'अब बहुल राष्ट्रिय राज्यको लागि आन्दोलन'
२o७५ फागुन ३ शुक्रबार| प्रकाशित o८:१८:oo
राष्ट्रिय जनता पार्टी कहिले सरकार पक्षीयजस्तो, कहिले प्रतिपक्षीजस्तो प्रतीत हुन्छ। प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीलाई समर्थन गरेको छ, तर बेलाबखतमा कडा आलोचना पनि गरिरहेको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा जाने हल्ला पनि बारम्बार चलिरहन्छ। यस्तो पार्टीले सरकारको एक वर्षलाई कसरी हेरिरहेको होला? राजपाका एकजना अध्यक्ष राजेन्द्र महतोसँग नेपाल लाइभका लागि किशोर दहालले गरेको कुराकानीः
गत फागुन २२ गते संसदबाट प्रधानमन्त्री ओलीलाई आग्रह गर्नुभएको थियो- 'पार्टी ठूलो बनाउनुभयो, अब छाती ठूलो बनाउनुहोस्।' यसबीचमा प्रधानमन्त्रीलाई पटक-पटक भेट्नुभएको छ। उहाँको छाती ठूलो भएको महसुस गर्नुभयो?
छाती ठूलो बनाउने भनेको पूरै देशलाई समेट्ने अर्थमा भनेको थिएँ। सबै क्षेत्रका, सबै जात, भाषा, वर्ग, समुदायका मानिसलाई समेट्ने भनेको थिएँ। ठूलो पार्टीले छाती ठूलो बनाउने हो भने नेपालका सबै प्रकारका द्वन्द्व अन्त्य होला भन्ने मेरो आशय थियो। तर, केपी ओलीले छाती ठूलो बनाएको जस्तो देखिएन। यो कुरा व्यवहारले देखिन्थ्यो।
असन्तुष्ट सबैलाई समेट्ने काम उहाँबाट हुनसकेको छैन। असन्तुष्टिहरु सम्बोधन गरेर मुलुकलाई निकास दिने र समृद्धितिर लैजाने खालको चिन्तन उहाँमा देखिएन। उहाँ भाषणमै सीमित हुनुभयो। हुन त उहाँ पहिले पनि भाषण नै गर्नुहुन्थ्यो। अहिले पनि त्यही भयो। बोली अनुसारको काम भएका छैनन्।
'सुखी नेपाली समृद्ध नेपाल' नारामात्रै भयो। न नेपाली सुखी हुनसके, न नेपाल समृद्धितर्फ जान सकेको छ। यसको मूल कारण सम्पूर्ण नेपालीलाई समेटेर समृद्धितिर लैजाने पहल नभएकैले हो। सबैलाई समेट्ने राष्ट्रवादको विकास गर्न सक्नुभएन। खासमा उहाँले आफ्नो शक्तिको सदुपयोग गर्न सक्नुभएन।
तपाईंले विगतको असन्तुष्टि नै सम्बोधन नभइसकेको संकेत गर्नुभयो। तर, प्रधानमन्त्री अबको मुद्दा विकास र समृद्धि मात्रै भएको भनेर भाषण गर्नुभएको सुन्नुभएकै होला?
आन्तरिक द्वन्द्व समाधान नगरी कुनै पनि मुलुक समृद्धितिर गएकै छैन। अहिले समृद्ध भनिएका मुलुकले धेरै पहिले नै आफ्नो मुलुकको आन्तरिक समस्या समाधान गरिसकेका थिए। भारत, चीन तथा अमेरिकाजस्ता मुलुकको उदाहरण हामीले हेर्न सक्छौं।
नेपालमा पछिल्ला १५/२० वर्षमा विभिन्न द्वन्द्व भयो। विभिन्न जातजातिले आन्दोलन गरे। जनता सडकमा आए, आवाज उठाए। तर, त्यो आवाजलाई सम्बोधन गर्नुको साटो दबाइयो। शासकहरुले 'आफ्नै गोरुको बाह्रै टक्का' भन्ने सम्झिए। एउटै वर्ग र जातिको मात्रै मुलुक हो भन्ने व्यवहार गरे। यसरी त मुलुक कसरी चल्ला?
