'आणविक भट्टी खोलेर निजी क्षेत्रलाई सञ्चालन गर्न दिनु नेपाल सिध्याउने कुरा हो'
नेपाल लाइभ | २०७६ असार १६ सोमबार | Monday, July 01, 2019 ११:४९:०० मा प्रकाशित
काठमाडौं– सांसद दिव्यमणि राजभण्डारीले 'पारमाणविक तथा रेडियोधर्मी पदार्थको सुरक्षित तथा शान्तिपूर्ण प्रयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' कसैको 'भेस्टेड इन्ट्रेस्ट' आएको आरोप लगाएका छन्।
संसदको शिक्षा तथा स्वास्थ्य समितिमा छलफल चलिरहेको सो विधेयकमाथि आफ्नो धारणा राख्दै राजभण्डारीले पारमाणविक पदार्थको प्रयोगतिर जाने हो भने आफूले जनमत संग्रह गर्न आग्रह गरेको स्मरण गराए।
'मलाई के लाग्छ भने जुन तरिकाले यो विधेयक आएको छ। कसैको भेस्टेड इन्ट्रेस्टबाट आएको छ', उनले भने, 'यसबाट हामी तर्सिनुपर्छ।'
राजभण्डारीको आरोपलाई सांसद खगराज अधिकारीले प्रतिवाद गरेका थिए।
'हामीमा आएको जागरणपछि विधेयक नै भेस्टेड इन्ट्रेस्टबाट आयो भनियो भने त्यो जागरणलाई पनि त्यही जवाफ फर्काइयो भने कहाँ पुगिन्छ होला', अधिकारीले भने, 'हामीले राम्रै काम गर्दा पनि भेस्टेड इन्ट्रेस्ट भन्ने आरोप लाग्ने भयो।'
सत्तारुढ दल नेकपाका सांसद देव गुरुङले यो विषय नेपाल रहने कि नरहने भन्ने विषयसँग जोडिएको बताए।
'विकसित मुलुकहरुले आणविक भट्टी आफ्नो मुलुकमा खोल्न चाहेनन्। बरु तेस्रो विश्वमा खोल्नका लागि प्रोत्साहन गरिरहेका छन्। किनभने यसमा जोखिम छ। प्रयोग गर्ने र जोखिमचाहिँ तेस्रो विश्वका मुलुकलाई थोपरिरहेका छन्। यो अहिलेको अन्तराष्ट्रिय नियति हो', उनले भने, 'यस्तो अवस्थामा नेपालजस्तो मुलुकले युरोनियम उत्पादन र बिक्री गर्ने प्रक्रियामा जाँदा नेपाल बच्छ कि बच्दैन?'
उनले आणविक भट्टी र अस्त्र तयार गर्ने र त्यो पनि निजी क्षेत्रलाई दिने कुराको विरोध गरे। उनले यस्तो विषय नेपाल सिध्याउने कुरा भएको बताए।
सत्तारुढ नेकपाका सांसद भिम रावलले पारमाणविक भट्टी स्थापना गर्न ल्याइएको सो विधेयक राष्ट्रको हितमा नरहेको जिकिर गरे। उनले सोसम्बन्धी कानुन बनाउँदा व्यापक अध्ययन गरेर मात्रै अघि बढाउन पनि सरकारलाई सचेत गराए। सांसद रावलले पारमाणविक भट्टी निजी क्षेत्रलाई खोल्न दिने सरकारको प्रस्तावप्रति पनि आपत्ति जनाए। रेडियोधर्मीसम्बन्धी कानुन बनाउन भने सरकारले ढिलाई गर्न नहुने सांसद रावलको भनाइ छ।
बैठकमा बोल्दै पूर्व स्वास्थ्यमन्त्री डा भरत प्रधानले पारमाणविक भट्टी नेपालको आवश्यकता नभएको दाबी गरे। उनाले मुलुकलाई नै ध्वस्त पार्ने खालका आणविक भट्टी नेपालको हितमा नरहेको धारणा राखे। डा प्रधानले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोग नभएका कारण क्यान्सरजस्ता प्राणघातक रोग लाग्ने भएकाले सोसम्बन्धी कानुन निर्माण गर्न भने उपयुक्त हुने तर्क गरे।
भक्तपुर क्यान्सर अस्पतालका चिकित्सक विद्यापति झाले रेडियोधर्मी पदार्थको सुरक्षित प्रयोगको अभावमा धेरैले क्यान्सर जस्ता रोगका कारण ज्यान गुमाउनु परेकाले त्यसको उचित प्रयोगका लागि आवश्यक कानुन बनाउन सरकारलाई सुझाव दिए। उनले रेडियोधर्मी पदार्थको प्रयोगलाई सुरक्षित बनाउन आवश्यक प्रविधि भित्र्याउने व्यवस्था पनि तत्काल गर्न सरकारको ध्यानाकर्षण गराए।
विधेयकमा पारमाणविक भट्टी स्थापनाका लागि निजी क्षेत्रलाई दिने सरकारको प्रस्तावप्रति विज्ञहरुको पनि आपत्ति छ। (फाइल तस्बिर)

यो पनि पढ्नुहोस्ः
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/104161
No comments:
Post a Comment