किशोर दहाल
बैशाख १६, २०७५| प्रकाशित १४:२०
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्रीले प्रस्तुत गर्ने प्रतिवेदनमा गुटहरूको विवाद मिल्न नसक्दा आइतबार बिहान ९ बजेका लागि बोलाइएको बैठक दिउँसो २ बजेसम्म पनि बस्न सकेको छैन।
चुनावी हारको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै बोलाइएको बैठकमा केन्द्रीय सदस्यहरुले शुक्रबार नै आफ्नो धारणा राखिसकेका छन्। बैठकमा झण्डै ७० सदस्यले आफ्नो धारणा राखेका छन्। बैठकमा उठेका विषयलाई एकिकृत गरि महामन्त्रीले प्रतिवेदन ल्याउने भनिए पनि सहमति जुट्न नसक्दा बैठक बस्न नसकेको हो।
‘प्रतिवेदन फिनिसिङको काम भइरहेको छ’, कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भने, ‘सो काम सकिएपछि बैठक सुरू हुन्छ।’
महानमन्त्रीको प्रतिवेदनले बैठकमा उठेका असन्तुष्टिलाई सम्बोधन नगर्ने संकेत पाएपछि रामचन्द्र पौडेल पक्षका नेताहरूले विरोध गरेका छन्। तर देउवा पक्ष भने सहमति नभए आफू अनुकूलकै प्रतिवेदन ल्याउन कसरत गरिरहेको छ।
बैठकमा उठेका सबै विषयहरू निर्णयमा समेटिनुपर्ने नेता प्रदीप पौडेलले बताए। ‘बैठकमा उठेका विषयलाई सहमतिमा समेट्न हामीले प्रयास गरिरहेका छौँ,’ नेता पौडेलले भने, ‘तर मिलिसकेको छैन। त्यसैले बैठक बस्न नसकेको हो।’
महासमितिको बैठक छिटो बोलाइनुपर्ने, विधान विपरीतका समितिहरू खारेज गरिनुपर्ने, चुनावी हारमा सभापतिले मुख्य जिम्मेवारी लिनुपर्ने लगायतका विषयहरू महामन्त्रीको प्रतिवेदनमा नआइकन मिलेको नमानिने नेता पौडेलले बताए। तर देउवा पक्षले भने चुनावी हारमा दुई कम्युनिस्ट पार्टीको गठबन्धनलाई दोष दिएर पन्छिन खोजेको छ।
नेता पौडेलले चुनावी हारको यो बचाउप्रति सार्वजनिक असन्तुष्टि जनाउने गरेका छन्। शनिबार पार्टी कार्यालयमा पार्टीकै भातृ संगठन ‘मुस्लिम संघ नेपाल’को दोस्रो महाधिवेशनको उद्घाटन समारोहमा बोल्दै पौडेलले भनेका थिए, ‘दुई कम्युनिस्ट पार्टी मिलेकाले हारियो भन्ने कुनै उत्तर हुन सक्दैन।’
असन्तुष्टि बढ्ने देखेपछि सभापतिसहितका मुख्य नेताहरुले सहमति गर्न चाहेका छन्।
आइतबार पनि सभापति देउवा र पौडेल निकटका नेताहरुले छलफल गरेर प्रतिवेदनमा सहमति जुटाउने प्रयास गरिरहेका छन्। तर सहमति जुटाउन भने सकेका छैनन्।
‘लामो छलफलबाट हामी हारको सामूहिक जिम्मेवारी लिने कुरामा सहमति नजिक पुगेका छौं’, कांग्रेस नेता अर्जुननरसिंह केसीले भने, ‘सहमति भएपछि बैठक बस्छ।’
बैठकमा देउवा पक्ष बाहेकका नेताहरुले चुनावी हारमा सभापति देउवाको रणनीतिक कुशलता नदेखिएको, विधान विपरित संसदीय बोर्ड र कार्य सम्पादन बनाएकाले महासमिति बैठक र अग्रिम महाधिवेशन बोलाउनुपर्ने लगायतका माग राखेका थिए।
त्यस्तै, देउवा पक्षका नेताहरुले भने उल्लेखित कमजोरीमा सभापति मात्रै जिम्मेवार हुन नसक्ने धारणा राखेका थिए। नेतृत्व तहमा भएका सबैले जिम्मेवारी लिनुपर्ने बताएका थिए।
देउवा पक्षले महासमिति बैठक जतिसक्दो ढिलो बोलाउने रणनीति अपनाइरहेको पनि पौडेल पक्षका नेताहरुको आशंका छ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/22776

No comments:
Post a Comment