मधेसमा चलेको आन्दोलनको मुख्य माग संविधान संशोधन थियो । किनभने संविधानले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका अन्य आन्दोलनका म्यान्डेटलाई सही रूपमा दस्तावेजीकरण गर्न सकेन । र ‘नयाँ नेपाल’ले जुन खालको आशा र चित्र वितरण गरेको थियो, त्यसप्रति न्याय गर्न सकेन । अन्य मुद्दामा जस्तै मधेसको सवालमा पनि नयाँ संविधान अन्तरिम संविधानभन्दा पछि हटेको देखियो । अघिल्लो राज्यव्यवस्थामा जुन वर्ग सुरक्षित थिए, निर्णय प्रक्रियामा प्रभाव राख्थे र जसको वरपर सम्पूर्ण राज्यव्यवस्था घुम्थ्यो, नयाँ संविधान पनि रङ्गीचङ्गी भाषामा उस्तै भएर आयो । मधेसको असन्तुष्टिले नै संविधानका कमजोरीलाई सबैले बुझ्ने भाषामा सडकमा ल्याइदिएको हो । यो कमजोरीलाई स्वयं ठूला दलका ठूला नेताले पनि स्वीकार गरिसकेको तथ्य हो । र त्यसलाई आगामी दिनमा संशोधनमार्फत सच्याउन उनीहरूले सार्वजनिक रूपमै प्रतिबद्धता गरेका हुन् । उनीहरूको त्यो प्रतिबद्धता आन्दोलनरत मोर्चा र आफ्नै दलभित्रका मधेसी नेताहरूप्रति लक्षित थियो । यसरी थामथुम नगरिएको भए अहिलेको नब्बे प्रतिशतवाला रटान पनि सम्भव हुने थिएन । त्यसैले संविधानप्रति असन्तुष्टि र असहमति खास सङ्ख्याको मात्रै सवाल नभएर एउटा क्षेत्र र समुदायको असन्तुष्टि हो ।
Saturday, June 24, 2017
राजपाले गुमाएको अवसर
मधेसमा चलेको आन्दोलनको मुख्य माग संविधान संशोधन थियो । किनभने संविधानले दोस्रो जनआन्दोलन, मधेस आन्दोलन लगायतका अन्य आन्दोलनका म्यान्डेटलाई सही रूपमा दस्तावेजीकरण गर्न सकेन । र ‘नयाँ नेपाल’ले जुन खालको आशा र चित्र वितरण गरेको थियो, त्यसप्रति न्याय गर्न सकेन । अन्य मुद्दामा जस्तै मधेसको सवालमा पनि नयाँ संविधान अन्तरिम संविधानभन्दा पछि हटेको देखियो । अघिल्लो राज्यव्यवस्थामा जुन वर्ग सुरक्षित थिए, निर्णय प्रक्रियामा प्रभाव राख्थे र जसको वरपर सम्पूर्ण राज्यव्यवस्था घुम्थ्यो, नयाँ संविधान पनि रङ्गीचङ्गी भाषामा उस्तै भएर आयो । मधेसको असन्तुष्टिले नै संविधानका कमजोरीलाई सबैले बुझ्ने भाषामा सडकमा ल्याइदिएको हो । यो कमजोरीलाई स्वयं ठूला दलका ठूला नेताले पनि स्वीकार गरिसकेको तथ्य हो । र त्यसलाई आगामी दिनमा संशोधनमार्फत सच्याउन उनीहरूले सार्वजनिक रूपमै प्रतिबद्धता गरेका हुन् । उनीहरूको त्यो प्रतिबद्धता आन्दोलनरत मोर्चा र आफ्नै दलभित्रका मधेसी नेताहरूप्रति लक्षित थियो । यसरी थामथुम नगरिएको भए अहिलेको नब्बे प्रतिशतवाला रटान पनि सम्भव हुने थिएन । त्यसैले संविधानप्रति असन्तुष्टि र असहमति खास सङ्ख्याको मात्रै सवाल नभएर एउटा क्षेत्र र समुदायको असन्तुष्टि हो ।
Wednesday, June 21, 2017
