किशोर दहाल
२o७५ फागुन १० शुक्रबार| प्रकाशित १६:३६:oo
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकताको लागि गठित चौथो कार्यदल पनि असफल भएको छ।
गत मंसिर २९ देखि पुस १३ गतेसम्म बसेको पार्टीको स्थायी समिति बैठकले गठन गरेको ९ सदस्यीय कार्यदललाई शुक्रबार बसेको सचिवालयको बैठकले विघटन गरिदिएको हो। विघटनसँगै नेकपाको पछिल्लो कार्यदल पनि असफलतामा टुंगिएको छ।
गत जेठ ३ मा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि सांगठनिक एकतालाई सहज तुल्याउने प्रयोजनका लागि पटकपटक कार्यदल गठन गरिएको छ। तर, प्रायको अन्त्य भने आंशिक उपलब्धि हासिल गर्दै भएको छ।
पहिलो कार्यदल
जेठ ३ मा पार्टी एकता भएपछि जेठ १६ मा अपानि (अन्तर पार्टी निर्देशन) जारी गर्दै ७ प्रदेश, ७७ जिल्ला तथा २२ जनवर्गीय संगठन तथा प्रवासमा एकता गर्नका लागि कार्यदल गठन गर्यो। त्यसका लागि तत्कालीन एमाले र माओवादीका दुईदुई सदस्य रहेको सो कार्यदलले काम नै पूरा गर्न सकेन।
पार्टीले प्रदेश र जिल्ला कमिटीहरुको एकताको लागि प्रदेश १ मा भीम आचार्य, राम कार्की, शेरधन राई र सावित्री काफ्ले सदस्य रहनेगरी कार्यदल गठन गरेको थियो। त्यस्तै, प्रदेश २ मा सत्यनारायण मण्डल, विश्वनाथ शाह, नागेन्द्र चौधरी र प्रभु साह रहेको कार्यदल गठन गरेको थियो। प्रदेश ३ को कार्यदलमा अष्टलक्ष्मी शाक्य, हितमान शाक्य, काशीनाथ अधिकारी र नारायण दाहाल सदस्य थिए।
गण्डकी प्रदेशमा किरण गुरुङ, हितराज पाण्डे, जगत विश्वकर्मा र हरि अधिकारी सदस्य थिए। प्रदेश ५ मा शंकर पोखरेल, मणि थापा, दलबहादुर राना र गणेशमान पुन सदस्य थिए। कर्णाली प्रदेशमा युवराज ज्ञवाली, जनार्दन शर्मा, यामलाल कँडेल र मायाप्रसाद शर्मा सदस्य थिए। र, सुदूरपश्चिम प्रदेशमा भीम रावल, लेखराज भट्ट, कर्ण थापा र लक्ष्मीदत्त जोशी सदस्य थिए।
प्रवास कमिटीमा एकताका लागि भने नारायणकाजी श्रेष्ठ, बिन्दा पाण्डे, युवराज कार्की र टेकबहादुर पाठक सदस्य थिए।
प्रदेश र जिल्लाको एकीकरणको खाका तयार गर्न गठन भएको कार्यदलले सो तहका पदाधिकारी सहित सदस्यहरुको नामावली सहितको प्रतिवेदन पेस गर्नुपर्ने थियो। तर, केही बाहेकका कार्यदलले प्रतिवेदन नै बुझाउन सकेनन्। प्रदेश १ र २ तथा कतिपय जनसंगठनका कार्यदलले प्रतिवेदन बुझाउन सकेनन्।
दोस्रो कार्यदल
पहिलो कार्यदललाई सहयोग गर्न दोस्रो कार्यदल गठन भएको थियो। जिल्ला स्तरमा गठन भएको यो कार्यदलमा तत्कालीन एमाले र माओवादीका पदाधिकारी सदस्य थिए। यो कार्यदलले जिल्लाको नेतृत्व र सदस्यहरुबारे सिफारिस गर्नुपर्ने थियो। तर धेरैजसो जिल्लामा यसले विवाद मात्रै निम्त्यायो। आकांक्षी धेरै हुने, पूर्व फरक पार्टीबीच तथा पार्टीभित्रका पनि गुटको समन्वय मिलाउनपर्ने भएकाले अधिकांश जिल्लामा सहमतिको प्रतिवेदन बन्नै सकेन। जिल्लामा आफ्नो समूहलाई पेलिएको भन्दै केन्द्रमै कतिपय नेताहरुले असन्तुष्टि जनाउन थाले। भद्रगोलमै यो कार्यदल पनि असफल भयो।