यस बीचका कुनै पनि आन्दोलनलाई निष्कर्षमा पुग्न दिइएन। दबाइयो, फुटाइयो र कमजोर पारियो। जनताको दबाइएको भावना संविधानले सम्बोधन गर्न सक्थ्यो। तर, त्यो संविधान पनि गोलीबारीका बीच ल्याइयो। त्यसैले पनि विगतको असन्तुष्टि अझै पनि बाँकी छ।
नेपाल सबै नेपालीको भावना जागृत नभइकन केपी ओलीको 'सुखी नेपाली समृद्ध नेपाल' भन्ने नारा पूरा हुँदैन। त्यो भावना जागृत गराउनका लागि सबै प्रकारका विभेदहरु अन्त्य गर्नुपर्यो'। अधिकार र पहिचान दिनुपर्यो। नभए त सबै नेपाली सुखी हुनसक्दैनन्। केही नेपाली, वर्ग, जाति, समुदायमात्रै सुखी हुनसक्छ। अधिकांश नेपाली भने पीडामै हुन्छन्।
केही नेपाली समृद्ध हुँदैमा नेपाल नै समृद्ध हुँदैन। पचासौं लाख नेपाली रोजगारीको लागि खाडीमा भौतारिनुपर्ने र उनीहरु मध्यकै कैयौंको लास बाकसमा फिर्ता आउने बाध्यता रहुन्जेल नेपाल कसरी समृद्ध हुन्छ?
यसबीचमा तपाईंहरुले प्रधानमन्त्रीलाई पटक-पटक भेटेर आफ्ना कुरा राख्नुभएको छ। उहाँबाट प्रतिवद्धता आएको र समय सीमा तोकिएको पनि भनिन्छ, फेरि कुनै प्रगति भएको पनि सुनिँदैन। खासमा भेटमा के हुन्छ, पछि के मिल्दैन?
यहाँका हठवादी र खसवादी मानसिकता बोकेका शासकहरुले पहिल्यैदेखि ठग्नेमात्रै काम गरेका छन्। जति पनि आन्दोलन हुन्छ, सम्झौता गरिन्छ। तर, पछि आन्दोलनकारीलाई नै ठग्ने काम हुन्छ। सम्झौता लागू गरिँदैन। भेटघाटमा माग पूरा गर्छु भन्छन्, रोस्ट्रममै उभिएर पनि गर्छु भन्छन्, तर गर्दैनन्। अर्थात्, मुखले गर्छु भनिरहन्छन् तर कामले गर्दैनन्।
हामीले जतिपटक प्रधानमन्त्रीसँग भेटघाट गर्यौं, त्यतिबेला हुन्छ, गर्छु भन्नुभएको छ। तर, व्यवहार भने त्यही अनुसार भएन। बोलेको अनुसार काम नगर्नु नै उहाँको समस्या हो। उहाँको नियत नै ठीक छैन। खोट छ। उहाँले गर्न नचाहेकैले नभएको हो। नत्र शक्तिशाली सरकार छ। जनताको समस्या समाधान हुन्थ्यो।
खोकला राष्ट्रवादले काम चल्दैन। यो बहुल राष्ट्रिय राज्य हो। सबैको देश हो। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुपर्थ्यो। तर, निर्वाचित सांसदलाई जेलमा कोचेर राख्छन् भने अरु के भन्नु? आन्दोलनकारी अपराधी हुने भए विगतका सबै आन्दोलनकारीलाई अपराधी घोषणा गरे भयो नि! अपराधीलाई छोड्देऊ म भन्दिनँ। तर, एउटा आन्दोलनकारी महाक्रान्तिकारी हुने अनि अर्को आन्दोनकारी अपराधी हुनसक्दैन नि! मैले यो भन्न खोजेको हो।
तपाईंहरु फेरि यही सरकारलाई समर्थन गरिरहनुभएको छ। किन गरिरहनुभएको त?
फिर्ता लियो भने त सकिइहाल्यो नि! त्यो अन्तिम अस्त्र हो। तर, अस्ति रेशम चौधरीलाई सपथ ग्रहण गराएपछि केही आशा पलाएको छ। अब सुध्रिए कि भन्ने आशा जागेको थियो। तर, फेरि जेलमा कोचिदिए। मुद्दा फिर्ताको कुरा भएको छैन।
यसबीचमा रेशम चौधरीलाई सपथ खुवाउने बाहेक अरु कुनै काममा तपाईंहरु पनि सफल हुनुभएन। सरकारसँगको संवाद र संघर्षमा तपाईंहरु पनि कमजोर देखिनुभयाे नि होइन?
