Pages

Friday, August 17, 2018

मप्रति भएको व्यवहार अन्यायपूर्ण हो, प्रतिकार गर्छु : झलनाथ खनाल

अब केपी ओली र माधव नेपालको गुट एउटै
जेठ ८, २०७५| प्रकाशित ०६:०४

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच एकताको घोषणा हुँदै गर्दा एमालेका वरिष्ठ नेता झलनाथ खनाल कतै देखा परेनन्। 'यो दिन पार्टी एकता हुन्छ' भन्ने कुनै जानकारी नपाएका नेता खनाल पार्टी एकीकरणपछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) घोषणाका बेला उपचारका लागि चीनमा थिए। पार्टी एकताप्रति सुरुदेखि नै उत्साहित र सकारात्मक देखिएका नेता खनाल एमालेको दोस्रो बरियताका नेता हुन्। तर, नेकपाले पार्टीको शीर्ष नेताहरु रहनेगरीको सचिवालय गठन गर्दा खनाल तेस्रो बरियतामा पुगे। अर्थात्, दुई अध्यक्षपछिको बरियतामा वरिष्ठ नेताका रुपमा माधवकुमार नेपाललाई राखियो र त्यसपछि मात्र नेता खनाललाई राखियो। खनालले सुरुदेखि नै यो विषयमा असन्तुष्टि जनाउँदै आएका छन्। सोमबार बसेको सचिवालयको पहिलो बैठकमै नेता खनालले आफ्नो असन्तुष्टि जाहेर गरे। साथै, पार्टीको कतिपय सांगठनिक संरचनामा भूमिका नपाएका अन्य नेताबाट पनि असन्तुष्टिका स्वरहरु सुनिन थालेका छन्। उत्साहका साथ दुई कम्युनिस्ट पार्टीबीच भएको एकता लगत्तै देखिएका असन्तुष्टिले नयाँ पार्टीलाई 'पहिलो गाँसमै ढुंगा' त हुने होइन? भन्ने आशंका गर्न थालिएको छ। यिनै सेरोफेरोमा रहेर नेकपाका वरिष्ठ नेता खनालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्:

लामो समयको प्रयासमा एमाले र माओवादी केन्द्रबीच एकता सम्भव भएको छ। यसप्रति तपाईंको समग्र बुझाइ के छ?

यो एकता नेपाली जनताको इच्छा र नेपालको आवश्यकता बमोजिम भएको छ। नेपालको कम्युनिष्ट आन्दोलन र लोकतान्त्रिक आन्दोलनको आवश्यकता अनुसारको कुरा हो। दुवै पार्टीका नेता, कार्यकर्ता तथा शुभेच्छुकहरुले यो एकता प्रक्रियालाई अगाडि बढाउन प्रयत्न गरिरहनुभएको थियो। त्यसको परिणामस्वरुप पनि एकता भयो। यो ऐतिहासिक एकता पनि हो। दूरगामी र निर्णायक महत्त्वको एकता पनि हो। त्यसैले यो एकतालाई अभिनन्दन गर्नुपर्छ। यसलाई सुरक्षित गरेर अघि बढाउनुपर्छ।

स्थानीय सरकार: जनप्रतिनिधि र कर्मचारी रथका दुई पांग्रा– एउटा छ अर्को छैन (भिडियो)

जेठ ७, २०७५| प्रकाशित ०९:०८

काठमाडौं– स्थानीय सरकारले एक वर्ष पूरा गरिसकेको छ। गत वर्ष वैशाख ३१ मा पहिलो चरणमा निर्वाचन भएका स्थानीय सरकारहरुले यो एक वर्षमा उत्साहजनक काम गर्न सकेको भने देखिएन। संघीय संरचना अनुसार जनतासँग प्रत्यक्ष जोडिने सरकारका रुपमा रहेको स्थानीय तहले आफ्नो कामकारबाहीलाई कसरी अगाडि बढाए? के–कस्ता अप्ठ्यारा देखिए? आगामी दिनमा कसरी अगाडि बढ्नुपर्छ? स्थानीय सरकार सञ्चालनमा साधन-स्रोत कसरी जुटाउने? जस्ता प्रश्न उब्जिएका छन्। यिनै विषयमा केन्द्रित रहेर हामीले ‘समय संवाद’मा स्थानीय तह पुनःसंरचना आयोगका अध्यक्ष बालानन्द पौडेल, स्थानीय तहसम्बन्धी विज्ञ कृष्णप्रसाद सापकोटा र गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठसँग नेपाल लाइभका विजय पौडेल, दुर्गा दुलाल र किशोर दहालले संवाद गरेका छन्:

स्थानीय तह पुनःसंरचना आयोगको नेतृत्व गर्नु भयो। आयोग गठन हुँदाको सोच र प्रक्रिया कस्तो थियो?

बालानन्द पौडेलः तत्कालीन समयमा चुनौतीपूर्ण काम थियो। तर, हामीले तत्कालीन समयमा त्यही चुनौतीलाई स्वीकार गर्दै यसको जिम्मेवारी लिएका थियौं। नेपाल एकात्मक राज्यबाट संघात्मकमा जाँदै थियो। राज्य संघ, प्रदेश र स्थानीय तह गरी तीन तहमा विभाजन हुने संविधानमा स्पष्ट उल्लेख थियो। संविधानले दिएका अधिकारहरुमा रहेर आयोगले काम गर्नुपर्ने थियो। यही संविधानले दिएको अधिकारलाई हामीले  अध्ययन गरेर आधार मान्दै स्थानीय तह पुनःसंरचनाको काम थालनी गरेका थियौं।

संविधानले दिएका अधिकारमा आधारित तर जनताको घरदैलोको सरकार बनाउने जिम्मेवारी हाम्रो काँधमा थियो। यो काम सम्पन्न गर्न स्थानीय तहमा सरकार हुनुपर्छ भन्ने पुनःसंरचनाको उद्देश्य थियो। हामीले काम गर्दा संविधानले तोकेको अनुसूची ८ र ९ हेरेर गरेका थियौं। अनुसूची ९ तीन तहको साझा अधिकारको सूची हो।

अनुसूची ८ र ९ का आधारमा रहेर नै हामीले छलफल गरेका थियौं।  छलफलका क्रममा दलका नेता, विज्ञ, मन्त्रिपरिषद् र सांसदहरुसँग राय लिएका थियौं। मौलिक हक र अन्तर्राष्ट्रिय सन्धि सम्झौताको सिद्धान्तका आधारमा स्थानीय सरकारलाई आइपर्ने  दायित्वबारे पनि पुनःसंरचनामा ख्याल गरेका थियौं।

स्थानीय सरकारमा धेरै अधिकार छन्। कार्यकारी र न्यायिक अधिकारहरु तल्लो तहमा पहिलो पटक पुग्न लागेकाले त्यसलाई पनि आधार मानिएको थियो। क्षेत्र विभाजन गर्दा हामीले जनसंख्या र भुगोललाई मुख्य आधार मानेर यसको काम थालनी गरेका थियौं। ४ सय र ५ सय स्थानीय सरकार हुनुपर्ने हाम्रो प्रारम्भिक निष्कर्ष थियो। तर, हामीले राजनीतिक तहमा यसलाई बुझाउन सकेनौं, संख्यामा वृद्धि हुन गयो।

५४ जिल्लामा काम सकिँदा सरकारले मापदण्ड परिर्वतन गर्‍यो। फेरि त्यसलाई पुनरावलोकन गर्दै ७ सय ५३ स्थानीय सरकारको संरचना निर्माण भयो। भूगोल, जनसंख्या, प्राकृतिक स्रोत–साधन र सम्भाव्यता समेत हेरेर यो संख्या निर्धारण गरिएको हो।

'न एकता न अलग-अलगको अवस्थाले सरकार सञ्चालनमा संक्रमण' : ऊर्जामन्त्री वर्षमान पुन [भिडियो]

एकताको नजिकै पुग्दै गर्दा सानोतिनो विषय पनि संवेदनशील भइदिन्छ

बैशाख ३१, २०७५| प्रकाशित ०६:०५

काठमाडौं- नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता लम्बिँदै गर्दा दुवै पार्टीबीच दूरी बढ्दै गएको हो कि भन्ने आशंका उब्जिन थालेको छ। पार्टी एकतामा अलमल देखिएसँगै गठबन्धन सरकारमा पनि खटपट सुरु भएका समाचारहरु आउन थालेका छन्। पछिल्लो चरण, प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्याश गर्दा त्यहाँ ऊर्जामन्त्री वर्षमान पुनलाई नै नबोलाइएको भन्ने घटनाले आशंकालाई थप मजबुत बनाएको छ।

यस्तै, सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा एमालेले सहयात्री दल माओवादी केन्द्रलाई बेवास्ता गरेको भन्ने गुनासा पनि आइरहेकै छन्। गठबन्धन सरकार सञ्चालनमा के-कस्ता अप्ठ्यारा देखिएका छन्? पार्टी एकतामा किन कठिनाइ र ढिलाइ? भनेर हामीले माओवादी केन्द्रका नेता एवं ऊर्जामन्त्री वर्षमान पुनलाई सोधेका छौं। नेपाल लाइभका जनक पौड्याल र किशोर दहालले ऊर्जामन्त्री पुनसँग गरेको अन्तर्वार्ताः



सरकार गठन भएको तीन महिना भयो। यो बीचमा सरकारको कामलाई कसरी हेरिरहनुभएको छ? जनताको तीव्र अपेक्षालाई सम्बोधन गर्नेतिर नै गइरहेको छ?

प्रधानमन्त्री आउनुभएको तीन महिना पुग्यो। हामी आएको दुई महिना भयो। अहिले मोटामोटी रुपमा भन्दा सरकार ठीकै दिशातिर गइरहेको छ। अब सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनताको आशा र आकांक्षाहरु व्यक्त हुन्छन्। त्यसले यो सरकार काम गर्ने सरकार हो भन्ने विश्वास जगाउँछौं।

तर, नीति तथा कार्यक्रम र बजेट निर्माणमा माओवादी केन्द्रलाई बाहिर राखियो भन्ने गुनासो सुनिन थालेको छ। त्यस्तै हो?

अध्यक्षहरुको तहमा छलफल चलिरहेको छ। हामीले यसमा दुवै पार्टीका विज्ञसँग छलफल गरेर धारणा बनाउने काम भइरहेको छ। मन्त्रीहरुका तर्फबाट पनि यस विषयमा तयारी गरिरहेका छौं। संघीयतालाई सुदृढ गर्ने, राजनीतिक परिवर्तनलाई सुदृढ गर्ने, समाजवादतिर जाने गरेर नीति तथा कार्यक्रम र बजेट आउँछ। अबको बजेटले जनतामा आशा जगाउँछ।

भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणलाई कसरी बुझ्ने? (भिडियो)

● भ्रमण स्वभाविक ● अतिथिलाई सत्कार गरौं ● अभिनन्दन अनावश्यक
बैशाख २७, २०७५| प्रकाशित १९:०७

काठमाडौं- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको दुई दिने राजकीय भ्रमण शुक्रबार जनकपुरबाट सुरु गर्दैछन्। भारतीय प्रधानमन्त्री मोदीलाई जनकपुरधाम, मुक्तिनाथ र काठमाडौंमा नागरिक अभिनन्दनको कार्यक्रम पनि राखिएको छ। विगतमा नाकाबन्दी लगाउनेजस्तो अमानवीय कार्य गरेको भन्दै भारतीय प्रधामनमन्त्री मोदीको अभिनन्दनको विषयलाई लिएर विरोधका स्वरहरु उठिरहेका छन्। नेपाल लाइभको 'समय सम्वाद'मा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणको अर्थ र नेपाल-भारत सम्बन्धका विषयमा परराष्ट्र सम्बन्धी जानकार उद्धव प्याकुरेल, कूटनीतिक मामिलाका लेखक एवं पत्रकार गोपाल खनाल र राष्ट्रिय जनता पार्टीका महासचिव केशव झासँग विजय पौडेल, जनक पौड्याल र किशोर दहालले सम्वाद गरेका छन् :


भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको यो भ्रमणको पृष्ठभूमि के हो? कुनै समय त्यही भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल आएका थिएनन्, अहिले ४ वर्षभित्रै एउटै प्रधामन्त्री तीन-तीन पटक आउँदैछन्। यसलाई कसरी बुझ्ने?

गोपाल खनाल– कूटनीतिमा यस्ता उच्च तहको भ्रमण हुनु स्वभाविक हो। नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले भारत भ्रमणका बेलामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणका लागि आग्रह गर्नुभयो। उहाँले नेपाल भ्रमण गर्ने र भ्रमण मिति भने आपसी समझदारीमा कूटनीतिक च्यानलबाट तय गर्ने जवाफ आयो। पछि दुवै पक्षको सहमतिमा यो भ्रमण मिति तय भयो।

कुनै समयमा भारतका प्रधानमन्त्री १७ वर्षसम्म नेपाल भ्रमणमा आएनन्। अहिले एकजना प्रधानमन्त्री नै तीनपटक आउनु नराम्रो हो र? संविधान जारी भइसकेपछि नेपाल-भारतको सम्बन्धमा केही उतारचढाव आएको थियो। तर, त्यो अहिले सामान्य अवस्थामा फर्किरहेको छ। त्यतिमात्रै होइन, सम्बन्ध अझै अगाडि बढेर नयाँ ठाउँमा पुगेको छ। त्यसको एउटा मूर्तरुपमा पनि यो भ्रमणलाई बुझौं। त्यसरी हेरियो भने यो भ्रमण स्वभाविक लाग्छ।

त्यस्तै, नरेन्द्र मोदीले सुरुदेखि नै मुक्तिनाथ र जनकपुरको भ्रमण गर्न खोज्नुभएको थियो। तर पूरा हुन सकेको थिएन। त्यो भ्रमणलाई पूरा गर्न हाम्रा प्रधानमन्त्रीले प्रस्ताव राख्नुभयो। त्यसलाई उहाँले स्वीकार गर्नुभयो। जुन स्वभाविक पनि हो। त्यसैले यसमा धेरै कुरा खोज्नुपर्छ भन्ने मलाई लाग्दैन।

अब कसरी अघि बढ्नेछ कांग्रेस? के भन्छन् युवा नेता? : विश्वप्रकाश शर्मा, गगन थापा र कल्याण गुरुङका तर्क

बैशाख २०, २०७५| प्रकाशित २०:१७

काठमाडौं- चुनावी पराजयको समीक्षा र पार्टीको आगामी रणनीति तय गर्ने भन्दै बसेको नेपाली कांग्रेसको बैठक केही दिनअघि सकिएको छ। ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा केन्द्रीय सदस्यहरुले आ-आफ्ना धारणा राखेका थिए। केही गरमागरम बहस, केही आलोचना र संवादका बीच केन्द्रीय कार्यसमिति अन्ततः सर्वसम्मत निर्णयमा पुग्यो। वरिष्ठ नेता रामचन्द्र पौडेलले निर्णय सर्वसम्मत भए पनि आफ्ना असन्तुष्टि पत्रकारमाझ राखे। कांग्रेस केन्द्रीय कार्यसमिति बैठकको सेरोफेरोमा कुरा गर्न नेपाल लाइभको 'समय संवाद'मा हामीले निम्त्याएका छौं प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्य गगन थापा र कल्याण गुरुङ। संवादमा सहभागी छन् नेपाल लाइभका सम्पादक विजय पौडेल, समाचार सम्पादक जनक पौड्याल र वरिष्ठ सम्वाददाता किशोर दहाल:

नेपाल लाइभः मेरो प्रश्न विश्वप्रकाशजीलाई, निर्वाचनमा पराजयको समीक्षा र आगामी रणनीति तय गर्न भन्दै ३८ दिन लगाएर बसेको १४ वटा बैठकमा के-के समीक्षा भयो?

विश्वप्रकाश शर्माः नेपाली कांग्रेसको यो केन्द्रीय कार्यसमिति बैठक लामो हुनु विल्कुल स्वभाविक थियो। बाहिर लामो बैठक भनेर प्रचारित भयो। तर, जुन विषयमा बैठक बसेको थियो, त्यो नै लामो कालखण्डको समीक्षाको विषय थियो। त्यस हिसाबले भन्दा यसका लागि थप पर्याप्त समय जरुरी थियो भन्ने मलाई लाग्छ। एउटा राजनीतिक दल जो ६८/७० वर्षको हुन्छ, उसले स्थापना कालमा देखेको जुन राजनीतिक संरचनाको सपना हो त्यो सपना पूरा भएको अवस्था मुलुकमा छ।

तर, आफ्नै नायकत्वमा निर्माण भएको संविधान र आफ्नै नायकत्वमा कार्यान्वयन गर्न सफलता प्राप्त गरेको दलले निर्वाचनको परिणामचाहिँ आफ्नो अनुकूल बनाउन किन सक्दैन? किन सकेन? कारण के हो? भन्ने सन्दर्भमा छलफल हुँदै गर्दा त्यसले लामो समय लिने कुरा स्वभाविक थियो। बैठकले नेपाली कांग्रेसलाई अगाडि जानका लागि केही सहज मार्ग बनाएको छ। बैठक नबस्दा बैठकसम्म बस्न सकेन भन्ने अभिव्यक्ति आउने र बैठकमा उठेका, छलफल भएका कुरालाई आरोप–प्रत्यारोप भन्ने कुरा राजनीतिमा सामान्य हो। यो बैठक समग्रमा नेपाली कांग्रेसको विगतको समीक्षा र आगतको यात्राको कोसेढुंगा बन्न सक्यो कि सकेन भन्दा, सक्यो। तर, यसले गतिलो साँघु वा पुल निर्माण गर्‍योभन्दा त्यो चाहिँ अपर्याप्त छ।

'काठमाडौंको प्रदूषण हटाउन एक वर्ष अभियान चलाउँछौं' : शक्तिबहादुर बस्नेत, वन तथा वातावरणमन्त्री

बैशाख २, २०७५| प्रकाशित १५:५४

अन्य मन्त्रालयको तुलनामा वन तथा वातावरण मन्त्रालयको खासै चर्चा हुँदैन। तर गृह मन्त्रालय सम्हालिसकेका माओवादी केन्द्रका नेता शक्तिबहादुर बस्नेत यसपटक अरुबेला खासै चर्चामा नरहने मन्त्रालयको नेतृत्व गर्न आइपुगेका छन्।

बस्नेत एमाले र माओवादीबीच पार्टी एकता प्रक्रियाका लागि वैचारिक दस्तावेज निर्माण सम्बन्धी कार्यदलका सदस्य पनि हुन्।

नयाँ मन्त्रीसँग वन र वातावरणका क्षेत्रमा केकस्ता योजना छन्? वातावरण प्रदूषणले आक्रान्त जनतालाई राहत दिने कस्ता भिजन छन्? पार्टी एकता प्रक्रियामा अवरोध आएको हल्ला सत्य हो? यिनै विषयमा नेपाल लाइभले मन्त्री बस्नेतसँग केही प्रश्न गरेको छ।

