आकार पटेल-
'दक्षिण केरोलिनाका पुलिस अधिकारीमाथि हत्या आरोप तय' आठ अप्रिलमा अमेरिकाको न्यूयोर्क टाइम्समा यो मुख्य खबर थियो। उक्त पुलिस अधिकारीले एक निहत्था काला जातीका व्यक्तिको हत्या गरेका थिए।
पछिल्लो केही महिनाबाट विभिन्न अपराधको रेकर्ड भएका काला जातिका व्यक्तिहरुमाथि गोरा जातिका पुलिसकर्मीहरुले गोली हान्ने घटनाले अमेरिका र त्यहाँको मिडियामा आक्रोश पैदा भएको छ।
अब भारतमा हेरौँ। आठ अप्रिलमै भारतको टाइम्स अफ इण्डियको मुख्य खबर थियो- 'मल्टिप्लेक्स सिनेमाहलमा साँझ ६ बजे मराठी फिल्म देखाउन अनिवार्य'। दिल्लीमा हिन्दुस्तान टाइम्सको मुख्य खबर थियो- डिजेल गाडीको लागि १० बर्षको समयसीमा।
यी पत्रिकाहरुको समाचारको मुख्य खबर अन्य विषयमा त्यतिबेला छापियो जसको ठिक एक दिन पहिला आन्ध्र प्रदेश पुलिसले काठ चोरीको घटनामा २० जनाको हत्या गरेको थियो। जसमा अधिकांश तमिल थिए।
