Pages

Saturday, May 11, 2019

प्रधानमन्त्रीको 'निम्छरो' लगायत संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयो


प्रधानमन्त्रीको 'निम्छरो' लगायत संसदीय मर्यादाविपरीतका शब्द रेकर्डबाट हटाइयो
नेपाल लाइभ |  २०७६ बैशाख २७ शुक्रबार | Friday, May 10, 2019  १२:२०:०० मा प्रकाशित

काठमाडौं- सरकारको नीति तथा कार्यक्रममाथिको छलफलको क्रममा गत मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा  प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा बोलेको ‘निम्छरो’ लगायतका शब्द संसदको रेकर्डबाट हटाइएको हो।

शुक्रबारको संसद बैठक सुरु हुनासाथ सभामुख कृष्णबहादुर महराले नीति तथा कार्यक्रममा बोलिएको असंसदीय शब्दप्रति ध्यानाकर्षण भएको उल्लेख गरेका थिए। उनले भने, ‘प्रधानमन्त्रीज्युले स्पष्टीकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु।'

नीति तथा कार्यक्रममा नेपाली कांग्रेसका सांसदहरुको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले ‘प्रश्न र जिज्ञासाका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिका वास्ता नगरेर प्रश्नहरुको उत्तर दिन्छु' भनेका थिए।

प्रधानमन्त्रीले प्रयोग गरेका शब्दहरुमा आपत्ति जनाउँदै ती शब्द तत्काल हटाउन कांग्रेस सांसदहरुले माग गरेका थिए । कांग्रेस सांसदहरुको विरोधका बाबजुत नीति तथा कार्यक्रम पारित भएको थियो।
......


प्रधानमन्त्रीले बोलेका अमर्यादित शब्द संसद्को  रेकर्डबाट हटाइयो
नयाँ पत्रिका
२०७६ बैशाख २८ शनिबार ०६:५३:०० | काठमाडाैं


सरकारको नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूको जिज्ञासाको जवाफ दिनेक्रममा प्रधानमन्त्री केपी ओलीले बोलेका अमर्यादित शब्द संसद्को रेकर्डबाट हटाइएका छन् । सभामुख कृष्णबहादुर महराले शुक्रबार गैरसंसदीय शब्द हटाउन रुलिङ गरेका हुन् । ओलीले २४ वैशाखको बैठकमा विपक्षीहरूलाई जवाफ दिने क्रममा ‘आक्रोश, कुण्ठा र निम्छरा’ शब्द प्रयोग गरेका थिए जसको कांग्रेसले चर्को प्रतिवाद गरेको थियो ।

बैठकको सुरुमै सभामुख महराले सरकारको नीति तथा कार्यक्रम पारित गर्ने दिन प्रयोग भएका शब्दबारे आफ्नो ध्यानाकर्षण भएको बताउँदै अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका थिए । लगत्तै सत्तारुढ नेकपाका सांसद खगराज अधिकारीले विपक्षी सांसदहरूबाट पनि त्यस्ता शब्द प्रयोग भएकाले अभिलेखबाट हटाउन माग गरेका थिए । सभामुख महराले विपक्षी सांसदहरूले बोलेका अमर्यादित शब्द पनि हटाउन निर्देशन दिए ।

नीति तथा कार्यक्रममाथि विपक्षी सांसदहरूले उठाएका प्रश्नको जवाफ दिनेक्रममा प्रधानमन्त्री ओलीले ‘आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरूको वास्ता नगरेर प्रश्नहरूको जवाफ प्रस्तुत गर्छु,’ भनेपछि संसद्मा हंगामा भएको थियो । कांग्रेस सांसदहरूले प्रधानमन्त्रीको अभिव्यक्तिबाट संसद्को मानमर्दन भएको भन्दै ती शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । तर, सभामुख महराले तत्काल निर्णय नसुनाएपछि उनीहरूले ‘प्रधानमन्त्रीको इसारामा चलेको’ भन्दै सभामुखको पनि आलोचना गरेका थिए ।

.....

