किशोर दहाल
मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
नयाँ र वैकल्पिक भनिएका दलहरूले फरक मुद्दाको वकालत गरेनन् । स्थापित पार्टीलाई भ्रष्ट र देशको खराब हालतको जिम्मेवार करार गर्नमै बढी सिर्जनशीलता ठाने । मूल रणनीति नै आफूबाहेकका कमजोरी बेच्ने काम भयो ।
twitter : kishu_gb123
साझा पार्टी
गठन गरेपछि चैतको अन्तिमतिर पोखरामा आयोजित एउटा कार्यक्रममा आफ्नो साथीको
फेसबुक स्टाटसलाई जोड्दै रवीन्द्र मिश्रले भनेका थिए– ‘नेपाली मतदाताको
बानी के छ भने रेस्टुरामा गएर मेनु हेर्यो, हेर्यो, हेर्यो र लास्टमा मःम
मगाएजस्तै सबै पार्टीहरू हेर्यो, हेर्यो, हेर्यो अनि मेरा बाजेबराजुले,
मेरा बुबाले कसलाई भोट खसालेका थिए भन्दै उसैलाई भोट खसाल्यो । अब त्यसै
गर्नुभयो भने यो देशमा राजनीतिज्ञहरू खराब होइनन्, मतदान गर्ने जनता खराब
हुन् भन्नुपर्ने हुन्छ ।’
मिश्रले
भनेजस्तै अन्ततः अधिकांश मतदाताले ‘मःम’मै स्वस्तिक छाप लगाइदिए र आफू
‘खराब’ नै भएको सूचना दिए । र, मिश्रलाई एउटा नयाँ सन्देश सुनाए— मःमलाई
खराब भन्नुबाहेक नयाँ खाजाको विशिष्ट पहिचान खुलेन । यसलाई यसरी पनि भन्न
सकिन्छ, वैकल्पिक र नयाँ भनिने पार्टीहरूले पनि आफ्नो विशिष्ट पहिचान
प्रस्तुत गर्न सकेनन् । त्यसैले पुराना पार्टी नै रोजाइमा परे । यद्यपि,
उनीहरूले प्राप्त गरेको सम्मानजनक मतले गर्ने संकेतलाई भुल्नु भने हुँदैन ।
पुराना पार्टीको जितको आधार
मतदाताले नयाँ पार्टीलाई झ्याप्पै विश्वास गर्न अथवा परीक्षण गर्नका लागि ठूलै उथलपुथल आवश्यक हुन्छ । कि जोडतोडसाथ नयाँ मुद्दा र फरक मुद्दाको उठान भएको हुनुपर्छ । जस्तै, पहिलो संविधानसभामा माओवादी र मधेसकेन्द्रित दलहरूको उदय । कारण, यी दुईमध्ये पहिलो युद्ध र दोस्रो आन्दोलनबाट उदाएका थिए । थप बलियो पक्ष यिनीहरूसँग आफ्नो विशिष्ट मुद्दा थियो, जुन अहिलेको नयाँ दलको उदयको आशासँग मेल खाँदैन ।
तर,
यसबाहेक निर्वाचन जित्नका लागि स्थायी जनमत चाहिन्छ । त्यो दलीय संगठनका
रूपमा क्रियाशील भइरहेको हुन्छ । स्थापित पार्टीको संगठन निर्माण र
निरन्तरताको केही फरक–फरक अनुभव भए पनि तिनको समानताचाहिँ स्थानीय स्थायी
संगठन नै हो । केन्द्रमा जतिसुकै गडबडी वा अलोकप्रियता छाएको अवस्थामा पनि
स्थानीयस्तरमा संगठनले पार्टीलाई जिउँदो बनाइराख्छ । चलायमान बनाइराख्छ।
१०
वर्षसम्म जंगलमा बसेर माओवादीले बन्दुकै मात्र पड्काएको थिएन । आफ्नो
बलबुताले भ्याएसम्म फकाएर, थर्काएर, भ्रममा पारेर वा विश्वास जितेर आफ्नो
संगठन बलियो पारेको थियो । त्यसैले थपघट भए पनि दोस्रो संविधानसभा निर्वाचन
र अहिलेको स्थानीय निर्वाचनमा ‘अपेक्षित’ पत्तासाफको स्थिति व्यहोर्नुपरेन
। यहाँ मधेसी दललाई पनि जोड्नु उचित नै हुन्छ । ती दलको समस्या के छ भने
यिनको बलियो सांगठनिक आधार तयार भइसकेको छैन । आन्दोलनबाट ह्वात्तै उठे पनि
स्थायी मत तयार नभएकाले दोस्रोमा लगभग पत्तासाफको स्थिति देखापर्यो ।
कांग्रेस
सबैभन्दा पुरानो पार्टी भइहाल्यो । उसको पुरानो जनाधार निमिट्यान्न
भइसकेको छैन । पहिलो पुस्ताको नेतृत्वमा भए पनि उसको सांगठनिक वर्चस्व
यथावत् छ । र, मिश्रले भनेजस्तो बाजेबराजु र बुबाले भोट हालेको निर्वाचन
चिह्नमा आत्मीयता गाँसिने मतदाताको फाइदा सम्भवतः सबैभन्दा बढी कांग्रेसले
पाइरहेको छ । त्यसैले कांग्रेस केही सिट यताउता भए पनि बलियो रूपमा स्थापित
छ ।
अर्को स्थापित पार्टी एमाले
