Pages

Wednesday, May 26, 2021

एमाले : 'राष्ट्रिय भेला'पछि के होला?

किशोर दहाल

मंगलबार, चैत ३, २०७७, २०:४५

काठमाडौं- 'अब अनुशासनहीन भयो भने पार्टीको विधान छ, देशको कानुन छ, संविधान छ, संसद् नियमावली छ, दलसम्बन्धी कानुन छ। यी सबै कुरातिर म ध्यानाकर्षण गर्न चाहन्छु', मंगलबार बालुवाटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले चेतावनीपूर्ण यस्तो भाषा बोले। उनले एमालेमा समानान्तर गतिविधितिर अग्रसर माधवकुमार नेपाल पक्षलाई कारबाहीको धम्की दिए।

ओलीको सम्बोधन सकिएको केही बेरमै एमालेका सचिव योगेश भट्टराईले ललितपुरको हेरिटेज गार्डेनबाट प्रतिवाद गरे। त्यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले भने- 'हामी एकपछि अर्को कारबाही खानका निम्ति लामबद्ध छौं, तयार छौं। त्यसमा हामीलाई कुनै पश्चताप हुने छैन। किनभने हामी मुलुकका लागि, संविधानका लागि, हामीले प्राप्त गरेको जनसमर्थनको रक्षाका निम्ति उभिएका मान्छे हौं। हामीलाई त्यसमा कुनै हिनताबोध छैन।'

यही हेरिटेज गार्डेनमा माधवकुमार नेपाल पक्षले बुधबार र बिहीबार राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ। 

ओली पक्षले आफूसँग रहेको अन्तिम हतियार प्रयोग गर्न धम्की दिँदा नेपाल पक्षले त्यसको निम्ति तयार छौं भन्नुले अब एमालेभित्रको लडाइँ वारपारको स्थितिमा पुगेको आकलन गर्न सकिन्छ। जसको स्पष्ट दृश्य बुधबार र बिहीबार आयोजना हुने राष्ट्रिय कार्यकर्ता भेलाबाट देखिने छ।

एमाले एकता कायम राख्न नेपाल पक्षका ५ प्रस्ताव

किशोर दहाल

शनिबार, फागुन २९, २०७७, १९:१५

काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षले एकतर्फी निर्णय गर्दै अघि बढ्ने रणनीति अख्तियार गरेपछि माधवकुमार नेपाल पक्षले आफू पक्षको भेलालाई तीव्रता दिएको छ। शनिबार मात्रै सो पक्षले शंखमूलमा केन्द्रीय कमिटी र सांसद्हरूको भेला गरेको थियो।

शुक्रबार ओली पक्षले बालुवाटारमा भेला गरेर माधवकुमार नेपाल पक्षलाई कारबाही गरेको थियो। सो पक्षका नेताहरूले यसअघि सम्हालेका जिम्मेवारीबाट मुक्त गरेर आफू पक्षलाई जिम्मेवारी दिएको थियो। माधव नेपाल पक्षले ओलीको निर्णयलाई अस्वीकार र प्रतिवाद गर्ने स्पष्ट पार्ने गरेको छ। बैठकले समानान्तर जिम्मेवारी तय गरेको छ। यद्यपि सो पक्षले त्यसलाई पुरानै जिम्मेवारीमा फर्काएको बताएको छ।

शनिबारको बैठकलाई 'अन्तरक्रिया'को संज्ञा दिएको नेपाल पक्षले अबको बाटो स्पष्ट पारेको छैन। आगामी चैत ४ र ५ गते तोकिएको भेलालाई आगामी रणनीति तय गर्न आधार बनाउने तयारी गरिएको छ। तल्लो तहसम्मका नेता–कार्यकर्ता सहभागी हुने उक्त भेलाको भावनालाई बुझेर नेपाल पक्षले त्यसअघिको यात्राको दिशा तय गर्नेछ।  

नेपाल पक्षका नेताहरूका अनुसार 'एमाले एकता' कायम राख्नका लागि आफूहरूको तर्फबाट ५ प्रस्ताव तय गरेका छन्:

कस्तो होला ब्युँतिएपछिको एमालेको पहिलो बैठक!

किशोर दहाल

बिहीबार, फागुन २७, २०७७, २०:३८

काठमाडौं- सर्वोच्च अदालतले फागुन २३ मा गरेको फैसलापछि एमाले र माओवादी केन्द्र ब्युँतिएका छन्। माओवादी केन्द्रको बैठक बस्न र निर्णय लिन सुरु भइसकेको छ। तर, एमाले बैठकको भने कुनै टुंगो छैन। जबकि, नेकपा गठन हुनुभन्दा अघि एमालेको छवि बैठक बसिरहने र निर्णय गर्ने पार्टीका रुपमा परिचित थियो।

एमालेको विधानमा महासचिवले अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने व्यवस्था छ। 

सर्वोच्च अदालतको फैसलाअनुसार ब्युँतिएपछिको एमालेमा अध्यक्ष र महासचिव एकै समूहका छन्। प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुन् भने उनकै समूहमा रहेका उपप्रधानमन्त्री ईश्वर पोखरेल महासचिव। तर, एमालेको बैठक बोलाइने छेकछन्द देखिएको छैन।

बुधबार साँझ ‍माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरुको भेलामा पनि कमिटी बैठकको कुरा उठेको थियो। नयाँ बानेश्वरको अर्याल होटलमा काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरुले बैठकप्रति अपेक्षा व्यक्त गरेका थिए।

पटाक्षेपपछिका प्रचण्ड : अब के गर्लान्?

किशोर दहाल

मंगलबार, फागुन २५, २०७७, २१:२६

काठमाडौं- सर्वोच्च अदालतको पछिल्लो फैसलासँगै भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को बियोगान्तसँग पुष्पकमल दाहाल 'प्रचण्ड'का दुई अभिव्यक्तिको स्मरण गर्नु बाञ्छनीय हुनसक्छ।

पहिलो, २०७४ पुस ९ गते चितवनमा वाम बुद्धिजीवीहरुले आयोजना गरेको कार्यक्रममा प्रचण्डले भनेका थिए- 'हामीले पुल भत्काएर अगाडि बढेको हो, फेरि फर्किने ठाउँ राखेर अगाडि बढेकै होइन। एमाले नेताहरुले पनि, माओवादी केन्द्रका नेताहरुले पनि। मैले र केपी ओलीजीले जानीबुझी, पुल बाँकी राखियो भने फर्किने खतरा हुन्छ, पुलै भत्काइदिउँ भनेर एकतामा एकैचोटी हाम फालेको हो।'

दोस्रो, २०७५ जेठ ३ गते नेकपाको एकीकरण घोषणा कार्यक्रममा उनले भनेका थिए- 'हाइड्रोजन र अक्सिजन मिलेपछि पानी बन्छ, पानीभित्र हाइड्रोजन छुट्याउन खोजेर पाइँदैन। अक्सिजन छुट्याउन खोजेर पाइँदैन। त्यो पानी हुन्छ। अब यो नेपाल कम्युनिस्ट पार्टी पनि, न त्यहाँ एमाले छ, न त्यहाँ माओवादी छ। त्यो त अर्कै यौगिक बनिसक्यो। त्यो हामी सबैले आत्मसात् गर्न जरुरी छ।'

नेकपा एकीकरण घोषणा भएको ३४ महिनामा पुल पनि भत्कियो। पानीबाट हाइड्रोजन र अक्सिजन पनि छुट्टियो। फागुन २३ मा नेकपाको नाम विवादमाथि परेको मुद्दामा फैसला सुनाउँदै सर्वोच्च अदालतले एमाले र माओवादीलाई अलग-अलग अवस्थामा पुर्‍याइदिएको छ। पछिल्लो एक वर्ष तिक्ततापूर्ण शक्ति संघर्षबाट गुज्रिएको नेकपालाई यो फैसलाले औपचारिक रुपमा पूर्व पार्टीहरुमा अलग्याइदिएको छ।

कस्तो होला ब्युँतिएको एमाले ?

किशोर दहाल

आइतबार, फागुन २३, २०७७, २३:०३

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजन हुन ठिक्क परेको थियो। पूर्व एमालेको ठूलो पंक्ति र पूर्व माओवादीको लगभग सिंगो स्वरुप एकातिर थिए। 

यो समूहलाई पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले नेतृत्व गरेका थिए। त्यस्तै, पूर्वएमालेको एउटा समूहलाई केपी ओलीले नेतृत्व गरेका थिए। त्यहाँ पूर्व माओवादीको सानो समूह पनि थियो। तर, आइतबार सर्वोच्च अदालतको एउटा फैसलाले राजनीतिक परिदृश्यमा कायपलट ल्याइदिएको छ। नेकपा विभाजन त हुने नै भयो। तर अलि फरक स्वरुपमा।

फैसलासँगै अब तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र ब्युँतिने छन्। किनकि, पुनः एकीकरण प्रक्रियामा जोडिन सम्भव देखिँदैन। प्रतिनिधि सभा विघटन गर्ने निर्णयसँगै माओवादीका रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, मणि थापा लगायतका केही नेता ओलीतिर लागेका थिए। उनीहरु माओवादीमा फर्किँदा पनि त्यहाँभित्रको शक्ति संघर्षमा खासै ठूलो उथलपुथल आउने देखिँदैन। तर, एमालेलाई भने माओवादीलाई जति सजिलो हुने देखिँदैन।

विघटन बदर भएपछि मनमोहन अधिकारीले कसरी ‘फेस’ गरेका थिए संसद्?

किशोर दहाल

शुक्रबार, फागुन २१, २०७७, ०८:०१

काठमाडौं- २०५२ जेठमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा विघटन गरी मध्यावधि निर्वाचनको सिफारिस गरेपछि सर्वोच्च अदालतमा रिट दायर भयो। राजाबाट विशेष अधिवेशन आह्वान भइसकेको अवस्थामा विघटन गरिएको प्रतिनिधि सभालाई सर्वोच्च अदालतले भदौ १२ गते पुनःस्थापित गरिदियो।

सर्वोच्चले फैसला सुनाउनुअघि, साउन २९ गते नै प्रधानमन्त्री अधिकारी हेलिकप्टर दुर्घटनामा परेर काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए। सर्वोच्चको फैसलादेखि संसद्को विशेष अधिवेशन उनले त्यहीँबाट नियाले। प्रतिनिधि सभा विघटन गर्ने कदम सर्वोच्चले बदर गरिदिए पनि अधिकारीले प्रधानमन्त्रीबाट राजीनामा भने दिएनन्। बरु संसद् 'फेस' गर्ने निर्णय गरे।

'हामीले सधैं जनताको निर्णयमा विश्वास गर्‍यौं। देशमा उत्पन्न राजनीतिक अस्थिरता र अन्योललाई पनि जनताकै निर्णयबाट समाप्त पार्न चाह्यौं। यस्तो प्रजातान्त्रिक र सदाशयतायुक्त पाइला अवरुद्ध हुने स्थितिमा पनि हामीले जनतासामु अविचलित रुपमा उभिनु आफ्नो कर्तव्य ठानेका छौं। आउने चुनौतीहरुलाई जननिर्वाचित सांसद्का सामु निर्भिकता र इमानदारीपूर्वक उभिएर सामना गर्न तत्पर रहेका छौं', अस्पतालबाट जारी गरिएको अधिकारीको अपिलमा भनिएको थियो।

सरकार नछाड्ने, पार्टी फुट्न नदिने : यी हुन् ओलीका ५ रणनीति

किशोर दहाल

मंगलबार, फागुन १८, २०७७, २१:०२

काठमाडौं- प्रतिनिधि सभा विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिलाई संवैधानिक गोरेटोभन्दा बाहिर पुर्‍याउन खोजेका थिए। उनको यो प्रयत्नलाई अस्वीकार गरेर सर्वोच्च अदालतले पुनः गोरेटोमै ल्याइदिएको छ। तर, फागुन ११ मा सर्वोच्चको फैसला आएपछि पनि कुनै राजनीतिक मोड देखिन सकेको छैन। जसले गर्दा मुलुकमा गत पुस ५ मा प्रतिनिधि सभा विघटन हुनुअघिको जस्तै अवस्था छ।

यतिबेला चासो र चर्चाको केन्द्रमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) छ। नेकपा भने न मिल्ने अवस्थामा छ, न फुट्न सकेको छ। फुट्ने प्रक्रिया अघि बढिसकेको भए पनि निर्वाचन आयोगले ढिलासुस्ती गरिदिँदा त्यसले नेकपाको भविष्य मात्रै होइन, समग्र राजनीतिमै अवरोध उत्पन्न भएको छ। थप घटना विकास हुन सकेको छैन।

सर्वोच्चको फैसला आएपछि विजयी अनुभूति गरेको नेकपाको पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्ष पछिल्ला दिनमा भने निरीह देखिएको छ। जसले गर्दा 'उहाँहरुले के जित्नुभयो, मलाई थाहा छैन' भन्ने ओलीको भनाइ साबित हुँदै गएको छ। फैसलायता प्रचण्ड-माधवमा रहेको रणनीतिहिनता पनि पुष्टि हुँदै गएको छ। जसले ओलीको दम्भ थप प्रकट हुन सहयोग पुर्‍याएको छ।

ठूलो योजना विफल भए पनि ओलीमा भने आफ्नो रणनीति तुरुन्तै परिवर्तन गर्ने, बदलिएको माहोलमा पनि आफ्नो स्थान बलियो बनाउने, विपक्षीका कमजोरीमा खेल्ने, घटनाक्रममा आफूलाई केन्द्रमा राख्ने सीप देखिन्छ। जसले गर्दा कतिपय आलोचनाका बीच आगामी केही समयको राजनीतिक घटनाक्रम उनकै वरिपरि घुम्ने देखिन्छ।

ओलीका तत्कालका रणनीतिहरु के हुनसक्छन्? उनी पक्षका केही नेता तथा विश्लेषकहरुका तर्कका आधारमा उनका रणनीतिसँग जोडिने ५ विषय हामीले केलाएका छौं।

प्रतिनिधि सभा विघटन बदर भएपछि २०५२ सालमा के गरेका थिए मनमोहन अधिकारीले?

किशोर दहाल

सोमबार, फागुन १७, २०७७, २०:५५

काठमाडौं- गत शनिबार प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले कवितात्मक शैलीले ट्विट लेखे- 

प्रतिनिधिसभा विघटनको सिफारिस र 

सर्वोच्चबाट पुन:स्थापना,

प्रधानमन्त्रीको राजीनामा र नैतिकताको प्रश्न

यी विषयमा -

प्रश्न गर्ने र जवाफ दिने हामीहरू

२०५२ सालमा पनि थियौं र अहिले पनि छौं।

त्यो बेला जे गरेका थियौं/ भनेका थियौं,

त्यसै गर्दा अहिले चाहिँ नहुने किन रहेछ?!

