Pages

Friday, December 23, 2016

सम्पादकको ध्यान कता छ?


आकार पटेल-

'दक्षिण केरोलिनाका पुलिस अधिकारीमाथि हत्या आरोप तय' आठ अप्रिलमा अमेरिकाको न्यूयोर्क टाइम्समा यो मुख्य खबर थियो। उक्त पुलिस अधिकारीले एक निहत्था काला जातीका व्यक्तिको हत्या गरेका थिए।

पछिल्लो केही महिनाबाट विभिन्न अपराधको रेकर्ड भएका काला जातिका व्यक्तिहरुमाथि गोरा जातिका पुलिसकर्मीहरुले गोली हान्ने घटनाले अमेरिका त्यहाँको मिडियामा आक्रोश पैदा भएको छ।

अब भारतमा हेरौँ। आठ अप्रिलमै भारतको टाइम्स अफ इण्डियको मुख्य खबर थियो- 'मल्टिप्लेक्स सिनेमाहलमा साँझ बजे मराठी फिल्म देखाउन अनिवार्य' दिल्लीमा हिन्दुस्तान टाइम्सको मुख्य खबर थियो- डिजेल गाडीको लागि १० बर्षको समयसीमा।

यी पत्रिकाहरुको समाचारको मुख्य खबर अन्य विषयमा त्यतिबेला छापियो जसको ठिक एक दिन पहिला आन्ध्र प्रदेश पुलिसले काठ चोरीको घटनामा २० जनाको हत्या गरेको थियो। जसमा अधिकांश तमिल थिए।

पत्रकारितालाई सबभन्दा खतरा मिडियाबाटै


पी साइनाथ

एक पत्रकारका निम्ति कुनै पनि घटनामा ‘यसरी काम गर्नुपर्छ’ भनेर कतै उल्लेख छैन। पत्रकारको पहिलो कर्तव्य नै जे देखेको छ त्यसलाई जस्ताको त्यस्तै वर्णन गरिदिने हो। 
 

तर, जतिबेला प्रतिभावान तन्नेरीहरू सीप र प्रतिबद्धताका साथ यस पेसामा आकर्षित भइरहेका छन्, ठीक त्यही बेला मिडिया आफैं प्रतिगामी दिशातर्फको संक्रमणमा गइरहेको छ। जे–जस्ता समाचारले असमानताका कथा बोकेका हुन्छन्, त्यस्ता समाचार निम्ति आवश्यक पर्ने ‘बिट’हरू नै पत्रकारिताबाट हराउँदै गइरहेका छन्। यो पत्रकारिताका निम्ति गजबकै ‘ट्रेजेडी’ हो।


मैले यस पेसामा ३६ वर्ष बिताइसकेको छु। सन् १९८० को सेप्टेम्बर पहिलो तारिखका दिन युनाइटेड न्युज अफ इन्डिया (युएनआई) मा मैले काम सुरु गरेको थिएँ। त्यतिबेला मेरो जोश र जाँगर नै बेग्लै थियो। मैले अत्यन्त उच्च मनोबलका साथ पत्रकारिता गरिरहेका सिनियरहरूसँग काम गर्ने मौका पाएको थिएँ।


एकदिन युएनआईको क्यान्टिनमा एउटा गतिलै झडप भयो। बिजनेस रिपोर्टरले लेबर रिपोर्टरलाई खुलेआम पिटिदिए। त्यही बेलादेखि लेबर रिपोर्टर हटाउन सुरु भयो। अहिले आएर यो लोप भइसकेको एउटा प्रजाति बन्न पुगिसकेको छ। आज भारतभर कुनै एउटा पत्रिकासँग पनि पूर्णकालीन लेबर रिपोर्टर छैन। आज लेबर अर्थात् मजदुरका सरोकारबारे कसले रिपोर्ट गर्छन् त भन्दा, उद्योगहरूसँग सम्बन्ध सुमधुर राख्ने दायित्व बोकेका तिनै बिजनेस रिपोर्टरहरूले।