काठमाडौंको प्रदूषणलाई हटाउन तपाईंसँग कस्ता योजनाहरु छन्?
हाम्रो वातावरणको एजेन्डा जलवायु परिवर्तनतर्फ बढी केन्द्रित भयो। पछिल्ला दिनमा जलवायु परिवर्तनको क्षेत्रमा हाम्रा केही राष्ट्रिय दायित्वहरु छन्। राष्ट्रिय रुपमा पारिरहेका प्रभावका विषयमा पनि सजग रहँदै हामीले अन्तर्राष्ट्रिय जगत्‌मा जलवायु परिवर्तनसँग सम्बन्धित सन्धि-सम्झौतामा पक्ष राष्ट्रका रुपमा गरेका प्रतिबद्धतालाई समेत ध्यान दिँदै एकीकृत राष्ट्रिय कार्ययोजना निर्माण गर्ने पक्षमा हामी छौं। त्यस सँगसँगै हामीसँग वायु प्रदूषण, फोहोरमैला व्यवस्थापन लगायत केही राष्ट्रिय एजेन्डा पनि छन्। यसलाई हामीले ध्यानमा राखिरहेका छौं।

२०७५ मा प्रदूषणरहित वातावरण निर्माण गर्ने, स्वच्छ नेपाल निर्माण गर्ने एउटा वार्षिक कार्यक्रमसहित हामी अगाडि बढ्न खोजिरहेका छौं। हामी निर्माणको चरणमा छौं। त्यो योजना लागू भएपछि अर्को नयाँ वर्षसम्ममा अहिले हामीले वातावरण प्रदूषणका जे एजेन्डामाथि छलफल गरिरहेका छौं, त्यो पुरानो भइसकेको हुनेछ।

भारतले विगतका घटनाक्रमबाट पाठ सिकेको देखिन्छ : परराष्ट्रमन्त्री ज्ञवाली

चैत २६, २०७४| प्रकाशित २२:०८

काठमाडौं- 'भारतसँग नयाँ सम्झौताको चाङ नलगाउने बरु प्रगति विवरण खोज्ने' बाचा गरेर भारतको तीन दिने राजकीय भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आइतबार भ्रमण पूरा गरी स्वेदश फर्किएका छन्। भ्रमणका क्रममा भारतसँग रेल, जलमार्ग र कृषिका क्षेत्रमा सम्झौताहरु भएका छन्। प्रधानमन्त्रीले विमानस्थलमा दिएको प्रतिक्रिया अनुसार यो भ्रमणले नेपाल–भारत बीच विश्वासमा अभिवृद्धि भएको छ।

नेपाल लाइभले प्रधानमन्त्रीको भारत भ्रमणको विषयमा भ्रमण दलमै रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँग जिज्ञासा राखेको छ– नेपाल–भारतबीचका सहमति कार्यान्वयनमा प्रगति विवरण कस्तो देखियो? विगतको नाकाबन्दीबारे भारतले प्रायश्चित गरेको हो? प्रधानमन्त्रीले 'अब नेपाल-भारत सम्बन्धमा तस्बिर आफैं बोल्नेछ' भनी गरेको संकेत कहिलेदेखि व्यवहारमा देखिएला? चिनियाँ र भारतीय रेलको चेपुवामा नेपाल पर्छ कि पर्दैन?

नेपाल लाइभका लागि जनक पौड्याल र किशोर दहालले मन्त्री ज्ञवालीसँग गरेको कुराकानीको सम्पादित अंशः

भारत भ्रमणमा जानुअघि संसद्‌मा विशेष सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भन्नुभएको थियो– सम्झौताहरुको चाङ लगाउनेभन्दा पनि पुरानाको प्रगति विवरण खोज्नेछु। प्रगति विवरण कस्तो रहेछ?

नेपाल-भारत सम्बन्धमा देखिएको एउटा समस्या के हो भने, हामीसँग धेरै प्रतिबद्धता, सहमति र सम्झौता भएका छन्। तर, कार्यान्वयनमा केही खाडल देखिएका छन्। प्रतिबद्धता र कार्यान्वयनका बीचमा रहेको खाडलले कतिपय समस्या, भ्रम र अन्योलहरु सिर्जना गरेको छ। यसले नेपाल-भारत सम्बन्धलाई बलियो बनाउनबाट रोकिरहेको छ। त्यसैले यसपटक हाम्रो प्रधानमन्त्रीले दुई पक्षीय वार्तामा स्पष्ट रुपमा 'पेन्डिङ'मा रहेका मुद्दाबारे कुरा राख्नुभएको छ। चर्चामा रहेका पञ्चेश्वरदेखि पुलिस एकेडेमीसम्मका कुरामा समयबद्ध कार्यान्वयन खोजौं, कार्यान्वयन गर्न सकिँदैन भने त्यसलाई अन्त्य गरौं, केही फरक पर्दैन भनिएको छ। 'जति गर्ने हो, ती गरौं' भनेर नेपालका तर्फबाट प्रस्टसँग कुरा राखिएको छ।

कतिपय साना विषयसमेत वर्षौंदेखि अल्झिएका छन्। महाकाली सन्धि हुँदाखेरिका एकदमै स–साना पूर्वाधारका कामहरु समेत रोकिएका छन्। ती विषयहरु सुनेपछि भारतीय नेतृत्व निकै गम्भीर भएको छ। उहाँहरुका तर्फबाट केही विषय तुरुन्तै कार्यान्वयनमा जानेगरी निर्देशन दिइने, केही विषय दुई पक्षीय संयन्त्रहरु मार्फत समाधान खोजिने, केही विषय छलफल गरेर अगाडि बढ्ने गरी हामीले उठाएका प्रायः सबै सरोकारलाई उहाँहरुले गम्भीरतापूर्वक लिनुभएको छ। सकारात्मक जवाफ दिनुभएको छ। हामीलाई आशा छ, प्रतिबद्धता र कार्यान्वयनको बीचको खाडल अबका दिनमा पुरिँदै जानेछ।

प्रधानमन्त्री ओलीले भारतलाई भन्न सक्नुपर्छ- गर्छु भनेका काम गर्दैनौ भने हात झिक

चैत २२, २०७४| प्रकाशित १७:३९

काठमाडौं- प्रधानमन्त्रीमा नियुक्त भएको २ महिना नपुग्दै प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार भारतको राजकीय भ्रमणमा जाँदैछन्। यो भ्रमणमा कुनै सन्धि-सम्झौतालाई प्राथमिकता राख्ने भन्दा पनि पुराना सम्झौताको प्रगति विवरण खोज्ने भनेर उनले संसद्‌मार्फत जानकारी दिएका छन्।

कुनै खासै सन्दर्भबिना भारत भ्रमणमा जानुको औचित्य के हुन सक्छ, त्यहाँ उनले कस्ता मुद्दालाई उठाउन सक्छन् र सम्झौता भएर पनि पूरा हुन नसकेका कामहरुमा कसरी नेपाली हित सुनिश्चित गर्न सक्छन्? यस्ता जिज्ञासा धेरैमा छ। प्रधानमन्त्री ओलीको भारत भ्रमणको सेरोफेरोमा परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानकी उप-कार्यकारी निर्देशक तथा परराष्ट्रविद् डा इन्द्र अधिकारीसँग नेपाल लाइभका लागि जनक पौड्याल र किशोर दहालले कुराकानी गरेका छन्ः



हाम्रा प्रायः प्रधानमन्त्रीको पहिलो भ्रमण भारत हुनेगर्छ, प्रधानमन्त्री केपी शर्मा ओलीको पनि पहिलो भ्रमण भारत नै हुँदैछ। यसले केही संकेत गर्छ?

यसले दुईवटा कुरा संकेत गर्छ। हाम्रो देशको जुन अवस्थिति छ। त्यो सँगसँगै परिस्थिति पनि छ। यी दुवै कुरामा हामी भारतसँग सामीप्य र निर्भर छौं। हामीले आफ्नो राष्ट्रिय हितलाई केन्द्रमा राख्दा, हाम्रो विगतको अनुभव र परिर्वतित सन्दर्भलाई विचार गरेर हिजोभन्दा फरक ढंगले जाऊँ भन्नुपर्ने अवस्था छ। धेरै विषयले हामीलाई यो कुराको महसुस गराएको छ। वास्तविकताको धरातललाई कसैले पनि फड्केर जाने अवस्था नभएकाले तत्काल त्यो सम्भव छैन। त्यसैले परराष्ट्र नीतिका हिसाबले हेर्दा भारत हाम्रो केन्द्रमा छ। भौगोलिक हिसाबले पनि भारतसँग हाम्रो सम्बन्ध बढी छ।

उच्च हिमालय सिमाना भएको, जनस्तरमा सम्बन्ध नभएको, राजनीतिक तहमा पनि राज्यसँग औपचारिक सम्बन्ध मात्र हुने गरेको चीनसँग हामीले त्यही हैसियतको सम्बन्ध बनाउन सकेका छैनौं। आवत-जावतलाई मात्रै हेर्ने हो भने पनि त्यो महसुस हुन्छ। भारतसँग तीनतिरबाट सिमाना जोडिएका छौं, सीमानामा प्रसस्त नाका छन् र ती सबैमा सहज पहुँच छ। विकासदेखि सामाजिक दृष्टिले समेत हामी भारतसँग बढी घुलमिल भएका छौं। खुला सिमानाले गर्दा आवतजावत, व्यापार व्यवसाय पनि सहज छ। त्यसैले भारतसँग सम्बन्ध सौहार्द, सुमधुर र मजबुत हुँदाखेरि जुनखालको फाइदा नेपाल र नेपालीले पाउँछन्, बिग्रँदा नहुन सक्छ।

विकास र सम्बृद्धिलाई मुख्य मुद्दा बनाएर अघि बढ्दै गर्दा भारतसँग सम्बन्ध राम्रो बनाएर, विश्वासको वातावरण बनाएर जाँदा नै त्यसको प्राप्ति सहज र सम्भव हुन्छ। त्यसैले आदर्शवादी भएर सोच्दाखेरि भविष्यमा यस्तो भइदियोस् भन्ने हुन्छ, तर धरातलीय यथार्थलाई हामीले आत्मासात् गरेरै अगाडि बढ्नपर्ने हुन्छ। मुलुकको कार्यकारीको हैसियतले सम्पूर्ण जिम्मेवारी पूरा गर्ने क्रममा प्रधानमन्त्रीले व्यावहारिक बाटो समात्नुपर्छ। त्यसैले पनि प्रधानमन्त्रीले भारतसँगको सम्बन्ध मजबुत बनाउन, उसलाई विश्वासमा लिन पनि पहिला भारत जाने गर्छन्।

मन्त्री छनोटमा प्रधानमन्त्री गुटबाट प्रभावित हुनुभयो : योगेश भट्टराई

चैत १३, २०७४| प्रकाशित १८:२९


काठमाडौं– नयाँ सरकारमा मन्त्री बन्नेको जत्ति चर्चा छ, एमाले सचिव योगेश भट्टराईको पनि उत्तिकै चर्चा छ, मन्त्री नबनेकामा । एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन ताका ताप्लेजुङ पुगेर भाषण गरे, ‘तपाईंहरु योगेश भट्टराईलाई जिताएर पठाउनोस्, म मन्त्रीको बिल्ला भिडाएर पठाउँछु।’ ताप्लेजुङका जनताले भट्टराईलाई जिताएर पठाए तर प्रधानमन्त्री ओलीले भट्टराईलाई मन्त्री बनाएर पठाउन सकेनन्। वर्तमान सरकार किस्ताबन्दीमा विस्तार हुँदै गर्दा नेता भट्टराईको नाम अबको पालोमा त मन्त्रीमा आउला कि भन्ने चर्चा भइरहे। अन्ततः उनी यो सरकारमा अँटाएनन्।

अडान भएका नेताको परिचय बनाएका ओलीले भट्टराईलाई मन्त्री बनाउने बाचा पूरा गरेनन्। एमालेको पदाधिकारी र स्थायी कमिटिमा भट्टराई मात्र एक्ला नेता हुन् जसले अहिलेसम्म ‘लाभको पद’ पाएका छैनन्।

पार्टीका निर्णय प्रक्रियामा नेतृत्वविरुद्ध फरक मत राखेकै कारण उनलाई मन्त्री नबनाएको चर्चा स्वयं पार्टीभित्रै हुने गरेको छ।

यस विषयमा नेता भट्टराई के भन्छन्? एमालेको आन्तरिक पार्टी सञ्चालनमा किन उनी बारम्बार प्रश्न उठाइरहन्छन्? यिनै विषयमा एमाले प्रचार विभाग प्रमुख समेत रहेका नेता योगेश भट्टराईसँग नेपाल लाइभका संवाददाता किशोर दहाल र हिमविक्रम केसीले गरेको कुराकानीः



नयाँ सरकारमा प्रधानमन्त्री केपी शर्मा ओलीले तपाईंलाई मन्त्री नबनाएको विषय चर्चामा छ, किन तपाईं मन्त्रीको लिस्टमा पर्नु भएन?

यो सामान्य कुरा हो। संविधान अनुसार प्रधानमन्त्रीले मन्त्री नियुक्त गर्ने हो। उहाँको सिफारिसमा राष्ट्रपतिले सपथ खुवाउने हो। उहाँले आफूलाई काम गर्न सजिलो टिम बनाउने हो। आत्मविश्वास भएका साथीलाई टिममा समावेश गर्ने हो।

अब निर्वाचनका बेला मेरो जिल्लामा उहाँले बोलेको हुनाले मानिसले सामान्य अपेक्षा गरेका हुन्। केपी ओली जत्तिको नेताले बोलेपछि, उहाँ आफ्नो अडानमा कायम रहनुहोला भन्ने मानिसको बुझाइ हो।

काम गर्दै जाने क्रममा कहिलेकाहीँ परिस्थिति अनुकूल नहुन सक्छ। उहाँलाई अप्ठ्यारो भएको होला। त्यस कारण बनाउनु भएन। यो विषयलाई मैले यत्ति नै अर्थमा बुझेको छु।

पार्टीको पदाधिकारी र स्थायी कमिटिका सबै ‘लाभको पद’मा पुगिसकेका छन्, तपाईंले त्यस्तो जिम्मेवारी पाउनु भएको छैन। पार्टीभित्रै अन्यायमा परियो कि जस्तो लाग्दैन?

पार्टीभित्र न्याय, अन्याय हुन्छ। मैले देखेकै छु। मेरै आँखाअगाडि कति मान्छेलाई न्याय भएको छ, कतिलाई अन्याय भएको छ। राजनीतिक संस्था भनेको यस्तै हो।

कहिले कसैलाई पुरस्कृत गर्ने, कसैलाई दण्डित गर्ने। यो राजनीतिक चक्र हो। यो चक्रलाई बुझेरै म राजनीतीमा लागेको छु भने यसबाट म निरास हुनुपर्ने कारण छैन।

म पहिलो पटक संसदीय राजनीतिमा प्रवेश गरेको छु। मैले सिक्नुपर्ने धेरै छ। संसदीय भाषा र लवज नै मैलै सिक्नुपर्नेछ। संसद् मेरो नयाँ पाठशाला हो। दुई–चार बैठकमा भाग लिएँ। त्यो हेर्दैछु, बुझ्दैछु, सिक्दैछु।

स्वास्थ्यले साथ दिए अझै २० वर्ष सक्रिय राजनीति गर्छु। त्यसबेलासम्म निरन्तर पार्टीको पक्षमा, नेपाल राष्ट्र र जनताको पक्षमा, पार्टी निर्माणको पक्षमा लागिरहेको हुन्छु।
त्यस क्रममा राज्य सञ्चालनका मोर्चाहरुमा कुनै न कुनै बेला मेरो अवसर आउन सक्छ।

तपाईं पार्टीभित्र गुटबन्दीको सिकार बन्नु भयो भन्ने चर्चा पनि हुनेगर्छ, यस विषयमा तपाईंको टिप्पणी?

पार्टीको महाधिवेशन र त्यसपछि पनि कतिपय सन्दर्भमा विचारमा केही विविधता, बेमेलहरु छन्। त्यस अर्थमा हाम्रो पार्टीभित्र विचार समूह छ। महाधिवेशनमा हामी माधव नेपाल र केपी शर्मा ओली समूहमा प्यानल नै बनाएर लड्यौं। घोषित रुपमै हामी चुनाव लड्यौं। हिजो हामी घोषित ढंगले लड्यौं, आज चुनावपछिको परिणाममा त्यसको असर देखियो भनेर छटपटिनुपर्ने कारण छैन। गुटबन्दी हो भन्नुपर्ने कुनै कारण छैन। हिजो एकअर्कालाई पराजित गर्न लडेकैं हौं नि।

प्रधानमन्त्रीले त्यो मनसायले मलाई टिममा नराख्नु भएको हो भने मलाई कुनै अपात्ति छैन।

तर, कम्युनिष्ट पार्टी कुन प्रणालीबाट चल्ने भन्ने हो। संसदीय प्रणाली भनेको पहिलो हुनेले जित्ने प्रणाली हो। पहिलो हुनेले जित्छ, हार्ने मान्छेलाई जित्ने मान्छे सरह ठाउँ देऊ भन्न मिल्दैन।
पार्टीभित्रको प्रतिस्पर्धालाई त्यही ठान्ने कि नठान्ने? यही बहस पार्टी सञ्चालनमा पनि छ।

संसदीय प्रणालीमा प्रतिपक्षी दलको नेतालाई पनि राज्यको कुनै न कुनै निकायमा प्रतिनिधित्व गराइएको हुन्छ। संवैधानिक परिषद्‌मा प्रतिपक्षी दलको नेता सदस्य हुन्छ। त्यसको अर्थ प्रतिपक्षी दल पनि कुनै न कुनै हिसाबले राज्यको अंग हो भन्ने स्थापित गरेको हो।

संसद्‌मा प्रतिपक्षी दल भएन भने संसद् चल्दैन। संसद्‌मा उसको उपस्थिति अनिवार्य छ। कतिपय संवैधानिक निकायमा उसको उपस्थिति अनिवार्य छ।

त्यस्तै, नियन्त्रणको सन्तुलनको सिद्धान्त अनुसार सामान्यतया संसद्को लेखा समिति प्रतिपक्षीलाई दिने चलन छ। किन त भन्दा, प्रतिपक्ष पनि अभिन्न अंग हो। उसलाई अस्वीकार गरेर जान सकिन्न भन्ने हो।

पार्टीभित्र समेत विचारमा विविधता छ, सोचाइमा विविधता छ। विविधता अनुसार कहिले को संस्थापन पक्ष बन्छ, कहिले को बन्छ।

जो संस्थापन पक्ष बन्छ त्यसले अर्को पक्षलाई पार्टी निर्माणमा, सञ्चालनमा समावेश गरेर लाने कि नलाने? उसलाई सहभागी गराउने कि नगराउने?

यी केही सैद्धान्ति प्रश्नको हल हामीले खोज्नुपर्छ। प्रश्नको हल नखोजेर टालटुले ढंगले कसैलाई मन्त्री बनाएर, कसैलाई राजनीतिक नियुक्ति दिएर पार्टीभित्रको फरक मत र मान्यतालाई सुम्सुयाउन सकिन्छ भनेर कसैले ठानेको छ भने, त्यो हुँदैन। पार्टी सञ्चालनको वृहत्तर कोर्समा यो प्रसंगलाई हेर्नुपर्छ।



स्पष्ट भन्नुपर्दा, मन्त्रिपरिषद् विस्तारमा गुटबन्दीको सिकार भएँ भन्ने लाग्छ?