 #जिज्ञासा_मात्र

सोही दिन उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि उस्तै आशयको फेसबुक स्टाटस लेखेका थिए। 'ताजा जनादेशका लागि तत्कालिन प्रधानमन्त्री मनमोहन अधिकारीले प्रतिनिधि सभा भंग गर्न गर्नुभएको सिफारिसलाई २०५२ साल भदौ १२ गते सर्वोच्च अदालतले खारेज गरेको थियो। उहाँले अस्पतालकै बेडबाट आफूमाथि लगाइएको अविश्वासको प्रस्तावको जवाफ दिनुभएको थियो। मनमोहन अधिकारीले अस्वस्थताका कारण बोल्न कठिन भएपछि तत्कालीन उपप्रधानमन्त्री माधवकुमार नेपालले जवाफ दिने कामलाई निरन्तरता दिनुभएको थियो। यस्तो पृष्ठभूमिसित गाँसिएकाहरूले समेत नैतिकताको हवाला दिँदै अहिले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा गर्न दबाब दिइरहेका छन्!! यस्तो अनुचित, क्षुद्र र अनैतिक दबाब किन? संसदको सर्वोच्चतालाई मानेर त्यसको सामना गर्ने कुरा गर्दा केको आपत्ति!?', पोखरेलको धारणा थियो। 

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा गरेको प्रतिनिधि सभा विघटनलाई सर्वोच्च अदालतले फागुन ११ गते बदर गरिदियो। ओलीले निकै प्रतिष्ठाको विषय बनाएको यो विषयमा उनकै विपक्षमा अदालती फैसला आएपछि उनले राजीनामा दिने धेरैको अपेक्षा थियो। सामान्यतया प्रधानमन्त्रीले महत्त्वपूर्ण निर्णय लिएपछि त्यसमा कुनै किसिमले असफलता हात लाग्यो भने नैतिकताको आधारमा राजीनामा दिने प्रचलन हुन्छ। लोकतान्त्रिक अभ्यासमा अघि बढेका मुलुकमा त यो अभ्यास अवश्यंभावी जस्तै हुन्छ।

तर, ओलीले भने राजीनामा नदिने सार्वजनिक रुपमै बताइसकेका छन्। बरु उनले सर्वोच्चको फैसलालाई 'सामान्य' भएको बताएका छन्। उनी तथा उनी निकट नेताहरुले पनि पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षको नेकपालाई संसदीय दलको नेतामा पराजित गर्न वा अविश्वासको प्रस्ताव पारित गरेर देखाउन चुनौती दिन थालेका छन्।

त्यसैले प्रधानमन्त्री ओलीको राजीनामाको विषय नैतिकताबाट पर पुगिसकेको छ। ‘जसको शक्ति, उसको भक्ति’ शैलीमा अघि बढिरहेको शक्ति संघर्षमा अब जसले आफ्नो पक्षमा बढी सांसद् जम्मा पार्न सक्छ, जित उसैको हुने देखिएको छ। केही दिनयता नेकपाका दुवै पक्षका नेताहरुले सांसद खरिद-बिक्रीको चर्चा गरिरहेकाले अबको राजनीतिक घटनाक्रममा पचासका दशकको दृश्य दोहोरिने सम्भावना बढेर गएको छ।

यसबीच, उपप्रधानमन्त्री पोखरेल तथा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार रिमालले प्रधानमन्त्रीले राजीनामा दिनुनपर्ने कारण पेस गर्न अढाइ दशकअघिको सन्दर्भ सार्वजनिक रुपमै अगाडि सारेका हुन्। 

निर्वाचन आयोग निर्णयबाट पन्छिँदा ‘डेडलक’मा राजनीति


​​​​​​​किशोर दहाल/प्रवीण ढकाल

आइतबार, फागुन १६, २०७७, २०:५२

काठमाडाैं- प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएपछि उनले नैतिकताको आधारमा राजीनामा गर्ने धेरैको अपेक्षा थियो। सार्वजनिक रुपमा पनि त्यस्ता अपेक्षा प्रकट भएका थिए। प्रधानमन्त्री ओलीको राजीनामासँगै अनुमान गर्न नसकिने र ध्रुबीकृत हुन पुगेको राजनीति सहज बाटोमा आइपुग्ने, त्यसले नयाँ सरकार निर्माणदेखि आसन्न निर्वाचनका लागिसमेत वातावरण तयार पार्ने आकलन भइरहेको थियो।

तर, सर्वोच्चको फैसला आएपछिका पाँच दिनमा राजनीति त्यो दिशामा अग्रसर हुने संकेत देखिएन। बरु थप जटिलता बढ्ने स्पष्ट संकेतहरु प्रष्ट देखिएका छन्। एक हिसाबले भन्दा यही अवस्थामा ओली नेतृत्वको वर्तमान सरकार नहट्ने, नयाँ सरकार पनि बन्न नसक्ने परिस्थिति बन्न थालेको देखिन्छ। प्रधानमन्त्री ओली स्वयंले 'राजीनामा नदिने बरु संसद्‌मा अविश्वास प्रस्ताव सामना गर्ने' बताएका छन्। ओलीको यो अडान राजनीति झनै जटिलतातर्फ उन्मुख भएको संकेत हो। किनभने उनले अहिलेकै अवस्थामा आफूलाई कसैले सरकारको नेतृत्वबाट हटाउन नसक्ने जोडघटाउ राम्ररी गरिसकेका छन्।

प्रतिनिधि सभाले आफूलाई सहयोग नगरेकाले त्यसलाई विघटन गर्नुपरेको प्रधानमन्त्री ओलीको तर्क छ। आफैंले भंग गरेको संस्थाबाट अब उनले सहयोगको अपेक्षा गर्नु र आफैंलाई 'मार्न खोज्ने' प्रधानमन्त्रीलाई प्रतिनिधि सभाले विश्वास गर्नु दुवै असहज परिस्थिति हो। परिणामतः आगामी दिनमा यी दुवै संस्थाको सहयात्रा प्राकृतिक हुने देखिँदैन।

प्रतिनिधि सभा विघटन गर्ने कदम अस्वीकृत भइसकेपछि त्यसको अस्तित्व निरन्तर रहनु स्वाभाविक भइहाल्यो। ओलीले पनि आफू निरन्तर रहने स्पष्ट पारेकै छन्। जटिलताको बिन्दु यहीँबाट सुरु हुन्छ। नेकपाभित्र सहज परिस्थिति निर्माण हुने वा औपचारिक विभाजन हुने स्थिति नआई त्यो जटिलता निरन्तर रहने देखिन्छ।

हुस्सु देउवा : राजनीतिको आकलन गर्न सक्दैनन्, पटक-पटक चुक्छन्

किशोर दहाल

शुक्रबार, फागुन १४, २०७७, २०:४८

काठमाडौं- नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र कांग्रेसकै तर्फबाट प्रधानमन्त्री भएका शेरबहादुर देउवाबीचको टकराव उत्कर्षमा पुगेको थियो। सोही पृष्ठभूमिमा सरकारले संसद्‌मा संकटकाललाई थप ६ महिना लम्ब्याउने प्रस्ताव दर्ता गरायो जसले कांग्रेसभित्रको विवादलाई झनै छताछुल्ल बनायो। २०५९ जेठ ८ गते दिउँसो बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सभापति कोइरालाले देउवालाई दुई विकल्प दिए- संसदमा दर्ता गराएको प्रस्ताव फिर्ता लिने वा प्रधानमन्त्रीबाट राजीनामा दिने। देउवाले भने तेस्रो विकल्प प्रयोग गरे- संसद विघटन।

जेठ ८ गते साँझ संसदीय दलको बैठक बसेर देउवा दरबार पुगेका थिए। संसद् विघटनको कुनै संकेत थिएन। बरु देउवाले त भोलिपल्ट बिहान मन्त्रिपरिषद् बैठक राखेर संकटकाल फिर्ता लिने निर्णय गराउने बताएका थिए। तर, खालि 'लेटरप्याड' बोकेर दरबार पुगेका देउवाले राति नै प्रधानमन्त्री कार्यालयबाट छापसमेत मगाए। र प्रतिनिधि सभा विघटन गरेको सिफारिस गरे। सिफारिसअघि राजा ज्ञानेन्द्रसँग उनले लामो भलाकुसारी गरेका थिए।

विघटन सिफारिस हुनुभन्दा धेरै अघिदेखि राजाले देउवालाई उकासिरहेका थिए। तर प्रतिनिधि सभा विघटन गर्न सहमत हुनेगरी राजाले देउवालाई कस्तो आश्वासन दिए, त्यो स्पष्ट छैन। तर, सोही वर्ष असोज १८ मा देउवालाई ‘असक्षम’ घोषणा गरी राजाले पदमुक्त गरेपछि देउवाले आफूलाई धोका भएको प्रतिक्रिया दिएका थिए। त्यसले उनीहरुबीच केही सहमति भएको वा देउवाले केही आश्वासन पाएको अनुमान लगाउन सकिन्छ।

Tuesday, May 25, 2021

सुवास नेम्वाङको प्रतिक्रिया : मैले प्रधानमन्त्रीलाई जे कुरा भनेको थिएँ, त्यो स्थापित भएको छ

किशोर दहाल

बुधबार, फागुन १२, २०७७, १०:३५

काठमाडौं– प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णयका विषयमा संविधान सभा अध्यक्ष सुवास नेम्वाङले सर्वोच्चको फैसला आएको भोलिपल्ट प्रतिक्रिया दिने बताएका थिए। प्रधानमन्त्री ओलीनिकट नेकपा नेता नेम्वाङलाई फैसला आएको भोलिपल्ट नेपाल लाइभले प्रतिक्रिया लिएको छ।

ती प्रश्नको उत्तरमा उनले आफूले प्रधानमन्त्रीलाई भनेकै कुरा फैसलाबाट स्थापित भएको बताएका छन्। साथै राजनीतिक विवाद नटुंगिएको उल्लेख गरेका छन्। नेपाल लाइभकर्मी किशोर दहालका दुई प्रश्न र नेम्वाङको उत्तर :

फैसला आएको भोलिपल्ट प्रतिक्रिया दिने भन्नुभएको थियो। तपाईंको त्यो प्रतिक्रिया के हो?

हामीले सर्वोच्च अदालतलाई संविधानको आधिकारिक व्याख्याता भनेका छौं। अदालतले यसलाई व्याख्या गर्दै टुंगोमा पुर्‍याएको छ। अदालतले कतिपय राजनीतिक विषयका विवाद टुंग्याएन, अल्झियो र बल्झियो भनेर पनि टिप्पणी हुन थालेका छन्। म यता लाग्दिनँ। मुख्यत: सम्मानित अदालतले फैसला गरेको छ। संसद् विघटनलाई बदर गरेको छ। त्यो अदालतको फैसलालाई मान्दै अगाडि बढ्नुपर्छ। यसमा अर्को विकल्प छैन।

लगामविहीन 'ओलीतन्त्र'को अपेक्षित अवसान

किशोर दहाल

मंगलबार, फागुन ११, २०७७, २३:१८

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको शैली थियो- 'मैले चाहेपछि नहुने के छ र? मैले चाहना राख्न नमिल्ने के छ र?' 

तीन वर्षयता उनको सत्ता यसैगरी चलिरहेको थियो। उनलाई दायरा मन पर्दैनथ्यो। लोकतन्त्रको दायरामा समेटिने स्वभाव थिएन।

आफ्नो स्वभाव अनुसार नै ओलीले निश्चित विशेषता सहितको सत्ता अभ्यास गरिरहेका थिए। मुख्यतः उनले शक्ति आफूमा केन्द्रित गरेका थिए। शक्तिको स्वभाव नै जति खायो, उति तिर्खा लाग्ने हुन्छ। ओलीलाई नहुने कुरै थिएन। परिणामतः सारा शक्ति आफूमा केन्द्रित गरेका उनी शक्तिको विकेन्द्रित हुने प्रणालीको विपरीत अभ्यास गरिरहेका थिए ।

लोकतन्त्र चल्ने मुख्य दुई आधार हुन्छन्- विधिको शासन र संस्थाको सक्षमता। यी दुवै कुरालाई निस्तेज गरेर ओली वा उनको विश्वासमा रहेको सानो समूह हाबी हुँदै आएका थिए। देश विधि र पद्धतिबाट होइन, ओलीको आदेशबाट चलिरहेको थियो। यस किसिमको अभ्यासले हाम्रो लोकतन्त्रको विकासलाई अवरुद्ध गरेको थियो।

जुलुसका लागि चाहिने पैसा हो कि अजेन्डा?

किशोर दहाल

सोमबार, फागुन १०, २०७७, २१:२२

काठमाडौं- 'हामी त्यत्रो( नेकपाका दुवै पक्षले जत्रो) जुलुस ल्याउनै सक्दैनौं। हामीसँग पैसा पनि छैन। हाम्रो क्रियाशील (सदस्यलाई) अनिवार्य उपस्थिति भन्यो भन्यो भने पनि आउँदै आउँदैनन्। क्रियाशील (सदस्यता) लिने बेलामा मारामार हुन्छ। भोलि क्रियाशील मात्रै आऊ भन्यो भने पनि आउँदै आउँदैनन्। चुनावमा क्रियाशील सबैलाई चाहिन्छ, मिटिङमा कहिल्यै आउँदैनन्,' फागुन ६ गते पोखरामा नेपाल राष्ट्रिय मगर संघको गण्डकी प्रदेशको प्रथम सम्मेलनको उद्घाटन गर्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भनेका थिए।

प्रतिनिधि सभा विघटन गरिएपछि सत्तारुढ नेकपाका दुई पक्षले आ-आफ्नो क्षमताले भ्याएसम्म देशव्यापी सभा र जुलुस गरिरहेका छन्। र, त्यसैको आधारमा जनमत आफ्नो पक्षमा भएको दाबी पनि गरिरहेका छन्। तर, विघटित प्रतिनिधि सभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने त्यो प्रतिस्पर्धाबाट अलग जस्तै देखिएको छ। बरु आफूसँग पैसा नभएकैले नेकपाका दुई पक्षले जस्तै जुलुस निकाल्न नसक्ने सभापतिको भनाइ सार्वजनिक भएको छ।

प्रतिनिधि सभा विघटनको विरोधमा कांग्रेसले छिटपुट विरोधका कार्यक्रम भने गरेको थियो। तर, 'पैसा नै नभएकाले ठूला सभा गर्न नसकिएको' देउवाको लाचारीले उनको छवि, पार्टी र कार्यकर्ताबीचको सम्बन्ध, लोकतन्त्र र संविधानप्रति कांग्रेस कार्यकर्तामा रहेको समर्पण लगायतका विषयमा बहसको आवश्यकता बोध गराएको छ।

प्रदेश प्रमुख फेरबदलबाट ओलीले दिन खोजेको सन्देश

किशोर दहाल

शनिबार, फागुन ८, २०७७, १२:३०

काठमाडौं- शुक्रबार मात्रै प्रदेश २ को प्रदेश प्रमुखमा नियुक्त गरिएका राजेश झा (राजेश अहिराज) सामाजिक सञ्जालमा सक्रिय व्यक्ति हुन्। पत्रकार र विश्लेषकको छवि बनाएका उनी मुख्यगरी मधेश केन्द्रित राजनीति गरिरहेका मधेशी नेताहरु र नेकपाकै पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षप्रति निकै आक्रामक देखिन्थे।