समस्या पन्छाउन सिपालु हामी
Tuesday, June 20, 2017
'गाईकाे निबन्ध' लेख्नेहरू
एजेन्डा छ भने उज्यालोको
तम्तयार छ बोक्न तिमीलाई
खगेन्द्र संग्रौलको एक थान काँध।
Tuesday, June 13, 2017
झिंगे दाउमा अल्झिएका प्रचण्ड
जिन्दगीमा सानातिना उद्देश्यमा अल्झिनुहुँदैन भन्ने उदाहरण दिनका लागि प्रचण्ड एउटा उपयुक्त पात्र हुन् । छबिलालदेखि प्रचण्डसम्मको यात्रा, जनयुद्धको नेतृत्वकर्ता र पछिल्ला राजनीतिक उपलब्धीहरु तथा दुईदुई पटकको प्रधानमन्त्रीको जिम्मेबारीले उनको व्यापक उद्देश्यलाई पछ्याउने स्वभावलाई पुष्टि गर्छ । सानातिना उद्देश्यमा नअल्झने उनको स्वभावले नै उनलाई अहिलेको राजनीतिक उथलपुथलको नेतृत्वकर्ताको रुपमा उभ्याइदियो ।
केही कमजोरीका बाबजुद पनि प्रचण्ड नेतृत्वको पछिल्लो सरकारले धेरै सकारात्मक सन्देश नै प्रवाह गरेको छ । त्यसले माओवादी र प्रचण्डका अघिल्ला दिनका भूमिकालाई सहज तुल्याउने मार्ग खोलिदिएको छ । टुक्रिएर गएका दलहरुले आफ्नो प्रभाव देखाउन नसकिरहेको बेलामा माओवादीको यस किसिमको जब्बर उपस्थितिले प्रचण्डलाई नेपाली राजनीतिले अरु केही वर्ष किङमेकरको रुपमा स्वीकार गरिरहनेछ भन्ने स्वीकार्न उनका विरोधीहरु पनि बाध्य छन् ।
गौरवपूर्ण इतिहास र एउटा ‘सफल’ सरकारको नेतृत्व गरेका तथा आगामी दिनमा पनि राजनीतिको केन्द्रमा रहने उनै प्रचण्ड भरतपुर महानगरपालिकाको मेयर पदको चुनावमा भने लज्जास्पद रुपमा मुछिए । माओवादी पार्टीका नाममा भरतपुरमा जे जे भए, ती सबैले प्रचण्डलाई थप बदनामीको खुड्किला चढाइरहेका छन् । पुत्री रेणुको जबर्जस्त ‘विजय’का लागि उनले घोषित वा अघोषित, बोलेर वा नबोलेर र चाहना राखेर वा दबाब दिएर जस्तो वातावरणको सहजीकरण गर्न खोजे त्यसले उनलाई घाटा नै पुगेको छ । उनको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा पुनः शंका गर्न थालिएको छ ।
रेणु दाहाललाई प्रचण्डबाट अलग्याएर हेर्दा भरतपुर महानगरपालिकाको मेयर पदमा उनको उम्मेदवारी अस्वभाविक थिएन । उनी पहिलो संविधानसभाको सदस्य, दोस्रो संविधानसभाको चुनावमा काठमाडौं क्षेत्र नम्बर १ कि उम्मेदवार र पार्टीमा २०५३ सालदेखि सक्रिय रहेकी उनी हल्ला गरिएजस्तो एकैपटक राजनीतिमा उदाएकी थिइनन् । तर, उनको उम्मेदवारीलाई प्रचण्डबाट अलग्याएर हेर्न नसकिने बाध्यता हामीसामू छ ।
Sunday, June 11, 2017
मिडिया उपयोगको सुशीला संस्करण
Thursday, June 1, 2017
नयाँ 'कोतपर्व' लाई मान्यता दिनु हुँदैन
किन रोजियो ‘लास्टमा मःम’ ?
मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
Wednesday, May 24, 2017
एक प्रचण्डका दुई राजीनामा सम्बोधन, कति अन्तर कति समान?
