किशोर दहाल
शनिबार, वैशाख २०, २०७७, ११:१२
काठमाडौं- प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली विरुद्ध ‘निर्णायक लडाइँ’को नेतृत्व गरेका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का निम्ति अहिले जित्नलाई केही पनि छैन तर हारे भने केही बाँकी पनि रहने छैन। यो परिस्थितिलाई बुझेका उनी निकटका नेताहरुले प्रचण्डलाई सचेत गराउने गरेका थिए- यो लडाइँमा हामी किन अघि सर्ने? आखिर जितियो भने माधव नेपालले जित्छन्। हारियो भने हाम्रो भविष्य सकिन्छ।
तर ओली विरुद्धको ‘लडाइँ’मा प्रचण्ड फर्कनै नसकिनेगरी होमिइसकेका छन्। त्यसको नेतृत्व नै गरिरहेका छन्। बुधबारको सचिवालय बैठकमा उनले आफूलाई पटकपटक अपमानित गरेको, पार्टी अध्यक्षको रुपमा अस्वीकार गरेको,पार्टी एकताको भावना विपरित गतिविधि गरेको, अध्यादेश ल्याएर पार्टी विभाजन गर्न खोजेको आरोप लगाउँदाको उनको आक्रोशित प्रस्तुतिले उनी अब ओलीविरुद्ध सुरु भएको लडाइँ निश्तिच मोडमै पुर्याउने तयारीमा रहेको देखिन्छ। यसअघिको कोठे बैठक वा स्वार्थ गठबन्धनका भेलामा राखिनेजस्तो छलछामयुक्त भाषामा होइन, उनले प्रष्ट रुपमा ओलीले राजीनामा दिनुपर्ने बताए।