प्रधानमन्त्री ओली आजदेखि भारत भ्रमणमा गएका छन्। उनी ५४ जना भ्रमण टोलीको नेतृत्व गर्दै आज (०७४ चैत २३) भारत प्रस्थान गरेका हुन्।
नेपाल वायु सेवा निगमको विमानबाट बिहान ९ बजे दिल्ली प्रस्थान गरेका उनी पौने ११ तिर दिल्ली पुगेका थिए। विमानस्थलमा प्रधानमन्त्री ओलीलाई भारतीय गृहमन्त्री रामनाथ सिंहले स्वागत गरेका थिए।
ओली दुई वर्षको अन्तरालमा दोस्रो पटक प्रधानमन्त्री भएर भारत भ्रमणमा गएका हुन्। गत फागुन ३ गते प्रधानमन्त्रीमा नियुक्त भएका ओली ५१ औं दिनमा भारत भ्रमणका लागि निस्किएका हुन्।
पछिल्लो २ वर्षमा ४ वटा भारत भ्रमण भएका छन्:
• प्रधानमन्त्रीमा केपी ओली निर्वाचित (पहिलो पटक): ०७२ असोज २४
भारत भ्रमणः ०७२ फागुन ७ देखि १२
• प्रधानमन्त्रीमा प्रचण्ड निर्वाचित (दोस्रो पटक): ०७३ साउन १९
भारत भ्रमणः ०७३ भदौ ३० देखि असोज २
• प्रधानमन्त्रीमा शेरबहादुर देउवा निर्वाचित (चौथो पटक): ०७४ जेठ २३
भारत भ्रमण: ०७४ भदौ ७ देखि ११
• प्रधानमन्त्रीमा केपी ओली नियुक्त (दोस्रो पटक): ०७४ फागुन ३
भारत भ्रमणः ०७४ चैत्र २३ देखि २५
आजको नयाँ पत्रिकाले प्रधानमन्त्री ओलीको यो भ्रमण कानुन विपरीत भएको उल्लेख गरेको छ। उसले लेखेको छ-
एक वर्षमा एउटा देशमा एकपटक मात्रै राजकीय भ्रमण हुने कानुनी व्यवस्थाविपरीत नेपालका प्रधानमन्त्री सात महिनामा दोस्रोपटक भारत भ्रमणमा जाँदै छन् । राजकीय भ्रमणलाई मर्यादित बनाउन मन्त्रिपरिषद्ले पारित गरेको विशेष व्यवस्थाविपरीत हुने यस्ता भ्रमणले राष्ट्रको मर्यादालाई कमजोर बनाइरहेको छ ।
नेपाल सरकारका अति विशिष्ट तथा विशिष्ट श्रेणीका पदाधिकारीले गर्ने विदेश भ्रमण, दिवा तथा रात्रिभोज एवं उपहारसम्बन्धी निर्देशिका, २०७२ को दफा १० ले स्पष्ट भनेको छ, ‘एक वर्षमा एउटा देशमा एउटा राजकीय भ्रमण हुनेछ ।’

No comments:
Post a Comment