प्रधानमन्त्रीलाई मेरो त्यो आरोप त छैन। तर, मन्त्री छनोटमा कहीँ न कहीँ त्यसबाट प्रभावित भएर काम गर्नुभएको छ।

मन्त्रिपरिषद् विस्तारअघि प्रधानमन्त्री ओलीनिकट मानिने नेतासँग तपाईंको सामाजिक सञ्जालमा विवाद देखियो, तपाईंलाई त्यसको असर पर्‍यो भन्ने चर्चा पार्टीभित्र र बाहिर छ नि?

प्रधानमन्त्रीसमक्ष मलाई मन्त्री नबनाउन कतिपय साथीले भने होलान्। अरुको हकमा मन्त्री बनाऊ भनेर डेलिगेसन जान्छ, मेरो हकमा नबनाऊ भनेर डेलिगेसन गयो होला।

यद्यपि, प्रधानमन्त्री ओली लामो राजनीतिक इतिहास बोकेका मानिस हुनुहुन्छ। धेरै दुःख, कष्ट सहेर आउनु भएको छ। १४ वर्ष जेल बसेको तपस्वी हो उहाँ। तपस्वीले त्यत्ति नै कुराको भरमा मात्र मन्त्री नबनाउनु भएको होला भन्ने लाग्दैन। संविधानले २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाउने भएकाले म नअटाएको हुन सक्छु।

पछिल्लो समय, राष्ट्रपति निर्वाचन होस् वा अन्य कुनै पनि निर्णय प्रक्रियामा तपाईंले पार्टीभित्र फरक विचार राख्दै आउनु भएको छ, त्यसको जतिजा त होइन?

पार्टीभित्र सहमत, असहमत हुन सकिन्छ। राष्ट्रपतिको सन्दर्भमा विद्या भण्डारी जानु हुँदैन, जानुपर्छ भन्ने हाम्रो बहस होइन । निर्णय प्रक्रियाको विषयमा कुरा उठाएकै हो।

पार्टी एकताको कुरा चलिरहेको छ, जो निकै राम्रो छ। पार्टीभित्र हामीले माओवादीसँग सहकार्यमा जोड दिँदै आएका थियौं। त्यसैले हामीलाई एमालेभित्रका माओवादी भनेर आरोप लागाउने काम समेत भयो। आज हाम्रो सिंगो नेतृत्वको टिम माओवादीसँग एकताको चरणमा आइपुगेको छ।

यसबीचमा स्थानीय, प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भएको छ, चुनावी परिणाम आएको छ, नयाँ सरकार बनिरहेको छ, विभिन्न राजकीय पदमा निर्वाचन भएको छ, अन्तर्राष्ट्रिय जगत्मा यति धेरै उतारचढाव आएका छन्। तर, यसबीचमा हाम्रो पार्टीको केन्द्रीय कमिटि बैठक एक पटक समेत बस्न सकेन।

यसैबीचमा केन्द्रीय कमिटिको बैठक बस्नुपर्थ्यो। कम्तिमा एमाले र माओवादीबीचको पार्टी एकताको कागज त केन्द्रीय कमिटिबाट अनुमोदन हुन पर्‍यो नि।

केन्द्रीय कमिटि नै दुईवटा महाधिवेशनबीचको सबै भन्दा अधिकार सम्पन्न, सर्वोच्च तह हो। पार्टीभित्र यस्ता संस्थालाई स्थापित गर्ने कुरामा जति प्रजातानित्रक ढंगले जानुपर्थ्यो, त्यति भएको छैन। यी प्रश्न हामीले उठाइरहेका छौं। मन्त्री बनाए नि उठाइन्थ्यो, नबनाए नि उठाइन्छ।

यसले कुनै नेतासँग नजिक बनाउने, कुनैसँग टाढा बनाउने अवस्था सिर्जना भए पनि मलाई व्यक्तिगत रुपमा आपत्ति छैन।

भनेपछि पार्टीको नेतृत्वमा केपी शर्मा ओली आइसकेपछि पार्टीभित्रको आन्तरिक लोकतन्त्र कमजोर भयो भन्नु भएको हो?

आजको समकालीन पार्टीहरुमा एमाले नै सबैभन्दा व्यवस्थित पार्टी हो। सबैभन्दा प्रजातान्त्रिक पार्टी हो। यसको आन्तरिक जीवनमा समेत हामीले त्यत्तिकै प्रजातान्त्रिक अभ्यास गर्दै आएका छौं। तल्लो कमिटिसम्म नेतृत्व निर्वाचन गरेका छौं, प्रतिस्पर्धा गरेका छौं। विचारको बहस गरिरहेका छौं।

तर, जति व्यवस्थित गर्नुपर्थ्यो, आम पार्टी सदस्यको सहभागितालाई सुनिश्चित गर्नुपर्थ्यो, पार्टी केन्द्रीय कमिटिलाई निर्णयको मुख्य आधार बनाइनुपर्थ्यो, पार्टीभित्र फरक मत राख्नेलाई जसरी निर्णय प्रक्रियामा सामेल गर्दै लैजानुपर्थ्यो ती कुरामा समस्या छन्।

नेतृत्वभन्दा फरक मत राख्नेमाथि प्रतिशोध साँध्ने प्रचलन बढ्यो भनेर स्वयं पार्टी पदाधिकारीबाटै गुनासो आइरहेको छ, यसमा तपाईंको भनाइ?

राजनीतिमा प्रतिशोध, ईर्श्या , दमन सबै हुन्छ। त्यही कारण यो राजनीति हो। राजनीतिमा एकदम शुद्ध मात्र खोजेर हुँदैन। सवाल के हो भने, त्यो कति न्यायसंगत् छ।

जस्तै बन्दुक बोक्ने, हतियार बोक्ने अधिकार राज्यलाई हुन्छ। त्यसको राजनीतिक वैधानिकता हुन्छ। त्यस्तै, पार्टी सत्तासँग समेत केही राजनीतिक वैधानिक अधिकार हुन्छन्, त्यो स्वभाविक हो।

तर, त्यसको प्रयोग कसरी गर्ने भन्ने हो। राज्यसँग बन्दुक बोक्ने अधिकार छ भनेर त्यो बन्दुक जतासुकै निशाना लगाउँदै हिँडे त्यो न्योचित हुँदैन। त्यसलाई राज्यको अर्को संस्थाले रोक्छ र राज्य चेक एन्ड ब्यालेन्समा बस्छ।

पार्टीको सत्ता पक्षसँग समेत ती अधिकार हुन्छन्, त्यसलाई अन्याथा बुझ्नु हुँदैन। तर, ती कति न्यायोचित ढंगले चल्छन्, विवेकसम्मत ढंगले ती अधिकार प्रयोग भएको छ कि छैन, त्यो हेर्नुपर्छ।

पार्टीका निर्णय प्रक्रियामा नेता माधवकुमार नेपालले अडान लिन नसक्दा तपाईंहरुको विचार समूह किनारामा परेको भनिन्छ नि?

यसमा कसैप्रति कुनै आग्रह छैन। उहाँहरु समेत बुझेको, जानेको हिसावले चल्ने हो। उहाँहरु आफैं पार्टी चलाएर आएको व्यक्ति हो। पार्टी कसरी चल्छ, कसरी चलाइयो, अहिले त्यस अनुसार चलेको छ कि छैन, भन्ने कुरा उहाँहरुकै विषय हो।

तर, विश्वव्यापी सत्यता के हो भने, धर्तीमा मानव जाति रहँदासम्म कुनै पनि राजनीतिक संस्थामा विचार समूहहरु हुन्छन्। सवाल तिनीहरुसँग मिलेर जाने कि निलेर जाने भन्ने हो।

आजको दुनियाँमा कसैले फरक मत राख्ने समूहलाई निलेर सखाप पार्छु भन्ने सोच्छ भने त्यो असम्भव हो। मिल्छु भन्छ भने त्यो सहज बाटो हो।

अब पार्टीभित्र तपाईंहरुको विचार समूहको नेतृत्व कसले गर्ने?

सकेसम्म पार्टीभित्र एउटै मत बनाएर जान कोसिस गर्छौं। विचारमा त्यत्ति ठूलो भिन्नता छैन। नेतृत्व र संगठनका हिसाबमा केही फरक मत हुन सक्छ। हरेक विचारको नेता को हुन्छ भन्ने कुरा त्यो बेलाको परिस्थितिले निर्धारण गर्छ।

विकल्पमा तपाईंको नाम समेत चर्चामा छ?

मैले त्यसरी हेरेको छैन। परिस्थितिले कसै न कसैलाई त्यो ठाउँमा ल्याउँछ। निकै बलियो ढंगले ल्याउँछ।

राष्ट्रिय राजनीतिमा तपाईंको उपस्थिति र भूमिका कस्तो रहन्छ?

म पार्टीको केन्द्रीय सचिव छु। त्यस हिसाबले पार्टीकै काममा लाग्छु। पार्टी निर्णयको पक्षपोषण गर्छु।

संसद्‌मा सदस्य छु। सत्तापक्षको भूमिका संसद्‌मा खेल्छु। सरकारको असल कामलाई संसदीय मोर्चाबाट स्थापित गर्ने कुरामा मेरो भूमिका रहन्छ। तर, पार्टीभित्रको विकृति, विसंगति, गलत निर्णय र चिन्तनविरुद्ध सकारात्मक ढंगले लडिरहन्छु, जुधिरहन्छु।

निकट भविष्यमै एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुँदैछ। एमालेभित्रको आन्तरिक शक्ति संघर्षले एकता प्रक्रियामा कस्तो प्रभाव पार्छ?

माओावदी केन्द्रसँगको एकताले नेपालको कम्युनिस्ट आन्दोलनको दायरालाई अझ फराकिलो बनाउँछ। तर, विशाल पार्टी बनाउँदा सकारात्मकसँगै केही नकारात्मक कुरा समेत आउँछन्।

एमालेभित्र हामी आफ्नै कमजोरी देखिरहेका छौं। उता, माओवादीमा ४ हजारको केन्द्रीय कमिटि छ। संगठनात्मक आकार माओवादीले लिइसकेको छैन। उसमा उतारचढाव छन्। ६४ सालको माओवादी एउटा देखिन्छ, आज फरक देखिन्छ।

त्यहाँको नेतृत्वको सोच कस्तो होला? कार्यकर्ताको मनोदशा कस्तो होला? भोलि एकठाउँ बसेर काम गर्दै जाँदा एकअर्कालाई बुझ्ने बुझाउने कुरा निर्धारण हुँदै जान्छ।

बैसाख ९ मा पार्टी एकता : गिरिराजमणि पोखरेल (भिडियो अन्तर्वार्ता)

फागुन २९, २०७४| प्रकाशित १२:५६

चुनावअघि सुरु भएको एमाले र माओवादी एकता प्रक्रिया अन्तिम चरणामा पुगेको छ। उनीहरु अबका केही साताभित्रै पार्टी एकताको घोषणा गर्ने प्रयासमा छन्।

अर्कोतर्फ, वाम गठबन्धन बनाएर चुनाव जितेका उनीहरुले सात प्रदेशमध्ये ६ वटामा सुविधाजनक मतका साथ सरकार बनाएका छन्। संघमा पनि सरकारले तीन चौथाइ विश्वासको मत पाएको छ। अधिकांश स्थानीय सरकार पनि उनीहरुकै नेतृत्वमा छ। अब वाम सरकारले चाहेको जस्तो काम बिना अवरोध गर्न सक्ने देखिन्छ।

वाम एकता र शक्तिशाली वाम गठबन्धनको सरकारका कारण जनतामा उत्साह पनि देखिन्छ। विश्लेषकहरुको कुरा पत्याउने हो भने, यो समय भनेकोनेपालमा कम्युनिष्ट राजनीतिको औचित्य सावित गर्ने अवसर हो।

नेपाल लाइभका लागि किशोर दहाललेवाम एकताको सांगठनिक संरचना र नयाँ सरकारको प्राथमिकता लगायतको विषयमा वाम एकताको संगठनात्मक र विधान मस्यौदा समितिमा रहेका नेता तथा पूर्व मन्त्री गिरिराजमणि पोखरेलसँग कुराकानी गरेका छन्।

एमाले नामको पोखरीमा पौडी खेल्न जाँदै हुनुहुन्छ। कतिको जोखिम महसुस गरिरहनुभएको छ?

पौडी खेल्न जाने भन्ने शब्दावलीप्रति नै मेरो असहमति छ। नेपाली समाजमा सशस्त्र र शान्तिपूर्ण आन्दोलनहरु गर्दै जाँदा सामन्तवादलाई परास्त गर्नै ७० वर्ष लाग्यो। हामी तेस्रो महाधिवेशनदेखि विभाजित भएका थियौं। विभाजित कम्युनिष्ट समूहलाई पूनर्गठन गर्ने र सही दिशादिने विभिन्न कोणबाट पहल भए। झापा संघर्ष, पुष्पलाल र चौथो महाधिवेशनले ती पहलहरु गरे। एक समयमा कुनै एउटा धार बलियो भयो, अर्को समयमा अर्कै बलियो भयो। ६० को दशकमा माओवादी बलियो थियो, तर ३० को दशकमा चौथो महाधिवेशन (चौम) बलियो थियो। हामी पुष्पलालले स्थापना गरेको पार्टीमार्फत नयाँ जनवाद हुँदै समाजवादमा जाने यात्रामा हिँडेका थियौं। चिनियाँ मोडलको नयाँ जनवादी क्रान्ति त भएन। तर समावेशी लोकतन्त्रको रुपमा पुँजीवादी क्रान्ति पूरा भयो। अब हामी नयाँ समाजवादी कार्यदिशातिर जाँदैछौं। नयाँ कार्यदिशाले नयाँ पार्टीको माग गर्दछ। स्वभाविक रुपमा नयाँ समाजवादी क्रान्तिका पक्षधरहरु एक ठाउँमा जम्मा हुनुपर्दछ। एउटा दह्रो केन्द्र बनाउनु पर्छ। हामी आ–आफ्नो अनुभवसहित हाम्रो पुस्ताले जे कुराका लागि संघर्ष गरेको थियो, त्यो सफल पनि रह्यो। दुवै पार्टीमा राम्रा र नराम्रा दुवै पक्ष छन्। दुवैले दुवैबाट सिक्नुपर्छ। पौडी खेल्ने भन्दा पनि सँगसँगै अघि बढ्ने हो।


'जीवराज कमरेडको निधनपछि चुनाव नलड्नु मेरो गल्ती रहेछ' [भिडियो वार्ता]


फागुन १, २०७४| प्रकाशित ००:२३

०५० साल जेठ ३ गते भएको दासढुंगा दुर्घटनामा नेकपा एमालेका दुई प्रमुख नेता मदन भण्डारी र जीवराज आश्रितको निधन भयो। दुर्घटनाको क्षतिपछि सम्हालिएर अगाडि बढेको एमाले अहिले सबैभन्दा ठूलो दल भएको छ। भर्खरैको चुनावमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ ८० सिट जितेको उसले समानुपातिकतर्फ ४१ सिट जितेको छ। समानुपातिकतर्फको सिटमा छानिएकी छिन्, माया ज्ञवाली (न्यौपाने)। उनी दासढुंगा घटनामा निधन भएकी आश्रितकी श्रीमती हुन्।

अर्का नेता भण्डारी पत्नी विद्या भण्डारी मुलुकको राष्ट्रपति भइसक्दा न्यौपाने भने भर्खरै सांसद बन्दै छिन्। धेरैले यसलाई पार्टीभित्रको विभेदको रुपमा व्याख्या गर्छन्। तर, न्यौपाने आफैं यसप्रति कस्तो धारणा राख्छिन् त? पछिल्ला राजनीतिक परिवर्तनप्रति उनको बुझाइ कस्तो छ? सांसदको जिम्मेवारीलाई कसरी लिएकी छिन्? यस्ता विविध विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानी:

भिडियो हेर्न क्लिक गर्नुहोस्– https://www.youtube.com/watch?v=d2apJmETIRQ

तपाईंको राजनीतिक बुझाइ र प्रतिक्रियाहरुप्रति आम मानिसलाई जानकारी छैन। पछिल्ला राजनीतिक परिवर्तनप्रति तपाईंको बुझाइ बताइदिनुस् न!

अहिलेको राजनीति भनेको जनआन्दोलन र संविधान निर्माणपछिको राजनीति हो। यदि राजा प्रजातान्त्रिक र संघीयतामा जान मिल्ने खालका पनि हुन्थे भने राजासहितको परिवर्तन हुन्थ्यो होला। तर, राजाले निरंकुशतातिर लैजान खोजेको हुनाले ०६३ को आन्दोलन सुरु भयो। गणतन्त्र ल्याउनैपर्ने बाध्यता भयो। समयअघि नै गणतन्त्र आउने परिस्थिति बन्यो। राजा वीरेन्द्रको हत्या नभएको भए गणतन्त्र आउने थिएन। संघीयतामा जाने मौका पनि पाउने थिएनौं। यसलाई दुर्भाग्यले ल्याएको सौभाग्य भन्छु।

त्यसैले पछिल्ला परिवर्तनप्रति म सकारात्मक नै छु। खासगरी राजाले आफैंले सिर्जना गरेको परिस्थिति हो। जहाँ दबाव हुन्छ, त्यहाँ प्रतिरोध हुन्छ। त्यही प्रतिरोधको प्रतिफल हो।

'माओवादीमा प्रदेश १ को सिनियर मै हुँ, मेरो नेतृत्वमा सरकारमा सहभागी हुने हो'

माघ १७, २०७४| प्रकाशित ११:४९

क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) का पूर्व अध्यक्ष टंक आङबुहाङ लिम्बू ताप्लेजुङ १ 'ख' बाट प्रदेशसभामा निर्वाचित भएका हुन्। उनी अब बन्ने प्रदेश सरकारमा माओवादीको नेतृत्व गरेर सहभागी हुने समीकरण मिलाइरहेका छन्। कुराकानीका क्रममा उनले माओवादीमा प्रदेश १ को सिनियर आफू नै भएको भन्दै सरकारमा आफ्नै नेतृत्वमा सहभागी हुने आकांक्षा समेत सुनाए।

प्रदेश १ मा एमालेले मुख्यमन्त्री र सभामुख पाउने दुई दलबीच सहमति भइसकेकाले माओवादीले प्रदेश सरकारमा आकर्षक मन्त्रालय पाउने बुझाइ छ। लिम्बूसँग नेपाल लाइभले प्रादेशिक सरकार गठन र समसामयिक राजनीतिको विषयमा गरेको कुराकानीः

प्रदेशको सरकार गठनको प्रतीक्षा बढिरहेको छ। तपाईंहरुको तर्फबाट के-कस्ता गृहकार्य भइरहेको छ?
प्रदेश १ मा माघ २२ गतेको लागि संसदको बैठक तोकिएको छ। त्यस्तै, २४ गते राष्ट्रियसभाको निर्वाचन हुने राष्ट्रिय कार्यक्रम नै भइहाल्यो। त्यसपछि नै सरकार गठनको प्रक्रिया अगाडि बढ्ला।

एमालेकै नेतृत्वमा सरकार बनाउने सहमति भइ नै सकेको छ। तपाईंहरुको आन्तरिक गृहकार्य चाहिँ कस्तो छ?