अहिराजको सक्रियता जति बढी थियो, भाषिक संयमता भने उति नै कम। उनी नेताहरुलाई सरासर ‘ठग’ भन्थे। कुट्ने-पिट्ने दिन पर्खेको अभिव्यक्ति दिन्थे। जसले उनमा कोही व्यक्ति वा नेता कुनै अपराधमा दोषी ठहरिए कानुन अनुसार वैधानिक बाटोबाट सजाय पाउने विश्वास नभएको संकेत गर्थ्यो। ‘भ्रष्टाचारी, ज्यानमारा, देशद्रोही र जनता मारा नेताहरुलाई जुत्ताको माला लगाएर पिट्दै लखेट्दै फेरि पिट्दै कुदाउने दिन कहिले आउला?’, केहीअघि मात्रै उनले फेसबुकमा लेखेका थिए।

सामाजिक सञ्जालले उनीप्रति नैतिक प्रश्न उठ्न सक्ने भए पनि उनको नियुक्ति गैरसंवैधानिक भने देखिँदैन। संविधानमा प्रदेश प्रमुख राष्ट्रपतिले नियुक्ति गर्ने व्यवस्था छ। जो सम्बन्धित प्रदेशका लागि नेपाल सरकारको प्रतिनिधिको रुपमा रहनेछन्। राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुनेछ। यस दृष्टिबाट हेर्दा, प्रदेश २ का प्रमुख तिलक परियारलाई हटाएर अहिराजलाई नियुक्ति गर्नु स्वभाविक देखिन्छ। फेरि विगतमा पनि यस्तो भइसकेको छ।

२०७४ सालमा सम्पन्न निर्वाचनपछि सोही वर्ष माघमा तत्कालीन सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा नियुक्ति गरिएका सातै प्रदेशका प्रमुखहरुलाई २०७६ कात्तिकमा पदमुक्त गरिएको थियो। र, नयाँ प्रदेश प्रमुखहरु नियुक्ति गरिएको थियो। सोही अनुसार नियुक्त भएका थिए, प्रदेश २ का प्रमुख तिलक परियार। संवैधानिक दृष्टिले त्यतिबेलाको परिवर्तन जति स्वभाविक थियो, अहिलेको परिवर्तन पनि उति नै स्वभाविक हो।

तर, विशेष समयमा चालिएका कदमको विशेष अर्थ हुने गर्छ। अहिराजको नियुक्तिलाई पनि सोही अनुसार बुझ्नु मनासिब हुन्छ। 

घोषणापत्र जारीपछि नागरिक उद्घोष- टुँडिखेलबाट जंगी अड्डा पन्छिनुपर्छ, नपन्छिए लखेटिने छ

किशोर दहाल

शुक्रबार, फागुन ७, २०७७, २२:२४

काठमाडौं- १०४ वर्षे राणा शासनको अन्त्य गर्दै २००७ साल फागुन ७ गते टुँडिखेलबाट प्रजातन्त्रको घोषणा गरिएको थियो। नागरिक मुक्तिको प्रतीक बनेको त्यही टुँडिखेल अहिले भने सेनाको कब्जामा छ। टुँडिखेल नागरिकको हो र अब नागरिककै स्वामित्वमा आउनुपर्छ, टुँडिखेल अब बन्दुकको मौजा हुनुहुँदैन, शासकीय कर्मकाण्डको किल्ला हुनुहुँदैन, टुँडिखेल अब मुक्त हुनुपर्छ भन्ने सन्देश सहित शुक्रबार ‘टुँडिखेल मार्च’को आयोजना गरियो।

रत्नपार्कको शंखधर पार्कबाट सुरु मार्च टुँडिखेल परिसरकै महांकाल मन्दिरमा रोकिएको थियो। मार्चमा सहभागीहरुले केपी ओलीविरुद्ध चर्का नारा लगाएका थिए। साथसाथै, टुँडिखेल जनताको भएकाले त्यसलाई खालि गर्न आह्वान गरेका थिए। मार्चमा सहभागीहरुले ‘टुँडिखेल हाम्रो हो’, ‘टुँडिखेल जनताको हो’, ‘टुँडिखेल खालि गर’, ‘टुँडिखेल जनतालाई फिर्ता गर’ जस्ता नारा लगाएका थिए।

गत माघ २० गते शोभा भगवतीमा भएको कार्यक्रममा पत्रकार तथा बृहत नागरिक आन्दोलनका एक जना अगुवा नारायण वाग्लेले फागुन ७ गते टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने बताएका थिए। तर, शुक्रबारको जुलुस भने टुँडिखेलभित्र भने छिरेन। बरु, टुँडिखेल परिसरमै रहेको महांकाल मन्दिरमा सभामा परिणत भयो। त्यहाँ मुख्य दुई सन्दर्भ विशेष चर्चायोग्य रहे। पहिलो, नागरिक घोषणापत्र सार्वजनिक। दोस्रो, टुँडिखेलमा नागरिक दाबी।

उपलब्धि गुमिरहने नियति

किशोर दहाल

शुक्रबार, फागुन ७, २०७७, १८:३१

काठमाडौं- ‘यो हाम्रो आन्तरिक आशा छ कि यो नयाँ व्यवस्थामा सरकार र दुनियाँले मिलीजुली नेपालको उन्नति र समृद्धिको निमित्त प्रयत्न गर्नेछन्। परमेश्वरले हामीलाई र हाम्रा अधिकारी वर्गलाई हाम्रा प्रजाको हितको निमित्त उपरोक्त हाम्रा इच्छाहरू पालन गर्ने शक्ति दिऊन्।‘

२००७ साल फागुन ७ गते राजा त्रिभुवनद्वारा जारी शाही घोषणाको एक अंश हो, यो। त्यही घोषणामा ‘वैधानिक सभाले तर्जुमा गरेको गणतन्त्रात्मक विधानको अनुसार’ हुने पनि उल्लेख थियो। अर्थात् शाही घोषणामा प्रजातान्त्रिक युगको सानो झल्को प्रस्तुत थियो। जसमार्फत १०४ वर्षे राणा शासनको विधिवत् अन्त्य भयो।

त्यतिबेलाको सन्दर्भमा हेर्दा सात सालको उपलब्धि युगान्तकारी परिघटना रहेको बताउँछन् राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेल। ‘लामो जहानियाँ राणा शासनको अन्त्य र प्रजातन्त्रको प्राप्ती मात्रै थिएन। जनताले नै संविधानसभा बनाएर त्यसैमार्फत संविधान बनाउने भन्ने जस्तो उपलब्धि समकालीन विश्वका कुनै मुलुकमा कुनै राजनीतिक संघर्षले ल्याएको थियो जस्तो लाग्दैन,' उनी भन्छन्।

तर सात सालपछिका वर्षहरू शाही घोषणा अनुसार अघि बढ्न सकेनन्। बरु प्राप्त उपलब्धिहरूप्रति राजाको बक्रदृष्टि बढ्दै गयो। परिणामतः संविधानसभाको निर्वाचन भएन। बरु, ८ वर्ष संक्रमणकालमा बिते। र दर्जन सरकार फेरिए।

अनेक माथापच्चीपछि बल्ल २०१५ सालमा संसद्को लागि निर्वाचन भयो। १०९ मध्ये ७४ सिट जित्दै नेपाली कांग्रेस ठूलो दल बन्यो। र, २०१६ जेठमा बिपी कोइराला नेतृत्वमा पहिलो निर्वाचित सरकार बन्यो।

२५ वर्ष पहिले उठेको त्यो युद्ध

किशोर दहाल

शनिबार, फागुन १, २०७७, २०:०६

आजभन्दा ठिक २५ वर्ष पहिले देश कसैले कल्पना नगरेको उथलपुथलमा प्रवेश गरेको थियो। तत्कालीन नेकपा माओवादीले ‘बन्दुकबाट राज्यसत्ता कब्जा’को लक्ष्यसहित सशस्त्र युद्ध सुरु गरेको समय थियो त्यो। संविधान र व्यवस्थाविरुद्ध बन्दुक उठाएर माओवादीले सुरु गरेको युद्धले देशलाई पूरै एक दशक हिंसा–प्रतिहिंसाको चंगुलमा पार्‍यो। एक दशक पार गरेपछि सम्झौतामै टुंगियो, युद्ध। माओवादीले घोषणा गरेजस्तो ‘बन्दुकबाट राज्यसत्ता’ आएन। सँगै ऊ शान्तिपूर्ण राजनीतिमा आएको पराजय व्यहोरेर पनि होइन। त्यसबेलाका संसदवादी दल र माओवादी दुवैको नेतृत्वको सुझबुझ र समझदारीले युद्धको अवतरण सम्भव तुल्याएको थियो भलै त्यसमा अन्तर्राष्ट्रिय शक्तिहरुको समेत महत्त्वपूर्ण भूमिका किन नहोस्।

दश वर्ष लामो युद्धले के दियो? आज पनि समाजमा यो प्रश्नको हिसाबकिताब खोजिन्छ। तर, राजनीतिक मुद्दाको उठानसहित सुरु भएको माओवादी युद्धले राजनीतिक रुपमा कैयौं महत्त्वपूर्ण परिवर्तनलाई टेको दिएपनि जनजीविकाका सवाल सम्बोधन गर्न सकेन। यो आजको यथार्थ हो। यसमा दोष माओवादीको मात्र हो या राज्य सञ्चालन गर्ने सिंगो राजनीतिक प्रवृत्तिको भन्नेबारे बहस जारी नै छ।

के हो 'ओलीतन्त्र'को पछिल्लो प्रयोग?

किशोर दहाल

शुक्रबार, माघ ३०, २०७७, २०:०३

काठमाडौं- माघ २७ गते आयोजित नियमित पत्रकार सम्मेलनमा सरकारकार प्रवक्ता पार्वत गुरुङले सरकारले सामाजिक सञ्जाल सञ्चालनसम्बन्धी निर्देशिका ल्याउन लागेको जानकारी दिए। उनले निर्देशिका ल्याउनुपर्ने मुख्य तीन कारण प्रस्तुत गरे। पहिलो, सामाजिक सञ्जालमा अभिव्यक्त हुने धारणाहरू छाडा हुने गरेको र त्यसको केन्द्रमा राष्ट्रपति संस्था लगायत छन्। दोस्रो, त्यहाँ व्यक्त धारणामार्फत् लोकतान्त्रिक शासन पद्धतिमाथि प्रहार गर्ने, हिंसा फैलाउने र मुलुकलाई मुडभेडतर्फ धकेल्ने प्रयास भएको छ। तेस्रो, दर्ता बिनै फेसबुक, युट्युब, अनलाइन जस्ता माध्यम सञ्चालन भएको छ।

सामाजिक सञ्जालमार्फत अपराध नहुने होइनन्। र त्यसका कानुनी उपचारको बाटो नभएको पनि होइन। समाजलाई अहित हुने, हिंसा फैलिने, अराजकता फैलिने जस्ता अभिव्यक्तिलाई नियमन गर्न पर्याप्त कानुन भएको सरोकारवालाहरू बताउँछन्। बरु सामाजिक सञ्जालबाट अपराध हुने बित्तिकै फरक ढंगले बुझ्न जरुरी नभएको उनीहरूको भनाइ पाइन्छ।

अहिले राष्ट्रपति मात्रै होइन, जो कसैलाई गाली बेइज्जती गर्‍यो भने उपचारको बाटो रहेको बताउँछन्, विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की। 'अहिले कानुनै नभएको अवस्था होइन। भएकै कानुन प्रयोग गर्दा भइहाल्छ,' उनले भने।

प्रवक्ता गुरुङले अघि सारेका कारण विवादित सूचना प्रविधि विधेयकको मूल मर्ममा आधारित छन्। सामाजिक सञ्जालबाट हुने आफ्नो आलोचनालाई रोक्ने अभिष्टसहित सरकार अघि बढेको आरोप लागेपछि सो विधेयक संसदीय समितिबाट पारित भएर पनि अघि बढ्न सकेको थिएन। त्यही विधेयक अघि बढाउन नसकेको हुनाले त्यसमा राखिएको नियतलाई पूरा गर्न अहिले निर्देशिका जारी गर्न खोजिएको हुनसक्ने फ्रिडम फोरमका अध्यक्ष तारानाथ दाहाल बताउँछन्।

न्यायका लागि कविता : शासकप्रति आक्रोश

किशोर दहाल

मंगलबार, माघ २७, २०७७, २२:१०

म ब्युँझन्छ, उठ्छु, जुट्छु

उसैगरी मुठी कस्छु

र प्रहार गर्छु, तिम्रो निरंकुश सत्तालाई

मंगलबार काठमाडौंको बसन्तपुरमा कवि पवन ढुंगानाले वाचन गरेको कविताको अंश हो, यो। ‘बृहत् नागरिक आयोजन’द्वारा आयोजित ‘न्यायका लागि कविता’ कार्यक्रम अन्तर्गत झन्डै उनीजस्तै दुई दर्जन कविहरुले सत्ता र शासकप्रति आक्रोश व्यक्त गरे।

कवितामा अधिकांश कविहरुले तानाशाही र निरंकुश शासकको चरित्र चित्रण गरे। साथै, त्यसका निम्ति संघर्षको आह्वान गरे। त्यस्तो शासनको अन्त्य सुनिश्चितता पनि गरे। बच्चु हिमांशुको कविताको अंश थियो-

अब म उठाउँछु चेतनाको कलम

त्यसको निबले घोच्छु म शासकको मुटुमा

निकालेर रगत तानाशाहको

कोर्छु भूइँमान्छेले गाउने गीतको धुन

यसपटक मेरो हात लरबराउने छैन

संसदीय सुनुवाइमा प्रधानन्यायाधीश राणालाई पार्वत गुरुङले स्मरण गराएका थिए- तलदेखि माथिसम्मको ‘सेटिङ’

किशोर दहाल

मंगलबार, माघ २७, २०७७, १०:४३

काठमाडौं- पुस ५ मा प्रतिनिधि सभा विघटन गरिएपछि चल्तीको शब्द बनेको छ- ‘सेटिङ’। ‘सेटिङ’ अर्थात् प्रक्रियाअघि नै परिणामको छिनोफानो।

संविधानले आफूलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नदिए पनि सोही कदम चालेको हुनाले प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बन्धित निकाय र अंगहरुमा ‘सेटिङ’ मिलाइसकेको चर्चा जताततै छ। उनले आफूले हार्ने खेल नखेल्ने भएकाले जित्ने सुनिश्चितका साथ प्रतिनिधि सभा विघटनको निर्णय लिएको ‘सेटिङ’को आशंका गर्नेहरुको भनाइ पाइन्छ।

प्रतिनिधि सभा विघटन भएसँगै नेकपाका पुष्पकमल दाहाल (प्रचण्ड) र माधवकुमार नेपाल पक्षका नेताहरुले पनि यो विषयलाई बारम्बार चर्चा गर्ने गरेका छन्। प्रचण्ड स्वयंले पटकपटक सेटिङको चर्चा गर्दै जनताले त्यसलाई परास्त गर्ने बताउने गरेका छन्।

‘एउटा शब्द खुब सुनिन्छ आजभोलि- सेटिङ। यो डरलाग्दो शब्द छ अहिले। केपीका मान्छेले भन्दै हिँडेका छन्’, गत माघ ४ गते प्रचण्डले आफू निकट विद्यार्थी संगठनको उपत्यकास्तरीय भेलामा सम्बोधन गर्दै भनेका थिए, ‘म अदालतमाथि शंका गर्न चाहन्नँ तर ओलीको सेटिङलाई शंका गर्न पाइयो नि! हामी निर्वाचन आयोगलाई शंका गर्न चाहँदैनौं। तर ओली र ओलीको निकटका मान्छेले सेटिङ भइसक्यो भन्दै हिँडेकोलाई त शंका गर्न पाइयो नि!’

