Pages

Thursday, December 12, 2024

मधेस सरकारको पहिलो निर्णय : नयाँ भनिएको जनमतको पारा पनि पुरानै

किशोर दहाल

काठमाडौं । शुक्रबार बसेको मधेस प्रदेश मन्त्रिपरिषद्को पहिलो बैठकले प्रत्यक्ष निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोड रुपैयाँ परिचालन गर्न दिने निर्णय गर्‍यो । त्यसले अहिले विवाद खेपिरहेको छ । जुन स्वाभाविक छ ।

सबैभन्दा पहिले ५ करोड र डेढ करोडको जुन विभाजन छ, त्यसले नै यो निर्णय कति हचुवा छ भनेर पुष्टि हुन्छ । प्रदेश सभाका सबै सदस्य बराबर हुन् भन्ने मान्यता नै मन्त्रिपरिषद्ले स्वीकार गर्न सकेको छैन ।

मिश्रित निर्वाचन प्रणाली अन्तर्गत प्रत्यक्ष र समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुने भए पनि सभामा पुगेका सबै सांसदको हैसियत बराबर हो । तर, मन्त्रिपरिषद्को निर्णयले त्यसलाई स्वीकार गरेको देखिँदैन । यस किसिमको विभेद संविधानको मर्म विपरीत छ ।

तर पनि विवादको मूल विषय यो होइन । मूल विषय हो- मन्त्रिपरिषद्ले निर्णय गरेर सांसदको हातमा रकम थमाउने काम सही हो कि गलत हो ? सांसदलाई कानुन निर्माता बनाउने कि ठेकेदार ?

गृहमन्त्री रवि लामिछानेलाई आरोप लगाउने मात्रै छुट छैन, अब निर्क्योल निकाल्नुपर्छ

विदेशीलाई सूचना बेच्नेलाई कारबाही गर्ने प्रक्रियामा उनलाई कुनै कठिनाइ छ भने सत्ताधारी र विपक्षी दलले पनि सहजीकरण गरिदिनुपर्छ । यदि यति गम्भीर सूचना थाहा पाएर पनि कारबाही प्रक्रिया अगाडि बढ्दैन भने मन्त्री लामिछाने समेत मतियार रहेको ठहर्छ ।

किशोर दहाल

काठमाडौं । आइतबारको प्रतिनिधि सभा बैठकमा करिब ३५ मिनेट सम्बोधन गरेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस केन्द्रित थुप्रै आरोप लगाए । संसद्‌मा आफूमाथि उठेका प्रश्नको जवाफ दिन गएका भनिएका उनले प्रतिआरोपका फेहरिस्त प्रस्तुत गरे । र, आफूमाथिको आरोपलाई सामान्यीकरणको प्रयत्न गरे ।

राजनीतिमा आरोप प्रत्यारोप सामान्य मानिन्छ । सत्ता पक्ष र प्रतिपक्षी दलका नेताको आरोप त झनै सामान्य मानिन्छ । उनीहरूले सार्वजनिक सभा समारोहमा एक अर्कालाई भन्न केही बाँकी राखेका हुँदैनन् । त्यसैले धेरैले मन्त्री लामिछानेले रोस्टमबाट व्यक्त गरेको धारणा त्यस्तै हो भन्ने लाग्न सक्छ । तर, त्यस्तो होइन ।

पहिलो, आइतबार रोस्टममा उभिएर जो बोलिरहेको थियो, ऊ देशको उपप्रधान तथा गृहमन्त्री थियो । उसले सदनमा उठेका प्रश्नको ‘जवाफ’ दिँदै थियो । त्यसैले त्यहाँबाट बोलिएका प्रत्येक वाक्य नेपाल सरकारको धारणा हो । त्यो मन्त्री लामिछानेको मात्रै होइन, अन्ततः प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पनि धारणा हो । सत्ता पक्षको धारणा हो ।