समाचारको व्यापार


पी साइनाथ 

हामी पत्रकारहरू आफूलाई राज्यको चौथो अंग भएकोमा गर्व गर्छौं। तर, पछिल्ला तीनचार वर्षयता सञ्चार माध्यमहरू यति व्यापारमुखी हुँदै गएका छन्, यो 'फोर्थ स्टेट' (चौथो अंग) हो कि 'रियल स्टेट' (घरजग्गा कारोबार) भन्नै गाह्रो छ। अतिव्यापारमुखी सञ्चार माध्यमले संस्थागत रूपमै झुठो बोल्छ। सञ्चार माध्यमहरूबीचको चर्को प्रतिस्पर्धाले पनि यस्तो प्रवृत्तिलाई बढावा दिएको छ। सन् २००९ नोभेम्बर महिनामा 'दी हिन्दु'को पहिलो पृष्ठमा हामीले एउटा समाचार छाप्यौं, जसले पत्रकारितामा नयाँ शब्द जन्मायो- 'पेड न्युज' अर्थात्, पैसा लिएर छापिएको समाचार। यो शब्द महाराष्ट्रको विधानसभा निर्वाचनका क्रममा राजनीतिक दल, उम्मेदवार र विभिन्न सञ्चार माध्यमबीच भएको लेनदेनलाई आधार मानेर जुराइएको हो।

महाराष्ट्रको विधान सभामा जम्मा २ सय ८८ सिट हुन्छन्। त्यतिबेला निर्वाचनको प्रचारप्रसार जोडतोडका साथ चलिरहेको थियो। महाराष्ट्रमा हिन्दी, अंग्रेजी, मराठी लगायत विभिन्न भाषाका अखबार प्रकाशन गर्ने एउटा ठूलो सञ्चार गृहले आफ्ना नौजना सम्पादकहरूको गोप्य बैठक डाक्यो, पुनामा। बैठकमा कम्पनीका प्रमुख व्यवस्थापक, कार्यकारी अधिकृत लगायत कर्पोरेट इकाईका सबै कर्मचारी थिए।

सम्पादकको अवशान


भारत भुषण


केही समययता सञ्चार माध्यमको स्वामित्व संरचनामा परिवर्तन आउन थालेको छ। यो परिवर्तनको गति अत्यन्तै दु्रत छ। अखबार, पत्रिका र टेलिभिजनहरू कुनै एउटा परिवारको स्वामित्वप्राप्त कम्पनीबाट सञ्चालन हुँदै आएका छन्। त्यसमध्ये केही सार्वजनिक कम्पनी छन्। कर्पोरेट लगानी भित्रिने क्रम बढ्दो छ।  

निजी टेलिभिजन च्यानलहरू एनडिटिभी, टिभी टुडे, इन्डिया टुडे गु्रप सार्वजनिक कम्पनीमा परिणत भएका छन्। यी कम्पनी सेयर बजारमा सूचीकृत छन्। सरकारले सञ्चार माध्यममा २६ प्रतिशत वैदेशिक लगानी स्वीकृत गरेकाले विदेशी लगानीकर्ता धमाधम पत्रपत्रिकालगायत सञ्चार माध्यममा प्रवेश गरिरहेका छन्।

१ पुस ०१७ मा राजा महेन्द्रले गरेको सम्बोधन

आगे प्यारा प्रजा गैह्र के यथोचित

जनताले छानेका प्रतिनिधिहरूले नै देशप्रति ज्यादा जिम्मेवारी महशुस गरी प्रजातन्त्रको जग मजबुत हुने वातावरण पैदा गर्छन् र देशमा स्थिरता आई विकास दु्रतगतिले हुन्छ भन्ने विश्वास लिई करिब दुई वर्षअघि देशमा आमचुनाव गराएको सबैमा विदितै छ । फलस्वरूप, नेपाली कांग्रेस बहुमतमा आयो र जनताको विश्वास प्राप्त गरेको पार्टीलाई नै संविधानअनुसार शासनभार सुम्पी देशप्रतिको जिम्मेवारीको हिस्सेदार बनाउन पाउँदा अत्यन्तै सन्तोष लाग्नुका साथै केही वर्षदेखि देशमा भएको अस्थिरताले हामीमा पैदा गरेको चिन्ता हराउनु पनि स्वाभाविकै भएको थियो ।

Wednesday, December 7, 2016

मुक्ति

किशोर दहाल


मिस्टर माइन्ड मेनेजर !