गत माघ ९ गते आयोजित आमसभामा सोही पक्षका नेता घनश्याम भुसालले ओलीसँग अब दुई मात्र शक्ति ‘साइबर स्याल’ र ‘सेटिङ’ रहेको बताएका थिए। ‘तपाईंसँग सेटिङवाला मामला, सेटिङवाला प्रपञ्च बाँकी छ’, उनले भने, ‘यदि सेटिङले काम गर्छ भने जासुसी उपन्यासहरुमा काम गर्छ। वास्तविक दुनियाँमा अब सेटिङले काम गर्दैन।’

'सेटिङ'ले काम नगर्ने वा जनताबाट परास्त हुन्छ भन्नेहरुले त्यसको चर्चा भने गर्न छाडेका छैनन्। जसले गर्दा 'सेटिङ' सफल होला भनेर उनीहरुमा पनि भय देखिन्छ।

अदालतलाई जोडेर गरिने ‘सेटिङ’को चर्चा र आशंका नयाँ होइन। यसलाई अदालती प्रक्रियामा जोडिएका व्यक्तिहरुले नै बेलाबखत अनौपचारिक सन्दर्भहरुमा ल्याउने गर्छन्। कतिपय महत्त्वपूर्ण फैसलामा आम मानिसको अपेक्षा एकातिर तर अदातलको फैसला अर्कोतिर हुने कारणले पनि मानिसमा यस्तो धारणा बलियो बन्ने गर्छ।

शीतल निवासको छेउबाट प्रतिगमनलाई नागरिक चेतावनी

किशोर दहाल

शुक्रबार, माघ २३, २०७७, २१:३२

तिम्रो पैतालाको जुत्तादेखि शिरको टोपीसम्म

तिम्रो दृष्टिको दूर क्षितिजदेखि मुटुको स्पन्दनसम्म

म कहाँ छैन ? म सर्वत्र छु ।

मलाई तिमी कसरी अछूत बनाउन सक्छौ ‘छूत’ मान्छे ?

कि इतिहासको कठघरामा उभिने आँट गर

कि आफूलाई बदल्ने साहस गर

आँखा जुधाउने आँट गर पुजारी !

म बीसौं शताब्दीको ‘अछूत’ हुँ !

यो गोल भूगोलको एउटा गहुँगोरो अफ्रिका हुँ !

म अपमानित इतिहासको हिसाब चाहन्छु

म कुनै पनि मूल्यमा मुक्ति चाहन्छु !

(आहुति/ गहुँगोरो अफ्रिका)

000

बृहत् नागरिक आन्दोलनको शुक्रबारको प्रदर्शनको सुरुवात गर्दै अभियन्ता प्रणिका कोयूले आहुतिको कविता ‘गहुँगोरो अफ्रिका’लाई अंशअंशमा वाचन गरिन्। उपस्थित अन्यले सपथ शैलीमा दोहोर्‍याए।

विभिन्न संवैधानिक निकायमा नियुक्त भएकाहरूले गत बुधबार सखारै राष्ट्रपति कार्यालय शीलत निवासमा सपथ खाएका थिए। विवादास्पद अध्यादेशका आधारमा विवादास्पद सिफारिस भएको भन्दै विरोध भइरहेको भएपनि सरकार एकपक्षीय ढंगले अघि बढेको थियो। ‘संवैधानिक अंगहरूमा असंवैधानिक नियुक्तिको प्रतिरोधमा’ बृहत् नागरिक आन्दोलने शुक्रबार ‘शीतल निवास मार्च’को आयोजना गरेको हो।

मानव अधिकारवादी नेता पद्मरत्न तुलाधरको निवास परिसर लैनचौरबाट सुरु भएको सो मार्चमा सहभागीहरूले आहुतिको त्यही कविता वाचन गर्दै हिँडेका थिए। साथमा ‘असंवैधानिक नियुक्ति मान्दैनौं’, ‘राष्ट्रपतिज्यू, संविधान कहाँ छ?’, ‘सत्ता कब्जा मुर्दावाद’, ‘संवैधानिक पदाधिकारीहरूको नियुक्ति हैन राज्यसत्ता कब्जा हो’लगायतका नारा लेखिएको 'प्ले-कार्ड' पनि प्रदर्शन गरेका थिए।

प्रधानमन्त्रीको एकतर्फी आरोपबारे सभामुखको प्रतिक्रिया- म जुहारी खेल्न चाहन्नँ

किशोर दहाल

शुक्रबार, माघ २३, २०७७, १७:३०

काठमाडौं- ‘सभामुख भनेको एउटा स्वच्छ मान्छे हुनुपर्छ। हामीले एउटा किर्ते मान्छेलाई सभामुख मान्नुपर्ने। मानेर आइयो। कत्रो बिडम्बना। यस्ता किर्तेहरुको हातमा जब नेतृत्व हुन्छ। अनि प्रणाली अप्ठ्यारोमा पर्छ’, गत पुस ९ गते बालुवाटारमा आयोजित आफू पक्षीय केन्द्रीय कमिटीको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोश व्यक्त गरे।

संसद् सचिवालयमा प्रधानमन्त्री ओलीमाथि पुस ५ गते अविश्वास प्रस्ताव दर्ता गरिएको थियो। त्यसदिन दर्ता समयका बारेमा फरक-फरक सूचना सार्वजनिक भए पनि संसद् सचिवालयले आधिकारिक धारणा सार्वजनिक गरेपछि भने एकरुपता भएको छ। तर, ओलीले सभामुखको भूमिकालाई लिएर निरन्तर प्रहार गर्न छाडेनन्।

सोही सम्बोधनमा प्रधानमन्त्री ओलीले सभामुखलाई कानूनको किञ्चित ज्ञान नभएको र कानूनी संघर्षको अत्तोपत्तो नभएको बताए। सभामुखलाई दर्ता गर्ने प्रक्रियाको बारेमा थाहा नभएको उनले आरोप लगाए। ‘सभामुखकोमा दर्ता गरिँदैन। महासचिवकोमा दर्ता गरिन्छ। महासचिव नभएमा सचिवकोमा दर्ता गरिन्छ। सचिवले अबिलम्ब सभामुखलाई जानकारी गराउँछन् र सभामुखले त्यसपछि १५ दिनभित्र कारबाही अघि बढाउँछ’, उनले भने।

त्यसपछिका केही सम्बोधनमा उनले सभामुखलाई ‘किर्ते सभामुख’ भन्न छाडेनन्। सभामुखमा झुट बोल्ने बानी रहेको भनेर दोहोर्‍याइरहे। ‘सभामुखजस्तो मान्छे, किर्ते कामको साक्षी बन्नु कहाँसम्मको लज्जा हो? कहाँसम्म संसदीय प्रणालीको तमासा? कहाँसम्म देशको हुर्मत लिने काम? तपाईंहरु बुझ्न सक्नुहुन्छ। उहाँहरुको झुट बोल्ने बानी’, पुस १९ गते ओली पक्षका अनेरास्ववियूद्वारा कार्की ब्यांक्वेटमा आयोजित भेलामा ओलीले भने।

सडकबाट मात्रै होइन, ओलीले सदनबाट पनि आरोप लगाउन छाडेनन्। पुस २६ गते राष्ट्रिय सभाको बैठकमा सम्बोधन गर्दै उनले भने- ‘संसद विघटन भइसकेपछि साढे ३ बजे अविश्वासको प्रस्ताव दर्ता गर्न रन्थनिएका केही मान्छेहरू आइपुग्छन्। संसद विघटन भइसक्यो, कहाँको अविश्वास प्रस्ताव ल्याएको भनेर सचिवालयले भन्यो। भन्न पनि लाजमर्दो। हाम्रो सभामुखले घुँडामा राखेर १०:४० मै मकहाँ ल्याएका थिए यो निवेदन भनेर प्रमाणीकरण गरिदिनु भएछ। संसदीय प्रणालीकै हुर्मत लिने खालको यो लज्जाबोध हुने कुरा हो। एउटा स्पिकरले, दुःखका साथ भन्नुपर्छ यस्तो झुठो प्रमाणीकरण गर्नुहुन्छ। उहाँले आइन्दा यस्ता गल्तीहरुबाट जोगिनुपर्छ। यस्ता गल्ती सच्याउनुपर्छ। सचिवालयले यस कुरालाई स्पष्ट पार्नका लागि सचिवालयमा ३:३० बजेमात्रै यो प्रस्ताव ल्याइएको हो भनेर वक्तव्य जारी गर्नुभयो। लज्जाको कुरा हैन?’

सत्तादेखि सडकसम्म : ज्ञानेन्द्रको झल्को दिने ओली अग्रसरता

किशोर दहाल

शुक्रबार, माघ २३, २०७७, ००:१६

२०६१ मा राजा ज्ञानेन्द्र शाहले 'कू' गरेपछि समर्थकले निकालेको जुलुस। तस्बिर: कशिशदास श्रेष्ठ (बायाँ) र २०७७ माघ २१ मा प्रधानमन्त्री ओली पक्ष‍को जुलुस। तस्बिर: रोजन श्रेष्ठ/पहिलोपोस्ट (दायाँ)

काठमाडौं- तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ माघ १९ मा ‘कू’ गरेपछि सत्तामा पनि उनी नै, सडकमा पनि उनी नै देखिन थाले। उनी उपस्थित हुने कार्यक्रममा सत्ताका आसेपासेहरूले शाहको जयजयकार र चाकडीका लागि भद्दा शैली अपनाउँथे। सडक किनारामा ज्ञानेन्द्रका तस्बिर भएको पोस्टर टाँसिन्थे र भित्तामा नारा लेखिन्थे। छातीमा, गाडीमा, कार्यक्रम स्थल वरिपरि ज्ञानेन्द्रका तस्बिरको व्यापक प्रयोग हुन्थे।

अहिले उस्तै प्रवृत्ति देखिन थालेको छ। माघ २३ गते घोषित केपी शर्मा ओली पक्षीय नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आमसभा अघि त्यसको तयारी स्वरुप बुधबार बृहत् मोटरसाइकल र्‍यालीको आयोजना गरियो। र्‍यालीमा सहभागीहरूले ओलीको पक्षमा नारा लगाउनु त स्वाभाविक भइहाल्यो। ओलीका थरीथरीका तस्बिर समेत उनीहरूले प्रदर्शन गरेका थिए। बिहीबार पनि ओली निकटका युवाहरूले ‘मार्च पास’ गरेका थिए। ओली पक्षका नेता महेश बस्नेतको नेतृत्वमा गरिएको मार्चपासमा ओलीको पक्षमा विभिन्न नारा लगाइएको थियो। ‘अघि बढ केपी बा, साथ दिन तयार छौं’, ‘केपी ओली आई लभ यू’ जस्ता नारा उनीहरूले लगाएका थिए।

यसरी पुस ५ यता देशमा ज्ञानेन्द्र शैलीको झल्को दिने भद्दा नक्कल हुन थालेको छ। जसरी त्यतिबेला ज्ञानेन्द्रले कसैप्रति जवाफदेही हुनु नपर्ने शासनको अभ्यास गरेका थिए, अहिले ओली त्यही गरिरहेका छन्। जसरी ज्ञानेन्द्र सडकमा उत्रिएर ‘मैले बुझें’ भन्थे, ओली ‘मैले मात्रै बुझेको छु’ भनिरहेका छन्। अर्कोतिर, आसेपासेले उनीहरू दुवैका विषयमा गर्ने प्रचार उस्तै छ। आम जनतामाझ उनीहरूको छवि स्थापित गराउने शैली पनि उस्तै छ। 

बृहत नागरिक आन्दोलनमा ऐतिहासिक उत्पीडनमाथि आक्रोश

किशोर दहाल

मंगलबार, माघ २०, २०७७, २३:१८

काठमाडौं- गंगालाल श्रेष्ठ र दशरथ चन्दको शालिक छेउबाट बृहत नागरिक आन्दोलनले ऐतिहासिक उत्पीडनप्रति आक्रोश व्यक्त गरेको छ। मंगलबार श्रेष्ठ र चन्दलाई गोली हानिएको स्थान शोभाभगवतीमा आयोजित विरोध कार्यक्रममा कविता, गीत र सम्बोधन मार्फत भाषा, लिंग, क्षेत्र लगायतप्रति राज्यले इतिहासदेखि गरेको उत्पीडन र शोषणको सम्झना गरिएको हो।

पत्रकार तथा बृहत नागरिक आन्दोलनका एकजना अगुवा नारायण वाग्लेले सिंहदरबार बनाउँदा तत्कालीन शासकले गरेको शोषणको चर्चा गरे। ‘हिजो सिंहदरबार कसले बनायो, त्यो माटो केले बनेको थियो? नेपाली जनताको चामल र मास घरघरबाट खोसेर ल्याएर बनाइएको थियो। र, ६ महिनासम्म पहाडमा अनिकाल पर्‍यो। भक्तपुर र काठमाडौंमा पनि अनिकाल पर्‍यो। हाम्रा बालबच्चाहरु कुपोषणका शिकार भए’, उनले भने।

उनले शासकहरुले कुन गलत रवैयाहरु लिए, कुन गलत काम गरे, कुन गतल नीति लिए भनेर एकएक हिसाब माग्नको लागि अब आफूहरुले फागुन ७ गते टुँडिखेलामा भेला हुनुपरेको र ७० वर्ष देखिको एकएक हिसाब माग्नुपर्ने अवस्था आएको बताए। उनले टुँडिखेलको काँडेतार हटाएर सभा गर्ने, नागरिक आन्दोलनको घोषणापत्र सार्वजनिक गर्ने र नयाँ आन्दोलनको उभार निम्त्याउने बताए।

कार्यक्रममा सुजन आङ्दम्बे, अरुणदेव जोशी, उर्मिला गम्बा थारु, दुर्गालाल श्रेष्ठले क्रमशः याक्थुङ (लिम्बू), डोटेली, थारु र नेपाल भाषामा आफ्नो गीत कविता प्रस्तुत गरेका थिए। त्यसक्रममा उनीहरुले आफ्नो भाषा, भूगोल, संस्कृतिमाथि भएको विभेदको पनि स्मरण गरेका थिए।

धर्मभक्तको सालिकअघि उभिएका केदारभक्तको इच्छा- नेताहरूलाई 'म्याग्नाकार्टा'मा हस्ताक्षर गराउनुपर्छ

किशोर दहाल

आइतबार, माघ १८, २०७७, १९:३५

काठमाडौं- 'मेरो इच्छा छ, यो बृहत नागरिक आन्दोलन यति भव्य रुपले अघि जाओस् कि म्याग्नाकार्टा जस्तो हरेक नेतालाई बोलाएर छाप लगाएर 'ल अब छाडिदिऔं, यिनीहरुले माने' भन्नुपर्छ', आइतबार सिफल चौरमा आयोजित 'बृहत नागरिक आन्दोलन' को विरोध सभामा त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले आफ्नो सम्बोधनको क्रममा इच्छा व्यक्त गरे।

