Pages

Sunday, June 28, 2015

सकेजति लेख : टोनी मरिसन

साहित्यमा नोबेल र पुलित्जर पुरस्कार पाएकी अश्वेत अमेरिकी लेखिका टोनी मरिसन (८०) आफ्नो लेखनमा अफ्रिकन मानिसका कथा ल्याउँछिन् । लेखक, सम्पादक, र प्राध्यापकका रुपमा संसारका सबभन्दा प्रसिद्ध हस्तिमा उनी पर्छिन् । ‘प्याराडाइज’ , ‘बिलभ्ड’ , ‘सङ अफ सोलोमन’ र ‘अ मर्सि’ उनका केही चर्चित उपन्यास हुन् । उनका थुप्रै अन्तर्वार्ताबाट केहि प्रश्न लिएर यो अनुदित एवं सम्पादित अन्तर्वार्ता तयार पारिएको हो ।

तपाई लेखन पढाउनुहुन्छ । लेखन पनि सिकाएर हुने कुरा हो र ?
लेखनका केहि पक्षहरु सिकाउन सकिन्छ भन्ने लाग्छ । कसैलाई दृष्टिकोण र प्रतिभा चाहिँ पढाएर आउने कुरा होइन । तर, पढाएर त्यसलाई प्रकट र प्रष्ट हुन सजिलो बनाउनचाहिँ सकिन्छ ।

Sunday, June 21, 2015

सोचको सौन्दर्य

 रोशन खड्का

सौन्दर्यको रंगमा चोपेर जीवनको बगैंचा 
अब आफू नजिकै राख्छु 
लहर लहर इन्द्रेणी 
जान्दछु 
टिपि गए ओइलाउंछ फूल पनि 
नटिपि सिउरिन्छु अब 
खुसीको परेलीमा 

सम्झन्न 
मुटुलाइ चरक चरक दुखाउने 
पर्खालजत्रै घाउहरू, 
दृश्यहरु पखाली झर्ने 
आंखाको अविरल पहिरो 
कहिल्यै सम्झन्न अब 
माया गर्छु भन्नेले 
माया गर्न छाडेको 
पहिलो र अन्तिमको एकै क्षण ' 
बुझेकै छु त ...... 
जिन्दगीको सर्बनाम 'दुख' हुंदै होइन 

गर्दिन हिसाब किताब 
 माथिङ्गलमा प्राप्तिमात्रको रगत उमालेर 
सोच्छु, बरू 
पाउनु-गुमाउनु 
चाहानु-तत्काल बहिस्कार गर्नु 
दुख्नु-फेरी कुत्कुतिनु , अनुभूति या क्षण के हुन ?
र हराउंछु प्रश्नहरूको अनकन्टरमा..... 
सांच्ची, 
जीवन र जीवनमा प्राप्त क्षणहरू कुन बढि प्रिय हुन्छ ?? 
एउटा सिंगो मान्छेको लागि.....

हेर्छु एक नासले चुहिरहने बलेसी 
र झरिपछिको बिश्राम 
अनि समझन्छु फेरि जीवन र मृत्युको सम्बन्ध 
केही बुझेझैं लाग्छ 
जीवन त नदीभन्दा ज्यादा झरि पो हो क्याहो
झरिपछि रोकिन्छ बलेसीको चुहावट...... 

त्यसैले हो कि ?
करोडौंको सवारीभन्दा हिंड्ने बाटो कता हो कता प्रिय लाग्छ.. 
म अब जीवनको बाटैबाटो हिंड्छु

Friday, June 19, 2015

कल ब्रेक

किरण दहाल

फिँजाएर ओछ्यानभरी
हेरिरहेछ ऊ–
विश्वविद्यालयले दिएका प्रमाणपत्रहरु
र, सम्झन्छ बाबाको अर्ती–
धेरै पढेर ठूलो मान्छे बन्नुपर्छ
अनि आक्रोस पोख्छ–
‘पढिगुनी के काम
हलोजोती खाए माम’
एउटा प्रचलीत नेपाली उखान