दुई पार्टीबीच केही दिनअघि पद बाँडफाँटका विषयमा भएको सहमति नै अहिलेसम्मको गृहकार्य हो। बाँकी पदहरु बसेरै मिलाउनुपर्नेछ। हाम्रोतर्फका कुरा बुधबार बस्ने कार्यालयको बैठकले टुंग्याउन सक्छ।

'विवाद गर्नुपर्दैन, प्रदेश प्रमुख कुनै पार्टीको हुँदैन\'

माघ ५, २०७४| प्रकाशित ००:२९

मुलुक संघीयताको कार्यान्वयनमा द्रुत गतिले अघि बढिरहँदा नयाँ–नयाँ पदहरुको सिर्जना भइरहेका छन्। तिनैमध्येको एक हो, प्रदेश प्रमुख। संघीय सरकारको प्रतिनिधिका रुपमा प्रत्येक प्रदेशमा रहने प्रदेश प्रमुख सरकारले लामो सकसका बीच बुधबार नियुक्ति गर्‍यो। प्रदेश ४ मा कानुन व्यवसायीका पृष्ठभूमिका व्यक्ति बाबुराम कुँवर नियुक्त भए।

नेपालमै पहिलो पटक अभ्यासमा आएको पदमा पहिलो पटक नियुक्त हुँदा कुँवरले के सोचिरहेका छन् त? उनले आफ्नो कार्यकाललाई कस्तो होला र बनाउँला भन्ने कल्पना गरेका छन् त? यसै विषयमा नेपाल लाइभका लागि दुर्गा दुलाल र किशोर दहालले कुँवरसँग गरेको कुराकानी:

प्रदेश प्रमुखबारे आम मानिसमा अनभिज्ञता र रोमाञ्चकता छ। तपाईंलाई कस्तो महसुस भइरहेको छ?

नेपालको सन्दर्भमा यो पहिलो अभ्यास हो। त्यसैले पनि प्रदेश प्रमुख के हो, कसो होला, यसको पोजिसन कस्तो होला, यसले के काम गर्ला भनेर आम मानिसमा धारणा बन्नु स्वाभाविक कुरा हो। तर, वास्तवमा प्रदेश प्रमुख भनेको यो राजनीतिक प्रणालीमा महत्त्वपूर्ण पद हो। जुन पदले त्यो प्रदेशभित्र अभिभावकको भूमिका निर्वाह गर्छ।

'एकता हुन नदिन विभिन्न चलखेल हुन्छन् भन्ने हामीलाई थाहा छ' [भिडियो वार्ता]

पुस २१, २०७४| प्रकाशित १२:२४

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनका सूत्रधार समेत हुन्। युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा पनि उनले उल्लेख्य भूमिका खेलेका थिए। तर, वाम गठबन्धनका सूत्रधार श्रेष्ठ आफैं भने प्रतिनिधिसभाको चुनावमा गोरखामा माओवादीकै पूर्व सहकर्मी नेता बाबुराम भट्टराईसँग पराजित भए।

श्रेष्ठसँग वाम गठबन्धन, चुनावी परिणाम र पार्टी एकता लगायतका विषयमा किशोर दहालले गरेको संवादः

पछिल्लो चुनावमा वाम गठबन्धनप्रति देखिएको उत्साहको अर्थ के हो?

नेपाली जनताले चाहेको कुरा सामाजिक न्यायसहितको समृद्धि हो। नेपाल सुन्दर र सम्भावनायुक्त देश हुँदाहुँदै पनि अत्यन्तै अल्पविकसित देशको रुपमा चिनिनुपरिरहेको छ। ४० लाख श्रमजीवी युवा अदक्ष मजदुरका रुपमा बाहिरिनुपरिरहेको छ। हामीले लामो समयसम्म निरकुंशताको विरुद्धमा संघर्ष गर्नुपर्‍यो, स्वतन्त्रता नभएकाले त्यस्तो अवस्था आयो भन्यौं। हामीले ६ दशकभन्दा बढी समय लोकतन्त्रका लागि संघर्ष गर्नुपर्‍यो। लोकतन्त्र त प्राप्त गर्‍यौं। त्यसपछि हामीले भन्यौं, संविधान बनेको छैन। संक्रमणकाल पनि टुंगिएको छैन। त्यस कारणले समस्या पर्‍यो भन्ने गर्‍यौं। अन्ततः संक्रमणकाल पनि टुंगियो। त्यसपछि जनतामा अर्को चिन्ता पनि देखियो, यो चुनाव प्रणाली मार्फत स्थिर सरकार बन्दैन कि! पाँच वर्ष सरकार नबन्नेगरी राजनीतिक अस्थिरता नै कायम हुन्छ कि! विकास र समृद्धि नआउने र पार्टीहरुले पनि स्थायी सरकार नभएकाले सकेनौं भन्ने भन्ने अवस्था आउँछ कि भन्ने थियो। त्यसलाई पनि हल गर्नुपर्छ भनेर स्थायी सरकार बनाउने र विकास र समृद्धितिर मुलुकलाई लैजान जनताले वाम गठबन्धनलाई मत दिएका हुन्।

'एमालेसँग पनि सहकार्य हुन सक्छ' [भिडियो वार्ता]

पुस १९, २०७४| प्रकाशित १२:२९

यसअघि सुनसरीबाट चुनाव जित्दै आएका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव यसपटक आफ्नै गृहजिल्ला सप्तरी–२ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन्। मधेस आन्दोलनमार्फत राष्ट्रिय राजनीतिको केन्द्रमा पुगेका यादव हालै सम्पन्न प्रदेश र प्रतिनिधिसभामा पार्टीले हासिल गरेको संख्याबाट सन्तुष्ट नै छन्।

पूर्वपरराष्ट्रमन्त्री समेत रहेका यादवसँग वाम गठबन्धनपछि पर्न सक्ने भूराजनीतिक प्रभाव, मधेस मुद्दा र राष्ट्रिय राजनीतिका विषयमा सरोजराज अधिकारी र किशोर दहालले गरेको संवादः

प्रदेश र प्रतिनिधिसभाको मतपरिणाम आइसकेको छ। यसलाई कसरी मूल्यांकन गर्नुभएको छ? यो तपाईंहरुका लागि अपेक्षित हो कि होइन?

यसलाई सामान्य रुपमै लिएका छौं। स्वाभाविक रुपमा अपेक्षा बढी नै हुन्छ। तर, हाम्रो साधन, स्रोत र संगठनात्मक शक्तिले भ्याएसम्म हामीले ठीकै मत पाएका हौं। हामीले तालमेलमा अझ मिलाउन सकेको भए र थप मिहिनेत पनि गर्न सकेको भए केही बढी सिट आउने थियो।

Monday, June 18, 2018

Memory : Football and Poverty

–Binod Bikram KC

Veteran footballer Raju Shakya said in a recent interview with an authenticity that football is a poor men's game. This is why it's so popular around the globe. In a world where 85 richest people own more wealth than poorest 3 billion, football and poverty will certainly have a deep and passionate relationship.  Who can be more authentic than Mr. Shakya to say football is popular among the poors? He is a veteran footballer of one of the poorest countries in the world and has seen many a top class player ending up with being a bottom class pauper in his country.

(Cricket is called a gentlemen's game. And golf rich men's game.   A gulf player enjoys the service of a personal secretary in the field (that is called the golf course). I find it amusing to think what would go in the mind of the man with a heavy bag of golf clubs. Maybe he would be saying to his boss, 'Master, master, which club thou preferest ?'  Or, 'Master, master, thy ball, alas, hath gone to the ditch.' Rich people are always funny, especially, when they are seen through the eyes of the poors.)
 
Probably the greatest tragedy of football history appeared in Brazil just before the world cup 2014 was begun. A large group of poor people for the first time in the history rose against football.  In a country where Pele, Garrincha, Didi, Romario,  Ronaldo and many poor people rose (and rising) from football, the angry fists risen against football(FIFA and world cup) was really a gruesome paradox.  President Dilma Rousseff had a deadly answer to the protesters with a deadly question Copa Pra Quem? (world cup for who?) And that was- 'Crush 'em.'

Saturday, June 2, 2018

४० वर्षदेखि कुनै विकास भएन, सकेसम्म पहल गर्नेछु : प्रमोदकुमार यादव

नेपाल लाइभ

पुस ११, २०७४| प्रकाशित १२:१४

प्रमोदकुमार यादव रुपन्देही ४ बाट विजयी सांसद हुन्। नेपाली कांग्रेसका उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा उत्रिएका यादवले ३१ हजार ७ सय १८ मत पाए। उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय जनता पार्टी (राजपा)का सर्वेन्द्रनाथ शुक्लले २० हजार ४ सय १६ मत मात्रै पाए।

पहिलो पटक सांसद भएका यादवसँग 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

तपाईंको पार्टी नेपाली कांग्रेसले यो चुनावमा खासै सुखद नतिजा निकाल्न नसकेको यो चुनावमा तपाईं भने विजयी हुनुभयो। जनताले तपाईंलाई के कारणले मत दिए भन्ने लाग्छ?

मेरो क्षेत्रमा पहिलेदेखि अन्य पार्टीले जित्दै आएका थिए। तर, जनतालाई भने ध्यान दिएनन्। विकास गरेनन्। त्यसैले अब कांग्रेसले नै विकास गर्छ भन्ने उनीहरुलाई लाग्यो। त्यही कुरा सोचेर नै मलाई विजयी बनाए भन्ने लाग्छ।

तपाईंको व्यक्तित्व र विगतका कामको पनि प्रभाव पर्‍यो होला नि!

म लामो समयदेखि राजनीति गरिरहेको व्यक्ति होइन। खासमा होटल व्यवसायी हुँ। पेट्रोल पम्प पनि छ। तर, सबै पार्टीलाई सहयोग गर्दै आएको थिएँ। जातीय समीकरण मिलेपछि कांग्रेसबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेँ। पार्टीको सहयोग पनि रह्यो। मुख्य कुरा त जनतालाई केही हुन्छ भन्ने विश्वासले नै जित सम्भव भयो भन्ने लाग्छ।

'समय तोकेर राज्यको नेतृत्व गर्ने भन्ने कुरा हुँदैन : प्रदीप ज्ञवाली

नेपाल लाइभ

पुस ८, २०७४| प्रकाशित २०:५७

एकीकृत कम्युनिस्ट पार्टी निर्माण गर्ने घोषणा गर्दै चुनावमा होमिएका दुई ठूला वामपन्थी दल नेकपा एमाले र माओवादी केन्द्रलाई आम मतदाताले भारी मतसहित केन्द्रीय संसदमा पठाएका छन्। पार्टी एकता गर्दै सरकारको नेतृत्व आलोपालो गर्ने अनौपचारिक सहमति गरेका एमाले र माओवादीको बोली चुनावी परिणामसँगै फेरिएको छ। 

एमाले र माओवादीबीच भएको आन्तरिक सहमति के हो, दुवै दलका लागि नयाँ सरकार गठन र पार्टी एकतामा कुन महत्वपूर्ण हो? यस्तै प्रश्न अहिले प्रमुख बनिरहेका छन्। यसै सन्दर्भमा हामीले नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीसँग चुनावी परिणाम, नयाँ सरकार गठन र पार्टी एकता लगायतका विषयमा नेपाल लाइभका हिम विक्रम र किशोर दाहालले गरेको कुराकानीः 

चुनावी नतिजाबाटै कुराकानी थालौं, प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ झन्डै बहुमत ल्याएको स्थिति देखियो। एमालेले अपेक्षा गरेभन्दा बढी सफलता प्राप्त गरेको नेताहरुले नै बताउने गरेका छन्। यसका कारण के–के हुन्? 

नतिजा अपेक्षित नै हो। सोचेभन्दा राम्रो भन्नुभन्दा पनि हामीले यही अपेक्षा गरेका थियौं। केही निश्चित भएका ठाउँहरु गुमेका छन्। समग्रमा भन्दा यो अपेक्षित नतिजा हो। यसका केही निश्चित कारण छन्। 

एउटा, हामीले राजनीतिक स्थिरता र समृद्विको अपिल गर्‍यौं। हाम्रो चुनावको मुख्य मुद्दा राजनीतिक स्थायित्व, विकास र समृद्विलाई बनायौं, त्यो आम नेपाली जनताको चाहना थियो। चुनावी मुद्दा र आम जनताको चाहनाको बीचमा तारतम्य मिल्यो। आम जनताले हाम्रो अपिललाई विश्वास गर्नुभयो, सबैभन्दा त्यो ठूलो कुरा थियो।

दोस्रो, विगतमा हरेक क्षेत्रमा चाहे आन्दोलन, सरकार, संविधान निर्माण, राष्ट्रियताको पक्षमा, लोककल्याणकारी राज्यको विषयमा या सरकार सञ्चालनको मामिलामा हामीले जे काम गर्दै आयौं, राष्ट्रिय राजनीतिमा जे भूमिका खेल्यौं, विगतको भूमिकाको सकारात्मक प्रभाव पनि थियो।

तेस्रो, वाम गठबन्धनको मनोवैज्ञानिक प्रभाव, भोलि एकीकृत कम्युनिस्ट पार्टी निर्माण हुन्छ भन्ने विश्वासले पनि परिणाम ल्याउन भूमिका खेल्यो। चौथो, हाम्रो प्रतिस्पर्धी धेरै अल्मलिए। उनीहरुले अहिलेको चुनावको बहाव, आम जनताको मनोविज्ञान, अहिलेको जनताको चासो र सरोकारलाई कहीँ मिलाउन सकेनन्। प्रतिपक्षको कमीकमजोरी समेत कहिलेकाहीँ नकारात्मक लाभ दिन्छ। समग्रमा हामीले विगतमा खेलेको भूमिका र नयाँ नेपाल निर्माणका लागि खाका अगाडि सार्‍यौं र जनतामा विश्वास जगाउन सक्यौं। चुनावी सफलताका कारण त्यही हो जस्तो लाग्छ।

मुखले भनेर होइन, काम गरेर देखाउँछु : प्रदीप यादव

नेपाल लाइभ

पुस ८, २०७४| प्रकाशित १४:४०

प्रदीप यादव पर्सा १ बाट विजयी सांसद हुन्। संघीय समाजवादी फोरमका तर्फबाट चुनावमा प्रतिस्पर्धा गरेका उनले २१ हजार १ सय ३२ मत पाए। उनका मुख्य प्रतिस्पर्धी कांग्रेसका अनिलकुमार रुंगटाले १६ हजार ४ सय ८१ मत पाए।

यादव पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले सुरु गरेको 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि यादवसँग किशोर दहालले गरेको कुराकानी :

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
मधेसको अधिकारको सवाल छ। संविधान संशोधन गरेर त्यो अधिकारको सुनिश्चितता गर्नुपर्नेछ। त्यसलाई निश्चित गर्न नै मलाई जनताले सांसद बनाएका हुन्। त्यस्तै कांग्रेस एमालेले २८ वर्षसम्म शासन गर्दा पनि यहाँ विकास गर्नेतर्फ ध्यान दिएनन्। त्यसैले पनि अब विकास गर्न र विकासको गति बढाउनको लागि जनताले मलाई मत दिएर सांसद बनाएका हुन्।

कांग्रेस एमालेले २८ वर्षसम्म गर्न नसकेको र गर्न ध्यान नदिएको विकास तपाईंले पाँच वर्षमा गर्नुहुन्छ भन्ने आधार के छ?
म मुखले भनेर होइन, काम गरेर देखाउँछु। कथनी र करनीमा फरक पर्छ। मसँग विकासको भिजन छ। त्यही भिजन अनुसारकै काम गरेर देखाउँछु।

मसँग निजी योजना छैन, सबै जनताका योजना हुन् : नारायणप्रसाद खतिवडा

नेपाल लाइभ

पुस ६, २०७४| प्रकाशित १८:१३

नारायणप्रसाद खतिवडा नुवाकोट क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन्। संविधानसभाको दोस्रो निर्वाचनमा उनी नुवाकोट ३ मा कांग्रेस उम्मेदवार बहादुरसिंह तामाङसँग पराजित भएका थिए। तर यसपटक कांग्रेस उम्मेदवार अर्जुननरसिंह केसीलाई पराजित गर्दै सांसद बन्न पुगे। खतिवडाले ३६ हजार ८ सय ९२ मत पाएका थिए भने केसीले २६ हजार ३ सय ३५ मत मात्रै पाउन सके।

खतिवडा पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले सुरु गरेको 'संसदमा नयाँ अनुहार' शृंखलाका लागि खतिवडासँग किशोर दहालले गरेको कुराकानी :

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?
म जनताको बीचमा हिजोदेखि काम गर्दै आएको मान्छे हुँ। जनताको समस्या समाधानको लागि म सधैं लागिपरिरहेको छु। त्यसैले, जनतामाझ राम्रो सम्बन्ध स्थापित गरेको छु। त्यसैले पनि जनताले मलाई निर्वाचित गरेर सांसद बनाए भन्ने लाग्छ।

पहिलो पटक सांसद बन्दै हुनुहुन्छ। संसद बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाहीप्रति तपाईंको कल्पना वा रोमाञ्चकता कस्तो छ?
म पहिलोपटक सांसद भए तापनि त्यसको सञ्चालन प्रक्रिया वा समग्रमै संसदीय व्यवस्थाप्रति अध्ययन गरेको छु। पदको जिम्मेवारी वा दायित्वबारे मलाई जानकारी छ। त्यसैले मैले अनौठो अनुभव गरिरहेको छैन। मलाई स्वाभाविकै नै लागिरहेको छ।

रचनात्मक सहयोग पाए जनतामा पूर्ण रुपमा समर्पित हुनेछु : हरिराज अधिकारी

नेपाल लाइभ

पुस ५, २०७४| प्रकाशित १२:१४

हरिराज अधिकारी गोरखा १ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का तर्फबाट उम्मेदवार रहेका उनले २९ हजार ८ सय ६० मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका चिनकाजी श्रेष्ठले २६ हजार ६ सय ४३ मत मात्रै पाए।

अधिकारी पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि अधिकारीसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई नै रोज्नुको कारण के हो?

जनताले मलाई गोरखा १ का सांसद बनाए। उनीहरुले गोरखा १ का समस्या हल हुन्छ भन्ने विश्वासमा मलाई रोजेका हुन्।

तपाईंलाई नै जिताएर हल गराउनुपर्ने त्यहाँ के समस्या छ?