केदारभक्त माथेमा १९९७ सालका चारमध्ये एक सहिद धर्मभक्त माथेमाका भतिज हुन्। उनै धर्मभक्तको सालिक अघि उभिएर उनले आक्रोशित हुँदै नेताहरुको आलोचनाले मात्रै नपुग्ने बरु 'म्याग्नाकार्टा'मा हस्ताक्षर गराउनुपर्ने दोहोर्‍याए।

नेताहरुप्रति मात्रै होइन, गलत कदमको विरोधमा नउत्रिनेप्रति पनि उनको आक्रोश छ। बिम्ब प्रयोग गर्दै उनले भने, 'कसैले तपाईंको औंलामा टेक्यो भने कमसेकम ऐया त भन्नुपर्‍यो। जानीजानी हो भने त्यो मानिसलाई माफी मगाउनुपर्ने होला। तर अहिले त ऐया पनि नभनी बस्ने मानिसहरु पनि छन्।'

विरोध प्रदर्शनमा प्राध्यापकहरु नदेख्दा आफूलाई दुःख लागेको उनको भनाइ छ। प्राध्यापकहरु भित्रै बलेपछि उनीहरुले आफ्ना छात्राछात्राहरुलाई बाल्न सक्ने उनले बताए। प्रजातान्त्रिक मूल्य र मान्यता कुल्चिइएपछि नागरिक समाज उठ्नैपर्छ उनको आह्वान छ। अमेरिकाका तेस्रो राष्ट्रपति थोमस जेफर्सनको भनाइलाई सन्दर्भ बनाउँदै उनले प्रजातन्त्र चाहिन्छ भने त्यसको मूल्य तिर्नुपर्ने बताए। 'त्यो मूल्य भनेको सधैं सचेत हुनु हो', उनले भने, 'उठिहाल्नुपर्‍यो।'

संसद् पुनःस्थापना हुँदैमा सबै कुरा मिलिहाल्ला भन्ने आफूलाई नलागेको उनले बताए। देशमा अन्य धेरै भयानक विकृति रहेको भन्दै केहीलाई सिलसिलेवार ढंगले व्याख्या गरे। मुख्यगरी चुनावी प्रक्रिया, हरेक क्षेत्रमा बढेको राजनीतिक हस्तक्षेप, संघीयता र समाजवादप्रतिको प्रतिबद्धताको विषयमा चर्चा गरे।

चुनावी प्रक्रिया महंगो भएको र त्यसले भ्रष्टाचार र गडबडी बढाएको उनको चिन्ता छ। हरेकजसो संस्थामा बढेको राजनीतिकरणको चर्चा गर्दा उनले दिक्दारी व्यक्त गर्दै भने- 'हरे शिव! कोही कोही बेला त के गरौं, के गरौं हुन्छ।'

मंसिर ४ को निर्णयप्रति वामदेवको पछुतो

किशोर दहाल

बुधबार, माघ १४, २०७७, १८:३५

काठमाडौं- नेकपा सचिवालयका केही महत्त्वपूर्ण बैठकहरुमा पर्छ- २०७६ मंसिर ४ को सचिवालय बैठक। बैठकले मुख्यतः पुष्पकमल दाहाल 'प्रचण्ड'लाई कार्यकारी अधिकार प्रदान गर्ने र केपी शर्मा ओली पाँच वर्ष नै प्रधानमन्त्री बन्ने निर्णय गरेको थियो।

सो निर्णयसँगै पार्टी एकताअघि ओली र प्रचण्डबीच भएको गोप्य सहमति निष्क्रिय भयो। जहाँ, उनीहरु दुईबीच सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको थियो।

केही समयदेखि पार्टीभित्र बढ्दै गएको असन्तुष्टि र विग्रहलाई स्थगित गर्न सो निर्णय प्रभावकारी हुने अपेक्षा गरिएको थियो। आलोपालोको सहमति छाड्दा प्रधानमन्त्री बन्ने अवसर गुमाएका प्रचण्डले नै कार्यकारी अधिकार पाएरै सन्तुष्टि व्यक्त गरेपछि नेकपा एकताको नयाँ आधार तयार भएको ठानियो। तर, केही हप्तामै ओलीले आफू नै एक नम्बर अध्यक्ष भएको भन्दै प्रचण्डको 'तेजोबध' गरिदिए।

नेकपाभित्रको विवाद त्यसपछि थप तीव्र हुँदै थियो। २०७७ पुसपछि भने अनौपचारिक विभाजन भइसकेको छ। फरक पार्टीको अभ्यास पनि सुरु भइसकेको छ। तर, अझै पनि एकता कायम राख्न सकिन्छ भन्ने विश्वासका साथ वामदेव गौतम भने प्रयास गरिरहेका छन्। बुधबार उनले आफ्नो अभियान नै घोषणा गरेका छन्। उनले मंसिर ४ गतेको सोही निर्णयबाट नै नेकपा विभाजनको बिउ रोपिएको बताएका छन्।

सदन मासेर सडकमा 'शक्ति देखाउँदै' सरकार

किशोर दहाल

मंगलबार, माघ १३, २०७७, १८:०२

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल 'प्रचण्ड' र माधवकुमार नेपाल पक्षले माघ ९ गते दिउँसो काठमाडौंमा शक्ति प्रदर्शन गर्‍यो। ठूलो आकारको जनप्रदर्शनबाट उत्साहित सो पक्षका अध्यक्षद्वय प्रचण्ड-माधवले दोस्रो जनआन्दोलनको झझल्को आएको मात्रै बताएनन्, जनताको शक्तिको पनि चर्चा गरे।

रत्नपार्कमा प्रचण्ड-माधव पक्षको सभा सकिएको केही बेरमै प्रधानमन्त्री केपी शर्मा ओलीले कार्की ब्यांक्वेटमा पेशागत विशेष जिल्ला कमिटीद्वारा आयोजित कार्यकर्ता भेलामा सम्बोधन गरे। रत्नपार्कको सभामा उपस्थित मानिसलाई ८/१० हजारको आँकडा प्रस्तुत गर्दै उनले त्यो देखेर प्रचण्ड-माधवको भुइँमा खुट्टा नभएको भन्दै व्यंग्य गरे।

‘आमसभा कस्तो हुन्छ भन्ने कुरा, २३ गते हेर्नुहोला काठमाडौंमा, म उहाँहरुलाई भनिदिन चाहन्छु। आमसभा कस्तो हुन्छ, आमसभा केलाई भनिन्छ, जनपरिचालन केलाई भनिन्छ भन्ने कुरा २३ गते हेर्नुहोला काठमाडौंमा। हामी २३ गते अलिकति झलक दिन्छौं, जनपरिचालनको, कास्टिङ गर्छौं, हामी। साँच्चैको जनसभा त्यसपछि आउँछ। जनप्रदर्शन त्यसपछि आउँछ। यसबीचमा हामी अलि व्यस्त भयौं, नत्र हामी उहाँहरुलाई आजको भोलि नै देखाइदिन्थ्यौं, जनसभा कस्तो हुन्छ, जनपरिचालन कस्तो हुन्छ,' ओलीले आफ्नो सम्बोधनमा भने।

२३ गतेको आमसभामा लाखौं जनता उपस्थित गराउने लक्ष्य रहेको ओली समूहका बागमती प्रदेश कमिटीका अध्यक्ष आनन्दप्रसाद पोखरेलले बताए। पोखरेल नेतृत्वको सोही कमिटीले सभाको आयोजना गरेको हो।

सडकमै सभा गरेर अरुलाई देखाइदिने ओलीको शैली 'पञ्चर्‍यालीको दृष्टिकोण' भएको राजनीतिशास्त्री, प्राध्यापक कृष्ण पोखरेलको विश्लेषण छ। उनी ओलीलाई सडकमा मान्छे उतार्न गाह्रो नभएको बताउँछन्। ‘प्रदर्शनमा मान्छे आउँदैनन् भन्ने होइन। सरकार छ, साधन स्रोत छ, प्रदेश सरकारहरु छन्। त्यसैले बसका बस, ट्रकका ट्रक मान्छे काठमाडौं उतारेर ठूलो र्‍याली गर्न सक्ने क्षमता सरकारसँग छ। तर त्यसले सरकारलाई कहीँ पुर्‍याउँदैन। त्यो ‘देखाइदिन्छु’ भन्ने कुरा मात्रै हो’, उनले भने।

पुष्पकमलमा फेरि देखिएको 'प्रचण्ड' मोह

किशोर दहाल

मंगलबार, माघ ६, २०७७, १६:२४

‘(अदालत र निर्वाचन आयोगमा) सेटिङ भइसकेको छ भन्ने केपी र केपी गुटका मान्छेलाई तपाईं हामी क्रान्तिकारीहरू, कम्युनिस्टहरू, वामपन्थीहरू, प्रगतिशीलहरू, परिवर्तनका वाहकहरू गर्जिनुपर्ने बेला आयो। यो सामान्य औपचारिकताको कुरा होइन। शाकाहारी आन्दोलनले पुग्ने देखिँदैन। त्यसले पुग्दैन। त्यसलाई त उनले गन्नेवालै छैनन्।'

आइतबार आफू निकट विद्यार्थी संगठनको उपत्यका स्तरीय भेलामा सम्बोधन गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गरेको आह्वान हो, यो। शाब्दिक रुपमा उनले ‘मांसाहारी’ आन्दोलनका लागि उत्प्रेरित गरेको देखिन्छ। यद्यपि, त्यसको स्वरुप भने स्पष्ट पारेका छैनन्। अबको आन्दोलन यसअघि जस्तो शान्तिपूर्ण र सांकेतिक मात्रै नहुने भने उनको भनाईबाट स्पष्ट भएको छ।

नेकपाको प्रचण्ड-माधव पक्षले माघ ९ गतेका लागि काठमाडौंमा जनप्रदर्शनको आयोजना गरेका छन्। शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको केन्द्रीय संघर्ष समिति बैठकले प्रदर्शनको खाका तय गरेको हो। आन्दोलनको कार्यक्रम सार्वजनिक भएसँगै पार्टीका शीर्ष नेताहरूले त्यस दिन काठमाडौं उपत्यकालाई अस्तव्यस्त बनाउने सार्वजनिक रुपमै बताइरहेका थिए। प्रचण्डले भने एक कदम अघि बढेर 'शाकाहारी आन्दोलनले नपुग्ने' बताएका हुन्।

कम्युनिस्टको 'कमरेड' बिर्सेर ओली किन भन्दैछन् 'केटा'?

किशोर दहाल

शनिबार, माघ ३, २०७७, २३:१३

काठमाडौं-

  • अछामको एउटा केटो, म जेल बस्या बेला बाटामा हिँड्दाहिँड्दै पुलिसले समातेर ल्याएछ। भेटाएर मैले राजनीतिकरण गर्‍या थिएँ। अहिले त कुराकानी सानातिना छैनन्। मान्छेभन्दा कुरा ठूला छन्। नानीभन्दा नाना ठूलो, मान्छेभन्दा कुरा ठूलो। नाम भन्नुपर्दैन, तपाईंले चिन्नुहुन्छ। यस प्रदेशको विकासको समस्या हुन्, ती मान्छे। अब त्यो समस्याको समाधान भएको छ।
  • म कुनै बैगुनी केटाकेटीको बारेमा कुरा गर्न चाहन्नँ। हाम्रै प्रदेशमा पनि त्यस्ता देखिएका छन्। दौडी-दौडीकन गएर भोट मागेर ‘यो केटालाई जिताएर पठाउनुस्, मन्त्री बनाएर पठाइदिन्छु’ भनेर, मन्त्री बनाएर, गरियो गरियो… एकदिन त पुक्क लात्तले हानेर भाग्यो। को भनेर यसो हेरेको त उही केटो।

कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीका दुई भाषणका अंश हुन्, यी। पुस २४ गते धनगढीमा आयोजित सभा र माघ ३ गते काठमाडौंमा आयोजित नेकपाको प्रदेश १ सम्पर्क कमिटीको कार्यकर्ता भेलामा उनले दुई फरक नेताको आलोचना गर्दै ‘केटा’ शब्द प्रयोग गरे। नाम नलिए पनि सहजै बुझ्न सकिन्छ, पहिलो प्रसंग भीम रावल र दोस्रो प्रसंग योगेश भट्टराईसँग सम्बन्धित छ। रावल र भट्टराई नेकपाका स्थायी कमिटी सदस्य र पूर्व मन्त्रीहरू हुन्।

प्रधानमन्त्रीले ‘केटा’ भनेर होच्याएका दुई नेता र प्रधानमन्त्रीको उमेरमा पनि खासै ठूलो अन्तर छैन। ओली अहिले ६९ वर्ष पुगे। रावल र भट्टराई क्रमशः ६५ र ५४ वर्ष पुगे। पार्टी र आन्दोलनमा पुर्‍याएको योगदानको हिसाबले पनि दुवै नेता ओलीकै हाराहारीमा छन्।

प्रधानमन्त्री ओली : दैनिकजसो भाषण, भाषणैपिच्छे गाली

किशोर दहाल

मंगलबार, पुस २१, २०७७, ००:३१

काठमाडौं- आइतबार अनेरास्ववियुको केन्द्रीय कमिटीद्वारा आयोजित बृहत कार्यकर्ता भेलालाई कार्की ब्यांक्वेटमा सम्बोधन गर्दै काम चलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई सुझाव दिए- 'कुनै पनि आधारमा कसैलाई हेप्ने, होच्याउने, अपमान गर्ने खालको सोचहरु अनेरास्ववियुले राख्नुहुँदैन।'

विद्यार्थीहरुलाई यी र यस्ता नैतिक शिक्षा दिएका उनैले आफ्नो करिब ५० मिनेटको भाषणमा भने आफ्नै सहयोद्धाहरुप्रति राजनीतिक र अराजनीतिक टिप्पणी गरे। पार्टीबाट अलग भएका पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालप्रति कटाक्ष गर्दै उनले भने- 'तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो। तर सहिद त होइन। अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन।'

ओलीको बोलीले उनको स्तर प्रष्ट पारेको नेकपा स्थायी कमिटी सदस्य वेदुराम भुसाल बताउँछन्। ओलीको जस्तो आरोपमा नेपाली कम्युनिस्ट नेताहरु यसअघि कहिल्यै नउत्रिएको उनको भनाइ छ।

पुस ५ मा प्रतिनिधि सभालाई विघटन गरेपछि ओलीको व्यस्तता बढेको छ। यसअघि प्रधानमन्त्री निवास बालुवाटारबाट खासै बाहिर ननिस्कने उनी केही दिनयता भने भाषणकै लागि प्रज्ञा प्रतिष्ठानदेखि कार्की ब्यांक्वेटसम्म पुगिरहेका छन्। जुम मिटिङबाट देश-देशावरसम्म आफ्नो कुरा पुर्‍याउन पनि भ्याइरहेका छन्।

संविधान निर्माण गर्दा संघर्ष गरेको शक्ति 'असंवैधानिक' कदमको विपक्षमा किन?

