साहित्यमा नोबेल र पुलित्जर पुरस्कार पाएकी अश्वेत अमेरिकी लेखिका टोनी मरिसन (८०) आफ्नो लेखनमा अफ्रिकन मानिसका कथा ल्याउँछिन् । लेखक, सम्पादक, र प्राध्यापकका रुपमा संसारका सबभन्दा प्रसिद्ध हस्तिमा उनी पर्छिन् । ‘प्याराडाइज’ , ‘बिलभ्ड’ , ‘सङ अफ सोलोमन’ र ‘अ मर्सि’ उनका केही चर्चित उपन्यास हुन् । उनका थुप्रै अन्तर्वार्ताबाट केहि प्रश्न लिएर यो अनुदित एवं सम्पादित अन्तर्वार्ता तयार पारिएको हो ।
तपाई लेखन पढाउनुहुन्छ । लेखन पनि सिकाएर हुने कुरा हो र ?
लेखनका केहि पक्षहरु सिकाउन सकिन्छ भन्ने लाग्छ । कसैलाई दृष्टिकोण र प्रतिभा चाहिँ पढाएर आउने कुरा होइन । तर, पढाएर त्यसलाई प्रकट र प्रष्ट हुन सजिलो बनाउनचाहिँ सकिन्छ ।
तपाई लेख्नका लागी प्रेरणा कहाँबाट पाउनुहुन्छ ?
कहिलेकाहिँ इतिहासका किताब वा पत्रीका पढ्दाखेरी केही नमिल्दा र परस्परविरोधी कुराहरु भटिन्छन् । यस्ता कुराबाट म कहिलेकाहिँ पे्ररित हुन्छु । कहिलेकाहिँ तत्काल भएको कुनै कुराका प्रति आफ्नो प्रतिक्रयाले लेख्न प्रेरित गर्छ । यि केही उदाहरण मात्र हुन् । साँच्चिकै प्रेरणा कहाँबाट आउँछ भन्ने थाहा छैन । एउटा लेखकले हरहालतमा लेख्नुपर्छ । कुनैदिन पे्ररणा आउँछ अनि लेखांैला भनेर बसेको भए म कहिल्यै लेखक बन्न सक्ने थिइनँ ।
तपाईको लेख्ने तरिका कस्तो छ । सुरु गर्ने कुनै विशेष रीत छ कि ?
म प्रायः बर्षा र गर्मिको समयमा , जुन केला म पढाउँदिनँ, त्यो बेला लेख्ने प्रयास गर्छु । म असाध्यै चाँडो उठ्छु, उज्यालो हुनुभन्दा निकै अघी । म प्राय ः पहेंलो रंगको कापीमा सिसाकलमले लेख्छु । तर, हरेक पुस्तक लेख्नु अघी करिब दुई बर्षजति म किताबका पात्र,परिस्थिति र संरचनाका बारेमा घोत्लिन्छु । जब ती पात्रको भाषा , ठाउँको अवस्थिति र घटनाहरु मैले चिनेजस्तो जानेजस्तो लाग्छ, अनि बल्ल लेख्न थाल्छु ।
तपाई कसका लागी लेख्नु हुन्छ ?
म आफुजस्तै मानिसका लागी लेख्न चाहान्छु । म जस्तै भनेको कालो रंग भएका, संसारकाप्रति जिज्ञासु मानिस । यस्ता मानिस जसलाई झुट बोल्न सकिन्न, तिनका लागी लेख्छु ।
लेखक बन्न चाहाने युवाहरुलाई कस्तो सल्लाह दिनुहुन्छ ?
सकेजति लेख । लेख्नु नै लेखकको काम हो । यदि तिमी लेखको कुरालाई थप सुधार गर्छौ र परिमार्जन गर्छौ भन त्यो झन् राम्रो । नयाँ लेखकहरुले आफुले जानेका कुराहरु मात्र लेख्नु हुँदैन । नजानेका कुरामा लेख्ने प्रयास गनुपर्छ । यसले लेखकको ज्ञान र कल्पनाशीलताई बढाउँछ ।
तपाईले किन लेख्न थाल्नु भयो ?
लामो समयसम्म मैले अरुले मेरो जस्तो रंग र इतिहास भएका मानिसका बारेमा लेखेको पढेँ । तर, तिनले मलाई सन्तुष्ट बनाएनन् । जब आफुले पढ्न चाहेजस्तो किताब पाइन त्यसपछि म आपंmैले त्यस्ता किताब लेख्न थालेँ ।
तपाई आफुले लेखको कुरालाइ कत्तिको परिमार्जन गर्नुहुन्छ ?
लेखनमा मलाई सबभन्दा आनन्द आउने कुरा नै परिमार्जन हो । म कहिलेकाहीँ त किताब बजारमा जान तयार भइसक्दा पनि त्यसलाई फर्केर हेर्छु । पहिलो लेखन साह्रै पिडादायी हुन्छ किनभने धेरैजसो पहिलो लेखाइ त्यति राम्रो हुँदैन ।
पहिले पहिले म लेखको कुरालाई फरि राम्रो बनाउन सकिन्छ भन्ने सोच्दिनथेँ, त्यसैले आफ्नो लेखाइ देखेर आफैँ दुखि हुन्थें । तर, अचेल त्यस्तो हुँदैन । अचेल त मलाई परिमार्जनमा नै लेख्नुभन्दा बढि आनन्द आउँछ । जब म आफैंले लेखको हेर्छु र मलाई आनन्द आउँछ । जब म आफैले लेखको हेर्छु र मलाई लाग्छ , यहि कुरालाई यो भन्दा राम्रोसँग भन्ने तरिका मलाई थाहा छ, त्यस्तो बेला खुब आन्नद आउँछ ।
(कान्तिपुर, कोसेली, २०६८ असोज १४)
फोटोः गुगलबाट साभार

No comments:
Post a Comment