एउटा बेनीघाटदेखि चीनको बोर्डरसम्मको बाटो छ। त्यसलाई नेपाली सेनाले अहिले खनिरहेको छ। प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाली सेनालाई जिम्मा दिनुभएको थियो, त्यो एउटा गतिमा गएको छ। त्यसलाई पूरा गर्नुपर्ने छ। बुढी गण्डकी अलि अलपत्र परेको छ। के हो, के हो जस्तो भएको छ। वर्तमान सरकारका निर्णयले अलि अन्यौलको सिर्जना गरेको छ। त्यसलाई अगाडि बढाउनुपर्नेछ। त्यस्तै यहाँ गोरखकाली, मनकामना जस्ता धार्मिक ऐतिहासिक थलो पनि छन्, तिनीहरुको सम्बर्द्धन र विकास गर्ने र पर्यटक ल्याउने कुरा पनि छन्। धार्मिक र सांस्कृतिक सम्पदा र हिमाली ट्रेकिङमा पर्यटकको आगमनको सम्भावना छ। यसले पर्यटन उद्योग फस्टाउने सम्भावना छ। कृषिलाई व्यवस्थित बनाउने, शिक्षा, स्वास्थ्य, रोजगारका कुरा पनि छन्। म त्यही क्षेत्रमा जन्मेर हुर्केर पार्टी राजनीतिमा लागेको हुनाले यो जनताकै छोरो हो र यसले जनताको हित गर्छ भनेर मलाई विश्वास गरेका हुन्।

साम-दाम-दण्ड-भेद प्रयोग गर्न नसक्दा चुनावमा महिला पछि पर्छन् : पद्मा अर्याल

नेपाल लाइभ

पुस ४, २०७४| प्रकाशित १९:१५

नेकपा एमालेकी नेतृ पद्मा अर्यालले कांग्रेस नेता तथा वर्तमान उपप्रधानमन्त्री एवं शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई पराजित गर्दै संसदको यात्रा तय गरेकी हुन्। प्रतिनिधिसभाका लागि स्याङ्जा २ मा भएको प्रतिस्पर्धामा अर्यालले ३५ हजार १ सय ४२ मत पाइन् भने श्रेष्ठले ३१ हजार ४ सय ३६ मत पाए।

विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएकी अर्याल ०७० सालमा समानुपातिक सभासद बनेकी थिइन्। एमालेकी केन्द्रीय सदस्य समेत रहेकी अर्यालसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

प्रतिनिधिसभा निर्वाचनमा निकै थोरै महिला उम्मेदवारले जित्दा तपाईंको जित कसरी सम्भव भयो?

जनताले विश्वास गरेका कारण नै जित सम्भव भयो।

जनताले तपाईंलाई नै बढी विश्वास गर्नुपर्ने कारण के थियो त?

म जनताको बीचमा रहेर लामो समयदेखि काम गरिरहेकी छु। मेरो जीवनलाई जनताले ऐना जस्तो छर्लंग देख्नुभएको छ। मेरा दुःख, त्याग, तपस्या र समर्पण देख्नुभएको छ। मैले निस्वार्थ ढंगले काम गरेको देखेरै जनताले मलाई विश्वास गर्नुभएको हो।

जनताको बीचमा रहेर तपाईंले गरेका कामहरु के-के हुन्?

राज्य व्यवस्था परिवर्तनको आन्दोलनमा म अग्रपंक्तिमा थिएँ। जनताको हक-अधिकार स्थापित गर्ने लडाइँमा पनि म अग्रपंक्तिमै छु। जनताका दैनिक समस्या र विकासको चाहनामा पनि मैले सकेको पहल गरेकी छु।

संविधानमा कुण्ठित मधेसीको अधिकार हासिल गर्न डट्नेछु : हरिनारायणप्रसाद सा रौनियार

नेपाल लाइभ

पुस ४, २०७४| प्रकाशित १२:१४

हरिनारायणप्रसाद सा रौनियार पर्सा ३ बाट विजयी सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा संघीय समाजवादी फोरमका तर्फबाट उम्मेदवार रहेका उनले १५ हजार १ सय ६८ मत पाए। उनका निकटतम प्रतिस्पस्पर्धी नेपाली कांग्रेसका सुरेन्द्र प्रसाद चौधरीले १३ हजार १ सय ८ मत मात्रै पाए।

रौनियार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि रौनियारसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?

बहुदलपछिका ३० वर्षमा यहाँ नेपाली कांग्रेस र एमालेका नेताहरुले पटकपटक चुनाव जिते तर कुनै पनि विकास निर्माणको काम हुन सकेन। जनताको जीवनस्तर उठाउने तिर उनीहरुको ध्यान गएन। त्यतिमात्रै होइन, उनीहरु चुनाव जितेर गएपछि फर्कंदैन थिए। त्यस्तै गणतान्त्रिक संविधानमार्फत जनताको हकअधिकारलाई कुण्ठित पार्ने काम पनि गरे। त्यसकारणले जनतामा परिवर्तनको चाहना देखिएको थियो। त्यही चाहनाअनुसार नै मलाई रोजे। उनीहरुले मलाई रोज्दा विकास गर्छ भन्ने पनि विश्वास राखेको बुझेको छु।

'जनताका समस्यालाई छिटोभन्दा छिटो समाधान गर्न व्यग्र छौं : जगतबहादुर सुनार (विश्वकर्मा)

नेपाल लाइभ

पुस ३, २०७४| प्रकाशित २३:०३

जगतबहादुर सुनार (विश्वकर्मा) कास्की ३ बाट निर्वाचित सांसद हुन्। प्रतिनिधिसभाका लागि भएको निर्वाचनमा उनले ३२ हजार ६ सय ९० मत पाएर विजय हासिल गरे। उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार शुक्रराज शर्माले २४ हजार ३ सय ४ मत पाए। 

नेकपा एमालेका वैकल्पिक पोलिटब्यूरो सदस्य र प्रदेश ४ का सचिव समेत रहेका सुनार पहिलो पटक सांसद भएका हुन्। नेपाल लाइभले पहिलो पटक सांसद भएकाहरुसँग कुराकानीको शृंखला सुरु गरेको छ। यसै शृंखलाको लागि सुनारसँग किशोर दहालले गरेको कुराकानीः

जनताले तपाईंलाई किन सांसद बनाए भन्ने लाग्छ?

सुखी नेपाली र समृद्ध नेपाल तथा राजनीतिक स्थिरता कायम गरेर समृद्धि हासिल गर्ने हामी नेपालीको राष्ट्रिय लक्ष्य छ। त्यसलाई हासिल गर्ने लक्ष्य, उद्देश्य र संकल्पका साथ वाम गठबन्धन आएको थियो। गठबन्धनको साझा उम्मेदवार भएका हुनाले जनताले मलाई मतदान गरेका हुन्। यो खासमा वाम गठबन्धनको संकल्पको अनुमोदन पनि हो। म सानै उमेरदेखि स्थानीय जनप्रतिनिधि भएर जनताको विकास निर्माणको काममा घुलमिल भएको व्यक्ति हुँ। त्यसैले पनि मप्रति जनतामा आफ्नै खालको मूल्यांकन रहेको छ। त्यस हिसाबले जनताले मेरा विगतका कामलाई हेरेर पुरस्कृत गर्नुभयो भन्ने लाग्छ। सँगसँगै हाम्रो क्षेत्रका विकास निर्माणका लागि सार्वजनिक कार्यक्रममा जे प्रतिबद्धता व्यक्त गरेका छौं, त्यसलाई पनि जनताले नजिकबाट नियाले र विश्लेषण गरे। हामीलाई विश्वास गरे।

कास्की ३ भनेको विकासको दृष्टिले पछि परेको क्षेत्र हो। हिजोका दिनहरुमा सत्ताकेन्द्रित विकास भयो। त्यसले पनि यो क्षेत्र विकासको दृष्टिले पछाडि पर्न गयो। तर, अहिले हामीले केही ठोस योजना अगाडि सारेका छौं। मूलतः त्यहाँको पर्यटन, कृषि र ऊर्जा क्षेत्रमा यो भूगोलले निकै सम्भावना बोकेको छ। त्यसैमा केन्द्रित भएर हामीले योजना अघि सारेका हौं। यही कुरालाई हेरेर कास्की ३ का जनताले हामीलाई विश्वास गर्नुभयो भन्ने ठानेको छु।

पहिलो पटक सांसद बन्नुभएको छ। संसद् बैठकको सञ्चालन प्रक्रिया र अन्य कामकारबाही कस्तो होला भन्ने सोच्नुभएको छ?

म प्रत्यक्ष रुपमा संसदभित्रै रहेर संसदीय गतिविधिमा भाग लिन नपाए पनि एमाले जस्तो दलको पोलिटब्यूरो सदस्यको हिसाबले सबै राजनीतिक घटनाक्रमलाई नजिकबाट हेरिरहेको छु। अप्रत्यक्ष रुपमा संसदीय गतिविधिमा सहभागी भइरहेको राजनीतिक कार्यकर्ता हुँ। त्यसैले पनि त्यसलाई मैले नयाँ ढंगबाट हेरिरहेको छैन। यो नयाँ संविधान जारी भइसकेपछिको पहिलो आम निर्वाचनमार्फत गठन भएको संसद् भएकाले अबको राजनीतिक प्रक्रियाहरु नयाँ संविधान बमोजिम संघीय लोकतान्त्रिक गणतन्त्रको संसद् कसरी अगाडि बढ्छ भन्ने कुरा हामी सबैको जिज्ञासाको विषय छ। त्यो कोणबाट हेर्दा भने मेरो मनमा पनि धेरै जिज्ञासा र कौतुहल छन्।

संविधानलाई कार्यान्वयन गर्न कानुन बनाउने र व्यवस्थित गर्ने कुरा छन्। त्यसका लागि भूमिका निर्वाह गर्नुपर्नेछ। जनतामा देश द्रुत गतिमा विकासमा अगाडि बढोस् भन्ने जुन अपेक्षा छ, संविधानमा लेखिएका जति पनि जनताका अधिकारका कुरा छन्, तिनलाई व्यवहारमा जनताले अनुभूति गर्न पाउने हिसाबले संसदले कसरी भूमिका खेल्ला र नीतिहरु तर्जुमा गर्ला भन्ने जनतामा अपेक्षा र कौतुहल छ, त्यो हाम्रा मनमा पनि छ। निर्वाचित भएपछि हाम्रा काँधमा पनि जिम्मेवारीबोधका भावनाहरु बढेका छन्, त्यो आँखाले हेर्दा स्वाभाविक रुपले हाम्रा मनमा पनि कौतुहल छ। सिर्जनात्मक रुपले कसरी भूमिका निर्वाह गर्ने भन्ने कौतुहल स्वाभाविक छन्।

पार्टीले अवसर नदिँदा महिलाको जित कम भयो : पवित्रा निरौला खरेल

 नेपाल लाइभ

पुस १, २०७४| प्रकाशित २१:४९

अखिल नेपाल महिला संघको केन्द्रीय सदस्य समेत रहेकी पवित्रा निरौला खरेल हालैको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापा क्षेत्र नम्बर २ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। विद्यार्थी आन्दोलनबाट राजनीतिमा आएकी उनी ०७० सालको संविधानसभा निर्वाचनमा पनि झापा २ बाटै उम्मेदवार बने पनि पराजित भएकी थिइन्। यस पटक भने उनले नेपाली कांग्रेसका उम्मेदवार उद्धव थापालाई पराजित गरेकी छिन्।

पछिल्लो जित र आगामी योजनाबारे खरेलसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी: 

के कारणले चुनाव जितेँ जस्तो लाग्छ?

झापाको क्षेत्र नम्बर २ वामपन्थीहरुको गढ हो। पहिलादेखि नै धेरै सहिदले सहादत प्राप्त गरेका छन्। यो नेकपा एमालेको बलियो पंक्ति भएको ठाउँ पनि हो। ०२८ सालदेखिको संघर्षमा सक्रिय सहभागी हुने जनताको बसोबास भएको ठाउँ पनि हो, झापा। राज्यको पुनर्संरचनापछि पनि यो ठाउँ हाम्रो लागि अनुकूल भएको छ। त्यस्तै, लामो समयसम्म कांग्रेसले सरकारको नेतृत्व गरे पनि जनताको अवस्थामा परिवर्तन ल्याउन नसकेको र विकास तथा समृद्धिको पक्षमा खास काम गर्न नसकेको कारण पनि जनताले परिवर्तन खोजिरहेका थिए। जनताले नयाँपन खोजिरहेको अवस्था र विकासको चाहनाले पनि मलाई विजयी गरायो। अर्कोतर्फ, आधा धर्ती ढाक्ने महिलाको संख्या पनि यहाँ उच्च छ। पुरुषहरु वैदेशिक रोजगारीमा गएका कारण यहाँ महिलाको संख्या बढी भएको हो। उनीहरुले महिलालाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। पुरुषहरुले पनि अत्यन्तै इज्जत र सम्मानका साथ मत दिए। जनतामा परिवर्तन र समृद्धि हुनुपर्ने माग भएको र मैले त्यसमा भूमिका खेल्न सक्छु भन्ने विश्वास गरेका कारण पनि विजयी भएँ।

'चुनाव जित्नभन्दा टिकट पाउन संघर्ष गर्नुपर्‍यो : कमला रोका

नेपाल लाइभ

मंसिर २८, २०७४| प्रकाशित ००:४४

माओवादी सशस्त्र युद्धको सुरुवातदेखि नै संलग्न भएकी कमला रोका पहिलो संविधानसभामा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यस पटकको चुनावमा रोकाले रुकुम पूर्वमा कांग्रेस उम्मेदवार हरिशंकर घर्तीमगरलाई पराजित गरिन्। रोकाले १० हजार ४ सय ३४ मत पाउँदा मगरले ४ हजार ४ सय ६ मत पाएका थिए। रोकासँग चुनावी विजय र आगामी योजनाबारे नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्।

तपाईंलाई के कारणले चुनाव जितें जस्तो लाग्छ?

यो संविधान कार्यान्वयनको मुख्य कदमका रुपमा भएको चुनाव हो। नेपालमा राजनीतिक क्रान्ति सम्पन्न भइसकेपछि अब आर्थिक क्रान्तिको पालो छ। यसका लागि रुकुमका जनताले मलाई प्रतिनिधिका रुपमा छान्न चाहे। त्यस्तै, रुकुम धेरै सम्भावना बोकेको जिल्ला छ। साधन-स्रोतले भरिपूर्ण जिल्ला हो। त्यसलाई ध्यान दिँदै वाम गठबन्धनका तर्फबाट हामीले साझा घोषणापत्र तयार पारेका छौं। विकासको नयाँ खाका हामीले कोरेका छौं। यहाँका पूर्वाधार विकास, पर्यटन, शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रको विकासमा हामीले खाका कोरेका छौं। त्यसैलाई जनताले विश्वास गरेर मलाई जिताएका हुन्। निष्कर्षमा भन्दा, पूर्वी रुकुमको विकासका निम्ति वाम गठबन्धनको उम्मेदवारका रुपमा मलाई जिताएका हुन्।

राजनीतिमा रहेका महिलालाई त पितृसत्तात्मक प्रवृत्तिले सताउँछ, आममहिलाको अवस्था के होला? : दुर्गा पौडेल

नेपाल लाइभ

मंसिर २७, २०७४| प्रकाशित ००:४४

राष्ट्रिय जनमोर्चाकी नेता दुर्गा पौडेलले प्युठान १ मा नेपाली कांग्रेस उम्मेदवार तथा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका पूर्व कार्यकारी निर्देशक डा गोविन्दराज पोखरेललाई पराजित गरिन्। पौडेलले ४७ हजार ५ सय १३ मत पाइन् भने पोखरेलले ३१ हजार २ सय ८६ मतमा चित्त बुझाए।

०४१ सालदेखि राजनीति सुरु गरेकी पौडेल अहिले राष्ट्रिय जनमोर्चाको केन्द्रीय उपाध्यक्ष र प्रवक्ता हुन्। उनी २०६४ सालमा सम्पन्न पहिलो संविधानसभा निर्वाचनमा काठमाडौं १० बाट पराजित भएकी थिइन्। तर, २०७० सालको चुनावमा भने उनी समानुपातिक तर्फबाट सभासद बनिन्।

पछिल्लो निर्वाचन परिणामका विविध सन्दर्भलाई लिएर नेपाल लाइभका लागि किशोर दहालले पौडेलसँग कुराकानी गरेका छन्।

तपाईंले चुनाव जित्नुका कारणहरु के-के मान्नुहुन्छ?

जित्नुका कारण धेरै छन्। जनतामा पहिल्यैदेखि वाम शक्तिहरु एक भएर आउन् भन्ने अपेक्षा थियो। चुनावमा त्यो वातावरण निर्माण भएपछि उनीहरुमा उत्साह थपियो। त्यस्तै, महिला उम्मेदवार भएका कारण आममहिलामा बढी सहानुभूति देखियो। अर्कातिर जनताले हरेक उम्मेदवारको पृष्ठभूमि खोज्दारहेछन्। जनताले उम्मेदवारको पृष्ठभूमि केलाएपछि लगातार राजनीतिमै बिताएको उम्मेदवारलाई नै आफ्नो प्रतिनिधि बनाउन चाहे। मैले महिला मुक्तिको आन्दोलनको एक दशकसम्म नेतृत्व गरें। विकास र समृद्धिका लागि पनि लगातार आवाज उठाइरहेको व्यक्ति हुँ। जनताले उम्मेदवारको त्यागलाई पनि ख्याल गर्दारहेछन्। यी कुराहरु ममा पाएपछि उनीहरुले मलाई मत दिए। र मैले जितेँ।

महिला उम्मेदवार भएर चुनावमा प्रतिस्पर्धा गरिरहँदा आइपर्ने अतिरिक्त कठिनाइ के-के हुँदा रहेछन्?

चुनाव निकै भड्किलो देखिन्छ। मत किन्ने प्रवृत्ति पनि देखिन्छ। यसबीचमा महिलालाई जित निकाल्न धेरै अप्ठ्यारो छ। चुनावमा मैले प्रत्यक्ष अनुभव गर्न पाएँ। 'पैसा फ्याँको, तमासा देखो' भन्ने शैली प्रत्यक्ष चुनावमा देखिन्छ। यो शैली विरुद्ध उभिएर मत पाउन महिला उम्मेदवारलाई झन् बढी गाह्रो देखिन्छ।

प्रतिद्वन्द्वीले भनिदिँदारहेछन्– उहाँ महिला हो, महिलाले के नै गर्न सक्छे र? म पुरुष हुँ, मलाईं दिनुहोस्। म विकासदेखि निकाससम्म दिन सक्छु।

महिलाको लडाइँ त्यहीँबाट सुरु हुने रहेछ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारलाई चिर्न महिलाको पनि त्यही स्तरको प्रचार संयन्त्र चाहिनेरहेछ। जुन महिलाको हकमा असम्भवप्रायः छ। पुरुष उम्मेदवारको त्यस्तो प्रचारवाजीबारे मलाई मतदाताले पनि सोध्नुहुन्थ्यो– तपाईं महिला सांसदले विकास गर्न सक्नुहुन्न भन्छन्? मैले धेरै महिलालाई व्यक्तिगत रुपमै महिलाले पनि नेतृत्व गर्न सक्छन् भनेर बुझाएँ उदाहरण दिएँ। त्यसपछि उहाँहरुले पुरुष उम्मेदवारको प्रचारवाजी विरुद्ध नै प्रतिवाद गर्न थाल्नुभयो।

त्यसैले महिलालाई राजनीतिक क्षेत्रमा काम गर्नु भनेको फलामको चिउरा चपाउनुसरह कठिन छ।

राजनीतिक रुपमा यतिका संघर्ष गरेका हामीलाई त महिला भएकै कारण पितृसत्तात्मक प्रवृत्तिले सताउँछ भने आममहिलाको अवस्था कस्तो होला, अनुमान गर्न सकिन्छ। क्षमता र योग्यता हुँदा पनि महिला भएकै कारण पछाडि पार्न खोजिन्छ। अनेक जालो फिजाइन्छ। राजनीतिक क्षेत्रमा भूमिका निर्वाह गरिरहेका धेरै क्षमतावान महिलालाई पनि बिर्सेर फलानाको श्रीमती र फलानाकी बुहारी भनेर परिचय दिइन्छ। यो महिलाको योगदानको बहुत ठूलो अपमान हो। मिडियामै पनि यस्तो भइरहेको छ। जुन हामीले अपेक्षा गरेका थिएनौं।

कम्तीमा २ वटा मुख्यमन्त्री महिलालाई बनाउनैपर्छ : पम्फा भुसाल

नेपाल लाइभ

मंसिर २६, २०७४| प्रकाशित ०५:१६

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ मध्ये १६४ स्थानको नतिजा आइसक्दा महिला प्रतिनिधित्व न्यून देखिएको छ। हालसम्म ६ महिलाले मात्रै प्रतिनिधिसभाका लागि स्थान सुरक्षित गरेका छन् भने बाँकी एक स्थानको गणनामा महिला उम्मेदवारकै अग्रता छ।

महिला प्रतिनिधित्वको यो अवस्था र अन्य विषयमा ललितपुर ३ बाट प्रतिनिधिसभामा निर्वाचित तथा माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालसँग किशोर दहालले गरेको कुराकानी:

तपाईंको जितका कारण के-के हुन्?

