किशोर दहाल
मंगलबार, असार १६, २०७७, १३:५६
काठमाडौं- नेपाल अधिराज्यको संविधान, २०१५ ले दुईवटा सदनको व्यवस्था गरेको थियो। संविधानको धारा १८ मा भनिएको थियो- श्री ५ महाराजाधिराज र महासभा तथा प्रतिनिधिसभा नामका दुई सदनसहितको एक संसद रहनेछ।'
पाँच वर्षे समयावधि रहने प्रतिनिधिसभामा १ सय ९ जना सदस्य हुन्थे। महासभामा ३६ जना सदस्य रहने व्यवस्था थियो। तीमध्ये १८ जना राजाबाट मनोनित हुन्थे। बाँकी १८ जना प्रतिनिधिसभाबाट निर्वाचित हुन्थे। दुवै तर्फबाट प्रतिनिधित्वका लागि संविधानमा अलगअलग व्यवस्था गरिएको थियो भने महासभा सदस्यको पदावधि ६ वर्ष हुने व्यवस्था थियो।
प्रतिनिधिसभाका लागि २०१५ फागुन ७ गतेदेखि निर्वाचन भयो। सो निर्वाचन ४५ दिनसम्म अर्थात् चैत २८ गतेसम्म चल्यो। मतदान सकिएको क्षेत्रको मतगणना पनि गर्ने तरिका अपनाइएको थियो।
निर्वाचनमा ९ वटा राजनीतिक दलले मात्रै भाग लिए। बिपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले रुख, रणधीर सुब्बा नेतृत्वको नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले झोपडी, डा केआई सिंह नेतृत्वको संयुक्त प्रजातन्त्र पार्टीले धानको बाला, डा केशरजंग रायमाझी नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले मकैको घोगा र हँसिया, टंकप्रसाद आचार्य नेतृत्वको नेपाल प्रजा परिषद्ले घन कोदालो, भद्रकाली मिश्र नेतृत्वको नेपाल प्रजा परिषद्ले हलो, डा डिल्ली रमण रेग्मी नेतृत्वको राष्ट्रिय कांग्रेसले छाता, वेदानन्द झा नेतृत्वको तराई कांग्रेसले टाउकोमा गहुँको बिटो बोकेको किसान, रंगनाथ शर्मा नेतृत्वको प्रजातान्त्रिक महासभाले हात चुनाव चिह्न पाएका थिए।
चुनावमा नेपाली कांग्रेसले १ सय ८, गोर्खा परिषद्ले ८६, नेकपाले ४७, प्रजा परिषद् (आचार्य)ले ४६, प्रजा परिषद् (मिश्र)ले ३६, तराई कांग्रेसले २१, राष्ट्रिय कांग्रेसले २० र प्रजातान्त्रिक महासभाले ६८ क्षेत्रमा उम्मेदवारी दिएका थिए। निर्वाचनमा राजनीतिक दलका तर्फबाट ५ सय १८ र स्वतन्त्र तर्फबाट २ सय ६८ उम्मेवार भए।
सो निर्वाचनमा कांग्रेसले सर्वाधिक ७४ सिट जित्यो। त्यस्तै, नेपाल राष्ट्रवादी गोर्खा परिषद्ले १९, नेपाल कम्युनिस्ट पार्टीले ४ सिट जिते। बाँकी सिटमा केही स्वतन्त्र उम्मेदवार र केही अन्य दल आए।
मध्यरातमा पहिलो बैठक
निर्वाचन सकिएको कैयौं हप्तापछि २०१६ असार १६ का लागि प्रतिनिधिसभाको पहिलो बैठक बोलाइएको थियो। सिंहदरबारमा असार १६ गते मध्यरातमा प्रतिनिधिसभाका सदस्यहरु उपस्थित भएपछि पहिलो बैठक प्रारम्भ भयो। ११:४५ भनेर समय तोकिए पनि बैठक १२ बजे सुरु भएको थियो।
‘आषाढ १६, २०१६ मध्यरात्रि प्रतिनिधिसभाका सबै सदस्यहरु एकत्रित भएपछि सचिचद्वारा श्री ५ महाराजाधिराजका प्रमुख सचिवबाट प्राप्त निम्नलिखित पत्र सभा समक्ष पढेर सुनाइयो’, संसदको सो दिनको रेकर्ड उतारिएको संसद सचिवालयको विवरणमा भनिएको छ। पत्र संसद सचिवालयका सचिव कुलशेखर शर्माले पढेर सुनाएका थिए।