किशोर दहाल

आइतबार, पुस १२, २०७७, १७:५२

काठमाडौं- मन्त्रिपरिषद्को पुस ५ गतेको बैठकले प्रतिनिधिसभाको सिफारिस गरेपछि छिटो प्रतिक्रिया व्यक्त गर्नेमा जनता समाजवादी पार्टी थियो। सिफारिसको खबर सार्वजनिक भएको केही बेरैमै पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले एक भिडिओ सन्देशमार्फत् सो कदम लोकतन्त्र र संविधानको मर्म विपरीत भएको बताए।

'यो कदमको विरुद्धमा सहकार्य गर्न नेपाली कांग्रेस, नेकपाभित्रका लोकतान्त्रिक शक्तिहरु, सम्पूर्ण राजनीतिक दल र वैकल्पिक राजनीतिक शक्तिहरुलाई सहकार्य गर्न म हार्दिक अनुरोध गर्दछु,' उनले भनेका थिए।

उनकै पार्टीका कतिपय नेताले अझ कडा शब्दमा संविधानमाथि 'कू' भएको प्रतिक्रिया व्यक्त गरे। ‘यो विल्कुल संविधानविपरीत कदम हो। संविधानमाथि कू हो। संवैधानिक व्यवस्थाको विपरीत, संवैधानिक मूल्यमान्यताको विपरीत काम भयो’, सोही दिन राजेन्द्र महतोले नेपाल लाइभसँग भनेका थिए।

सोही दिन नै जसपाले एक विज्ञप्तिमार्फत् संस्थागत रूपमै प्रतिक्रिया व्यक्त गर्‍यो। 'प्रतिनिधिसभा विघटन संसदीय लोकतन्त्र र संवैधानिक व्यवस्थामाथि गरिएको गम्भीर प्रहार हो। यो अधिनायकवाद र निरंकुशताको पराकाष्ठा रहेको हाम्रो ठहर छ,' महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, 'त्यसर्थ सम्पूर्ण पार्टी पंक्ति र आम नागरिकलाई यस कदमको प्रतिवाद गर्न आग्रह र आह्वान गर्दछौं।'

किन भयो ओलीमा बादलको विलय?

किशोर दहाल

शुक्रबार, पुस १०, २०७७, १३:३५

काठमाडाै‌ं-बादलको छवि फरक-फरक रुपमा चित्रित छ। जनयुद्धकालमा आम जनताका लागि मात्रै नभएर कतिपय माओवादी नेता कार्यकर्ताका लागि उनी ‘मिथक’ जस्तै थिए। त्यसको मुख्य कारण उनको क्षमताका बारेमा अनेक किस्सा प्रचारित थिए। अर्कोतिर, महत्त्वपूर्ण घटनाक्रमका बेला वा आफ्नो धारणा स्पष्ट पारिहालुन् भनेर अपेक्षा गरिएका बेला उनी मौन बसिदिन्थे। नेतृत्व तहमा रहेका नेताको यस किसिमको शैली अनौठो थियो।

एमाले र माओवादीबीच एकता भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्दा समेत बादलको पुरानो स्वभाव कायमै रह्यो। पार्टी एकताको केही समयपछि नै विवादहरु सतहमा आउन थालेका थिए। पूर्वमाओवादी धारका नेता भएकाले उनले पार्टी विवादमा प्रचण्डलाई साथ दिने अपेक्षा गरिएको थियो। तर, उनले खुल्दै नखुल्ने स्वभाव जारी राखे। त्यसैले ९ सदस्यीय नेकपाको शक्ति समीकरणमा उनी सधैं चासोका नेता बने।

उनै बादल पार्टीको अनौपचारिक विभाजनपछि भने केपी शर्मा ओलीको पक्षमा खुलेका छन्। बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित ओली पक्षको केन्द्रीय कमिटी बैठकमा उनले प्रचण्ड-माधव नेपाल पक्षलाई प्रतिक्रान्ति गर्न खोजेको, प्रतिगमनको प्रयास गरेको लगायतका जार्गन प्रयोग गर्दै भाषण गरे। उनको क्रान्तिकारी छविको केही वर्ष पुरानो पाना पल्टाउने हो भने उनले गरेका भाषण अनौठा छन्। सामाजिक सञ्जालदेखि पत्रिकाका पानासम्म ओलीबाट प्रतिक्रान्तिको स्पष्ट सुरुवात भएको र त्यो अझै अघि बढ्ने चिन्ता व्यक्त भइरहँदा बादल भने ओलीको कदमलाई क्रान्तिकारी पुष्टि गर्ने प्रयत्न गरिरहेका थिए।

बादल किन ओलीतिरै लागे त? नेकपाका केही नेतासँगको कुराकानीको आधारमा तयार गरिएका बुँदाहरु यस्ता छन्:

प्रधानमन्त्रीको सम्बोधन : अक्षमताको फेहरिस्त

किशोर दहाल

सोमबार, पुस ६, २०७७, १८:५९

काठमाडौं- जनताको प्रतिनिधिमूलक संस्था प्रतिनिधि सभालाई विघटन गरेपछि केपी शर्मा ओलीले सोमबार देशवासीको नाममा सम्बोधन गरे। कमजोर मनोबलसहित बोलिरहेका जस्ता देखिने उनले सम्बोधनमा प्रतिनिधि सभा विघटन गर्नुका केही कारण प्रस्तुत गरे। निष्कर्षमा भने उनले आफ्नो अक्षमताको फेरिरिस्त प्रस्तुत गरे।

महत्त्वपूर्ण र जनताको साथ खोज्न गरिएको सम्बोधनलाई प्रधानमन्त्रीले आफ्नै दलका नेताहरुको आलोचना गर्ने अवसरमा सदुपयोग गरे। 'सरकार गठनको एक वर्ष नपुग्दै कुनै नेताले मुलुकबाहिर गएर अस्थिरताको सन्देश छर्नुभयो भने कुनै नेताले प्रधानमन्त्री मुलुकमा नभएको मौका पारेर देश डुब्न लाग्यो भन्दै बचाउन माझी गुहार्न थाल्नुभयो,' ओलीले आफ्नो सम्बोधनमा भनेका छन्।

आफूलाई पहिलो बरियताको अध्यक्ष हुँ भनेर दाबी गरिरहेका र अर्का अध्यक्ष प्रचण्डलाई 'उपाध्यक्ष जस्तै' भन्दै तेजोबध गरिरहेका उनले पार्टी नेतृत्वको रुपमा आफ्नो औचित्य समाप्त भइसकेको यही सम्बोधनमार्फत पुष्टि गर्ने प्रयत्न गरे। त्यति मात्रै होइन, मैले पार्टीकै सहयोद्धाको विश्वास जित्न नसकेकाले संसद विघटनको निर्णय गरिदिएको हुँ आशय व्यक्त गरे। 'सतहमा हेर्दा हिजो विकसित घटनाक्रम अप्रत्यासित र आकस्मिक जस्तो देखिएता पनि यो परिस्थिति लामो समयदेखि राष्ट्रिय राजनीति र मूलतः सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केही नेताहरुका असंगत, विकृत र जनअपेक्षा विपरीतका गतिविधिहरुद्वारा सिर्जना भएको हो', प्रधानमन्त्रीले भनेका छन्।

संविधान र जनविश्वासमा गम्भीर घात

टिप्पणी

किशोर दहाल

आइतबार, पुस ५, २०७७, २१:४९

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना भाषणहरूमा केही विषयको चर्चा गर्न छुटाउँदैनथे। तिनैमध्येका थिए- भ्रष्टचारविरुद्ध शून्य सहनशीलता, समृद्धि र लोकतन्त्रमाथि निष्ठा। अघिल्ला दुई विषयको चर्चा अहिलेका लागि कुनै चर्चाको विषय रहेन। किनकि, ती विषय उनी स्वयंका लागि बोझ सावित भइसकेको थियो। तर, आइतबार मात्रै उनले लोकतन्त्र पनि आफ्ना लागि बोझ भएको प्रष्ट पारे।

आइतबारको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा विघटनको सिफारिस गरेको थियो। बैठकमा कतिपय मन्त्रीले त्यस्तो कदमको विरोध पनि गरेका थिए। तर, ओलीले बेवास्ता गरिदिए। उनको कदम संविधानको मर्म विपरीत हुने र त्यसलाई राष्ट्रपतिले सच्याउने अपेक्षा गरिएको थियो। तर, राष्ट्रपतिले पनि अनुमोदन गरिदिएपछि संविधान ठूलो अपेक्षाले ओतप्रोत जननिर्वाचित थलो केही घण्टामै अस्तित्वविहीन बन्न पुग्यो। कतिपयले सर्वोच्च अदालतलाई अर्को आशाको रुपमा व्यक्त गरेका छन्। त्यो भने प्रतीक्षाको विषय छ।

पछिल्लो कदम चाल्नुका कारणबारे प्रधानमन्त्रीको तर्फबाट कुनै आधिकारिक धारणा सार्वजनिक भएका छैनन्। त्यसैले उनले संसद विघटन गर्नुमा उनका स्वभाव, पार्टीभित्रका केही परिस्थिति, उनले आफ्नो शासनशैलीका बारेमा केही समययता दिइरहेका संकेतहरुबाट उनका कदम पर्गेल्न सकिन्छ। 

Thursday, May 20, 2021

८३ जना सांसद्को हस्ताक्षरसँग किन डराए ओली?

ब्रिफिङ

किशोर दहाल

बिहीबार, पुस २, २०७७, १५:३६

काठमाडौं- बुधबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई सांसदहरु भीम रावल र पम्फा भुसाल संसदको अधिवेशन बोलाउन माग गर्दै राष्ट्रपति कार्यालय पुगे। यद्यपि, उनीहरुको पत्र दर्ता भएन।

'जनताका माग, आकांक्षा र भावना मुखरित र सम्बोधन गर्ने प्रतिनिधि सभाको नियमित बैठक बोलाउनु पर्ने समय भइसकेको अवस्थामा सम्माननीय प्रधानमन्त्रीले हठात् संवैधानिक परिषद् (काम,कर्तव्य,अधिकार र कार्यविधि) ऐन,२०६६ लाई संशोधन गर्न मन्त्रिपरिषद्‌बाट अध्यादेश सिफारिश गर्नुभई सो अध्यादेश जारी भएकोले यस्तो संवेदनशील विषयमा संसदमा छलफल गर्नु अपरिहार्य भएको छ', दर्ता नभएको पत्रमा उल्लेख छ।

रावलले दाबी गरे अनुसार उनीहरुसँग ८३ सांसदको हस्ताक्षर थियो। पार्टीको विवादमा एक पक्षमा रहेको सांसद संख्या पनि यसरी पहलोपटक सार्वजनिक भएको हो। यसअघि यस्ता संख्या अनौपचारिक तहमा मात्रै छलफलको विषय बन्थ्यो। 'संवैधानिक परिषद्सम्बन्धी अध्यादेशबारे छलफल गर्न नेकपाका ८३ सांसदहरूको हस्ताक्षरसहित दिउँसो १२:४८ बजे आवेदन दिई दर्ताको माग गर्दा ६ घण्टा कुराइयो। यसो गर्नु लोकतान्त्रिक मान्यता विपरीत हो', रावलले बुधबार राति लेखेको ट्विटमा उल्लेख छ।

नेकपामा सांसदहरुको जोड घटाउ र हस्ताक्षर संकलन हुन थालेको महिनौं बितिसकेको छ। आवश्यक पर्दा तत्कालै प्रयोग गर्न सकिने प्रयोजनका लागि दुवै पक्ष (केपी ओली र पुष्पकमल दाहाल-माधव नेपाल) ले हस्ताक्षर तयार राखेका छन्।

प्रधानमन्त्रीको छवि-क्षय

टिप्पणी

किशोर दहाल

बुधबार, पुस १, २०७७, १९:०७

काठमाडौं- मंगलबार मात्रै जारी भएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन्। अध्यादेश जारी भएसँग उनले तीव्र आलोचना खेपेका थिए। विपक्षी पार्टीबाट मात्रै होइन, नेकपाभित्रै अध्यादेश फिर्ता लिन उनलाई तीव्र दबाब परेको थियो।

बुधबार बसेको नेकपा स्थायी कमिटी बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय सर्वसम्मतिले गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए। स्थायी कमिटी बैठक सुरु हुनुअघि नै अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सो विषयमा सहमति भएको थियो। सहमतिपछि नै ओली बैठकमा आउन तयार भएका थिए।

यसरी अध्यादेश जारी भएको २४ घण्टा नबित्दै त्यो खारेजीको बाटोमा गएको छ। जुन अपेक्षित थियो।

अध्यादेश जारी भएसँगै ओलीको लोकतन्त्रप्रतिको प्रतिबद्धतामा सर्वत्र शंका गरिएको थियो। आफ्नो व्यक्तिगत स्वार्थका लागि संविधानको मर्म र भावनालाई कुल्चने उनको शैली अधिनायकवाद तर्फको यात्रा भएको विश्लेषण गरिए। हुन पनि पद्धति नबस्दै उनी कानुनी राज्यका इँटा भत्काउन प्रयासरत रहेको यो प्रकरणले पुष्टि गर्‍यो। प्रधानमन्त्री ओलीले आफ्ना भाषणहरूमा लोकतन्त्रको खुबै महिमा गाउने गरेका छन्। तर ती फोस्रो र छलकपटपूर्ण रहेछन् भनेर भन्न सकिन्छ।

अध्यादेश फिर्ता लिन सहमत भएसँगै ओलीको कार्यशैली र क्षमतामाथि यसअघि नै शंका गर्ने जमातलाई बल पुगेको छ। उनी स्पष्ट भिजन र सपनामा होइन, अधिनायकवादी आकांक्षाद्वारा अघि बढिरहेका छन् भन्ने आरोप यही बेला सघन भएको छ। अध्यादेश फिर्ता भए पनि उनीमाथिका यस किसिमका बुझाइ फिर्ता हुन कठिन छ।

सरकारलाई बढ्दै सडकको दबाब

किशोर दहाल

मंगलबार, मंसिर ३०, २०७७, १३:३८

काठमाडौं- प्रतिपक्षको रुपमा नेपाली कांग्रेसले सशक्त भूमिका निर्वाह गर्न नसकेको भनेर आलोचना खेप्दै आएको थियो। जसले गर्दा शक्तिको हिसाबले कमजोर र प्रवृत्तिको हिसाबले सत्ताकै सहयोगीको छवि बन्यो। प्रधानमन्त्री केपी शर्मा ओलीका लागि कतिपय सन्दर्भमा आफ्ना पार्टीका सहयोद्धाभन्दा कांग्रेस सभापति शेरबहादुर देउवा बढी हितैषी सावित भएका थिए। अप्ठ्यारो पर्दा सहयोग माग्ने र दिने सम्बन्ध चलिरहेको थियो।

यसरी ३४ महिनासम्म प्रमुख प्रतिपक्षी दल हुनुको कुनै बोध गराउन नसकेको कांग्रेसले एक्कासी सडकमै उत्रिने निर्णय गर्‍यो। जसअनुसार मंसिर २९ गते उसले ७७ वटै जिल्लामा सरकार विरुद्ध सडक प्रदर्शन पनि गरिसकेको छ। कोरोनाकै कारण पार्टीका अन्य कैयौं कार्यक्रम स्थगित भएका र महाधिवेशन समेत अनिश्चित भएको अप्ठ्यारो समयमा समेत उसले सडक रोज्यो।