जनताको भोट।

तर प्रतिस्पर्धीभन्दा बढी भोटचा हिँ कसरी पाउनुभयो?

मैले ०६४ पनि जितेको क्षेत्र हो। अनि ललितपुर भनेको वामपन्थीको आधार पनि हो। ०७० सालमा कम्युनिष्टहरु विभाजित हुँदा कांग्रेसले जितेको थियो। अहिले सबै वामपन्थी पार्टीहरु मिलेर एउटै शक्ति बनेर जाँदाखेर हामीलाई सफलता मिल्यो। तर मलाई भने भोट दिँदा वामपन्थी मात्रै होइन, गैरवामपन्थीहरुले पनि दिनुभएको छ। किनकि, राजनीतिक स्थिरता र समृद्धिको चाहना त गैरवामपन्थीलाई पनि थियो। त्यसैले मलाई मत दिन जरुरी ठानेर भोट दिनुभयो।

चुनावी प्रतिस्पर्धामा उत्रिनुभएका धेरै महिलाले चुनाव हार्नुभयो। न्यून संख्याका महिलाले मात्रै चुनाव जित्न सके। यसको कारण के हो?

उहाँहरुलाई मत दिने मतदाता नै कम भएर होला। मुख्य त महिला प्रतिस्पर्धी नै निकै कम हुनुहुन्थ्यो। त्यसैले पनि विजयी उम्मेदवार कम देखिनुभएको हो। तर, हार्नुको कारण उम्मेदवारहरुको तयारी कम भएर पनि हुनसक्छ। अर्कोतर्फ जुनसुकै पार्टीका महिला उम्मेदवारहरुलाई पनि स्रोत परिचालन गर्न पनि मुस्किल छ। त्यो पनि कारण हुनसक्छ। अर्कोतर्फ चुनावी लहरको कुरा पनि आउँछ। त्यहाँ महिला वा पुरुष उम्मेदवार हेरिँदैन। कतै वामपन्थी लहर छ , त्यहाँ अन्य पार्टीका उम्मेदवारले जित्न गाह्रो भयो। त्यस्तै २ नम्बर प्रदेशमा मधेस केन्द्रित दलका उम्मेदवारभन्दा बाहेक अन्यलाई जित्न गाह्रो भयो।

कुनै न कुनै प्रदेशमा महिला मुख्यमन्त्री बन्नुपर्छ : बीना मगर

 नेपाल लाइभ

मंसिर २६, २०७४| प्रकाशित १९:१९

माओवादी केन्द्रकी उम्मेदवार बीना मगरले कञ्चनपुर १ मा कांग्रेस उम्मेदवार दिवानसिंह विष्टलाई पराजित गरिन्। मगरले ३८ हजार ४ सय ६७ मत पाउँदा विष्टले १९ हजार २ सय १९ मत पाएका थिए।
बाल कलाकारबाट विद्यार्थी नेतृ हुँदै पार्टी राजनीतिमा आएकी मगर ०७० सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट उम्मेदवार भएकी थिइन्। तर, उनी यसपटककै प्रतिस्पर्धी विष्टसँग पराजित भइन्। त्यतिबेला उनी तेस्रो भएकी थिइन्। विष्टले १० हजार २ सय ९४ मत पाउँदा मगरले ९ हजार १ सय ५१ मत पाएकी थिइन्।

महिला उम्मेदवारहरुले निकै कम ठाउँमा मात्रै जित हासिल गरेका बेला नेपाल लाइभका लागि किशोर दहालले मगरसँग कुराकानी गरेका छन्।

तपाईंको जितको कारण के हो?

कञ्चनपुरको दक्षिणी भेग भनेको कम्युनिस्टहरुको उर्बर थलो हो। अर्कोतिर हामी कम्युनिस्ट पार्टीहरु एक भएर पनि आयौं। त्यो अर्को आधार हो। यहाँका आमाबुबा, दिदीभाई तथा सबैले मलाई कञ्चनपुरबाट पहिलो महिला प्रतिनिधिका रुपमा देख्न चाहनुभयो। त्यस्तै, म यहाँ निरन्तर रुपमै फिल्डमै काम गरिरहेको छु। निरन्तर जनताको माझमा छु। यिनै कारणले यहाँका जनताले मलाई जिताउनुभयो।

प्रधानमन्त्री बन्ने अवसर पाए म गर्न सक्छु : पम्फा भुसाल

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित ००:४४

पहिलो संविधानसभामा ललितपुर ३ बाट विजयी पम्फा भुसालले संविधानसभाको दोस्रो चुनावमा भाग लिइनन्। त्यतिबेला उनी तत्कालीन एनेकपा माओवादी फुटाएका मोहन वैद्य नेतृत्वको दलमा थिइन्। माओवादीमा पुनरागमनसँगै नेतृ भुसाल १० वर्षअघि आफैंले जितेको ललितपुर क्षेत्र नम्बर ३ को उम्मेदवार बनेकी छिन्।

भुसालसँग नेपाल लाइभका किशोर दहालले कुराकानी गरेका छन्ः

मतदाता रिझाउने अन्तिम दिन कस्तो हुँदै छ?

घरदैलो, अन्तर्क्रिया, टोले मिटिङ, कोठे मिटिङ, साना सभा, ठूला सभा चलिरहेको छ। आज अन्तिममा खोकनामा जनसभा गरेर मेरो प्रचारप्रसार अभियान समाप्त हुँदै छ।

०७० सालमा ललिलपुरका ३ वटै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो। यस पटक कांग्रेसबाट त्यो क्षेत्र खोस्न कत्तिको चुनौतीपूर्ण छ?

हामी यस पटक ललितपुरका प्रतिनिधि र प्रदेशसभाका गरी ९ वटै निर्वाचन क्षेत्र जित्नेछौं।

न्याय, समानता र समाज परिवर्तनका लागि आन्दोलनरत छु : मदनकुमारी शाह (गरिमा)

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित २३:४३

मदनकुमारी शाह (गरिमा) कैलाली-१ बाट चुनावी प्रतिस्पर्धामा छिन्। उनी ०६४ सालको निर्वाचनमा यही क्षेत्रबाट पराजित र ०७० सालमा समानुपातिक तर्फबाट सभासद बनेकी थिइन्। यसपटक उनी पुनः वाम गठबन्धनबाट प्रत्यक्षतर्फकै उम्मेदवार बनेकी हुन्। उनका चुनावी एजेन्डा र भावी योजनालाई लिएर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

२०६४ सालको चुनावमा पराजित हुनुभयो। तर ०७० मा समानुपातिक तर्फबाट सभासद हुनुभयो। यसपटक पुनः प्रत्यक्षतर्फ नै प्रतिस्पर्धामा उत्रिनुभएको छ। किन?
०७० सालको संविधानसभामा समानुपातिकबाटै भए पनि मैले प्रतिनिधित्व गर्ने अवसर पाएको थिएँ। संविधान निर्माण प्रक्रियामा मैले पनि सक्रिय भूमिका निर्वाह गरेँ। त्यो संविधानमा उल्लेख भएका राजनीतिक अधिकारहरुलाई व्यावहारिक रुपमा लागू गर्नका लागि धेरै कानुन निर्माण गर्नुपर्नेछ। म त्यो अभियानमा सामेल हुन चाहन्छु। त्यस्तै, यसअघि सांसदको भूमिकामा रहँदा मैले केही कामहरुको सुरुवात गरेको थिएँ, तीमध्ये केही अधुरा र केही प्रक्रियामा छन्। त्यसलाई पूरा गर्न चाहन्छु। स्थिर सरकार बनाएर मुलुकलाई विकासको गतिमा लैजाने वाम गठबन्धनको लक्ष्य छ। त्यसमा पनि सहभागी बन्नुछ। न्याय, समानता र समाज परिवर्तनको लागि मैले हिजोदेखि नै आन्दोलन गरेको हुँ र आज पनि आन्दोलनरत नै छु। अहिले आन्दोलनका स्वरुप परिवर्तन भएका छन्। त्यसलाई जारी राख्ने मेरो इच्छा छ।

प्रक्रियामा रहेका कामहरु पूरा गर्नुपर्नेछ भन्नुभयो। ती कामहरु केके हुन्?
म नेपालको संस्कृति झल्कने खालको नेपाल जातीय संग्रहालय बनाउन लागेको छु। त्यो निर्माणाधीन छ। मलाई लाग्छ, सबैभन्दा छिटो आर्थिक गतिविधि ल्याउन सक्ने क्षेत्र भनेको पर्यटन हो। ७ नम्बर प्रदेशमा पर्यटनको गुरुयोजना बनाउन चाहन्छु। यो क्षेत्रलाई पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार र प्रवर्द्धन गर्न चाहन्छु। त्यसका लागि मैले काम  पनि प्रारम्भ गरिसकेको छु। आर्थिक गतिविधि बढाउनका लागि ठूल्ठूला सडक आवश्यक पर्छ। त्यसका लागि पनि बहस र छलफललाई अगाडि बढाइरहेको छु।

निकै कम महिलाहरुले मात्रै प्रत्यक्षतर्फको टिकट पाएको बेलामा तपाईंले टिकट पाउन कसरी सम्भव भयो?
०७० सालमा म सांसद भएपछि संविधान र विकास निर्माण अनि पार्टीको संगठन विस्तारमा मैले खेलेको नेतृत्वदायी भूमिकालाई ख्याल गरेर पार्टीले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सक्षम र योग्य छ भनेर चयन गरेको हो। यसका लागि म मानसिक रुपले पनि तयार थिएँ। मैले यो अवसर दिनुपर्छ भनेर पनि माग गरेको थिएँ। र, अन्ततः पार्टीले मलाई यो अवसर पनि प्रदान गर्‍यो।

'संख्याकै बलमा संविधान संशोधन नभए सडक संघर्षको विकल्प छैन' : केशवकुमार झा

नेपाल लाइभ

मंसिर १८, २०७४| प्रकाशित १६:२९

संविधान संशोधनको माग गर्दै मधेसी मोर्चा आन्दोलनमा उत्रिइरहँदा सरकारसँगको वार्ता प्रक्रियामा एक जना क्रियाशील नेता थिए, केशवकुमार झा। मधेस मुद्दाको सैद्धान्तिक र व्यावहारिक पक्षलाई विभिन्न माध्यमबाट अन्य समुदायसम्म पुर्‍याउन पनि उनको सक्रियता थियो। राजपाका महासचिव समेत रहेका झा प्रदेश २ को प्रदेशसभाका समानुपातिक उम्मेदवार हुन्। चुनावी अभियान र अनुभवका विषयमा नेपाल लाइभका किशोर दहालले उनीसँग गरेको कुराकानीः

एउटा उखान छ- ‘नखाऊँ भने दिनभरिको शिकार, खाऊँ भने कान्छा बाउको अनुहार’, यो चुनाव तपाईंहरुको निम्ति त्यस्तै भएको हो कि होइन?
त्यस्तो भएको छैन। अहिलेसम्म हाम्रो अवस्था राम्रो छ। सुरुमा हामीले जति अपेक्षा गरेका थियौं, अहिले झन् बढी राम्रो स्थिति हुँदै गएको छ। यसले हामीलाई झन् बढी आशावादी बनाउँदै लगेको छ। त्यसैले तपाईंले भनेको जस्तो उखान हामीमा आकर्षित हुँदैन।

संविधान संशोधनको माग राखेर लामो समय मधेसमा आन्दोलन भयो। यो चुनावले संविधान संशोधनलाई कसरी सुनिश्चित गर्छ?
अब त्यसका लागि कानुनी प्रक्रियाबाट अगाडि बढ्नुपर्ने हुन्छ। संविधान संशोधनमार्फत हाम्रा मागहरु पूरा गराउनका लागि संसदमा दुई तिहाइ चाहिन्छ। त्यसका लागि विभिन्न दलहरुसँग गठबन्धन बनाएर जानुको विकल्प छैन। हामी त्यसका पहल पनि गर्छौं। हामीले यो कुरा ख्याल गरेर चुनाव अघि नै लोकतान्त्रिक गठबन्धन बनाउन खोजेका थियौं। तर त्यो सफल भएन। त्यसो त, चुनावपछि अहिलेका गठबन्धनमा पनि फेरबदल आउन सक्छ। त्यतिबेला नयाँनयाँ गठबन्धन बन्न सक्छ। हामीले पनि के विश्वास गरेका छौं भने, २०७० सालको भन्दा यसपटक हाम्रो पनि राम्रो स्थिति बन्नेछ। अर्कोतर्फ परिवर्तनकारी शक्ति पनि बलियो बनेर आउँछ र संविधान संशोधनको हाम्रो माग पूरा हुनेछ।

त्यसो भए, अब तपाईंहरु संसदबाहिरको संघर्षभन्दा पनि संसदभित्रकै लोकतान्त्रिक संघर्षमा केन्द्रित हुनुहुन्छ?
हो। हाम्रो मुख्य पहल त त्यही नै हुनेछ। अर्को कुरा, संख्याकै बलमा संविधान संशोधन नहुने भयो भने हामीसँग सडक संघर्षको विकल्प हुँदैन। तर, अहिलेको चुनावमा सबै दलहरुको गणितीय अवस्था कस्तो बन्छ, त्यसपछि संघर्षका विभिन्न पक्षमाथि हामी छलफल गर्छौं।

'जनकपुरको ऐतिहासिकतालाई ख्याल गरेर काम गर्नेछु' : लालकिशोर साह

नेपाल लाइभ

मंसिर १४, २०७४| प्रकाशित २०:२०

स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा जनकपुर उपमहानगरपालिकामा राष्ट्रिय जनता पार्टीका उम्मेदवार लालकिशोर साह २१ हजार ९ सय ३ मतसहित विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका मनोजकुमार साह सुडीले ११ हजार १ सय ६४ मत मात्रै पाए। ठूलो अन्तरमा विजयी भएका लालकिशोरले कार्यकाल सम्हालेको करिब २ महिना बित्यो। यसबीच उनले के गरे, कस्ता योजना बनाइरहेका छन् र जनताको गुनासा के छन्? यिनै विषयमा नेपाल लाइभका किशोर दहालले जनकपुरमा उनीसँग गरेको कुराकानीको सम्पादित अंशः

जनकपुरको खास विशेषता के हो?

जनकपुरको विशेषता भनेकै जनकपुरधाम हो। यही कुरालाई ध्यान दिँदै हामीले पदभार ग्रहण गरेपछिको पहिलो बैठकले यस उपमहानगरपालिकाको नाम संशोधन गरेर ‘जनकपुरधाम उपमहानगरपालिका’ नामकरण गर्‍यौं। पौराणिक कालमा मिथिलाको राजधानी र राजा जनकको सचिवालय वा केन्द्रीय दरबार यहीँ थियो। माता सीताले बाल्यकाल यहीँ बिताउनुभएको थियो।

जनकपुरलाई धार्मिक पर्यटकीय नगर पनि भनिन्छ। तर पर्यटकको आगमन चाहिँ विवाह पञ्चमी बाहेक अरु समयमा खास हुन सकेको छैन। किन?

पर्यटक त आउँछन्। झन् विवाह पञ्चमीमा त यहाँ मेला नै लाग्छ। तर, अरु बेलामा पनि थोरैतिनो संख्यामा यहाँ पर्यटक आइ नै रहन्छन्। तर, आशा गरेजस्तो पर्यटक आउन नसक्नुमा चाहिँ यहाँ विकास नभएर नै हो। बाटोघाटो छैन। पर्यटक प्रवेश गर्ने मुख्य बाटोहरु नै बन्द छ। त्यस्तै, धार्मिक नगरी भनिएको जनकपुरमा प्रवेश गर्दा जुनखालको माहोलको कल्पना हुन्छ, यथार्थमा त्यस्तो छैन। ढलको राम्रो प्रबन्ध छैन, सडक राम्रो छैन। सौन्दर्यीकरण छैन, सरसफाइ छैन। विश्वविद्यालय छैन। मेडिकल कलेज छैन। यी लगायत अन्य धेरै कुरा छैनन्। त्यसैले धार्मिक पर्यटकहरुलाई आकर्षित गर्न धेरै काम गर्नुपर्ने छ। हामी ती काम गर्ने छौं।

'सामाजिक न्यायको पक्षमा अझ उचाइसाथ लड्नेछु' : दीपकप्रकाश भट्ट

नेपाल लाइभ

मंसिर १४, २०७४| प्रकाशित १७:३५

माओवादी सेनाका लडाकुको रेखदेख, पुनर्स्थापना र समायोजन विशेष समितिको सचिवालय सदस्य थिए, दीपकप्रकाश भट्ट। भारतको जवाहरलाल नेहरु विश्वविद्यालयबाट विद्यावारिधि गरेका भट्ट यतिखेर कन्चनपुर-३ मा एमालेबाट प्रतिनिधिसभाको प्रत्यक्ष उम्मेदवार छन्। सुरक्षाविद्का रुपमा ख्याति कमाएका भट्टको यो पहिलो चुनावी प्रतिस्पर्धा हो। उनी नेपाली कांग्रेसका परिचित नेता रमेश लेखकसँग प्रतिस्पर्धा गर्दैछन्। 

चुनावी सेरोफेरोमै रहेर उनीसँग किशोर दहालले गरेको सम्वाद:  

पहिलो पटक चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?
मैले ०५१ यताका सबै चुनावमा पार्टीका लागि भोट मागेको थिएँ। यस पटक आफ्नै लागि मागिरहेको छु। त्यसैले अरुलाई मागेको भोट र आफूलाई मागेको भोटमा खासै फरक छैन। मुख्य कुरा जनताको बीचमा जाने र उनीहरुलाई सचेत गराउने हो। खासगरी मुलुक कता जाँदैछ, यो वाम गठबन्धन किन बन्यो, देशमा बनेको संविधान कार्यान्वयनका लागि कुन दल वा गठबन्धन आवश्यक छ, राष्ट्रियता, जनजीविका, आर्थिक समृद्धिसँग जोडिएका एजेन्डाहरुमा जनतालाई विश्वस्त पार्न अरु बेलाको भन्दा थप जिम्मेवारी छ। म त्यो जिम्मेवारी बहन गरिरहेको छु।