मलाई मुक्त गर-

माकुरे जालोहरूबाट

म तिम्रा भ्रमको खेतीबाट

छुट्कारा चाहन्छु !


म पढ्न चाहन्छु-

तिमीले जस्तै ठूल्ठूला पुस्तकहरू 

आइएनजीओका रिपोर्टहरू

नयाँ अनुसन्धानका निष्कर्षहरू

विदेशी दुतावासका 'क्लु प्वाइन्ट'हरू

म यथार्थ जान्न चाहन्छु-

कसरी हिँडाइरहेछौ मलाई बर्षौदेखि उहीँ बाटो

कसरी मलाई एकोहोर्याईरह्यौ यतिञ्जेल

म ब्युझिन चाहन्छु 

म कंगाल थिएँ तर..

चर्चित ‘ह्यारी पोर्टर’ शृंखलाकी लेखक जेके रोलिङ विश्वकै धनाढ्यमध्ये गनिन्छिन् । कुनै समयमा उनलाई खाना जुटाउन पनि मुस्किल पथ्र्यो । असफल विवाह, असफल करिअर र सारा असफलताको पीडाबाट उठेर उनले आफूलाई संसारमै धेरै पढिने लेखकमध्ये उभ्याइन् । रोलिङले सन् २००४ अप्रिलमा अमेरिकाको प्रतिष्ठित विश्वविद्यालय हार्वड विश्वविद्यालयमा दिएको कमेन्समेन्ट लेक्चरको सम्पादित अनुवाद :
म कंगाल थिएँ तर..

सुरुआती मन्तव्य दिनु निकै ठूलो जिम्मेवारी हो । यसले मलाई आफ्नो ग्र्याजुएसनको दिनको सम्झना गराइरहेछ । त्यो दिन सुरुआती मन्तव्य दिने व्यक्ति ब्रिटिस दार्शनिक ब्यारोनस म्यारी वार्नोक हुनुहुन्थ्यो । उहाँको भाषण सम्झँदा मलाई यो मन्तव्य तयार गर्न उत्साह आएको छ । मलाई उहाँले भनेको एक वाक्य पनि पूरै सम्झना छैन । तथापि मैले प्रयास गरेकी छु । उहाँले के भन्नुभएको थियो ? अँ, ‘पाउनसक्ने लक्ष्य’ । आत्मविकासको पहिलो पाइलो यही हो । यस्तै भन्नुभएको थियो उहाँले ।वास्तवमा यहाँ के बोल्ने होला भनेर मैले मेरो मन र मस्तिष्क निकै खियाएँ । मैले आफैंसँग पटकपटक सोधें, ‘म ग्र्याजुएसन गर्दा के जान्दथें ? २१ वर्षको उमेरमा मैले त्यस्तो के महत्वपूर्ण पाठ सिकेकी थिएँ ?

Monday, December 5, 2016

चिरविद्रोही तस्बिरको कथा

           इतिहास यदि व्यक्तित्वमा ढल्दछ भने, त्यसको कुनै एक अनुहार हाम्रा पुस्तक र स्मरणमा टाँसिएर बसेको हुन्छ । चाहे महात्मा गान्धी, माक्र्स, लेनिन सबैको एउटा लोकप्रिय चेहरा हाम्रा सामु छन् । यी अनुहार जुन, हाम्रो स्मृतिमा गढेर बस्छन्, ती कुनै एउटा निश्चित समयका तस्बिर हुन्, तर एउटा समयपछि ती फोटोग्राफरको कपिराइटको बाहिर दुनियाँमा फैलिन्छन् ।

