संविधानमा व्यवस्था- सभामुख र उपसभामुख फरक दलको हुनुपर्ने
किशोर दहाल | २०७६ असोज १४ मंगलबार | Tuesday, October 01, 2019 १३:३२:०० मा प्रकाशित
काठमाडौं- बलात्कारको आरोप लागेपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका छन्।
'हिजोदेखि विभिन्न सञ्चार माध्यममा मेरो चरित्रमा गम्भीर प्रश्न उठाई लगाइएको आरोपबारे सत्यतथ्य, निष्पक्ष र स्वतन्त्र छानबिनका लागि अनुसन्धान गर्न सहज होस् भनी नैतिकताका आधारमा आजकै मितिदेखि छानबिन प्रक्रिया नसकिँदासम्मका लागि राजीनामा दिएको छु', महराको राजीनामापत्रमा भनिएको छ।
राजीनामासँगै अबका सभामुखबारे पनि बहस सुरु भएको छ।
संविधानअनुसार, सभामुख फरक दलको हुनुपर्नेछ।
महरा २०७४ फागुन २६ गते सभामुखमा निर्विरोध निर्वाचित भएका थिए। उपसभामुखमा शिवमाया तुम्बाहाम्फे निर्वाचित भइन्। उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी पुष्पा भुसाललाई पराजित गरेकी थिइन्।
यसरी सभामुख र उपसभामुख क्रमशः तत्कालीन नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले)का तर्फबाट चुनिए।
कालान्तरमा यी दुवै पार्टी एकीकृत भएर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बन्यो। त्यसयता कांग्रेसले सभामुख र उपसभामुख एउटै पार्टीको बन्न नसक्ने बताउँदै आएको छ। कांग्रेसको मागको आधार भने संविधानमै रहेको व्यवस्था थियो।
संविधानमै प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व भएको अवस्थामा सभामुख र उपसभामुख फरक-फरक दलको हुनुपर्ने व्यवस्था छ।
सोही व्यवस्थामा टेकेर सर्वोच्च अदालतमा मुद्दासमेत परेको छ। उक्ता मुद्दा हाल विचाराधीन छ।
संविधानको धारा ९१ मा भनिएको छ–
९१. प्रतिनिधिसभाको सभामुख र उपसभामुखः
(१) प्रतिनिधि सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले पन्ध्र दिनभित्र प्रतिनिधि सभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गर्नेछन्।
(२) उपधारा (१) बमोजिम निर्वाचन गर्दा प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एकजना महिला हुनेगरी गर्नुपर्नेछ र प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक-फरक दलको प्रतिनिधि हुनुपर्नेछ। तर, प्रतिनिधिसभामा एकभन्दा बढी दलको प्रतिनिधित्व नभएको वा प्रतिनिधित्व भएर पनि उम्मेदवारी नदिएको अवस्थामा एकै दलको सदस्य प्रतिनिधिसभाको सभामुख र उपसभामुख हुन बाधा पर्ने छैन।
(३) प्रतिनिधिसभाको सभामुख वा उपसभामुखको पद रिक्त भएमा प्रतिनिधिसभाका सदस्यहरूले आफूमध्येबाट प्रतिनिधिसभाको सभामुख र उपसभामुखको निर्वाचन गरी रिक्त स्थानको पूर्ति गर्नेछन्।
महराको राजीनामापछि नेकपाले सभामुखमा उम्मेदवारी दिन पाउने छैन। दिने नै भए, उपसभामुखले पनि राजीनामा दिनुपर्छ। तर, तत्काल त्यसको आधार देखिँदैन।
अब कसको सम्भावना?
नेकपाबाटै सभामुख बन्ने सम्भावना अत्यन्त न्यून (उपसभामुखलाई राजीनामा दिने बाटोमार्फत) छ। तर, पनि संसद्मा उसको बलियो उपस्थिति भएका कारण उसले चाहेकै व्यक्तिमात्र सभामुख बन्न सक्छन्।
प्रतिनिधिभाका २ सय ७५ सदस्यमध्ये नेकपाको १ सय ७४ सिट छ। यद्यपि, केही सिट भने खाली छ।
त्यसैले उसले चाहेकाभन्दा अर्को व्यक्ति सभामुख बन्ने सम्भावना छैन। उसको रोजाइमा समाजवादी पार्टी हुनसक्ने सम्भावना बढी छ। किनकी, ऊ सत्ता सहयात्री दल हो। सरकारमै रहेर पनि त्यति खुसी नदेखिएको समाजवादी पार्टीलाई खुसी तुल्याउने अवसर नेकपालाई हुनसक्छ।
त्यसो त, सरकारलाई सुरुवातमा समर्थन गरेर पछि समर्थन फिर्ता लिएको राजपालाई फकाउने रणनीति पनि नेकपाले लिनसक्छ।
कांग्रेससँग पछिल्लो समय नेकपाको सम्बन्ध तिक्त बन्दै गएको छ। तसर्थ सहजै कांग्रेसले सभामुख पाउने सम्भावना भने कम छ। यद्यपि, संसद्को दोस्रो ठूलो दल भएकाले उसको दाबी स्वभाविक बन्छ। यस विषयमा नेकपासँग उसको छलफल कसरी अघि बढ्छ भन्ने कुराले पनि थप सम्भावनालाई निर्क्योल गर्छ।
नेपाल लाइभमा प्रकाशति / https://nepallive.com/story/153091

No comments:
Post a Comment