अरुलाई भोट माग्ने अवस्थाबाट आफैंलाई भोट माग्ने अवस्थासम्म कसरी पुग्नुभयो?
राजनीतिक क्रियाशीलता, पार्टी जीवनको निरन्तरता र विभिन्न क्षेत्रसँग पार्टी जीवनमा जोडिएर मैले गरेको कामको मूल्यांकनले नै यहाँका कार्यकर्ताले उम्मेदवार हुन सबैभन्दा उपयुक्त व्यक्ति मलाई ठाने र सिफारिस गरे। पार्टी केन्द्रले पनि मेरो योग्यता, क्षमता र पार्टीले दिएको जिम्मेवारीमा मैले विगतमा देखाएको सिप, कौशल र विज्ञता सबैलाई जोडेर मूल्यांकन गरेकाले म अगाडि आएको हुँ।

यसमा तपाईंको रहर बढी छ कि पार्टीले तपाईंलाई आवश्यक ठान्यो?
पार्टी जीवनमा रहर भन्ने कुरै हुँदैन। पार्टीले दिएको जिम्मेवारी पूरा गर्दै यहाँसम्म आउँदा आफ्नो रहरभन्दा पनि पार्टीले दिएको जिम्मेवारी र कामलाई नै प्राथमिकता मान्दै आएको छु। समाज र देशको लागि अगाडि बढ्ने कुरा नै सबैभन्दा प्रमुख कुरा हो। मुल कुरा मुलुकको समृद्धि, विकास र सामाजिक रुपान्तरण हो। म सामाजिक न्यायको पक्षमा सदैव लडिरहेको छु, त्यो लडाइँलाई थप उचाइ दिन मूलधारको राजनीतिमा सक्रिय हुनुपर्छ भन्ने ठानेर आएको हुँ।

'मधेसले आफ्नो माग बिर्सेको छैन, थाती राखेको मात्र हो' : चन्द्रेश्वरप्रसाद यादव

नेपाल लाइभ

मंसिर १२, २०७४| प्रकाशित २०:२७

प्रदेश र प्रतिनिधिसभाको दोस्रो चरणको निर्वाचन मंसिर २१ गते ४३ जिल्लामा हुँदै छ। संघीय संरचना अनुसार हुन लागेको यो निर्वाचनमा प्रदेश २ अन्तर्गत तराईका आठ जिल्लाका मतदाताले पनि मताधिकारको प्रयोग गर्दै छन्। 

तराईको जिल्लामा स्थलगत रिपोर्टिङमा जाँदा नेपाल लाइभका किशोर दहालले निर्वाचनको सन्दर्भमा सिरहा क्याम्पसका सहायक प्राध्यापक चन्द्रेश्वरप्रसाद यादवसँग गरेको कुराकानीः

आगामी चुनावलाई कसरी हेरिरहनुभएको छ?

लोकतन्त्रमा चुनाव अनिवार्य हुन्छ। चुनाव लोकतन्त्रको मुटु हो। चुनाव भएन भने लोकतन्त्रको अर्थै भएन नि!

तर यो चुनाव विशिष्ट समयमा हुन लागेको छ। जुन संविधानप्रति असन्तुष्टि जनाउँदै मधेसमा लामो समयसम्म संघर्ष भयो, त्यही संविधान कार्यान्वयनका लागि चुनाव भइरहेको छ। त्यो संघर्ष र यो चुनावलाई जोडेर केही भनिदिनुस् न!

मधेसले आफ्नो माग बिर्सेको छैन। उसले आफ्ना मागलाई थाती राखेको हो। प्रमुख तीन दल मिलेर संविधान संशोधनलाई असफल बनाएका हुन्। मधेसी दलसँग मिलेको जस्तो पनि देखिने र संविधान संशोधन पनि नहुने वातावरण बताएका हुन्। मधेसी दललाई अलमलमा पारेर चुनावसम्म पुर्‍याउने उनीहरुको दाउपेच थियो। त्यो कुरा त मधेसी दलहरुले पनि बुझेका थिए। तर, उनीहरु बाध्यतामा परेका थिए। उनीहरु जुन किसिमको प्रक्रियामा थिए, त्यसैमा रहिरहने हो भने त मुलुक अनन्त कालसम्म अवरुद्ध भइरहने थियो। उनीहरुले नै बाटो खोलेर जनतासमक्ष गएका हुन्। उनीहरुले चाहेर मात्रै दुई तिहाइ नपुग्ने भएपछि जनतामा गएका हुन्। उनीहरु लोकतान्त्रिक र संवैधानिक प्रक्रियामा आएका हुन्।

जमिनदारी सोचका कारण कांग्रेस स्थानीयलाई नेतृत्व दिन चाहँदैन : ऋषिकेश पोखरेल

नेपाल लाइभ

मंसिर ११, २०७४| प्रकाशित २३:३९

नेकपा एमालेका ऋषिकेश पोखरेलले ०७० सालको चुनावमा नेपाली कांग्रेसका आमोद उपाध्यायलाई पराजित गर्दै संविधानसभासम्मको यात्रा तय गरेका थिए। अहिले पोखरेल नेपाली कांग्रेसका प्रभावशाली नेता मिनेन्द्र रिजालसँग मोरङ २ बाट प्रतिनिधिसभा सदस्यमा प्रतिस्पर्धा गर्दै छन्। चुनाव प्रचारप्रसारमा व्यस्त रहेका पोखरेलसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः

कांग्रेसका चर्चित नेतासँग प्रतिस्पर्धा गर्दै हुनुहुन्छ। कतिको दबाब महसुस भइरहेको छ?

मलाई कुनै दबाब महसुस भएको छैन। म यो समाजको नागरिक हो। यो समाजकै दाजुभाइ हुँ। यहाँ मेरो सामाजिक सम्बन्ध छ। हिजोका तीन वर्ष यो समाजले मसँग परीक्षा लिएको छ। म त्यो परीक्षामा पास भएको छु। आज पनि समाजका दाजुभाइ, बुबाआमासँग पुगिरहेको छु। सबैले राम्रो प्रतिक्रिया दिइरहनुभएको छ। सबैको सद्भाव, आशीर्वाद र साथ लिँदै र हिँड्दैछु।

वाम र लोकतान्त्रिक गठबन्धनलाई जनताले हेर्न पनि चाहेका छैनन् : मनिष सुमन

नेपाल लाइभ

मंसिर ११, २०७४| प्रकाशित २०:४०

राष्ट्रिय जनता पार्टी (राजपा) का महासचिव मनिष सुमन मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ (ख) मा प्रदेशसभा सदस्यका उम्मेदवार हुन्। सप्तरीमा राजपा–संघीय समाजवादी फोरम गठबन्धनका संयुक्त उम्मेदवार रहेका सुमनसँग निर्वाचनको सन्दर्भमा नेपाल लाइभका किशोर दहालले राजविराजमा गरेको कुराकानीः

प्रतिनिधिसभाभन्दा प्रदेशसभामा के त्यस्तो बढी आकर्षण छ, जसले गर्दा प्रदेशसभाको उम्मेदवार बन्नुभयो?

म योभन्दा अघि चुनाव लडेको थिइनँ, त्यसकारण यो मेरो पहिलो चुनावी प्रतिस्पर्धा हो। पहिलो कारण त यही नै हो। त्यस्तै, मधेसकै एक जना शीर्ष नेता उपेन्द्र यादवले यही क्षेत्रबाट प्रतिनिधिसभाको लागि उम्मेदवार हुने इच्छा व्यक्त गर्नुभयो। उहाँ यहीँ जन्मे–हुर्केको, पढेको व्यक्ति हो। हिजोसम्म उहाँको कर्मक्षेत्र अन्यत्र रह्यो। तर, यसपटक जन्मभूमिबाटै चुनाव लड्ने भनेर इच्छा गरेपछि मैले उहाँलाई सहयोग गर्नु आवश्यक देखेँ। मेरो पहिलो निर्वाचन प्रदेशसभाकै लागि लडूँ, जनतालाई सेवा गर्ने जुन अभिप्राय छ, त्यो प्रदेशसभाबाटै सुरु गरुँ भनेर त्यसकै उम्मेदवार बनेको हुँ।

यहाँबाट नभए पनि अन्य क्षेत्रबाट चुनाव लडेर पनि जित्न सक्नुहुन्थ्यो होला नि?

जो जहाँको स्थानीय हो, उसले त्यहाँ बढी महत्त्व पाउँछ। मैले मेरो जन्मभूमि र कर्मभूमि, जहाँबाट मैले राजनीति सिकेँ र जहाँका जनतासँग, मतदातासँग मेरो प्रत्यक्ष नै सम्बन्ध छ, मैले त्यही ठाउँ रोजेँ। त्यसैले मैले अन्यत्र पनि मेरो लोकप्रियता छ भन्ने दम्भ राखिनँ। जनताले पनि यहीँबाट चुनाव लड्न आग्रह गरेकाले मैले यही ठाउँ रोजेँ।

तपाईंजस्तो मधेसको मुद्दालाई सैद्धान्तिक रुपमै बहस गर्न सक्ने मानिस प्रतिनिधिसभामा हुँदा मधेसको माग पूरा गराउन झन् बढी सघाउ पुग्थ्यो भन्ने लागेन?

जनताको सेवा गर्नु छ भने जुनै पदमा भएर पनि जनताको सेवा गर्न सक्छ। हिजोसम्म म कुनै सभाको सांसद थिइनँ। तर, म जनताकै बीचमा बसेर काम गरिरहेको थिएँ। मैले मधेसका लागि गर्न सक्ने कामहरु गरिरहेको थिएँ। त्यसको उचित मूल्यांकनको अवसर आएको छ। त्यसैले मैले आफ्नै क्षेत्र रोजेँ। अर्कोपटक हेरौं के हुन्छ!

'केही मानिसको मनमा मधेस आन्दोलनका मुद्दा जीवितै छन्' : सुरेन्द्रप्रसाद यादव

नेपाल लाइभ

मंसिर १०, २०७४| प्रकाशित ००:११

सिरहा क्याम्पसका अंग्रेजी विभागका सहप्राध्यापक सुरेन्द्रप्रसाद यादव मधेसको राजनीतिक उतारचढावलाई नजिकबाट नियालिरहेका बुद्धिजीवी हुन्। उनै यादवसँग सिरहाको सदरमुकाम पुगेर किशोर दहालले गरेको कुराकानीः

यो चुनावप्रति मधेसी जनताको अपेक्षा के छ?

लामो समयदेखि विकास नभएकाले विकास हुन्छ कि भन्ने अपेक्षाले चुनावमा मधेसी जनताले भाग लिइरहेका छन्। तर, खासमा रहरले चुनावमा भाग लिएका होइनन्। धेरैजसो जनता अहिले चुनावको पक्षमा चाहिँ थिएनन्। किनकि, मधेसी जनताले विगतमा उठाइरहेको मागहरु पूरा भएका छैनन्। उनीहरुले कुनै असम्भव माग राखेका थिएनन्। मधेस आन्दोलनमा मधेसले उठाएका मागहरु अझै पनि मधेसी जनताले पाएका थिएनन्। त्यसैले बाध्यतावश मानिसले चुनावमा भाग लिनुपरिरहेको छ। कारण, कुनै गाउँमा ५० भोट खस्यो भने २६ ल्याउने त जित्छ। त्यो जुनसुकै पार्टीको पनि हुनसक्छ। स्थानीय चुनावमा अलि बढी उत्साह थियो, तर यो चुनावमा मानिसमा धेरै अपेक्षा छैन। तर, चुनाव हो, चुनावमा जानुपर्छ।

चुनाव हो, चुनावमा जानुपर्छ भनिसकेपछि मानिसले केही अपेक्षा त पक्कै राख्लान् नि!

अपेक्षा दुई-तीन थरीका हुन्छन्। जनता पनि दुई तीन थरीकै हुन्छन्। एकथरी यथास्थितिवादमा बाँच्ने जनता हुन्छन्। उनीहरु आफ्नो पार्टी हुन्छन्। उनीहरुलाई मधेसको मुद्दा र परिवर्तनका मुद्दासँग खासै मतलब हुँदैन। जुन पार्टीमा लागेको हो, त्यसैमा मत दिन्छन्। अर्काथरी मानिस छन्, जसको मनमा मधेस आन्दोलनका मुद्दाहरु मरेका छैनन्। राज्यले षड्यन्त्रमूलक ढंगले आन्दोलन दबाए पनि उनीहरुको मनमा त्यो मुद्दा जीवितै छ। उनीहरु नेतृत्वले चुनावमा जाने निर्णय गरिसकेपछि संसदमा आफ्नो मुद्दा राख्ने केही मानिस पनि पुगून् भन्ने चाहन्छन्। अरुले आफूलाई चुनाव नचाहने शक्ति भनेर नभनोस् भन्ने सचेचता उनीहरुमा देखिन्छ। बरु, पछि आन्दोलन गर्ने, संघर्ष गर्ने छँदैछ भनेर चुनावमा जानेहरु छन्।

'पुरुषवादी चिन्तनले महिलालाई दबाएर राखेको छ' : उर्मिला यादव

नेपाल लाइभ

मंसिर ९, २०७४| प्रकाशित २३:३८

उर्मिला यादव महिला अधिकारको क्षेत्रमा विगत १५ वर्षदेखि काम गर्दै आएकी छन्। जनकपुरलाई कार्यक्षेत्र बनाएर उनले महिलाका विभिन्न समस्याबारे बहस गर्ने र सरोकारवालाहरुको ध्यानाकर्षण गराउन भूमिका खेलिरहेकी छन्। मधेसका महिलाको लामो समयदेखिको समस्यालाई नजिकिएको चुनावसँग जोड्दै किशोर दहालले उनीसँग जनकपुरमा गरेको कुराकानीः

मधेसको महिलाको मुख्य समस्या के हो?

मुख्य रुपमा पुरुषवादी चिन्तन र हाम्रा कतिपय रीतिरिवाजले महिलालाई दबाएर राखेको छ। उनीहरु खुलेर अगाडि आउन पाएका छैनन्। उनीहरुले अवसर पनि पाएका छैनन्। यद्यपि यहाँ पढेलेखेका, नेतृत्व गर्न सक्ने महिला पनि छन्। आन्दोलनमा पनि महिलाको उपस्थिति उल्लेखनीय छ। उनीहरु सक्रिय पनि छन्। तर, अवसरमा पुरुष हावी भएको देखिन्छ। जस्तो, स्थानीय तहको चुनावमा पनि महिलालाई कुनै दलले मेयरमा विश्वास गरेनन्। महिलाले चलाउन सक्दैनन् भन्ने मानसिकता छ।

त्यसो भए यहाँका महिलाको लडाइँ चाहिँ के हो त?

हामी ५१ प्रतिशत छौं भने हामीले बराबरी अवसर पाउनुपर्छ। बोल्न, आन्दोलन र संघर्ष गर्न महिला सक्षम छन् भने राजनीतिक अवसरमा सक्षम किन नहुने भन्ने हाम्रो मुख्य प्रश्न हो। हामीले पद पायौं भने हाम्रो क्षमता देखाउन सक्छौं। स्थानीय तहदेखि माथिल्लो निकायसम्म पुरुष नै निर्णायक बनेर बसेका छन्। पदमा पुग्ने अवसर दिइयो भने बाँकी ठीक हुँदै आउँछ।

'आम जनताको समस्या एकातिर, नेताहरुको बोली अर्कैतिर' : सुरेन्द्र लाभ

नेपाल लाइभ

मंसिर ८, २०७४| प्रकाशित १९:४८

धनुषाको जनकपुर बस्दै आएका प्राध्यापक सुरेन्द्र लाभ मिहिन ढंगले राजनीतिको विश्लेषण गर्छन्, खासगरी मधेसको। यसबाहेक सामाजिक, सांस्कृतिक र आर्थिक पक्षबारे पनि उनी जानकार छन्। उनीसँग किशोर दहालले जनकपुरमा गरेको कुराकानी :

जनताले कुनै पनि उम्मेदवारलाई मत दिएर जिताउने आधार के हुन्छ?
कार्यकर्ताभन्दा बाहेकका व्यक्तिलाई हामीले आम मतदाता भन्ने गरेका छौं। उम्मेदवार बदमास नै भए पनि कार्यकर्ता उसको पछिपछि लाग्छ। तर साधारण मतदाता भने प्रभावित हुन्छन्। उनीहरुको अन्तिम निर्णय चुनावको दुई-चार दिनअघि मात्रै हुन्छ। र, त्यो निर्णयमा हल्लाको ठूलो भूमिका हुन्छ। को जितिरहेको छ भन्ने हल्ला चल्छ। अर्थशास्त्रको भाषामा त्यसलाई पूर्वानुमान भनिन्छ। जसको जितको हल्ला चल्छ, जनता त्यसकै पछाडि लाग्छन्।

तर हल्ला चल्छ कसरी, त्यो कुरा पनि छ। जसले बढी पैसा खर्च गर्छ, बाहुबललाई आफ्नो पक्षमा पार्छ, नचाहिने नाराहरु दिने गर्छ; त्यसैको पक्षमा हल्लाहरु चल्ने गरेको छ। जो एकदम भद्र भलादमी छ, त्यसको पक्षमा न सञ्चार छ, न दुनियाँ छ, न हल्ला चल्छ। बिचरा हार्छ। त्यसैले जसको पक्षमा हल्ला चल्छ, जनता उसकै पक्षमा आउँछन्। उसैले जित्छ। उम्मेदवार जिताउने प्रक्रिया यही हो हाम्रो देशको।

'नारायणकाजीसँग मेरो कुनै प्रतिस्पर्धा नै होइन' : बाबुराम भट्टराई

नेपाल लाइभ

मंसिर ७, २०७४| प्रकाशित २३:३९

१ सय ६५ क्षेत्रमा हुन लागेको प्रतिनिधिसभाको चुनाव अन्तर्गत चर्चित क्षेत्रमध्ये पर्छ, गोरखा २ । यहाँबाट नयाँ शक्तिका संयोजक डा बाबुराम भट्टराई र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ प्रतिस्पर्धामा छन्। दुई पटक माओवादीका उम्मेदवारका रुपमा सो जिल्लाबाट जितेका भट्टराई यस पटक नयाँ शक्ति पार्टीका तर्फबाट चुनावमा होमिएका हुन्। नयाँ शक्तिका अन्य क्षेत्रका उम्मेदवारहरुबारे खासै चर्चा नसुनिए पनि भट्टराई भने निकै चर्चामा छन्। 

चुनावी प्रचारका क्रममा गोरखामै रहेका भट्टराईसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानी: 

यसअघिका दुई निर्वाचनमा गोरखाबाट तपाईंले व्यक्तित्वका कारणले जित्नुभएको थियो कि माओवादीको संगठनका कारण?