           यो तस्बिर, जुन यहाँ प्रकाशित छ, यसलाई हेर्नेबित्तिकै प्रायः सबैले चे ग्वेभाराको फोटो भनेर सजिलै चिन्न सक्छन् । विश्वभर कम्युनिस्ट क्रान्तिकारीका रुपमा प्रख्यात चे आफैंले भने यो फोटो कहिल्यै देखेका थिएनन् । र, यो फोटो खिचेबापत फोटोग्राफरले कहिल्यै एक पैसा पनि पाएनन् । तर, दुनियाँको हरेक कुनामा यो फोटो प्रसिद्ध छ । यदि कुनै फोटो आफैं सेmिब्रिटी हुन्छ भने यसभन्दा ठूलो सेलिब्रिटी दुनियाँमा अर्को भेटिनेछैन ।

            विद्रोह र क्रान्तिको प्रतीकको रुपमा यो फोटो अहिलेसम्म विश्वमा सबैभन्दा बढी प्रकाशित फोटो हो । टाइम म्यागेजिनले पछिल्लो शताब्दीका सबैभन्दा महान् सय जनाको सूचीमा चेलाई समावेश गर्नुभन्दा अघिल्लो अंकमा चेको यस फोटोलाई विश्वमा सबैभन्दा बडी प्रकाशित फोटो घोषणा गरेको थियो ।

म केही जान्दिनँ

विस्लावा सिंबोर्स्का पोल्याण्डको बहुचर्चित कवि हुन् । नोबेल पुरस्कार प्राप्त गरेपछि ७ डिसेम्बर १९९६ मा उनले पुरस्कार ग्रहण समारोहमा दिएको भाषणको केही अंश, समकालीन नेपाली साहित्यसँग पनि मेल खाने भएकोले यहाँ प्रस्तुत गरिएको छ ।
 
          भन्छन्– भाषण गर्दा बोल्न सबैभन्दा गाह्रो हुन्छ, पहिलो वाक्य । जे भए पनि मैले त्यो त बोली नै सकेँ । तर पनि मलाई लाग्छ, पछिका दोस्रा, तेस्रा, चौथा र अन्तिम वाक्यसम्म पनि सबै गाह्रा नै हुन्छन्, किनकि मलाई कवितामाथि बोल्नु छ । म यो बिषयमा एकदमै कम बोल्छु, बोल्दै बोल्दिन भने पनि हुन्छ । जब मलाई यस्तो मौका आउँछ, मलाई यस्तो लाग्छ– यो मेरो बर्कतको काम होइन । त्यसैले यो मेरो भाषण केही छोटो त भई नै हाल्ला । कमजोरीहरु स–साना भएर आए भने झेल्न सजिलो हुन्छ ।

            स्पष्ट छ, हाम्रा कविहरु आफूलाई लिएर, खासमा आफैंलाई नै लिएर असमन्जस र सन्देहको स्थितिमा रहन्छन् । उनीहरु आफू कवि भएकोमा संकोचपूर्वक यसरी स्विकार्छन् मानौं उनीहरु कवि भएकोमा भित्रभित्र हीनताबोधले ग्रस्त छन् ।

Sunday, December 4, 2016

जिउँदो मान्छे

किशोर दहाल

 

अधुरो प्रेमपत्र

शैली नमिलको कबिता

रक्सीको ह्याङओभर

नागरिकताको फोटोकपी

यस्तै–यस्तै केहि हो–

जिउँदो मान्छे


भोल्टेज नपुगेको फिलामेन्ट बत्तीजस्तो

बरु रातो–रातो, पँहेलो–पँहेलो होस्

कम्तीमा बिहान बेलुका बल्छ त्यो

Sunday, November 13, 2016

सम्झनामा ओली सरकार

किशोर दहाल

केपी ओली प्रधानमन्त्री बन्दै गर्दा देशमा प्रष्टै देखिने तीनवटा समस्या थिए– पहिलो, भूकम्प पीडितलाई राहत वितरण र पुननिर्माणमा भइरहेको ढिलाई । दोश्रो, मधेश आन्दोलन । तेश्रो, भारतीय नाकाबन्दी । यिनै समस्याहरुको सुझबुझपूर्ण ढंगले समाधान गर्नु ओलीको पहिलो  दायित्व थियो ।