दोस्रो, संसद्‌मा बोलेको कुरा रेकर्ड रहन्छ । आज पक्ष र विपक्षमा उठेका सबै बहस हाम्रो सामु छ । त्यसलाई तुलना गरेर हामी धारणा बनाउन सक्छौँ । तर, केही समयपछि नै संसद्‌मा लामिछानेले बोलेको विषय आधिकारिक रुपमा रहन्छ । कति सही वा गलत हो भनेर तुलना गर्ने होइन, नेपाल सरकारको तत्कालीन अवस्थाको धारणाको रुपमा रहन्छ ।

आज हामीले संसद्‌ सचिवालयको पुस्तकालयमा रहेको आर्काइभमा गएर २०१५ सालदेखिका सम्बोधन पढ्न सक्छौँ । जे त्यहाँ उल्लेख छ, हाम्रा निम्ति त्यही आधिकारिक र उद्धृतयोग्य सम्बोधन हुन्छ । त्यसैले मन्त्री लामिछानेले आइतबार बोलेको कुरा केही समयपछि नै तथ्यको रुपमा रहन्छ ।

गृहमन्त्रीले जे बोल्छन्, त्यो शंका गरिरहनुपर्ने विषय होइन । स्वयं उनले आफ्नो सम्बोधनमा ‘सदनलाई लड्ने र भिड्ने थलो नबनाऔँ, तथ्यहरूमा छलफल गरौँ’ भनेका थिए । त्यसैले पनि उनको सम्बोधनका हरेक अंश तथ्ययुक्त छन् भनेर विश्वास गर्नुपर्ने हुन्छ । जसकारण उनको सम्बोधनमा उल्लेखित कतिपय विषयको अब निर्क्योल हुनुपर्छ ।

देउवामाथि पनि छानबिन गर्नुपर्ने रास्वपाको सर्तमा लुकेको अन्तर्य- मिलिजुली सबैलाई सफाइ !

मनिष झाको सर्तलाई सजिलो भाषामा बुझ्न सकिन्छ- ‘देउवामाथि पनि छानबिन नगरौँ, रविमाथि पनि नगरौँ ।’

किशोर दहाल

काठमाडौं । बिहीबार प्रतिनिधि सभामा भएको धकेलाधकेलपछि रास्वपा सांसद तथा सहप्रवक्ता मनिष झाले पत्रकारसँग एउटा वाक्य पटकपटक दोहोर्‍याए- ‘अब समिति बन्दैन ।’ झाको यस किसिमको अभिव्यक्तिमा बिहीबार दिनभरका घटनाक्रम कारणका रुपमा जोडिएका छन् ।

बिहीबार दिनभर नै सदनको गतिरोध अन्त्य गर्न आन्तरिक, दुई पक्षीय र बहुपक्षीय बैठक भएका थिए । कांग्रेस र रास्वपाका नेताहरूबीच पनि छलफल भएको थियो । त्यस क्रममा रास्वपाले छानबिन समिति गठनका लागि दुई वटा सर्त राखेको थियो । झाको भनाइमा, लामिछानेले सदनमा बोल्न पाउनुपर्ने र समस्याग्रस्त सबै सहकारीको विषयमा छानबिन हुनुपर्ने सर्तमा कांग्रेस तयार भएको थिएन ।

उनले कांग्रेसको सर्तका विषयमा त खुलाएनन् । तर, सार्वजनिक भएको विवरण अनुसार, उसले आरोपित रवि लामिछानेको नामै उल्लेख गरी कार्यादेश दिएर समिति गठन हुनुपर्ने अडान राखेको थियो ।

सहमति नहुँदै बिहीबारको सदन सुरु भएपछि अवरोध हुने निश्चित जस्तै थियो । तर, सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि भने वेल क्षेत्रमा कांग्रेस उपसभापति धनराज गुरुङ र एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच असझदारी सिर्जना भयो । परिणामतः धकेलाधकेलको स्थिति उत्पन्न भयो ।

सदनमा त्यस किसिमको परिस्थिति निर्माण हुनुमा एक अर्कालाई दोषारोपण हुनु स्वाभाविक हो । दलहरू पुनः संवादमा बस्ने र निकास निकाल्ने कुरा पनि अपेक्षित नै छ । तर, झाले पत्रकारहरूसँग प्रस्तुत गरेको केही विषय भने अनौठा र अस्वाभाविक छन् ।

