प्रधानमन्त्री केपीशर्मा ओलीले रारा तालको किनारबाट जनताको नाममा सम्बोधन गरेका छन्।
...
आदरणीय दिदी बहिनी तथा दाजुभाइहरु !
१. नयाँ वर्ष २०७५ को शुभारम्भमा म यहाँहरु सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
२. नयाँ बर्षको पहिलो विहानी प्रकृतिको यस अनुपम सिर्जना राराको आँगनमा उभिएर यहाँहरुलाई संवोधन गर्न पाउँदा निकै खुशी लागेको छ । रारा आफैमा प्रतीक हो– हाम्रो प्राकृतिक सौन्दर्य र वैभवको, हाम्रो संभावना र भविष्यको । अपरिमित प्राकृतिक र सांस्कृतिक सम्पदा, अनेकौं सामाजिक र जैविक विविधता र जीवन्त एवं स्वाभिमानी जनता– समृद्धिका लागि आवश्यक सबै कुरा हामीसँग छन् । तर अर्को पृथक परिदृष्य पनि मेरा आँखामा नाचिरहेको छ– नानीहरुका लागि गतिला विद्यालय र त्यहाँसम्म पुग्न भरपर्दा बाटा र पुल छैनन् । सुत्केरी व्यथाले च्यापेका आमाहरुलाई बचाउन हामीसँग पर्याप्त मानवीय र भौतिक संशाधन छैनन् । कर्णाली लगायत नदी अविरल बगिरहेका छन्– तर गाउँ बस्ती अँध्यारै र खेतबारी बाँझै छन् । अनि गर्भभित्र अपार संभावना बोकेर पनि मानव सूचकाङ्कको पुच्छारमा रहेको यो कर्णाली प्रदेश ठूलो सामाजिक आर्थिक रुपान्तरणको पर्खाइमा छ ।
३. नयाँ वर्षको आरम्भ कर्णाली प्रदेशबाट हुनुको एउटा अर्थ, हामी आज कहाँ उभिएका छौं, हाम्रो यात्रा कुन हो र हाम्रो गन्तव्य कहाँ हो भन्ने संकल्पलाई स्पष्ट पार्न पनि हो । “समृद्ध नेपाल र सुखी नेपाली’ को हाम्रो संकल्पलाई कर्णालीसँगै सिङ्गो नेपालको समृद्धिले मात्रै सार्थक तुल्याउन सक्छ ।