Pages

Monday, April 9, 2018

अब राष्ट्रपति पनि ट्विटे

राष्ट्रपति विद्यादेवी भण्डारी आजदेखि औपचारिक रुपमा 'ट्विटे' भएकी छिन्।

उनको पहिलो ट्विट–  'सम्पूर्ण बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने नेपाल सरकार र सम्बद्ध सबै पक्षको प्रयासको सराहना गर्दै सफलताको शुभकामना !'

खासै काम पनि नहुने यस्ता पदहरुले ट्विटे हुन फाइदाकै कुरा हो। कम्तीमा त्यहाँ समय कटाउन बडो सजिलो छ। त्यसमाथि नशा लाग्यो भने त कुरै छाडिदिउँ।


यो ट्विटर एकाउन्ट त अझ राष्ट्रपतिले व्यक्तिगत रुपमै चलाउन थालिन् भने झन् उपयोगी हुन्छ होला।

राष्ट्रपति मात्रै होइन, सभामुख कृष्णबहादुर महराले पनि व्यक्तिगत ट्विट चलाए हुने। संसद बैठकमा फलानोलाई बोल्नको लागि ५ मिनेट समय भनेर भन्दिएपछि केही समय उँघेर बस्नुभन्दा ट्विटरतिर बरालिनु धेरै मजाको विषय छ। कुन सांसदले बोलेको मन पर्‍यो वा परेन भनेर ट्विटमै लेख्न नि सजिलो। कसैले सुझाब दिए हुने।

No comments:

Post a Comment