तेस्रो कार्यदल
गत कात्तिक ८ गते नेकपाले अर्को कार्यदल गठन गर्यो। सो दिन बसेको सचिवालय बैठकले सचिवालय सदस्यहरु रामबहादुर थापा 'बादल' र विष्णु पौडेलको दुई सदस्यीय कार्यदल गठन गर्यो। केन्द्रीय सदस्यहरुको कार्यविभाजन र प्रदेश कमिटीलाई पूर्णता दिने कार्यादेश पाएको कार्यदलले पनि आंशिक काम मात्रै गर्न सक्यो।
कार्यदलले पेस गरेको नामावलीलाई सचिवालय बैठकमा पेस गरिएको थियो। तर ती नामहरु आधिकारिक रुपमै सार्वजनिक नहुँदै बाहिरिन थाल्यो। अध्यक्षद्वयले अन्तिम रुप दिने भनिएको नामावली बाहिरिन थालेपछि असन्तुष्टिहरु पनि सार्वजनिक हुन थालेका थिए।
पछि महासचिव विष्णु पौडेलले प्रदेश कमिटीको नामावली सार्वजनिक त गरे। तर माधव नेपाल पक्षधरको असन्तुष्टि भने अझै छ। कार्यदलकै अर्को कार्यादेशमा रहेको केन्द्रीय सदस्यहरुको कार्यविभाजन भने हुन सकेको छैन।
चौथो कार्यदल
पार्टीको गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले सांगठनिक एकताको बाँकी काम टुंग्याउन ९ सदस्ययीय कार्यदल गठन गरेको थियो। सदस्यहरुमा रामबहादुर थापा बादल, विष्णु पौडेल, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, वेदुरामा भुसाल, वर्षमान पुन, लेखराज भट्ट, शंकर पोखरेल र रघुवीर महासेठ थिए।
यो कार्यदललाई सांगठनिक एकतामा बाँकी रहेका कामको खाका तयार पार्ने कार्यादेश थियो। उनीहरुले पोलिटब्युरो गठन, केन्द्रीय सदस्यहरुको कार्यविभाजन, विधानमा हेरफेर तथा प्रदेश कमिटीको समीक्षा गर्न सक्थे। तर, विधानको विषयमा सहमति जुटे पनि बाँकी काम भने गर्न सकेन।
कार्यदलका सदस्यहरुबीचमै निरन्तर संवाद नहुने र बैठक नै नबस्ने परिस्थितिका बीच कार्यदलले प्रतिवेदन तयार नै गर्न सकेन। बरु, माघ २२ बसेको सचिवालय बैठकले भोलिपल्टै प्रतिवेदन बुझाउन भन्यो। त्यसपछि कार्यदलका केही बैठक बस्यो तर मिल्न बाँकी विषयमा सहमति खोज्न सकेन। बरु, थप समय माग्ने सहितको अपुरो प्रतिवेदन बुझायो।
बिहीबारको सचिवालय बैठकमा कार्यदलका सदस्यहरुसँग समेत छलफल गरियो। सो बैठकमा कार्यदलका सदस्यहरुले थप समय मागे पनि शुक्रबारको सचिवालय बैठकले भने कार्यदल नै भंग गरिदियो।
यो पनि : कार्यदल भंग गर्ने नेकपा निर्णयप्रति नेपाल समूहको आपत्ति, फरक मतसहितको छुट्टै प्रतिवेदन बुझाइँदै
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/43350
...
