किशोर दहाल
काठमाडौं– मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरणको निर्वाचनमा प्रदेश ६ का दस जिल्लामध्ये ७ वटा समावेश छन् । प्रतिनिधिसभाका लागि प्रत्येक जिल्लामा एक–एक वटा गरी यहाँ सात निर्वाचन क्षेत्र छन्।
पहिलो चरणमा निर्वाचन हुन लागेका सात जिल्लामा रहेका ४९ स्थानीय तहमा माओवादी केन्द्र अगाडि छ । माओवादीले २२, एमालेले १३ र कांग्रेसले १२ वटा तथा स्वतन्त्रले २ वटा स्थानीय तहको नेतृत्व गरिरहेका छन्।
०७० सालको संविधानसभा निर्वाचनमा यहाँ प्रमुख तीन दल झन्डै बराबरीको हैसियतमा थिए । रुकुम टुक्रेपछि साविकको दुईमध्ये एक निर्वाचन क्षेत्र प्रदेश ६ तिर जोड्ने हो भने त्यतिबेला यहाँबाट ८ जना निर्वाचित भएका थिए । जसमध्ये कांग्रेस र माओवादी ३/३ र एमाले २ क्षेत्रमा विजयी भएका थिए।
स्थानीय निर्वाचनमा गाउँपालिकाका अध्यक्ष र नगरपालिकाका प्रमुखहरुले प्राप्त गरेको मत विश्लेषण गर्दा सातै वटा जिल्लामा एमाले र माओवादी केन्द्रसहितको वाम गठबन्धन बलियो अवस्थामा छ।
मत विश्लेषण गर्दा सम्बन्धित दलका उम्मेदवारले स्थानीय तहको निर्वाचनमा पाएको मतलाई मुख्य आधार मानिएको छ । त्यस्तै, २०७० मा सम्पन्न संविधानसभाको मतपरिणामलाई समेत सन्दर्भमा लिइएको छ । अर्कोतर्फ, स्थानीय तहको निर्वाचनमा गरिएको तालमेलबाट प्राप्त भएको मतलाई यहाँ प्राथमिकता दिइएको छैन।