दुर्गा दुलाल / किशोर दहाल
काठमाडौं– काठमाडौंका विभिन्न निर्वाचन क्षेत्रमा जस्तै २ मा पनि प्रभावशालीबीचको टक्करले चुनावी रौनक थपिएको छ।
यस क्षेत्रमा वामपन्थी गठबन्धनका तर्फबाट पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल प्रतिस्पर्धामा उत्रिएका छन् । उनीसँग नेपाली कांग्रेसका तर्फबाट पूर्वसांसद दीपक कुइँकेल र वैकल्पिक राजनीतिको अभियानमा सक्रिय सूर्यराज आचार्य पनि विवेकशील साझा पार्टीका तर्फबाट प्रतिस्पर्धा गर्दै छन्।
माधव नेपालले पहिलो संविधानसभाको चुनावमा यस क्षेत्रमा पराजित हुनुपरेको थियो । दोस्रो संविधानसभा चुनावमा भने उनले सो क्षेत्र छाडेर रौतहट १ रोज्दै त्यहाँबाट जित हात पारेका थिए।
नेपालले छाडेपछि भएको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवार दीपक कुइँकेल विजयी भएका थिए । त्यतिबेला उनले नेकपा एमालेका उम्मेदवारलाई ५ हजारभन्दा बढी मतले पराजित गरेका थिए।
नेपालसँग यस क्षेत्रमा चुनाव लडेको अनुभव छ । त्यस्तै, कुइँकेलसँग पहिलो पटक सो क्षेत्रमा कांग्रेसको जित दर्ज गर्न सकेको जोश छ । अर्का उम्मेदवार आचार्यसँग भने वर्तमान राजनीति र तिनका केन्द्रमा रहेका पात्रहरुप्रति आम मानिसमा रहेको असन्तुष्टि र वैकल्पिक राजनीतिक नेतृत्वको खोजीलाई आफूतिर आकर्षित गर्ने चाहना छ । त्यसैले पनि यहाँ अनुभव, जोश र विकल्प बीच प्रतिस्पर्धा भइरहेको छ भन्न सकिन्छ।
यतिबेला मुख्य प्रतिस्पर्धा हुने ठानिएका यी तीनजना उम्मेदवार चुनावी प्रचार प्रसारमा खटिएका छन् । अगुवा कार्यकता भेट्नेदेखि निर्वाचनको रणनीति बनाउनेसम्ममा उनीहरु केन्द्रित भएका छन् । एमाले र माओवादीका बीचमा संयुक्त निर्वाचन कमिटी समेत निर्माण भइरहेको छ।
माधवकुमार नेपाल
एमाले बलियो भएको र माओवादीले समेत सर्मथन गरेकाले आफूहरु जित्नेमा ढुक्क रहेको नेपाल पक्षको तर्क छ।
विगतदेखि नै वामपन्थीहरुको क्षेत्र भएकाले सहज रुपमा निर्वाचन जित्ने पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताए।