मलाई मुक्त गर-
माकुरे जालोहरूबाट
म तिम्रा भ्रमको खेतीबाट
छुट्कारा चाहन्छु !
म पढ्न चाहन्छु-
तिमीले जस्तै ठूल्ठूला पुस्तकहरू
आइएनजीओका रिपोर्टहरू
नयाँ अनुसन्धानका निष्कर्षहरू
विदेशी दुतावासका 'क्लु प्वाइन्ट'हरू
म यथार्थ जान्न चाहन्छु-
कसरी हिँडाइरहेछौ मलाई बर्षौदेखि उहीँ बाटो
कसरी मलाई एकोहोर्याईरह्यौ यतिञ्जेल
म ब्युझिन चाहन्छु