प्रधानमन्त्रीको रुपमा प्रचण्ड पहिलो पटक २०६५ साउन ३१ गते कुल ४६४ मत (खसेको मत ५७७) का साथ निर्वाचित भएका थिए। र, २०६६ वैशाख २१ गते राजीनामा दिएका थिए। दोस्रो पटक भने २०७३ साउन १९ गते कुल ३६३ मत (खसेको मत ५७३) का साथ निर्वाचित भएका थिए। र, उनले दोस्रो कार्यकालको अन्त्य गर्दै २०७४ जेठ १० गते राजीनामा दिएका छन्। पहिलो पटक सरकार बनाउँदा उनले मुख्य रुपमा एमालेको साथ लिएका थिए भने दोस्रो पटक कांग्रेससँग। अन्य सहयोगी भने लगभग उस्तै।
उनको राजीनामा दुवै पटक चर्चित रह्यो। पहिलो पटक उनले आकस्मिक रुपमा राजीनामा दिएर सबैलाई छक्क पारेका थिए भने दोस्रो पटक सहमति पालना नगर्ने र सत्ता छाड्न गाह्रो मान्ने परम्परालाई तोड्दै। पहिलो राजीनामामा शब्दमै उल्लेख नगरे पनि उनको राजीनामासँग द्वैध सत्ताको नैतिकता जोडिएको थियो। प्रधान सेनापति रुकमाङ्गत कटवाललाई बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध 'राष्ट्रपतिले केही शंकास्पद शक्तिहरुको उक्साहट र दबाबमा कदम चालेपछि' प्रधानमन्त्री नैतिक संकटमा धकेलिए। र, उनले राजीनामा दिए।
तर, दोस्रो राजीनामामा भने उनले नैतिकतालाई उल्लेख नै गरे र भने, 'मैले नेपाली राजनीतिमा लामो समयदेखिको नैतिकताको खडेरी तोड्ने दृढ संकल्प गरेको छु।'
यसका साथै प्रचण्डको राजीनामामा अन्य केही समानता र असमानता पाइन्छ। विशेष गरी उनमा सैद्धान्तिक र प्राप्तिको राजनीतिबाट व्यवहारिक राजनीतितिरको अवतरण महसुस गर्न सकिन्छ। पहिलो राजीनामामा उनले आफू अघिअघि हिँड्न खोजेको, अन्य दललाई पनि आफ्नै गतिमा हिँडाउन खोजेको तर उनीहरु नमानेको झलक दिएका थिए। तर, अहिले आफू सबैको साथसाथै हिँडेर सबैको स्वीकार्य नेतृत्वको भूमिका खेल्न खोजेको र केही हदसम्म सफल पनि भएको बताउन खोजे। यसलाई नकार्नुपर्ने कारण छैन।
Tuesday, May 23, 2017
एमाले अर्थात् उडन्ते गफको स्रोत
Tuesday, May 16, 2017
कान्तिपुर, बल्ब खरिद प्रकरण र शंकाको सुविधा
सरकारले करिब दुई सय मेगावाट विद्युत जोगाउने महत्वाकांक्षी लक्ष्यका साथ एलईडी बल्ब खरिद गर्ने प्रक्रिया सुरु गरेपछि त्यसमा अनियमितताको आशंका गर्दैै मिडिया तातिरहेको छ । खासगरी, कान्तिपुर दैनिकले बैशाख २५ गते ‘ठूलो आर्थिक चलखेल’ भन्दै समाचार छापेपछि त्यसले तरङ्ग ल्यायो । समाचारको मुख्य आशय छ– भारतमा रु. ३८ पर्ने एलईडी बल्ब विद्युत प्राधिकरणले रु. ६५ मा किन्न खोजेको छ र यसले आर्थिक अनियमितताको नियत राखिएको छ । लगत्तै अन्य केही मिडियाले पनि यस प्रकरणमा सक्रियता देखाए । २९ गते पुनः कान्तिपुरले नै फलो अप समाचार प्रकाशित ग¥यो । प्रकरणका थप पाटाहरु खोलियो । र, मिडिया वारको स्थिति देखा परिरहेको छ । यहाँ यिनै कुराहरुलाई विश्लेषण गरिएको छ । विश्लेषणका लागि यस प्रकरणलाई छोएर लेखिएका फरक फरक मिडियाका समाचार र विश्लेषणलाई एकिकृत गर्दै र मेरो आफ्नो विश्लेषण पनि थपेको छुः