तर, ओलीले मधेस आन्दोलन र भारतीय नाकाबन्दीको सुझबुझपूर्ण ढंगले अन्त्य गर्न भन्दा पनि वेवास्ता गर्ने र सकेसम्म चिढ्याउने सूत्र अपनाए । उनी कडा अभिव्यक्ति दिएर एउटा पक्षलाई मनोरञ्जन प्रदान गर्न उद्यत भइरहे  । भारतलाई गाली गरेर राष्ट्रवादको प्रतीक भएको भ्रम पालीरहे । जबकि, सुझबुझपूर्ण व्यवहार देखाएर आपूर्ति सहज बनाउनु उनको दायित्व थियो । भुकम्प पीडितलाई तत्काल राहत पु¥याउने प्रयत्न गर्नुको साटो, उडन्ते सपनाको भरमा लोकप्रियता हासिल गर्न सकिन्छ भन्नेतिर लागे । बालुवाटारमा अनियन्त्रित खर्च, कार्यकर्तालाई मनलाग्दी आर्थिक सहयोग र नियुक्तिमा भुलिरहे ।

यिनै कुराको प्रमाण, पुष्टि वा विस्तार यहाँ प्रस्तुत गरिनेछ ।

Tuesday, June 28, 2016

माछा बेच्ने युवतीसित

किशोर दहाल

     गाडी कोशी ब्यारेजको पश्चिमतिर रोकियो । हामी हिड्दै पूर्वतिर जानुपर्ने भयो । फोटो खिच्दै र कोशीको बहाब हेर्दै ब्यारेजको पूर्वी किनारामा पुग्यौं ।

     यस क्षेत्रमा म पहिलो पटक आएको थिएँ । त्यसकारण यहाँको दृश्य रमाइलो लागिरहेको थियो । शिब सर र म अघिदेखि सँगै थियौं । माछा खाने रहरले हामीले एउटा होटलमा भाउ सोध्यौं । तर, उसको भाउ हामीलाई महंगो लाग्यो । हामी सडक किनारातिर लाग्यौं । हाम्रै टोलीका केही सरहरु माछा खाइरहनु भएकै ठाउँमा गएर हामीले पनि माछा खान थाल्यौं । एकै छिनमा अन्य सरहरु त्यहाँबाट हिड्नुभयो । हामीहरु थप माछा खान थाल्यौं ।

 माछावाला साहुनी हामीलाई केहि माछाका बायोडाटा र गुणस्तर वताउछे । कुनै कुनै माछा चाख्नुस् पनि भन्छे । हामी सुरुमा १ प्लेट ‘पुइयाँ’ माछा खान्छौ । तातोतातो माछा निकै मिठो लाग्यो । मलाई यो माछा भन्दा पनि त्यसको नाम गज्जव लागिरहेछ । पुइयाँ शब्दको अर्थ के होला ? कसरी पत्ता लगाउने ? कुनै अङ्ग्रेजी शब्द भए मोबाइल डिक्नरीबाट तुरुन्तै पत्ता लाग्थ्यो । तर, हाम्रै स्थानिय भाषा झन् बढि बिरानो छ हामीसंग । हामी आफू स्वयमलाई नचिनीकन संसारलाई चिनेको ध्वाँस दिन्छौँ ।

Tuesday, June 21, 2016

युग पाठकको ‘त्यो’ चिठी

युग पाठकले कुनैबेला कान्तिपुर दैनिकमा निकै सशक्त चिठी लेखेका थिए भन्ने कुरा एउटा ब्लगमा पढेको थिएँ । त्यसमा लेखिएको थियोः

