किशोर दहाल
चैत २३, २०७४| प्रकाशित ०९:०७
काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबारदेखि तीन दिने भारत भ्रमणमा जाँदै छन्। उनी ९ बजे नेपाल एयरलाइन्सको विमानमा ५४ सदस्यीय नेपाली भ्रमण टोलीको नेतृत्व गर्दै भारत भ्रमणमा जान लागेका हुन्।
प्रधानमन्त्री ओली दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थल ओर्लने निश्चित छ। तर उनलाई विमानस्थलमा कसले स्वागत गर्ने भन्नेचाहिँ निश्चित भइसकेको छैन। त्यहाँ उनले 'सरप्राइज' स्वागत पाउन सक्ने अनुमान गरिएको छ। स्वागतकर्ता स्वयं भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नै हुन सक्छन्।
यसमा केही तर्कहरु छन्।
प्रधानमन्त्रीका रुपमा ओलीको दोस्रो उदयपश्चात भारतीय पक्षले उनीसँग सम्बन्ध सुधारको लागि प्रयास गरिरहेको छ। त्यसमा पनि भारतीय प्रधानमन्त्री मोदीले बढी नै रुचि राखिरहेका छन्। चुनावी परिणाम आइसकेपछि र ओली प्रधानमन्त्री नियुक्त नहुँदै मोदीले एक महिनाको अन्तरालमा दुई पटक टेलिफोनमा कुराकानी गरेका थिए। प्रधानमन्त्री नै नियुक्त नभइसकेको व्यक्तिलाई मोदीले दिएको प्राथमिकता स्वभाविक भन्दा बढी नै थियो।
त्यतिमात्रै होइन, ओली प्रधानमन्त्री नबन्दै मोदीले आफ्नो विशेष दूतका रुपमा विदेशमन्त्री सुस्मा स्वराजलाई नेपाल पठाएका थिए। पठाइयो वा बोलाइयो भन्नेमा विवाद भए पनि त्यो मोदीको प्राथमिकतामा ओली माथि भएकै परिणाम भने हो।
यसपटकको भारत भ्रमणको मितिमा पनि भारतीय पक्षको हतारो स्पष्ट थियो। परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण मितिबारे आफूहरुलाई जानकारी नभएको बरु भारतीय प्रधानमन्त्रीलाई नै पहिले नेपाल भ्रमणमा बोलाउने प्रयास भइरहेको बताए पनि अन्ततः भारतीय पक्षले चाहेकै भयो। अर्थात् उसको प्राथमिकताले मूर्तरुप पायो। आफूले 'ढिपी' गरेर बोलाएपछि स्वभाविक वा चलनचल्तीको भन्दा बढी आतिथ्य भाव देखाउनु स्वभाविक हुन सक्छ।
अर्कोतर्फ ओलीको स्वभाव र निर्णय क्षमताबारे भारतीय पक्ष जानकार भइसकेको छ। पहिलो पटक प्रधानमन्त्री हुँदा उनले भारतसँग सदासयता नखोजी चीनसँग सम्बन्ध विकासको लागि अघि सरेको भारत र विशेषगरी मोदीले नजिकबाट देखिसकेका छन्। यसपटक पनि ओलीले त्यो प्रयासमा निरन्तरता दिने नै छन्। त्यो प्रयासले गति लिएमा भारतमा चल्ने 'नेपाल मोदी नीतिको असफलताको कारण चीनसँग नजिकियो' भन्ने विश्लेषणले मोदीलाई पक्कै टाउको दुखाउने छ। त्यसमा पनि अर्को वर्ष हुने आम चुनावमा मोदीलाई यस्तो परिणाम साह्रै महंगो नपरे पनि सोचनीय भने हुन सक्छ। त्यसैले पनि ओलीसँग बढी निकटता वा आत्मियता देखाउनुपर्ने र सम्बन्ध सुधार गर्नुपर्ने बाध्यतामा मोदी छन्।