कान्तिपुर प्रतिको आशंका
- कान्तिपुर दैनिकले विगतदेखि नै ‘स्रोत’को हवाला दिँदै लोडसेडिङमुक्त अभियानप्रति असन्तुष्टि झल्कने समाचार सम्प्रेषण गर्दै आइरहेको थियो । लोडसेडिङमुक्त अभियानबारे चासो राखिरहेका जोसुकैले उसको यो समाचार शृङ्खलाप्रति आश्चर्य जनाउने गरेका हुन् । उसले गत तिहारपछि नै कुलेखानीको पानी बढी प्रयोग गरिएको र हिउँदमा झन् लोडसेडिङ बढ्ने समाचार प्रकाशित गरिरहेको थियो । धेरैले लोडसेडिङको बेला खपत हुने इन्भर्टर लगायतको सामानको विज्ञापनको लागि यस्तो नियोजित समाचार प्रकाशित गरेको हुनसक्ने आशंका गरेका थिए ।
- कान्तिपुरले विगतमा पनि लोडसेडिङबारे समाचार सम्प्रेषण गर्दा प्राधिकरणका उच्च अधिकारीको हवाला दिने गरेको छ । स्रोत शब्दलाई नाजायज मान्न त नसकिएला तर जतिबेला पनि लोडसेडिङ मुक्त अभियानको विरोधी जस्तो सुनिने त्यस्ता स्रोतको प्रयोगमा नै शंका लाग्नु स्वभाविक हो । र, बल्ब खरिद प्रकरणमा अहिले पनि स्रोतको प्रयोग गरिएको छ । कतै कान्तिपुरले समाचारलाई आफ्नो ढाँचा दिन त्यसखाले स्रोतको प्रयोग गरेको छ होइन ?
- कान्तिपुरकै विगत । पछिल्लो विगत, चन्द्रागिरीबारेको उसको केही फलोअप । जसलाई हिसाबकिताब मिलेर फलोअप गर्न छाडिएको आशंका गरिन्छ । त्यसअघि पनि स्रोतले चिप्ल्याएका केसहरु धेरै छन् ।
- सामाजिक सञ्जालमा बल्ब खरिद प्रकरणबारे प्रशस्त मत बाँडिएका छन् । फरक फरक मिडिया हाउसका फरकफरक विश्लेषणलाई केलाइरहेको छ । समाचारहरु सेयर भइरहेका छन् । तर, कान्तिपुरको पाठक प्रतिक्रियामा एकोहोरो र उसको समाचारमा समर्थन पुग्ने प्रतिक्रियालाई स्थान दिइएको छ । अझै रमाइलो त के छ भने, जसरी कान्तिपुरले कुलमानलाई दोषी नदिई जनार्दन शर्मालाई दोषी देखाउने रणनीति भएको अनुमान लगाउन सकिने समाचार प्रकाशित ग¥यो, पाठकपत्र पनि सोही अनुसारका छन् । यो उसको नियतमा नै रहेको खराबी हुन सक्छ वा त्यस किसिमको पाठक प्रतिक्रिया नै फेक हुनसक्छ । त्यसकारण, कान्तिपुरले आफ्नो लाइन अनुसारको पाठक प्रतिक्रिया प्रकाशित गरिरहेको त छैन ? भन्ने आशंका पनि उठेको छ । यो सत्य रहेछ भने, उसको समाचार पनि नियोजित हो भन्ने पुष्टि हुन्छ ।
Saturday, May 13, 2017
के के सम्झिने भोट हाल्दा ?