सांगठनिक एकीकरणका निम्ति सुझाव पेस गर्न गठित नेकपा कार्यदल भंग
नेपाल लाइभ
२o७५ फागुन १० शुक्रबार| प्रकाशित ११:३५:oo
काठमाडौं- नेकपाको सांगठनिक एकीकरणको निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग भएको छ।
कार्यदलको म्यादबारे निर्णय लिन आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले कार्यदल भंग गरी बाँकी जिम्मेवारी सचिवालयलाई नै जिम्मा दिने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।
बिहीबार बसेको बैठकमा कार्यदलका संयोजक रामबहादुर थापा 'बादल'ले अपुराे प्रतिवेदन पेस गर्दै एक हप्ताकाे समय थप गर्न माग गरेका थिए। पार्टीको सांगठनिक एकताको खाका तयार पार्ने क्रममा विवाद भएपछि सो जिम्मेवारी सचिवालय आफैंले गर्ने गरी कार्यदल विघटन गरिएको प्रवक्ता श्रेष्ठले जानकारी दिए।
कार्यदलको काम सचिवालय आफैंले गर्ने र स्थायी समिति बैठक बोलाएर निर्णय लिने गरी कार्य दल विघटन गरिएको उनकाे भनाइ छ। बैठकले सचिवालयले सोसम्बन्धी प्रस्ताव तयार पारी स्थायी समिति बैठकमा पेस गर्ने निर्णय पनि गरेको छ।
पार्टीको सांगठनिक एकताको काम टुंगो लगाउने जिम्मेवारी पूरा गर्न नसकेपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै बैठकमा कार्यदल विघटन गर्ने प्रस्ताव गरेका थिए।
गत मंसिर २९ देखि पुस १३ सम्म बसेको स्थायी समिति बैठकले एकताको बाँकी कामलाई सहज बनाउन सिफारिस सहितको प्रतिवेदन तयार गर्नका लागि कार्यदल गठन गरेको थियो। उसलाई १० दिनभित्र बुझाउन भनिए पनि झन्डै डेढ महिनामा पनि सहमतिको प्रतिवेदन बुझाउन नसकेपछि अपुरो प्रतिवेदन सचिवालयमा बुझाइएको थियाे।
नेपाल लाइभका प्रकाशित / https://www.nepallive.com/story/43323
...
कार्यदल भंग गर्ने नेकपा निर्णयप्रति नेपाल समूहको आपत्ति, फरक मतसहितको छुट्टै प्रतिवेदन बुझाइँदै
रामकुमार डिसी
२o७५ फागुन १० शुक्रबार| प्रकाशित १४:३२:oo
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सांगठनिक एकीकरणका निम्ति सुझाव प्रस्तुत गर्न गठित कार्यदल भंग गर्ने सचिवालयको निर्णयप्रति माधवकुमार नेपाल समूहले आपत्ति जनाएको छ।
बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले अहिलेसम्म गरेका कामका लागि धन्यवाद दिँदै कार्यदल भंग गर्ने निर्णय गरेको थियो। कार्यदलको काम सचिवालय आफैंले गर्ने र त्यसलाई टुंग्याएर स्थायी समिति बैठकमा पेस गर्ने निर्णय सचिवालय बैठकले गरेको थियो।
१३ पुसमा सम्पन्न नेकपाको स्थायी कमिटी बैठकले तल्ला र प्रदेश कमिटी गठनमा देखिएको विवादका विषयमा छलफल गरी प्रस्ताव पेस गर्न ९ सदस्यीय कार्यदल बनाएको थियो। कार्यदलमा अध्यक्ष केपी ओली समूहबाट महासचिव विष्णु पौडेल, स्थायी समिति सदस्यहरु शंकर पोखरेल, रघुवीर महासेठ थिए भने अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समूहबाट सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’, वर्षमान पुन र लेखराज भट्ट थिए।
त्यस्तै, नेता माधवकुमार नेपाल समूहबाट योगेश भट्टाराई, सुरेन्द्र पाण्डे र वेदुराम भुसाल थिए। थापालाई संयोजकको जिम्मा दिइएको थियो।