प्रधानमन्त्री ओली शक्तिशाली प्रधानमन्त्रीका रुपमा उदाएका छन्। एमाले र माओवादी बीच एकता भएपछि उनी एकल बहुमतयुक्त प्रधानमन्त्री हुने छन्। साथै, पाँच वर्ष नै सरकारको नेतृत्व गर्ने लगभग पक्का छ। अर्कोतर्फ भारतमा चुनावमार्फत मोदीले अर्को कार्यकाल पनि प्रधानमन्त्री हुने चाह राख्नु स्वभाविक नै हुने छ। त्यस्तो बेला दुई स्थायी सरकारबीचको सम्बन्ध सौहार्दपूर्ण हुनु जरुरी छ। मोदीले यो बुझेका छन्। नेपालबाट केही लिनुभन्दा पनि नेपाललाई प्रभावबाट उम्किन नदिनु उनका लागि महत्त्वपूर्ण हुने छ। लामो समयसम्मको नतिजा सोच्न सक्ने मोदीले ओलीको स्वागतमा 'सरप्राइज' दिन सक्छन्।
त्यस्तै, सार्क राष्ट्रका सदस्यहरुसँग भारतको त्यति राम्रो सम्बन्ध चलिरहेको छैन। केही अघिमात्रै पाकिस्तानी प्रधानमन्त्री शाहिद खाकन आब्बासी नेपाल आएर प्रधानमन्त्री ओलीलाई शुभकामना दिएर गएका छन्। उनले पक्कै शुभकामना मात्रै दिएनन्, भारतीय प्रभुत्व निस्तेज गर्ने विषयमा पनि छलफल गरे होलान्। छलफल गरेभन्दा भारतीय पक्षले बुझ्ने वा अनुमान गर्ने कुरा बढी नै हुन्छ। मोदीले आब्बासीको शुभकामनालाई चिर्न चाहनु स्वभाविक नै हुन आउँछ। त्यसलाई उनी विमानस्थलमै प्रयोग गर्न सक्छन्।
भारत सार्कलाई सुस्त बनाएर विमिस्टेकलाई बलियो बनाउने प्रयासमा छ। तर नेपालले सार्कलाई नै थप सुदृढ बनाउनुपर्ने धारणा राखिरहेको छ। नेपालजस्तै अन्य सार्क राष्ट्रहरु पनि यहि लाइनमा छन्। यस्तो बेला आफ्नो प्रयासमा नेपाललाई पनि सहमत गराउनु भारतको प्रयास हुने छ। त्यसका लागि नेपाललाई विश्वासमा लिनु भारतलाई अपरिहार्य छ। विश्वासमा लिने प्रयासमा मोदीले ओलीलाई थप महत्त्व दिने प्रयास गर्न सक्छन्।
भारतीय पक्ष आफ्नो दूरगामी फाइदाको लागि जस्तो पनि रणनीति अख्तियार गर्न सक्छ। यो विगतमा देखिइरहेको सत्य हो।
अघिल्लो पटक प्रधानमन्त्री भएर ओली भारत भ्रमणमा जाँदा उनलाई विदेशमन्त्री सुस्मा स्वराजले विमानस्थलमा स्वागत गरेकी थिइन्। प्राय प्रधानमन्त्रीलाई भारतीय विदेशमन्त्रीले नै स्वागत गर्ने गरेका छन्।
तर, दोस्रो जनआन्दोलनको सफलतापछि प्रधानमन्त्री भएका गिरिजाप्रसाद कोइरालालाई तत्कालीन भारतीय प्रधानमन्त्री मनमोहन सिंहले विमानस्थलमा स्वागत गरेका थिए। नेपाली प्रधानमन्त्रीले पाएको प्राथमिकताको त्यही इतिहास ओलीले पनि पाउन सक्छन्। जसको निर्क्यौल भने अबको केही घण्टामा दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा हुने नै छ।
नेपाल लाइभमा प्रकाशित / http://nepallive.com/story/21079

No comments:
Post a Comment