किशोर दहाल
जनकपुर– नेपाली जनताले मताधिकारको प्रयोग गर्न थालेको झन्डै ६ दशक भइसकेको छ। यो लोकतान्त्रिक हकको उपयोगमा अझै पनि पुरुषकै निर्णयले निर्णायक भूमिका खेलेको पाइन्छ।
आफैंले उम्मेदवारको योग्यता केलाउने र त्यसकै आधारमा मत दिने अवस्था कतिपय महिलाको पहुँचमा पुगिसकेको छैन। उनीहरु आफ्ना श्रीमान् वा घरका अन्य अभिभावककै निर्णयलाई पछ्याउन बाध्य छन्।
घरका पुरुष सदस्यहरुले महिलामा पनि राजनीतिक बुझाइ हुन्छ र आफ्नो बुझाइअनुसार मत दिन उनीहरु स्वतन्त्र छन् वा हुनुपर्छ भन्ने विषयलाई अहिले पनि सहज रुपमा स्वीकार गरेको पाइँदैन। राजनीतिक दलहरुले पनि महिलालाई सान्त्वना दिने सहायक पात्र मात्रै बनाउन खोजेको पछिल्लो पटकको उम्मेदवारी चयनमा समेत देखियो। उनीहरुले प्रत्यक्षतर्फ महिलालाई निकै कम मात्रै उम्मेदवार बनाए।
महिलाहरुलाई अधिकार र अवसर दुवैबाट किनारा पारिएको यो स्थितिमा हामीले तराईको स्थलगत रिपोर्टिङका क्रममा सर्वसाधारण महिलाहरुको विचार बुझ्न खोज्यौं। काम विशेषले सडक किनारामा रोकिएका तथा व्यापार-व्यवसाय गर्ने जनकपुरका महिलालाई हामीले अबको चुनाव कस्ता नेताले जितून् र चुनावपछि उनीहरुले के गरुन् भन्ने लाग्छ भनेर सोधेका थियौं।
अधिकांश महिलाले मुख्य रुपमा जनकपुरको सरसफाइप्रति चासो देखाएका छन्।
साधारण र कतिपयले औपचारिक शिक्षा समेत नलिएका कारण उनीहरुले आफूले मत दिने उम्मेदवारबाट नीति र कानुनको फेरबदल जस्ता ठूलो अपेक्षा गरेका छैनन्। यद्यपि त्यसबारे निरन्तर बोलिरहेका तथा सैद्धान्तिक र व्यावहारिक तर्क दिएर बोल्न सक्ने महिलाहरु समाजमा न्यून संख्यामा भए पनि छन्। हामीले भने साधारण लेखपढ भएका र सामान्य मानिसकै वरिपरि रहने महिलाले गर्ने अपेक्षा खोज्ने प्रयास गरेका हौं।
यो राजनीतिक दल, चुनाव र त्यसप्रति साधारण मानिसका र विशेषगरी महिलाको अपेक्षा र बुझाइ बुझ्ने सानो छिद्र पनि हो। प्रस्तुत छ, महिलाहरुका कुरा उनीहरुकै शब्दमा:
अनिता पाण्डे, बाल विकास सहयोगी कार्यकर्ताः जनकपुरमा बाटो र नालाको अवस्था निकै खराब छ। बाटो साँघुरा छन्। सरसफाइ छैन। मेरो इच्छा अनुसार जनकपुरको जसले विकास गरिदिन्छ, जसले इमानदारीपूर्वक काम गर्छ, उसैलाई मत दिन्छौं।
जानकी देवी साह, गृहिणीः राम्रो उम्मेदवार होस्। यहाँ बाटो खराब छ, धूलो उड्छ। त्यसलाई पिच गरिदियोस्। नाला पनि व्यवस्थित छैन। लामखुट्टे नियन्त्रण गरोस्। मधेस आन्दोलनका कुरा काठमाडौं गएर उठाऊन् भन्ने लाग्छ।
मञ्जु देवी, किराना पसलेः सरसफाइ हुनुपर्यो। जहाँ रोड पुगेको छैन, त्यहाँ बनाइदिनुपर्यो। नाली राम्रो बनाउनुपर्यो। बच्चाको भविष्यका लागि विद्यालयहरु राम्रो बनाउनुप¥यो। यहाँका नेताहरुले मधेसको हकहितको कुरा उठाऊन् भन्ने लाग्छ।
लक्ष्मी साह, होटल व्यवसायीः सडक, शिक्षा, सरसफाइ, रोजगार नै समस्याको रुपमा देखिन्छ। यसैलाई ध्यान दिने नेताले जितून्।
सुमित्रा महासेठ, फलफूलको घुम्ती व्यापारीः गरिब मान्छेलाई हेर्ने नेता चाहिएको छ। विकास गर्ने नेता चाहिएको छ। महिलाको लागि रोजगारी दिने व्यवस्था गर्नुपर्छ। व्यवसाय गर्नेहरुलाई तालिम र पैसा सहयोग गर्ने नेता पनि चाहिएको छ।
भावनाकुमारी शर्मा, विद्यार्थीः यस्तो नेता चाहिएको छ, जसले देशको विकास गरोस्। शिक्षा र स्वास्थ्यका कुरामा ध्यान देओस्। बाटोघाटो बनाउने कुरामा ध्यान देओस्। कतिपय विद्यालयमा साफै पढाइ हुँदैन। शिक्षकहरुले पनि ध्यान दिँदैनन्। सानो कक्षादेखि नै शिक्षा सुधार गर्ने नेता चाहिएको छ।
निलुकुमारी कर्ण, महिला स्वास्थ्य स्वयंसेविकाः जनकपुरमा मुख्य कुरा सरसफाइ छैन। बाटोको राम्रो व्यवस्था छैन। बर्खायाममा त पानी जमेर रोडमा हिँड्नै सकिँदैन। मेरो मुख्य चाहना चाहिँ सरसफाइ गर्ने नेता आइदियोस् भन्ने छ।
अम्बिकाकुमारी यादवः जो व्यक्ति राम्रो हुन्छ, त्यसैलाई छान्नुपर्छ। यहाँको विकासका लागि ध्यान दिने नेता चाहिएको छ। अहिले सबैभन्दा फोहोर जनकपुर नै छ। सफा गर्न पहल गर्ने नेता चाहिएको छ। मधेसको हकहितको लागि काठमाडौं गएर आवाज उठाउने नेता पनि चाहिएको छ।
रेखा साहः मेरो छोराले नागरिकता पाओस् भन्ने इच्छा छ। मेरो विवाह जनकपुरबाट भारतमा भएको हो। त्यतिबेला मेरा ससुरा र श्रीमान् यहीँ काम गर्नुहुन्थ्यो। त्यसैले यतै घर बनाउनुभयो। म पनि यतै बसेँ। मेरो त नागरिकता छ, छोराको छैन। मेरी ठूली छोरीको चाहिँ यहीँबाट नागरिकता लिएकी हो। तर, छोरोको नागरिकता बनाउन जाने बेला, जन्मसिद्ध नागरिकताको व्यवस्था खारेज भइसक्यो भने। ऊ बिबिए पढ्दै छ। सिडियो कार्यालयबाट नागरिकता ल्याएर भर्ना गरेको छ, तर नागरिकता पनि चाहिन्छ भनेको छ। त्यसैले उसले नागरिकता पाओस् भन्ने चाहन्छु।
नेपाल लाइभमा प्रकाशितः २o७४ मङ्सिर २ शनिबार| प्रकाशित १८:३२:oo
http://www.nepallive.com/news-details/6280/2017-11-18

No comments:
Post a Comment