चुनावमा तालमेल कुनै तर्कले राम्रो कुरा होइन । बीस वर्षपछि भइरहेको स्थानिय तह (संवैधानिक प्रावधान फरक भएता पनि त्यसलाई जनताको नजिकको सरकारको रुपमा पहिले र अहिलेको व्यवस्थालाई उस्तै ठान्न सकिएला)मा दलहरुले स्थानिय स्तरमा गरेका कामको स्थानिय जनताले मूल्याङ्कन गर्ने राम्रो अवसर हो यो । जनतालाई परेका सुखदुखमा साथ दिने, हौसल्ला बढाउने, मर्दापर्दा सहयोग गर्ने, विकास निर्माणको लागि दौडधुप गर्न सक्ने वा गरिरहेको सहज खालको मान्छेलाई चुन्ने यस प्रक्रियामा जनतालाई रणनीतिक सिन्डिकेट लगाइनु हुँदैन्थ्यो । तर, दलहरुले आफ्ना स्थानीय नेता, विगतका कार्यशैलीलाई स्वतन्त्र परीक्षण गर्न हच्किए । त्यसैले बढीभन्दा बढी तालमेल गरेर जाने प्रयत्न भयो । तालमेलको प्रयास असफल भएका ठाउँमा मात्रै एक्लै लड्ने आँट गरियो । बीस वर्षपछि हुने चुनावमा समेत एक्लै चुनाव लड्ने आँट र जनाधारको विश्वास नभएको नेताले चुनाव जितेर कुन क्षमता प्रदर्शन गर्ला त्यो विस्तारै थाहा होला ।
तर, दलहरुले चुनावी तालमेल गरेर जसरी निर्लज्जता देखाए, त्यसैगरी काठमाडौंका केही जान्नेसुन्ने पत्रकारले अर्को निर्लज्जता प्रदर्शन गरे । तालमेल भएका मध्ये बढी चर्चामा रह्यो चितवन महानगरपालीकाको मेयर पद । त्यहाँ माओवादी र कांग्रेसबीच भएको तालमेलले काठमाडौंमा धेरैको निद हराम भएको बुझ्न सकिन्छ । उनीहरुले चितवनमा मेयरको रुपमा माओवादीलाई भोट हाल्दै गर्दा ‘बाँदरमुढे घटना’ नबिर्सन सामाजिक सञ्जालबाट खुला आह्वान गरे । बाँदरमुढे घटना माओवादी जनयुद्ध क्रमको निकै क्रुर घटनामध्यको एक हो ।
Thursday, April 27, 2017
दर्शना उम्मेद्वारीले ल्याएको तरङ्ग
किशोर दहाल
काठमाडौं महानगरपालीकाको मेयरमा रञ्जु दर्शनाको उम्मेद्वारीको समाचार सार्वजनिक भए लगत्तै एकजना फेसबुक प्रयोगकर्ताले लेखे– “मलाई २१ वर्षे यी नानी काठमाडौंको मेयर बनेर तहल्का पिटेको हेर्ने धोको छ !
रवीन्द्र मिश्रको भाषामा ‘अन्तिममा मम’ खोज्ने राजनीतिक संस्कार भएकको देशमा दर्शनाले मेयर बनेर तहल्का पिट्लिन् वा नपिट्लिन्, तर उम्मेद्वारीको पुरानो प्रचलनलाई भने धक्का दिइसकेकी छिन् । विवेकशील दलको तर्फबाट उनको उम्मेद्वारीले एउटा तरङ्ग ल्याएको छ ।
काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेद्वारी र विजयले राजनीतिक शान बृद्धि गर्न निकै ठूलो भूमिका खेल्छ, त्यस्तो ठाउँमा दर्शनाको उम्मेद्वारी आफैंमा पुरानो राजनीतिक संस्कारमाथिको प्रश्न पनि हो । र, सम्भवतः विकल्प खोज्ने नभइ, विकल्प बन्ने अभियानको एउटा प्रयोग पनि ।
Wednesday, March 22, 2017
के पढ्ने, किन पढ्ने ?
