपर्नेमा, समाबेशीमात्रै भनेर केही प्रावधान ल्याईएको छ । जसले समानुपातीक भन्ने मर्मलाई नै अंगीकार नगरेको देखिन्छ । यहाँ खस आर्य राख्नु भनेको यो मुद्दालाई कमजोर पार्नु हो । समानुपातीक प्रतिनिधित्व हुन नसक्दा बहिस्करण कम हुँदैन । त्यसकारण संविधानका धेरै प्रावधानमा यसरी गडबड गरिएको छ । दलितको हकमा पनि यो कुरा लागु हुन्छ ।
अन्त्यमा, संघीयता र समानुपातिक प्रतिनिधित्वको मर्मलाई निस्तेज गर्ने हिसाबकिताब गरेर नै यो संविधान ल्याईएको छ । खासगरी, यो दुई धारणा जसले राज्य पूनर्संरचनामा निकै ठूलो भूमिका खेल्छन्, यिनको सिद्धान्तलाई आधार नबनाई संबिधान ल्याउनु नै समस्या हो । 


संबिधान त आउने नै भयो । तर, यसलाई जलाउँदै हिड्नु पनि उचित नहोला । बरु, संघर्षका नयाँ शैली अपनाउनु नै ठीक होला । त्यो नयाँ शैली के हुन सक्छ ?
जलाउनु सामान्य हो । यो जलाउने कर्मको बिरोध गर्नेहरुले यही अबस्थाको संविधानलाई स्वागत गरेका हुन् । त्यस्तो बिरोध जरुरी
पनि   छैन । अब लडाईं कसरी अगाडि बढाउने भन्ने बिषयमा सोच्नुपर्ने देखिन्छ । सधैं सडकको झडप र त्यस्तो खाले क्रान्ति सम्भव छैन । यो संविधान लागु हुन्छ नै जस्तो देखिन्छ । लागु भएपछि यसका कमी कमजोरी पनि उजागर गर्दै जानु पर्छ । रिसर्च र लेखनबाट उजागर गर्दै गएर त्यसैलाई पछि राजनीतिक मुद्दा बनाउँदै जानुपर्छ जस्तो लाग्छ ।
 

भनिन्छ नि, राजनीतिमा चाहेजस्तो हुबहु र तत्कालै प्राप्त हुँदैन । यो कति सान्दर्भिक धारणा हुन सक्छ अहिलेको परिस्थितिमा ?
नहुने रहेछ भन्ने त देखियो । नेतृत्व कमजोर र अयोग्य भएपछि सहजै र समयमा नै प्राप्त गर्न सकिने उपलब्धी पनि प्राप्त हुँदैनन् । मधेस र माओवादीका त्यस्तै नेताको कारण अहिले मधेसको हालत बिग्रिएको छ । मधेसी र माओवादी नेतृत्वका कमजोरीमै टेकेर परिवर्तन नचाहनेले यो बेहाल सिर्जना गरेका हुन् । अहिले आएर माओवादी त कांग्रेस र एमालेको भ्रष्ट र पतीत संस्करणमा परिणत भएका छन् ।
 

एकथरि छन्, जो सगरमाथा चढिसकेको जस्तो खुसी मनाउँदैछन् । तिनीहरु अब भोलि यो देशमा कुनै समस्या नआउने जस्तो गर्दैछन् । अर्कोथरि छन्, जो नाम्चेबजार मै छुटेजस्तो गर्दैछन् । मिलन बिन्दु के हुन सक्ला तत्कालको राजनीतिमा ?
अब संविधान संसोधन गरेर जाने भन्छन् । त्यो सम्भव देखिदैन । बरु, यो प्रक्रियालाई अन्त्य हुन दिएर यो संविधानलाई नस्वीकार्ने शक्ति/समूहले संविधानको व्यवहारिक/सैद्धान्तिक कमजोरीलाई उजागर गर्ने नै हो । संविधानलाई हेर्ने, अध्ययन गर्ने र बिस्तारै यसको असंगती महसुस गराउने हो । यती हुन समय लाग्छ तर नयाँ चित्र बन्न सक्छ । 


मधेसको असन्तुष्टि इगोमा परिणत भइसकेको छ । केही पाएजस्तो, जितेजस्तो नभई ‘काठमाण्डौ’ फर्किन नेताहरुलाई अप्ठ्यारो छ । उनीहरुलाई तत्काल दिन सकिने कुरा के हुन सक्छ ?

