Pages

Saturday, November 29, 2014

रात फुलेको याम : ‘जनयुद्ध’को आँखीझ्याल

……………
पुस्तकः रात फुलेको याम
लेखकः दीपशिखा
प्रकाशकः साङ्ग्रिला पुस्तक प्रा.लि.
………………

यो पूर्णत एकपक्षीय उपन्यास हो यसको सम्पूर्ण शब्दहरु माओवादी युद्ध सो युद्धमा संलग्नहरुलाईक्लिन चिटथमाउने उद्देश्यका साथ लेखिएका छन्
-किरण दाहाल
२०६२/६३ सालको जनआन्दोलन पश्चात देशमा केही ठूला परिवर्तन भए गणतन्त्रको घोषणा भयो धर्म निरपेक्षता संघियता संविधानमै उल्लेख भयो यो परिवर्तनको जगका रुपमा दशबर्षसम्म युद्ध लडेको तत्कालीन पार्टी नेकपा माओवादीको युद्धमाथि धेरै दस्तावेजहरु लेखिइसकेका छन् उसका राजनीतिक उतारचढाव पनि सतहमा आइसकेको तर, युद्धकौशलका कैयौं रहस्यहरुमा अहिले पनि धेरैको चासो चासो राख्नेहरुलाई थाहा , त्यो युद्ध केटाकेटीको भेट्टाईभेट्टाई खेलजस्तो थिएन आखिर कस्तो थियो त्यो युद्ध ? काठमाण्डौंका अभिजातहरुको मूल्याङ्कनभन्दा त्यो कति कुन अर्थमा फरक थियो ? यस्ता प्रश्नहरुको उत्तर पाउन सकिन्छ, दीपशिखाको उपन्यास रात फुलेको याममा

Sunday, November 2, 2014

विजयकुमारको ‘खुसी’: बडप्पनको बकपत्र

किशोर दहाल

अध्ययन अनुभवले खारिएका पत्रकार विजय कुमारबारेकामना सिने मासिकले २०४५ सालतिरै यस्तो लेख्योःनेपाल टेलिभिजनका सुपर स्टार विजय कुमार, जसका आँखाहरु कुनै अर्कै दुनियाको सपना देखिरहेझैं प्रतीत हुन्छ ” (पेज . ११०)

विजय कुमारलाई विनोद चौधरीले भन्थेःचानचुने मानिस हो तपाईं ? विनोद चौधरीले बान्ता सोहोरेको मानिस पो हो ?” (पेज . १४०)

, विजय कुमार त्यो हो, जसले आफ्नै बारेमा यस्तो लेखेःटाउकोमा गोली खाने सम्पादकको साटो कुनै घटिया सम्पादकका साथ करिअर सुरु गरेको भए, त्यस्तो हुने थिइनँ,जस्तो भएँ (पेज . २६८)

यी सन्दर्भले विजय कुमार को हुन्, कस्ता व्यक्तिसँग संगत गरे कस्ता व्यक्तिको स्कुलिङले आफुलाई खरो बनाउँदै लगे भनेर बुझ्न सकिन्छ यद्यपी यो बुझाई पर्याप्त भने हुने छैन, केबल झल्को पाउन सकिन्छ
उनै विजय कुमारले आफ्नो जीबनका आरोहअबरोह समेटेर पुस्तक लेखेःखुसी

Thursday, October 23, 2014

सिल्ली लभर : सिल्ली समयको कथा

/     किरण दहाल         /
 यो सिल्ली समयको उत्कृष्ट समयचेत हो । पात्र र प्रवृत्तिहरुको ट्राफिक जाममा नफसाई पाठकलाई सकुसल गन्तब्यमा पु¥याउन सक्नु यसको सबैभन्दा ठूलो बिशेषता र सफलता हो ।

पुस्तकः सिल्ली लभर
लेखकः भरत गौतम
प्रकाशकः पाँचपोखरी प्रकाशन गृह
मूल्यः रु. २५०
बिश्वबिद्यालय शब्द सुन्नासाथ हाम्रो दिमागमा केहि दृश्यहरु सल्बलाउन थाल्छ । राष्ट्रिय वा अन्तराष्ट्रिय घटनाक्रममाथि बहश, आन्दोलन, डेटिङ, ताल–तालका बिद्यार्थी, फोहोर ट्वाईलेट, भद्रगोल प्रशासन संयन्त्र आदि–ईत्यादि । यीमध्ये अधिकांश दृश्यलाई आत्मसाथ गर्दै अघि बढिरहेको एक युवाको कथा हो, ‘सिल्ली लभर’ । भरत गौतमले भर्खरै बजारमा ल्याएका यस उपन्यासको मुल बिषयबस्तु एउटा बेरोजगार प्रेमीको सुन्दर सपनामा केन्द्रित छ । आफ्नै सपना प्राप्तीमा एउटा मध्यमबर्गीय युवाले गरेको संघर्षमय कथा उपन्यासमा छ । त्यसकारणले पनि यो उपन्यास भर्खरै बिश्वबिद्यालय भर्ना भएका वा छाडेका युवाको निम्ति प्रेरणादायी हुन सक्छ ।