Pages

Monday, May 6, 2019

समाजवादी पार्टी, न‍ेपाल घोषणा

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी र डा बाबुराम भट्टराईको नेतृत्वको नयाँ शक्ति पार्टी एक भएका छन्। सोमबार प्रज्ञा प्रतिष्ठानमा औपचारिक रुपमा एक भएको घोषणा गर्दै उनीहरुले  नयाँ पार्टी 'समाजवादी पार्टी, नेपाल' हुने बताएका छन्।

...




...
संघीय समाजवादी फोरम र नयाँ शक्ति नेपालबीच एकता भएर बनेको समाजवादी पार्टीको पदाधिकारी घोषणा गरिएको छ।
सोमबार काठमाडौंमा आयोजित एकता समारोहमा डा बाबुराम भट्टराईले पदाधिकारीको नाम पढेर सुनाएका थिए। संघीय परिषद् अध्यक्षको नाम भने उपेन्द्र यादवले पढे।
यस्तो छ पदाधिकारीको नामावलीः

संघीय परिषद्का अध्यक्ष– डा बाबुराम भट्टराई

केन्द्रीय समितिका अध्यक्ष– उपेन्द्र यादव



बरिष्ठ नेता- अशोककुमार राई
सहअध्यक्ष-  राजेन्द्र श्रेष्ठ
उपाध्यक्षहरू–
नवराज सुवेदी
परशुराम खापुङ
युवराज कार्की
रकम चेम्जोङ
रेणुकुमारी यादव
लालबाबु राउत (प्रदेश २ का मुख्यमन्त्री)
हिसिला यमी
हेमराज राई
महासचिवहरू–
गंगानारायण श्रेष्ठ
रणध्वज कंदम्बा
रामसाय प्रसाद यादव
उपमहासचिव–
डम्बर खतिवडा
दानबहादुर विश्वकर्मा
प्रकाश अधिकारी
सचिवहरू–
मोहम्मद इस्तियाक राई (मन्त्री)
दुर्गा सोब
परशुराम बस्नेत
प्रशान्त सिंह
(२ पद खाली)
कोषाध्यक्ष
विजयकुमार यादव
...
सरकार छाड्नेबारे के भने बाबुरामले?
 नेपाल लाइभ |  २०७६ बैशाख २३ सोमबार | Monday, May 06, 2019  १६:३०:०० मा 
काठमाडौं– नवगठित समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले सरकारलाई संघर्षको एउटा मोर्चाका रुपमा अर्थ्याएका छन्।
संघीय समाजवादी पार्टीसँग एकता हुनुअघि नयाँ शक्ति पार्टीले संघीय समाजवादी फोरमले सरकार छाड्नुपर्ने सर्त राखेको थियो। त्यसबारे दुई पार्टीबीच भएको स्पष्ट सहमतिलाई उनले खुलाएनन्। तर, कुनै दुविधा नभएको बताए।
'सरकारमा सहभागिताबारे कुनै दुविधा छैन। हामीले सहमति गरिसकेका छौं', एकीकरण समारोहमा सम्बोधन गर्दै डा भट्टराईले भने, 'जनताको अधिकार कुनै पनि हालतमा छाड्नेवाला छैनौं। हाम्रा निम्ति सडक, सदन र सरकार संघर्षका मोर्चा हुन्। हाम्रा कोही पनि साथीहरु सुविधा भोग गर्नका निम्ति, भ्रष्टाचार गर्नका निम्ति सरकारमा जानुहुन्न। जान दिन पनि सक्दैनौं।'
उनले आवश्यक पर्‍यो भने संघर्षको हतियारको रुपमा कहिलेकाहीँ सरकारमा जान पनि सक्ने बताए। डा भट्टराईको तर्क नेपालका प्राय: विद्रोही पार्टीहरुले दिने तर्क जस्तै हो।
उनले पूर्ण रुपले संविधान संशोधन भएर लोकतन्त्रका बाँकी मुद्दाहरु सम्बोधन नभएसम्म देशका सबै जनताले सुख र समृद्धिको अनुभूति गर्न नपाउने बताए। 'त्यतिबेला सडकको संघर्षको बाटो हाम्रो मुख्य हुन्छ। यसमा दुविधा मान्नुपर्दैन। सडक हाम्रो पहिलो मोर्चा हुन्छ। सदन हाम्रो दोस्रो मोर्चा हुन्छ। र, कहिलेकाहीँ आवश्यकता पर्दा सरकारको मोर्चा पनि हुन सक्छ', उनले भने।
सरकारको मोर्चा भरपर्दो र दिगो भने नभएको उनले प्रष्ट पारे। 
'यदि संविधान संशोधन गर्नका निम्ति सरकारले हिजो एक प्रकारको आश्वासन दिएको छ, त्यो पूरा गर्दैन भने कुनै पनि बेला हामीले आवश्यक निर्णय गर्नेछौं। जनतामाथि कुनै पनि हालतमा विश्वासघात गर्ने छैन', उनले भने।

No comments:

Post a Comment