तत्काल दिन सकिने भनेको, तिमीहरुको यति कुराचाहीँ अहिले पूरा गर्छौ । पुरानो सहमतिबाट यी कुराचाहीँ तत्कालै पूरा गर्ने प्रण गर्छौ भनेर टेबलसम्म ल्याउनु एउटा सेफ ल्याण्डिङ हुन सक्छ । त्यसो नगरी झारा टार्ने र एकदमै हेपेको जस्तो गरेर एक/दुइ दिनको समय दिएर बोलाउँदा झनै दुरी बढ्छ । 


उनीहरु भन्दैछन् कि, पुरानो सहमति कार्यान्वयन गर्ने हो भने नयाँ सहमति जरुरी नै छैन । पुरानो सहमतिको पूर्ण कार्यान्वयन पनि सम्भव छैन । यो स्थिति त लम्बिने देखियो नि !
राज्यले पूरै नजरअन्दाज गरेर पेल्ने नीति लिएपछि त्यस्तो त हुन्छ नै । अझै पनि बेवास्ता गरेर मधेसलाई एकदमै हेपेको सन्देश गयो भने बिखण्डनकारी हर्कतले बल पाउँछ । त्यसले कहीँ पु¥याउँदैन, तर झन्–झन् अराजकता बढाउँदै लैजान्छ । अहिले मधेसका नेताको अनुहार हेरेर मधेसलाई नजरअन्दाज गर्न बन्द नगर्दासम्म स्थीति विकराल बन्छ । 


यतिबेला ठूला दलका मधेसी नेता किन निरिह भएका होलान् ?
मान्छेले पहिला आफूलाई हेर्छ । आफ्नो भबिष्य, सुबिधा, सन्तान... सबैले मान्छेलाई कमजोर बनाउँछ । यो बिस्मयकारी जञ्जालबाट निस्कन गाह्रो पो हुन्छ । यही सबले लट्टिएका छन्, ठूला दलका मधेसी नेता । केही सुरेन्द्र चौधरीजस्ताले कोशिस सम्म गरे तर सकेनन् । अनेक धम्की, लोभलालचले पनि काम ग¥यो होला । 


तर, राजनीति भनेको त यस्तै होइन र ?
खासमा राजनीति भनेको यस्तो होइन । जब मान्छे राजनीति सकिएर अराजनीतिक भुलभुलैयामा फस्छ, तब यो सब सुरु हुन्छ । 


त्यसो भए हाम्रो राजनीतिले कहिलेदेखि रङ फेर्न थाल्यो त ? कि, हाम्रोमा राजनीतिले वास्तविक रङ नै ग्रहण गर्न पाएन ?
होइन, हाम्रोमा राजनीति नै भएको हो । सारा मुद्दा र डिस्कोर्स राजनीतिले नै ल्याएको हो । तर, जब राजनीति गर्नेहरुले त्यसमा पनि बर्चस्वमा भएकाहरुले आफ्नो जात, वर्ग र लिङ्गको साँघुरो घेरामा फस्न पुगे, त्यहीँबाट यो अराजनीतिक गडबडी सुरु भएको हो । 


हाम्रोजस्तो मुलुकमा व्यक्तिगत स्वार्थ र स्वार्थगत बाहिरी समूहलाई किनारा लगाउँदै शुद्ध राजनीति अघि बढ्न सक्छ र ?
त्यस्तो पुरै आदर्शवादी अबस्थामा मान्छेलाई लिन सकिदैन । तर, बञ्चितहरुको आन्दोलन र आवाज शसक्त भयो भने बर्चस्वमा भएकाहरु आफ्नो साँघुरो घेराबाट बाहिर आउन बाध्य हुन्छन् । अनि, सँगै शिक्षा तथा गम्भीर राजनीतिक छलफलहरुले पनि मान्छेलाई त्यो साँघुरो घेराबाट बाहिर आउन सहयोग गर्छ । 


हामीकहाँ राजनीति नाम दिएर अरु नै खेल खेलिन्छ कि क्या हो ?

राजनीतिलाई बुझ्ने र परिभाषीत गर्ने आ–आफ्नै तरिकाहरु होलान् । तर, महत्वपूर्णचाहीँ के हो भने पात्र/प्रवृत्ति र घटनालाई राजनीतिक ढङ्गले बुझ्न जरुरी छ । यो राजनीतिक बुझाईले नै भइरहेका अराजनीतिक कृत्य र घोषित मान्यतालाई उजागर गर्छ । 


केही मान्छेहरु अहिले खुबै तटस्थ बन्न खोजिरहेका छन् नि !
सबैभन्दा पहिले के बुझ्नुपर्छ भने त्यो तटस्थता भ्रम हो । तटस्थता बर्चस्ववादको नजिक हुन्छ । पक्षधरता नहुनु भनेको जे शक्तिशाली छ, जे मुलधार हो, जो प्रचारित छ त्यसैलाई स्वीकार्नु र पत्याउनु हो ।


संविधान घोषणापछि शान्ति आउँछ भन्ने एकथरिको बुझाई छ । यो कत्तिको सतही धारणा हो ?
शान्तिको परिभाषा गर्ने । शान्ति आफैमा तटस्थ हुँदैन । सबैलाई एकैपटक शान्ति हुँदैन । कसलाई शान्ति हुने हो ? को अशान्त हुने हो ? दलितलाई शान्ति हुन्छ ? काठमाण्डौको एउटा धनी पहाडेको घरमा बसेको मधेसीलाई शान्ति हुन्छ ? यस्ता प्रश्नको खोजी गरियो भने उत्तर आफैंले पाइन्छ ।