हामी संघर्षकै तयारीमा लागेका छौं। जनतासँग बहुमत मागेका थिए, जनताले दिए पनि। तर, त्योअनुसार केही पनि काम भएन। बरु जनता नै फ्रस्टेसनमा गइसके। त्यसैले पनि जनता विकल्पको खोजीमा लागिसकेका छन्।
कांग्रेसले पनि प्रतिपक्षीको भूमिका राम्रोसँग निर्वाह गर्न सकेको देखिएन। हामीसँगैको आन्दोलनकारी फोरम पनि सबै मुद्दा छाडेर सरकारकै शरणमा गयो। राष्ट्रिय जनता पार्टी अहिलेसम्म टिकिरहेको छ। तर, केही विकल्प दिन्छ कि भनेर जनताले हेरिरहेका छन्। यो पार्टी के गर्ला भनेर चासो दिइरहेका छन्।
अब हामी खरो उत्रिनुपर्छ। मेरो ३० वर्षको राजनीतिक अनुभवले के देखें भने नेपाललाई नेपाल बनाउन बहुल राष्ट्रिय राज्यको रुपमा स्थापना नगरिकन हुँदैन। यस्तो राज्य स्थापना गर्नुको मतलब हिमाल, पहाड, तराई र मधेसमा बस्ने विभिन्न आदिबासीजनजाति समूदायको पहिचानलाई मान्यता दिनुपर्यो। र सबैलाई कुनै न कुनै रुपमा राज्यसत्तामा सहभागी गराउनुपर्यो। यसका लागि बहुल राष्ट्रिय राज्य स्थापना हुनुपर्छ। यसका लागि एउटा राष्ट्रिय मुक्ति आन्दोलनको आवश्यकता छ। यो भनेको के भने, अब मधेसी छुट्टै लड्नुपर्दैन। एक्लै लडेर केही पनि हुँदैन। यो मुलुकमा छुट्टाछुट्टै लडेर केही पनि हुँदैन। यसका लागि पहिचानवादी अधिकारका लागि लड्ने संगठन, समूह, पार्टी र व्यक्ति एकीकृत हुनुपर्छ। एकतावद्ध हुनुपर्छ।
राजपा त्यसको लागि आवश्यक तयारी गरिरहेको छ। यसका लागि विभिन्न आन्दोनलकारी, पार्टी तथा नेताहरुसँग छलफल चलाइरहेका छौं। आगामी दिनमा हामी अगाडि बढ्छौं। यसका लागि सबैभन्दा महत्वपूर्ण हाम्रो पार्टीको महाधिवेशन हो। हामीले त्यसका लागि लागिरहेका छौं। र सँगसँगै राष्ट्रिय मुक्त आन्दोलनको तयारीमा पनि लागेका छौं।
अहिले सरकारकै तर्फबाट संघीयता विरोधी गतिविधि भइरहेका छन् भनेर आलोचना भइरहेका छन्। संघीयताको पक्षधर हौं भनेर दाबी गर्ने तपाईंहरु बोल्नुभएको छैन। किन नबोल्नुभएको? कि, सरकारको गतिविधिमा तपाईंहरुको पनि सहमति छ?
