किशोर दहाल
काठमाडौं- पहिलो संविधानसभामा तत्कालीन नेकपा (माओवादी)का तर्फबाट समानुपातिक सभासद भएका मातृका यादवले दोस्रो संविधानसभामा भाग नै लिएनन्। संविधान कार्यान्वयनको पहिलो संसदीय चुनावमा उनी धनुषा क्षेत्र नम्बर–१ बाट उम्मेदवार भएका छन्। र, उनीसँग मुख्य प्रतिस्पर्धा गर्दैछन्, नेपाली कांग्रेसका आनन्दप्रसाद ढुंगाना। ढुंगाना पहिलो संविधानसभामा प्रत्यक्ष तर्फबाट धनुषा–७ मा पराजित भएका थिए भने ०७० को चुनावमा समानुपातिकबाट सभासद भएका थिए।
वामपन्थी गठबन्धनको साझा उम्मेदवार भएका कारण जितमा ढुक्क देखिन्छन् यादव। ‘स्थानीय तहको मतलाई नै हेरियो भने पनि हाम्रो पक्षमा १० हजारभन्दा बढी मत खसेको छ’, यादवले एमाले र माओवादीका उम्मेदवारले पाएको मत जोडेर भने, ‘त्यसैले जित्नका लागि कुनै समस्या छैन।’
एमालेसँग नजिकका मतदाताले आफूलाई नै मत खसाल्ने उनले दाबी गरे। ‘यो क्षेत्र एमालेसँग मुठभेड भइरहने क्षेत्र हो,’ उनले भने, ‘तर अहिले उनीहरुसँग कुरा मिलाउने काम भइरहेको छ, देशभरिकै गठबन्धन भएकाले एमालेका साथीहरु पनि मलाई मत दिन सहमत भइसक्नुभएको छ।’
‘अहिले पहाड र मधेसबीच खाडल ल्याउने कोसिस भइरहेको छ,’ उनी भन्छन्, ‘त्यसलाई पुर्नका लागि पनि आफू निरन्तर लागिरहेकाले जनताको मत पाउँछु।’
जे बोल्ने त्यही गर्ने नेता भएकाले मतदाताले आफूलाई मत हाल्ने यादवको दाबी छ। आफ्नो तर्फबाट जनतालाई धोका दिने काम नगरेको भन्दै मत पाउनेमा उनी ढुक्क देखिए। आफ्नो ठाउँ शिक्षा, स्वास्थ्य, रोजगार, विकासमा पछि परेको बताउँदै यादवले भने, ‘जनतामा मातृकाले जे बोल्छ, त्यो गर्छ भन्ने विश्वास छ। त्यसकारण पनि जनताले जिताउनुहुन्छ।’ प्रचण्डले दोस्रो पटक सरकारको नेतृत्व गर्दायहाँ विकासका केही काम गरेकाले जनतामा आफूप्रति थप आशा जागेको उनले सुनाए। थपे, ‘विकास र अधिकारको मुद्दा सँगसँगै लैजानुपर्छ भन्ने मेरो धारणालाई जनताले रुचाएका छन्।’
तर, ढुंगाना भने स्थानीय तहको मत यसपटक नदोरिने ठोकुवा गर्छन्। ‘त्यसरी मत जोड्ने हो भने देशैभर उस्तै देखिन्छ,’ ढुंगानाले भने, ‘त्यो मत त्यही बेलाका लागि हो, त्यसलाई जोडेर बस्नुको अर्थ छैन।’ उनले परिस्थिति फेरिएको बताए।
ढुंगाना घरदैलो र सभामार्फत लोकतन्त्रमाथि खतरा रहेको भन्दै मतदातालाई बताइरहेका छन्। आफूहरु लामो समयदेखि लोकतन्त्रका लागि लडेको र त्यसको प्राप्तिमा नेतृत्वदायी भूमिका खेलेको भएकाले जनताले मत दिने उनको आशा छ।
‘अहिले लोकतन्त्रको विरुद्धमा वाम गठबन्धन बनाएर सर्वसत्तावाद लाद्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘लोकतन्त्रकै रक्षाका लागि लामो समयदेखि संघर्ष गरेकै व्यक्ति भएकाले अहिले चुनावमा भाग लिएको हुँ।’
यस्तो छ स्थानीय तहको निर्वाचनमा खसेको मत
धनुषा क्षेत्र नम्बर १ मा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, मिथिला नगरपालिकाको वडा नम्बर–४ रक्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ८ र ९ पर्छन्। त्यस्तै, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ तथा हंशपुर नगरपालिकाको वडा नं. २, ३, ५, ७ र ८ पर्छन्।
स्थानीय तहमा यहाँका नगरपालिका प्रमुख र वडाध्यक्षहरुमा खसेको मत हेर्दा नेपाली कांग्रेस अघि देखिन्छ। नेपाल लोकतान्त्रिक फोरमले पाएको न्यून मत समेत जोड्दा उसको मत १६ हजार ६ सयभन्दा बढी हुन आउँछ।
वाम गठबन्धनका दुई दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको मत झन्डै बराबर छ। उनीहरुले क्रमशः १३ हजार ५ सय र १३ हजारभन्दा केही बढी मत पाएका छन्। उनीहरुको कुल मत कांग्रेस उम्मेदवारहरुले पाएको मत भन्दा झन्डै १० हजारले बढी हुन आउँछ।
त्यस्तै, राजपा र संघीय समाजवादी फोरमले क्रमशः २ हजार ८ सय र ७ हजार ६ सय मत पाएका थिए। उनीहरुको कुल मत १० हजार ३ सयभन्दा बढी हुन आउँछ।
धनुषाधाम र सबैला नगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो भने गणेशमान चारनाथ नगरपालिकामा संघीय समाजवादी फोरमले जितेको थियो।
मिथिलाको वडा नम्बर ४ मा एमाले, क्षिरेश्वरको वडा नम्बर ८ र ९ मा क्रमशः राजपा र कांग्रेस विजयी भएका थिए। त्यस्तै, मिथिला बिहारी नगरपालिकाका वडा नम्बर १ मा कांग्रेस, ३ र ४ मा माओवादी र ५ मा राजपा विजयी भएका थिए। हंशपुर नगरपालिका वडा नम्बर २ र ७ मा राजपा, ३ र ५ मा संघीय समाजवादी फोरम र ८ मा एमालेले जितेको थियो।
नेपाल लाइभमा प्रकाशितः २o७४ कार्तिक २३ बिहीबार| प्रकाशित १६:१९:oo
http://www.nepallive.com/news-details/5510/2017-11-09

No comments:
Post a Comment