मूल रुपमा मैले लोकतन्त्र र गणतन्त्रका लागि त्याग र बलिदानको बाटो लिएँ। त्यसै क्रममा माओवादी आन्दोलनको निर्माण भएर आयो। त्यसमा माओवादी र बाबुराम भट्टराई अन्योन्याश्रित ढंगले जोडिएका थिए। त्यसैले ती दुइटालाई अलग गरेर हेर्न मिल्दैन। दुवैको योगदानका कारण मैले पहिले जितेको हुँ। अब पनि जित्छु।

यस पटक चाहिँ तपाईंको जितको आधार के हुन्छ त?

संविधान निर्माणका लागि मैले भूमिका खेलेको छु। संविधानसभाका निम्ति गोर्खाली जनताले मलाई जुन जिम्मेवारी दिएका थिए, त्यो मैले पूरा गरेको छु। त्यो पहिलो आधार हो। त्यस्तै, म निरन्तर रुपमा गोर्खाली जनतासँग जोडिएको छु। म प्रत्येक महिना गोरखा आएको छु र गोरखाको विकास निर्माणका लागि बाटाघाटा, पहाडी लोकमार्ग, विभिन्न परियोजना लगायतका रणनीतिक पूर्वाधारहरु तयार गर्नमा भूमिका खेलेको छु। विकास र समृद्धिका लागि मेरो योगदान, इमानदारी र लगनशीलतालाई कदर गर्दै जनताले पुन: जिम्मेवारी दिन्छन् भन्ने कुरामा म विश्वस्त छु।

'विमलेन्द्र निधिजी मधेसको निम्ति क्यान्सर हो' : राजेन्द्र महतो

नेपाल लाइभ

मंसिर २, २०७४| प्रकाशित २२:२५

राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका एक नेता राजेन्द्र महतो गृहजिल्ला सर्लाही छाडेर धनुषा–३ बाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ चुनावी प्रतिस्पर्धा गर्दै छन्। उनले कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेकै क्षेत्र रोजेका छन्। चुनावी अभियान र मधेस मुद्दामा केन्द्रित रहेर महतोसँग नेपाल लाइभका किशोर दहालले गरेको कुराकानी:

तपाईंहरुले लामो समय अहिलेको संविधानको विरोध गर्नुभयो। तर, अहिले त्यसैको कार्यान्वयनका लागि निर्वाचनमा जुटिरहनुभएको छ नि!

कार्यान्वयन होइन, संविधानमा आवश्यक सुधार र संशोधनका लागि जुटेको हो। यो संविधानमा केही कुरा ठीक र केही कुरा बेठीक छ। मधेसको सवालमा बेठीक छ। जनजातिको सवालमा बेठीक छ। दलितको सवालमा बेठीक छ। जहाँजहाँ बेठीक छ, त्यसलाई ठीक पार्नुपर्छ। यो निर्वाचन भनेको संसदीय लडाइँ हो। जुन कुराका लागि सडक संघर्ष गरिएको हो, हाम्रो त्यो आन्दोलन सकिएको छैन। आन्दोलनको रुप फेरिएको छ, अहिले सडक आन्दोलन स्थगित गरिएको छ। सडक आन्दोलन पनि संविधान संशोधनकै लागि हो। हामीले यो चुनावलाई पनि संघर्षकै रुपमा लिएका छौं र यसले संसदभित्रको आन्दोलनलाई बल पुर्‍याउँछ। त्यसैले हामीले संसदको आन्दोलनको तयारी गरिरहेका छौं।

यो बाटोबाट संविधान संशोधन हुन्छ होला?

नगरी सुखै छैन। संविधान संशोधन भएन भने यो मुलुक चल्दैन। मुलुक धेरै संकटमा पर्छ। द्वन्द्व धेरै बढ्छ। आफ्नै गोरुको बाह्रै टक्का भनेर हुँदैन। ‘सारा नेपाली पञ्च, सारा पञ्च नेपाली’ भन्ने जातिवादी व्यवस्था कहाँ गयो? त्यस्तै,९० प्रतिशतले बनाएको संविधान संशोधन हुनुपर्छ भन्ने पक्षमा झन्डै ६० प्रतिशत त आइसके नि! अब दुई तिहाईका लागि ६ प्रतिशत भए पुग्छ। त्यो पुग्छ। देश थोडी यसरी चल्छ! जनतालाई अधिकार दिएन भने सडकबाटै संविधान परिवर्तन हुन्छ, व्यवस्था परिवर्तन हुन्छ। त्यसैले अंकगणित देखाएर धेरै लामो समयसम्म टिक्न सक्दैन।

'मधेसीको पक्षमा संविधान संशोधन गर्छौं' : लीलानाथ श्रेष्ठ

नेपाल लाइभ

कात्तिक ३०, २०७४| प्रकाशित ०१:२२

सिरहा– ०७० को दोस्रो संविधानसभा चुनावमा सिरहा–५ बाट माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग झिनो मतले पराजित भएपछि एमालेका लीलानाथ श्रेष्ठ निकै चर्चित भए। त्यहाँको मतगणनालाई लिएर त्यसबेला आशंका पनि गरिए। तर, नतिजा यथावत् नै रह्यो। यसैबीच मुलुक अर्को निर्वाचनमा होमिइरहेको छ। र, उनै श्रेष्ठ अहिले सिरहा–३ को चुनावी प्रतिस्पर्धामा छन्, माओवादीकै पनि साझा उम्मेदवार बनेर। 

घरदैलो अभियानका क्रममा सिरहाको एउटा गाउँमा भाषण गरिरहेका बेला भेटिएका श्रेष्ठसँग नेपाल लाइभका लागि किशोर दहालले कुरा गरेका छन्ः

०७० सालको चुनावमा प्रचण्डसँग तपाईंको हारपछि केही आशंका उब्जिएको थियो। त्यो निर्वाचनलाई कसरी सम्झिनु हुन्छ?

अहिले हामी दुवै पार्टी चुनावी तालमेलमा र चुनावपछि एकता गर्ने प्रक्रियामा छौं। अर्कोतिर आचारसंहितामा एक पार्टीले अर्को पार्टीलाई विरोध नगर्न भनेको हुनाले अहिले म त्यो कुरालाई खोतल्न चाहन्न। ०७० सालको चुनावमा के भएको हो सबै तपाईंहरुलाई थाहै छ। जनताले मलाई भोट दिएकै हो। तर, के भएको र के नभएको तपाईंहरुलाई थाहा छ। पार्टी एकता हुन गइरहेको अवस्थामा र हाम्रो नेताका रुपमा उहाँलाई पनि मानिरहेको अवस्थामा यो कुरा गर्नु उपयुक्त छैन। ०७० सालको चुनावमा सिरहा–५ का जनताले मलाई मत दिएर माया गर्नुभएको थियो, त्यसमा दुई मत छैन। बाँकी कुरा अहिले नगरौं।

केही गडबडी भएको थियो भन्न चाहनुहुन्छ?

अहिले आचारसंहिता लागू भएको छ। म नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पनि हुँ। तपाईंले मेरो कुरा बुझिदिनुप¥यो। के भएको थियो भनेर विगतमै मिडियामार्फत सबै कुरा राखिसकेकै हो। अहिले पुराना कुरालाई बिर्सेर अगाडि बढ्नुपर्छ कि भन्ने मलाई लाग्छ।

पहिलो संविधानसभाको जस्तै बलियो शक्ति बन्नेछौं : उपेन्द्र यादव

नेपाल लाइभ

कात्तिक २९, २०७४| प्रकाशित २३:३९

पहिले सुनसरी र मोरङबाट चुनाव लडेका संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव आसन्न प्रतिनिधिसभाको निर्वाचनमा सप्तरीबाट उम्मेदवार बनेका छन्। सप्तरी क्षेत्र नम्बर २ मा उनको उम्मेवारीले सप्तरीको चुनावी माहौल तात्तिएको छ।

यसपाली यादव किन पनि चर्चामा छन् भने, उनी राष्ट्रिय जनता पार्टी (राजपा) सँग ‘मधेस गठबन्धन’ गरेर चुनावी मैदानमा उत्रेका छन्। संविधानसभाको पहिलो निर्वाचनमा बलियो बनेर दोस्रो निर्वाचनमा खस्किएको यादवको दलले स्थानीय तहको चुनावको परिणामले केही राहतको महसुस गर्‍यो।

यसपटक प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट आफ्नो दल बलियो बन्ने यादवको दाबी छ। यादवसँग हाल स्थलगत रिपोर्टिङका क्रममा पूर्वी तराईमा रहेका नेपाल लाइभका किशोर दहालले सप्तरीको राजविराजमा गरेको कुराकानीः

चुनावका लागि कस्ता रणनीति बनाइरहनुभएको छ?

पहिलो कुरा जनतासँग प्रत्यक्ष सम्पर्क राख्ने, सभाहरु गर्ने, आफ्ना विचार र मुद्दाहरु जनताकै बीचमा राख्ने गरिरहेका छौं।

जनताको माझमा के–के प्रतिबद्धता जनाइरहनुभएको छ?

हाम्रो राजनीति भनेको एउटा उद्देश्यको राजनीति हो। एउटा मिसनको राजनीति हो। त्यो मिसनमा दुई वटा पक्ष छन्। एउटा पक्ष भनेको अधिकारको लडाइँ हो। राज्यको गलत नीति र दृष्टिकोणका कारण यहाँका जनता विभेदमा छन्। असमानता र उत्पीडन छ। समान अवसर, अधिकार र पहुँचमा वञ्चित परिरहेको अवस्था छ। त्यस्तै, राष्ट्रिय पहिचान नै संकटमा परेको अवस्था छ। अधिकार र पहिचानका कुरा छन्, जसलाई प्राप्त गर्न संविधान संशोधन, पुनर्लेखन वा परिमार्जन गरेर अगाडि बढ्ने हो। यो अधिकारको पाटो हो।

अर्को, विकासको पाटो हो। तराई, त्यसमा पनि सप्तरी कहिले पनि राज्यको प्राथमिकतामा नपरेको ठाउँ हो। सप्तरी राम्रो खेती हुने सुगम र मिहिनेती ठाउँ हो। तर, मानव विकासको सूचकांकमा हेर्दा नेपालको निर्धन जिल्लामा पर्छ। राज्यले प्राथमिकता नदिएकै कारण यस्तो भएको हो। त्यसैले विकास र निर्माणका आधारहरु तयार गर्नु जरुरी छ।
त्यसैले अधिकार र विकासको कुरा नै मुख्यगरी हामीले अगाडि बढाइरहेका छौं।

'दुवै गठबन्धन भारतीय एकाधिकारका दलालहरुको हो' : प्रेम सुवाल

नेपाल लाइभ

कात्तिक २२, २०७४| प्रकाशित २३:२९

काठमाडौं- नेमकिपाका नेता प्रेम सुवाल भक्तपुर–१ का प्रतिनिधिसभाका उम्मेदवार हुन्। नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेले सधैं चुनाव जित्ने उक्त क्षेत्रमा अहिले त्रिपक्षीय भिडन्त छ। वाम गठबन्धनबाट माओवादीका मिलन सुवाल र लोकतान्त्रिक गठबन्धनबाट कांग्रेसका बाबुराजा जोशी पनि चुनावी प्रतिस्पर्धामा छन्। प्रेम सुवालसँग निर्वाचनको सेरोफेरोमा रहेर नेपाल लाइभका किशोर दहालले गरेको कुराकानीः

‘नारायणमान बिजुक्छेको क्षेत्र’ बाट चुनाव लड्दै हुनुहुन्छ। कस्तो महसुस भइरहेको छ?

पार्टीको जिल्ला कमिटीले प्रतिनिधिसभाको चुनावका लागि उहाँकै नाम सिफारिस गरेको थियो। तर, पार्टी अध्यक्षले नै अब युवा पुस्ता अगाडि बढ्नुपर्छ, म पार्टीको संगठन बिस्तारमा लाग्छु भन्नुभयो। मैले ५ पटक संसदमा रहेर देश र जनताका लागि निकै काम गरेको छु। अब त्यसका लागि नयाँ पुस्ता पनि तयार भएको छ भन्ने उहाँको मनशाय रह्यो। पार्टीले नै निर्णय गरेर मलाई उठाएको हो।

उहाँको निरन्तर जितको विगतलाई साकार पार्न कत्तिको चुनौती छ?

हामीले विगतमा संसदमा रहेर देश र जनताकै पक्षमा काम गरेका छौं। त्यहाँ हामीले पछुताउनुपर्ने कुनै काम गरेनौं। बरु, सरकारमा बसेकै पार्टीहरुले देश र जनताविरुद्ध काम गरेका छन्। उनीहरुले हामीले जित्यौं भने यति काम गर्छौं भनेर बाचा गर्छन्। अनेक आश्वासन राखेर घोषणापत्र सार्वजनिक गरेका छन्। तर, सरकारमा गएपछि बाचा अनुसार काम गर्दैनन्। बरु भारतीय विस्तारवाद र एकाधिकारवादको दलाली गर्छन्। भ्रष्टाचार गर्छन्। त्यस्ता पार्टीलाई मात्र जितका लागि चुनौती हुन्छ। देश र जनताको पक्षमा इमानदारिताका साथ काम गरिरहेका हामीलाई केही चुनौती छैन।

अहिले त गुण्डा पनि कम्युनिस्ट भएका छन् : नारायणमान बिजुक्छे

नेपाल लाइभ

कात्तिक १७, २०७४| प्रकाशित १४:३२

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले आसन्न निर्वाचनका लागि उम्मेदवारी नदिएपछि राजनीतिक वृत्तमा एकखालको तरंग छाएको छ। सधैं भक्तपुरमा उम्मेदवार बन्दै र जित्दै आएका बिजुक्छे यसपटक चुनाव लड्दै छैनन्। किन त? उनीसँग किशोर दहालले गरेको कुराकानी:  

यस पटक किन उम्मेदवारी दिनुभएन?
यसपटक पार्टीले नयाँ पुस्तालाई अगाडि बढाउने र स्थान दिने रणनीति बनाएको छ। मैले पार्टीमा लामो समय काम गरेँ। जनताले पनि माया र विश्वास गर्नुभयो। संसदमै २५ वर्षभन्दा बढी काम गरेँ।

अहिले हाम्रो पार्टीका युवा पुस्ताको प्रस्तुति पनि निकै राम्रो छ। त्यसैले पनि नयाँ पुस्तालाई अगाडि ल्याउन चाहेका हौं। मलाई लाग्छ, यसले देश र जनताको सेवाको लागि राम्रै हुनेछ।

संसदमा जाने बाटो नै नरोजेपछि तपाईंको आगामी सक्रियता के हुन्छ?
म पार्टीमा छु नि! अध्यक्ष छु, अहिले पनि। त्यसैमार्फत सक्रिय रहिरहन्छु।

वाम गठबन्धनबाट डराउनुभएको त होइन नि?
होइन। उनीहरुले हामीलाई हराउन सक्दैनन्।

भक्तपुर १ का लागि नयाँ उम्मेदवार बनेका तपाईंका पार्टीका सदस्यले कस्तो मत ल्याउने अपेक्षा गर्नुभएको छ?
राम्रो मत ल्याउनुहुन्छ। चार वर्षदेखि प्रेम सुवालले सदनमै सक्रिय भूमिका खेल्नुभएको छ। उहाँले राम्रो छवि बनाउनुभएको छ। त्यसैले पनि कार्यकर्ता र जनताले राम्रो सहयोग गर्नेछन्। मत दिनेछन्।

मेरो जति सांगठनिक मत आएको थियो, त्यति उहाँले पनि पाउनुहुन्छ। म उठे पनि, साथीहरु उठे पनि मत उस्तै हुन्छ।

'एमालेरुपी श्रीकृष्णका साथमा अर्जुनरुपी प्रचण्ड आइपुग्नुभएको छ' : देवी ज्ञवाली

नेपाल लाइभ

कात्तिक १०, २०७४| प्रकाशित ००:१०

स्थानीय तह अन्तर्गत बैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको मतगणनामा जेठ १४ गते राति अकस्मात् नयाँ परिस्थिति आयो, जब माओवादीका कार्यकर्ताले केही मतपत्र च्याते । त्यतिबेलासम्म भएको मतगणनाले एमाले उम्मेदवार देवी ज्ञवालीले जित्ने प्रक्षेपण भइरहेका बेला मतपत्र नै च्यातिएपछि धेरैको ध्यान तानियो । पुन: निर्वाचन भएको सो महानगरपालिकामा माओवादी उम्मेदवार रेणु दाहालले जितिन् । हारपछि पनि ज्ञवालीको चर्चा कम भएन । उनी एकाएक राष्ट्रिय चर्चाको नेता बने।

त्यतिबेला निकै तिक्ततापूर्ण बनेको एमाले-माओवादी सम्बन्ध पछिल्लो समय फेरिएको छ । उनीहरु चुनावी गठबन्धन र पार्टी एकताको दिशामा अघि बढिरहेका छन् । उनै ज्ञवाली आसन्न निर्वाचनमा एमाले र माओवादीका चितवनका उम्मेदवारलाई जिताउने अभियानमा खटिएका छन् । यसै क्रममा काठमाडौं आएका ज्ञवालीसँग नेपाल लाइभका लागि दुर्गा दुलाल र किशोर दहालले गरेको कुराकानी:

देवी ज्ञवालीलाई बलिको बोको बनाइयो भनिन्छ नि!
राजनीति भन्ने कुरा जटिल र पीडादायी मात्रै हुँदैन, स्वप्नदर्शी पनि हुन्छ। यो सरल रेखामा पनि बग्दैन । एक खालको अनुमान गरिन्छ, प्रक्षेपण गरिन्छ । तर, परिस्थिति भन्ने चिज एकाएक परिवर्तन हुन सक्छ । एकैछिन अघि गर्मी थियो, एकाएक बादल लागेर पानी पर्ने, असिना आउने हुन सक्छ । त्यतिबेला अघि तैंले यस्तो लुगा लगाएको थिइस्, किन फेरिस् भन्न मिल्दैन । हिउँ परेपछि गर्मीमा लगाएको लुगा लगाएर हुँदैन, बाक्लो लुगा लगाउनुपर्छ।

कुरा के भने, परिस्थिति फेरिएपछि अरु चिजहरु पनि फेरिन्छन् । वस्तु, घटना वा अवस्थामा आएको रुपान्तरणमा सम्बन्धित वस्तुप्रति लिएको नीति, दृष्टिकोण, सोच वा धारणालाई परिवर्तन गर्न मद्दत गर्छ । मान्छेले राजनीतिमा एकपटक लिएको धारणालाई सदासदाका लागि ठान्छन् तर त्यस्तो हुँदैन । जब परिस्थितिमा रुपान्तरण आउँछ त्यसपछि नयाँ स्थितिहरु आउँछन्।

अघिल्लो पटक म माओवादीसँग अन्तर्विरोधपूर्ण सम्बन्धका साथ चुनाव लडेको थिएँ । जतिखेर नेपाली कांग्रेसले माओवादीलाई खेलौना बनाएको थियो, एमालेविरुद्ध उपयोग गरेको थियो । मेरो असन्तुष्टि वा घृणा माओवादीसँग थिएन । उसलाई कांग्रेसले बुख्याचा बनायो भन्नेमा मेरो असन्तुष्टि थियो । हिजो कांग्रेसकै उक्साहटमा लागेर मतपत्र च्यातिएको थियो । म जितेको मान्छेलाई हराइएको थियो । यो बुद्धि कांग्रेसले सिकाएको थियो।