Tuesday, March 7, 2017
इटहरी, सप्तरी र दुर्गति
किशोर दहाल
१५ महिनाअघिको इटहरी घटना सम्झौं ।
२०७२ साल मंसिर ११ गते । आन्दाेलनरत संयुक्त मधेसी मोर्चाले सुनसरीको इटहरीमा आयोजना गर्ने भनिएको आमसभाको तयारी स्वरुप निर्माण गरएको मञ्चमा आगो लगाएर तोडफोड गरियो । र, त्यो तोडफोड स्थानीयबासीले गरेको भनिए पनि मञ्च बिथोल्नेमा अधिकांश एमाले, कांग्रेस र माओवादीका कार्यकर्ता प्रयोग भएका थिए । अझ, तत्कालिन सरकारको नेतृत्वकर्ता दल एमालेका कार्यकर्ता बिशेष सक्रियताका साथ सहभागी भएका थिए ।
र, त्यतिबेलै एउटा घोषणा पनि गरियो– नेपालको राष्ट्रिय अस्मितामाथि धावा बोलेर भारतको पक्षमा वकालत गरेकाले फोरम अध्यक्ष उपेन्द्र यादव र सद्भावना अध्यक्ष राजेन्द्र महत्तोलाई इटहरी प्रवेशमा रोक लगाइएको छ ।
मञ्चबाट अाफ्नाे कुरा भन्ने साहस जुटाएका मधेस केन्द्रित दलका नेताहरूलाई मञ्च प्रयाेग गर्न मात्रै नभइ इटहरी प्रवेशमै रोक लगाउने दुस्साहस गरियो ।
एमालेको ‘मेची–महाकाली राष्ट्रिय अभियान २०७३’ लागि मधेसी मोर्चाले उही इटहरी प्रवृत्तिलाई सप्तरीमा दोहो¥याउन खोज्यो । जुन घटनाक्रम केही दिनयता चर्चामा छ ।
Wednesday, February 8, 2017
सम्बन्ध विच्छेद भयो भने...
चुनाव कि परिमार्जनसहित संविधान संशोधन भन्ने रस्साकसीका माझ प्रधानमन्त्री प्रचण्ड भने झन् झन् अप्ठ्यारोमा फस्दै गएका छन् । संविधानको बैधतालाई जोगाइराख्न तीनै तहको चुनाव गर्नैपर्ने अन्तिम समय नजिकिदै छ । त्यस्तै, मधेसमा संविधानको स्वीकार्यता बढाउन त्यसको संशोधन नगरी पनि भएको छैन । यी दुवै बाध्यता उनी जेलिएका छन् । संविधानमा संशोधन गर्न दिन एमाले तयार छैन, संविधान संशोधनबिना निर्वाचन हुन दिन मधेस केन्द्रित दलहरु तयार छैन । यी दुवै समस्याको चेपमा परेका प्रचण्डलाई ओली नेतृत्वको सरकार ढालेर आफूले सरकारको नेतृत्वको गर्नुको औचित्य पनि पुस्टि गर्नु पर्ने बाध्यता पनि छँदैछ ।
Wednesday, January 18, 2017
चाचाः निरन्तर संघर्षशील, निरन्तर क्रान्तिकारी
माओवादी ‘जनयुद्ध’का धेरै पक्षहरु आम जानकारीमा आइसकेका छन् । शान्तिप्रक्रियामा उसको अवतरणसँगै उसलाई जोडेर धेरै आख्यान, गैरआख्यान लेखिए, सिनेमा बनाइए । अनेक कोणबाट अनेक तथ्यहरु खोतलिए । तर, जनयुद्ध कालमा हतियार, विस्फोटक पदार्थ, सञ्चार उपकरण तथा अन्य बन्दोबस्तीको उपलब्धताको प्रक्रिया र स्रोतको यथार्थ कथा भने आमजानकारीमा छैन । तिनै सामाग्रीको आपूर्तिको मुख्य जिम्वेवारी लिएर कुशलतापूर्वक भूमिका निर्वाह गरेका भक्तिप्रसाद पाण्डे ‘चाचा’को आत्मकथा ‘चाचा’ प्रकाशित भएको छ । पत्रकार सीताराम बरालको सहयोगमा पुस्तक तयार भएको हो र पाण्डेको निधनपश्चात पुस्तक प्रकाशित भएको हो । पाण्डेको केही साता अघि क्यानसरबाट निधन भएको थियो । पाण्डेलाई पार्टीभित्र चिनिने नाम ‘चाचा’बाट पुस्तकको नामाकरण गरिएको छ ।