०४७ पछि संघीयता माग गर्ने शक्ति हामी नै हौं। त्यतिबेला हामीलाई मुलुक विखण्डन गर्न खोजेको भनेर आरोप लगाउँथे। तर, अन्ततः मुलुकले संघीयता पायो। तर, काम न काजको अधिकारविहीन संघीयता आयो। पहिचान, अधिकार, स्रोत, कर्मचारी तथा नियमकानुन केही छैन। सोच पनि एकात्मक प्रणालीअनुसार नै छ। त्यसैले संघीय शासनको भावनाअनुसार काम भइरहेको छैन। बजेट र अधिकार केन्द्रमा राख्ने र सिडियो पठाएर शासन चलाउन खोजिएको छ। जुन कारणले संघीयता मागिएको थियो, त्यसको विपरित काम भइरहेका छन्।
खासमा परराष्ट्र, आर्थिक र सुरक्षाको अधिकार केन्द्रले राख्नुपर्छ। बाँकी सबै अधिकार प्रदेशलाई दिए हुन्छ। शासन र विकास गर्ने काम प्रदेशले गर्छ। त्यसपछि देशको विकास भइहाल्छ। काठमाडौंमै सबै अधिकार थुपारेर किन राख्नुपर्योा? तर, ठीक उल्टो काम केपी ओलीले गरिरहेका छन्। उनी त पहिले पनि संघीयता विरोधी नै थिए। एमाले संघीयताको समर्थन गर्ने पार्टी नै थिएन नि। माओवादी संघीयता मान्ने पार्टी नै थिएन। तर, उहाँ पनि एमालेसँग मिलिहाल्नुभयो। उहाँले भाषण गरिरहनुभएको त छ, तर उहाँकै पार्टी र सरकारले उल्टो-उल्टो काम गरिरहेको छ।
त्यसैले, संघीयतालाई असफल बनाउने काम सरकारले गरिरहेको छ। यो कुरा जनताले त बुझिरहेको छ। कुनै पनि चिजको सीमा हुन्छ। पापको घडा भरिएपछि पोखिन्छ नै। अहिले पापको घडा भरिँदै छ। सरकार विगतको सारा उपलब्धीलाई समाप्त पार्ने गतिविधि गरिरहेको छ। सरकारले यसलाई सच्याएन भने विष्फोट हुनसक्छ।
तपाईंहरु त पापको घडा भरिन्छ र पोखिन्छ भनेर कुरेर बसेजस्तो पो देखियो। संघीयता पक्षधर भनिने शक्तिले त्यसको अपनत्व लिनुपर्दैन? संघीयताको मर्म जोगाउन संघर्ष गर्नुपर्दैन?
अहिले 'वेट एन्ड वाच'को अवस्था हो। भन्ने बित्तिकै त कहाँ हुन्छ र? अहिले पनि नेपाली जनतालाई फ्रस्टेसन बढिरहेको छ। संघर्षको समय आउन बाँकी छ।
राजाले प्रतिगमन गरेपछि यस्तै हो अब भनिएको थियो। समय आएपछि अढाइ सय वर्षको राजाकाे शासन कहाँ गयो? सारा नेपाली पञ्च भनिएको थियो। पञ्चायत कहाँ पुग्यो? जुन शासकमा अहंकार हुन्छ, त्यसको अन्त्य पनि हुन्छ। जनताको तागतलाई जनताकै हितमा प्रयोग गर्नुपर्छ। देशको हितमा प्रयोग गर्नुपर्छ। तर, भएको छैन। अहिले पनि सुध्रिने समय छ। सुध्रिए भने देश र जनताको कल्याण हुन्छ। हामीले सचेत गराइरहेका छौं।
समग्रमा यो एक वर्षमा प्रधानमन्त्रीको कामकारबाहीप्रति तपाईंको मूल्यांकन कस्तो छ? उहाँ जसरी अगाडि बढ्दै हुनुहुन्छ, त्यसले ल्याउने सजिला र अप्ठ्यारा बाटा कस्ता हुनसक्छन्?
यस्तै रह्यो भने प्राप्त भएका उपलब्धी पनि गुम्न सक्छ। सरकार सुधारोन्मुख भएन भने प्रतिक्रान्ति हुनसक्छ। अहिलेको चिन्ता त्यहाँ हो। संघीयता विरोधी काम भइरह्यो भने प्रतिक्रान्ति नै हुने हो।
केपी ओली अहिले पनि भाषण गरिरहनुभएको छ। उहाँलाई अहिले नारा भाषण सुहाउँदैन। काम पो सुहाउँछ। उहाँ अहिले कार्यकारी पदमा बस्नुभएको छ। दुई तिहाइको सरकारको नेतृत्व गरिरहनुभएको छ। यस्तो अवस्थामा भाषणले जनता कहाँ सन्तुष्ट हुन्छन् त? उहाँले भन्नुभएको 'सुखी नेपाली समृद्धि नेपाल'त जनतालाई महसुस हुनुपर्यो। नारा लगाएको कुरा त जनताले व्यवहारमा महसुस गर्नुपर्यो। आफ्नो हातले आफ्नै पिठ थप्थप्याएर हुँदैन। जनताले पो राम्रो गर्नुभयो भनेर भन्नुपर्छ। जनताले त भनेको सुनिँदैन।
नेपाल लाइभमा प्रकाशित / https://nepallive.com/story/42810

No comments:
Post a Comment