Pages

Showing posts with label पुस्तक. Show all posts
Showing posts with label पुस्तक. Show all posts

Wednesday, March 22, 2017

के पढ्ने, किन पढ्ने ?


उज्ज्वल प्रसाईं ।

यहाँका अधिकांश मान्छेले इज्जतिलो जीवन जीउन पाएका छन् कि छैनन् भन्ने कुराले समाज परिवर्तन वा विकास भएको छ कि छैन भन्ने कुराको निर्धारण गर्छ । कोहीसँग सम्पत्ति नै छैन, कोहीसँग यति धेरै छ कि जे गर्दा पनि सकिदैन । यो अन्याय होइन ? भन्न सकिएला कोही अल्छि भएर यस्तो भयो । तर, सारा गरिबहरुलाई अल्छि करार गर्न मिल्छ ? यहाँको गरिबीको कारण हरेक गरिब व्यक्ति र परिवार दोषी भएर हो ? वा गढबढी व्यवस्थामा छ ? कोही मान्छे दलनमा छ, उसले आफ्नो जिन्दगीमा पाउनुपर्ने जति सम्मान पाएको छैन । ऊ दलितको घरमा जन्मियो, उसको भाग्य नै त्यस्तो भनेर त्यत्तिकै छोड्न मिल्छ ? कोही तामाङको घरमा जन्मियो, उसले नेपाली भाषामा राम्रोसँग पढ्न सकेन, बिभिन्न कारणले पढाइमा सुधार भएन । ऊ गरिब नै रह्यो । अब उसलाई ‘तँ तामाङको घरमा जन्मिस्’ भनेर पन्छाउन मिल्छ ? यहाँ तर्क के गरिन्छ भने म बाहुनको घरमा जन्मिएँ, म धनीको परिवारमा जन्मिएँ, के यो मेरो गल्ति हो ? उसो भए दलित वा तामाङले दलित वा तामाङ समुदायमा जन्मेर गल्ति गरेको हो ? यस्तो तर्कको उभिने कुनै जमिन हुँदैन । त्यसैले समस्या व्यवस्थामा र हाम्रो सामाजिक संरचनामा छ, त्यो समस्या कसरी छ भनेर खोजेपछि मात्रै हाम्रो तर्कले उभिने जमिन पाउँछ । 

Friday, December 30, 2016

बजारमा नपाइने पुस्तक !

 अर्जुन पन्थी 

कार्तिक ६, २०७३- लेखक, कलाकार, प्राध्यापक र पत्रकारले आफूलाई मन परेको किताबमध्ये ‘त्यस बखतको नेपाल’को नाम लिएर पत्रपत्रिकामा वार्ता दिएको देखिन्छ । अनौपचारिक भेटघाटमा पनि यसबारे कुरो सुनिन्छ । ट्वीटर फेसबुकमा पनि यसबारे सोधीखोजी हुन्छ । ‘सेकेन हेन्ड’ पुस्तक पसलमा त यो किताब सोध्न आउने र रिजर्भ गर्नेको ताँतीमा म पनि छु । तर यो किताब बजारमा पाइँदैन । पारिवारिक कारणले यो किताबको नयाँ संस्करण बजारमा नपाइएको भन्ने पनि छ । यदि त्यसो हो भने यो लेखकको मर्म विपरीत छ । मैले प्रयास गर्दा परिवारसँग सम्पर्क गर्न सकिनँ ।

पुस्तकमा लेखकले आफ्नो मन्तव्यमा लेखेका छन्, ‘आफ्नो मुलुकका पुराना कुरा, विदेशीहरूले सुनेका भरमा बंग्याएर लेखेका पुस्तक पढी कुहिराका काग बन्न नपरोस् ।’ उनको तात्पर्य पुराना कुरा सबैले पढ्न पाउन भन्ने हो । ‘आफूभन्दा अघिकाले गरेका र भोगेका कुरा उनीहरूकै मुख वा लेखनीबाट सुन्न पाउँ’ भन्ने नयाँ पुस्ताका मानिसको अभिप्रायलाई ध्यानमा राखेर ६८ वर्षको उमेरमा उनले किताब लेखेका थिए । तर यस्तो विचार राख्ने लेखकको किताब सर्वसाधारणले पाउने गरी किन प्रकाशन तथा बिक्री वितरण भएको छैन ? यो लेख यस पुस्तकको विषयवस्तु र प्रकाशन हुन नसक्नुका कारणबारेमा केन्द्रित छ । पहिलो चरणमा यो किताब किन महत्त्वपूर्ण छ भन्ने जानकारी छ । लेखको अन्ततिर यो किन प्रकाशन हुन सकेन भन्नेबारे चर्चा गरिएको छ ।
के हो त्यस बखतको नेपाल ?

Saturday, November 29, 2014

रात फुलेको याम : ‘जनयुद्ध’को आँखीझ्याल

……………
पुस्तकः रात फुलेको याम
लेखकः दीपशिखा
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि.
………………

यो पूर्णत एकपक्षीय उपन्यास हो यसको सम्पूर्ण शब्दहरु माओवादी युद्ध सो युद्धमा संलग्नहरुलाईक्लिन चिटथमाउने उद्देश्यका साथ लेखिएका छन्
-किरण दाहाल
२०६२/६३ सालको जनआन्दोलन पश्चात देशमा केही ठूला परिवर्तन भए गणतन्त्रको घोषणा भयो धर्म निरपेक्षता संघियता संविधानमै उल्लेख भयो यो परिवर्तनको जगका रुपमा दशबर्षसम्म युद्ध लडेको तत्कालीन पार्टी नेकपा माओवादीको युद्धमाथि धेरै दस्तावेजहरु लेखिइसकेका छन् उसका राजनीतिक उतारचढाव पनि सतहमा आइसकेको तर, युद्धकौशलका कैयौं रहस्यहरुमा अहिले पनि धेरैको चासो चासो राख्नेहरुलाई थाहा , त्यो युद्ध केटाकेटीको भेट्टाईभेट्टाई खेलजस्तो थिएन आखिर कस्तो थियो त्यो युद्ध ? काठमाण्डौंका अभिजातहरुको मूल्याङ्कनभन्दा त्यो कति कुन अर्थमा फरक थियो ? यस्ता प्रश्नहरुको उत्तर पाउन सकिन्छ, दीपशिखाको उपन्यास रात फुलेको याममा

Thursday, October 23, 2014

सिल्ली लभर : सिल्ली समयको कथा

/     किरण दहाल         /
 यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।

पुस्तकः सिल्ली लभर
लेखकः भरत गौतम
प्रकाशकः पाँचपोखरी प्रकाशन गृह
मूल्यः रु. २५०
बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली लभर’ । भरत गौतमले भर्खरै बजारमा ल्याएका यस उपन्यासको मुल बिषयबस्तु एउटा बेरोजगार प्रेमीको सुन्दर सपनामा केन्द्रित छ । आफ्नै सपना प्राप्तीमा एउटा मध्यमबर्गीय युवाले गरेको संघर्षमय कथा उपन्यासमा छ । त्यसकारणले पनि यो उपन्यास भर्खरै बिश्वबिद्यालय भर्ना भएका वा छाडेका युवाको निम्ति प्रेरणादायी हुन सक्छ ।