'अहिले सरकार पनि दिन प्रतिदिन बदनाम हुँदै गएको छ। सत्तारुढ पार्टीभित्र विवाद उत्कर्षमा पुगेको छ। राजावादीहरुले व्यवस्था र संविधानकै विरुद्धमा सडकमा उत्रिएपछि र आफ्ना वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँमा सरकारी दमन र दूर्व्यवहार गरिएपछि कांग्रेस सडकमा जाने निष्कर्षमा पुगेको देखिन्छ। त्यसैले अहिले ऊ बाध्यात्मक र परिस्थितिजन्य राजनीतिक विकासक्रमका कारणले सडकमा गएको हो', राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भन्छन्।

ओली अस्पष्ट हुनुहुन्छ, नतिजा हासिल गर्न सक्नुहुन्न : डा बाबुराम भट्टराई [अन्तर्वार्ता]

किशोर दहाल

शनिबार, मंसिर २७, २०७७, १३:३४

अध्ययन, लेखन, बहस, अन्तरक्रिया गर्न रुचाउने सीमित नेतामध्ये पर्छन्, पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराई। त्यसका लागि उनले पुरानादेखि नयाँ माध्यमसम्मलाई अपनाएका छन्। जसकारण उनी पुराना र नयाँ पुस्ता सबैतिर पुगिरहेका छन्। उनैको नयाँ पुस्तक ‘अर्थ-राजनीतिक विमर्श’ भर्खरै बजारमा आएको छ। जसमा उनले विभिन्न समयमा लेखेका लेखहरुलाई समावेश गरेका छन्।

भट्टराई जीवनको ऊर्जाशील समय देशको संरचनागत सुधारका लागि माओवादी आन्दोलनमा होमिए। परिणामस्वरुप केही उपलब्धि पनि हासिल भए। तर त्यसका प्रशस्तै अपूर्णता रहेको भन्दै पूर्णताको लागि फरकफरक खालको अभियानमा सक्रिय छन्। सामाजिक सञ्जालमा पनि सक्रिय रहेका उनी सानासाना विषयमा पनि अपडेट र प्रतिक्रियात्मक देखिन्छन्। आफूलाई लागेका विषयमा प्रतिक्रिया दिइहाल्ने उनको विशेषता छ। त्यहाँ उनले तात्तातो घटनाक्रमदेखि गम्भीर सैद्धान्तिक बहसको माग गर्ने विषयसम्मलाई जोडिरहेका हुन्छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको शासन शैलीप्रति भने उनी निकै नै आक्रामक देखिन्छन्।

भट्टराईसँग उनको पछिल्लो पुस्तक, केही समययता छिटपुट रुपमा चलिरहेको राजावादीहरुको प्रदर्शन, प्रधानमन्त्री ओलीको शासनशैली लगायतका विषयमा नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीको सम्पादित अंशः

ओलीको जवाफ : केही प्रष्टोक्ति, केही स्मरण, केही चेतावनी

किशोर दहाल

शनिबार, मंसिर १३, २०७७, १९:०६

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा ओलीले आफ्नो लिखित जवाफ पेश गरेका छन्। गत मंसिर ३ गतेको सचिवालय बैठकमा उनले आफ्नो जवाफका लागि १० दिनको समय मागेका थिए। सोही अनुसार उनले जवाफ पेश गरेका हुन्। सदस्यहरुलाई खामबन्दीमा वितरण गरिएको भनिएको सो जवाफ केही बेरमै सार्वजनिक भएको थियो।

ओलीको जवाफ मुलतः प्रचण्डले कात्तिक २८ गतेको सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठको प्रस्तावमा उल्लेखित कतिपय आरोपको प्रतिवाद गर्न, कतिपय आरोपलाई खारेज गर्न वा औचित्यहीन तुल्याउन, कतिपय आरोपमा प्रष्ट पार्नमा केन्द्रित छ। संयोग नै हो वा सुविचारित, १९ पृष्ठको आरोपलाई त्यसको दोब्बर अर्थात् ३८ पृष्ठको जवाफ फर्काइएको छ।

ओलीको जवाफमा प्रयोग गरिएको भाषा सालिन छ। उनले कुनै सस्ता गालीगलौजका शब्द प्रयोग गरेका छैनन्। कहीँ सिधै र कहीँ सांकेतिक वाक्यहरुले आफ्नो तर्कलाई बलियो बनाएका छन्। नरम भाषामा कडा सन्देश प्रवाह गरेका छन्।

ओलीको समग्र जवाफमा तीन किसिमका शैली छन्- प्रष्टोक्ति, स्मरण र चेतावनी।

'हँसिया-हथौडा' खेलाउँदै ‘ड्र्यागन’

किशोर दहाल

बिहीबार, मंसिर ४, २०७७, १७:५३

काठमाडौं- मंसिर २, २०७७ राति चिनियाँ राजदूत होउ यान्छी प्रधानमन्त्री निवास बालुवाटार प्रवेश गरिन्। ८ बजेतिर त्यहाँ पुगेकी उनले करिब दुई घण्टा ओलीसँगको संवादमा बिताइन्।

यान्छी त्यस्तो समयमा बालुवाटार पुगिन्, जुनबेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली पार्टीभित्र अत्यधिक अप्ठ्यारो परिस्थितिमा छन्। सचिवालयका बहुमत सदस्यहरु एकत्रित भएर उनीमाथि  प्रहार गरिरहेका छन्। पार्टी विभाजनका चर्चा सघन भएको छ। नेकपाको सचिवालयको बैठक नै बस्छ वा बस्दैन, बस्यो भने ओली उपस्थित हुन्छन् वा हुँदैनन् भन्ने अन्यौलपूर्ण अवस्थामा यान्छी बालुवाटार पुगिन्।

प्रधानमन्त्री ओली र राजदूत यान्छीबीचको संवादबारे प्रष्ट जानकारी सार्वजनिक भइसकेको छैन। तर, विगतका सन्दर्भ केलाउन हो भने दुईबीच नेकपाभित्रको संकटका विषयमा छलफल भए भनेर सहजै आकलन गर्न सकिन्छ। पार्टी र सरकारमा ओलीको शक्तिशाली निरन्तरताका लागि कुनै अचुक सूत्रको पहिचान हुन सक्यो वा सकेन भन्ने केही दिनमा देखिने नै छ। तर नेकपाको बुधबारको सचिवालय बैठक सहज रुपमा नै सम्पन्न भएको छ। जसलाई संयोग मात्रै मान्न पनि सकिन्छ, चिनियाँ राजदूतको भेटको परिणाम मान्न पनि सकिन्छ। 

ओलीको 'संघीयताविरोधी विचार' माथि प्रचण्डद्वारा फेरि प्रश्न

किशोर दहाल

शनिबार, कात्तिक २९, २०७७, १२:२८

काठमाडौं- प्रधानमन्त्री केपी ओली शर्मा ओलीप्रति विभिन्न कोणबाट आलोचना गर्दै शुक्रबार बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रचण्डले १९ पृष्ठ लामो प्रतिवेदन पेश गरे। अन्य कैयौं आरोपका साथै ओलीको 'संघीयताविरोधी विचार' माथि पनि प्रचण्डले प्रश्न उठाएका छन्।

'कमरेड ओलीले संविधानको मर्म र भावना अनुसार प्रदेशहरुलाई बलियो बनाउन पहल गर्नुको साटो सकेसम्म प्रदेशहरुको अधिकार कटौती गरी एकात्मक केन्द्रीकृत मान्यता अनुसार नै शासन चलाउन जोड गरिरहनुभयो। प्रदेशसँग सम्बन्धित विधेयकहरु बनाउँदा होस् वा कर्मचारी र आर्थिक विन्यास गर्दा होस्, उहाँको त्यो संघीयताविरोधी विचार प्रकट भइरहेका छन्', प्रचण्डको प्रतिवेदमा भनिएको छ, 'हालै कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरुसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक इकाइमात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गरेर उहाँले आफूलाई संघीयता र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको मर्म र भावनाविपरीत रहेको तथ्य प्रमाणित गरिरहनुभएको छ।'

पार्टी एकता र संविधानका आधारभूत वैचारिक राजनैतिक पक्षमाथि ओलीबाट निरन्तर प्रहार भएकै कारण आज पार्टी र सरकारमा गम्भीर संकट उत्पन्न भइरहेको प्रचण्डको भनाइ छ।

प्रतिवेदन नेकपाका सचिवालय सदस्यहरुलाई अध्ययनका लागि वितरण गरिएको छ। अर्को बैठक मंसिर ३ गते बोलाइएकाले त्यही दिन वा त्यसपछिका दिनहरुमा प्रचण्डको आरोपको निरुपण होला। तर, ओलीको 'संघीयताविरोधी विचार' माथि प्रचण्डले प्रश्न उठाएको यो पहिलोपटक भने होइन। संविधान बनेकै केही समयपछि नै प्रचण्डले ओलीमाथि कहिले कडा र कहिले नरम, कहिले सिधै र कहिले घुमाउरो भाषामा ओलीमाथि आरोप लगाउँदै आएका छन्।

नेकपामा 'पत्र-युद्ध'

किशोर दहाल

शुक्रबार, कात्तिक २८, २०७७, २२:३६

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुबीच सहज संवादको पूर्ववत् शैलीमा अवरोध आएको छ। नेताहरुबीच र विशेषगरी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच नै सहज संवाद नहुँदा पार्टीमा 'पत्र-युद्ध'को अवस्था सिर्जना भएको छ।

गत भदौ २६ मा सकिएको ८० दिने स्थायी कमिटी बैठकले पार्टीका विवादलाई अन्त्य गरेको बताइएको थियो। सो मितिलाई 'कट अफ डेट' निर्धारण गरिएको थियो। 'पार्टीभित्र देखापरेको विवाद वा मतभेदका सम्बन्धमा स्थायी कमिटीको पाँचौ बैठक समापनको मिति २०७७ भदौ २६ गतेलाई पुरानो विवादतर्फ नफर्किने निश्चित समय (कट अफ डेट) निर्धारण गर्ने र पुनः त्यसप्रकारको अन्तर्विरोधपूर्ण विवाद नहुने कुरा सुनिश्चित गर्ने', भदौ २९ गते जारी अन्तरपार्टी निर्देशिकाको बुँदा ५.६ मा उल्लेख छ।

तर विवादको अन्त्य त परको कुरा, अनन्त विवादमा पार्टी फसेको जस्तो देखिएको छ। जसका कारण पछिल्ला हप्ता नेकपा फुट्ने हल्ला सघन भए। अध्यक्षद्वयले नै त्यसमा बल पुग्ने अभिव्यक्ति दिइरहेका छन्।

पछिल्लो विवादको सुरुवात स्थायी कमिटीको निर्णय पालना नभएकोमा छ। रोचकचाहिँ के छ भने विवादको नेतृत्व गरेका ओली र प्रचण्ड दुवैले सो निर्णयको पालना हुनुपर्ने बताइरहेका छन्।

राजदूत नियुक्ति, मन्त्रिपरिषद्मा सदस्यहरु थप, कर्णाली विद्रोह, पर्सामा कार्यकर्ता हत्या, रअ प्रमुखसँग प्रधानमन्त्रीको भेट लगायतका विषयले नेकपाभित्र विभाजनकारी भूमिका खेल्यो। नेताहरुबीच आशंका बढायो। ती विषयमाथि छलफलका लागि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम तथा नारायणकाजी श्रेष्ठको बहुमत सदस्यहरुले माग गर्दै आएका थिए। तर, बाहिर कडा देखिएका ओली उल्लेखित सन्दर्भमा रक्षात्मक अवस्थामा छन्। त्यसैले उनले बैठक टार्दै आएका थिए। उनले बैठकका एजेन्डा र निर्णयको विषयमा अर्का अध्यक्ष प्रचण्डसँग निश्चित हुन चाहेका थिए। तर, आफूसँग रहेको बहुमत सदस्यको साथले बलिया भएका प्रचण्डले ओलीलाई बैठकमै आक्रोश पोख्ने रणनीति लिँदा बैठक अनिश्चित हुँदै आएको थियो।

Friday, November 13, 2020

बालुवाटारका काला जुँगा संखुवासभामा सेतो!

नेकपामा विवाद बढ्दै गएको थियो। पार्टी सचिवालयको बैठक बस्नुपर्ने माग पनि बढ्दै थियो। केपी ओलीले बेवास्ता गरिरहेका थिए। बैठकका लागि उनले रुची देखाएका थिएनन्। दबाबका लागि सचिवालयका बहुमत सदस्यहरु  प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठले कात्तिक २१, २०७७ मा पार्टी कार्यालय धुम्बाराहीमा अनौपचारिक बैठक राखे। बहुमत सदस्यको सो बैठकले सचिवालयको बैठकका लागि ओलीलाई भेटेरै आग्रह गर्ने निर्णय गर्‍यो।

भोलिपल्ट (कात्तिक २२ गते) सचिवालयका ती सदस्यहरुले बिहानै धुम्बाराहीमा भेटे। छलफल गरे। र, ओलीलाई बुझाउने पत्र तयार पारेर बालुवाटार पुगे। पत्र बुझाएपछि दुई पक्षले मनमुटाव पनि गरे।

आफू अल्पमतमा परेपछि ओलीले बहुमतको गठबन्धन भत्काउने  प्रयास गर्नु अनौठो होइन। सोही रणनीतिका साथ उनले कात्तिक २३ गते माधव नेपाललाई बालुवाटार बोलाए। नेपाल भने आफू पक्षका नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्तलाई लिएर पालुवाटार पुगे। त्यहाँ ओलीले नेपाललाई पार्टी एकता बचाउनुपर्ने, पूर्व एमाले मिल्नुपर्ने जस्ता कुरा गरे। महाधिवेशनपछि अध्यक्ष वा चुनावपछि प्रधानमन्त्री  जस्ता लोभ पनि देखाए।

यी त भए सामान्य कुरा।

Saturday, November 7, 2020

प्रधानमन्त्रीको सदाबहार सूत्र-अप्ठ्यारोमा परेपछि राजीनामाको फन्डा

किशोर दहाल

बिहीबार, कात्तिक २०, २०७७, ११:२२

काठमाडौं- 'तपाईंहरु विचार गर्नुस्, के अहिले मैले राजीनामा दिन हुन्छ? राजीनामा दिन मिल्छ? मेरो लागि होइन, देशको लागि मैले राजीनामा दिनु भनेको देशलाई बर्बादीतिर जान दिनु हो।'

बुधबार बिहान चिकित्साशास्त्र अध्ययन संस्थान अन्तर्गतको मनमोहन सेन्टर एनेक्स भवनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भनेका कुरा हो, यो।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र जबजब विवाद बढ्छ, प्रधानमन्त्री ओलीको आलोचना सुरु हुन्छ, उनको निर्णय र कार्यशैलीमाथि प्रश्न उठ्छ, तबतब उनीबाट यस्तै अभिव्यक्ति सार्वजनिक हुने गरेको छ। आफ्नो संकटलाई उनले पटकपटक राजीनामा मागिएको विषयसँग जोड्ने र विवादलाई विषयान्तर गर्ने गरेका छन्। त्यसका लागि उनले पार्टीका सहयात्रीदेखि छिमेकी मुलुकसम्मलाई जोड्ने गरेका छन्।