पहिलेदेखि नै निकै सजिलो पार्टी हो । पञ्चायतको अन्त्यपछि क्रान्तिकारी रहर
पाल्नेजति धेरैजसो यो पार्टीका सदस्य भए । झन् मदन भण्डारीले जबजको रचना
गरेपछि र उनको मृत्युपछि त एमाले ‘आलु’ पार्टी भयो । कम्युनिस्टसँग पनि
मिल्ने, उदारवादी, नवउदारवादी, प्रजातन्त्रवादी, बहुदलवादी, बहुलवादी
सबैतिर मिल्ने भएकाले विभिन्न पेसा व्यवसायमा आवद्धको रोजाइको पार्टी बन्यो
। मुख्यतः संघर्षबाट आएका नेतृत्व र वैचारिक सहजताले गर्दा नै उसको स्थायी
जनआधार तयार भयो । त्यसमाथि एमाले लोकप्रियतावादको सबैभन्दा सफल
प्रयोगकर्ता हो । ‘पेन्डुलम’ मतदाताको भोट प्रायः उसकै पोल्टामा पर्छ ।
कारणवश
कुनै उलटपुलट नभएमा यिनै दलमा विजेता सिट बाँडिइरहन्छ भन्ने अनुमान लगाउन
सकिन्छ । त्यसका केही कारण छन् । पुराना पार्टी असल खराब जे भए पनि ती
जनताको नजिकमा छन् । कोही बिरामी भएमा बोकेर अस्पताल पु¥याउनेदेखि कसैको
प्रशासनिक लफडा मिलाउनसम्म तिनका कार्यकर्ताको दौडधुप चल्छ । खानेपानी,
चौतारो, सडक, बिजुली आदिजस्ता हरेक सानातिना विकास निर्माणमा तिनकै अनुहार
उपलब्ध हुन्छ । तिनकै आवाज सुनिइरहेको हुन्छ । इनार बनाउने बजेट माग्न
सदरमुकाम धाउनेदेखि झगडा मिलाउन पुलिस चौकी पुग्नेसम्मका काममा स्थापित
दलका स्थानीय प्रतिनिधि नै हुन्छन् । विकास समिति गठनमा पनि तिनीहरू नै
छाउने हुन् ।
नयाँको कमजोर पक्ष
नयाँ र वैकल्पिक भनिएका दलहरूले फरक मुद्दाको वकालत गरेनन् । स्थापित पार्टीलाई भ्रष्ट र देशको खराब हालतको जिम्मेवार करार गर्नमै बढी सिर्जनशीलता ठाने । मूल रणनीति नै आफूबाहेकका कमजोरी बेच्ने काम भयो ।
अर्कोतिर,
निर्वाचनका लागि खट्ने जमात नै भएन, नयाँ दलमा । विभिन्न पेसामा आबद्ध
बुद्धिजीवी, पत्रकार, जागिरे, व्यवसायीले तिनलाई भोट दिनुपर्छ त भने तर
त्यो मत नै पाउनका लागि प्रभावकारी हुँदैनथ्यो र भएन पनि । जनताको नजरमा
पर्न, उनीहरूसँग बोली मिसाउन र सामान्य चिनजानीका लागि भर्चुअल आह्वानले
खासै प्रभाव पार्न सक्दैन । किनकि यो आपसी सम्बन्धबाट र लामो समयको
प्रयोगबाट स्थापित हुँदै जान्छ । यसमा स्थापित पार्टीबाट सिक्न सकिन्थ्यो ।
जस्तै, उनीहरूमा के छ भने उम्मेदवारको प्रचार गर्ने र भोट माग्ने समूह
यथावत् छ । त्यो समूहले मामा, काका, भिनाजु, काकी, हजुरआमा आदिजस्ता अनेक
दोहोरो साइनोको फाइदा उठाउन सक्छन् । किनकि, उनीहरूसँग चिनाजानी, दोहोरो
सहयोग आदानप्रदानको विगत हुन्छ । त्यसकारण, उम्मेदवारसँग सम्भव नभए पनि
तिनका प्रतिनिधिसँग निरन्तरको सम्बन्ध हुन्छ । तर, नयाँ पार्टीले यस्ता
सामान्य तर महत्वपूर्ण शैलीको फाइदा पाउन सकेनन् । बरु, उनीहरू निर्वाचन
प्रचारको भर्चुअल दुनियाँमा केन्द्रित भए । सामाजिक सञ्जालबाट गरिएको
त्यस्तो प्रचारले सञ्जाल प्रयोगकर्तामाझ त लोकप्रिय छवि बनायो, तर भोट खस्न
सकेन ।
स्थापित दलहरू नै रोजाइमा
पर्नुमा हाम्रो चुनावी चरित्र पनि केही हदसम्म जिम्मेवार छ । धेरैले
‘जित्ने’ पार्टीलाई भोट हाल्ने रहर गर्छन् । नयाँ र फरक पार्टीलाई ‘आखिर
जित्ने होइन, किन भोट दिनु ?’ भन्नेहरू धेरै हुन्छन् । यसले, नयाँ वा फरक
उम्मेदवार पनि ठीकै हो तर मचाहिँ मेरै पार्टीलाई भोट दिन्छु भन्ने गढेको
धारणालाई प्रतिबिम्बित गर्छ । त्यसकारण, रवीन्द्र मिश्रकै भाषामा यस्तो
निष्कर्ष निकाल्न सकिन्छ, जनताले मःमको विकल्प त रोज्न सक्छन् तर त्यो
विकल्प मःमभन्दा ज्यादातर फाइदाजनक र विशिष्ट गुणयुक्त हुुनु जरुरी छ ।
twitter : kishu_gb123
No comments:
Post a Comment