युग पाठकलाई मैले कान्तिपुरबाट चिनें । संविधानसभाको चुनाव भर्खरै सकिएको थियो, पूरै आधा पेज ढाकिने गरी ‘इतिहासको गति रोक्ने प्रयास’ शीर्षकमा लामो पाठकपत्र छापियो कान्तिपुरमा । यिनै पाठकले लेखेको त्यो पाठकपत्र मलाई त्यतिबेला असाध्यै शक्तिशाली लाग्यो । नारायण वाग्ले सम्पादक थिए तीनताक र अहिलको हिमाल मिडियाझैं त्यसबेला कान्तिपुर लागेको थियो माओवादीको तेजोवध गर्ने अभियानमा, मिसन पत्रकारिताको झल्को दिने गरी । बलिदानी संघर्षको भट्टीबाट खारिएर आएको माओवादीप्रति जनताको अधिक आशा र विश्वास रहेको त्यो बेला जनमत निर्माणमा ठूलो भूमिका खेल्ने कान्तिपुरजस्तो पत्रिकाले जनताले जिताएको त्यही शक्तिका पछि हात धोएर लागेको स्थिति मलाई एकरत्ति चित्त बुझेको थिएन । यही पृष्ठभूमिमा ‘कान्तिपुरका पाठक यसैकारण ध्रुवीकृत हुँदैछौँ, तपाईंलाई ज्ञात रहोस्’ भन्दै सम्पादकका नाममा युग पाठकले लेखेको त्यो पत्रले मेरो आफ्नै भावना बोलेको सुनें, मलाई भित्रैदेखि हल्लाउन सफल भयो त्यो ।

पछि नयाँ पत्रिका दैनिकले ‘एउटा चिठीले चिनायो’ भन्दै युग पाठकको सोही चिठीबारे सामाग्री छापिएपछि मलाई त्यस चिठीबारे हुटहुटी झनै बढेर गयो । नयाँ पत्रिकामा छापिएको सो चिठीबारे सामाग्रीः

म ०५३र५४ सालतिरै हेटौँडा, चितवनतिर कविता लेखेर सुनाउँथेँ । ०५८ सालतिर काठमाडौंमा त्रिवुभन विश्वविद्यालय र ‘साहित्य सन्ध्या’मा मेरा कविता चर्चित नै थिए । ०६० सालदेखि ‘हेटौँडा सन्देश दैनिक’को सम्पादक भएँ, पछि ‘प्रयास’को पनि । त्यतिखेरै लेखहरू लेख्थेँ, त्यसबखत मेरो नाम दीपक पाठक नै थियो । मेरा लेखको चर्चा हुन्थ्यो, तर हेटौँडातिर मात्रै ।

०६५ सालको जेठतिर १५ दिने छुट्टी लिएर हेटौँडाबाट दामनतिर उक्लिएँ । दामन उक्लिनुको उद्देश्य थियो, ‘उर्गेनको घोडा’ लेख्ने । त्यतिखेर माओवादी युद्ध बिसाएर शान्तिप्रक्रियामा सामेल हुँदै चुनावमार्फत एक नम्बरको दल बनिसकेको थियो । म इतिहास र जनजीवनमा रुचि राख्ने मान्छे । नेपालको इतिहासको चोटिलो र विशिष्ट एपिसोडमा आधार गरेर उपन्यास लेख्ने रहर थियो । विश्व साहित्यमा नेपाली साहित्यको विशिष्टता बनाउने एउटै उपाय यहाँको जनजीवन र जनताको दृष्टिबाट देखिने इतिहास हो भन्ने कुरामा अहिले पनि म विश्वास गर्छु । एक्काइसौँ शताब्दीमा एउटा सशस्त्र कम्युनिस्ट आन्दोलन खडा गरेर माओवादीले इतिहास रचिसकेको थियो । म यो विषयलाई उपन्यासमा चित्रण गर्न चाहन्थेँ ।