डा गोविन्द केसी : एक अटुट शृंखला

किशोर दहाल

बिहीबार, कात्तिक १३, २०७७, ०७:१५

गत असोज २४ गते राति (२५ गते बिहान) ८ बुँदे सहमति भएसँगै डा गोविन्द केसीले आफ्नो ४ हप्ते लामो अनसन अन्त्य गरे। उनी भदौ २९ गतेदेखि अनसनरत थिए। ८ वर्षयता १९ पटक अनसन बसेका डा केसीको पछिल्लो अनसन सबैभन्दा लामो २८ दिनको रह्यो। त्यसअघि २०७५ असार–साउनको १५औं अनसन २७ दिनसम्म चलेको थियो।

२०६९ असार २१ बाट अनसन सुरु गरेका डा केसीले अनसनमै २५७ दिन बिताइसकेका छन्। यो भनेको एकमुष्टमा साढे ८ महिना हो। त्रिवि शिक्षण अस्पतालमा कार्यरत रहँदा उनले चिकित्सा शिक्षामा सुधार गर्नुपर्ने माग चाहिँ २०६६ देखि नै उठाउन थालेका हुन्। सुरुवातमा उनले चिकित्सा शिक्षाका क्षेत्रमा देखिएका विकृति र विसंगति रोक्न ज्ञापनपत्र बुझाउने, सरकारका पदाधिकारीसँग छलफल गर्ने लगायतका काम गरे। तर यस्ता प्रयासले सफलता नपाएपछि उनले अनसनको उपाय रोजेका हुन्।

आफ्नो सादगीपूर्ण जीवनशैलीबाट प्राप्त नैतिक बल, आम मानिससँग जोडिएको तर विकृतिले भरिपूर्ण क्षेत्रमा सुधारको चाहना र प्रतिष्ठित व्यक्तिहरुको समर्थनले गर्दा डा केसीको अनसन सधैं चर्चामा रहिरह्यो। कतिपय अनसन उनले बीचमै स्थगित गर्नुपरे तापनि बाँकी अनसनमा उनले जीत हासिल गरे। सरकारलाई झुकाए।

डा केसी सधैं आफ्ना मागहरुप्रति प्रतिबद्ध रहे। सुधारको चाहनाबाहेक अरु स्वार्थ राखेनन्। त्यसैले उनले आफ्ना अनसनका बेला सरकारको नेतृत्वमा को छ र कुन पार्टीको व्यक्ति छ भन्ने विषयलाई महत्व दिएनन्। उनले आफ्नो माग राखे, त्यसमै केन्द्रित भए। यदाकदा उनलाई अमुक पार्टीसँग जोड्ने प्रयास गरिन्छ। तर ती पार्टीहरु डा केसीको अनसन खोज्दै गएका हुन्, डा केसी आफैं पार्टी खोज्दै गएका होइनन्। यसबीचमा उनी माओवादी, एमाले, कांग्रेस र नेकपा नेतृत्वको सरकार हुँदा मात्रै होइन, प्रधानन्यायाधीशले मन्त्रिपरिषद्को नेतृत्व गर्दा समेत अनसन बसेका छन्।

ओली–गोयल भेट नेकपाले पाएको मतको अपमान हो : डा उद्धव प्याकुरेल [अन्तर्वार्ता]

किशोर दहाल

शुक्रबार, कात्तिक ७, २०७७, २२:२२

भारतीय गुप्तचर संस्था 'रिसर्च एण्ड एनालाइसिस विङ' का प्रमुख सामन्तकुमार गोयल केही दिनअघि नेपाल आएर फर्किए। उनका अन्य भेटबारे प्रष्ट नभए पनि प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेट भने पुष्टि भएको छ। बुधबार भएको भेटबारे प्रधानमन्त्रीको सचिवालयको तर्फबाट प्रेस सल्लाहकार सूर्य थापाले बिहीबार प्रेस नोट जारी गर्दै भनेका छन्- 'भेटका क्रममा उहाँ (गोयल) ले नेपाल-भारतबीचको  मैत्री सम्बन्ध खलबलिन नदिने, समस्याहरूको वार्ताद्वारा समाधान गर्ने र पारस्परिक सहयोगलाई निरन्तर अगाडि बढाउने बिषयमा आफ्नो धारणा राख्नु भयो।'

तर यो भेटलाई लिएर नेपालमा निकै चर्चा भएको छ। विभिन्न पार्टीका नेतादेखि सामाजिक सञ्जाल प्रयोगकर्तासम्मले प्रधानमन्त्रीको आलोचना गरेका छन्। कतिपयले प्रधानमन्त्रीको बचाउ गरेता पनि त्यो आवाज व्यक्त गर्ने समूह सानो छ। आलोचना गर्नेहरूले प्रधानमन्त्रीले प्रोटोकल ख्याल नगरेको, प्रधानमन्त्री निवास बालुवाटारमै विदेशी गुप्तचर निकायका प्रमुखलाई प्रवेश दिएको, गोप्य छलफल गरेको, राष्ट्रवादी देखिएर भोट पाए पनि अन्ततः आफ्नो असली रूप देखाएको लगायतका आरोप लगाएका छन्।

यसै सन्दर्भमा नेपाल-भारत सम्बन्धका जानकार उद्धव प्याकुरेलसँग नेपाल लाइभका लागि किशोर दहालले कुराकानी गरेका छन्:

Tuesday, October 20, 2020

सरकारप्रति बढेको असन्तुष्टि विस्फोट होला?

किशोर दहाल

मंगलबार, कात्तिक ४, २०७७, ०८:०३

काठमाडौं- आइतबार स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता जागेश्वर गौतमले कोरोना संक्रमितको उपचारबाट सरकार पछि हटेको स्पष्ट पारे।

'आर्थिक रुपले विपन्न, अशक्त तथा असहाय अवस्थामा रहेका नागरिकहरु, असहाय एकल महिला, अति अपांगता भएका नागरिकहरु, ज्येष्ठ नागरिक, अग्रपंक्तिमा खटिने स्वास्थ्यकर्मीहरु, सरसफाइ कर्मचारीहरु, सुरक्षाकर्मीहरु लगायत जोखिम क्षेत्रमा कार्यरत कर्मचारीहरुमा लक्षण वा चिह्न देखिएमा परीक्षण तथा उपचार निशुल्क गरिने छ', गौतमले थपे, 'तर उल्लेखित व्यक्तिहरुले कुनै बिमा कम्पनीबाट कोरोना बिमा गरेको भएमा परीक्षण र उपचार खर्च निजको बिमा रकमबाट बेहोरिने छ। अन्य सबै किसिमका व्यक्तिहरुको कोरोना परीक्षण र उपचार व्यक्तिको आफ्नै खर्चमा गर्ने गराउने निर्णय भएको छ। यो निर्णय आजै २०७७ कात्तिक २ गतेबाट भर्ना तथा परीक्षण हुनेहरुमा सबै किसिमका सरकारी तथा गैरसरकारी अस्पताल तथा प्रयोगशालाहरुमा लागू हुनेछ।'

सरकारको पछिल्लो निर्णय सार्वजनिक भएलगत्तै सामाजिक सञ्जाल तरंगित भयो। त्यहाँ सरकार आफ्नो दायित्वबाट पछि हटेको, सरकारको औचित्य सकिएको, सरकार मृत भएको, देशमा सरकार नभए पनि चल्छ, संविधानको प्रावधान उल्लंघन गरेको, सर्वोच्च अदालतको परमादेशविपरीत गएको लगायतका आरोप लागे। कतिपयले संकटको बेला नागरिकको दायित्वबोध नगर्ने सरकारलाई करचाहिँ किन तिर्ने भन्दै 'कर नतिरौं' भन्ने ह्यासट्याग पनि प्रयोग गरे/ गरिरहेका छन्।

विश्लेषक श्याम श्रेष्ठ सरकारले संविधानमा लेखेको कुराको बोध नगरेको बताउँछन्। ‘अहिले सरकारले जुन ढंगले निर्णय गर्दै गएको छ, उसले लत्तो छाड्दै गएको छ। आफ्नो जिम्मेवारी छाड्दै गएको छ। संविधानमा स्वास्थ्य सरकारको जिम्मेवारी भनिएको छ। त्यसरी लेखेको कुरा त बोध गर्नुपर्‍यो नि’, नेपाल लाइभसँग कुरा गर्दै उनले भने।

सरकारले कोरोनासँग आत्मसमर्पण गर्दै नागरिकले पनि बुझ्ने गरी 'हात उठाएको' थियो, आइतबार। तर कोरोनासँग सरकार हार्दै गएको र नागरिकप्रति पूरा गर्नुपर्ने दायित्वबाट पछि हट्दै गएको भने निकै पहिलादेखि नै हो। सरकारले कोरोना परीक्षण दायरा घटाउँदै, शंका लागे आफैं परीक्षण गर्न भन्दै, घरमै आइसोलेसनमा बस्न भन्दै, बेहोस भएमा वा हुन लागेमा मात्रै अस्पताल जाऊ भन्दै अहिले आफैं उपचार गर भन्ने अवस्थामा आइपुगेको हो। त्यहीमाथि अहिले अस्पतालमा कुनै पनि संक्रमितले 'बेड' पाउन असम्भवप्रायः छ।

सरकारले जसरी हात उठायो, नागरिक आक्रोश पनि उसैगरी उठ्यो। यद्यपि, अहिलेसम्म आक्रोश सामाजिक सञ्जामै सीमित छ।

संघीय प्रणालीप्रति ओलीका अनुदार अभिव्यक्ति निरन्तर, तर सबै मौन

किशोर दहाल

आइतबार, कात्तिक २, २०७७, १६:४०

काठमाडौं- शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री केपी ओली, कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही तथा कर्णालीका नेकपा पदाधिकारीका बीच छलफल थियो।

पार्टीका आन्तरिक विवाद, पार्टी र सरकारको सम्बन्ध, मुख्यमन्त्रीको कार्यशैली, विवादको निष्कर्ष लगायतका विवादमा प्रधानमन्त्रीले बोले नै। त्यसका अतिरिक्त संघ र प्रदेशको सम्बन्धका विषयमा पनि पाठ पढाए।

'म साथीहरुलाई स्पष्ट पार्न चाहन्छु। प्रदेश भनेको कुनै स्वतन्त्र निकाय होइन। केन्द्रकै एउटा युनिट हो', प्रधानमन्त्रीलाई उद्धृत गर्दै छलफलमा सहभागी एक नेताले भने।

ती नेताका अनुसार, महत्त्वपूर्ण निर्णय गर्दा केन्द्रलाई जानकारी नदिने प्रवृत्ति रहेको भन्दै उनले आलोचना पनि गरे।

ओलीको विरासतनजिक को?

किशोर दहाल

शनिबार, कात्तिक १, २०७७, १३:१७

काठमाडाैं- केही नेताहरु हुन्छन्, जसलाई भविष्यका प्रभावशाली पदले पर्खिरहेका छन् जस्ता लाग्छन्। त्यस्तै मध्येका एक थिए, ईश्वर पोखरेल। तत्कालीन एमालेमा उनलाई भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिन्थ्यो।

राजनीतिक यात्रा, पार्टीभित्रका जिम्मेवारीहरु र भूमिका तथा मुख्य नेताको रुपमा बढ्दो स्वीकार्यता; यी सबैमा पोखरेल उत्तीर्ण नै थिए। केपी ओलीको पार्टीमा बढ्दो प्रभाव र बलियो उपस्थितिका बीच पोखरेल पनि सोही समूहका नेता हुनु थप योग्यता भइहाल्यो।

स्वास्थ्य अवस्थाका कारण ओलीले अब लामो समयसम्म आफ्नो समूहको नेतृत्व गरिराख्न सम्भव छैन। त्यसैले उनको विरासत कसले थाम्ने विषयमा बेलाबखतमा चर्चा हुने गर्छ। पार्टीभित्र ओलीले सिर्जना गरेको समूहको स्विकार्य नेता बन्न सक्ने व्यक्ति स्वतः प्रभावशाली नेता बन्ने छ। साथै, त्यस समूहको निरन्तरता पनि सुनिश्चित हुनेछ।

तर ओलीको विरासत कसले थाम्ने? यसका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले पनि बेलाबखत पहल लिएको खबर सार्वजनिक हुने गरेका छन्। त्यसो त राष्ट्रपति नबनेकी भए भण्डारी स्वयंले ओली समूहको नेतृत्व गर्ने सम्भावना थियो। तर, अब उनी पार्श्व खेलाडी हुनसक्छिन् तर खुला नेतृत्व भने असम्भव छ। तर ओली समूहको भावी नेतृत्व खोज्ने र आधिकारिकता दिने सबालमा भने उनको भूमिका पनि निर्णायक हुनेछ।

सम्भावित केही नामहरुको चर्चा हुने गरे पनि स्पष्ट खाका भने अझै तयार भएको छैन। खासगरी केही नेतामाथि ओलीले गरिरहेको असन्तुलित परीक्षणले विरासत थाम्ने नेताको विषयमा अन्याेल देखिएको हो। भावी पार्टी अध्यक्ष र प्रधानमन्त्रीका रुपमा हेरिएका पोखरेलको नाम यहीँ जोडिन्छ। के उनी विद्यमान ओली समूहको सर्वस्वीकार्य नेतृत्व गर्दै चर्चा गरिएका पदमा पुग्न सक्छन्?

केन्द्रले देखायो, प्रदेशले सिक्यो : यी हुन् संसद नै रणभूमि बनेका ५ घटना

किशोर दहाल

सोमबार, असोज १९, २०७७, २०:४६

२०७१ माघ ५ गते संविधानसभामा भएको तोडफोड (बाँयाँतर्फ इन्साइटका दुई तस्बिर)। २०७७ असोज १९ गते प्रदेश ५ प्रदेश सभामा भएको तोडफोड (दायाँतर्फ)।

काठमाडौं- सोमबार प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदहरूले तोडफोड गरे। उनीहरूले सभाका कुर्सी टेबलमा पछारेर माइक तोडेका थिए।

सोमबारै बसेको पहिलो बैठक केही बेर बसेर दिउँसो २ बजेका लागि दोस्रो बैठक बोलाइएको थियो। निर्धारित समयभन्दा केही ढिला सुरु भएको बैठकमा प्रदेशको नाम र स्थायी राजधानीको विषयमा सोमबारको दोस्रो बैठकमा छलफल गर्ने योजना थियो। प्रतिपक्षी कांग्रेसले विरोधका बाबजुद सभामुख पूर्ण घर्तीले सभालाई निरन्तरता दिए।

बैठक चलिरहँदा कांग्रेसका सांसदहरू सभामुखमाथि नै आक्रमणमा उत्रिए। उनीहरूले संसद भवनको कुर्सी र माइक तोडफोड गरे। रणमैदान बनेको प्रदेशसभा केही बेर अवरुद्ध भयो।

संसदमा तोडफोड र मारपिट नेपाली संसदीय इतिहासमा नयाँ घटना भने होइन। संसदीय इतिहासको कालखण्ड ६० वर्षको भए पनि अभ्यास भने सोहीअनुसार भएको छैन। ३० वर्षे पञ्चायती शासन र राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनले संसदीय अभ्यासलाई अविछिन्न रहन दिएन। तर, तोडफोडका अभ्यास भने संसदभित्र पर्याप्तै भइसकेका छन्।