२०५० देखि २०८१ सम्म : यी हुन् संसद्लाई ‘रणमैदान’ बनाइएका ६ सन्दर्भ

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता-प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबखत यस्ता मुठभेडहरू निम्तिने गरेका छन् ।

किशोर दहाल

काठमाडौं । प्रतिनिधि सभाको बिहीबारको बैठकमा मुठभेड भयो । तर नेपालको संसदीय इतिहासमा यो पहिलो घटना होइन, अन्तिम पनि होला भन्न सकिने आधार छैन ।

दलहरू संसदीय मर्यादाप्रति गम्भीर नहुँदा, सरकारले विपक्षीलाई विश्वासमा लिन नसक्दा, प्रतिपक्षले सरकारप्रति प्रतिशोध साँध्ने स्थानको रुपमा सदनलाई प्रयोग गर्दा र सभामुखहरूले पनि सत्ता-प्रतिपक्षीबीचको टकराव प्रकट गर्ने थलोको रुपमा सदनलाई प्रयोग हुन नदिने चलाखी अपनाउन नसक्दा बेलाबखत यस्ता मुठभेडहरू निम्तिने गरेका छन् ।

यहाँ नेपालको संसदीय अभ्यासका क्रममा देखिएका केही चर्चित झडप र मुठभेडहरूको चर्चा गर्ने प्रयास गरिएको छ ।

प्रचण्ड-उपेन्द्र सम्बन्ध : संघर्ष, सहयात्रा र ‘दुश्मनी’

यतिबेला उपेन्द्र राजनीतिक जीवनको सर्वाधिक कमजोर र कठिन बिन्दुमा आइपुगेका छन् । यसैबेला प्रचण्डको उनीसँग दुश्मनी सिर्जना भएको देखिन्छ । प्रचण्डले जुन नेतालाई सधैँ छेउछाउ राखेका थिए, उनैको पार्टी विभाजन र सत्ताबाट धकेल्न भूमिका खेलेका छन् । दुई नेताको ‘दोस्ती’ र ‘दुश्मनी’को नालिबेली ।

किशोर दहाल

काठमाडौं । सोमबार बिहानै उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादव र वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले राजीनामा दिए । दिउँसो उनीहरूको पार्टी जसपा नेपालले सरकारलाई दिएको समर्थन पनि फिर्ता लियो ।

आइतबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटवार्तामा चर्को असझदारी भएपछि यादवले सरकारबाट बाहिरिने मानसिकता बनाएका थिए । दिउँसो यादव नेतृत्वको दल जसपा नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरिएपछि उपेन्द्रलाई सरकार छाड्नैपर्ने बाध्यता सिर्जना भएको थियो ।

संघीय सरकारबाट यादवको बहिर्गमन र मधेस प्रदेश सरकारबाट एमाले-माओवादी केन्द्रको बहिर्गमनमा जसपा नेपालको विभाजन जोडिएको छ ।

वैशाख २३ गते जसपा नेपाललाई अशोक राईको नेतृत्वमा विभाजन गरिएको थियो । प्रतिनिधि सभाका १२ मध्ये ७ सांसद राई नेतृत्वको जसपातिर लागेका छन् । यादव देशबाहिर रहेको बेलामा उनको दल विभाजित भएको थियो ।

दल विभाजनबाट मर्माहत यादवले मधेस प्रदेश सरकार जोगाउने एउटा उपायको रुपमा सरकारमै रहने निर्णय लिएका थिए । त्यसका अतिरिक्त सत्ता आशक्ति उनको सधैँको कमजोरी छँदैथियो । तर, उनले चाहे जस्तो भएन । उनी सरकारबाट बाहिरिनुपर्न बाध्यात्मक स्थिति उत्पन्न भइछाड्यो । साथै, मधेस प्रदेश सरकारको नेतृत्व पनि उनको हातबाट खोसिने निश्चित भएको छ ।