संसदमा प्रयाेग भएका प्रधानमन्त्री र प्रतिपक्ष सांसदका अमर्यादित शब्द हटाउन सभामुखकाे निर्देशन
 बैशाख २७, २०७६ शुक्रबार १२:१०:३६ | उज्यालो सहकर्मी
काठमाण्डौ - सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रयोग गर्नुभएको असंसदीय शब्द संसदको रेकर्डबाट हटाइने भएको छ ।

शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख कृष्णबहादुर महराले त्यस दिन प्रयोग भएका असंसदीय शब्द रेकर्डबाट हटाउन निर्देशन दिनुभएको हो ।सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको उत्तर दिएपछि प्रधानमन्त्री ओलीलाई सांसदहरुले पुन: स्पष्टिकरण सोधेका थिए ।

स्पष्टिकरणमा उठेका जिज्ञासाको जवाफ दिन रोष्ट्रम पुग्नुभएका प्रधानमन्त्री ओलीले आक्रोश, कुण्ठा र निम्छरा छाडेर प्रश्नको जवाफ दिन्छु भनेपछि प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीले सांसदले सोधेका प्रश्नलाई निम्छरा भनेर असंसदीय भाषा प्रयोग गरेको भन्दै विरोध गरेका थिए ।

प्रतिपक्षीले त्यसैदिन प्रधानमन्त्रीले बोलेको असंसदीय शब्द रेकर्डबाट हटाउन माग गरेका थिए । सभामुख कृष्णबहादुर महराले प्रधानमन्त्रीले बोलेको विषयमा आफ्नो ध्यानाकर्षण भएकाले बस्न पटक-पटक अनुरोध पनि गर्नुभएको थियो । तर प्रतिपक्षी कांग्रेसले विरोध गर्न नछाडेपछि विरोधकै बीच नीति तथा कार्यक्रम बहुमतले पारित गरिएको थियो ।

त्यसपछि शुक्रबार बसेको  बैठकको सुरुमा नै सभामुख महराले मंगलबारको बैठकमा  प्रयोग भएका असंसदीय शब्दहरुलाई संसदको रेकर्डबाट हटाउने सचिवालयलाई निर्देशन दिनुभएको हो । 

सभामुख महराले भन्नुभयो, ‘मेरो ध्यानाकर्षणको विषयमा म केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननिय प्रधानमन्त्रीज्युले स्पष्टिकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको उत्तर दिने क्रममा प्रयोग भएका संसदीय मर्यादाअनुकुल नभएका शब्दहरु अभिलेखबाट हटाउन  सचिवालयलाई निर्देशन दिन्छु ।’

सभामुख महराको निर्देशनलगत्तै सत्तापक्षीय सांसद खगराज अधिकारी उठेर नियमापत्ति गर्दै त्यस दिन प्रधानमन्त्रीविरुद्ध पनि असंसदीय भाषा प्रयोग भएकाले तिनलाई पनि हटाउन माग गर्नुभयो । लगत्तै सभामुख महराले त्यस दिन बैठकमा बोलिएका सबै असंसदीय शब्दहरु हटाउन निर्देशन दिएको बताउनुभएपछि बैठक अघि बढेको हो ।
अन्तिम अपडेट: बैशाख २८, २०७६

....

प्रधानमन्त्रीको 'निम्छरा' सहितका सबै अमर्यादित शब्दहरु 'डिलिट' गर्न निर्देशन
पहिलोपोस्ट
10th May 2019, 12:47 pm | २७ बैशाख २०७६

 प्रधानमन्त्रीको 'निम्छरा' सहितका सबै अमर्यादित शब्दहरु 'डिलिट' गर्न निर्देशन
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रयोग गरेको 'निम्छरा' शब्द रेकर्डबाट हटाइने भएको छ। प्रधानमन्त्रीको अभिव्यक्तिमात्र होइन, त्यस दिन संसदमा सरकार र प्रतिपक्षी दलका नेताहरुले प्रयोग गरेका असंसदीय शब्दलाई रेकर्डबाट डिलिट गर्न निर्देशन दिइएको छ। सभामुख कृष्णबहादुर महराले अमर्यादित शब्द हटाउन निर्देशन दिएपछि निम्छरासहित अब कुन कुन शब्द हटाउने भन्ने विषयमा एउटा समिति नै बन्ने छ।

प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले गरेको प्रश्नलाई होच्याउँदै निम्छरा शब्द प्रयोग गरेपछि विवाद उत्पन्न भएको थियो। प्रधानमन्त्री ओली र कांग्रेसका सांसदहरुबीच संसदमै 'अमर्यादित' शैलीमा भनाभन चलेको थियो। नीति तथा कार्यक्रमको जवाफभन्दा पनि प्रधानमन्त्री बाझाबाझकै शैलीमा उत्रिएका थिए भने कांग्रेसका मीनेन्द्र रिजाल, मीन विश्वकर्मालगायतका सांसदहरुले पनि आफूलाई संयमित राखेका थिएनन्। संसदमा प्रधानमन्त्री र कांग्रेसका सांसदहरु ठाडो सवाल जवाफ गरिरहँदा सभामुख कृष्णबहादुर महराले संसदको कमाण्ड सम्हाल्न सकेका थिएनन्। संसदीय प्रकृयामा नै उनको भूमिकामाथि प्रश्न उठ्ने गरी सवाल जवाफ चलेको थियो।

भएको के थियो?

