किशोर दहाल
बैशाख ९, २०७५| प्रकाशित १६:०६
काठमाडौं- ब्यानर विवादले रोकिएको नेकपा एमाले र माओवादी केन्द्रले संयुुक्त आयोजना गरेको 'नेपाल कम्युनिस्ट पार्टीको ६९औं स्थापना एवं १४८औं लेनिन जयन्ति'को कार्यक्रम दुई ब्यानर राखेसँगै झन्डै ४ घन्टापछि सुरु भएको छ।
पहिलेको ब्यानरमा मार्क्स, लेनिनकै फोटो नभएपछि माओवादी केन्द्रका कार्यकर्ताले कार्यक्रममा अवरोध सिर्जना गरेका थिए। अहिले नयाँ ब्यानर र कार्ल मार्क्स र लेनिनको फोटो ल्याएसँगै कार्यक्रम सुरु भएको हो। १ बजेतिर कार्यक्रम स्थलमा पुगेर भिआइपी कक्षमा बसेका नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड स्टेजमा आएका छन्।
कार्यक्रममा राखिएको ब्यानरमा लेनिनकै फोटो नभएपछि र कम्युनिस्ट नेताहरुको लहरमा नेकपा एमालेका संस्थापक नेताहरुको मात्र फोटो राखिएको भन्दै माओवादी केन्द्रका कार्यकर्ताले विरोध प्रदर्शन गरेपछि कार्यक्रम रोकिएको थियो। अहिले पुरानो ब्यानरसँगै नयाँ ब्यानर र कुर्सीमा कार्ल मार्क्स र लेनिनको फोटो राखेर कार्यक्रम सुरु गरिएको हो।