‘प्रतिनिधिसभाको नियमावली २०१६ को दफा १३ अनुसार नियमित रुपले प्रतिनिधि सभाको कामकाज चलाउनका लागि गुल्मी पूर्व क्षेत्र नं ८९ बाट निर्वाचित भएका श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न श्री ५ महाराजाधिराजका हजुरमा श्री प्रधानमन्त्रीज्यूले मौखिक बिन्ती गर्नुभएकोमा प्रतिनिधि सभाको कम चालु गर्नालाई श्री गिरिप्रसाद बुढाथोकीलाई कार्यकारी अध्यक्ष मनोनित गर्न स्वीकृति प्रदान गरिबक्सेको छ’, दरबारका सचिव हंसमान सिंहको पत्रमा उल्लेख थियो।
‘अनि, सचिवले बुढाथोकीलाई सपथ ग्रहण गराएपछि श्री गिरिप्रसाद बुढाथोकीले श्री ५ महाराजाधिराजप्रति भक्तिपूर्वक कृतज्ञता प्रकट गर्दै अध्यक्षासन ग्रहण गर्नुभयो’, संसदको रेकर्डमा उल्लेख छ।
त्यसपछि कार्यकारी अध्यक्षको आदेशअनुसार सचिवद्वारा उपस्थित सदस्यहरुलाई सपथ ग्रहण गराइएको उल्लेख छ।
त्यसदिन प्रतिनिधिसभाका १ सय ९ मध्ये १ सय ६ जनाले सपथ ग्रहण गरेका थिए। नेपाली कांग्रेसका नेताहरु सुवर्ण शमशेर तीन र शिवराज पन्त दुई क्षेत्रबाट विजयी भएकाले प्रतिनिधिसभाका तीन सिट खाली थियो।
सपथ ग्रहणपछि सचिवद्वारा श्री ५ का प्रमुख सचिवबाट प्राप्त पत्र सभामा पढेर सुनाइएको थियो। पत्रमा भनिएको थियो-
श्री संसद सचिवालय सिंहदरबार
प्रतिनिधि सभा नियमावली २०१६ को भाग ३ को दफा ९ को १ बमोजिम प्रतिनिधिसभाको सभामुखको निर्वाचनलाई २०१६ आषाढ १८ गते रोज ५ का दिन निर्वाचन गर्नू भन्ने हुकुम बक्सेको छ।
सरदार हंसमान सिंह
प्रमुख सचिव
त्यसपछि बैठक असार १८ गते बिहीबार दिउँसो ३ बजेका लागि स्थगित भएको थियो। समय पनि उतारिएको संसद सचिवालयमा सुरक्षित रेकर्डमा बैठक स्थगित हुँदाको समय २ बजेर १० मिनेट उल्लेख छ।
संसदमा सुरक्षित सो दिनको कामकारबाहीको रेकर्डः
मध्यरात: दरबारको अनौठो रोजाई
दरबारले २०१६ असार ४ गते सूचना प्रकाशित गरी प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ असार १६ गते राति ११:४५ बजेका लागि आह्वान गर्यो। २०१६ असार ४ मा दरबारबाट जारी सूचनामा भनिएको थियो, 'प्रतिनिधिसभाको पहिलो बैठक २०१६ असार १६ गते रोज ३ (मंगलबार) का दिन ११.४५ बजे ग्यालरी बैठक, काठमाडौंमा आह्वान गरिएको छ।
अहिलेजस्तो ट्याक्सी नपाइने, सांसदहरुको निजी सबारी साधन पनि नहुने र काठमाडौंमा घना बस्ती नभएको र सिंहदरबार वरिपरिका फाँटमा रातमा स्याल गराउने कारण मध्यरातमा संसद बैठकसम्म पुग्न धेरैका लागि कठिन थियो। केही सांसदहरु मन्त्रीको गाडी चढेर ग्यालरी बैठकमा पुगे पनि अधिकांश हिँडेरै पुगेका थिए। तर, पनि सांसदहरुको सपथ ग्रहण उत्साहपूर्वक रह्यो।
