किशोर दहाल
बैशाख १५, २०७५| प्रकाशित २०:२३
काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा सहमति जुट्न नसकेपछि शनिबार बिहान ९ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको छ। अर्को बैठक आइतबार बिहान ९ बजे बोलाइएको छ।
'आज (शनिबार) को बैठक स्थगित भयो', कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङले भने, 'अर्को बैठक भोलि ९ बजे बस्नेछ।'
चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। गत चैत ९ देखि जारी बैठकमा झन्डै ७० जनाले आफ्नो धारणा राखेका थिए।
शुक्रबार नै पदाधिकारीले पनि जवाफ दिएर बैठक अन्त्य गर्ने बताइए पनि सहमतिका लागि शनिबारसम्म समय बढाइएको थियो। शनिबार बिहान ९ बजेका लागि तय गरिएको बैठक बस्न नसकेपछि शीर्ष नेताहरुले दिउँसो ३ बजेदेखि छलफल गरेर सहमतिको प्रयास गरेका थिए। तर, सहमति जुट्न नसकेपछि बैठक स्थगित भएको हो।
बैठकमा उठेका धारणाहरुलाई समेटेर महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा नेताहरुबीच सहमति जुट्न सकेको छैन।
महानमन्त्रीको प्रतिवेदनले बैठकमा उठेका असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत पाएपछि कतिपय नेताले 'नोट अफ डिसेन्ट' लेख्ने तयारी गरेका थिए। साथै, पौडेल पक्षका नेताहरुले चुनावी हारमा सभापतिलाई जिम्मेवार नठहर्याउने प्रतिवेदनप्रति तीव्र असन्तुष्टि जनाइरहेका छन्। उनीहरुले चुनावी हारमा सभापति देउवाले जिम्मेवारी लिनुपर्ने बताउँदै आएका छन्।
उता देउवा पक्ष भने चुनावी हारमा दुई कम्युनिस्ट पार्टीको गठबन्धलाई दोष दिएर पन्छिन खोजेको छ। वरिष्ठ नेता रामचन्द्र पौडेलले चुनावी हारको यो बचाउप्रति सार्वजनिक असन्तुष्टि जनाउने गरेका छन्। शनिबार पार्टी कार्यालयमा पार्टीकै भ्रातृ संगठन 'मुस्लिम संघ नेपाल'को दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले भनेका थिए, 'दुई कम्युनिस्ट पार्टी मिलेकाले हारियो भन्ने कुनै उत्तर हुन सक्दैन।'
देउवा पक्षका नेताहरुले भने उल्लिखित कमजोरीमा सभापति मात्रै जिम्मेवार हुन नसक्ने धारणा राखेका थिए। नेतृत्व तहमा भएका सबैले जिम्मेवारी लिनुपर्ने बताएका थिए।
असन्तुष्टि बढ्ने देखेपछि सभापतिसहितका मुख्य नेताहरुले सहमति गर्न चाहेका हुन्। सभापति देउवासहित पौडेल, महामन्त्री शशांक कोइराला, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, विश्वप्रकाश शर्मा लगायतका नेताहरुले छलफल गरेका थिए। तर, सहमति जुटाउन भने सकेनन्।
बैठकमा देउवा पक्षइतरका नेताहरुले चुनावी हारमा सभापति देउवाको रणनीतिक अकुशलता देखिएको, विधान विपरीत संसदीय बोर्ड र कार्यसम्पादन बनाएकाले महासमिति बैठक र अग्रीम महाधिवेशन बोलाउनुपर्ने लगायतका माग राखेका छन्। देउवा पक्षले महासमिति बैठक जतिसक्दो ढिलो बोलाउने रणनीति अपनाइरहेको पनि पौडेल पक्षका नेताहरुको आशंका छ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22745

No comments:
Post a Comment