तामाङ इतिहासको रहस्यमय र संघर्षमय पाटोबारे मैले दामनमै बस्दा अध्ययन गरेको थिएँ । बादलबाट उड्दै आएको उर्गेनको घोडालाई दामनमा आफूलाई बेर्न आइपुग्ने बादलमा नै मैले भेटेको थिएँ । त्यति नै वेला सारा मिडिया माओवादीको विरुद्ध लागेका थिए । शान्तिप्रक्रिया र गणतन्त्रको यात्रामा यो मिडियाको बिल्कुल गलत रणनीति थियो भन्ने मेरो बुझाइ थियो । त्यसैले उपन्यास लेख्न थाँती राखेर म एउटा चिठी लेख्नतिर लागेँ । त्यो थियो कान्तिपुर सम्पादकलाई चिठी । त्यसवेला नारायण वाग्ले सम्पादक थिए । सोह्र सय शब्दको चिठी तयार भयो । ‘मलाई थाहा छ, तपाईंले यो चिठी छाप्नुहुन्न‘’ भन्ने वाक्यबाट चिठी सुरु हुन्छ । चिठीमा पत्रिकाको ‘एडिटोरियल पोलिसी’माथि आलोचना थियो ।


अनुमानविपरीत भोलिपल्ट मेरो चिठी कान्तिपुरले जस्ताको तस्तै छापेछ । पर्सिपल्टदेखि त्यो चिठीमाथि धेरै प्रतिक्रिया आउन थाले । देशैभरि त्यो चिठीको चर्चा चल्यो । त्यो चिठी युग पाठकको नाममा छापिएको थियो । कतिलाई त्यो नाम नक्कली हो भन्ने पर्योो । तर, म त्यही नामबाट बिस्तारै नियमित लेख लेख्न थालेँ ।
अहिले सम्झन्छु, त्यो मलाई देशभरि लेखकका रूपमा स्थापित गर्ने चिठी एक साँझ आवेगमा लेखिएको थियो । म उपन्यास लेख्न बसेको थिएँ । सिमसिम पानी परिरहेको साँझ थियो । दामनमा त्यस्तो साँझ चिसो र रहस्यमय हुन्छ । भोलिपल्ट न्यानो घाम मुखमा परेर ब्युँझिँदा मेरो मोबाइल बजिरहेको थियो । मलाई थाहै थिएन, मेरोबारे पूरा सहरमा चर्चा भइरहेको रहेछ । दामनको रहस्यबाट उर्गेनको घोडाको हल्का छायाछवि बोकेर म हेटौँडा झरेँ । उपन्यासको काम तत्काललाई रोकियो ।

.................

केही प्रयास पश्चात सो चिठी हात लागेको छ । चिठी उपलब्ध गराइदिनुहुने युग पाठक ज्युलाई धन्यवाद । यद्यपि यहाँ प्रकाशित चिठी कान्तिपुरमा सम्पादन गरिनुअघिको हो ।
..................

कान्तिपुरलाई एउटा पाठकको खुला पत्र

सम्पादक ज्यू,
    मलाई थाहा छ, तपाईंले यो पत्र छाप्नुहुनेछैन, तैपनि सत्यको प्रक्षेपणका लागि छापिने वा अरु लोभ मात्र मापदण्ड हुनसक्दैन भन्ने मेरो दृढ विश्वास छ । सत्य तितेपाती झैं तितो हुन्छ । मान्छेभित्रको अहंले सहजै सत्यलाई आफ्नो वैयक्तिक र विचारधारात्मक चेतको दायराभन्दा बाहिर गएर स्वीकार गर्न मान्दैन । कार्ल माक्र्सको शब्दमा सायद वर्गिय चेतना भनेको पनि यही हो । सत्य सापेक्ष हुन्छ र समयको गतिले सत्यको परिभाषालाई बदल्ने गर्छ । सत्य कुनै अमूर्त चेतना होइन यो मूर्त, समयसापेक्ष र वर्गसापेक्ष सहज चेतना हो । त्यसैले सत्यलाई सबैले चिन्नैपर्छ भन्ने छैन । यो छोटो पत्रमा तपाईंले नदेख्नुभएको र देख्न नचाहेको सत्यलाई प्रस्तुत गरिनेछ ।