गत वैशाख २४ गते सरकारको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएको प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिने सूची थियो। प्रश्नका क्रममा प्रधानमन्त्रीलाई उत्तेजित पार्ने गरी नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले प्रधानमन्त्रीले नै घुस खान खोजेको आशय प्रकट गरेका थिए। उनी लगायतका सांसदहरुको अभिव्यक्तिबाट रुष्ट देखिएका प्रधानमन्त्री ओलीले पनि आफूलाई नियन्त्रण गर्न सकेनन्। प्रतिनिधि सभामा जवाफ दिने क्रममा उनले भनेका थिए- ‘सम्मानीय सभामुख महोदय, प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद। आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु।’

संसदलाई प्रतिपक्षीको थलोको रुपमा लिइँदै आएकाले प्रधानमन्त्रीले प्रयोग गरेका शब्दलाई लिएर तत्कालै नेपाली कांग्रेसका सांसदहरुले प्रतिक्रिया जनाइहाले। मीनेन्द्र रिजाललगायतका सांसदहरुले प्रधानमन्त्रीको अभिव्यक्तिमाथि तत्कालै उठेर प्रश्न गर्न थाले। त्यसपछि प्रधानमन्त्री ओली पनि चर्किए। संसदको यो सत्रमा प्रधानमन्त्रीको 'टोन' पनि आक्रमक सुनिएको थियो। भलै प्रधानमन्त्री ओलीले त्यसलगत्तै राष्ट्रिय सभामा जवाफ दिँदा भने आफूलाई पूरै सम्हालेका थिए। राष्ट्रिय सभामा उनले दिएको अभिव्यक्ति सालिन थियो।

कमजोर देखिएका सभामुखले त्यस दिन संसदको प्रकृयालाई फरक रुपमा अगाडि बढाएका थिए। कांग्रेसले अवरोध जारी राख्दा सभामुखले प्रतिपक्षलाई पेलेर सरकारको नीति तथा कार्यक्रम पारित गरे।

कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको थियो। विरोधका लागि उत्रेको प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि त्यसलाई अवरोध गरेन। प्रतिपक्षीको भूमिका विरोधका लागि विरोधमै सीमित रह्यो। राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत हुँदा पनि कांग्रेसले त्यसमा कुनै अवरोध गरेन।

विवादै विवादमा नीति तथा कार्यक्रम

संसदको जारी सत्रमा राष्ट्रपति भण्डारीले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको अन्तर्वस्तुमाथि खासै बहस भएन। सबैभन्दा बढी बहस भने राष्ट्रपतिले प्रयोग गरेको 'मेरो सरकार' भन्ने शब्दकै वरिपरिमात्रै रह्यो। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि सरकारका प्रवक्ता रहेका संचार मन्त्री गोकुल बास्कोटासम्मले राष्ट्रपतिको भनाइको प्रतिरक्षा गर्ने क्रम अझै जारी छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिको भनाइलाई 'ग्रहण'मात्र गरेका छैनन्, नीति तथा कार्यक्रम सार्वजनिक अघि बसेको संसदीय दलको बैठकमा राष्ट्रपतिको पक्षमा माहोल बनाउन विशेष रणनीति नै लिएका थिए। त्यतिखेर ओलीले आफ्ना सांसदहरुलाई राष्ट्रपति संसदमा आउँदा मर्यादित रहन र सरकारका पक्षमा बहसमा भाग लिन आग्रह गरेका थिए। भलै बहस अन्यत्रै मोडिन पुग्यो। प्रधानमन्त्री ओली र नेकपा नेता कार्यकर्ताको एउटा ठूलो पङ्तिले राष्ट्रपतिको अभिव्यक्तिको प्रतिरक्षा गरे पनि ने क पाकै धेरै नेता तथा कार्यकर्ताले त्यसको आलोचना गरिरहेका छन्।

.....

प्रधानमन्त्रीका 'असंसदीय' शब्द रेकर्डबाट हटाउन निर्देशन
खगेन्द्र भण्डारी
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेको 'निम्छरा' शब्द संसदको रेकर्डबाट हटाइएको छ। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले मंगलबार प्रधानमन्त्रीको अभिव्यक्तिलाई असंसदीय भन्दै उक्त शब्द नहटाउन माग गरेको थियो।

प्रि-बजेटमाथिको छलफलका लागि शुक्रबार संसद बोलाइएको थियो। तर, कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्ती नहाटेसम्म संसद चल्न नदिने अडान राखेपछि आज उक्त शब्द हटाउन सभामुखले निर्देशन दिएका हुन्।

No comments:

Post a Comment