सांगठानिक एकताको विषयमा सहमतिमा पुग्न नसक्दा पटकपटक कार्यदलको म्याद थपिएको थियो। तर, थपिएको समयमा पनि कार्यदलले कुनै सहमति जुटाउन सकेन। कार्यदलमा नेपाल समूहबाट रहेका नेताहरुले भने कार्यदलले काम गर्न नसकेको नभई गर्न नदिइएको भन्दै कार्यदल भंग गर्ने सचिवालय निर्णयप्रति आपत्ति जनाएका छन्।
कार्यदल सदस्य योगेश भट्टराईले सचिवालयको निर्णय दुर्भाग्यपूर्ण रहेको बताए। ‘यो गलत भयो, राम्रो काम भएन,’ उनले भने, ‘यो निर्णय दुभाग्यपूर्ण हो। कार्यदलले काम गर्न नसकेको होइन, काम गर्न नदिइएको हो।’ उनले कार्यदलका संयोजक र पार्टीका महासचिवले काम गर्न नचाहेको आरोप लगाए।
‘कार्यदलका संयोजक र सदस्य जो पार्टीको महासचिव पनि हुनुहुन्छ, उहाँहरुले काम गर्न चाहनुभएन,’ नेता भट्टराईले भने, ‘त्यसै कारण यो स्थिति आएको छ।’
नेपाल समूहका रहेका ३ जना सदस्यका कारण आफूअनुकूल निर्णय गराउन नसक्ने भएपछि अध्यक्ष ओलीले कार्यदललाई निष्क्रिय बनाउन चाहेको आरोप नेपाल समूहले लगाउने गरेको थियो।
कार्यदलले आफूलाई केही समय दिए एकीकरणको खाका बुझाउन सक्ने बताएको थियो। तर, कार्यदलको समयावधि थप्ने विषयमा अध्यक्षद्वयबीच नै मतैक्य हुन सकेको थिएन। ओली कार्यदलको समय थप्न नहुने पक्षमा थिए भने विवाद कार्यदलबाटै टुंग्याउनुपर्ने प्रचण्डको जोड थियो।
कार्यदलले प्रदेश कमिटीको विषयबाट काम थालेको थियो। प्रदेश कमिटीका विषयमै कार्यदल सदस्यहरुबीच विवाद भएपछि संयोजक थापा र सदस्य महासचिव पौडेल अध्यक्ष ओलीलाई भेट्न गएका थिए। ओलीले प्रदेश कमिटीलाई ‘अहिले नचलाउने’ इच्छा व्यक्त गरेपछि कार्यदलमा काम अघि बढ्न सकेको थिएन।
नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ विदेशमा रहेका बेला बसेको सचिवालय बैठकले सातै प्रदेशमा इञ्चार्ज र अध्यक्ष तोकेको थियो। सो निर्णयमा आफ्नो समूहका मान्छे नपरेपछि उनीहरु असन्तुष्ट रहँदै आएका थिए।
त्यस्तै, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेललाई प्रदेश कमिटी इञ्चार्ज समेतको दोहोरो जिम्मेवारी दिइएको प्रति पनि नेता नेपाल पक्षले असहमति जनाउँदै आएको थियो।
छुट्टै प्रतिवेदन बुझाउँदै
कार्यदल भंग गर्ने सचिवालय निर्णयप्रति रुष्ट देखिएको नेपाल समूहले यसबारेको छुट्टै प्रतिवेदन पार्टीका अध्यक्षहरुलाई बुझाउने भएको छ।
कार्यदलमा रहेका नेपाल पक्षका नेताहरुले ७ पृष्ठ लामो फरक मतसहतिको समानान्तर प्रतिवेदन ओली र प्रचण्डलाई बुझाउन लागेका हुन्। ‘अब हामी कार्यदलका साथीहरुले आफ्नो धारणा पार्टी अध्यक्षलाई लेखेर पठाउँछौं,’ नेता भट्टराईले नेपाल लाइभसँग भने, ‘सकभर आजै बुझाउँछौं, भ्याइएन भने भोलि बुझाउँछौं।’
उनले प्रतिवेदनमा पार्टी एकतासम्बन्धी आफूहरुको धारणा रहेको बताए। ‘किन कार्यदलले काम गर्न सकेन? हाम्रो पार्टी एकताको मापदण्ड के हो? सबै मापदण्ड खुलाएर दिन्छौं,’ उनले भने।
नेपाल लाइभमा प्रकाशित / https://www.nepallive.com/story/43342

No comments:
Post a Comment