मध्यरातमा बैठक बोलाउनुको कारणबारे २०१६ असार १७ गतेको गोरखापत्रमा भनिएको छ- 'असार १६ गते श्री ५ महाराजधिराज महेन्द्रको शुभजन्मोत्सव र असार १७ गते स्वर्गीय श्री ५ त्रिभुवनको जन्मजयन्ती। दुवै ऐतिहासिक तिथिलाई शुभमुहूर्त पारी सभाको पहिलो बैठक असार १६ गते मध्यरातमा बसेको हो।'
तर, दरबारले अशुभ साइत हेरेर बैठकको समय निर्धारण गरेको कतिपयको संस्मरण, लेख तथा पुस्तकहरुमा पढ्न पाइन्छ। महत्त्वपूर्ण काम सुरु गर्नुअघि साइत हेराउने र त्यसै अनुसार शुभ अशुभ निर्धारण गरेर काम सुरु गर्ने प्रचलन यद्यपि समाजमा छ। दरबारमा पनि थियो नै। राजा महेन्द्रका बारेमा यस्ता प्रसंग झन् बढी सुनिन्छन्।
'त्यही समयमा बैठक सुरु गरियो भने संसद धेरै चल्दैन भन्ने ज्योतिषीहरुको सल्लाहमा राजाले राति ११:४५ बजे नै बैठक बोलाएका थिए', जगत नेपालको पुस्तक 'पहिलो संसद्' मा विश्वबन्धु थापाको भनाई उल्लेख छ। थापा सो संसदमा कांग्रेसका मुख्य सचेतक भएका थिए।
तर त्यतिबेला सांसदहरुले मध्यरातमै किन भन्ने कुरामा महत्त्व दिएका थिएनन्। हरिबहादुर थापाको एउटा लेखमा उनै थापाको भनाई उल्लेख छ- 'दरबारबाटै मध्यरातका निम्ति बैठक आह्वान भएको हो, हाम्रा कारणले होइन । पहिलो बैठक खराब बेलामा पारौं भन्ने उसको नियत हुन सक्छ। तर हामीले नाइँ या हुँदैन भनेनौं । अझ त्यतिबेला त्यसलाई त्यति महत्त्व पनि दिइएन।'
मध्यरातबारे बहस नहुनुको अर्को कारण पनि हुनसक्थ्यो। नजिकको छिमेकी र नेपालले संसदीय अभ्यासको उदाहरण पछ्याउन सक्ने भारतमा पनि त्यस्तै भएको थियो। अंग्रेजको उपनिवेशनबाट मुक्त भएपछि संसदको पहिलो बैठक मध्यरातमै सुरु गरिएको थियो।
दुई अधिवेशन
प्रतिनिधिसभाको पहिलो अधिवेशन २०१६ साल असार १६ गतेबाट सुरु भएको थियो। त्यो अधिवेशन असोज २१ गतेसम्म लम्बियो। यसबीचमा जम्मा ४७ वटा बैठकहरु बसेका थिए। असार १८ गते सभामुखको निर्वाचन र २६ गते महासभा सदस्यहरुको चयन भयो। साउन ६ गते राजाले दुवै सभाको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए। साउन २५ गते अर्थमन्त्री सुवर्ण समशेरले आर्थिक वर्ष २०१६/१७ को बजेट वक्तव्य सदनमा पेश गरेका थिए।
प्रतिनिधिसभाको दोस्रो अधिवेशन २०१६ साल चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थियो। यस बीचमा ९४ वटा बैठक बसेका थिए।
महासभाको पहिलो अधिवेशन २०१६ साउन ४ गतेबाट सुरु भई असोज २२ गतेसम्म लम्बियो। यसबीचमा ४५ वटा बैठक बसेका थिए।
महासभाको दोस्रो अधिवेशशन २०१६ चैत १८ गते सुरु भई २०१७ भदौ ३१ सम्म चलेको थयो। यसबीचमा ८५ वटा बैठक बसेका थिए।
सन्दर्भ सामाग्री
• पहिलो संसद : बीपी-महेन्द्र टकराव- जगत नेपाल
• मध्यरातका अशुभ साइत-शृंखला- हरिबहादुर थापा
• संसद दर्पण- वर्ष ५, अंक १९
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/220384

No comments:
Post a Comment